Saturday, October 31, 2020

दशै र म्वःनी नखःलाई बिदा दिन्दै फर्केर हेर्दा

 दशै र म्वःनी नखःलाई बिदा दिन्दै फर्केर हेर्दा


       अधिकांश  सनातनी नेपालीको वर्षको ठूलो चाडका रुपमा मान्दै आएको यश वर्ष नेपाल संवत ११४० को म्वःनी नखः र वि.सं.२०७७ को दशै चाडलाई कोभिड - १९ (कोरोना) महामारीको असहज माहोलमा पनि विश्व स्वास्थ्य संगठनले जारी गरेको मापदण्ड भित्ररहि सबैले साविक वर्षहरु भन्दा अलि खुम्चिएर मनाउदै  सनातनी परम्परा र संस्कारलाई निरन्तरता दिएर बिदा दिएका छन् ।

       हुनत ३०° अंश बिग्रिरहेको प्रचलित पात्र अनुसार कार्तिक १ बाट म्वःनी र दशै पर्व सुरु भएको भएतापनि सुधाररीएको पात्र अर्थात पर्व समय सुधार कार्यदल अनुसार भने एक महिना अघि नै गईसकेका छन् तर पनि जब सम्म राज्यस्तरबाट सुधारिएको पात्र नआए सम्म सामाजिक मर्यालनलाई कायम गर्न पनि ३०° अंश बिग्रि रहेकै प्रचलित पात्र तोकेको पर्व समयलाई मान्ने पर्ने साकाजिक  दायित्वबाट अलग रहन सकिन्न ।

      चन्द्रमासको कौलाथ्व पारु / सौर्यमासको आश्विन शुल्क प्रतिपदाका दिन देखि कतिंपून्हि / कोजाग्रत पूर्णिमा सम्म एउटै तिथि मितिमा नेवाः समुदायले म्वःनी नखः र गैह्र नेवाः समुदायले दशै पर्व मनाए । 

        केही मङ्गोलियन नेपालीले गत वर्षहरुमा झै यश वर्षको दशैलाई पनि बहिष्कार गर्ने परिपाटीलाई आ-आफ्ना निधारमा मात्र हैन अनुहारमै कालो मोसो दलेर बहिस्कारको निरन्तरता दिए ।  आफ्ना घले राजा मारेको दिनलाई कसरी  बिजय उत्सवका रुपमन पर्व मनाउन आत्माले स्वीकृति दिन सक्छ भन्ने दशै बहिस्कार वादी मंगोलिनहरुको भनाई रहिआएको छ ।

      म्वःनी नखः मानेर कुलछि भ्वय् खाई स्याक्वत्याक्व समेत गर्दै आफ्नो जातिय पहिचान दिन्दै आएका मध्यका केहि नेवाःहरुले भने आफ्नो मौलिक पहिचान समेत बिर्सेर  म्वःनी नखःलाई दशै दशै भन्दै रमाउँदै मनाउने गरेको पनि देखियो ।

       कोभिड - १९ ( कोरोना) महामारीका कारण सबैले सामाजिक तथा भौतिक दूरि कायम गरेरर महामारीको संक्रमणबाट आफू बच्न र अरुलाई पनि बचाउन  म्वःनी तथा दशै मान्ने कयन सनातनीहरु घरमै बसेर शक्ति पीठहरुको स्मरण गर्दै  आरधना गरेर पर्व मनाए भने केही सनातनीहरु कोरोना महामारीलाई बेवास्ता गर्दै कोरोना महामारीका कारण बन्द अवस्थामा रहेको शक्ति पीठहरुमा पनि जिद्दी गर्दै मन्दिरको ढोका बाहिर बाटै पूजा गर्दै आफ्नो परम्परागत आस्था र विस्वासलाई यश वर्षको असहज परिस्थितिको पर्वमा पनि निरन्तरता दिएर म्वःनी नखः तथा दशै पर्व मनाएर म्वःनी तथा दशै चाड पर्वको आज कन्तिम दिन कतिंपून्हि(सिघःपुन्ह) / कोजाग्रत पूर्णिमाका दिन पारु/ प्रतिपदाका दिन स्थापना गरिएको जमरा सहिको घटस तथा फुल प्रशादहरु नेवाः समुदायले घरको ढोका अगाडि विराजमान रहुनु भएका कुमार, गंगा तथा क्षेत्रपालका रुपमा समेतका पिखालखुमा विसर्जन गर्दै म्वःनी नखः आजबाट समाप्त भयो भन्ने जानकारीका रुपमा संस्कृतिलाई निरन्तरता दिन्दै नखःलाई बिदा दिए भने गैह्र नेवाःहरुले भने खोलानालामा वा आफ्नो अनुकुल स्थानमा सेलाएर विसर्जन गरि दशैलाई अर्को साल सम्मलाई बिदा दीए ।

        सनातन देखि चल्दै आएको यश वर्षको म्वःनी नखः तथा दशै पर्वलाई कोरोनाको दरले खुम्चिएर मनाउँदै आजबाट बिदा दिएर बाई बाई गरें भने दुर्भाग्य विस्वमा हलचल मचाएर विस्वमानवलाई नै त्राहि त्राहि बनाउने त्यो दुस्त  कोभिड - १९ ( कोरोना) भाइरसलाई हामी कसैले बिदात के लखेत्न समेत सकेका छैनौ । 

        हे दुस्त संहारीणि तिम्रो त्यो  दुर्गा शक्ति भन्दा पनि कोभिड - १९ ( कोरोना ) को शक्ति बलवान्     नदेखियोस । हे  दुर्गा शक्तिदायणि तिम्रो त्यो दुस्त संहारिणि शक्तिले कोभिड - १९ ( कोरोना ) लाई पनि संहार गरि विश्व र विस्वमानव रक्षा होस् जय जय जय दुर्गा भवानी माता , तिम्रो सदा जय होस् र तिम्रो जयबाट सबको कल्याण होस् ।#प्रकाशमानशिल्पकार

No comments:

Post a Comment