Thursday, January 5, 2017

शिल्पकार जातिको जातीय पहिचानको सवाल





शिल्पकार जातिको जातीय पहिचानको सवाल


प्रकाश मान शिल्पकार



        नेपाल देश विविध जातजति, धर्म, कला, संस्कृति र विविध व्यवहारको नामबाट परिपूर्ण देश हो ।नेपालको जातजाति मध्ये नेवार समुदायभित्र पर्र्ने नौ थरको संयोजनको रुपमा मानी आएको उदास जाति भित्र रही आएको आदिकाल देखि पुस्तेनी काठको सामाग्री बनाउने वा काष्ठकला सम्बन्धि शिपमा लागेका अझ स्पष्ट रुपमा भन्नु पर्दा पुस्तौ पुस्तादेखि काष्ठकला  सम्बन्धि काम गर्ने श्रमिक वर्ग नेवार समुदाय (जाति) मध्ये शिल्पकार जाति पनि एक हो । अर्थात नेपाल मण्डल भित्र नेवार समुदाय (जाति) मा काष्ठकला सम्बन्धि काम गर्ने श्रमिको थर (जात) शिल्पकार हो भन्ने तथ्य प्रमाणहरु लिच्छविकालीन तथा मल्लकालीन इतिहार ऐतिहासिक पूरातत्विक दरवार, मठ, मन्दिर र जात्रा पर्वहरुलाई अध्ययन अनुसन्धान गरि हेरिएमा प्रस्त हुन्छ ।
 नेवार वर्ग समुदायको कुनै पनि जातजातिको परिचय दिंदा वा कुरा गर्दा नेवार समुदायको विषयमा कुरा नगर्ने हो भने वा परिचय नदिने हो भने परिचय दिने को कार्य अधुरो नै हुनेछ । किनभने नेवार एउटा जात वा थर (समुदाय) मात्र नभई नेपालकै पर्यायवाची पहिचान हो । अर्थात नेवार आपैmमा जात होइन एउटा राष्ट्रियता नै हो । नेपाल एकीकरण पूर्व काठमाण्डौ उपत्यकालाई नेपाल (नेपाल मण्डल) र नेपाल भित्र बसोबास गर्ने जुनसुकै जातजति अथवा धर्मालम्बीलाई पनि नेवार नै कहलाइन्थ्यो र यसबाट हामी निक्र्यौल के गर्न सक्छौ भने नेवार नेपालको ऐतिहासिक पहिचान हो र नेवार राष्ट्रियता भित्र उत्तर चीन, दक्षिण भारतको इतिहासलाई समेत संयोजन गर्दै आफ्नो भौतिक अस्तित्वलाई पहिचान दिन सक्ने शक्ति समाहित (निहित) छ । एउटा राष्ट्र सञ्चालनार्थ आवश्यक जात, जाती, धर्म, संस्कृति संयोजन नेवार राष्ट्रियता भित्र समाहित छ ।
       नेवार समुदायको मूलभाषा तिब्बती र बर्मेली भाषा भित्रको भनिएता पनि लिच्छिविकालीन पछि संस्कृति र मल्लकाल पछि मैथली, खस, फारसी, उर्दू तथा अन्य भाषाभाषीको संस्कृति समेत संयोजन हुंदै आएको देखिन्छ नेवार भाषा । नेवार भाषालाई नेपाल भाषाको नामले सम्मानित गरिआएको छ । नेवार समुदायको आफ्नै मौलिक लिपिको पनि व्यवस्था छ । स्मरणरहोस हामी नेपालीले लेख्दै आएको देवनागरिक लिपि हाम्रो मौलिक लिपि होइन यो हाम्रो छिमेकी राष्ट्र भारतको मौलिक लिपि हो । यस नेवार समुदायको मौलिक लिपिहरु मध्येका रन्जना लिपि संयुक्त राष्ट्र संघमा प्रस्तुत गरेर नेपाललाई एउटा स्वतन्त्र सार्वभौमसत्ता सम्पन्न राष्ट्रको दर्जा लिन र दिन हामी नेपाली सफल भएका छौं । बिश्वका उत्कसष्ठ लिपिहरु मध्यमा हाम्रो रञ्जना लिपि पनि एक पर्दछन् । यो हामी समस्त नेवार समुदायकै गौरवानिक विषय हो भने यस विषयमा हामी समस्त नेवार समुदाय गदगद छौं पनि । यीनै नेवार समुदाय भित्र पर्ने नौ थरको संयोजनको रुपमा आएको उदास जाति भित्रको जाति भध्यको शिल्पकार जाति पनि एक हो ।
        परिचय (क्ष्लतचयमगअतष्यल)ः
शिल्पि वास्तुकारका रुपमा परिचित शिल्पकार (सिंकःमि) समुदाय लिच्छवीकाल, मल्लकाल हुंदै शाहवंश र आज गणतान्त्रिक युगसम्म आइपुग्दा विभिन्न कलाप्रेमी, विद्वान, बुद्धिजिवी, राजा, महाराजाहरुले समेत विद्वान शिल्पी बास्तुकलाकारिताको रुपमा लिई आफ्नो परम मित्र एवंम सल्लाहकारहरुको रुपमा लिई आएको इतिहासले देखाउँछ । यो समुदाय काठमाण्डौ उपत्यकामा रहेको अन्य रैथाने समुदाय (जाती) जस्तै नेवार समुदाय भित्र पर्ने नौ थरको संयोजनको रुपमा मानी आएको उदास (उदाय, उराय्) जाती भित्र रही आएको परापूर्व कालदेखि प्रस्तुर वास्तु काष्ठकला, मूर्तिकला एवं आधुनिक शिल्पकला (फार्निचर) को ज्ञाताका रुपमा शिल्पकार (सिंकःमि) जाति परिचित छन् ।
        उदास जाति (समुदाय) भित्रका अन्य विभिन्न जातजातीहरु हुन शिलाकार          (लोहकःमि), ताम्राकार (तवः तमोट), सिख्राकार (अवाः) कंसाकार (कसाः), सिन्दुराकार   (सिं), बनियाँ, तुलाधर र शिलालिक (मधिकःमि) तथा शिल्पकार (सिंकःमि, कःर्मि) समेत गरी नौ थरको संयोजनको रुपमा रही मानी आएको उदास समुदाय हो भन्ने मान्यता कायम भई आएको छ । उदास समुदाय नौ थरको संयोजनको रुप हो भन्ने विषयमा आज सम्म कुनै बैज्ञानिक आधार तथ्यहरु प्रस्त हुन भने सकिरहेको छैन । यो खोजकै विषय रहेको छ । यस उदास समुदायभित्र परेको मानि आएको शिल्पकार (सिंकःमि) आदिकाल देखिनै काष्ठकला तथा वास्तुशिल्पकलाका धनि हुन ।

उत्पत्तिः
       शिल्पकार जातीको उत्पत्ति कहिले र कहाँबाट भयो भन्ने सत्य तथ्य यही नै हो भनि आजसम्म कसैले भन्न नसकिएता पनि नेपाल मण्डलको जात्रा, पर्व, मठ, मन्दिर, ऐतिहासिक पुरातात्विक दरवार आदिको अध्ययन गरी हेर्दा यो जाती आदिकाल देखि नेपाल मण्डल (काठमाण्डौ उपत्यका) को आदिवासी जनजाती हो भन्ने देखिन्छन् ।

परंपरागत मूल वासस्थानः
       शिल्पकार जातीको परंपरागत मूल वासस्थान भनेको नेपाल मण्डल (काठमाण्डौ उपत्यका) को बही, बहाल, बिहार आदि क्षेत्रका नजिक वा आसपास रही आएको पाइएका छन् ।
भक्तपुरका केहि शिल्पकार परिवारहरु खास गरेर भक्तपुर नगर १७ वडा भारभाचो टोल स्थित श्री राधाकृष्ण शिल्पकारको घरमा आगंद्यः रही आएका शिल्पकार परिवारहरु मल्लकालीन राजा भूपन्द्रि मल्लका शासन कालनमा ङयातपोल देगल (पाँचतल्ले मन्दिर) र ५५ झ्याले दरवार निर्माणका लागि राज आज्ञा बमोजिम पाटनबाट भक्तपुर आई ऐतिहासिक निर्माण कार्यमा संलग्न भई भारभाचो टोलमा स्थाई बसोबास गरी आएको हो भन्ने आगंद्यः छेँ का घरधनी तथा अन्य बुढापाकाहरुको भनाई रहेको पाइन्छन् ।
आधुनिक वासस्थान र पेशाः
       यो शिल्पकार जाती (समुदाय) आजभोली आफ्नो परंपरागत वासस्थानबाट अन्यत्र काठमाण्डौ र काठमाण्डौ उपत्यका बाहिर विभिन्न स्थानमा बसाई सरी स्थाई बसोबास गरी आफ्नो समुदायको पहिचान दिई आइरहेका छन् । यो समुदाय काठमाण्डौ उपत्यकाको विभिन्न रैठाने समुदाय जस्तैः नेवार समुदायभित्र पर्ने समुदाय हो । यस समुदायको मातृभाषा नेपाल भाष (नेवार भाषा) हो । यस समुदाय परापूर्वकाल देखिनै वास्तु शिल्पकला, काष्ठकला र आधुनिक काष्ठकलाको पेशा गरी आएकोमा हाल आएर केहि परिवारले आफ्नो परंपरागत पेशालाई परिवर्तन गरी समेसाक्षेप अन्य अनुकुल पेशामा विस्थापित भै गएको पाइन्छन् । २०१७ सालको राजनैतिक परिवर्तन पश्चात केहि शिल्पकार परिवारहरुले आफ्नो मौलिक थर शिल्पकारलाई (मौलिक पहिचान) लाई परिवर्तन गरी आएको देखिन्छन् । शिल्पकार समाज बिच धनी र गरीबको मतभेदबाट दुष्ट प्रभावित भई एउटै समाज एक ठाउँमा बस्न नसकी काठमाण्डौका अधिकांश शिल्पकार परिवारहरुले आफुलाई “स्थापित” को रुपमा परिचित गराई आएको पाइएको छ भने ललितपुर पाटन र भक्तपुरका शिल्पकारहरुले आफुलाई शिल्पकारका रुपमा नै आफुलाई परिचित (पहिचान) गराई आएको पाइएको छ ।

सनातन धर्मः
       उदास समुदाय अधिकांश बुद्धधर्म मान्ने बौद्धमार्गी भएता पनि यस उदास समुदाय भित्र पर्ने कश्यप (काशि) गोत्रका यस शिल्पकार समुदाय भने अधिकांश सनातन धर्म शिव मार्गी र वैष्णवी मार्गी (हिन्दु धर्मालम्बी) भएको पाइन्छन् । यस समुदायले आफ्नो जन्मदेखि मरणसम्मका विभिन्न संस्कार तथा कुनै पनि धर्म कर्मका कार्यमा परंपरादेखि नै राजापाध्याय (द्यःब्रम्हू) लाई पुरोहितको काम गराई आएको छ । शिल्पकार समुदाय हिन्दू धर्मालम्बी हो भन्ने प्रमाण यी नै हुन् । कश्यप (काशि) गोत्रका यस शिल्पकार समुदायले भगवान श्री विश्वकर्मालाई आफ्नो कूल गूरुको रुपमा मानी आएको पाइन्छन् भने आफ्नो कूल रक्षाको लागि मात्रि शक्तिहरु (अष्टमात्रिका) पुज्ने गरी आएका छन् । यस जातीभित्र पनि अन्य जाती समुदायमा जस्तै विभिन्न उपनामको समूहहरु रहेका पाइएका छन् । उपनामको समुह अनुसार आ–आफ्नो उपनामको समुहको पहिचान अनुसार कूलदेवताको मोहडा विभिन्न दिशातर्फ रहेको पाइएका छन् ।

संस्कृतिः
      नेवार जातीहरु मध्ये तान्त्रिक दिक्षा (देखा) नलिकन कोहि पनि आफ्नो इष्ट देवताको कोठामा (आंगद्यः कोठामा) प्रवेश नपाउने शाक्य, बज्राचार्य र उदास जाती मध्ये यस शिल्पकार जातीको बिचमा पनि आचार्य (आचाजु) बाट तान्त्रिक विधिवत दिक्षा (देखा) नालिएका कोहि पनि आ–आफ्नो इष्टदेवता (आंगद्यः) को पुजा अर्चना र दर्शन गर्न समेत प्रवेश नपाउने परंपरागत प्रावधान भएबाट आफ्नो ईष्टदेवताको पुजा अर्चना तथा दर्शन गर्न समेत नयाँ पुस्ताका अधिकांश शिल्पकारहरु बंचित रहनुपर्ने भईरहेका छन् । आफ्नो ईष्टदेवको पुजा अर्चना र दर्शन गर्न नपाउँदा नपाउँदै पनि नयाँ पुस्ताका शिल्पकारहरु दिक्षा  (देखा) लिन अग्रसरता गरेको देखिंदैनन् । देखा लिएपछि चोखो नित्य भई नित्यकर्म गरी नियमित जपध्यान गर्ने झन्झट सबै आफुलाई टाढा राख्न चाहेको देखिन्छन् जसका कारण भविष्यमा गएर आगंद्यः (ईष्टदेव) को अस्तित्व नै खतरामा पर्ने अवस्था प्रस्त देखिरहेका छन् तर आपवादको रुपमा केहि यीनै शिल्पकार समुदायमा भने आगंद्यः कोठामा प्रवेश गर्न दिक्षा (देखा) लिनै पर्ने बाध्यता रहेको परंपरा देखिंदैनन् । देखा बिना आगंद्यः कोठामा प्रवेश गर्न नपाउने परंपरागत प्रावधान रहेको यस शिल्पकार समुदायको आगंद्यः को पुजा गर्न कारणवश देखा लिएका शिल्पकार परिवार सदस्य नभएको अवस्थामा तलेजु (तुलजा) बाट खतिएका आचार्य (आचाजु) बाट पुजा गराउने परंपरा रही आएको छ ।
आगंद्यः कोठामा प्रवेश गर्न पाउने प्रवेश आज्ञापत्रको रुपमा रहेको देखा र शिल्पी शिल्पकारहरुको श्रृजना काष्ठकला संग निकै महत्वपूर्ण र गहकिलो सम्बन्ध रहेको कुरा बुढापाकाहरुको भनाई रहेको पाइएको देखिन्छन् । शिल्पी शिल्पकार बुढापाकाहरुको भनाई अनुसार देखा लिएका शिल्पी शिल्पकारबाट श्रृजना गरिएका काष्ठकलामा जति जिवन्त देख्न र हेर्न पाइन्छ त्यति देखा नलिएका अन्य शिल्पी शिल्पकारबाट श्रृजना गरिएका काष्ठकला र प्रस्तुर मूर्तिहरुमा खास त्यति राम्रो जिवन्त देख्न पाउँदैनन् भन्ने पारखी आँखा भएका बुढापाकाहरु बताउने गर्दछन् । काष्ठकला र प्रस्तर मूर्तिहरु श्रृजना गर्दा अन्य सम्पूर्ण भागहरुमा शिल्पकलाको जिवन्त दिन सफल भएता पनि मुर्तिको अनुहार दृष्टिमा देखा नलिएका शिल्पी शिल्पकारबाट पूर्ण जिवन्त कला दिन सकिंदैनन् भन्ने परिपक्व बुढापाकाहरुको भनाई रहेको पाइन्छन् । त्यस्तै हिन्दू शिल्पी शिल्पकारले श्रृजना गरेका शिल्पकला र बुद्धिस्त शिल्पी शिल्पकारले श्रृजना गरेका शिल्पकलामा पनि भिन्नता रहेको छ भन्ने बुढापाकाहरुको भनाई पाइएका छन् । ऐतिहासिक पुरातात्विक काष्ठकला र शिलाका प्रस्तर मूर्तिहरुको प्रत्येक अनुहार तथा दृष्टिमा शिल्पकलाको जिवन्त रहेको देख्न र हेर्न हामी सक्छौं । शिल्पकार जातीबाट अलग भई स्थापित नयाँ पहिचान दिई जानुपर्ने कारणहरु मध्ये यो पनि एउटा देखिन आउँछन् ।
       देशको कला संस्कृतिलाई जिवन्त रुप दिई बिज्ञ र कलाकारका रुपमा परिचित भइरहेका पहिला पहिलाका शिल्पी सिंकःमि) नाइकेहरु (वास्तुविद्वानहरु) आजका आधुनिक भाषामा “आर्किटेक” पहिला देखि आजको बैज्ञानिक युग २१ औं शताव्दीसम्म पनि आफ्नो शिल्पकलाको ज्ञान आफ्ना सन्ततिहरुलाई हस्तान्तरण गर्दै जिवन्त राख्न सफल भइरहेका छन् । वास्तुशिल्पकलाका धनि राष्ट्रिय विभूति अरनिको जस्ता बाजेबराजुका पालादेखि आफ्नो परंपरागत पेशालाई नस्त हुन नदिकन देशको गौरब बढाउने देखि लिएर आजसम्म आफ्नो शिल्पकला जिवन्त राख्न शिल्पकार समुदाय सफल भइरहेका छन् । आज देशमा वंशगत शिल्पी शिल्पकार मात्र होइन अंगिवृmत शिल्पीहरु (गैह्र शिल्पकारहरु) ले शिल्पी पेशालाई अंगाली आएका देखिन्छन् ।
सयौं बर्ष अगाडी शिल्पी शिल्पकार एवं शिलाकार समुदायका बाजे बराजुहरुले दुःख कष्ट गरी आफ्ना हातले श्रृजना गरेर धरोहरको रुपमा हामीलाई छाडी गएको विश्व सम्पदा सूचीमा समेत परेका सुप्रसिद्ध ऐतिहासिक पुरातात्विक कलात्मक धरोहरमध्ये भक्तपुरको ५५ झ्याल दरवार, ङयातपोल देगल, चाँगुनारायण मन्दिर, काठमाण्डौको हनुमानढोका दरवार, तलेजु (तुलजा) भवानीको मन्दिर, नौतल्ले दरवार, देशय् मरु झ्याल, पाटनको वृmष्ण मन्दिर, पाटन दरवार विभिन्न स्थानको मन्दिरहरुमा श्रृजना गरिराखेको चौरासी आसन युक्त टुडाल आदि र नेपालको विभिन्न स्थानमा रहेको काष्ठकला तथा शिलाका प्रस्तर कलात्मक मठ मन्दिरहरु आज विश्व सामु हामी नेपालीलाई पहिचान गराइरहेका छन् ।
         इतिहासको विभिन्न कालखण्डमा शासकहरुको नुनको सोझो र बफादारी गर्दै शासकहरुले थोपारेको संस्कार, संस्कृति, विधि व्यवहार, धर्म र परंपरालाई शिरोपर तथा आदेशलाई पालना गर्दै नेपाल मण्डलको विभिन्न स्थानहरुमा शिल्पी (सिंकः मि) शिल्पकार र लोहँकःमि शिलाकार जाती (समुदाय) हरुले आ–आफ्नो शिल्पी पौरखी हातले अतुलनीय कलात्मक श्रृजना प्रतिस्थापना गरी आफ्ना सन्ततिलाई आ–आफ्नो पहिचानको छाप छाडी गएका यथार्थता कसैबाट लुकेको छैनन् ।
यीनै शिल्पी समुदायहरुको कलात्मक पुरातात्विक श्रृजनालाई अवलोकन गर्न आएका विदेशी पाहुनाहरुबाट राज्यले दैनिक करौडौं रुपैयाँ आम्दानी गर्दै आएको यथार्थता पनि कसैबाट लुकेको छैनन् । जुन पुर्खाको रगत पसिनाबाट श्रृजना भएका कलात्मक धरोहरले राज्यको आम्दानी मात्र भइरहेका छैनन् अपितु विश्वसामु देशलाई नै पहिचान गराई रहेका छन् । आज उनकै सन्ततिहरुको पहिचान बिलिन हुने अवस्थामा पुगेका छन् । अर्थात गौरवमय शिल्पी शिल्पकार र शिलाकारको रुपमा रही आएको आफ्नो पहिचान आज आएर शिल्पी ज्यामी (मजदूर) का रुपमा मानचित्रमा पहिचान सिमित हुंदै बिलिनै हुने अवस्थामा पुगेको देखिन्छन् । आफ्नो पहिचान नै विलिन हुने अवस्थामा पुगेको शिल्पी समुदायको ऐतिहासिक पहिचानलाई जिवन्तपारी राख्न यो शिल्पी समुदायको पुर्खाको बाहुबलले श्रृजना गरेर विश्व सम्पदा सुचीमा परेका ऐतिहासिक पुरातात्विक कलात्मक धरोहरहरुको अवलोकन बाट उठेको आयस्रोत मध्येबाट केहि अंश यो शिल्पी जाती (समुदाय) को जातीय अस्तित्व, हक, अधिकार, पहिचानको संरक्षण एवं उत्थान गर्नका निम्ती मेहनता ९च्यथबतिथ० दिने व्यवस्था राज्यले गर्नु पर्दछ ।
       आजको नयाँ नेपालमा सबै क्षेत्रबाट आ–आफ्नो जातीय अस्तित्व, हक, अधिकार, पहिचान र उत्थान आदिको लागि आवाज उठाइरहेको अवस्थामा यस शिल्पी शिल्पकार र शिलाकार जाती (समुदाय) ले पनि मेहनता ९च्यथबतिथ० को माग गर्नुमा अन्य कसैले अन्यथा सोच्नु पर्ने अवस्था समेत देखिन्दैनन् । यस समुदायले आफ्नो जातीय पहिचानको सवालमा आवाज उठाउनु पर्ने समयको माग हो । यस समयमा पनि आफ्नो अस्तित्वका निम्ति शिल्पकार र शिलाकार जाती (समुदाय) हरु सकृय नभएको खण्डमा आफ्नो पहिचानलाई सबैसामु राख्न नसक्ने अवस्था आउनेछन् साथै शिल्पकार र शिलाकारहरुलाई ठूलो संकत आउन सक्ने अवस्थालाई मनन गरेर यस समुदायका अगुवाहरुले चासो राखेर तन मन धनले मजबुत भएर अगाडी बढनु पर्ने अवस्था छ ।

       यस समुदायको स·ठन हिजो र आजः
२००७ सालमा जहानीया राणा शासनको अन्त भई प्रजातन्त्रको उदय पश्चात सबै क्षेत्रका जातजाती समुदायहरुले स·ठीत भई आ–आफ्नो जातीय हक अधिकारका लागि अगाडी बढ्दै गएको क्रममा यस समुदायले पनि काठमाण्डौ टेबहालका श्री शंकर शिल्पकारको अध्यक्षतामा पहिलो पटक शिल्पकार संघ स्थापना भएको थियो भन्ने भारभाचो भक्तपुर घरभई हाल नयाँबजार बस्ने शिल्पकार समुदायका श्री लक्ष्मीभक्त शिल्पकारको भनाई रहेको पाइन्छन् । उहाँको भनाई अनुसार सो संघका महासचिवमा भारभाचो भक्तपुरका श्री प्रेम बहादुर शिल्पकार सदस्यहरुमा टिका शिल्पकार, रत्न शिल्पकार, बेखा शिल्पकार र पूर्णभक्त शिल्पकार रहेको थियो भनी आफुलाई सम्झना भए सम्मका पदाधिकारीहरुको नाम बताउनु हुन्छ । साथै सो संघमा काठमाण्डौ भक्तपुर र पाटनका शिल्पकारहरु समावेश रहेको थियो भनी बताउनु हुन्छन् । २०१७ सालको राजनैतिक परिवर्तन पश्चात सो सङ्गठन निस्वmृष्य भई गई शिल्पकार शिल्पकार बिचमा पनि फुट फुट भई काठमाण्डौका शिल्पकार समुदायले आफ्नो पहिचाननै परिवर्तन गरि आएको समेत उहा“ आनु भनाई राख्नु हुन्छन् ।
भक्तपुरबाट बिभिन्न समयमा काठमाण्डौमा बसाईसरी आएकाहरुले २०४३ सालमा श्री गणेश बहादुर शिलाकारको अध्यक्षतामा शिल्पकार संस्कार गुठी (समिति) स्थापना गरेको र २०५१ सालमा भक्तपुरका श्री राजेश शिल्पकार (खाँन) को अध्यक्षतामा शिल्पकार युवा संघ स्थापना भई पछि सोही युवा संघ परिमार्जित भई हाल शिल्पकार समाज नेपालको रुपमा रुपान्तरित भई श्री दोबरलाल शिलाकारको अध्यक्षतामा वृmयाशिल भई आइरहेका छन् ।

       इतिहासको कालखण्ड देखि नै उपेक्षितः
इतिहासको विभिन्न कालखण्डमा शासकहरुको नुनको सोझो र बफादारी गर्दै यस समुदायले नेपाल मण्डलको विभिन्न स्थानमा आफ्नो पौरखी हातले अतुलनिय कलात्मक वास्तु शिल्पीकलाहरु श्रृजना गरी धरोहरको रुपमा राज्य तथा आफ्ना सन्ततिलाई छाडी गएका छन् । कुनै पनि शिल्पी कलाकारले आफुले परिकल्पना गरी श्रृजना गरिएका कलाकारितामा कालान्तरसम्म सबैले आहा भनुन् भन्ने चाहना राखेका हुन्छन् नै तर कलाकारको इतिहासले आहा मात्र भन्ने हो भने कलाकारको समुचित कदर गरेको ठहरिने छैनन् । विश्व सम्पदा सूचिमा परेका ऐतिहासिक पुरातात्विक भक्तपुरको पाँचतल्ले मन्दिर   (ङयातपोल देगल) तथा ५५ झ्याले दरवार लगायत कलात्मक धरोहरमा आफ्ना पौरखी हातले वास्तु शिल्पकला श्रृजना गर्ने शिल्पी कलाकार शिल्पकार (सिंकःमि) हरुको बारेमा इतिहासका पानामा कहिं कतै केहि लेखेका पाइन्दैनन् । यसरी शिल्पी शिल्पकार (सिंकःमि) समुदायलाई इतिहासका विभिन्न कालखण्ड देखि नै उपेक्षित गरिआएको देखिन्छन् । अझ इतिहासले मात्र पनि होइन इतिहासकार, इतिहासविद् एवं अन्य सम्बन्धित लेखकहरुले समेत यस समुदायलाई नजर अन्दाज गरी उपेक्षित गरिंदै आएको देखिन्छन् । अतः सम्बन्धित पक्षहरुले आफ्नो दृष्टि परिवर्तन गरी पुरातात्विक कलात्मक धरोहरको निर्माणमा (श्रृजनामा) आफ्नो कलाकारिताको छाप छाडी गएका शिल्पी शिल्पकार (सिंकःमि) हरुको कदर गर्ने तर्फ कलाकारिताको छाप छाडी गएका शिल्पी शिल्पकार (सिंकःमि) हरुको कदर गर्ने तर्फ ध्यान दिनुपर्ने देखिन्छन् । साथै यस शिल्पकार समुदायले पनि आफ्नो जातीय पहिचानको सवालमा सबै एकताबद्ध र सङ्गठीत भई शसक्तरुपमा आवाज उठाउनु आवश्यकता देखिन्छन् ।


शिल्पकार जातीया जातीय पहिचानया न्ह्यसः

प्रकाश मान शिल्पकार
मो. नं. ९८४१३७७६६१

प्रकाशित
झिगु स्वनिगः न्हिपौ
२०६८ भाद्र १४ बुधबार

नेपाःदेय् थीथी जात, जाती, धर्म, कला, संस्कृति व विधि व्यवहारया नामं जागु देय् खः । नेपाःदेय्या जातीय मध्य नेवाः समुदाय् दुने लाःगु गुंग थरया संयोजनया रुपय् मानेजुया वयाच्वंगु उदाय् (उदास) जातय् दुनेलाना च्वंगु पुस्तौ पुस्तानिसें सिंज्या यातहे थःगु मू लजगाःया रुपय् छयला वयाच्वंपिं नेवाः जाती मध्य शिल्पकार (सिंकःमि, स्थापित) नं छगु खः । उराय् दुने लागु मेगु थीथी जात जाती खः शिलाकार (लोहँकःमि) लोहँया द्यः दय्किपिं), ताम्राकार (तवः तमोट सिजःया भाडा दय्किपिं), सिख्राकार (अवाः छेय् देय्केगु ज्याः याईपिं), कंसाकार (कसाः कँय्या थलवल दय्किपिं) सिन्दुराकार (सिं–परम्परागत जात्रा पर्वय खः देयकिपीं व कापः थाइपिं) शिलमलिक (मधिकःमि) बनियाँ (बन्या आयुर्वेदिक उपचारया ज्याःयाइपिं) व तुलाधर (व्यापार याइपिं खासयाना ल्हासा व्यापारी) याना थीथी गुंगु थर दुथ्याना समायोजनया रुपय नाला वया च्वंगु उराय (उदाय, उदास) जातय् दुनेलागु जाती शिल्पकार (सिंकःमि, स्थापित) नं छगु खः । उराय गुंगु थरया (जातया) समायोजनया रुप खः धईगु विषयलय थौं तक्क बैज्ञानिक आधार तथ्य प्रमाण धासा सुनानं प्रस्त याय् फुगु मखुनि थ्व छगु अनुसन्धानया विषय नं खः थ्वहे समुदायले लागु मान्यता कायम जुया वया च्वंगु थ्व शिल्पकार समुदाय आदि कालंनिसें काष्ठ शिल्पकलाया धनि खः ।
      उराय जाती धइपिं  बुद्ध धर्म माने याइपिं खःसानं उराय् लागाय् लापिं थ्व शिल्पकार जाती धासा अप्वःयाना सनातन हिन्दू धर्म माने याइपिं सनातन धर्मया शिव मार्गी व बैष्णवी मार्गी खः थुगु जातीपिंसं जन्मनिसेँ मृत्यु तकंया थीथी संस्कार व छु नं धर्म कर्मया ज्याखँ याय्मासा परंपरानिसेँ द्यः ब्रम्हयात पुरोहितया ज्याः याका वयाच्वंगु दु । शिल्पकार जाती हिन्दू मार्गी खः धइगुया दसु थ्वहे खः । खासयाना थुमिगु परंपरागत मु–बस्ती धईगु नेपाल मण्डलय थीथी थासयया बहाः, बही, बिहारया सतिकं जुयावयाच्वंगु खने दु । बहाः बही व बिहारया स्थापना व जिर्णोद्वारय् न्हापानिसेँ थ्वहे शिल्पकार (सिंकःमि) जातीया ल्हाः दयावयाच्वंगु खने दु । १७ वडा भारभाचो ख्वपया भाजु राधाकृष्ण शिल्पकार छेँ आगंद्यः दूपिं शिल्पकार परिवारत धासा राजा भूपतिन्द्र मल्लया शासन कालय् ङयातपोल देगः दय्केत राजाया आज्ञां यलं वया ङयातपोल व ५५ झ्याल दरवारया निर्माणय् सहभागी जुया अवलेनिसेँ हे अन भारभाचो क्षेत्रे स्थायी बसोबास याना वयाच्वंगु खँ आगंद्यःछेँ या राधाकृष्ण शिल्पकार व मेमेपिं बुढापाकातय् भनाई खनेदु ।
      नेवाः जाती मध्ये देखा मकाय्कं सुनं थःथःगु आगंमय् दुमथ्याइपिं शाक्य, बज्राचार्य व उराय् जातीतय् मध्ये थ्व जातीया दथुइनं देखा मकायकं सुं नं आगंमय् दुमथ्याइगु परंपरागत प्रावधानंयाना थःथःगु आगंमय् पुजाआजा व दर्शन याय्नापं न्हूगु पुस्ताया शिल्पकारत बंचित जुय्मागु बाध्यता जुयाच्वंगु दु । आगंमय् पुजा आजा व दर्शन याय्मखंसा झी न्हूँ पुस्ताया शिल्पकारत देखा कायत अग्रसरता सुनानं यागु खनेमदु । देखा काय् धुंका चोखो नित्य जुया नित्यकर्म याना जपध्यान याय्मागु झन्झतं सकलेँ चिलाच्वंगु खनेदु । थुकिंयाना लिपावना आगंमयया अस्तित्व हे खतराय् लानाच्वंगु खनेदु । तर अपवादया रुपय् छुं थ्वहे शिल्पकार समुदायया दुने धासा आगंद्यः कोठाय् प्रवेश यायत देखा कायमागु बाध्यता मदु । खेदा मकायक सुन थ थगु आंगमय्  दुमथ्याइगु परंपारागत प्रावधान दुगु थ्व शिल्पकार समुदायया आगंद्यः या पुजायाय्त कारणवश देखा दुपिं परिवारया जःत मदुगु अवस्थाय् तलेजु (तुलजां) खतय् याना छ्वया हपिं आचाजुं (आचार्य) पुजा याय्गु परंपरा जुया वया च्वंगु दु ।
      आगंमय दुहां वनेत मरेक मगागु देखा व शिल्पी शिल्पकारया कलात्मक काष्ठकला नापं तःधंगु व धिसिलागु स्वापु दुगु खँ शिल्पकार समुदायया बुढापाकातयगु भनाई खनेदु । देखा दुपिं शिल्पी शिल्पीकारं श्रृजना यागु काष्ठकलाय् जिवन्त खनेमदुगु खँ भनाई काष्ठकलाया बिज्ञ बुढापाका तयगु धापु खनेदु । काष्ठकला व प्रस्तर मूर्ति श्रृजना याइबलय् मेगु दक्को भागय् शिल्पकलाया जिवन्त बिई फुसाँ मूर्तिया ख्वायल् व मिखाय् देखा मकापिं शिल्पी शिल्पकार सिं–कमिं तयसं जिवन्त कला केने मफु धैगु धापू दु । अथेहे हिन्दू धर्मालम्बी शिल्पी शिल्पकार व बौद्ध मार्गी शिल्पी शिल्पकारं श्रृजना याइगु शिल्पकलायनं तःधंगु भिन्न खनेदुगु व शिल्पकार जातीय दुने एक आपसय् फुट जुया अप्पोयाना बौद्ध धर्मालम्बी शिल्पकारं छथाय् च्वने मफया थःगु पुलांगु मौलिक पहिचानयात हिका स्थापित तया वगु कारण मध्ये थ्वन छगु खः धयागु भनाई दु ।
      कश्यप गोत्र या थ्व शिल्पकार (सिंकःमि) जातीं भगवान श्री बिश्वकर्मा यात कूल गुरुया रुपय् हना वयाच्वंगु खनेदुसा कूल रक्षाया लागि मात्रिशक्ति (अष्टमात्रिका) या पूजा आराधना यानां हना वयाच्वंगु खनेदु । थुमिगु कुलदेवता (देगुद्यः) मात्रिशक्ति खः वा पितृशक्ति खः धइगु खँय् आःतकं नं सुनानं थथेहे खः धका धाय् फुगु अवस्था मदुनि । कुलदेवता गुखेपाखे स्वयाच्वंगु खः उकिया आधारय् शिल्पकार जातीया दुने थःथःगु विस्कं म्हसीका दु धईगु खँ न्यनेदु । अयनं थुकिं आःतक सुनानं सोधखोल याना दुवाला स्वयगु ज्याः धासा याःगु मदु ।
      शिल्पकार जातिया उत्पत्ति गुबलय् जुल धइगु खँय् सत्यतथ्य दसु, प्रमाण थथे हे खः थकाः सुनानं धाये मफुसां नेवाः देय्या जात्रा, पर्व, मठ, मन्दिर व ऐतिहासिक लाय्कु दरवार अध्ययन यानाः वाला स्वयेवलय् शिल्पकार जाति आदिकालंनिसें नेपाल मण्डल स्वनिगः या आदिवासी जनजाति खः धइगु सीदु । थौकन्यहय् शिल्पकार जाति स्वनिगलं पिने व नेपाः देय्या थीथी थासय् लजगाः याना नं थःगु म्हसीका बिया वयाच्वंगु दु । थ्व समुदाय स्वनिगलय् च्वंपिं थीथी समुदाय थें नेवाः समुदाय दुने हे दुुथ्याः थ्व सिल्पकार समुदायया मांभाय नेवाः भाय् (नेपालभाषा) खः । सिंकःमि शिल्पकार वर्ग समुदाय परापूर्वकालंनिसें प्रस्तर वास्तु काष्ठकला व आधुनिक शिल्पकलाया ज्ञाताया रुपय् नं परिचित जुयाच्वंगु दु ।
      नेवाः देय्या कला संस्कृतियात जिवन्त रुप वियाः बिज्ञ व कलाकारया रुपय् परिचित जुया च्वंपि न्हापाया शिल्पी सिंकःमि नायःत (वास्तुबिद्ध त) थौकन्हय् आधुनिक भासं “आर्किटेक” न्हापांनिसें थौंया बैज्ञानिक युग (नीछगूगु शताब्दी) तक नं थःगु शिल्पकलाया ज्ञान सन्ततितय्त हस्तान्तरण यायाँ (लल्हानां) म्वाका तयत सफल जुयाच्वंगु दु । शिल्पकलाया धनी राष्ट्रिय बिभूति अरनिको थजापिं आजु आजाजुपिनिगु पालांनिसें थःगु लजगाः यात न्हंके मबिउसें नेवाः देय्या गौरब गकायेगु लिसें थौंतक म्वाका तयत सफल नं जुयाच्वंगु दु ।
      सलंसःदँ न्ह्यः सिंकःमि शिल्पकार व ल्हाँकःमि शिल्पकार (शिल्लाकार) समुदायया आजु अजाजुपिंस दुःख सियाः थःगु ल्हातं सिर्जना यानाः दयेकातःगु विश्वसम्पदा सूचिलय लागु नांजाःगु ऐतिहासिक पुरातात्विक कलात्मक धरोहर मध्ये ख्वपया लायकू दरवार, न्यातापौ देगः, चाँगुनारायण देगः, येंया हुनमानढोका लायकू दरवार, तलेज देगः, यलया लायकू दरवार, देशयमरु झ्याः, थीथी देगलय् सिर्जना यानातःगु चौरासी आसनयुक्त त्वाना सिं आदि व नेपा देय्या थीथी थासय् च्वंगु काष्ठकला व प्रस्तरकलां थौं विश्वय् झीत म्हसीका च्वंगु दु ।
      इतिहासया थीथी कालखण्डय् शासकतयसं थोपरेगु यागु संस्कार, संस्कृति, विधि, व्यवहार, धर्म व परंपरायात सिरोपर व आदेशयात पालना यायां नेपाः मण्डलया थीथी थासय् वास्तुकला शिल्पकार (सिंकःमि) व शिलाकार जातीतयसं थःथःगु शिल्पी अतुलनीय कलात्मक काष्ठकला व शिलाकला मुर्ति त श्रृजना स्थापना याना थःगु सन्ततितयत थःथःगु पहिचान (म्हसिका) या छाप त्वतावंगु यथार्थता न्हिन्हयया निभाथेँ प्रस्तहे जुया च्वंगु खनेदु ।
      विश्वया न्हयने झिःगु शिल्पकलां नेवाः देय्यात म्हसीका च्वंगु जक मखुसेँ आजा आजाजुपिंस श्रृजना याना नासोयारुपय झित त्वःता वंगु वहे शिल्पी समुदाय्या कलात्मक श्रृजनायात अवलोकन याःवपिं विदेशी पाहांत पाखें राज्यं न्हिं करौडौ दाँ आम्दानी याना वयाच्वंगु सकिसनं स्यूगु हे खँ खः । गुम्हः पुर्खाया हिचःतिं श्रृजना यागु कलात्मक श्रृजनां राज्यया आम्दानी जकः जुया च्वंगु मखुकि विश्वया न्हयने देशयातहे म्हःसीका वियावयाच्वंगु दु । थौं वहे पुर्खाया सन्ततितय्गु म्हसीका न्हाना वनीगु अवस्थाय् थ्यंगु खने दु । गौरबमय् शिल्पकार व शिलाकारया रुपय् च्वनाच्वंगु थःगु म्हसीका (पहिचान) थौ वया शिल्पी ज्यामीया मानचित्रया सिमित जुजुं वना म्हसीका हे न्हःनांवनीगु अवस्थाय् थ्यंगु खनेदु । म्हसिकेह न्हःनावनिगु अवस्थाय् थ्यंगु शिल्पकार व शिलाकार जाती (समुदाय) या ऐतिहासिक म्हःसीकाहे यात म्वाकातयत थ्व समुदायया आजु आजाजु या हिचःतिं श्रृजनायाना विश्व सम्पदा सुचीले लागु ऐतिहासिक व पुरातात्विक कलात्मक धरोहरत अवलोकनं उठेजुगु आयस्रोत मध्ये छुं भच्चा व शिल्पी जातीया जातीय अस्तित्व, हक अधिकार, म्हसीका (पहिचान), संरक्षण व उत्थानया नितिं मेहनता (च्यथबतिथ० बिइगु व्यवस्था राज्यं याय्मा ।
      ०६२।०६३ या जनआन्दोलनया राजनैतिक हिउपा लिपा देशय् दक्को थासं थःथःगु जातीय अस्तित्व, हक, अधिकार, म्हसीका (पहिचान), उत्थान इत्यादिया लागिं आवाज ब्वलकां च्वंगु अवस्थाय् थ्व शिल्पी शिल्पकार व शिलाकार जाती नं मेहनता (च्यथबतिथ० या माग यागुया सुनानं अन्यथा सोचेयाय् मागु अवस्था नापं मदु । थ्व समुदायनं थःगु जातीय पहिचानया सवालय् आवाज ब्वलंकेमागु समय माग खः । थ्वः इलयनं थःगु अस्तित्वया नितिं थ्व समुदाय सक्रिय मजुसा थःगु म्हसीकायात माःगु कथं पिब्वये मफैगु अवस्थानं वई नापं शिल्पी शिल्पीकार व शिलाकारतयत तःधंगु संकत वयेफु धकाः ताय्का थ्व समुदायया न्हयलुवाः तयसं चासोतया नुगः ब्वलंका न्हया वनेमागु दु ।




थ्व सिंकःमि शिल्पकार समुदायनं नेपाः मण्डलया थीथी थासय् थीथी कालखण्डय् वास्तु शिल्पकलात श्रृजना याना धरोहरया रुपय् राज्य व थः सन्ततितय्त त्वता वंगु दु । न्हयाम्हं शिल्पीकारं थम्हं परिकल्पनायाना श्रृजना यागु कलाकारीताया कालान्तरतकनं सकस्यां आहा धाय्मा धैगु चाहना तगुलापक्काहे दई अय्सां कलाकारया कलाकारितायात इतिहासं आहा जक धाय्गु खःसा कलाकारया वास्तविक कदर यागु ज्या पाय्छि जु धाय् फैमखु । विश्वसम्पदा सूचिलय् लागु रुपया ऐतिहासिक व पुरातात्विक ङयातापोल देगः व ५५ झ्याल दरवार लगायत कलात्मक धरोहरय् थःगु पौरखी ल्हातं कला श्रृजना यापिं शिल्पीकलाकार सिंकःमि शिल्पकार समुदाय तय्गु बारे इतिहासया पानाय् गनं छुं च्वयातगु खने मदु । थथे थ्व समुदाय तय्त इतिहासया थीथी कालखण्ड निसें हे उपेक्षित याना वया च्वंगु खनेदु । अझ इतिहासं जक मखु इतिहासकार, इतिहासविद व मेमेपिं सम्बन्धित लेखतयसं नापं थ्व समुदायत नजर अन्दाज याना उपेक्षित याना वयाच्वंगु खनेदु । उकिं सम्बन्धित पक्षतसं थःथगु दृष्टि हिका पुरातात्विक कलात्मक धरोहरया निर्माणय् (श्रृजनाय्) थःगु कलाकारिताया लुमंके बहगु छाप त्वता वंपिं शिल्पी सिंकःमि थ्व समुदायन नं थःगु जातीय् पहिचानया सवालय् दक्वं एकताबद्ध व सङ्गठीत जुया शसक्त रुपय् सः तयमागु खनेदु ।







एचबपबकज ःबल क्जष्उिबपबच प्रकाशमान शिल्पकार बत छस्घज्ञ ब्ः
क्जबचभ
 
ल्य अयmmभलतकस्
एयकत ब ऋयmmभलत
ङ्घ
द्र
ज्यmभ
ख्ष्भध धभद खभचकष्यल



भान्धरको पनाती हाकुसिँहको नाति राम बहादुर र मानकुमारीको छोरा प्रकाशमान शिल्पकार

एचबपबकज ःबल क्जष्उिबपबच प्रकाशमान शिल्पकार
प्बतजmबलमग, ल्भउब
िख्ष्भध mथ अयmउभितभ उचयाष्भि

एयधभचभम दथ द्ययिननभच।