Friday, March 17, 2017

कलङ्की माईको आत्म कथा KALANKI MAIKO AATMA KATHA


कलङ्की माईको आत्म कथा KALANKI MAIKO AATMA KATHA

~~   म कलङ्की माई    ~~
    म कलङ्की  माई~
आत्म कथा

      म अष्टमातृका देवी गणहरु मध्यकी एक मात्री शक्ति कुमारी( कौमारी ) को बालरुप याने बलकुमारी हो । मेरो भक्तजनहरुले मलाई कलङ्की माई र कलङ्की माता भनी श्रध्दाका साथ पुज्दै आएका छन । त्यसो त: मेरा धेरै पुराना अघिका भक्तजनहरुले मलाई कल्खु अजिमा भनी श्रध्दभक्ती गर्ने गर्दथिए । कल्खु अजिमा बाट अपभ्रंस हुँदै कलंखु बालकुमारी भन्दै कलंखु  बालकुमारी बाट पनि अपभ्रंस हुँदै कालान्तर आएर अहिले भक्तजनहरु मलाई कलङ्की माई र कलङ्की माता भनी श्रध्दाभक्ती गर्दै आएका छन । म मयुरमा सवार भएर हिद्न मलाई अति मनपर्दछ याने मेरो बाहन मयुर हुन ।
        म शिवपुरी डाँडामा रहेको पवित्र विष्णुपादुका बाट प्रादुर्भाव भई बगेको नदी विष्णु मति नदीको पश्चिम भेगमारहेको न्हेंपंखा भन्ने स्थानमा बस्दछु । अघि यहाँ नरकटकै नरकटको घारी थियो । नरकटलाई स्थानिय भाषामा न्ह्नायपं कच्छी भनिन्छन् । न्हायपं कच्छीको घारी हुने भएकाले नै यस क्षत्रलाई धेरै अघि न्हेपंखा भन्ने गर्दथिए । पछि यसक्षत्रलाई मेरै नामले कलङ्की स्थान रहन गै हाल कलङ्की नाम बाट प्रख्यातरहेका छन । यस न्हेपंखाको उत्तर तर्फ मनमती खोला( करखुसि )र दक्षिण तर्फ इन्द्रमती खोला( डांग्रे खुसी-बल्खु खुसी ) रहेका छन ।
      यो कलङ्की क्षत्र नेपालको राजधानी महानगरको १४ वडा अन्तरगमा पर्दछ । यो कलङ्की क्षत्र राजधानी बाट पृथ्वी राजमार्ग र त्रीभूबन राजपथ भएर बाहिरिने र भित्रीने मार्गको मूलद्वार नै हो ।
      मन्दिरको पुरानो स्वरुपलाई ०४६ सालमा  जिर्णोद्वार गरी अहिलेको स्वरुपमा ल्याउँदा मेरा भक्त बासु केसिले मन्दिरलाई चार नागपासले  सजाउँदा मेरो बारे थाहा नपाउनेहरुले म बालकुमारीको मन्दिरलाई  चार नागपास हेरेर “नागको मन्दिर ” भन्दा मेरो मन खिन्न हुन्छ । त्यस्तै मन्दिर अगादी फुटपाटमा तरकारी बेच्नेहरुले फोह्रर गरेर मलाई र मेरो मन्दिरलाई हेपेको देख्दा अचम्म लाग्दछन् ।
       म यस न्हेपंकामा कहिले देखि रहन थालें भन्ने बिषयमा मेरा भक्तजनहरु आ-आफ्नै तरीकाले अनुमान र अडकल गर्दै आएका छन ।  वास्तवमा म यहाँ कहिले देखि रहन थालें त: भन्ने यथार्थता गुह्य नै राख्नु उपयुक्त भएकाले यस बिषयमा यहाँ कुरा नखोल्नु नै भक्तजनहरुको कल्याण हुनेछन्  भन्ने म देख्छु ।
      मेरा साथमा मेरा अन्य देवगणहरु समेत रहेका छनं । मेरा सथमा यहाँ अष्टमातृकागण देवीहरु ब्रम्हायणी, माहेश्वरी, वाराही महाल्क्ष्मी, महाकाली,इन्द्रायणी, नारायणी, रुदायणी  लगायत अष्टमातृका पिथगणहरु -गणेश,सिहिंनी, व्याघीनी, भैरब,क्षत्रपाल, कुमार लग तथा अन्य गणहर – दहिणकाली, मनकामना, संकटा(पालाद्य:), महाँकाल, अन्य भैरब एवं देवीदेबीहरु समेत गरि जम्मा पचपन्न जना देवगणहरु रहेकाछन् । हामी पचपन्ना देवी देबताहरुको मूर्तिहरु  मध्यमा म कलङ्की माई ,गणेश, दक्षिणकाली, संकता, महाङ्काल र भैरबका  मूर्तिहरु बाहेक अन्य मूर्तिगरुलाई यहि नै देब देबता हो भनी एकिनका साथ भन्न सकिरहेको छैन । प्राचीन मन्दिरहरुमा जस्तै यहाँ पनि मेरा प्रस्तर मूर्ती नभै अ्ऊर्त नै मूर्तीहरु रहेका छन भने मन्दिरको ठिक पछाडी कमल भैरब रहेका छन् ।
       म बसेको मन्दिरलाई संरक्षण गर्दै आएको मेरै नामले स्थापित संस्था श्री कलङ्की मन्दिर तथा समाज सुधार संस्थाले मलाई दैनिक बिहान नियम(नित्य) पुजा र साँझ सन्ध्याकालिन आरती तथा बार्षिक पुजाको रुपमा प्रत्यक कार्तिक महिनाको २५ गते एउटा बोकाको बली सहीत बली पुजा गर्दै बार्षिक पुजा गरि भक्तजनहरुलाई प्रशाद बितरन गर्दै आएका छन । त्यस्तै स्थानी अधिकारी परीबारका मुली डिठ्ठा मान बहादुर अधिकारी बाट बि.सं. १९६४ अक्षय तृतियाका दिन मलाई बाईस धार्निको ठूलो  घन्टा, ढलोटको दुई सिंह र धलोटकै सत्र धार्नीबरबरको ठ्लो ४८ वटा डल्लु अर्पण गरी बार्षिक पूजाका लागी आयस्ताको निमित जग्गा समेत  राखी गुठी स्थापना तथा विशेष पुजा शुभारम्भ  गरि स्थापना गरिएको अधिकारी गुठीबाट    प्रत्यक वर्षको अक्षयाको अघिलो बेलुका विशेष पुजा , पुतिं तथा दिपावली गरि अक्षतृयाक दिन वार्षिक बली पुजा गर्दै सबैलाई प्रशाद स्वरुप समय बजि बितरण गर्दै आएका छन् ।स्थानिय  भक्तजनहरुले दैनिक तथा विभिन्न समुहगत रुपमा असार महीनामा बार्षिक बली सहित क्षमा पुजा गर्ने गर्दै आएका छन । स्थानिय एक भक्तजन समुहले कल्की जयन्तीका दिन बार्षिकरुपमा क्षमा पुजा गर्दै आएका छन्  ।
        मेरो नियम पुजा बिष्णु प्रशाद दुबेदीले गर्दै आएका छन् यस भन्दा अगादी कोमल प्रशाद रिमालले गर्दथे । मन्दिरको रेख देख तथा सुसारेको जिम्मा संस्थाका आजिवन सदश्य मचा काजी महर्जनले जिम्मा लिई मेरो सेवा सुसार समेत गर्दै आएका छन् । मेरो सेवा सुसार यस भन्दा अगादी मकर रोका, अमर नगरकोटी, र बाबुकाजी नगरकोटी समेतले चाडपर्वहरुमा मौसमिरुपमा तथा नियमित रुपमा स्व. सुकुचानगरकोटी(महीला), स्व.भोटु पौडेल, स्व राम नगरकोटी र स्व
. श्याम महर्जनले समेत मेरो सेगरि वा तहल सकेका छन् ।
       मेरो मन्दिर परिसरमा बाईक पार्किङ्ग गर्न निषेधित गरी सूचना पाटी राख्दा राख्दै पनि केही असभ्य बाईक चालकहरुले मन्दिर परिसरमा अफ्थ्यारो हुने गरी जथाभाबी पार्किङ्ग गर्ने गर्दै आएकाले पार्किङ्ग नगराउन शेयर बाहादुर क्षत्री( डिस्को) [आफन्तले उपेछीत गरी सहोदर मामा ईन्द्र बहादुर क्षत्रीले ले आज भन्दा बिस वर्ष अगादी  पाँच वर्षको उमेरमा पूर्व चरिकोटबाट  ल्याई रत्नपार्कमा अलपत्रपारी छादिएका तुहुरा]ले  सिठ्ठी बजाउँदै मेरो मन्दिर परीसरको रखवाला गरी मेरो सेवा गर्दै आएका छन् ।
       मन्दिर पाङ्गणमा अर्जुन प्रशाद रिमाल ( भागवतरेणु) ले पन्द्र वर्ष देखी आज सम्म निरन्तर रुपमा बार्है माष प्रत्यक एकादसी महात्म्य कथा र चतुरमास महात्म्य कथा वाचन गरी मेरा भक्तजनहरुलाई भक्तीमय कथाको रसस्वाद दिंदै मेरो मन्दिरको स्वभा बढ़ाई आएका छन् ।
      त्यस्तै बिगत तिन वर्ष देखी मन्दिर प्राङ्गनमा ॐ बैदिक सनातन धर्म संस्था नेपालले साँझ दैनिक रुपमा खैजडी भजन किर्तन संचालन गरी बृध्दाहरुलाई नचाएर मनोरन्जन तथा आरोग्य लाभ दिई प्रत्यक साँझ मेरो  मन्दिर क्षत्रलाई बृध्द बृध्दाहरुको लागि भक्तिमय तथा मनोरन्जनात्मक रमणीय स्थल बनाएका छन् ।
     मेरो मन्दिरको ०४६ साल भन्दा अगादीको स्वरुपलाइ जिर्णोद्वार गरी हालको स्वरुपमा ल्याय पछि मन्दिरको संरक्षणको दायित्व बहन गर्न मेरै नामबाट श्री कलङ्की मन्दिर संरक्षण तथा समाज सुधार संस्था गठन गरी बिधिवत दर्ता भएपछी मेरो भक्त चन्द्र बहादुर थापाले आज सम्म निरन्तर संस्थाको नेत्रुत्व गरी भक्त चन्द्र बहादुर लगायत संस्थाका अन्य  पदाधिकारी भक्तहरुले मेरो तथा समाजको सेवा गर्दै आएका छन् । मेरा श्रध्दालु भक्तजनहरुले श्रध्दाका साथ मलाई चढाएका बहुमुल्य गर गहनहरुको सुव्यस्थित गर्न एउटा गर गहनाको छुटै लगत बनाई मेरो गर गहनाको व्यबस्थित गरिदिएका छन् । त्यस्तै बल्खु खोला छेउमा संस्थाले दाताहर्को सहयोगमा आफ्नु छुटै एउटा भवन बनाएर किरियापुत्री  बस्ने व्यवस्था गरेर संस्थाले समाज सेवा गर्दै आएका छन् ।
       नेपाल आमाका सन्तान थरी थरीका छन् त्यसैले मेरा भक्तजनहरु पनि थरी थरीका छन् । कोहि भक्तजन म लायत देवगणलाई श्रध्दा भक्तिले पुजा गरि सकेपछि फुल प्रशादका लागि मेरा सेवा सुसार गर्ने याने द्य:पाला संग अनुरोध गरि पालाको हात फुल प्रशाद ग्रहण गर्दछन् भने कोहि भक्तजन मेरो शिरमा सजाईराखेको फुल समेत आफैले फुल प्रशादका नाममा लिई आफ्ना शिरमा राखी मेरो श्रध्दा र भक्ती गरेको देखाउन कोसिस गर्छन् । ती भक्तजन यो समेत बिर्सिसकेका हुन्छन् कि देव देबताको फुल प्रशाद पाउको लिने गरिन्छ शिरको होइन भन्ने ।
       देब देबताको शिरको फुल प्रशाद लिनु भनेको आफुलाई देब देबताभन्दा  ठूलो देखाई अहंता देखाउनु हो । श्रध्दा भक्ती भनेको सिर थादो गरेर हैन सिर निहुरियार गरिछ्न् , सिरको फुल प्रशाद लिनु भनेको देब देबताको अगादि सिर थादो गर्नु एबं देबता भन्दा आफुलाई टूलो भएको दर्साउनु हो । हाम्रो सनातन संस्कारमा मान्यजनको आशीर्वाद सिर निहुरियायर पाऊ छोयर लिईछ्न् मान्यजनको सिरमा आफ्नो हात राखेर हैन ।
        कोही भक्तजन मेरो शिरमा नैबेद्य र फलफुल चढाउँ छन् ती भक्तलाई सायद थाहा छैनन् होला मनुष्यलगायत् सवै प्राणीले मात्र हैनन्  हामी देब देबताले पनि मुखले नै नैबेद्य तथा भोजन ग्रहन गर्दछन् शिरले हैन । कोही भक्तजन मलाई आरती गरेको बले कै धुप बत्ती मेरै शिरमा राखी दिन्छन् । पाला तथा अन्य भक्तजने देबताको मूर्तिमा त्यसरी धुप बत्ती राख्नु हुन्न भगवालाई पोलिन्छनी भन्दा , थाहा भएन भन्ने ती भक्तको जवाफ हुन्छन् । जस्लाई पुजा गर्न आएको हो, जस्लाई श्रध्दा गर्न आएको हो उस्को शिरमा बति राख्न हुने नहुने भन्ने थाहा नहुने भक्तको श्रध्दा र भक्तीलाई खै के भन्ने ।
      कोहि भक्त मेरो मुकुत नै कुचिने गरी दाय्ङ्ग दाय्ङ्ग ताउकोले ठोकेर  ढोक्छन् ।
       कोही भक्त बाहिर ढोका  बाटै दाम(सिक्का) चढाई…… चढाएको के भनौ फ्याकेर अज भनौ सिक्काले हिर्काएर  दूर दर्शन गर्छन् । फ्याकेको सिक्काले जो सुकैलाई…. जहाँ  सुकै लागोस मतलब राख्दैन वा भनौ कुनै मतलब छैन । त्यो फ्याकेको सिक्काले मलाई वा मेरो देब गणलाई लागेको देख्न सक्ने सूक्ष्म दृष्टि त पक्कै नै छैन … देखेनी ढुङ्गाको मूर्तिलाई त लाग्योनी भगवानलाई नै त लागेको देखेको  छैननी भन्ने ती भक्तको मनले भनेका हुन्छन् । दाम राखेर ढोग्नुको अर्थ श्रध्दा र सम्मान गर्नु हो । श्र्ध्दा र सम्मान गर्दा  दाम फ्याकेर वा दामले हिर्काएर कुनै श्रध्दा वा सम्मान गरेको मान्न सकिन्न ।  मनमा श्रध्दा र समान छैनन् भने दाम राखेर ढोग प्रणाम गर्नु को कुनै फल छैन मात्र तामसी बाहेक केही हुन सक्दैन । दाम राखे रै ढोग गर्नु पर्नु पनि आवस्यक छैन । मनमा सोचित र श्रध्दा हुन आवस्यक छ , दाम त भगवानको पाउमा अर्पण गरेर भगवानको सेवा तहल तथा सुसार गर्नेलाई सेवा बापतको मेवा दिनलाई भक्तले व्यवस्था गर्ने हो । भक्तजनहरुमा हेक्का रहोस फ्याके र वा हिर्काएर चढएको हामी देब देबबता मात्र हैनन् मानिसले पनि स्विकार गर्दैन ।
       भक्तजनहरुले मलाई  मात्र हैन सबै देब देबतालाई पुजा गर्दा अबिर केसरीले हाम्रो मूर्तिमा तिलकका नाममा नदलिदिए नपोतिदिए उत्तम हुने मेरा समस्त भजनहरुमा चेतना होस । किन कि भक्तजहरुले तिलकका नाममा दलेको अबिर केसरिले हाम्रो अनुहार नै बिग्री सकेका छन् ।तिलक लगाउँदा हल्का मात्र लगाई दिए पुग्छ , मूर्तिको जताततै दल्नु आवस्यक छैन यसमा सबै भक्तजनको चेतना होस । पुजा गर्दा अबिर केसरी नै लगायर पुजा गर्नु पर्छ भनेर कुनै धर्म शास्त्रमा लेखेको पनि छैन  ।  धर्मा शास्त्रमा त श्रीखण्ड, रक्तचन्दनको  र फुस्रे सिन्दुराले तिलक लगाएर पुजा गर्ने भनेका छन् । अबिर केसरिले तिलक लगाई पुजा गर्ने चलन त श्रीखन्द र चन्दन घोती तिलक बनाउन अल्छी भएका भक्तहरुले श्रीखन्द र चन्दनको बिकल्पका रुपमा ल्याएको हो । श्रीखन्द , रक्तचन्दन र फुस्रे सिन्दुर जति गुन बर्दक छ त्यति नै आजको अबिर केसरी  हानिकारक  छ । विभिन्न केमिकल मिलाई बनाएका अबिर केसरीले मूर्तीलाई छिया छिया पार्छ मान्छेलाई पनि यसले सुन्दरता र स्वास्थ्यमा प्रतिकुल असर गर्दछ । भक्तजहरुले हामीलाई अबिर केसरिको लेप तिलकका नामा लगाउँदै आएका कारणले हाम्रो रुप कुरुप जस्तै भैसकेका छन् । त्यस्तै हाम्रो मूर्तीहरु सबै नै छिया छिया भै सकेको भक्तजनहरुले देखेकै छन् ।
       धुप बत्ती बाली अर्पण गर्दा मूर्तिलाई नै छुने गरि अर्पण गर्न हुन्न भने भक्तजनमा चेतना होस । चाड पर्बमा भक्तजनहरुको भिड हुँदा भक्तजनहरुको सुरक्षाका लागि ढोका बाहिर बाटै श्रध्दाले धुप बत्ती बालि अर्पण गरेको श्रध्दा हामी ग्रहण गर्दछौ तर अन्य भक्तजनको असुरक्षा हुने गरी तथा हामीलाई नै पोल्ने गरी आरती गरि अर्पण गरीएका आरती हामी कसरि ग्रहण गर्न सक्छौ , यस्मा भक्तजनहरुमा चेतना होस ।
       कोहि भक्तजन पुजा गर्न आउँदा अरुले मलाई तथा मेरा गणहरुलाई चढाएको दाम आफू संगै आएका आफ्ना छोरा छिरीलाई तिप्न लगाउने मात्र हैनन् आफै पनि तिपेर सुटुक्क आफ्नो गोजिमा राखछन् । पुजा गर्न आउने भक्तले नै भेति दछिना गोजिमा हालेर लान्दा मेरा पा:लाले के खानेनी । कोहि भक्तजनले त मलाई नैबदे राख्न राखेको थाली तथा जल चढाउन राखेको कलस तथा अन्य भक्तजनको कलस , करुवा समेत प्रशाद सम्झेर घरलाने गर्छन् ।
      भक्तजनहरु मेरो पूजा तथा दर्सन आउँदा संझनाका लागी भनी मन्दिर भित्र बसेर फोटो खिच्ने गर्दछन् । अन्य मन्दिरहरुमा फोटो खिच्न निषेधित गरीए तापनी मेरो मन्दिरमा फोटो खिच्नमा मेरो संरक्षण गर्दै आएको संस्थाले भने फोटो खिच्न रोक लगाएको छैनन् । मन्दिर भित्र बसेर फोटो खिच्दा हामी देवि देवतालाई पिथ देखाएर याने हाम्रो आगादी बसेर हामीलाई छेकेर फोटो खिचेको राम्रो मान्न सकिन्न । हामीलाई नै छेकेर लिएको फोटोले हाम्रो संझनाको चिनो कसरी हुन सक्छ ? भक्तजन आफैले बिचार गर्नु पर्ने हुन । कोही भक्तजन हामीलाई पिथ देखाउनु हुन्न भनेर हामीलाई दर्सन गरेर फरकन्दा पछादी पछदि बाट जान्छन् । कोहि भक्त हाम्रो अगादी झ्यापै छेकर पिथ देखाएर फोटी खिच्छन् । आफ्ले मान्नुपर्ने मान्नेजनलाई पिथ देखाएर संझनाको चिनोको लागी फोटो खिच्ने भक्तजनको यो कस्तो संस्कार हो । हाम्रो अगादी बसेर हामी लाई पिथ देखएर बस्नु भनेको हाम्रो मान हैन हाम्रो अपमान हो । यस्मा समस्त भक्तजने हेक्का राखोस् ।

      कलियुगको अन्त्य अन्त्यतिर आएकाले  मनुवाहरुमा धर्म संस्कार  हराउँदै गएका छन् । आफै मात्र खाउँ , आफौ मात्र बाँचौ आफुले गरेका काम कार्य बाट अरुलाई जे जस्तो सुकै असर परोस सरोकार राख्दैनन् । आफ्नु अधिकार प्रयोग गर्दा अरुको अधिकार हनन गर्नु हुन्न भन्ने हेक्का राख्न छाद्दै गएका छन् ।
       आफ्ना कुलायनले मानी आएको धर्म संस्कार अनि त्यसैको गर्भ: बाट यस धरातलमा जन्म लिएर   हुर्के र आफ्नु निहित स्वार्थको लागि आफू हुर्कि आएको धर्म संस्कार र कुलले पुज्दौ आएको घरमा रहेको देब देबताको मूर्ती तथा तस्बिर खोलानाला र दोबाटो चौबाटोमा फ्याक्दै  पराया धर्मलाई अंगालो मार्न जानेहरुको  संख्या दिन दिनै बढ्न थालेका छन ।
       मति भ्रस्त भै आफ्नु कुल धर्म बाट पलायन भै पर धर्म आंगाले तापनी आफ्नु कुलबाट  आएको आफ्नु जातिय परिचय  त्याग गरि परिवर्तित धर्म अनुसारको जातिय पहिचान  बताउन नसक्नेहरुका कारण तथा धर्म बिलय हुन्दै गएका कारण समेत  भक्तजनहरुले श्रध्दा भक्तिका साथ  पुज्दै आएको , भक्तजनहरुले मेरो किम्बदन्ती संग गास्दै  ल्यायको अनि मेरो मन्दिरकै गहनाका रुपमा रहि आई मलाई छत्र वढाई सितलता दिन्दै आएको पर्यावरण तथा जीवन रक्षामा गहन भूमिका निर्वाह समेत गर्दै आएको देव वृक्ष पिपल मास्नु पर्छ  भन्दै आफ्ना स्वार्थ पूर्ती तथ आफ्ना अनुकुलताका लागि मास्न योजना बनाउँदै अगि बधिरहेका छन् भने कोही मेरो मन्दिर सडकमा पर्यो अन्त कतै सार्नु पर्यो भन्दै आवाज र प्रस्ताब राख्दै हिंदेको मेरो दृष्टि बाट गोचर भएका छैनन्  ।
  •      
सनातन देखि चली आएको धर्म संस्कारलाई चलाउन खोज्नु, – संप्रदाय अनुसारार  श्रध्दा भक्ति र विस्वासको आस्था स्थललाई चलाउनु, मास्न खोज्नु भनेको समाज र देशमा अनिस्तता निम्त्याउनु हो । त्यसै त ऋषिहरुको तपो भूमी, शान्तिका अग्रदुत बुद्वको जन्म भूमी हिमखण्ड नेपालमा शान्तिको खदेरि परि रहेका छन् । बिनासकारी महाभूकम्प २०७३ समस्त नेपालीले भोगी सकेका छन् त्यसबाट लागेको घाउको खत अझै पनि भक्तजनहरुको मनमस्तिक बाट निर्मूल हुन सकिरहेको छैन । भौतिक बादले बिकाश संगसंगै बिनास पनि ल्याउछ । धर्म आस्था र बिस्वास तथा अध्यात्मिक बादले अ मन चैन र शान्ती ल्याउंछ । भौतिक वाद र बिकाश संगै  सनातन धर्म संस्कार्लाई संर्स्क्षण गर्दै अध्यात्मिकलाई पनि  संग संगै लान सक्नु पर्दछ अनि मात्र शान्ती र बिकाश दिगो रहि रहन्छ ।
      सबै धर्म सम्प्रदायलाई सम्मान गर्नु पर्दछ । एक धर्म सम्प्रदायले अर्को धर्म सम्प्रदायलाई होच्याउने, अरु धर्म सम्प्रदायका मानिसलाई आफ्नो सम्प्रदायमा ल्याई धर्म परिवर्तन गराउनु हुन्न र यसो गर्नु गलत हो । एकले अर्को धर्मलाई सम्मान गर्दै आ-आफ्नो कुलायन धर्म संस्कार पालना गर्नु सबैको कल्याण हुन्छ । यो सनातन धर्मको मर्म नै हो  र यो मानव धर्म पनि हो ।  एउटै धर्म सम्प्रदाय भित्र पनि स्थान र जात जाती अनुसार फरक फरक रिति रिवाज तथा संस्कृती छन् ।
        नेपालभित्रका सनातनीहरुमा बैदिक बिधि अपनाउने र बैदिक- तन्त्र बिधि अपनाउने सनातनिहरु छन । बैदिक बिधी अपनाउने सनातनिहरुको पूजा आजामा खासै अलि बलि पुजा हुन्दैन । तन्त्रबिधी अपनाउने सनातनिहरुको पूजा आजामा अनिबार्य रुपमा अलि बलि पूजा हुन्छ । अलि बलि भन्नाले पूजा गर्दा नैदेद्यमा मध्यमास सहितको समे याने माच्छा , मासु, अन्दा, जाँड रक्सि सहितको समे बजि चधाईन्छ । अग्र पूजा याने गणेषलाई अन्दा( हाँस वा कुखुराको फूल)को बलि दिइ अलि बलि सहित पूजा गर्नु पर्ने पर्म्परा र संस्कृती रहेको  छ । बिषेश पूजाहरुमा त राँगा, बोका, भेदा, हाँस र कुखुरा सहित पञ्च बलि पूजा गर्ने गरिन्छ ।  अधिकांस ब्राम्हण क्षत्रीले बैदिक बिधि अपनाउछ भने नेवार समुदायले तन्त्र  बिधी अपनाउने संस्कृती रहेको छ ।
      काठमाण्डौ उपत्यकाको समस्त प्राचिन मन्दिरहरु तान्तृक बिधिबाट निर्मित छन् । अनि यहाँ बस्ने अधिकांस रैथाने बासिन्दाहरु नेवार हुन ।यहाँका रैथाने गैर नेवारहरु ब्राम्हण क्षत्री सबै नै नेवार संस्कारमा अभ्यस्त छन् । त्यसैले नेवार समुदायका भक्तजनहरुले नेवार संस्कार अनुसार हामीलाई मध्यमास सहित्को नैबेद्य चधाई अलि बलि सहित पूजा गर्दा अप्थ्यारो मानिन्दैनन् तर बाहिर बाट आई बसोबास गर्ने नयाँ गैर नेवार बासिन्दाहरु अर्थात हाम्रा नयाँ भक्तजनहरु अप्थ्यारो मानी नाँक खुम्च्याउँदै अलि बलि पूजाको बिरोध गर्छन् ।  त्यस्तै बैष्णबीहरु तान्त्रीक बिधी अनुसार नेवार समुदायले अलि बलि सहित मध्यमास चधाई पूजा हुने हाम्रो मन्दिरहरुमा  पूजा तथा दर्शन गर्न आउन हिचकिच्याउँ छन् अर्थात आँत गर्न सक्दैनन  त्यसैले ताढैबाट नमन् गरेर जान्छन । सनातन  देखी चली आएको परम्परा र संस्कृती अनुसार अलि बलि सहित पूजा हुँदा नांक खुम्च्याउने र बिरोध गर्नु तथा बैष्णबिहरु प्रबेष गर्न हिचकिच्याउनु वा हिमत् नगर्नु धर्म संगत तथा नितिगत रुपमा ठीक छैन र हुन्न  पनि  । यस विषयमा सबै भक्तजनहरुले मनन् गर्नै पर्दछ । बलि पूजाको बिरोध गर्ने कतिपय भक्तजनह्ररु बगरेको पसल बाट  मांस ल्याई आफु खान्छन् अनि सनातन देखी चली आएको बलि पूजाको बिरोध गर्छन् । कुनै भक्तजनको आफ्नु आत्माले बलि पूजा गर्न स्विकार गर्दैनन् भने बलि नदिनु राम्रो हुन्छन् तर अन्य भक्तको आस्था र बिस्वासमा चोत पुग्ने गरि बलि पूजाको बिरोध गर्नु र बाधा अर्चन गरी रोक लगाउनु र नाँक खुम्च्याउनु हुन्न कुनै भक्तले त्यस्तो कार्य गर्छन् भने त्यो गलत हुने छ ।
      अलि बलि पूजाको धर्म संस्कार र संस्कृती नभएका मेरा नयाँ भक्तजनहरुले पनि अलि बलि पूजालाई सहजता अपनाउँ दै जानु  मेरा सबै भक्तजनहरुका लागी कल्याण हुनेछ ।
      मेरा समस्त भक्तजनहरुको जय होस ! कल्यान होस् ! शुभ होस !
 सर्व कल्याण मस्तु !!!
                 ~ प्रस्तुतकर्ता~
                प्रकाशमान शिल्पकार
भद्रमस्तु शिवं चास्तु कलङ्कीमाता: प्रसीदत् ।
 रक्षतु   त्वां   देवी  आशिष:  
सन्तु सर्वदा ।। “

~~~~~~~~~~~~~~~~~
श्री कलङ्की माताको पहिलो भजन
~~~~~०~~~~~
हे कलङ्की आमा तिम्रो धाम
छोडेर जाउ कहाँ

~ 😒 भक्ती रचना तथा गायन
दुर्गा बुधाथोकी
~~~~~~~~०~~~~~~~~
कालो ….कालो केश तिम्रो
कति सुन्दर मुहार
रुपै छ क्या राम्रो आमा……..
भक्तजनलाई शरणमा लिने
सुन्छौ पूकार हाम्रो आमा …..

हे कलङ्की आमा ……………

जगतका प्राणी भक्ती गर्छन तिमी बुझीदेउ तिमीले भेद भाव छैन सवलाई समान गर्छ
हे आमा तिमीले …आमा

धुप दिप जलाई फलफूल चढाई
त्यो तिम्रो नाउमा आमा ………
शीर झुकाई गर्दछु प्रणाम तिम्रो पाउमा
हे …….. कलङी आमा ….

हे आमा तिम्रो श्वरुप छ राता तल्कीन्छ तलल
भक्तहरु आई धुप दिप जलाई पार्दछन् … आमा…… पार्दछन् झलनल..कलङ्की आमा …

माग्दछु हर्दम तिम्रै शक्ती ..बदाउदै भक्ती
  नस्त    गरिदेउ भवको वन्दन
सवलाई गरिदेउ मुक्ती आमा……
हे….कलङ्की आमा ……….
~~~~~~~~०~~~~~~~~

कलह र कलङ्क नासिनी भगवती कलङ्की माता





कलह र कलङ्क नासिनी भगवती कलङ्की माता

                         श्री कलङ्की माता

प्रकाश्मान शिल्पकार
प्राचीन कालमा नेपालमण्डलको कान्तिपुर नगर र नगरवासिहरूको सुरक्षाका लागि विराजमान रहनु भएका विभिन्न पीठ तथा शक्ति पीठहरू मध्ये नगरको पश्चिम भेग विष्णुमती पारी हाईत साविक न्हेंपंखाको हाल कलङ्की भन्ने ठाउँमा विराजमान रहनु भएका कलह र कङ्क नासिनी भगवती श्रीकलङ्की माता( श्रीकल्खु बालकुमारी अजिमा )को शक्ति पीठ पनि एक हुन । यो अजिमा अष्टमातृका गण अजिमाहरू मध्यका कुमारी ( बालजुमारी ) हुन । यी शक्तिदायिनी न्हेपंखा( कलङ्की), पुरानो कालीमाटी, रविभवन, सुनारगाउँ, स्यूचाटार र ढुङ्गाअड्डा क्षत्रका वासिन्दाहरूका अधिस्थात्री देवी हुन ।
       यो कल्खु अजिमाको पीठ पनि एक शक्ति पीठ नै हो । बुढापाकाहरूको भनाई अनुसार यो शक्ति पीठ पौराणिक कालमा श्रीसतीदेवीको अंग पतन भई उत्पति भएका शक्ति पीठहरू मध्ये यो पनि एक हो । सतीदेवीको कुन अंग यहाँ पतन भएको स्थान हो भन्ने चाहि एकिन छैनन् ।अष्टमातृकाको कुनै पनि शक्ति पीठमा क्षेत्रपाल र कुमार देवता बाहेक बाह्रजना देव देवीहरू हुने भएको भएतापनि यस अजिमायुक्त कलंकी शक्ति पीठमा भने क्षेत्रपालर कुमार 
१९६४ सालमा डिठ्ठा मान बहादुर अधिकारी बाट चधाएको घन्टा
बाहेक पचपन्न देव देवी गणहरूका अमूर्त देव देवीको मूर्तिहरू रहेको देखिन्छन् । यस पीठमा बिराजमा रहनु भएका अमूर्त पचपन्न देव देवीहरूको मूर्ति मध्ये पीठको मूलदेखी कल्खु बालकुमारी अजिमा (कलंकी माई), गणेश, मनकामना, दक्षिणकाली, संकटा, महांकाल तथा भैरबहरू बाहेक अन्य के के देव देवीहरू हुन भन्ने प्रष्ट छैनन ।श्रीकलङ्की माताको मन्दिर क्षत्रको पूर्व दक्षिणमा मन्दिरलाई छत्रवढाइरहेको अवस्थामा मन्दिरकै गहणाका रुपमा रहेको देव वृक्ष पिपल बोट सहीतको चौरारी छ । यसै चौतारीमा परापूर्वकाकमा श्रीकलङ्की माता आफ्नो लामो यात्रा पछि थकाइ मारेको भन्ने किम्बदन्तिरहेको छ । चौतारी सहितको यश पिपल बोटलाई केही व्यक्तिहरूले काटी सडक बिस्तार गर्न योजना बनाउँदै कह्ह । त्यस्तै दक्षण तर्फ शिवलिङ्ग, पारिजातको बृक्ष, सूर्यनारायण,तुलसीको मठ एवं सरस्वती, विश्वरुप, लक्ष्मीणारायण, लगायतको प्रस्तर मूर्ति, अरुणधरि सहि
सप्तऋषिका अ्ऊर्त मूर्तिरहेका छन त्यस्तै मन्दिरको पछादि कमल भैरवजीको अ्ऊर्त मूर्तिरहेका छन । न्नागपासले यस मन्दिरको बारेमा थाहा नहुनेहरूले यस मन्दिरलाई नाग मन्दिर भनी भन्ने गरेको पाइन्छ । तर यो नाग मन्दिर नभई अजिमायुक्त कल्खु (कलंकी) शक्ति पीठ हो । यानेकी बालकुमारी देवीको मन्दिर हो । करखुसी ( मनमती,कालीमाटीखोला ) र बल्खु खोला ( इन्द्रमती ) को बीचभागमा बिराजमान रहनु भएकी यस देवीलाई श्रध्दाका साथ पूजा अर्चना गरिएमा कलह समाप्त भै घर परीवारमा शान्ति हुने र दुई खोला ( नेवार भाषामा खु याने खुसी ) बीच मध्ये भगमा बिराजमान रहनु भएका कारण यस अजिमाको मौलिक नाम कलह र खु ( कलह =खु = कल्खु ) भै कल्खु अजिमा हुन गएको र यी शक्ति स्वरुपिणी माता कलह नासिनी एवं कलङ्क हरणी साक्षात देवी भएकाले कल्खु बालकुमारीबाट अपभ्रंस हुन्दै कलंखु र कालान्तरमा कलङ्की माइरहन गएको अनुमान गर्न सकिन्छ ।        यस कल्खु अजिमा ( कलंकी माई) र असन केलटोलको बालकुमारी अजिमासँग एवं मध्यपूर थिमीको बालकुमारी अजिमासँग पनि परम्परागत सम्बन्धरहेका विभिन्न किम्बदन्तिहरू पनि यहाँ सुन्न पाइन्छन् । परापूर्वकालमा नेपालमण्डल कान्तिपूरको पूर्वभेगका मध्यपूर थिमिका केही मानिसहरूबाट यस बालकुमारी अजिमा र अजिमाका गणहरूलाई तन्त्रसाधना गरी स्थानान्तर गरी थिमिमा लाने कार्य गर्दा कारणबश असन केलटोलमा एकरात बास बस्न परेको र बास बसी भोलि पल्ट त्यहाँबाट थिमि जाने क्रममा यस बालकुमारी अजिमाको एक प्रतिविम्ब त्यही बास बसेको ठाउँमा नै शिद्ध भइगएको र अजिमा सहित अन्य देवदेवीहरू थिमिमा लगी प्रतिस्थापन गराई बिराजमान गराइएको किम्बदन्ति सुन्न पाइन्छ । त्यस्तै अर्को किम्बदन्ति अनुसार थिमिमा बिराजमान रहनु भएका बालकुमारी अजिमा खलकहरू वर्षका एकपटक अक्षेतृतियाका दिन गुप्तरुपमा यस न्हेपंखाको कल्खु बालकुमारी अजिमालाई पूजा गर्न आउने परम्परा रहेको र यहाँ अजिमालाई पुजागरी असनकेलटोलस्थित हाल बालकुमारी अजिमारहेको स्थान अगाडि पार्टी भएकोठाउँमा बसी समयबजी खाने परम्परा गरी आएको अवस्थामा एकसाल मानिसहरू (थिमिबाट आउने खलकहरू)बीचमा एउटा के विचार उत्पन्न भएछ भने हामी वर्षमा एक पटक न्हेपंखा पुगी कल्खु बालकुमारीअजिमालाई पुजागरी यसरी यहाँ आई बसी समयबजी खानु पर्छ । 
किन यहाँ कल्खु बालकुमारी अजिमाको प्रति विम्बको रुपमा एक बालकुमारी अजिमा प्रतिस्थापन नगर्ने भन्ने विचार उत्पन्न भई सो विचारमाथि सबैले सहमति जनाई तन्त्र विधा पुरा गरी एक बालकुमारी त्यही प्रतिस्थापना गरी समयबजी एक भाग (द्यःब्वः) चढाई समयबजी खाने परम्परा चलाएका थिए भन्ने किम्बदन्ति सुन्न पाइन्छन् । सायद त्यही किम्बदन्तिकै आधारमा न्हेपंखा कलंकीमा यस कल्खु बालकुमारी अजिमालाई केलटोलको बालकुमारीको आमा भन्ने गरेको पनि एदाकदा सुन्नमा पाइन्छन् ।त्यस्तै असनमा बिराजमान अजिमालाई श्रीमालाकारले यसस्थानमा ल्यायको भन्ने पनि किम्बदन्ती छ ।त्यस्तै यसशक्ति पीठमा पहिला पहिला बीचित्र बीचित्र दृष्यहरू पनि हेर्न देख्न पाएको भन्ने स्थानीय वासिन्दाहरूको भनाई पाइन्छ्न । जस्तै-मध्यरातमा मन्दिर भित्र बालिकाहरू खेलिरहेको देख्नु, सेतो घोडा मन्दिर परिक्रमा गर्न आएको द्र्ख्नु तथा मब्दिर भित्र सेतो खरायो लागायतका बीचित्र दृष्य देखिनु आदि ।        यस कलङ्की शक्ति पीठमा न्हेंपंखाका अधिकारी परीवारले वार्षिक गुठी पूजा संचालन गरी आफ्नो कुलदेवी सरह नै मानी आएका छन । त्यस्तै सुनार गाउँका सुनार परीवार, कीर्तिपुरका केही सार्की परीवारहरूले आ-आफ्नो कुलदेवीका रुपमा मानी आएका छन । गोरखाका तीनसय अमगाइ घर परीवारले पनि यसै कलङ्की देवीलाई गोरखामा प्रति स्थापना गरी कुलदेवीका रुपमा पूजा गरिन्दै आएका छन भने अन्य स्थानीय हिन्दू र बुद्विस्थहरूले आ-आफ्नै तवरले दैनिक तथा वार्षिक क्षमा पूजा लगायत गुठी पूजा समेत गरी पञ्चबली लगायत पूजा गर्दै आएका छन । टेबहाका बेखा मालाकारजीले जानकारी दिनु भए अनुसार श्रीपचली भैरबको १२ वर्षे जात्राको भद्रकाली नाच नचाउन सर्वप्रथम यहाँ आइ यस कल्खु बालकुमारीलाई तान्त्रिक विधिबाट पूजा गरी अजिमालाई लागेर तान्त्रिक विधि पुर्याउनु पर्ने परम्परा रहेको भन्ने भनाई देखिन्छ ।काठमाण्डौ महानगरको १४ नं वडा भित्र पर्ने यस शक्ति पीठ २०४६ सालमा जीर्णोद्वार गरी मन्दिर र मन्दिर परिसर सर सजावट गर्नु पूर्व यस मन्दिरको स्वरुप अहिलेको जस्तो थिएन । मन्दिरको रेखदेख तथा अजिमाको सेवा सुसार समेत गर्दै आउनु भएका तथा कलङ्की मन्दिर संर क्षण तथा समाज सुधार संस्थाका आजीवन शदश्य श्रीमचाजाजी महर्जनको भनाइ अनुसार शक्ति पीठ साक्षात शक्तिस्वरुप देविस्थल हुन्दा हुन्दै पनि उपेक्षित र संरक्षण रहित सडकभन्दा छ फिट तल खेतमा रहेको सानू कुवा स्वरुपको अवस्थामा खोबिल्टोको रुपमा देखिन्थियो । त्यस्तै मन्दिरको उत्तर सडक पारी हाल इन्द्र बहादुर शाक्यजीको घरसँगै एउटा इनार र त्यससँगै हात्ती आकारको बज्रबाट निर्मित कलात्मक सानो पानी राख्ने विशेष भाँडो थियो । सो भाँडोमा बतुवा लगायत स्थानियहरूले इनार वाट पानी झिकेर भर्ने गर्थियो अनि सोही भाडोबाट भक्तजनहरूले पानी झिकेर कलङ्की मातालाई जल अभिषेक ( चढाउने ) गर्ने गर्दथियो । कलङ्की मातासँग धार्मिकरुपमा सम्बन्ध रहेको उक्त हात्ती आकारको कलात्मक पानी राख्ने भाँडो सडक बिस्तारमा परि नस्त भएको भन्ने भनाइ छ । १९६४ सालमा डिठ्ठा मान बहादुर अधिकारीबाट चढाएको ढलोटका सिंहको दुई मूर्ति, बाइस धार्निको काँचको ठूलो घण्टा, मन्दिर भित्रै काठको खट राखी व्यवस्था गरी राखिएका पितलका बत्ती बाल्ने अरचालिस गोटा ठूलो (दियो) ड्ल्लु समेत अघिनै चोरी भैसकेकाले दाताका नयाँ पुस्ता गोपाल अधिकारीले समेतको प्रयासमा ०५० सालमा नयाँ घण्टाको राखिएकोमा सो घण्टा चर्किएकाले ०७१ सालमा पुन: नयाँ घण्टाको व्यवस्था गरी पुर्खाको कीर्तिलालाई जीवन्त गरी दिएका छन ।२०५४ सालबाट यस शक्ति पेठको संरक्ष्णका संम्पूर्ण दायित्व बहन गर्न श्रीकलंङ्की मन्दिर संरक्षण तथा समाज सुधार संस्था बिधिवत दर्ता गरी जिम्मा लिएर संस्थाले मन्दिरको संरक्षण मात्र गरेका छैनन बल्खु खोलाको किनारममा एउटा आफ्नै भवन बनाई किरिया पुत्री बस्नेहरूका लागि कोथाको व्यव्स्था गरी संस्थाको नाम अनुसार काम पनि गरी सर्हानीय काम गरेका छन । श्रीकलङ्की मातालाई श्रर्द्वालु भक्तजनहरूले चढाएका बहुमूल्य गरगहणाहरूको छुट्टै लगत बनाई पारदसि र सु व्यवस्थित गरेका छन ।अष्टमातृका लगायत शक्ति पीठसँग अति संम्बब्ध रहेको यस श्रीकलंकी मन्दिरकै गहनाकौ रुपमा रहिआई श्रध्दालु भक्तजनहरूले पुज्दै आइरहेको अनि कलङ्की माताको किम्बदन्तीसँग समेत जोडिएको देव वृक्ष पिपल बोट काटी मासी सडक बिस्तारको कार्ययोजना गरी भक्तजनहर्को आस्था र विश्वासमामाथि चोट पुर्याउने कार्ययोजना बनाइएको अवस्थामा त्यस्ता योजनाहरू पुनरावलोकन गरी सनातन धर्म, संस्कृति, मठ, मन्दिर लगायत धार्मिक आस्था र विश्वासको संरक्षण गर्नै पर्ने विषयमा राज्यलागायत आम नेपालीको दायित्व नै छ भन्ने तर्फ सबैले मन गर्नु उपयुक्त नै हुनेछ ।                              – प्रकाश मानशिल्पकार