Sunday, February 10, 2019

कयेता पुजा

कयेता पुजा
~~~०००~~

    नेवार समुदायको जन्मकर्मको १० संस्कार मध्य छोरी चेलीेको " इहि " र बाह्रा: तथा छोराको बुसँखा र केयता पुजालाई जीवन संस्कारका रुपमा चिनिन्छ । छोरालाई गरिने बुँसँखा संस्कारलाई चुडाकर्म पनि भनिछन् । बालकको शिरमा कपाल खौरेर शिखा( टुप्पी, आङ्सा) मात्र बाकी राखि कान समेत छेड्ने कार्य समेत यस संस्कारमा हुन्छ । यस संस्कारमा बालकलो फूपू र मामाको अहम भूमिका हुन्छ ।
       बुसँखा संस्कार पश्च्यात बालक नाबालाक अवस्था पार गरि आफ्नो जातिय समाज र पारिवारिक सद्स्यताको मान्यताको योग्यता प्राप्त गर्ने परम्परागत सामाजिक विस्वास रहि आएका देखिन्छन् । यो संस्कारलाई गैह्र नेवा:हरु मुण्डन वा छेवर पनि भनिन्छ । यो बुसँखाय संस्कार कसैले छुट्टै गर्ने गर्छन् भने धेरै जसोले सहजताका लागि कयेता पुजा कै दिन गर्ने गरिन्छन् ।
        नाबालक बालक सामाजिक र पारिवारिक सद्स्य हुन योग्य भए पश्चात् बैस्क अवस्थामा पुगेर जिवनयापनका लागि अनिवार्य शिक्षा दीक्षाको आवस्यक्ता पर्ने भएकाले  बालकलाई शिक्षा दीक्षा दिने संस्कार पूरा गरिन्छ जसलाई नेवा: समाजमा " कयेता " पुजा भन्छ । यस संस्कारमा प्रमूख त: जिवनयापनका लागि चाहिने आवस्यक शिक्षा दीक्षा लिने बालकलाई तान्त्रोक्त विधि अनुसार  कयेता लल्हाय् ( हस्तान्तरण) गरिने भएकाले नै यस संस्कारलाई कयेता पुजा भन्न्दै आएको हुनु पर्छ । कयेता पुजामा बालकको मामाको अनिवार्य उपस्थितिको आवस्यता पर्छ याने यस संस्कारमा मामाको अहम भूमिका रहेको हुन्छ । कयेता पुजा संस्कारलाई गैह्र नेवा:हरु यज्ञोपवीत (उपनयन वा ब्रतबन्ध) संस्कार    भनिन्छन् । कयेता पुजजा गरि कयता( लङ्गोती) लल्हाय गरेर लिएर देखा ( तान्त्रीक दिक्षा) तथा ( केही नेवा: समुदायले जनै समेत धारण गर्नु पर्ने परम्परा रहेको छ ) ग्रहण गरेर कयेता पुजाको संस्कार संपन्न गरि सके पछि नितिगत अनुशासनमा बस्नु पर्ने भएकाले कयेता पुजा गरिने बालक शारिरिक र मानसिक रुपमा अलि परिपक्व अवस्थाको उमेर हुनु पर्ने आवस्या भएकाले ८ वर्ष बाट  कयेता पुजा गर्न योग्य उमेर पुग्न थाल्छ ।
       बालकको कयेता पुजा गर्ने उमेर नजिकिदै गए  पुगे पछि आ-आफ्ना धर्म संप्रदाय अनुसार शैव नेवा:को कुल प्रोहित (ब:जु , द्य:ब्रम्हु  राज्योपाध्याय ब्राम्हण वा जोशी ( जुसि ब:जु ) र बज्रयान बुध्दिस्त संप्रदायका नेवा: समुदायले आफ्ना कुल प्रोहित बज्राचार्य ( गुरुजु ) बाट शुभ साईत हेराई दिन किटान गरिन्छन्  । नेवा: समुदाय भित्र पनि जातजती र ठाउँ अनुसार कयेता पुजाको विधि प्रकरणहरु केही फरक फरक पनि हुन सक्छन् । यहाँ नेपालको प्राचीन राजधनी ख्वप देश याने भक्तपुरका काष्ठकलाका धनी सिकर्मी समुदायका हामि शिल्पकारहरुको छोरालाई गरिने कयेता पुजाका बारेमा केही लिपिबद गर्ने प्रयास गर्दै छु ।
         कयेता पुजा गर्न उमेर पुगेको छोराको कयता पुजा गर्ने शुभ दिन आफ्नो ब:जु याने प्रोहित , जोशि वा गुरुजुले कयेता पुजा गर्नु पर्ने छोराको जात:( चिना) हेरेर  दिन एकिन गरे पछि आफ्नो हैसियत अनुसारको समान्य तरिकाले वा भब्यताका साथा आयोजना गर्ने भन्ने बारे पारिवारमा सल्हाह साहुती गरि तयारी गरिन्छन् । कयेता पुजा गरि भोज गर्नका लागि आवस्यक पूर्व तयारी गर्नु पर्ने भएकाले कयेता पुजाको शुभ दिन  वर्ष दिन अगादी देखि पनि एकिन राख्ने चलन पनि रहेका छन्।
        कयेताको तोकियको शुभ दिन भन्दा चार दिन अघि ब:जु ( प्रोहित) बाट साईत समय लेखायर ल्याइन्छन् यसलाई दिपु ल्याउने भनिन्छ र आफ्ना नजिकका नातागोता सबैलाई कयेया पुजाका दिनका लागि निमन्त्रणा पठाईन्छन् । कयेता पुजाको अघिलो दिन  आफ्ना आफ्नो पितृलाई भाग दिने कार्य अन्तरगत श्राध्द गरि पितृलाई सन्तोस पा र्ने कार्य हुन्छ । सोही दिन नै भोलि गरिने कयेता पुजा कार्यलाई ब:जु, जुशी ब:जु, आचाजु( कर्माचार्य) र नौचा ( नापित) पति पत्नि लाई विशेष निमन्त्रण गर्ने कार्य हुन्छ  । यि विशेष ब्यक्तीहरु कयेता पुजामा अनिवार्य हुने गर्छ । सोही दिन बेलुका कयेता पुजा गर्ने छोराको मामालाई कयेता पुजाको भोज भण्दार जसलाई स्थानिय भाषामा " भरी कोथा" भनिछ बिधिपूर्वक पुजा गर्न लगाई भरी कोथा स्थापना गराई जिम्मा लगाईन्छन् यस कार्यलाई स्थानिय भाषामा भरी स्वनेगु भनिन्छन्  । भरी कोथा याने भोज भण्डारमा चाहिने सम्पूर्न आवस्यक सामान कयेता पुजा आयिजक परिवारका मूली जसलाई स्थानिय भाषामा " कजि " भन्ने गरिन्छ उसले पुर्‍यादिन्छन् ।कयेता पुजा गरि भोज समाप्त नभए सम्म त्यो भोज भण्डार कोथामा कयेता पुजा गर्ने बालकको मामा र मामाखलका परिवारका सदस्य बाहेक अन्य कोहि पनि प्रवेष कडाईका साथ निषेध हुन्छन् । भोजमा चाहिने सरसामान भरी कोथा बाट मामा वा मामाको खतनमा बाहिर निकालिन्छन् ।
         कयेता पुजाको दिन एकाबिहानै घर आँगन लितपोत गरि सफा गरिन्छन् ।  बिहानी पख नौ र उनको पत्नी आएर घरका सदस्यहरुको खुट्टाको नङ कात्ने र अल लगाई दिई निस्य गरिन्छन् । कयेता पुजा गर्ने बालकलाई नुहाईधुवाई गरि चोखो बनाय पछि मामाले सुनको खोचा( सुनको छुरा), चाँडिको खोचा( चाँडिको छुरा)ले भान्जाको कपाल  खौरने शुभारम्भ गरिन्छन् भने खौरेको कपाल बालकको फुपुले चरसको थालीमा थाप्ने कार्य गरिन्छन् वास्तवमा यसलाई बुसंखाय भनिन्छ यो कार्य पहिला नै गरिसकेका भए कयेता पुजा गर्ने बाललकको सामान्य रुपै नौले आङ्सा राखेर खौरिदिन्छन् । नौ बाट निस्य भईसकेका पूरुष वा केहिमहिला घरको पिखालखु क्षेत्रपाल( घरको मूल ढोका अगादी स्थापित  सानू गोलाकारको अ मूर्त मूर्ती जसलाई पिखालखी द्य: वा कुमार द्य: भन्ने गरिन्छ लाई पुजा गरेर थान गणेश तथा च्वङा गणेश र निल बाराही( तिङ्ग बाराही) मा पुजा गर्न गैइछन् । कुनै पनि भोजमा भोजको कार्यमा चाहिने मध्यपान ( जाँड रक्सी ) को कमि नहोस भनेर च्वङा गणेशलाई र भोजमा खर्च गर्न धन याने आर्थिक कम नहोस भनेर आस्था र विस्वासले  पूजा गर्ने परम्परा र संस्कार रहि आएको छ ।
         कयेता पूजाका लागि आमन्त्रण गरिएका जुशी ब:जुले पोतायले (.............) ले विशेष आकार लेखी मङ्गल मण्डप तयार गरिन्छन् । जुशी ब:जुले तयार गरेको  मङ्गल मण्डपमा ब:जु ( प्रोहित) ले वैदिक बिधिबाट बिधिवत पुजा गर्ने र आचाजुले वैदिक तान्तृक बिधिबाट विशेष पुजा गरि कयेता पुजाको मूल पुजा गरि कयेता लल्हाय गरि बालकलाई  कयेता लगाउन दिन्छ । कयेता पुजा गर्ने क्रममा बालकलाई गृहस्थीमा बस्दा गर्नु पर्ने दैनिक नित्यकर्म के कस्तो गर्नु पर्ने सबिस्तार सवै सिकाइन्छ। त्यस पछि जनै धारण गर्नु पर्ने परम्परागत संस्कार भएकशरुमा आचाजु बाट बालकलाई जजंका ( जनै ) धारण गराई जनैको विषेस्ता व्याख्या गर्दै कानमा सुतुक तन्त्र दीक्षा दिइन्छ । यो तन्त्र दिक्षा लिए पछि   दैनिक रुपमा पाठ पुजा र जपध्यान गर्नु पर्ने भएको र सिकर्मी पेशाका हामी शिल्पकारहरु कामको शिलसिलामा घर भन्दा बाहिर यत्रतत्र पनि जानू पर्ने र त्यसावस्थामा दैनिक निस्य गरि पुजा पाठ तथा जपध्यान गर्न
साह्रै नै अप्थ्यारो हुने भएकाले हाम्रो समाजमा  तान्त्रीक दीक्षा ग्रहण गरि जनै धारण गर्ने परम्परा र संस्कार लोप हुने स्थितिमा पुगिसकेको छ  जसले गर्दा जनै धरण गर्ने परम्परा र संस्कार भएका शिल्पकारहरुको इस्तदेब ( आगं ) को अस्तित्व नै सकतमा परिसकेको अवस्था छ । कारण तान्त्रीक दिखा ( दिक्षा) र जनै धारण नगरी आगं कोथामा प्रबेश नपाउने र आफ्नै इस्तदेब पनि दर्शन गर्न र पुजा गर्न बाट बंचित हुन बाध्य छन् । घरमा  कयेता पुजाको विधि सम्पन्न गरि आ आआफ्नो पिठ्मा पुजागर्न गैइन्छन् । पिठमा पनि आचाजु बाट तन्त्रबिधिबाट पसु पन्छिको विशेष बलि स पुजा समेत गरि मामाले ल्यायको नयाँ लुगा, कयेता बालकलाई मामाले लगाउन लगाई बताली समेत बाढ्न लगाईन्छ र सबैले समय ग्रहण गरि हर्षउल्लासका साथ घर फर्की आचाजुलाई अग्र पंक्तिमा राखी कयेता पुजा गरेको बालकलाई नाय; गरि  सिकाभु भोज खाईन्छ । भोज खाई सके पछि सिकाभु भ्वयेको जुठो ( उच्छिष्ट) बिधिबतरुपमा छ्वास अजिमा ( मातंगी देवी ) का कल: वाये गरि उच्छिष्ट विसर्जन गरिन्छन् । कल: वाये गरिसके पछि आमन्त्रीत आफन्तहरु बाट कयेता पुजा गर्ने बालक लागायत घरका परिवार्हरुलाई ख्येँ सगँ लिने कार्य गर्दै सबै आगन्तुक आफ्न्तहरुलाई भोज ख्वाइन्छन् ।
      कयेता पुजाको भोलि पल्त बिहान  कयेता पुजा गरेका बालकलाई प्वस ( बलि) दिने  भाले कुखुरा समाउन लगायर पुन: पिठ पुज जानू पर्ने परम्परा रहेको छ सो पुजालाई पिग पुजा भनिछन् । बलि सहितको पिग: पुजा सकाई घर गएर  भरी कोथा ( भोज बण्डार) मा पुन: बिधिवत पुजा गरि च्वङ्गा गणेश र निलबारिहिलाई भोज निर्बिध्नताका सम्पन्न भएको खुसियालिमा सभक्तिका साथ सधन्याबाद तक्राइन्छ यसलाई स्थानिय भाषामा भरी थनेगु भन्ने गरिन्छ । भरी थनेगु पुजा कार्य सके पछि भोज आयोजनामा सहयोग गर्नु हुने सवै