ो
आमाको हाँसो
आमा तिमी हाँसी दिन्दा.... सगरमाथामा नै पुगे सरह हुन्छ यो मेरो मन ।आमा तिमि रोई दिन्दा..... भक्कानो नै फुत्ला जस्तो भएर आउँछ यो मेरो मन ।
हाँसि रहेको यसरी नै सधैं हेर्न पाउँ आमा त्यो तिम्रो अनुहार ।
रुखा सुखा जे छ खाउँला, ताल तुलै भए पनि सफा पहिरण लगाउँला तर रहोस हसिलो सधै तिम्रो त्यो अनुहार ।
लगाई दिन सकैन त के भो सुनको चुरा र वाला ।
तन मन र बचनले गर्ने छु सेवा र भै तिम्रै रखवाला ।
हसिलो यसरी नै सधै हेर्न पाउँ त्यो तिम्रो अनुहार आमा ।
No comments:
Post a Comment