Tuesday, August 8, 2023
तान्त्रिक शक्ति उपासनामा बली अपरिहार्य
Sunday, May 28, 2023
गजूर
गजूर
नेपालभित्र रहेका अधिकांश मठ मन्दिर, देबगृह, गुम्बा, विहार चैत्यहरुहरुको शिर शोभाय्मान हुने गरी कलश आकारमा चुच्चे धुरी सुवर्णधातु, पितल, तामा तथा कुनै चैत्यमा बज्रबाट निर्मित सुन्दर संरचना बनाएर राखेको हुन्छन , यसै कलश आकारबो लाम्चो संरचनालाई गजूर भनिन्छ , यो हामी सबैलाई थाहा भएकै कुरा हो । मन्दिर प्यागोडा शैली होस्, गुम्बज शैली वा शिखर शैलिस होस् , हरेक मन्दिरको शिखरमा र चैतमा शोभयमान हुने गरी गजूर राखेकै हुन्छ । आजभोलितः पवित्र जलाशय , पोखरी र तिर्थस्थ प्रवेशद्वाहरु समेतमा आकर्षक गजूरहरु राख्ने चलन चल्दै गएका छन् ।
" गजूर" शब्द नेपाल भाषाको " गजु"बाट आएको हुन सक्ने देखिन्छ । नेपाल भाषाको व्याकरण अनुसार जाति अथवा व्यक्तिवाचक संज्ञाको पछाडि " जु" भन्ने विशेषण प्रयोग हुँदैनन् । खासगरेर नेपाल भाषामा आदर्नीय, सम्मानित , वन्दनीय व्यक्ती विशेष अथवा जातिय पछाडि मात्र "जु" प्रत्यय हुन्छ , जस्तै - गुरु गुरुजु, ब्रम्हु ब्रम्हजु, शाक्य शाक्यजु, जोशी जोशीजु, । साधारणतः सम्मान विषयमा एउटामात्र "जु" प्रयोग। हुन्छ, यसभन्दा अलि बढी नै सम्मान गर्नलायक वा विशेष सम्मान गर्ने राजामहाराजलाई जुजु भन्ने गरिन्थ्यो । यसरी नेपालभाषाको गजु शब्द खस नेपालीमा गजूर हुन गए हुन सक्ने सम्भावना छ ।
नेपाल भित्रको कुनै स्थानका रहे भएका देवालयहरुमा गएर हेर्यौ भने देवालय स्थापना गर्नेको आर्थिक हैसियत अनुसारको स्वर्ण, पित्तल, तामा तथा ढुङ्गा, इँटा वा बज्रको भए पनि गजूर राखेकै हुन्छ । त्यसोतः विविध कारणवश गजूर नभएको देवालयहरु पनि केहि पक्कै पनि छन् ।
गजूर नभएका मन्दिरहरुमा - काठकाण्डौको काष्ठमाण्डप संगैको अशोक विनायक जसलाई मरु गणेश नामले जानीन्छ ,।अर्को पाटन चापागाउँको बज्रबाराही मन्दिर हो । मरु गणेश र बज्रबाराही मन्दिरमा गजूर नहुनुको छुट्टाछुट्टै आफ्नै जनश्रुति अनुसारको कारण रहेको छ ।
ति कारणहरु मध्यमा
काठमण्डौको अशोक विणायक अशोक बृक्षको फेदमा विराजमा रहनु हुने गणेश भगवान दिनको तिन पटक आफु बसेको ठाउँबाट सिधा माथी भएर स्वर्ग जान पर्ने भएको।। गजूर राख्दा गणेशलाई स्वर्गलोकको यात्राको मार्गमा रुकावट हुनै भई यदि कसैले गजूर,राखेमा खस्न भएकाले गजूर नराखिएको भन्ने जनश्रुति रहेको छ । गजूर नभएको मन्दिरको गणेश भएरै नेवाः भाषामा यस गणेशलाई मरु गणेश भनिएको भन्ने लोकमान्यता रहेको छ । यस अशोक विनायाकलाई मरु गणेश भन्नुमा अर्को पनि एउटा लोकमान्यत रहेको जनश्रुति पनि छ , त्यो के भने - कुनै समय पाटन गोदावरीका एक परिवार काठमाण्डौको राजप्रसादमा भाई भारदार हुन आएको बेलामा आफ्नो इष्टदेव गणेश भगवान समेत लिएर आएर त्यहाँ अशोक बृक्ष भएको स्थानका प्रतिस्थापन गरेका थिए । केहि समय पछि ति व्यक्ति पुनः भक्तपुर राजप्रसादमा भाई भारदार भए गएको अवस्थामा आफ्नो इष्टदेव गणेश भगवान समेतलाई लगेर भक्तपुरको भोलाछें स्थित पापननीमा स्थापना गरेको कारण काठमाण्डौको त्यो स्थानमा गणेश नभएकाले नेवाः भाषा अनुसार गणेद्यः मरु भनेको हो । पछि गरए मरु गणेश हुन गएको जसको अर्थ गणेश छैन भन्ने हो । उता भक्तपुर पापनी भोलाछेंको गणेशलाई काठमाण्डौमा घर भएको गणेश भनेर नेवाः भाषामा याँय् छें दुम्ह गणेद्यः भन्दा भन्दै पछि गएर याँछें गणेश।हुन गएको भन्ने लोक मान्यता रहेको छ ।
त्यस्तै श्रीनिवास मल्ल राजाले स्थापना गरीएको मान्यता रहेको पाटन चापागाउँ वादेशमा रहेको बज्रवारहाीको मन्दिरमा गजूर राख्न मन्दिर परिसर क्षेत्रमा रहेका नौदिपहरुमा लासजलिरहेको समयमा मात्र गजूर राख्न बज्रवारही आदेश भएको तर आज सम्म ति सबै दिपहरुमा एकै समयमा लास जलेको छैन । ति सबै दिपहरुमा एकै समय जलेको हुनु पर्ने भन्ने जनश्रुति छ।
किवदन्ती अनुसार बज्रबाराही भएको ठाउँमा पहिला आहाल(राँगा भैसी दुबेर बस्ने दलदले) थियो । एक दिन एउटा राँगो अकस्मात आएर आहालमा बस्यो । त्यही राँगोले देवीको रूप लिए पछि आहाल पुरेर मन्दिर बनाइयो । मन्दिर बनाउँदा-बनाउँदै बिहान भएर भाले बासेपछी गजुर हाल्न नभ्याइको भन्ने कथन रहेको छ । पछि गजूर राख्न खोज्दा विघ्नहरु हुनथाले । मरेका मान्छे जालउन मन्दिर वरपर नौवटा चिता छन् । यी चिता एक आपसमा अंकमाल गरेर बसेको भन्ने गीत समेत रहेको छ भन्ने कथन रहेको सो मन्दिका पूजारीलाई एक दिन सपनामा श्रीमाई बज्रबाराहीले गजुर राख्ने दिन बुलुगाउँका मानिस मरी मन्दिर अगाडिको चितामा जलाउन ल्याएको खण्डमा मात्र गजुर राख्नु । अन्यथा बलजबरजस्ती कसैले राखेमा त्यस व्यक्तिको मृत्यु हुने भनी खबरदारी समेत गरीईको भन्ने किंवदन्ती समेत रहेको पाइन्छन् । यसरी मरु गणेश र पाटनको बज्रवाराही मन्दिरमा परम्परागत रुपमै गजूर नहुनु छुट्टाछुट्टै कारण तथा छुट्टै विषय हो ।
तन्त्र प्रधान नेपाल देशको सांस्कृतिक परम्परा।अनुसार मठ मन्दिरमा गजूर स्थापना गर्ने एउटा छुट्टै विधि विधान रहेको र यस विधिलाई " सुवर्णकलश ध्वजारोहण विधि" भनीएको , यो विधि लेखिएको प्राचीन पाण्डुलिपि नेपाल- राष्ट्रिय अभिलेखालयमा रहेको भन्ने कुरा छ । सुवर्णकलश ध्वजारोहण विधि विधान अन्तर्गत स्थापना गरीएका विविध आकार प्रकारका यहाँका मठ मन्दिर, चैत्यमा रहेका गजूरको आ आफ्नै विशेषता र रहस्यले भरीएको छ । यसमा नेपालको धर्म संस्कृति अनुरुप यहाँ जुन किसिमको देवताका तन्त्रसाधन गर्ने परिपाटी छ त्यही अनुरुप नै हाम्रा पूर्वज गुरुवाचार्यहरुले यस गजूरको आकार प्रकारमन व्यञ्जन अभिब्यक्त गरीराखेको देखिन्छ । कलश अष्ट मंगल युक्त भएका हुन्छ। सबै भन्दा माथि नारिकेल (नरिवल) पनि हुने गर्दछ, यस्लाई चुडामणी पनि कसैले भन्दछन। चुडा को अर्थ शिखा, आङ्गस, वा तुप्पी भन्ने हुन्छ। शिखा झै सबै भन्दा माथि रहने मणी स्वरूप नरिवल भनेकोले पनि चुडामणी भनिएको हुनु पर्छ।
अष्ट मंगल युक्त गजुरहरुमा पनि विभिन्न विभिन्न आकार प्रकारका गजूर राखेको हामी देख्न सक्छौ । विभिन्न आकार प्रकार गजूरहरु मध्य एक विस्व सम्पदा सूचिमा परेको सुप्रसिद्ध पाटनको २१ गजूरु भएको कृष्ण मन्दिर हो । यो मन्दिरमा १०८ वटा खम्माहरु प्रयोग गरेर बनाएको छ । साधरण गजुरहरुमा पनि कुनै मन्दिरमा चार कुनामा ससना र विचमा लामो गजूरु राखेको देखिन्छ । तलेजु भवाननीको मूचोकको मन्दिरमा लहरै पाँच वटा गजूर राखेको दिन्छ । जिशाल नगरको मनमानेश्वरी भवानीको मन्दिरमा लहरै तिन वटा गजूर देख्न सकिन्छ । हनुमानढोकाकोमा रहेको मोहनकाली( दक्षिणकाली) संगैको पञ्चमुखी हनुमानको मन्दिरमा भने एक फरक किसिमको गजूर रहेको देख्नन सकिन्छ । प्यागोडा शैलीको मन्दिरको शिखरमा एउटा सानो मन्दिर बनाएर त्यसमाथी मात्र गजूर राखेको देख्न सकिन्छ । काठमाण्डौ घण्टा घर, भिमसेन थापाले बनाएको धरहरा र ०७२ को महाभकम्प पछि भग्नाअवशेषका रुपमा रहेको ठुटो अवेशष धरहरालाई अवशेषकै रुपमा यथावट राखी धरहराको पुनर्निर्माणका नामाका बनाएको झिल्के टावरमा पनि हामी गजूर देख्न सक्छौ ।
मन्दिर शोभाको प्रमुख अङ्ग तथा लक्षणगुणले भरिपूर्ण रहने जुन मन्दिर निर्माणकार्य समाप्त भए पछि मात्र सुवर्णकलश ध्वजावरोहणको तन्त्र विधि पूरागरी निर्माण सम्मपन्न मन्दिरमा गजूर राख्ने परम्परा रहेको छ। मन्दिर निर्माण अन्त्यमा मात्र राखिने भएत पनि यो सर्वोपरिस्थामा सुप्रतिस्थित हुन पाउनु नै गजूरको आफ्नो विशेषता अनि सौभाग्यता हो । सायद त्यसैले होलान् अरुले गरेको राम्रो काममा पछि आएर जस लिन खोज्नेलाई नेवाः उखानमा छुं याय् म्वा गःजु तवलका भन्ने गरेको । गजू छये जश काये । ज्या क्वचाइथें च्वंका ल्हाः तये भन्ने गरेको हुनु पर्छ ।
~ लेखन सहयोग स्रोत सामाग्री - हेमाराज शाक्यको नेपाल संस्कृतिया मूलुखा समेत ।
Sunday, May 21, 2023
घण्टा
घण्टा
सामान्यतः घण्टा भन्ना सात हाम्रो मस्तिष्कमा समय अर्थात दिनरातको चौबिस भागको एक भागको हो भन्ने घण्टी बज्ने गर्छ । धर्मिक स्वभावका मानिसलाई भने घण्टा भनेपछि कुनै धार्मिक स्थलमा बज्ने टाङ, टाङको सुमधुर स्वर कानमा गुञ्जन थाल्छन् । यहाँ मैले भन्न र गनगन गर्न खोजेको पनि धार्मिक स्थलमा बज्ने अनि बजाउने त्यही घण्टानै हो । धार्मिक स्थलमा बज्ने र बजाउने त्यही घण्टाको ध्वनीङ्गको तरङले धार्मिक वातावरण सृजना गर्ने घण्टालाई पनि राजनैतिक करण गर्दै घण्टी नामकण गरेर राजनैतिक नभमा तरङ्गीत पारीएको अवस्था पनि हाम्रो देशमा छ, यहाँ अहिले ।
घण्टा , वेदशास्त्रका ज्ञाताहरुको भनाई अनुसार वेदमन्त्र पाठ गर्ने विधि " घण" शब्दबाट आएको भन्ने कथन रहेको छ । यदि यो कथन सत्य हो भने धार्मिक स्थलमा सुमधुर स्वरले तरङ्गित गर्ने घण्टा तन्त्र, मन्त्र सम्बन्धित पनि हुनै पर्छ । ध्वनी तरङ्गित गर्ने साधन तन्त्र, मन्त्र संग आवद्ध भएपछितः घण्टा तन्त्र मन्त्रकै आधारबाटै निर्मित एक यन्त्र भैहाल्यो । देदमन्त्र र तन्त्र संग सम्बन्धित यो घण्टा सबै मठ, मन्दिर, चैत्य, बहाः, बही र विहार एवं देवमूर्ति रहेको स्थानमा स्वागत सम्मानका निम्ति र मन्दिर प्रवेषमा अनुमतिका लागि पनि बजाउने यो घण्टा कुनै पनि पूजा शुभारम्भ र परिसमाप्त गरिने अवस्थामा अनिवार्य घण्टा बजाउनै पर्ने सनातनी धार्मिक परम्परा र विस्वा रही आएको पाइन्छ ।
मठ, मन्दिर, चैत्य र विहार अथवा देवस्थानको आसपास वा अगाडिनै कुनै श्रद्धालु भक्तजन दाताको आफ्नै आर्थिक हैसियत र क्षमताले ठूलो सानो विविध आकार प्रकारमा बनाएर राखेको हुन्छ। शुभ लक्षणयुक्त गरेर शिल्पकला अङ्कित गरेर ठाउँठाउँमा माङ्गलकारी लक्षण भावनाका संकेत सुसज्जित गरेर उत्तखालको धातुको घण्टा निर्माण गरि बनाएको उत्तम प्रकारको कलात्मक देखि लिएर, मध्यम अलिअलि कलात्मक देखिने गरि तथा सामान्य आकार सम्मको ध्वनी तरङ्ग सम्म आउने घण्टा बनाएर राखेको पनि पाइन्छ ।
नेपाली समाजमा मुख्यतया चार प्रकारको घण्टा धार्मिक व्यवहारमा प्रयोग भै आएको देखिएको छ । व्यवहार चली आएका ति चार घण्टाहरुमा - १. पूजा घण्टा, २. ठूलो घण्टा( तग्वः गं), ३. हावाले बज्ने घण्टा( फय् गं) र ४. ज्वाय् गं( दुईभन्दा भन्दी बढीनै एकैठाउँका झुप्पा पारेर राखेको घण्ट) समेत हुन् ।
१. पूजा घण्टा( पूजा गं) - पूजा कर्ममा आा
चार्य, पूजारी वा सामान्य पूजा गर्ने श्रद्धालु भक्तजनले बजाउने पूजा घण्टा हो । गुह्य अभ्यन्तर पूजादि कर्ममा आचार्यले बजाउने पूजा घण्टाको गर्भगृहमा वीजाक्षर सहित शुभलक्षणल युक्तको माङ्गलिक चिन्ह भएको घण्टा बजाएर देवी देवताको पूजा आराधना गर्दा वहाँहरु प्रसन्न हुनु भई विघ्न वाधा हट्ने आस्था र विस्वासले पूजमा घण्टा बजाउने परम्परा चली आएको छ ।
२ . ठूलो घण्टा( तग्वः गं) - नामै ठूलो घण्टा यो देगल, बहा बहि, बिहार प्राचीन राजदरवार( लायेकू) एवं तिर्थस्थल आदि स्थानमा दुई खम्बाको बिचमा फालमाको सिक्रीले तानेर राखेको हुन्छ । ठुलो घण्टाको माथि टुप्पोमा अर्थात गजुरमा आ आफ्ने धर्म सम्प्रदाय अनुसार बज्र, त्रिशूल, पद्म, षट्कोण, भैरब शक्तिका प्रति खड्ग आदिको आकार अङ्कित गरी शोभायमान गरी राखेको हुन्छ । कुनै मन्दिरमा चेप्टो गोलाकार घण्टा पनि राखिएको पाइन्छन् । काठमाण्डीको शंखमूल तीर्थ स्थित जगतनारायण मन्दिरमा चेप्टो गोलाकार घण्टा झुन्डाएको छ ।
३. हावाले बज्ने घण्टा(.फय्गं) - खास गरेर प्यागोडा शैलीको मन्दिरको छानामुनी किनारमा झल्लर संगै लहरै, रथ, देवखत तगा मन्दिरको मूलद्वार माथी लहरै राखिन्छ । कहिं कहिं प्राचीन राजदरवारको छानामा एवं विहारहरुमा समेत यो घण्टा देख्न पाइन्छन् । यस घण्टाको रालोमा पितल वा तामाको पिपलको पात आकार झुण्डाएर हावाले फिरफिर चलाई घण्टा लङ्गुरलाई हलाएर हावाको झोकामा घण्टा बजेको हुन्छ।
४. ज्वाय् गं( दुईभन्दा भन्दी बढीनै एकैठाउँका झुप्पा पारेर राखेको घण्टा) - यो घण्टा खास गरेर आगममा र मन्दिर भित्र पूजा गर्ने स्थानमा मात्र राखेको हुन्छन् । त्यस्तै देवीगण नाँचमा ( गथु प्याखँमा) भैरबको दायाँ बायाँ बस्ने सिंघिनी , व्यांघिनीले यो ज्वाय् गं बजाउँदै भैरबलाइ स्वागत नाच गर्ने गर्छन् ।
माथी वर्णन गरीए अनुसारका चार प्रकारका घण्टा बाहेक पनि व्यवहारीकरुपमा अन्य केहि घण्टाहरु समेत यहाँ रहेको हामी देख्न सक्छौ ।
व्ववहारमा रहेका देखिन आएका विभिन्न घण्टाहरु -
१. मङ्गले अङ्गले गं -
पाटन मंगलबजार स्थित प्राचीन राजप्रसाद भवनको सुनकोझ्याल माथि चारकुने मन्दिर शैली बुर्जाको भित्तामा( अङ्गले) झुन्डिएको जुन घण्टा हो त्यस घण्टालाई मंगले अङ्गले गं भनिएको पाइन्छ । मङ्गले अङ्गले गं अर्थ हो - मंगलमा भित्तामा घण्टा हो । यो साधना सिद्ध तान्त्रिक घण्ट मानिन्छ । जनश्रुति अनुसार देशमा अनबृष्टि भएमा स्वर्गका राजा देवराज इन्द्रलाई जलबुष्टिका लागि घण्टा बजाएर आव्हान गर्न तन्त्र सिद्धगरी राखेको भन्ने कथन रहेको छ । यो घण्टा १९९०.सालको महाभुकम्पमा नष्ट भएको भन्ने छ ।
२. खिचाखो गं -
खिचाखो गं - |
भक्तपुर दरवारभित्रको तलेजु भवानीको नित्य पूजा गर्ने समयमा मात्र बजाउने दरवारको सवर्णद्वार अगाडि, ठूलो घण्टा पछाडि रहेको शिखरशैलीको बत्सला देवीको मन्दिर अगाडि सिँढी संगैको मझौखालको ठूलो घण्टा बजाउने बेलाका घण्टाको आवाज सुनेर कुकुहरु रुने भएकाले यस घण्टलाई खिचाखो गं भन्ने गरेको छ । भक्तपुरको इष्टदेव तलेजु भवानीको नित्यपूजा समय अतिरिक्त कसैले घण्टा नबजाउन् बजाउन सकिने गरी घण्टाको लण्डकार लङ्गुरमा सिक्रीले बाधेर तल भूमिमा जोडेर ताल्चा लगाई राख्ने गरिन्छ ।
३. विशेष ठूलो घण्टा (तःग्वः गं)
विशेष ठूलो घण्टा (तःग्वः गं) |
-
काठकाण्डौ उपत्यकाको तिनै शहरको ऐतिहासिक राजप्रसाद लाय्कू( दरबार) सामुन्ने शानदार पूर्वक सुप्रतिस्थित गरी राखेको सुप्रसिद्ध दिव्यघण्टा हो । यो घण्टा पनि जथाभावी समयमा बजाउन निषेध छ । मल्ल शासनकालमा राजाको आज्ञामा मात्र यो घण्टा बजाउने गर्थे । काठमाण्डौको हनुमानढोका स्थितको विशेष ठूलो घण्टा तलेजु भवानीको विहान नित्य पूजा समय ठीक नौ बजे मात्र आजभोली पनि दबैटोलका बालकृष्ण महर्जनले बजाउने जिम्मा लिएर बजाउँदै आएको छ ।
४. घण्टाघोषण घण्टा ( घण्टाघोषण गं) -
लिच्छविकाल र मल्लकालमा राज सन्देश वा राजआज्ञा जनता सम्म पुर्याउन ग्राम ग्राम टोल टोलमा गएरर घण्टा बजाउँदै राज सन्देश सुनाउने तात्कालिक घण्टा हो, घण्टाघोषण गं । शाह शासनको उदय पछि यो घण्टाघोषण गंको स्थानमा नायःखिं बाजा बजाएर राज सन्देश सुनाउन प्रारम्भ गरीयो, जसलाई नायःखिं।च्वेकेगु भन्ने गरिन्छ । शाह वंशीय राज्यकालको राणाकाल सम्म नायःखिं च्वेकेगु गरेर राज सन्देश सुनाउदै आएकोका राणाकाल अन्त्य पछि यसको स्थान रेडियो नेपाल लिन थालेका हुन् ।
५. देशान्तरजाने घण्टा ( देशान्तर वनेगु गं).-
बौद्ध धर्मका अनुयायी शाक्य र बज्रचार्यहरुको आ-आफ्नो वही विहारमा चूडाकर्म गर्न जाने बेलामा मार्गमा बजाउँदै जाने घण्टालाई देशान्तर वनेगु गं भनिन्दो रहेछन् । यरी वही , विहारमा चूडाकर्म गर्न जाने परम्परा र संस्कारालाई देशान्तर वनेगु भन्ने गरेको र सो समयमा बजाउने घण्टा भएरै सो घण्टालाई देशान्तर वनेगु गं भन्ने गरेको पाइन्छ ।
६. आवेश गं -
नेवाः संस्कृति र परम्परा अनुसार गुह्यपूजा पद्धतिमा एवं देवीनाचमा देउता बन्ने मानिसको शरिरमा प्रवेश गराई नृत्य गर्ने बेलामा " ॐ बज्रावेशहो " भन्दै घण्टा बजाउँदै गर्दा यो शब्द सुन्नासाथ देवीनाच गर्ने मानिस कम्पन गर्ने गर्छ।
७. माजंवनेगु गं -
नेपालमण्डलको प्रमुख विहारमा दिनमा चार प्रहरमा हुने पूजा मध्य बिहानको ८-९ बजे गर्ने पूजामा विहारको इलाका क्षेत्रमा घण्टा बजाउँदै पूजाको सन्देशका रुपमा बजाउँदै जाने कार्यलाई माजंवने भन्ने गरेकाले सो कार्यमा बजाउने घण्टालाइ माजंवनेगु गं भन्ने गरेको देखिन्छ ।
८. द्यःगं( देवघण्टा) -
देवीगणनृत्यमा विशेष आचार्यलेहरुले बजाएको घण्टाको स्वर सुनेर देवीगणहरु कम्पन्न भएर आउने घण्टालाई द्यःगं( देवघण्टा) भन्दो रहेछ ।
९. जयमांद्यःया गं (जजमानको देवको घण्टा) -
नेपालमण्डलमा बुद्ध धर्म अनुसार सम्यक् आयोजना गर्नेबेलामा जतिपनि सम्यक् देवताहरु हुन्छन् , त्यसमध्य सम्यक् आयोजना गर्ने जजमान प्रतिनिधि स्वरुपले एक सम्यक् देवता अलग बसिरहेको हुन्छन् , त्यहि जजमादेवताको हातमा एउटा घण्टा झुन्डिएको हुन्छ । सो घण्टा बजाएर ३३ कोटी देवदेवतालाई आह्वान गरेको भन्ने विस्वास रहेको छ । त्यसै घण्टालाई जजमांद्यःया गं भन्ने गरेको छ ।
१०. गम्भासिं गं ( गाम्भाकाठको घण्ट) -
गम्भासिं गं ( गाम्भाकाठको घण्ट) |
नेपालमण्डफका मूलविहारहरुको क्वापादेवता( भगवान बुद्ध)को स्थानमा चार प्रहरको पूजा हुने गर्छ । बौद्ध चरित्रअनुसार भिक्षुसंघहरुलाई दिनको चारपटक गम्भासिं(धर्मगण्डी/ धर्मगन्धी) बजाएर आमन्त्रण गर्ने पूजा पद्धति रहेको छ । यस्तो धर्मगण्डी बजाउने बेलामा पाइला चाल्न नहुने विधि समेत रहेको छ । यसरी सिं अर्थात एक प्रकारको गोलो लामो काठमा अर्को एक सानो काठको डन्डाले ठोकेर गाम्भासिं गं( काठको घण्टा) बजाउने गरीन्छ ।
नेपालमण्डलमा धार्मिक कार्य गर्दा र विविध समय परिस्थितिमा बजाउने घण्टाहरु अझ गहिरिएर हेर्ने हो भने घण्टामा विभिन्न मन्त्रहरुको विज अक्षेर रहेको विषयमा गहिरिएर अध्ययन गरीएमा धेरै गुह्यता उजागर् गर्न सकिने छन् ।
लेखन स्रोत सामाग्री ~ नेपाल - संस्कृतिया मुलुखा , हेमराज शाक्य।।
~ ० ~
Monday, May 1, 2023
नक्षत्र
नक्षत्र
परिभाषा र अर्थ
ज्योतिषशास्त्र अनुसार चन्द्रमाको बाटोमा पर्ने र मानिसका स्वभाव, चरित्र आदिमा प्रभाव पार्ने ताराहरूको समूह हो नक्षत्र । आकाशमा रहेको ताराहरुको समुह नै नक्षत्र हो । ज्योतिष शास्त्रमा नक्षत्रलाई महत्वपूर्ण अङ्ग मानिएको छ । यसले मानिसको जन्ममास, तिथि, वार, नक्षत्र फरक हुनाले व्यक्तिको स्वभाव आदिमा पनि यसले फरक पार्ने काम गर्छ । नक्षत्रले आफ्नो प्रभावबाट मानिसको जीवनमा मात्र हैन देशकै अवस्था समेत उथलपुथल गरी परिवर्तन ल्याउने क्षमता राख्दछ । त्यसैले हाम्रो सनातनी परम्परा नक्षत्रको अवस्था हेरी प्रतिकूल अवस्थलाई अनुकूल बनाउन नक्षत्र सम्बन्धित ग्रहको शान्ति पाठ, पूजा, जप, यज्ञ अनुसन्धान तथा साधना व्रत उपासना आदि गर्ने विधि विधान सहितको परम्परा।रहेको छ । विभिन्न ताराहरुको समुह मिलेर सामान्यतः २७ नक्षत्र र थप अभिजित नक्षत्र समेत २८ नक्षत्र हुन्छ । उत्तराषाढा नक्षत्रको पछिल्लो पन्ध्र घडी र श्रवन नक्षत्रको पहिलेको चार घडीको अवधिलाई अभिजित नक्षत्र भनिन्छ ।
२७ नक्षत्र क्रमशः यस प्रकार छन् -
१. अश्विनी, २. भरणी, ३. कृत्तिका, ४. रोहिणी, ५. मृगशिरा, ६. आर्द्रा, ७. पुनर्वसु, ८. पुष्य(तिष्य), ९. अश्लेषा, १०. मघा, ११. पूर्वाफाल्गुनी, १२. उत्तराफाल्गुनी, १३. हस्त, १४. चित्रा, १५. स्वाती, १६. विशाखा, १७. अनुराधा, १८. ज्येष्ठा, १९. मुल , २०. पुर्वाषाढा, २१. उत्तरषाढा, २२. श्रवण, २३. धनिष्ठा प्रवेश, २४. शतभिषा, २५. पूर्वभाद्रपद र २६. उत्तरभाद्रपद र २७ . रेवती नक्षत्र समेत हुन् । हरेक नक्षत्रको नौ ग्रहहरु मध्य कै एउटा आफ्नै स्वामी ग्रह हुन्छ ।
ग्रह
सूर्य र सूर्यका वरिपरि घुम्ने सौर्य परिवारका आकाश पिण्डहरु नै ग्रह हुन् । सौर्य परिवारका ९ आकाश पिण्डहरु हुन्छ जसलाई ज्योतिषिय शास्त्रमा प्रयोग हुने ९ ग्रह भनिन्छ । ९ ग्रहहरुको नाम क्रमशः यस प्रकार रहेका छन् :- १. सूर्य, २. चन्द्र, ३. मङ्गल, ४. बुध, ५. गरु बृशस्पति, ६. शुक्र, ७. शनि, ८. राहु र ९. केतु ग्रहरु हुन् । यि नौ ग्रहहरु मध्यमा चन्द्रमा, बुध, गुरू एंव शुक्र ग्रहलाई शुभ ग्रह सूर्य, मङ्गल, शनि, राहु एवं केतु ग्रहलाई अशुभ ग्रहका रुपका लिने गरिन्छन् ।धर्म शास्त्रीय मान्यतामा राहु , केतु दुई ग्रहको अन्य ग्रह झै वास्तविक रूप वा आकार हुँदैन । यी दुवै छाँया ग्रह हुन् । यी मध्ये राहु शीर हो भने केतु शरीर हो ।
नक्षत्रको स्वामी ग्रहहरु
ज्योतिष शास्त्रमा प्रयोग हुने नक्षत्रका स्वामी ग्रहहरुक्रमशः यस प्रकार रहेका छन् :- १. अश्विनीको स्वामी केतु, २. भरणीको स्वामी शुक्र, ३. कृत्तिकाको स्वामी सूर्य, ४. रोहिणीको स्वामी चन्द्र, ५. मृगशिराको स्वामी मङ्गल, ६. आर्द्राको स्वामी राहु, ७. पुनर्वसुको स्वामी गुर बृहस्पति, ८. पुष्य(तिष्य)को स्वामी शनि, ९. अश्लेषाको स्वामी केतु, १०. मघाको स्वामी केतु, ११.
पूर्वाफाल्गुनीको स्वामी शुक्र, १२. उत्तराफाल्गुनीको स्वामी सूर्य, १३. हस्तको स्वामी चन्द्र १४. चित्राको स्वामी मङ्गल, १५. स्वातीको स्वामी राहु, १६. विशाखाको स्वामी गुरु बृहस्पति, १७. अनुराधाको स्वामी शनि, १८. ज्येष्ठाको स्वामी बुध, १९. मुलको स्वामी केतु, २०. पुर्वाषाढाको स्वामी शुक्र, २१. उत्तरषाढाको स्वामी सूर्य, २२. श्रवणको स्वामी चन्द्र, २३. धनिष्ठाको स्वामी मङ्गल, २४. शतभिषाको स्वामी राहु, २५. पूर्वभाद्रपदको स्वामी गुरु बृहस्पति, २६. उत्तरभाद्रपदको स्वामी शनि र २७. रेवतीको स्वामी बुध ग्रह हुन्।
नक्षत्र अनुसार सौर वर्षको महिनाको नाम
ज्योतिष शास्त्रका ज्ञाताहरुको मत अनुसार महिनाको पूर्णिमाको चन्द्रमा जुन नक्षत्रमा रहेको वा परेको हुन्छ त्यस महिनाको नाम त्यसै नक्षत्र अनुसार, हुन्छन् , जस्तोकि कार्तिक पूर्णिमा( कार्तिक महिनाको शुक्लपक्षको त्रिपुरोत्सवपुर्णे/ सकिमना पून्हि ) चन्द्रमा कृत्तिका वा रोहिणी नक्षत्रबाट हुन्छ । त्यस्तै नै मंसिर पूर्णिमाको मृगशिरा वा आर्दा यसरी रहन गएको हुन्छ । वैदिक पञ्चाङ्गमा २७ वटा नक्षत्रहरु मध्य १२ वटा नक्षत्रको नामबाट १२ वटा महिनाको रहन गएको छ ।
जस्तोकि -
१. विशाखा नक्षत्रबाट वैशाख महिना, २. जेष्ठा नक्षत्रबाट जेठ महिना, ३. पूर्वषाढा या उत्तरषाढा नक्षत्रबाट असार महिना, ४. श्रवन नक्षत्रबाट श्रावन महिना, ५. पूरेवभाद्रपद या उत्तरभाद्रपद नक्षतरत्रबाट भाद्र महिना, ६. आश्विनी नक्षत्रबाट असोज महिना, ७. कृत्तिका नक्षत्रबाट कार्तिक मशिना, ८. मृगसिरा नक्षत्रबाट मंसिर महिना, ९. पुष्य(तिष्य) नक्षत्रबाट पुष महिना, १०. मघा नक्षत्रबाट माघ महिना, ११. पूर्वफाल्गुनी वा उत्तरफाल्गुनी नक्षत्रबाट फागुन महिना र १२. चित्रा नक्षत्रबाट चैत महिना नाम रहा गएको हो ।
प्रचलित पात्रमा उल्लेखित महिना कुन नक्षत्रको थाहा पाउन पात्रको महिनाको पेजको तिथि महलमा १५ अङ्क लेखिएको पूर्णिमा( पूर्णचन्द्रमा)मा र त्यसै लहरको नक्षत्र महलमा नक्षत्रको सुरु अक्षर जुन लेखिएको छ त्यसै अक्षर बाट हुने नक्षत्र नै त्यो महिनाको नक्षत्र हो ।
~ ० ~
Sunday, April 30, 2023
संक्रांति र पर्व समय
संक्रांति र पर्व समय
परिभाषा वा अर्थ
सूर्य वा अरु कुनै ग्रहपुञ्ज एक राशिबाट अर्को राशिमा सर्ने वा स्पर्ष गर्ने अवधि नै संक्रांति हो । सूर्य एक राशिबाट अर्को राशिमा स्पर्ष हुने दिन सौर महिनाको पहिलो दिन एक गते वा संक्रांति हो । बाह्र राशिले सूर्यलाई स्पर्ष गर्दै पृथ्वीले परि्क्रमा गर्दा बाह्र राशि पुरा पार गर्नु पर्ने हुन्छ । सूर्य जुन राशिमा स्पर्श गर्छ त्यसै राशिका नामबाट संक्रांति भनिन्छ । त्यसैले बाह्र संक्रांतिको बाह्र महिना हुन्छ । सूर्यको गतिको आधारमा गणना हुने सौर वर्षको हरेक महिनाको छुट्टाटै आफ्नै राशिको संक्रांति हुन्छ । जस अनुसार सौर वर्षको बाह्र राशिका संक्रांतिहरुमा :- मेष संक्रान्ति, ञवृष संक्रान्ति, मिथुन संक्रान्ति, कर्कत संक्रान्ति, सिंह संक्रान्ति, कन्या संक्रान्ति, तुला संक्रान्ति, वॄश्चिक संक्रान्ति, धनु संक्रान्ति, मकर संक्रान्ति, कुम्भ संक्रान्ति, र मीन संक्रान्ति हुन् । सौर वर्षको महिना अनुसार मेष संक्रान्ति वैशाख १,वृष संक्रान्ति जेष्ठ १,मिथुन संक्रान्ति असार १, कर्क संक्रान्ति श्रावन १,सिंह संक्रान्ति भाद्र १, कन्या संक्रान्ति असोज १, तुला संक्रान्ति कार्तिक १, वॄश्चिक संक्रान्ति मंसिर १, धनु संक्रान्ति पुष १, मकर संक्रान्ति माघ १, कुम्भ संक्रान्ति फागु १ र मीन संक्रान्ति चैत १ गते हुनै पर्छ । प्रत्येकण संक्रांतिको आफ्नै धार्मिक महत्व रह आएको छ तर पनि मेष संक्रांति र मकर संक्रांतिको विशेष ठूलो महत्व छ ।
पर्व समय
शास्त्रगत तोकिएको तिथि मिति र समयमा मनाउने पर्ने पर्व समय नै पर्व समय हो ।
प्रचलित पञ्चाङ्गमा संक्रांति र पर्व समय
सूर्यको गमनको गणितीय निति अनुसार तयार हुने पञ्चाङ्गमा सूर्यले राशिलाई स्पर्श गरेकै दिन महिनाको पहिलो दिन १ गते उल्लेख भई संक्रांति पर्नै पर्ने हो । नेपालमा सरकारी स्तरबाट प्रचलनमा चलाईरहेको सौर्य वर्षको सम्वत विक्रम सम्वत हो । आधा शताब्दी अगाडि देखि सरकारबाट स्विकृत फञ्चाङ्गमा ६,७ गते नै सूर्य अर्को महिनामा सरेको याने सूर्यले राशि स्पर्श गरेको देखाउँदै आएको स्पष्ट नै छ । तर त्यहि पञ्चाङ्गले महिनाको पहिलो दिनमा पर्नु पर्ने सूर्यले राशि स्पर्श गरेको एक महिना अगाडि ६,७ गते नै परिसकेको देखाउदा देखाउदै पनि एक महिना पछाडि महिनाको १ गते देखाउँदै आएको छ । जसका कारण मेष संक्रांति मनाउनु पर्ने पर्व वृष संक्रान्तिमा र मकर संक्रांतिमा मनाउनु पर्ने पर्व कुम्भ संक्रान्तिमा मनाउन बाध्यता पार्दै आएको छ । एउटा राशि संक्रांति हुनु पर्ने पृथक राशि संक्रांति महिना परेको पञ्चाङ्गले देखाई सकेको अवस्थामा निश्चय नै चन्द्रमाको गतिको तिथिमा पनि फरक परिसकेको पक्का नै छ । हामी सनातनी नेपालीले ब्रम्हवाक्य सरह मान्दै आएको पञ्चाङ्गमा पर्व समयको स्थिति यस्तो छ ।
#प्रकाशमानशिल्पकार
Tuesday, April 25, 2023
कलंकी लामपाटीको इतिहास ...
कलंकी लामपाटीको इतिहास ...
राणाकलको अन्त्य समय सम्ममा पनि नेपालमा आवट जावट अहिले हामीले भोगचलन गर्दै आएको जस्तो सुविधायुक्त सडक बाटो र सवारी साधन थिएनन् । हुनत अहिले पनित देशका समस्त भूभागमा समुचतित बाटोघाटो पुल बन्न सकिरहेका छैनन् । हामी बेलाबेलामा मिडया र सामाजिक सञ्जालहरुमा दुर्गम क्षेत्रका भाइबहिनीहरु आफ्नो ज्यानको बाजि लगागर तुइनमा बसी नदी , खोला वारपार गरेर स्कुलमा जाने आउने गरेको तस्बिरहरू भाईरल हुने गरेको देख्दै नैआएका छौ। हालै मात्र पनि देशको एउटा दुर्गम क्षेत्रमा त्यस्तै तुइनबाट नदि पार गर्ने क्रममा दुर्घटना भएर केही ब्यक्तीहरुले ज्यान गुमाएको सममचार बाहिर आएको थियो । राणाकालको अन्त्य सम्म पनि काठमाण्डौ बाट बाहिर जान र आउन मानिसहरु हिडेर नै जाने गर्थे । हुनेखानेहरु भने कोही घोडा, खच्चर र उलिन्नकाठमा बसेर यात्रा गर्थे ।
उलिन्काठ भनेको त्यस समयमा मानिसले मानिसलाई बोकेर यात्रा गराउने प्राचीन प्रविधिबाट निर्मित काठको सवारी साधन हुन्। छत नभएको कसैलाई बसाएर दुईतिरबाट दुई वा तिनजनाले बोकि लैजाने सवारी साधन हुन् ।
तात्कालिक राणा श्री ३ प्रधानमन्त्री जुद्ध शमशेरका छोरी पुतली मैयाँसाव आफ्नो राणा रवाफ अनुसार काठमाण्डौ बाहिरको यात्रा गरि फर्कने क्रममा अस्वस्थय हुनु भई न्हेपंखाको ( हालको कलङकी क्षेत्रको) भौतिक अस्तित्व समाप्त भई सकेको लामपाटी रहेको स्थानमा विश्राम लिने क्रममा त्यहिँ नै निधन हुनु भएको।थियोरे । स्थानीय केही व्यक्तिहरुको भनाईमा पुतली मैयासाहबकि आमा आलुव महारानी भनिन्छन्। आलुव महारानीका बारेमा काठमाण्डौका नेवाःहरुको भनाईमा मरुटोलतिर कतै आलुव बेचिरहेका सुन्दरीमाथि जुद्ध शमशेरको कूदृष्टि परी उठाएर लगेर शारीरिक सम्बन्ध राखि महारानी बनाएको रे ।
श्री ३ जुद्ध शमशेरलाई आफ्नो छोरी पुतली मैयाँ साह्रै नै मन पर्ने रहेछन्। सायद त्यसै भएर होलान् छोरीले प्राण त्यागेकै स्थानमा अनि मृतक छोरी पुतली मैसाहवकै नाममा बटुवाहरुलाई विश्राम गर्न एवं वास बस्नका निम्ति आकार प्रकारमा चौडाको अनुपातमा लामो लगभग ६० - ७० फुट लम्बाई र २५ फुट चौडाई जतिको धर्मशाला पाटी बनाउन लगाएको भन्ने देखिन्छ ।
पुतली मैयासाहबको स्मृतिमा बनेको त्यो धर्मशाला पछि पुतली पाटीको नामले सबैले चिन्दै गए। पुतली पाटीमा कयौं बटुवाहरु विश्राम गरेर गए । समय बित्दै जाँदा जनसंख्याको चाप बढ्दै गयो र धर्मशाला, पौवा, पाटीहरुमा ब्यक्ति र समुहरुको कूदृष्टि पर्दै जान थाल्यो । पुतली पाटीमा पनि समूह र संस्थागतको कूदृष्टि परेर पाटीमा कहिले "कर चेकपोष्ट" कहिले स्काउटकाो कार्यालयत कहिले " कान्जीहाउस, नव ज्योति पुस्तकालय , कलङ्की गाउँ पंचायत भवन र गाउँ पंचायतको उपप्रधान पञ्चको निजि किनारा पसला हुँदै जनपथ स्कुल सम्मले त्यो पुतली पाटी नामको धर्मशालामा कब्जामा लिएर भोग गर्दै गए । पाटीमा गाउँ पञ्चायतको कब्जामा गए पछि स्काउटको कार्यालय, कान्जीहाउस र नव ज्योति पुस्तकालय भने श्री कलङ्की माताको मन्दिर परिसरको अहिले खाने पानाी लि.को ट्याङ्की भएको ठाउँमा रहेको पाटीघरमा सरेको कुरा स्थानीय कुमार अधिकारी भन्नू हुन्छ ।
स्थानीय शान्ताराम थापामगरज्यू, लक्ष्मण अधिकारीज्यू र श्रीपति सुवेदीज्यू लगायतले जानकारी दिनु भए अनुसार पुतली पाटीमा बसेको कान्जी हाउसले पहिला गाउँ टोलमा पशुपालकहरुले छाडा छोडेका गाई साँढेहरु नियन्त्रणमा लिएर कान्जीहाउसमा राखेर राख्ने गर्थ्यो अनि पशुधनीहरुले लिन आएमा दण्ड जरिवाना तिराएर दिएर पठाउने काम थर्थ्यो। पशुपालक धनीले खोजबिन गरि लिन नआएमा लिलाम समेत गर्थ्यो ।
थापामगरज्यू समेतको भनाईमा त्यस पाटीमा केही वर्षसम्म बोल्न समेत नसक्ने एक असहाय बसेर जीवन निर्वाह समेत गरेका थिएरे । यो पाटीलाई सडकले मिचेर पाटी भत्काएर सडक विस्तार नगरे सम्म पाटीको ठीक अगाडि जुद्धशमशेरले स्थापना गरेको धारा समेत रहका थिए । जुन धारा स्थापना गर्नुमा स्व. नारायण दत्त बिडारी (सुबेदार बाजे) अर्थात पुर्षोतम बिडारी काकाको पिताजीको ठुलो पहल थियो । सडक विस्तारमा परेर पाटी नभत्काए सम्म त्यही पाटीमा जनपथ स्कुल रहेका थिए ।
२००७ सम्म हिलामे हुने बाटोमा जम्मा एउटा लहरी( त्योबेलाको ट्रक) चल्ने । त्यो पनि बिहान छ बजे पल्टन लिएर थक्वाः (रथानकोट) देखि तिन्ख्यः(टुंडिखेल) जान्थ्यो , अनि साँझ पाँच बजे पल्टन फर्काएर लगिन्थ्यो, त्यति नै हो यहाँको गाडी आउने जाने भनेको । सर्वसाधारण मान्छेको साधन थिएन, पैदल नै हिड्नु पर्थ्यो । पछि तीन वटा बस थक्वाः(थानकोट) देखि शहिदगेट सम्म चल्न थाले पछि यश क्षेत्रबाट भएर सार्वजनिक बसहरु बिस्तारै थप्दै गए अनि यसै पुतली पाटी अगाडि पनि बस विसौनीले स्थान पायो । बसको सहचालकले बस विसौनीलाई पुतली पाटीको लामो स्वरुप हेरेर यात्रुहरुलाई पुतली पाटी स्थितको बस विसौनी आयो भनेर जानकारी दिन लामोपाटी ... लामोपाटी भन्दा भन्दै पुतली पाटीको नाम " लामपाटी " भनेर नामकरण गर्न थाले , पछि हुँदा बसको सहचालककै भनाईलाई सबैले अनुसरण गर्दै गए । यसरी न्हेपंखा स्थितको पुतली पाटी लामपाटीमा परिणत भएर गए । पुतली मैयाँसाहवको स्मृतिमा निर्माण भएको धर्मशाला पुतली पाटीको नाम लामपाटी नामाकरण हुनुमा बुद्ध दर्शन, सुवर्ण,लक्ष्मी र हारती बस लगायत र त्यसका सहचालकहरुको ठुलो भुमिका रहेको छ भन्ने शान्तराम थापामगर ज्यूको भनाई रहेको छ ।
कलङ्कीथानको श्री कलङ्कीमाई मन्दिर भित्र रहेको ठूलो घण्टा झुण्ड्याएको खम्बाको निदालमा लेखिएको विक्रम सम्वत १९६४ सालको शिलालेखमा लेखिए अनुसार अहिलेको कलङ्कीको नाम र कलङ्कीथानको श्री कलङ्कीमाईको नाम पनि कलङ्की र श्री कलङ्कीमाई हैनन् । कलङ्की क्षेत्रको वास्तविक मौलिक नाम " न्हेपंखा " हुन ।
पहिला पहिला यश क्षेत्रमा न्हायपं कच्छि( नर्कट घारी) रहेकाले नेवार भाषाबाट न्हेपंखा भनि्थ्यो । पछि यश न्हपंखा क्षेत्रको स्वामिनि( अधिस्थात्री देवी) कल्खु बालकुमारी अजिमाको मौलिक नाम अपभ्रंश हुँदै हुँदै कलङ्की हुन गए पछि यश क्षेत्रकै नाम कलंकी रहन गएको हो । यसरी यश क्षेत्रको मौलिक नाम न्हेपंखा हुन् भने श्री कलङ्कीमाईको मौलिक नाम कल्खु बालकुमारी हुन् भन्ने प्रस्त देखिन्छ । घण्टा झुण्ड्याए शिला अम्बाको निदालको शिरमा " श्री कलंषु बालकुमारी ।। श्री ३ चन्द्रकी जय ।। लेखिएको छ भने शिलालेखको व्यहोरमा " न्हेपंखा" बस्ने डिठ्ठा मान बहादु अधिकारीेेले घण्टा चढाएको भनेर लेखीएको छ ।
बिकाशका नाममा हाम्रो कयौं सम्पदाहरुको भौतिक संरचनाहरु अतिक्रमण हुँदै नासिन्दै गइसकेका छन् । केही सम्पदाहरु ननासिए तापनि सम्पदाको मौलिकता मौलिक नामह र पहिचानहरु नासिन्दै गएका छन् । यहाँका सम्पदा र सम्पदाका पहिचान भनेको हाम्रो र देशकै पहिचान हो । अतः भएरहेका सम्पदाहरुको समुचित संरक्षण गर्नु, मासिसकेका सम्पदाहरुको भएसम्म पुनःनिर्माण गर्ने नसके सम्पदा रहेको स्थान सम्पदाको पहिचान झल्काउने संकेत सहित नाम सबैको दृष्टि पर्ने गरि लेखेर राख्नु पर्छ । ताकि भविष्यका नयाँ पुस्ताले समेत त्यहाँ यस्तो विशेषताको यो सम्पदा रहेको थियो भनेर जानकारी पाउन सकियोस् ।
#प्रकाशमानशिल्पकार
पञ्चकको परिभाषा वा अर्थ
पञ्चक के हो ?
शब्दकोषमा लेखिए अनुसार पञ्चक भन्नाले:- १. एकै प्रकारका पाँच वस्तुहरूको समुदाय। २. कार्तिक कृष्ण त्रयोदशीदेखि शुक्ल द्वितीयासम्मका पाँच दिन; यमपञ्चक। ३. कार्तिक शुक्ल एकादशीदेखि पूर्णिमासम्मका पाँच दिनको समय; भीष्मपञ्चक। र ४. धनिष्ठादेखि रेवतीसम्मका पाँच नक्षत्र भित्रको पञ्चक कालका वा समयावधि भन्ने बुझिन्छ । ।
पञ्चक के हो ? भन्ने विषयमा यहाँ पञ्चक कालका बारेमा केहि प्रष्ट पार्ने प्रयत्न गर्नेछु । ज्योतिष शास्त्र तथा पञ्चाङ्ग अनुसार चन्द्र ग्रह अर्थात चन्द्रमाको मार्गमा देखिने धनिष्ठा नक्षत्रको तृतीय चरण र शतभिषा, पुर्वाभाद्रपद, उत्तराभाद्रपद तथा रेवती नक्षत्रको चार चरणमा भ्रमण काललाई पञ्चक काल भनिन्छ । यस समयमा चन्द्र ग्रहका कुम्भ र मीन राशीमा भ्रमण पन्चकको जन्म दिन्छ । धनिष्ठा, शतभिषा, पूर्वभाद्रपद, उत्तरभाद्रपद र रेवती यी नक्षत्रको मेलले बनेको विशेष योगलाई पञ्चक भनिन्छ । नक्षत्र भन्नाले चन्द्रमाको मार्गमा देखिने, सौरजगत्देखि अलग रहेका नक्षत्र वा ताराहरूको समूह (अश्विनी, भरणी, कृत्तिका, रोाहिणी, मृगशिरा, आर्द्रा, पुनर्वसु,पुष्य (तिष्य०, अश्लेषा, मघा, पूर्वाफाल्गुनी, उत्तराफाल्गुनी, हस्ता, चित्रा, स्वाती, विशाखा, अनुराधा, ज्येष्ठा, मूल, पूर्वाषाढा, उत्तराषाढा, श्रवण, धनिष्ठा, शतभिषा, पूर्वभाद्रपद, उत्तरभाद्रपद र रेवती लगायत सत्ताइस नक्षत्रहरु हुन् । मनुष्यका असलखराब अवस्थाका अधिष्ठाताहरूनै ज्योतिषशास्त्रअनुसार पञ्चक हो।
पञ्चकको प्रभाव :
🎆पन्चकमा पराल र काठबाट अग्निभय, चोरभय, रोगभय 🎆 राजभय, धनहानी हुन सक्छ ।
🎆 धनिष्ठा नक्षत्रमा अग्नि भय रहन्छ ।
🎆 शतभिषा नक्षत्रमा कलह हुने सम्भावना रहन्छ ।
🎆 पुर्वाभाद्र पद नक्षत्रमा रोग बढ्ने सम्भावना हुन्छ ।
🎆 उतरा भाद्रपदमा धनको रुपमा दण्ड हुने सम्भावना हुन्छ
🎆 रेवती नक्षत्रमा धन हानीको सम्भावना रहन्छ ।
पञ्चक कालमा गर्न नहुने कार्यहरु :
🎆 मरेको शरीर जलाउन
🎆 काठ खरिन गर्न
🎆 घरमा छल राख्न
🎆 पलगं वा ओछ्यान बनाउन
🎆 दक्षिण दिशातिर यात्रा गर्न
🎆 कुनै शुभ र मांगलिक कार्य गर्न
पन्चकको समयमा कोही व्यक्ति मरेमा पञ्चक शान्ति नगरी अन्त्येष्टि गरिएमा परिवारको ५ जना व्यक्तिको मृत्यु हुन्छ भन्ने सनातनी जनविश्वास रहि आएको छ । त्यसै कारण सनातनीहरुको मृत्यु भई मृतकको अन्त्येष्टि गर्दा पञ्चक परे नपरेको एकिन गरिने गरिन्छ । यदि पञ्चक काल परेको भएमा आफ्नो कुल परम्परा अनुसार पञ्चक शान्ति विधि अपनाएर मात्र मृत्यु संस्कार गरीन्छ । सनातनीहरुमा समुदाय र ठाउँ अनुसार पञ्चक कालमा मृत्यु भएकाहरुको मृत्यु संस्कार गर्दा आ-आफ्नै तरिकाले पञ्चक शान्ति गर्ने परम्परा रहि आएको छ ।
🎆 पञ्चकमरण शाान्ति विधि :
पञ्चाङ्गमा उल्लेखित भए अनुसारको - पञ्चकमरणे पुतलादाहविधि -
कर्ता स्वयं भै पूर्वतर्फ फर्की कुश-तिल- जल लिने । " अद्येहेत्यादि( अमुक) गोत्रस्य ( अमुक) प्रेतस्य धनिष्ठादिपञ्चकमरणवनित अनिष्टपरिहारार्थ मृतस्य पञ्चकमरणजन्यदोषपरिहारपूर्वकोत्तमगतिप्रादयर्थञ्च पञ्चकमरणशाान्तिविधि करिष्ये ।" भनी छाडिदिने। चन्दन माला आदिले पाँच वटा प्रतिमा( पुतली)लाई सिंगारेर ऊनी धागोले बेरेर जौको पिठोले लिपेर दाह गर्ने समयमा प्रेत (लास) माथि राखि दिने । जसमध्ये १. प्रेतवाह प्रतिमा शिरमा राख्ने, २.प्रेतसव प्रतिमा आँखामा राख्ने, ३. प्रेतप प्रतिमा कोखामा राख्ने, ४. प्रेतभूमिप प्रतिमा नाभिमा राखिदिने र ५. प्रेतहतं प्रतिमा पाउमा राख्ने । तिनिहरुलाई नाम मन्त्रले घृत आशुति र जधारादिने " यमाम सोमं मधुमत्तयेर्षा तोनोगावः स्वदन्तु हब्या । दुतं वो देवः स्वदयं मुमेषातेनोरासं तकुरुमा यमद्ययूयं पातः स्वस्तिभिः सदा नः । त्र्यम्बकं यजामहे सुगन्धिम्पुष्टिवर्द्धनम् । उर्वारुकमिवबन्धनान् मृत्योर्मुक्षीयमा मृतत् ।। यी मन्त्रले प्रतिमाहरुमा प्रत्येक पटक धुत आहुति गर्ने । ॐ प्रेतवाहाय स्वाहा , ॐ प्रेतसखाय स्वाहा, ॐ प्रेतपाय स्वाहा, ॐ प्रेतभूमिपाय स्वाहा, ॐ प्रेतहत्रे स्वाहा ।
{दृष्टव्य -
🎆 १. पच्चक लाग्नु अगाडि मरेका व्यक्तिहरुको दाह गर्नु
परे पुतलादाह मात्र गर्न, शान्ति गर्नु पर्दैन ।
🎆 २. पञ्चकमा मरेका व्यक्तिको पञ्चकमा समाप्त भए
पछि दाह गरे शान्ति मात्र गर्ने पुतलादाह गर्नु पर्दैन ।
🎆 ३. पञ्चक भित्र मरेका र पञ्चक भित्रै दाह गर्नु परेमा
शान्ति र पुतलादाह दुबै गर्नु पर्छ ।
(उपरोक्त पञ्चक मरण विधि नेवाः बाहेकको हो )
🎆 नेवाः समुदाय भित्र गरिने पञ्चकमरण शान्ति विधि :
पञ्चक लागेको दिन परे - जोशी समाज भक्तपुरले प्रकशित जोशी गोजी पात्रोमा उल्लेखित भए अनुसार -
कुशको पाँच वटा पुतली वा हाँसको पाँच वटा फुल
सवदाह गर्दा निम्न अनुसार राख्ने -
१. लासको शिरमा एक वटा,२. आँखामा एक वटा ३. काखीमा एक वटा , ४.नाभिमा एक वटा र ५. पाइतालामा एक वटा राख्ने ।
पञ्चक परेको विवरण तालिका स्रोत : जोशी गोजी पात्र २०८७ जोशी समाज ख्वप
#प्रकाशमानशिल्पकार
#पञ्चक
Monday, March 6, 2023
विष्णुमती र बागमती ढलमतीमा परिणत संगै यहाँको संस्कार र संस्कृति पनि लोपमती हुँदै ..
विष्णुमती र बागमती ढलमतीमा परिणत संगै यहाँको संस्कार र संस्कृति पनि लोपमती हुँदै ..
नेपालमण्डलवासीको संस्कार र संस्कृति नदीनाला संग जन्म देखि मृत्यु सम्म नै जोडिएको देखिन्छ । कान्तिपुर शहरका विभिन्न टोलका वासिन्दा, भक्तजन, प्रभातकालीन बाग्मती विष्णुमती तथा अन्य नजिक नदीनाला वा कुण्ड लगायतमा गएर हर हर गंगे भन्दै स्नान गरी पशुपतिनाथ, चैत्यतथ मठ मन्दिरहरु दर्शनका लागि पुग्थे ।
नवजात शिशु जन्मे पछि परिवार तथा तेह्रदिने नातागोता सबैलाई सुतक लाग्छ । सुतक घर परिवारमा नवशिशु जन्मेपछि अथवा कुनै परिवार सदस्य मरेपछि बारिने आशौच हो । जन्मदा वा मर्दा नजिककाा नातेदारहरुलरलाई लाग्ने खास अवधिसम्म लाग्ने अशुद्धिलाई नदीनालामा गएर नुहाईधुवाई गरि शुद्धीकरण गर्ने यहाँको परम्परा रहि आएको छ । बस्ती बिकाश र शहरीकरण संगै घर घरमा कलधारो मात्र हैन शौचालय (पाइखाना)को पनि व्यवस्था हुँदै गयो। नुहाईधुवाई गर्न नदीनालाहरुमा धाउन परेन । अनित: अनित नदीनालाहरुमा घरघरका पाइखानाबाट बग्ने मलमूत्रहरुको धल विभिन्न नदीनालामा मिसाउँदै बागमती नदीको माध्यबाट क्वदुवा न्हसिकाप (कटुवाल दह) मार्गबाट नेपाल बाहिर पठाउँदै नेपालमण्डल वासी नयाँ जमानामा चुर्लुम दुब्दै गंगालाई प्रदूषित बनाउँदै लगिए । बिकाशका नाममा अौद्योगिक कलकारखाना स्थापना हुँदै गए पछि त्यसबाट निस्कने हानिकारक रसायनहरु समेत सिधै नदीहरुमा मिसाउँदै गए फल स्वरुप विस्तारै विस्तारै नदीहरुमा कलकल बग्ने गंगा यति सम्म प्रदूषित हुँदै गएकी नदी तर्फबाट आएको हावाको क्षोका हाम्रो नाकमा ठोकिँदा नाक खुम्चाउन पर्ने गरी दूर्गन्धीत हुँदै एएको अवस्था छ । पापीहरुको पाप पखाल्ने नदीको गंगा आफै छिछि गर्नु पर्ने गरी दूर्गन्ध हुन गईसकेको छ । हानिकारक रसायन मिस्रीत नदिको पानी दुर्गन्धित मात्र रहिएन जसका कारण पवित्र मानिने गंगा मानव र अन्य जनावारलाई मात्र हैन पानीमा बस्ने माछा लगायत प्राणीका लागि समेत घातक सिद्ध हुँदै गए ।
नदीहरुमा गएर गंगा स्नान गरी अनिवार्य गरिनुपर्ने संस्कारहरु पनि अब घरबाट बोकेर लगेको पानीले स्नान गरेर हामीले कति समय सम्म संस्कार धान्न रकिन्छ र । विष्णुमती र बागमती किनारमा रहेभएका कयन घाटहरु अतिक्रमण गरेर सुकुम्बासीका नाममा बस्ती खडा गर्दै घाट र घाटमा रहेका तिर्थरुको अस्तित्व समाप्त पार्दैछन् । यावत् कारणले नदीको गंगामा सेलाउनु पर्ने हाम्रो सनातनी पूजापाठका फुलपाटीहरु एवं पितृलाई श्रद्धाले तर्पण गरीएका पिण्डहरु अब गंगामा सेलाउन सक्ने अवस्थामा कुनै नदिहरु नरहेकाले गंगाका सेलाउनुको सट्टामा जथाभावी फ्याक्ने गरेका यत्रतत्र देख्न थालिसकेको छ । विष्णुमती र बागमती लगायत नदीहरुको दुर्गतीलाई सुधार गर्न सरकारले अधिकार सम्पन्न वागमती सभ्यता एकीकृत विकास समिति खडा गरे तापनि नदी किनारमा खडा हुँदै गए अनियन्त्रित कथित सुकुम्बासी बस्तीहरु हटान र नदिहरुमा हुने प्रदुषणलाई नियन्त्र गर्न सकिरहेको अवस्था छैन । जसका कारण नेपाली संस्कार र संस्कृतिमा नकारात्मक असर पर्दै लोपमती तर्फ लम्कने गतिमा छ ।
श्रद्धालु भक्तजनहरु मठ मन्दिरहरुमा अछुत बन्दै ... ?
श्रद्धालु भक्तजनहरु मठ मन्दिरहरुमा अछुत बन्दै ... ?
हाम्रो दृष्टिले देखिने वा नदेखिने अलौकि वा लौकिक शक्तिबाट प्रभावित भई त्यसप्रति तनमनले आदरपूर्ण भाव वा सद्भाव र श्रद्धा भक्तीबाट आएको शब्द हो श्रद्धालु । धार्मिक कार्य वा धर्ममा आस्था अनि विस्वास गर्नेलाई श्रद्धालु भनिन्छ । धार्मिक अर्थमा देवीदवताहरुको वास रहेको स्थल मठ मन्दिरमा आस्था विस्वास राख्ने भक्तलाई श्रद्धालु भनिन्छ । यसरी हेर्ने हो भने देवीदेवता र श्रद्धालु भक्तजनको निकटम सम्वन्ध रहेको हुन्छ । त्यसैकारण पनि प्राचीन काल देखि नै देवीदेवतामा आस्था राख्ने श्रद्भालु भक्तजनहरुले मठ मन्दिरहरुमा स्थापना गरीएका वा अलोकि रुपमा उत्पत्ति भएका भनि किम्बदन्ति संग जोडिएका विभिन्न मूर्त अमूर्त मूर्तिहरुमा अति आस्था र विस्वासले मूर्ति छोएर पूजा अर्चना गरी भक्तिभावका साथ दर्शन गर्ने गरिन्दै आएका छन् । अपवादका रुपमा केहि धर्मुभीरुले र शासक वर्गले मनुष्यजातीमा चार श्रेणी वर्ण विभजान गरि मनुष्यजातीभित्र अछुत समुदाय परिकल्पना गरी लादिएर अछुत भित्र परेका समुदायलाई भने मठ मन्दिर भन्दा पर नै राखि मनुष्यजातीमा असमान व्यवहार गर्दै अन्याए गर्दै आएको सनातनी धर्म समाजको इतिहास छ ।
अछुत भन्नाले सनातनी वर्ण व्यवस्था अनुसार नेपालको हकमा नयाँ मुलुकी ऐन लागु हुनुभन्दा पहिले छुन नहुने वा पानी नचल्ने ; छोइछिटो हाल्नु पर्ने जातिय समुदाय भन्ने रहि आएको छ । सनातनी वर्ण व्यवस्था प्राचीन कालका आदिपुरुष मनु द्वारा रचिएको मानव - धर्म- शास्त्र मनुस्मृति ग्रन्थ विभिन्न कालखण्डमा सम्म आईपुग्दा धर्मुभीरुले आफ्नु अनुकूलता अनुसार परिमार्जन गर्दै मानव मनुष्यजातीमा चार श्रेणी ब्राम्हण, क्षेत्री, वैश्य र शूद्र समेत गरी श्रेणीवर्ण विभजान गरि मनुष्यजातीमा अछुत समुदाय परिकल्पना गरेर लादिएको एक कलंक हो " अछुत" शब्द ।
वर्ण व्यवस्थाले उपल्लो जाती मानिएका श्रद्धालु भक्तजनहरुले भक्तिभावका बहानामा मूर्ति पूजामा लापरबाही गरी आधुनिक केमिकल युक्त अबिर केसरीले मूर्त अमूर्त मूर्तिहरुमा जथाभावी तिलक लगाउने गर्दा मूर्तिहरु छिया छिया पर्द कयौं मूर्तिहरु कुरुप भईसकेको अवस्था छ । त्यस्तै नै भक्तजनले भक्तिभावका बहानामा देवीदेवताको निधारको तिलक लिने क्रममा मूर्तिको निधारमा हातको औँलाको घस्रनबाट निधार प्वाल परिसकेको अवस्था छ । हाम्रो भक्तिभाव यति महान छकि मूर्तिको पाउको तिलक लिएर भक्ति भावले दर्शन गर्नुको सत्ता देवीदेवताको शिरमा रहेको फूल प्रसाद र निधारको तिलक लिएर श्रद्धा भक्ति देखाउछौं । पूजा अर्चा गरी धुप बत्ती बालेर आरति गरी भाव अर्पण गर्नेक्रममा पनि मूर्तिलाई नै छुने गरी आरति गर्ने गर्छौ र बलेको धुप बत्ती जथाभावी राख्ने गर्छौ पनि । कति भक्तजनलेतः मूर्तिकै शिरमा समेत बलेको धूप बत्ती राख्ने गरेको देखिन्छन् । कतिपय भक्तजनहरुत जुत्ता लगाएरै मन्दिर प्रवेश गरी पूजा तथा दर्शन गर्ने गर्छन् । सायद भक्तजनहरुको श्रद्धाभावको मनोवृत्ति बुझेर नै यहाँका श्री पशुपतिनाथमा, भक्तपुरको दत्तात्रि, ईचंगु तथा चाङ्गु नारायण एवं बिजयश्वरी( विज्यास) देवी, बज्रजोगिनि लगायत केहि योगिनि मन्दिरहरुमा पहिला देखि नै पूजारी बाहेक सर्वसाभारण भक्तजनहरुले मूर्ति छोयेर पूजा गर्नमा बन्देज लगाए हुनु पर्छ ।
यहाँका अधिकांश मन्दिरहरुको देवीदेवताको मूर्तिहरु श्रद्धालु भक्तजाहरुकै कारण कुरुप हुँदै गएको यथार्थलाई अब सबैले बुझ्न थालेको छ । यसमा जाग्रुक भक्तजनहरुको चेतना आएर भनौ अथवा स्वयं देवीदेवता स्वयंले नै आफ्नो मुर्ति र मन्दिरको सुरक्षाका लागि आफ्ना श्रद्धालु भक्तजनहरुलाई अब अछुतको दृष्टिले हेर्न थालेर हो, सबै सर्वसाधारण श्रद्धालु भक्तजनलाई मन्दिर प्रवेश प्रवेश गरेर मूर्ति पूजा गर्नमा बन्देज लगाउने क्रम विभिन्न मन्दिरहरुमा धमाधम बढ्दै गएको छ । अब हामीले मन्दिर प्रवेश प्रवेश गरेर मूर्ति पूजा गर्नमा बन्देज लगाएका मन्दिरहरुमा पूजा अर्चना गर्दा मन्दिरको ढोका बाहिरै राखिएको देवीदेवताको प्रतिबिम्ब मूर्ति अथवा मन्दिरको ढोका अगाडि राखिएको गोलाकार भूईदेवता( पिखालाखी) अथा पाउमा आफ्नो श्रद्धाभक्तिले पूजा अर्चना गर्नु पर्ने छ।
साविक देखि मूर्ति छोएर पूजा अर्चना तथा दर्शन गर्दै आईरहेको मन्दिरहरुमा अहिले पूजारी बाहेक अन्य सर्वसाधारण भक्तजनहरुले छोएर पूजा अर्चना तथा दर्शन गर्न बन्देज गरिएका मन्दिरहरुमा क्रमशः श्री अशोक विणायक(मरु गणेश) मरु, श्री गुह्यकाली(गुह्यश्वरी), श्री दक्षिणकाली फर्पिङ, श्री अन्नपूर्ण( असंभुलु अजिमा) असन, श्री हारती अजिमा स्वयम्भू तथा श्री बुढानिलकण्ठ नारायण बुढानिलकण्ठ आदि हुन् ।
~ ० ~