Wednesday, August 7, 2024

"गुंला पर्व " को संक्षिप्त परिचय

---


गुँला पर्व : एक संक्षिप्त परिचय* 


१. गुँला पर्व के हो?


नेपाल सम्वत्अनुसार दशौं महिना — *गुँला* — मा काठमाडौं उपत्यकाका बौद्ध धर्मावलम्बीहरूले महिनाभरि चैत्य, विहार र बहीहरूको दर्शन गर्दै *नामसंगीति पाठ* सहित पदयात्रा गर्ने पर्वलाई

"गुँला पर्व" भनिन्छ।


विक्रम सम्वत्अनुसार यो पर्व *श्रावण शुक्ल प्रतिपदादेखि भाद्र शुक्ल प्रतिपदासम्म* एक महिना मनाइने नेवाः समुदायको प्राचीन तथा विशिष्ट पर्व हो।


२. "गुँला" शब्दको व्युत्पत्ति


चान्द्रमासमा आधारित नेपाल सम्वत्को दशौं महिनाको नाम नै *गुँला* हो। नेपालभाषा (नेवाः भाषा) मा *"गुं"* को अर्थ *नौं* तथा *जङ्गल/डाँडा* हुन्छ भने *"ला"* को अर्थ *महिना* हो। यसरी *"गुं" + "ला" = गुँला* बनेको हो।


यो महिनाभरि बौद्ध धर्मावलम्बीहरूले भगवान् बुद्धका विहार, चैत्य र बहीहरूमा पूजा-स्तुति गरी मनाउने भएकाले नै यस पर्वको नाम *"गुँला पर्व"* वा *"गुँला धर्म"* रहन गएको हो।


नोट: धेरैले "गुं" को अर्थ नौ भएकाले गुँला नवौं महिना हो भनी झुक्किन्छन्, तर नेपाल सम्वत्अनुसार यो दशौं महिना हो।


३. गुँला पर्वको सुरुवात


जनश्रुति अनुसार यो पर्व *राजा विक्रमदेव*ले सुरु गरेका थिए भन्ने मान्यता रहेको छ।


४. इतिहास तथा सांस्कृतिक पक्ष*


प्राचीन कालमा नेपाल मण्डल *नागदह* थियो। यस दहमा *विपश्यी बुद्ध*ले कमलबीज रोप्नुभयो। दहको बीचमा एउटा अद्भुत कमल फुल्यो, जसबाट *धर्मधातु ज्योति* निस्कन्थ्यो। यही ज्योतिलाई हेर्न मानिसहरूको घुइँचो लाग्थ्यो। यो त्रेतायुगमै सृष्टि भएको *स्वयम्भू महाचैत्य (सिंगु महाचैत्य)* को अलौकिक शक्ति थियो।


कालान्तरमा *तथागत विश्वभू*को पालामा *महामञ्जुश्री* तिब्बतको ल्हासाबाट ५,००० शिष्यसहित सुरुङमार्ग हुँदै नेपाल आउनुभयो। उहाँले आफ्ना दुई रानी *बरदा* र *मोक्षदा*सहित हालको *चोभार*मा पुगेर *चन्द्रहास खड्ग*ले चोभारको डाँडो काटी दहको पानी बाहिर पठाउनुभयो। त्यही कमलको फूल बिस्तारै पश्चिम सर्दै हालको *स्वयम्भू*मा स्थापित भयो। त्यसैले स्वयम्भू नै नेपाल मण्डलको पहिलो भू-स्थान मानिन्छ।


*स्वयम् + भू = स्वयम्भू*, अर्थात् आफैं उत्पन्न भएको भूमि। यस भूमिको नाम *मञ्जुपाटन* रहन गयो र *धर्माकर*लाई पहिलो राजा बनाइयो। मञ्जुश्रीले ज्योतिरूप स्वयम्भूमा आफ्नो धर्म *"धम्म"* को सुरुवात गर्नुभयो, जसलाई *"चैत्य सेवा"* भनिन्छ। यही चैत्य सेवालाई नै *गुँला धर्म* भनिएको हो।


५. गुँला पर्व मनाउने विधि


क) स्वयम्भू यात्रा:* गुँलाभरि, विशेष गरी काठमाडौंका ३२ वटै टोलबाट *धाँ बाजा (गुँला बाजा)* सहित हरेक दिन स्वयम्भू महाचैत्यको दर्शन गर्न जाने प्रचलन छ। पाटनबाट *नौबाजा*, ज्यापू समुदायबाट *धिमे बाजा* र *दाफा भजन*, तथा *मुहाली* र *न्यकु* (सिङबाट बजाइने बाजा) सहित भक्तजनहरू आउँछन्। स्वयम्भू दर्शनपछि *सेतो मच्छिन्द्रनाथ*को दर्शन गर्नुपर्ने मान्यता छ।


ख) चार बुद्ध दर्शन:* भक्तपुरका १७ वटा विहारमा महिनाभरि गुँला

     बाजा बजाएर प्रार्थना गरिन्छ। महिनाका चार बुधबार *नमोबुद्ध,

     बज्रयोगिनी, स्वयम्भू* र *रातो मच्छिन्द्रनाथ* गरी चार बुद्ध  

     भूमिको दर्शन गरिन्छ।


ग) गुँला झरी:* यो महिना निरन्तर पानी पर्ने भएकाले यस झरीलाई

     *"गुँला झरी"* भनिन्छ।


६. गुँला महिनाका प्रमुख पर्वहरू*


क) पञ्जरा (पञ्चदान):* गुँला अवधिको मुख्य पर्व। यस दिन

    *बज्राचार्य* तथा *शाक्य* समुदायका व्यक्तिहरूले दान लिन्छन्।

    धान, चामल, गहुँ, केराउ, मकै, नुन, पैसा, फलफूल आदि दान

    गरिन्छ। उपत्यकाका तीनै सहरमा फरक-फरक दिन यो पर्व

    मनाइन्छ।


ख) जुगः चाः (छायाँ हेर्ने रात):* भाद्रकृष्ण द्वादशीको रात, पञ्जराको अघिल्लो रात, दक्षिण ललितपुरका बासिन्दा — विशेष गरी त्यस वर्ष परिवारमा कसैको मृत्यु भएको भए — स्वयम्भूमा बत्ती बाल्न जान्छन् र रातभर त्यहीं बस्छन्। मौसमले साथ दिएमा आकाशमा *स्वयम्भू महाचैत्यको छायाँ* देख्न सकिन्छ भन्ने विश्वास छ। यस रातलाई *युग पल्टिने रात* मानिने भएकाले *"जुगःचाः"* भनिन्छ।


ग) बहिद्यः ब्वयेगु (बहिद्यः प्रदर्शन):* गुँलाथ्व पुन्ही (जनै पूर्णिमा/क्वाँटी पुन्ही) को भोलिपल्टदेखि ३ देखि ८ दिनसम्म विभिन्न बहालमा वर्षभरि नदेखिने गरी राखिएका *दिपंकर बुद्ध*का ठूला मूर्ति, देवी-देवताका मूर्ति, *पौभा* तथा *थाङ्का* चित्र र हस्तलिखित ग्रन्थहरू सर्वसाधारणको दर्शन-अवलोकनका लागि राखिन्छ। यस अवसरमा *जीवित देवी कुमारी*लाई पनि दर्शन गराउन लगिन्छ। काठमाडौंको *भगवानबहाल*मा सुनको अक्षरले लेखिएको *सतसहस्रिका प्रज्ञापारमिता* र *इतुम्बहाल*मा *अष्टसहस्रिका प्रज्ञापारमिता*को दर्शन गराइन्छ। जनविश्वास अनुसार यी ग्रन्थको दर्शन गरेमा स्वर्गको बाटो खुल्छ।


७. गुँला पर्वको महत्त्व*


गुँला धर्म नेपाल मण्डलमा मनाइने प्राचीन पर्व हो र यसलाई *विशुद्ध नेवाः पर्व* मानिन्छ। यसलाई बौद्ध नेवाःहरूले मात्र नभई सबै समुदायले मनाउँछन्, जसले *धार्मिक सहिष्णुता*को अनुपम उदाहरण प्रस्तुत गर्छ।


गुँलाको नामकरणबारे विभिन्न मत छन्। इतिहासकारहरू *"गुं" = डाँडा* र *ला = महिना* भई वर्षायाममा बाढी-पहिरो नआओस् भनी प्रकृतिपूजा गर्ने महिना भएकाले गुँला भनिएको बताउँछन्। संस्कृतविद्हरू भने स्वयम्भू महाचैत्यको सेवा आदिकालदेखि नै चल्दै आएकोले यो व्याख्या नमिल्ने तर्क गर्छन्।


अर्थ जे भए पनि, गुँला धर्म नेवाः समुदायका पर्वहरूमध्ये एक अत्यन्त महत्त्वपूर्ण पर्व हो।


*टिप्पणी:* गुँला धर्मको मर्म नबुझ्ने, बुझ्न नचाहने वा बुझेर पनि नबुझे झैं गर्नेहरूले गुँलाको गलत अर्थ लगाएर नेवाः धर्म र संस्कृतिको उपहास गर्नु *सामाजिक अपराध* हो।


*~ लेखन-स्रोत सामग्री: GR Ranjit र Frannkey Franz को फेसबुक वाल ~*


                                  ~ 🙏~

Wednesday, March 27, 2024

" हर हर भेडा घाँस खा " र भ्याःचा द्यः)

 " हर हर भेडा घाँस खा " र भ्याःचा द्यः

       


काठमाण्डौ उपत्यकाको परम्परागत वस्तीहरुको बाटो, दोबाटो चोबाटोमा लाम्चो ठेच्चो गरि विभिन्न आकार प्रकार ढुङ्गाहरु हामी देख्न सक्छौ  । टोल सुधार तथा विकासको क्रममा बाटोमा आधुनिक ढुङ्गा, इँटा बिछाउने वा कालोपत्रे गरे तापनि ती पुराना ढुङ्गाहरु यथावत नै राखेका देख्न सक्छौ । कारण हुन तन्त्रबाट निर्मित नेपालमाण्डल वासीले ती ढुङ्गाहरुलाई विभिन्न भैरवनाथ( आजु)तथा अन्य देवीदेवताका रुपमा अति आस्था र विस्वासले  पुज्दै आउनु हो ।  बाट‍मा भएका कतिपय त्यस्ता भुईदेवताहरु सडक विस्तार र सडक विकसले खाईसकेका  अवस्था पनि छ । तर पनि कयौ त्यस्ता भूईदेवताका रुपमा रहेका विभिन्न देवताहरु आज पनि बाटो बाटो, दोबाटो चौबाटोमा देख्न सकिन्छ ।

        यहाँका रैथानेहरुले भुइँ  देवताका रुपमा पुज्दै मान्दै आएका ती भुई देवताहरु मध्य एक " हर हर भेडा घाँस खा "वाक्य संग सम्बन्धित एक तान्त्रिक देवता हुन् " भेडासिं देवता जसलाई रैथाने नेवाःरु भ्यांःचा द्यः भनेर पुज्ने भूईदेवता पनि एक हो ।

        नेपालमण्डल कान्तिपुर नगर भित्र मध्यभाग/ काठमाण्डौ महानगरको  साविक २५ को हाल २४ वडा  अन्तर्गत पर्ने पूर्वमा जनबहाल( केलटोल)., पश्चिममा किलगाल(किलाघः) टोल, उत्तरमा ख्यूलँ- थायेमदू ( बाङ्गेमुढा) र दक्षिणमा  इराकी मस्जिद( इराकी बजार) तथा वँघः( ईन्द्रचोक) यति चार किल्ला भित्रको भेडासिं भन्ने नामकरण रहेको स्थानको ठीक चौबाटो सडकको खाल्डो भित्र रहेको भेडाको शिर आकारमा रहेको ढुङ्गाको मूर्ति नै भेडासिं देवता अर्थात  भ्पांःचा द्यः हो । यसै भूई देवताको नाम बाट नै सो स्थानको नामकरण भेडासिं भनिएको हो । आज पनि रैथाने नेवाःहरु सो ठाउँलाई भ्यांःचा त्वा भन्ने गरिन्छन्। नेपालभाषा( नेवाःभाषा)मा भ्याःचाको अर्थ हुन्छ, भेँडा र ‘द्यः’ को अर्थ देवता । 

भेडासिं देवता( भ्यांःचा द्यः) को किंवदन्ती -

       यश भ्यांःचा द्यःको दुईवटा किंवदन्ती कथा रहेको देखिन्छन् -

पहिलो किंवदन्ती 

      । एउटा किंवदन्ती अनुसार प्राचीन कालमा कान्तिपुर नगरमा एक दुष्ट तान्त्रिकले नगरवासीलाई अति नै हैरानी गर्दै आएका रहेछन् । दुष्ट तान्त्रिकको ह‌ैरानीबाट लोकजनलाई मुक्त गराउन राजाबाट आफ्नो तन्त्र सिद्ध भएका गुरुलनई तन्त्र बाटै त्यस दुष्ट तान्त्रिकलाई दण्डित गराए । राजगुरुले पनि राजज्ञा मुताविक एउटा मरेको भेडाको शरिरमा प्रवेश गराएर राजाले उक्त मृत भेँडाको शिर छेदन गर्न लगाए ।  उक्त छुट्याइएको शिरभाग सहरभरि घुम्दै सहरवासीलाई त्रसित बनाए । तान्त्रिक राजगुरुले पनि त्यो धड बिहिन शिर पछ्याउँदै गएर जहाँ अहिले भ्यांःचा द्यः(ढुङ्गाको भेडाकोसिं)रहेको स्थानमा पुगे पछि अभिमन्त्रित अक्षताले हानी त्यहीं जमिनमा स्थिर गराए छन्  । अभिमन्त्रित अक्षताले हानेका कारण दुष्ट तान्त्रिकको शक्ति छिन्न भएर आत्मा पोले छन् र कायल भएर तान्त्रिक गुरु संग अभिमन्त्रित अक्षताको शक्तिबाट मुक्त गराईदिनु , आइन्दा कसेैलाई कष्ट दिने छैन भन्दै अनुनय गर्दै बिलाप गरे ।  दुष्ट तान्त्रिकको अनुनय सहित बिलाप देखेर दया लागि अबउपरान्त दुनियाँलाई दुःख नदिनु तिमीलाई लोकजनले देवता सरह पुज्ने छन् भन्दै अभिमन्त्रि अक्षताको प्रभावलाई केही कम गरि दिए । 

दोस्रो किंवदन्ती कथा 


     माथी उल्लेखित चार किल्ला भित्र अति जिर्ण अवस्थामा रहेको  पुरानो गुम्बज शैलीमा शिव पञ्चायन माहाद्यःया देगः(श्री भवानी शंकर महादेव मन्दिर) छ । यस  मन्दिर भित्र   मन्दिरको ढोका भित्र दायाँ पश्चिम लक्षिण(नैऋत्य) कुनामा श्री गणेश,भित्र जानेबेलामा बायाँ उत्तर पश्चिम( वायव्य) कुनामा श्री महालक्ष्मी, उत्तर पूर्व(ईशान) कुनामा श्री नारायण त्यस्तै षट्कोण र पूर्व दक्षिण( आग्ने) कुनामा श्री सूर्य भगवान त्यसको मध्य भागमा श्री श्री शिव पञ्चायन महादेव विराजमान रहेको छ । यश मन्दिरको पुजारी दर्शनधाराी(कपाली) रहने परम्पर रहि आएको छ ।

          यश श्री भवानी शंकर महादेव मन्दिरको खुट्किलो अन्तिम तिर विराजमान रहेको ढुङ्गाको बसाहा मूर्तिका विषयमा संकृतिबिद तथा पर्व समय सुधार समाजका पूर्व अध्यक्ष श्री महेश्वर जुजुं ज्यूले सुनाउनु भएको सानो किंवदन्ती कथा अनुसार परापूर्वकालमा पुजारीले शिव पञ्चायन महादेवको नित्य पूजा पछि त्यो ढुङ्गाको बसाहालाई तन्त्र शक्तिले जुरुक्क उचालेर माथि मन्दिर भित्र लगेर महादेवलाई ढोगाएर पुनः यथास्थानमा राख्ने गर्दथ्यो । पुजारी सहयोग गर्ने सेवक पनि सधै पुजारीको पछि पछि लाग्ने गरेको । त्यत्रो ठूलो ढुङगाको बसाहहालाई पुजारीले सधै जुरुक्क उचालेर लग्ने गरेको देखेर अचम्म मान्दै आफुले पनि बसाहा चाल्ने धेरै पटक प्रयास गर्ने गर्थ्यो तर सधै नै असफल भएकाले एक दिन आफ्नो गुरु पुजारी संग गरुले कसरी उचाल्नु भयो भनेर सोध्नु भए छ । पुजारीले तन्त्र शक्तिबाट उचालेको हो भनेर जवाफ दिए पछि हैन गुरु त्यो तन्त्रमन्त्र मलाई सीकाई दिनेहोस् म पनि  बसाहा उचाल्छु भनेर गुरु संग जिद्दी नै गरे।। आफ्नो चेलाले जिद्दी गरेको देखेर आफ्नो चेलालाई झुठो मन्त्र दिने विचार गरेर " हर हर भेडा घाँस खा " ल यो मन्त्र हो भनेर भने सुनाए । चेलाले पनि गुरु बचनलाई शिरोपरा गरि हरेक दिन बिहान बेलुका  मन्त्रको रुपमा " हर हर भेडा घाँस खा " भन्दै जप्दै गए छ । त्यसरी दैनिक रुपमा " हर हर भेडा घाँस खा "भन्दै जप्दै जाँदा केही दिन पछि चेला मन्दिर परिसरमा पुग्ना साथ एउट भेडा  चेलाको अगाडि आउन थाले।छन् । योक्रम दिन बित्दै गए पछि।सो कुराको जानकारी आफ्नोे गुरबरलाई दिएछ।


      आफ्नो चेलाले दिएको जानकारी सुने पछि अचम्म मान्दे गरुले आफ्नो चेलोलाई भने छ , त्यसो भने भोलि  त्यसरि नै भेडा आयो भने दुबै हातले भेडाको दुईटै सिं समाएर तन्त्र शक्ति देउ।भनेर जिद्दी गर । यदि भेडाले तिमिलाई तन्त्र शक्ति दिएमा तिमी।पनि म जस्तै बलवान् भै त्यो ढुङ्गाको बसाहा उचाल्न सक्नेछ भनेछन्  । साँचङ नै भोलि पल्ट आफ्नो  अगाडि  भेडा देखा पर्ना साथ दुबै हातल दुईटै सिं समाए मलाई तन्त्र शक्ति देउ भन्दै भेडालाई लछारपछार गर्दै कराउन थालेछन् ।   सिं समाएर  आफुलाई लछारपछार  गरेको देखेर सिं सहितको शिर त्यहिं छाडेर शरीर भने लोप हुनेगरी भागेछन् । यसरी भेडालाई लछारपछार गर्दा सिं सहितको शिर मात्र बाकि हुने गरि शरीर अलप भएको स्थान नै अहिले ढुङ्गाको भेडाको टाउको भएको ठाउँ  हो  भने महेश्वर जुजु ज्यूले भन्नू  भयको थियो। वहाँले यो कथा शनिवार १३ असार २०७७ /  ११४०  दिल्लाथ्वका दिन हामी शिव पञ्चायन माहाद्यःया देगः(श्री भवानी शंकर महादेव) मन्दिर अवलोकन गर्न जाने क्रममा भन्नू भएको हो । 

           पर्व समय सुधार राष्ट्रिय कार्यदलका सदस्य सचिव    ई. भाजु हरीनारायण मल्ल ज्यूको भनाईमा भने यो भेडासिं(भ्याँचा द्यः) देवता मेष संक्रान्ति संग अन्तरसम्बन्ध रहेको छ भन्ने छ । मेष संक्रान्ति भन्नाले विसुवत्त दिन संग सम्बन्धित छ । विसुवत्त दिन भनेको दिन र रात बराबर हुने दिन हो । जुन प्रकृति ले अहिलेको अवस्थामा चैतको ६ वा ७ गते पर्न आउछन् तर प्रचलित पात्रमा भने प्रकृतिले देखाउदै  आएको दिन भन्दा २४-२५ दिन पछि मात्र बैशाख १ गतेलाई मेष संक्रान्ति भन्दै   सनातनीहरुलाई मेष संक्रान्ति विसुवत्त( विस्का जात्रा) पर्व मनाउन लगाउदै आएको छ । भेडासिं( भ्यांःचा द्यः) देवता मेष संक्रान्ति संग के कसरी अन्तरसम्बन्ध छ त्यो भने अझै बुझ्न सकिरहेको छैन । यी विषमा ई. हरीनारायण मल्ल ज्यूले निश्चय नै प्रष्ट पार्नु हुनेनैछन् ।


          मेलम्ची आयोजनाले खन्ने क्रममा उक्त ऐतिहासिक तथा धार्मिक ढुङ्गाको  भेडासिं( भ्याँचा द्यः) देवतालाई माटो संगै उठाएर लगिसकेको अवस्थामा  स्थानीयहरुको प्रायसले गाडीमा।राखि सकेकोलाई निकालेर पुन:  विधिवत यथास्थानमा स्थापना गरिएको छ । फोटो स्रोत - सामाजिक सञ्जाल 

 

                          ने.सं. ११४४ चिल्लागाः द्वितीया, बुधबार

                                १४ चैत २०८०