पर्वसमय सुधारको आवस्यक्ता किन छ ?
- प्रकाशमान शिल्पकार
सनातनी धर्म संस्कृति अनुसार हामीले वर्षदिन भित्रको विभिन्न तिथि मितिमा पर्ने साना ठूला चाडपर्व, जात्रा, तथा जन्मदिनको शुभकार्य, विवाहको लगन, अन्नप्रासन, हवनका लागि शुभ साइत एवं मृतक परिवारजनउका नाममा गरिने पूण्यतिथिका श्रद्धा र सद्भावका पितृकार्य लगायत समस्त सनातनी आस्था र विस्वासका बिबिध सबै कार्यहरु चन्द्रमासको गतिका गणितीय आधारमा तोकिएका तिथिमा नै गर्नुपर्ने र सोही अाधारमा तोकिएकै दिनमा गर्नु पर्ने अन्यथा त्यस्ता शुभकार्य तथा पितृकार्य कुनै फलदायी नहुने शास्त्रीय मानेता रहेको पाईन्छ ।
सनातनी धर्म संस्कृति अनुसार हामीले वर्षदिन भित्रको विभिन्न तिथि मितिमा पर्ने साना ठूला चाडपर्व, जात्रा, तथा जन्मदिनको शुभकार्य, विवाहको लगन, अन्नप्रासन, हवनका लागि शुभ साइत एवं मृतक परिवारजनउका नाममा गरिने पूण्यतिथिका श्रद्धा र सद्भावका पितृकार्य लगायत समस्त सनातनी आस्था र विस्वासका बिबिध सबै कार्यहरु चन्द्रमासको गतिका गणितीय आधारमा तोकिएका तिथिमा नै गर्नुपर्ने र सोही अाधारमा तोकिएकै दिनमा गर्नु पर्ने अन्यथा त्यस्ता शुभकार्य तथा पितृकार्य कुनै फलदायी नहुने शास्त्रीय मानेता रहेको पाईन्छ ।
वर्ष दिनको गणना सूर्यको गति र चन्द्रमाको गतिका आधारमा कायम हुने संसारभरको मान्यता रहिआएको छ । सूर्यको गतिको आधारमा कायम हुने वर्षलाई सौर्यवर्ष तथा चन्द्रमाको गतिको आधारमा कायम हुने वर्षलाई चन्द्रवर्ष भन्ने गरेको छ । सौर्य वर्षमा ३६५ दिन हुन्छ भने चन्द्र वर्षमा ३५४ दिन हुन्छन् । सौर्य वर्षको मास( महिना ) पूरा एक मास हुन्छ तर चन्द्र वर्षको मास अर्थात चन्द्रमासको प्रतिपदादेखि अौंसी तथा पूर्णिमासम्मका कृ्ष्णपक्ष र शुक्लपक्ष समेत गरि पन्द्र पन्द्र दिनको गरि दुई पक्षको एक मास हुन्छ ।
हामी सनातनी नेपालीले मान्दै आएका वर्षदिन भित्रका विभिन्न चाड पर्वहरु मध्यका भक्तपुरको विस्का जात्रा पर्व बैशाख संक्रन्ति (खाइसन्हु) र माघे संक्रान्ति( हाम्वसन्हु) चाड बाहेक अन्य अधिकांस चाड पर्वहरु चन्द्रमासको कृष्णपक्ष र शुक्लपक्ष भित्रका तिथिमा मनाउने सनातनी संस्कार रहि आएको छ । सौर्यमासको दिनलाई सूर्य एक राशिबाट अर्को राशिमा सरेको दिनलाई एक गते मानी त्यस राशिमा सूर्य रहुन्जेल बढ्दै जाने प्रत्येक दिनलाई गते, दिनाङ्क वा मिति भन्न्छ भने चन्द्रमास भित्रको चन्द्रमानका गणना अनुसार आउने तथा घटबढ हुने शुक्लपक्ष र कृष्णपक्षका दिन परेवा(पारु)देखि अौंसी वा पूर्णिमासम्मका दिनदाई तिथि भनिन्छन् । चन्द्रमा र सूर्यबिचको देशान्तरिय कोणको १२ डिग्रीको वृद्धी हुने समय मापलाई तिथी भनिन्छ, सामान्यतया १९ देखि २६ घण्टासम्मको एउटा तिथी हुन्छ ।पक्ष भन्नाले १५ वटा तिथीहरु हुन र कृष्ण र शुक्ल पक्ष गरि दुईवटा पक्षहरु हुन्छन् ।दुईवटा पक्षहरु मिलेर लगभग २९ दशमलव ५ तिथीको एउटा मास हुन्छ । नयाँ चन्द्र उदाएपछी कृष्ण पक्षको अध्यारो निष्पट्ट समय सम्म पक्ष एक मास हो । यी नै तिथिहरुमा सनातनीहरुको चाड पर्वसमय दिन परेका हुन्छन् । त्यस्तै नै सोही तिथि गणना अनुसार नै विभिन्न धर्म, कर्म कार्यको शुभ साइतहरु पनि देखाइन्छ ।
सनातनि नेपालीले पञ्चाङ्गमा उल्लेखित वाक्य र निर्देशित कुराहरुलाई नै ब्रम्हबाक्य सरह मन्ने परम्परागत संस्कार रहिआएको छ । नेपालीले ब्रम्ह वाक्य सरह नै मान्दै आएको प्रचलित बिक्रम सम्बतको पात्र बिगत २ हजार बर्ष देखि सुधार नगरिएको र अयन चयनको प्रभाव बाट ६४० बर्ष देखि नै पञ्चाङ्ग(पात्र)को तिथिमिती बिग्रदै आएको र हरेक ७२ बर्ष पछि १ दिन घट्ने भन्ने खगोलिय शास्त्रीय गणना अनुसार अहिले सम्म २४ दिन पछि पर्न गै एक पूर्णिमा पर सरि पञ्चाङ्गमा उल्लेखित पर्वहरुको तिथिमिती फरक परिरहेको छ भन्ने यथार्थता बारे खगोलिय शात्रबिद लगायत सबै ज्योतिषिहरु एवं नेपालको पञ्चाङ्ग निर्णायक समिती तथा राज्यले समेत स्विकार गरि प्रचलित पञ्चाङ्गमा पर्वका तिथिमिती सुधार गर्नु पर्ने खड्किरहेको आजको अवस्थामा सुधार गर्दा हुन सक्ने संभावित समस्याहरु बाट डराएर पञ्चाङ्गमा सुधार नगरि अशुद्ध तिथि समयमा चाड पर्व, धर्म कर्म, जन्म कर्म तथा पितृकार्य कर्म गर्न सनातनी नेपालीलाई बाध्यता पार्नु भनेको पञ्चाङ्ग निर्माण कर्ताहरु, पञ्चाङ्ग निर्णायक समिति र नेपाल सरकारले सर्वसाधारण जनतालाई झुक्याउनु नै हो ।
तीन तीन वर्षमा ( २ वर्ष ८ महिना १६ दिन ४ घडीमा ) आउने मलमासका कारणले सयन संक्रान्ती र विषुवत् संक्रान्ती याने प्रचलित संक्रान्तीका दिन र समयहरु परक पर्दै गएको यथार्थतालाई चारसय वर्ष अघिका नेवा: बिज्ञहरुले महसुस गर्दै पुस पूर्णेमाका दिन मनाउने य:मह्री चाडलाई एक महिना आगादी याने मङ्गसिरको पूर्णेमा सारी पर्व सुधार गरि मनाउँदै आएको भन्ने यहाँ कुनै लिखित दस्ताबेज हाल सम्म फेला नपरे तापनि यहाँ जनस्रुती भने रहेको पाइन्छन् त्यसैले य:मह्री पुन्हिंका दिन देखि दिन लामो हुने भन्ने नेवा: समुदायमा कथन रहेको पाईन्छ जबकी प्रचलित पञ्चाङ्ग अनुसार माघ १ गतेतिर मात्र दिन लामो हुने गर्छन् ।
य:मह्री पुन्हिं देखि दिन क्रमश: लामो हुँदै जाने भने नेवा: समुदायको कथन लाई पर्व सुधारको मूल आधार मानेर सवैले मनन् गरेर अगादी बद्ने हो भने पञ्चाङ्कमा पर्व संग सम्बधित तिथिमितिहरु सुधार गर्न सकिने निश्चितत्ता छ ।
यसर्थ सौरमान र चन्द्रमान अनुसारको गणितीय गणनाको वास्तविक समयमा गर्नु पर्ने सनातनी धर्म,कर्म, जन्म कर्म तथा मृत्यु कर्म संस्कार र चाडपर्वहरु न मनाउँदा त्यसबाट पाउनु पर्ने फल नपाउनेे मात्र नभै कर्ता, कर्ताका घर परिवार तथा देश र जनतामा नकारात्मक प्रभाव पर्ने नै हुँदा पर्व सुधार राष्ट्रीय कार्यदलले ०६४ सालमा नै नेपाल सरकारलाई बुझायको प्रतिबेदनलाई कार्यान्वयन गरि पञ्चाङ्गमा पर्वसमय सुधारको आवस्यक छ ।
प्रकाशमान शिल्पकार
शुभ मुहूर्त पूर्णाङ्क २ अाषाद २०७६
No comments:
Post a Comment