Saturday, October 31, 2020

दशै र म्वःनी नखःलाई बिदा दिन्दै फर्केर हेर्दा

 दशै र म्वःनी नखःलाई बिदा दिन्दै फर्केर हेर्दा


       अधिकांश  सनातनी नेपालीको वर्षको ठूलो चाडका रुपमा मान्दै आएको यश वर्ष नेपाल संवत ११४० को म्वःनी नखः र वि.सं.२०७७ को दशै चाडलाई कोभिड - १९ (कोरोना) महामारीको असहज माहोलमा पनि विश्व स्वास्थ्य संगठनले जारी गरेको मापदण्ड भित्ररहि सबैले साविक वर्षहरु भन्दा अलि खुम्चिएर मनाउदै  सनातनी परम्परा र संस्कारलाई निरन्तरता दिएर बिदा दिएका छन् ।

       हुनत ३०° अंश बिग्रिरहेको प्रचलित पात्र अनुसार कार्तिक १ बाट म्वःनी र दशै पर्व सुरु भएको भएतापनि सुधाररीएको पात्र अर्थात पर्व समय सुधार कार्यदल अनुसार भने एक महिना अघि नै गईसकेका छन् तर पनि जब सम्म राज्यस्तरबाट सुधारिएको पात्र नआए सम्म सामाजिक मर्यालनलाई कायम गर्न पनि ३०° अंश बिग्रि रहेकै प्रचलित पात्र तोकेको पर्व समयलाई मान्ने पर्ने साकाजिक  दायित्वबाट अलग रहन सकिन्न ।

      चन्द्रमासको कौलाथ्व पारु / सौर्यमासको आश्विन शुल्क प्रतिपदाका दिन देखि कतिंपून्हि / कोजाग्रत पूर्णिमा सम्म एउटै तिथि मितिमा नेवाः समुदायले म्वःनी नखः र गैह्र नेवाः समुदायले दशै पर्व मनाए । 

        केही मङ्गोलियन नेपालीले गत वर्षहरुमा झै यश वर्षको दशैलाई पनि बहिष्कार गर्ने परिपाटीलाई आ-आफ्ना निधारमा मात्र हैन अनुहारमै कालो मोसो दलेर बहिस्कारको निरन्तरता दिए ।  आफ्ना घले राजा मारेको दिनलाई कसरी  बिजय उत्सवका रुपमन पर्व मनाउन आत्माले स्वीकृति दिन सक्छ भन्ने दशै बहिस्कार वादी मंगोलिनहरुको भनाई रहिआएको छ ।

      म्वःनी नखः मानेर कुलछि भ्वय् खाई स्याक्वत्याक्व समेत गर्दै आफ्नो जातिय पहिचान दिन्दै आएका मध्यका केहि नेवाःहरुले भने आफ्नो मौलिक पहिचान समेत बिर्सेर  म्वःनी नखःलाई दशै दशै भन्दै रमाउँदै मनाउने गरेको पनि देखियो ।

       कोभिड - १९ ( कोरोना) महामारीका कारण सबैले सामाजिक तथा भौतिक दूरि कायम गरेरर महामारीको संक्रमणबाट आफू बच्न र अरुलाई पनि बचाउन  म्वःनी तथा दशै मान्ने कयन सनातनीहरु घरमै बसेर शक्ति पीठहरुको स्मरण गर्दै  आरधना गरेर पर्व मनाए भने केही सनातनीहरु कोरोना महामारीलाई बेवास्ता गर्दै कोरोना महामारीका कारण बन्द अवस्थामा रहेको शक्ति पीठहरुमा पनि जिद्दी गर्दै मन्दिरको ढोका बाहिर बाटै पूजा गर्दै आफ्नो परम्परागत आस्था र विस्वासलाई यश वर्षको असहज परिस्थितिको पर्वमा पनि निरन्तरता दिएर म्वःनी नखः तथा दशै पर्व मनाएर म्वःनी तथा दशै चाड पर्वको आज कन्तिम दिन कतिंपून्हि(सिघःपुन्ह) / कोजाग्रत पूर्णिमाका दिन पारु/ प्रतिपदाका दिन स्थापना गरिएको जमरा सहिको घटस तथा फुल प्रशादहरु नेवाः समुदायले घरको ढोका अगाडि विराजमान रहुनु भएका कुमार, गंगा तथा क्षेत्रपालका रुपमा समेतका पिखालखुमा विसर्जन गर्दै म्वःनी नखः आजबाट समाप्त भयो भन्ने जानकारीका रुपमा संस्कृतिलाई निरन्तरता दिन्दै नखःलाई बिदा दिए भने गैह्र नेवाःहरुले भने खोलानालामा वा आफ्नो अनुकुल स्थानमा सेलाएर विसर्जन गरि दशैलाई अर्को साल सम्मलाई बिदा दीए ।

        सनातन देखि चल्दै आएको यश वर्षको म्वःनी नखः तथा दशै पर्वलाई कोरोनाको दरले खुम्चिएर मनाउँदै आजबाट बिदा दिएर बाई बाई गरें भने दुर्भाग्य विस्वमा हलचल मचाएर विस्वमानवलाई नै त्राहि त्राहि बनाउने त्यो दुस्त  कोभिड - १९ ( कोरोना) भाइरसलाई हामी कसैले बिदात के लखेत्न समेत सकेका छैनौ । 

        हे दुस्त संहारीणि तिम्रो त्यो  दुर्गा शक्ति भन्दा पनि कोभिड - १९ ( कोरोना ) को शक्ति बलवान्     नदेखियोस । हे  दुर्गा शक्तिदायणि तिम्रो त्यो दुस्त संहारिणि शक्तिले कोभिड - १९ ( कोरोना ) लाई पनि संहार गरि विश्व र विस्वमानव रक्षा होस् जय जय जय दुर्गा भवानी माता , तिम्रो सदा जय होस् र तिम्रो जयबाट सबको कल्याण होस् ।#प्रकाशमानशिल्पकार

कान्तिपुर नगरका शक्तिपीठ

 logo

२०७७ कार्तिक १५ शनिवार
epapper

कान्तिपुर नगरका शक्तिपीठ

विचार/दृष्टिकोण |



प्रकाशमान श्रेष्ठ शिल्पकार /सन्दीप सापकोटा

मानव सभ्यताको विकाससँगै मान्छेले सर्वप्रथम शक्तिको पूजा गरेको तथ्य विधि सभ्यताहरूको ऐतिहासिक अनुशीलनबाट थाहा पाइन्छ । सृष्टिको उषाकालबाट मातृशक्तिको आराधना गर्ने परम्परा चलेको हो भन्नुमा पनि कुनै दुविधा छैन । शक्तिको सर्वव्यापकतालाई सहज रूपमा ग्रहण गरेर आमजनजीवनमा सर्वस्वीकार्य बनाउनका लागि नै विभिन्न शक्तिपीठको स्थापना भएका हुन् । शक्तिको आराधना गर्ने तौरतरिका देश, काल र परिस्थिति विशेषका आधारमा फरक हुने गर्छ । नेपाली परिवेशलाई नै उदाहरण मानेर हेर्ने हो भने पूर्वी नेपालमा शक्तिलाई माई शब्दले सम्बोधन गर्ने, सुदूरपश्चिमी क्षेत्रमा मालिका, पश्चिमी क्षेत्रमा भुवानी र काठमाडौँ उपत्यकामा अजिमा आदि नामले सम्बोधन गर्ने गरिएको पाइन्छ । यसका साथसाथै उपासना पद्धति पनि फरक रहेको छ । यस लेखमा शक्ति उपासनाको महŒवपूर्ण केन्द्रका रूपमा रहेको काठमाडौँ उपत्यकामा श्रद्धालुहरूद्वारा उपास्य रहेका शक्तिका विविध स्वरूपबारे सङ्क्षिप्त चर्चा गर्ने प्रयास गरिएको छ ।
अजिमापीठ
अजिमायुक्त शक्तिपीठ अर्थात्् मातृका (शक्ति) पीठ, जहाँ आगमिक (तन्त्र) उपासना पद्धतिका विभिन्न मार्ग एवम् विधिविधानले आफ्नै पूर्वजका रूपमा सकारेर पूजा गरिन्छ । अजिमा शब्द नेपाल भाषाको शब्द हो । जसको अर्थ हुन्छ– बज्यै देवता । अजिमासँगै पीठ शब्द जोडिएपछि त्यसमा एउटा सिङ्गो शक्ति परिवारलाई जनाउँछ । अर्थात्् शक्तिपीठमा केवल शक्तिको मूर्त वा अमूर्त स्वरूपको मात्र अवस्थिति हुने होइन, शक्तिका साथसाथै गण देवताहरूको पनि उपस्थिति हुने गर्छ । पीठलाई परिभाषित गर्न गण र शक्तिसहित रहने अनुचरलाई बिर्सिन हुँदैन । उदाहरणका लागि भद्रकाली शक्तिपीठमा भद्रकालीका साथसाथै गणेश, कुमार, कुमारी, मातृकागण, भैरवगण, योगिनीगण, सिंहिनी, व्याघ्रिनी, छ्वासलगायत गणदेवता र तिनका अनुचर हुन्छन् । काठमाडौँ उपत्यकाका धेरैजसो शाक्त मन्दिरहरू पीठका रूपमा स्थापित रहेको देखिन्छ किनभने त्यहाँ मूर्त वा अमूर्त स्वरूपमा गणहरू विद्यमान छन् ।
काठमाडौँ उपत्यकामा शक्तिका विविध स्वरूपलाई कुनै अलौकिक वा मिथकका रूपमा नभई लौकिक स्वरूपमा ग्रहण गर्ने परिपाटी छ । विभिन्न देवीलाई अजिमा (हजुरआमा देवता) र आजुद्यः (बाजे देवता) का रूपमा लिएर शक्तिबाट मातृवात्सल्यताको कामना राखी शक्तिसँग सन्निकट भएको महसुस गरिन्छ । काठमाडौँका कतिपय समुदायले विभिन्न देवदेवीलाई आफ्नो पुर्खाका रूपमा ग्रहण गरेको पाइन्छ । अनि यी देवदेवीको नियम पूजा चलाउने, जात्रापर्वका लागि आवश्यक प्रबन्ध मिलाएर यसप्रकारका नैमित्तिक, काम्य कर्म र अनुष्ठान सम्पन्न गरिन्छ । देवदेवीसँग सम्बन्धित मन्दिर, देवगृह (द्यो छेँ), पाटीपौवा, ढुङ्गेधारालगायत पुराताŒिवक एवम् धार्मिक सम्पदाको संरक्षण गर्ने जिम्मेवारी पनि
लिएको पाइन्छ ।
लिच्छवि राजा गुणकामदेवले प्राचीन नेपाल (नेपालमण्डल) उपत्यकाको दक्षिणमा रहेको मञ्जुपतन यङ्गाल कोलिग्राम बस्ती र उत्तरको यङ्गु कोलिग्राम बस्ती नामक दुई बस्तीलाई समावेश गरेर त्यसको आसपासको भूमिलाई (बाग्मती, इच्छुमती (टुकुचा), विष्णुमती र रुद्रमती (धोबिखोला) नदीकिनारमा) कान्तिपुर नगरका रूपमा स्थापना गरे । नगरको चारैतर्फ उच्च तन्त्रोक्त विधिले खड्ग आकारमा अष्टमातृकाका पीठ र अष्टभैरव स्थापना गरेर दुर्ग (नगर सुरक्षा घेरा) निर्माण गरेर उनले शासन व्यवस्था चलाएको तथ्य नेपाल भाषा वंशावलीमा उल्लेख गरिएको छ । काठमाडौँको स्थानीय परम्पराअनुसार स्थापित भएका मातृकालाई अजिमा र भैरवलाई आजु द्यः (बाजे देवता)का रूपमा पूजा गरिने प्रचलन छ । यसरी खड्गाकार रूपमा स्थापना गरिएका अजिमाले शत्रु राज्यका दुस्मनले आक्रमण गरेमा विपक्षीको शक्तिलाई निस्तेज गरी नगरको संरक्षण गर्ने र नगरको श्रीवृद्धि गर्न राजालाई आवश्यक सरसल्लाह दिने गर्दथे भन्ने मान्यता रहिआएको छ । हरेक वर्ष यी मातृकाको धुमधामसाथ जात्रा चलाई पञ्चबलि समर्पणका साथ विशेष पूजा गरिने प्रचलन आजसम्म
चलिआएको छ ।

खड्गाकारमा रहेका अजिमा
कान्तिपुरमा खड्गाकारमा रहेका अष्टमातृका निम्न छन् ः (१) कङ्ग अजिमा (कङ्केश्वरी), (२) न्यतमरू अजिमा (श्वेतकाली, नरदेवी), (३) लुँति अजिमा (इन्द्रायणी, ढल्को), (४) म्हैपी अजिमा (ज्ञानेश्वरी, म्हैपी), (५) मैतीअजिमा (पञ्चकुमारी, बालकुमारी, मैतीदेवी), (६) तकती अजिमा (नीलवाराही, कालीमाटी), (७) बछला अजिमा (वत्सलादेवी, पशुपति) र (८) लुँमढी अजिमा (भद्रकाली, टँुडिखेल) । यद्यपि, यस विषयमा विभिन्न विद्वान्को विभिन्न मत रहेको पाइन्छ । संस्कृतिविद् महेश्वर जुजु राजोपाध्यायका अनुसार खड्गाकारमा स्थापित अष्टमातृका क्रमशः नै अजिमा (वैष्णवी), कङ्ग अजिमा (वाराही), लुँति अजिमा (इन्द्रायणी), प्वार्पा अजिमा (चामुण्डा, नारसिंही), चन्द्रलखु अजिमा (महालक्ष्मी), पासिक्व अजिमा (ब्रह्माणी), लुँमढी अजिमा (महेश्वरी) र फिब्ब अजिमा (कौमारी) हुन् । खड्गको बिँडका रूपमा पचली भैरव रहेका छन् । प्राचीन कान्तिपुर नगरको सीमाङ्कनका आधार यिनै मातृका पीठ थिए । जसमा आधारित रहेर कान्तिपुर सहरभित्र र सहरबाहिरका क्षेत्रमा शासन सञ्चालन हुन्थ्यो ।
मध्यकालीन नेपाल खाल्डोका शासकमध्ये कान्तिपुरका राजाले नगर संरक्षिकाका रूपमा तान्त्रिक विधिबाट अष्टमातृकाको खड्गाकारमा स्थापना गरेर पूजा प्रक्रम चलाएजस्तै भक्तपुर (भादगाउँ)का राजाले यन्त्राकारमा नवदुर्गाको स्थापना गरेको देखिन्छ भने पाटनका राजाले शङ्खाकारमा दशमहाविद्याको स्थापना गरेर शक्ति साधना गरेको पाइन्छ । यसका साथै तत्कालीन नेपाल मण्डलका तीनवटै सहर काठमाडौँ, ललितपुर र भक्तपुरका शासकहरूले राज्यश्रीका रूपमा परमआराध्या तलेजु भवानीको मन्दिर स्थापना गरेर अत्यन्त गोप्य तन्त्र विधिले शक्तिलाई प्रधान्यता दिई शक्ति साधना गर्नेे गर्थे । अहिले पनि राज्यसत्ताको प्रतिनिधिका रूपमा खड्गलाई राखेर विभिन्न जात्रापर्व, पूजाअनुष्ठान आदि कार्य सञ्चालन हुँदै आएको छ ।

कान्तिपुरका अन्य अजिमापीठ
नगर क्षेत्रभित्रका अन्य विभिन्न स्थानमा अजिमायुक्त शक्तिपीठ प्रचुर मात्रामा विद्यमान छन् । ती अजिमा हुन्– नई अजिमा (नकिनि अजिमा, पचली, टेकु), ख्वना अजिमा (सिकाली पचली, टेकु), पासिक्व अजिमा (महालक्ष्मी, तीनधारा पाठशाला, कमलादी), फिसः (फिब्ब अजिमा, टुकुचा, माइतीघर), मनमैजु अजिमा (मनमैजु), असंभुलु अजिमा (अन्नपूर्ण देवी, असन), लुचुंभुलु अजिमा (केलटोल), कुलांभुलु अजिमा (रक्तकाली, त्यङ्गल), सख्वना माजु (नील सरस्वती, लैनचौर, लाजिम्पाट), कल्खु अजिमा (कलङ्की), तुसिमरु अजिमा (श्वेतकली, बालुवाटार), कुलेश्वर अजिमा (कुलेश्वर), प्राचीन बौद्ध अजिमा (बौद्ध), त्वरद्यः अजिमा (टुडाँलदेवी, विशालनगर), वटु अजिमा (भद्रकाली, वटु), पोर्पा अजिमा (रानी देवी, रानीबारी, लाजिम्पाट), प्याथ्वः अजिमा (बाइसधारा, बालाजु), दोलब्व (दोला) अजिमा (कुमारी, राष्ट्रबैङ्क गेटसँगै, थापाथली), न्हेकंतला अजिमा (उग्रतारा, न्हेकंतला), चन्द्रलखु अजिमा (नारायणहिटी दरबारभित्र), अरीं अजिमा (चिकंमुगल), दुई अजिमा (दुमाजु) (रत्नपार्क, खुलामञ्च गेट), भमलु अजिमा (कमलादी, असन), हारती अजिमा (स्वयम्भू), विजेश्वरी अजिमा (विजेश्वरी), ममता अजिमा (भाटभटेनी), जातिका अजिमा (थबःहि), हाकु अजिमा यट्खा (चोखाछेंगल्ली), महालक्ष्मी अजिमा (जनसेवा), ज्वाला अजिमा (त्यौढ), बिजेश्वरी अजिमा
(बिजेश्वरी), तारिणी अजिमा (मखन बहाल), चास्को अजिमा (रुद्रायणी) आदि कान्तिपुर नगरभित्रका प्रमुख अजिमापीठ हुन् ।
यी अजिमाका साथसाथै कान्तिपुर नगरभित्रका परम्परागत नेवार बस्तीमा आ–आफ्नो क्षेत्रको छ्वास अजिमा तथा अधिकांश बस्तीमा कुमारी स्थान (पीठ) रहेकोसमेत देख्न सकिन्छ । कान्तिपुर नगरका साथसाथै पाटन, भक्तपुर, बुङमती आदि स्थानमा जीवित देवी कुमारीका रूपमा बालिकालाई देवत्व प्रदान गरिने चलन छ । कुमारीलाई पनि राज्यको अधिष्ठात्री देवी नै मानेर राज्यका तर्फबाट नित्यनैमित्तिक पूजा उपलब्ध गराउने चलन छ । कान्तिपुर नगरभित्रका अन्य प्रधान शक्तिपीठहरू हुन्– तलेजु भवानी, द्वयमाजु (दिगु तलेजु), पुरानो गुह्येश्वरी (गोलढुङ्गा), गुह्येश्वरी (ग्वँल), शुभाभगवती (स्वाहाभगवती), दक्षिणकाली, नक्साल भगवती, कालिकास्थान, डिल्लीबजार, मैतिदेवी, कलङ्कीमाई, धुम्बाराही, भाटभटेनी, चामुण्डा (शङ्खमुल) आदि । काठमाडौँ उपत्यकाको स्थानीय चलनअनुसार मोहिनीनखः मनाउने नेवार समुदायले नौरथाका हरेक दिन एक÷एक शाक्तपीठको दर्शन पूजा गर्ने गर्छन् । राज्य÷प्रभुसत्तालाई होस् वा सामान्य जनतालाई नै किन नहोस् शक्तिको अपरिहार्यता सबैलाई रहन्छ । त्यसैले शरद ऋतुमा पर्ने शारदीय नवरात्रमा र वसन्त ऋतुमा पर्ने चैतेदसैँलगायतका सनातनीय पर्वमा अजिमाको विशेष पूजा आराधना हुने गर्छ ।

आमजनजीवनमा मातृका
काठमाडौँ उपत्यकाको स्थानीय लोकपरम्परामा विभिन्न देवदेवी एवम् मातृशक्तिलाई दैनिक प्रयोगमा आउने विषयहरूसँग सम्बद्ध गरेर प्रयोग गरिएको पाइन्छ । उदाहरणका लागि घरको मूल ढोकाको आग्लो (क्वयँ)लाई गणेशको प्रतीक, आग्लोको दायाँबायाँ सिंहिनी र व्याघ्रिनी, धान चामल भण्डारण गर्ने भकारीलाई अन्नपूर्ण वा महालक्ष्मीको प्रतीक, सिलौटालाई कुमारी, लोहोरोलाई वैष्णवी, चिउरा कुट्ने ओखललाई वाराही, पानी राख्ने घैँटोलाई चामुण्डा, भात पकाउने कसौँडीलाई महाकाली, तरकारी वा दाल पकाउने कराही वा भाँडालाई कुमार, कुचोलाई ब्रह्माणी, नाङ्लोलाई महेश्वरीको प्रतीक मानेर देवीदेवीलाई आमजनजीवनसँग जोडिएको पाइन्छ । त्यस्तै कृषि कर्म गर्ने किसान, शिल्प कर्म गर्ने शिल्पीहरूले आ–आफ्नो ज्यावललाई गणेश, भीमसेन, विश्वकर्मा र विविध मातृकाको प्रतिमूर्ति मानेर पूजा उपासना गर्ने गर्छन् । अतः गृहविज्ञान, आहारविज्ञान, प्रकृतिविज्ञानलगायतमा पनि शक्तिलाई विशेष रूपमा हेर्ने गरिएको पाइन्छ । यसबाट आमजीवनलाई शक्ति सापेक्षमा हेरिएको हुन्छ भन्ने पनि पुष्टि हुन्छ ।

सामाजिक समन्वयका आधार
आस्थाको केन्द्रका रूपमा स्थापित यी शक्तिपीठ काठमाडौँ उपत्यकाको विशिष्टतम् महŒव झल्काउने धार्मिक, साँस्कृतिक समन्वयका आधार हुन् । उदाहरणका लागि सतीदेवीको गुह्यस्थान पतन भएको मानिने गुह्येश्वरी शक्तिपीठमा हिन्दुहरूले गुह्यकालीको स्वरूपमा र बौद्धहरूले हेबज्र नैरात्मा योगिनीका रूपमा पूजा गर्ने परम्परा रहिआएको छ । त्यस पीठमा एकै समय हिन्दु बौद्धहरूले आ–आफ्नो मार्गबाट पूजा उपासना गर्छन् । फरक–फरक धर्मको समन्वय गर्ने र समभावलाई कायम राख्न शक्तिपीठहरू
उदाहरणीय छन् ।
नेवार समुदायले मात्रै अजिमाको पूजा उपासना गर्छन्, पर्वते समुदायले गर्दैनन् भन्नु गलत अवधारणा हो । येनकेन प्रकारेण, काठमाडौँका विभिन्न अजिमालाई नै विविध मातृकाका रूपमा आर्यहरूले पनि पुज्ने गर्छन् । यसरी सामुदायिक सद्भावका संवाहकका रूपमा पनि काठमाडौँ उपत्यकामा अजिमाहरूलाई लिइन्छ ।

(लेखकद्वय काठमाडौँ उपत्यकाको  मौलिक संस्कृतिबारे अनुसन्धानरत हुनुहुन्छ ।) 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?


Friday, October 30, 2020

टीका

 टीका

✡ पृष्ठभूमि 


      टीकाको शाब्दिक अर्थ शब्दकोषमा हेर्ने हो भने १. कुनै पद, पदावली, वाक्य, अनुच्छेद र ग्रन्थहरूको अर्थ स्पष्ट गरी लेखिएको व्याख्या; अर्थ; भाष्य। २. निधारमा लगाइने चन्दन, अबिर, सिँदूर आदि; टिको; तिलक। ३. थोप्लो, ४. दाग, ५. शीतला माई बिफर आदि रोगका विरुद्ध पहिले नै गरिने खोप भन्ने बुझिन्छ । टीकाको उल्लेखित शाब्दिक अर्थहरु मध्यका एक मानिसले निधारमा लगाइने चन्दन, अबिर, सिँदूर, म्वःनी सन्ह, टिको तथा तिलकका बारेमायहाँ  केही भन्ने प्रयत्न गर्दैछु ।


✡ टीका लगाउने संस्कार


       सतनातनी नेपाली समाजमा  विभिन्न पर्व समयमा तथा सामाजिक संस्कारहरुमा गुलरुजन र मान्यजनहरु बाट टीका लगाईदिने , टीका   थाप्ने संस्कार रहेको छ । त्यस्तै मठ मन्दिरमा देवी देवताको पूजा अर्चना तथा दर्शन गरे पश्च्यात प्रशाद तथा आशिर्वाद स्वरुप निधारमा टीका लगाउने संस्कार रहेको छ । त्यस्तै नै विवाहित महिलाहरूले सौभाग्यको प्रतीक स्वरूप सधैँ रातो टीका लगाउने चलन रहेको छ । नेपालमा हिन्दू मात्र नभई बौद्ध, किरात, बोन धर्मावलम्बी तथा आदिवासी जनजातिहरूले समेत टीका लगाउने संस्कार रहेको छ । मन्दिर गएर होस् वा अन्य पूजाआजा तथा पर्वमा होस्, निधारमा टीका लगाउने गर्छन् । चन्दन, केसरी, अवीर आदिको टीका लगाउनुका पछाडि थुप्रै कारण दिने गरिए पनि मुख्य कुरा यो परम्पराको निर्वाह हो । टीका सनातनी संस्कृतको पहिचान हो । “मानिसको आस्था, मर्यादा, पहिचान र संस्कृतिलाई संकेत गर्ने चिह्न हो टीका” ।

       


✡ टीका निधारको बीच भागमा लगाइन्छ


      निधारमा टीका वा चन्दन लगाउनु सनातनी धर्मको विशेषता हो । साधारण टीका निधारको बीच भागको मुख्यत दुई आँखाका बीचमा लगाइन्छ । दुई आँखाको ठिक बिचमा आज्ञाचक्र हुन्छ जसलाई  गुरुचक्र पनि भनिन्छन् , ईश्वर गुरु आात्मा याैटै तत्त्व भएकाले देवताकाे ध्यान त्यहीँ हुन्छ। मानिसहरु आ-आफ्नो इच्छा अनुसार निधारको बिच भागको तल, माथि वा बिचमा पनि टीका लगायने गरिन्छ  । सनातनी संस्कार अनुसार बिहान जपपूजा गरिसकेपछि निधारमा चन्दन, भस्म, केशर लगाइने गरिन्छ । टीका लगाउने चलन प्राचीनकालदेखि चलिरहेको छ । यात्रा मंगलमय होस् भनेर घरबाहिर निस्कने मानिसलाई चन्दन अथवा अबिर चामल र दहि मुच्छेको सगुण टीका लगाइन्छ । 

       सामान्यतया टीका निधारमा लगाउने भएतापनि शरिरको अन्यभागहरु जस्तै सिर, घाँटी, हृदय(छाती), नाईटो, पाखुरा, नाडी लगायतमा समेतमा विशेष टीका लगाईनछन्।

      दुई आँखीभौं बीचको भाग (भृकुटी) इडा, पिंगला र सुषुम्ना भनिने तीन वटा मूल नाडीको संगमस्थलमा लगाईने टीकाका बारेमा सनातन धर्म र संस्कृतिबारे अध्ययनकर्ताहरु टीका लगाउने संस्कृति धर्मशास्त्रभन्दा बढी योग र ध्यानसँग जोडिएको मान्छन् । आज्ञाचक्रमा औंला राखेर ऋषिहरूले आफ्ना शिष्यलाई आज्ञा र मन्त्र दिने चलन थियो”, भन्छन् । आज्ञाचक्र एवं गुरुचक्रका रुपमा रहेको दुई आँखीभौं बीचको भृकुटीमा औंला राखेर ऋषिहरूले आफ्ना शिष्यलाई आज्ञा र मन्त्र दिने चलन थियो” भन्ने अध्ययनकर्ताहरु भन्ने गर्छन्।

      त्यसरी नै मान्यजनले आफूभन्दा सानालाई आज्ञाचक्रमा औंला राखेर केही आज्ञा दिएमा गुरु मानेर शिरोपर गर्छ भन्ने मान्यताबाट टीका लगाउने संस्कृतिको विकास भएको अध्ययनकर्ताहरु बताउँछन् ।


✡ टीका लगाउनुको वैज्ञानिक कारण


      टीका लगाउनुको धार्मिक मात्र नभएर वैज्ञानिक कारण पनि छ । खासमा हाम्रो शरीरमा सातवटा सूक्ष्म ऊर्जा केन्द्रहरू हुन्छन् । तीमध्ये एक आज्ञाचक्र हो । यो निधारको दुई आँखीभौं ठीक बीचको भागमा  अवस्थित हुन्छ । यो आज्ञाचक्रमा शरीरका तीन प्रमुख नाडीहरू इडा, पिंगला र सुषुम्ना आएर मिल्छन् । त्यसैले यसलाई त्रिवेणी पनि भनिन्छ ।

       आज्ञाचक्रलाई  शरीरको सबभन्दा पूजनीय स्थान मानिन्छ । यसलाई गुरुस्थान भनिन्छ किनकि यहीँबाट पूरा शरीर सञ्चालन हुन्छ र यो हाम्रो चेतनाको मुख्य स्थान पनि हो । ध्यान लगाउँदा पनि यही ठाउँमा मन एकाग्र गरिन्छ ।

साधारणतया यही ठाउँमा चन्दन लगाइन्छ । चन्दनको गुण नै शीतल हो । त्यसैले चन्दन लगाउँदा मस्तिष्कमा शान्ति र शीतलता प्राप्त हुन्छ । दिमागमा जोड परेर टाउको दुख्न थाल्दा चन्दन लगाउनुस् । बिहान उठेर नुहाउनेबित्तिकै निधारमा चन्दन लगाउने व्यक्तिलाई टाउको दुख्ने समस्या हुँदैन ।महिलाहरूले थाप्लोमा सिन्दूर लगाउनुका पछाडि पनि एक कारण छ । खासमा रातो रंग ऊर्जा र स्फुर्तिको प्रतीक हो । यसरी तिलक लगाउँदा महिलाको सौन्दर्य बढ्छ ।


✡ टीकाका आकार प्रकार


      सनातनी संस्कृतको मौलिकता दर्शाउने टीका लगायने प्रकार ८० प्रकारका रहेको छ भन्ने जानकारहरुको भनाईरहेको पाइन्छन् । सबै भन्दा बढि बैष्णव सम्प्रदायले मात्र ६४ प्रकारको टीका लगाउने गरेको भन्ने गरेको पाइन्छन् । 


✡ वैष्णव सम्प्रदायले लगाउने टीका 

      वैष्णवी सम्प्रदायले लगाउने ६४ प्रकारका टीका मध्य प्रमुख टीकाहरु मध्य १. रामानन्द(रामावत) तिलक, २. विष्णुस्वामी तिलक, ३. माधवाचार्य तिलक, ४. निम्कार्क तिलक आदि हुन् ।

✡ शैव सम्प्रदायले लगाउने टीका

        शैवहरु खास गरेर निधारमा छड्के टीका तथा त्रिपुंड तिलक लगाउने गरिन्छन्।    

✡ साधाण टीका

      सनातनीहरुले निधारका साधारणत सानो थोप्लो वा अलि लाम्चो टीका लगायने गरिन्छ ।

     

✡ टीकाका प्रकार तथा रङ्ग 

१- अबिरको टीका

२- केशरीको टीका

३- चंदन

४- भस्म (विभूति )

५- चामलको पिठोको

६ - अबिर, चामल र दहि मुच्छेको

७ - भिजाएको चामलको टीका

८ - म्वःनी(तन्त्रसाधाना गरि बालेको बत्तीको ध्वाँसोको)

९ - सप्तरंगी टीका

१० - दहिको टीका / धौ सिन्ह(धौ सगँ)/ धौपति तिकेगु

१११ - पैतालाको कालो टीका

      नेपाली समाजमा अधिकांशले रातो रङ्गको टीका लगाउने गर्छन् । तर नेपालको दक्षिणी समथर सिमानामा बसोबास गर्ने आदिबासी थारु र पहाडमा बसोबास गर्ने केही आदिबासीहरुले चाडपर्वमा रङ्गीविरङ्गी टीका ग्रहण गर्दैनन् । प्राकृतिक सेतो रङ्गकै टीका ग्रहण गर्दछन् 

      पृथ्वीमा कुनै कृतिम रङको उत्पादन नहुँदा सेतो रङ्गकै बर्चस्व थियो । पछि मानवले विभिन्न खोजअनुसन्धान गरेर थरिथरिका कृतिम चिजवस्तुको उत्पदान गरे । अहिले प्राकृतिक सेतो रङ्गभन्दा त्यही कृतिम अन्य रङ्गले रंगाइएका झिलिमिली चिजवस्तुको बजार छ । मान्छेको मन र रोजाई पनि बहुरङ्गी भएको छ । चाडपर्वमा विभिन्न रङ्गीविरङ्गी चिजवस्तुको निर्माण र खपत हुनेगर्छ । यहाँसम्मकी मान्छेले चाडपर्वमा लगाउने टीकाको रङ्ग पनि विभिन्न रङ्ग मिसाएर बनाउने प्रचलन शुरुभएको   छ । 

      अधिकांस सनातनी नेपालीको ठूलो चाडका रुपमा रहेको दशै तथा म्वःनी(मोहनी)को बिजया दशमीका दिन अबिर र चामल मुछिएको रातो टीका लगाउने गर्छन् भने नेवाः समुदायले भने अबिर र चामल मुछिएको रातो टीका संगै म्वःनी सिन्ह( तान्त्रिक साधना विधि अनुसार बत्तीको ध्वनँसो बाट थापिएको कालो तिलक) समेत लगाउने गर्छन् ।

      थारु समुदायले दशैंमा अभिभावकबाट प्रसादकोरुपमा ग्रहण गर्ने टीका सेतो हुन्छ । चामलको पीठोको टीकासहित जमरा, बेबुरी (बाबरी) को फूल दशैंमा थारुले ग्रहण गर्छन् । त्यस्तै नै लामा तथा लिम्बु समुदायले भने दशैमा अबिर नमुछिएको चामलको टीका र जमरा दशैको टीका प्रशाद ग्रहण गर्ने सांस्कृतिक रहि आएको छ ।

      नेपालको अधिकांस मन्दिरहरुमा केशरी (पहेँलो), सिम्रिक र अबिर सहितको रातो टीका सहितको प्रशाद टीका रहेता पनि ग्वलँ श्री पशुपतिमा ( ग्वलँ महाद्यः)लगायत शिवमन्दिरहरुमा चन्दन तथा आर्यलोकेश्वर (मच्छिन्द्रनाथ) हरुको मन्दिरमा   चामलको पीठोको टीका प्रशाद रहि आएको छ । नाथ सम्प्रदाय लगायत जोगीहरुले भष्मको टीका आफ्ना भक्तजनलाई लगाईदिने गर्दैछन् ।

      पितृकार्यमा पहेँलो र भिजाएको चामलको टीका प्रशाद ग्रहण गर्ने गरिन्छन् ।


✡ सेतो टीका

       सेतो रङ शान्ति, प्रकाश र ज्ञानको प्रतीक हो । स्वच्छता एवं शान्तिको प्रतीकस्वरूप सेतो टीका ग्रहण गर्ने परिपाटी चलिआएको देखिन्छ ।

✡ रातो टीका

      पञ्चोपचार वा षोडषोपचारले पूजा गरेर बलि चढाइसकेपछि रगतले अक्षता रंगिन्छ । त्यही अक्षता शिरमा लगाउने भएकाले रातो अक्षता लगाउने चलन बसेको मान्ने विद्वानहरू पनि छन् । त्यसैले पनि रातो टीकाले काटमार एवं हिंसाको समेत अर्थ वहन गर्ने गर्छ ।

      रातो रङ विजय र बहादुरीको प्रतीक तथा  उत्साह, प्राण र सुरक्षाको प्रतीक समेत मान्छन् । इन्द्रेणीको सबैभन्दा माथिको रङ मात्रै होइन, सबैभन्दा लामो दूरीसम्म फैलिने भएकाले रातोलाई दीर्घायुको प्रतीक पनि मानिन्छ । त्यसै कारण टीकामा यसको प्रयोग अर्थपूर्ण मानिन्छ ।


✡ पहेँलो केशरी टीका 

      पहेंलो रङ्गको टीकाले  बोध ज्ञान र परमानन्दको प्रतिक हो ।


✡ कालो टीका

     कालो रङ्ग बिरोधको सङ्केत भएकाले पनि नेवाः समुदायले म्वःनीमा लगाउने म्वःनी सिन्ह( तान्त्रि विधि साधनाबाट तयार गरिने काल‍ो तिलक)ले नेवाः समाजमा राज्य शक्तिबाट दशै पर्व बलजफ्ती लाद्ने प्रयासको बिरोधको सांस्कृतिक बिरोध समेत हो भन्ने केही जानकारहरुको मत समेत रहेको पाइन्छन् । 

     यढ तन्त्रसाधानबाट तयार पारिने म्वःनी सिन्हका रुपमा रहेको कालो तिलक म्वःनी नखःमा मात्र नभएर नेवाःहरुको विशेष पूजा आजामा तथा बुद्धिष्टहरुको पितृकार्यमा समेत टीका प्रशादका रुपमा लगाइन्छन् ।

           म्वःनी / माेहनीकाे अर्थ देवता खास गरी शक्ति त्यसमा पनि कालीकाे स्वरूप र उनैमाथिकाे समर्पण हाे, अथवा यसले अाफूलाई अरुका  कुदृष्टिबाट बचाउँछ पनि त्यसैले  कालो तिलका रक्षा कवचका रुपमा समेत  लिने गरिन्छन् ।


✡ सप्तरङ्गी टीका 

      गैह्र नेवाःहरुले भाईटीकामा सप्तरङ्गी टीका  लगाउने संस्कृति रहेको छ तर नेवाः समुदायको भाईटीकामा यो सप्तरङ्गी टीका लगाउने संस्कृति छैन ।

णउ

✡ दहिको टीका/ धौ सिन्ह( धौ सगँ)/ धौपति तिकेगु

     गैह्र नेवाःहरुमा दहि चामल र अबिर मुच्छेर टीका लगाउने संस्कृति रहे पनि शुद्ध दहिको टीका लगाउने चलन भने देखिन्दैनन् । तर नेवाः समुदायको विभिन्न संस्कारहरुमा सगुण लिने क्रममा तथा भोजमा अनिवार्य रुपमा अन्य टीका सरह दहिको पनि टीका लगाउनु पर्ने संस्कृति रहेको छ । यसलाई सामान्य बोलीमा धौ सिन्ह भने तापनि यो धौ सगँ हो जसलाई नेपाल भाषामा धौपति तिकेगु भनिन्छ। दहिको टीका( धौ सिन्ह / धौ सगँ) लगाउँदा पूरुषलाई दाहिने कंचतमात महिलालाई बायाँ कंचतमा लगाइन्छन् । नेवाः झ्वः भ्वयमा (भोजमा) भोजको पूर्व अन्त्यमा दहि राख्नु भन्दा अघि माथि देखि लहरै तल सम्म सबै भोज खाइरहेकालाई दहिको अनिवार्य टीका लगाउनु पर्ने संस्कृति रहेको छ । भोजमा यसरि दहिको टीका लगाएर भोज खाने क्रममा एउटा रमाईलो र अलि अफ्यारो स्थिति पनि आउने गर्छन् । त्यो कस्तो परिस्थिति भने सिङ्गो दहिको कतारो बोकेर लहरै दहि राख्दै आउँदा कतारोमा दहि सकिएर अर्को नयाँ दहिको कतारोबाट दहि थाप्ने वा लिने क्रम पालो जस्को पर्छन् उनलाई राम्रो समय सहितको दहिको सगुण परेको मान्यता हुन्छ र धौग्व लनत भन्दै सबैले बधाई दिने गर्छन् । यसरी रोल क्रम अनुसार दहिको सगुण पर्ने ब्यक्तिले दहि राख्न आउने सुवा वा भलिंलाई दक्षिणा दिनु पर्ने चलन रहेका हुन्छन् । यस्तो अवस्थामा गोजीमा दाम भएत कुनै अफ्थ्यारो परपस्थिति उत्पन्न हुन्न तर कारणबंश गोजीमा दाम छैन भने अनुहार रातोपिरो हुने अवस्था पनि हुन सक्छन् । दहिको टीका लगाउने यो संस्कृति नेवाःको जातिए पहिचान मध्यमा पनि परेको स्पष्ट देखिन्छन् । (यसरी भोज खाने क्रममा धौग्वलात भन्दै बधाई दिने र दक्षिणा राख्नु पर्नेे चलन ठाउँ र नेवाः भित्रकै समुदायमा पनि फरक फरक हुन पनि सम्छन् । यस्तो चलन खास गरेर भक्तपुरका नेवाःहरुमा चलेको देखिन्छ ।) यसरी रोल क्रम अनुसार दहिको सगुण पर्ने  ब्यक्तिले दहिको सगुण टीका लगाईदिने सुवालाई दक्षिणा दिनु पर्ने  चलन रहेका हुन्छन् । यस्तो अवस्थामा गोजीमा दाम भएत कुनै अफ्थ्यारो परपस्थिति उत्पन्न हुन्न तर कारणबंश गोजीमा दाम छैन भने  अनुहार रातोपिरो हुने अवस्था पनि हुन  सक्छन् । दहिको टीका  लगाउने  यो  संस्कृति नेवाःको जातिए पहिचान मध्यमा पनि परेको स्पष्ट देखिन्छन् ।

✡ पैतालाको कालो टीका

      नेवाः  समाजमा जसरि तन्त्र साधना अनुरुप तयार गरिएको मोहनि सिन्हको निधारमा लगाउदा जति सुरक्षा हुन्छ भन्ने आस्था  अनि विस्वास छ त्यस्तै नवजात बालबालिकालाई घरबाट बाहि कहिंकटै लानु पर्दा बालबालिकाको सुरक्षा कवचका रुपमा आमाले आफेनो पाईतलाको टीका लगाई दिने हामी  सनातनी नेपालीको चलन छ ।  बालबालिकाको सुरक्षा कवचका रुपमा लगाई दिने त्यो आमाको पाईतालाको  टीका पनि तन्त्र संगै सम्बनिध छ तर हामी त्यसबारेमा अनभिज्ञ छौ ।

✡  विधवा महिलले रातो टिका  लगाउन बञ्चित

      गैह्र नेवाः समाजमा बिधवा महिलाले रातो टीका र सिन्दुर  बाहेक अन्य सबै  प्रकारको चन्दन, केशरी तथा कालो तिलक लगायत लगाउन छुत छ । तर नेवाः समाजको विधवा महिलाले भुयु(भ्विइ) सिन्ह / सिन्धुर  टीका बाहेक  अबिरको रातो टीका लगायत सबै टीका लगाउन छुट रहेको छ ।

✡ केमिकल मिस्रीत टीका हानिकारक 

      

      कुनै कृतिम रङको उत्पादन नहुँदा सम्मको प्राकृतिक रङ्गहरुको टीकाले देवी देवताका मूर्तिहरुलाई कुनै असर नगरेतापनि अहिलेका केमिकलबाट उत्पादित अबिरबाट मूर्तिहरु धमाधम कूरुप हुँदै गएका प्राचीन मूर्तिहरुको अवस्थाले देखाइएको छ । मठ मन्दिरहरुमा रहेका प्राचीन प्रस्तर मूर्ति लगायत सबै मूर्तिहरुको सौन्दरियतालाई यथावत राख्ने हो भने अब हामीले  देवीदेवताको मूर्तिमा अबिरको टीका लगाएर श्रद्धा देखाईरहनु कुनै आवस्यक छैन । यदि तपाईं हामीमा इश्वर प्रति आस्था र विस्वास छ भने मठ मन्दिरको मूर्तिहरुको सौन्दरियताको रक्षा गर्नै पर्छ र अब हामीले मूर्ति पूजाका नाममा जथाभावी अबिर पोतेर देवी देवताको मूर्ति कुरुप बनाउने आस्थालाई परिवर्तन गर्नै पर्छ । अब हामीले मूर्तिलाई हैन  मूर्ति अगाडि कुनै उचित पूजा गर्ने स्थलको व्यवस्था गरि पूजा गर्ने अथवा भनौ मूर्तिलाई टाढैबाट दर्शन गर्ने नयाँ संसकार अँगाल्नु पर्छ अनि मात्र हाम्रा पूर्खाहरुले हामीलाई नासोका रुपमा छाडेर गएका सम्पदाहरुको सुरक्षितका साथ भोलिका नयाँ पूस्तलाई सुम्पिएर जान सक्नेछन् अन्यथा हामीलाई भोलि हाम्रा सन्ततिले सराप्ने छन् ।


✡ केमिकल मिस्रीत टीका मानिसलाई पनि हानिकारक  छ

  

    विभिन्न पर्व समयमा तथा सामाजिक संस्कारहरुमा गुलरुजन र मान्यजनहरु बाट टीका लगाईदिने , टीका थाप्ने संस्कार रहेको भए तापनि अब हामी हाम्रो अनुहारको रक्षाका लागि केमिकल मिस्रीत टीकाहरु जथाभावी  लगाउन छोड्नु पर्छ अन्यथा देवी देवताको मूर्ति जस्तै अबिरले हाम्रो अनुहार पनि कुरुप बनाउन बेर छैन ।

      

✡ कुन अौलाले कसलाई टीका लगाउने

      टीका त लगाइन्छ तर कुन औंलाले टीका लगाउनुपर्छ भन्ने कुरा टीका लगाउने जति सबैलाई थाहा नहुन सक्छ ।

टीका दाहिने हातको औंलाले मात्र लगाइन्छ । सबैले टीका दाहिने हातको अौंलाले मात्र लगाउने भएता पनि नेवाः संस्कृति र गैह्र नेवाः संसेकृतिमा भने टीका लगाउने अौंला भिन्नता रहेको देखिएको छ । 


✡ नेवाः संस्कृतिमा कुन कुन अौंलाले कस कसलाई टीका लगाइन्छ 

       नेवाः संस्कृति अनुसार हाम्रो हातको पाँच अौलाहरु मध्य बेग्ला बेग्लै अौलाले देव देवता, ब्राम्हण, पितृलाई टीका लगाउने संस्कति र संस्कार रहि आएको छ । नेवाः संस्कृति र संस्कार अनुसार बुरि पतिं ( म्हाला पतिं ) ( बुढी अौलाले) ब्राम्हण पुजनाका लागि, च्वला पति(चोर औला) पित्रृ  पुजनका लागि, दथु पति( माझी  औला ) शत्रु पुजाका लागि, अङ्गू  पति(साइली औला) आत्म(स्वयम् आफ्नै) पुजाका लागि र सिका पति ( कान्छी औला) देव पुजाका लागि टीका लगाउन अौला प्रयोग गरिन्छ।


✡ गैह्र नेवाः संस्कृति अनुसार कुन अौंलाले कसलाई टीका लगाउने

      बूढी औंलाः बूढी औंलालाई संस्कृतमा अंगुष्ठा भनिन्छ । बूढी औंलाले अतिथिलाई टीका लगाइन्छ । आफूबाहेक अरू मानिसलाई टीका लगाउन पनि यही औंलाको प्रयोग गरिन्छ । चोरी औंलाः चोरी औंलालाई संस्कृतमा तर्जनी भनिन्छ । यो औंलाले पितृगण अर्थात् पिण्डपूजा गरिन्छ । माझी औंलाः माझी औंलालाई संस्कृतमा मध्यमा भनिन्छ । यो औंलाले स्वयंलाई टीका लगाइन्छ । साहिँली औंलाः साहिँली औंलालाई संस्कृतमा अनामिका भनिन्छ । भगवान् तथा देवतालाई टीका लगाउन वा पूजा गर्न यो औंलाको प्रयोग गरिन्छ । कान्छी औंलाले टीका लगाइँदैन । तर कसै कसै कसैले आफुलाई टीका लगाउदा साहिंली अौला पनि प्रयोग गरिन्छन् र माझी र कान्छी अौं ला टीका लगाउन , लाउन प्रयोग गरिन्दैनन्।


#प्रकाशमानशिल्पकार

Friday, October 23, 2020

मोहनि र दशै एउटै तिथिमा मनाउने दुई भिन्न पर्व हुन्

 मोहनि र दशै एउटै तिथिमा मनाउने दुई भिन्न पर्व हुन्


      नेवाः संस्कृति  अनुसार वर्षभरिमा केहिन केहि नखः चखः, जात्रा पर्व आदि इत्यादि क्रमशः आईन‌े रहेका हुन्छन् । अनि हामीले आफ्नो गाउँ ठाउँ र रितिरिवाज अनुसार पर्वहरु मनाइ रहेका हुन्छन्  । वर्ष भरिनै यसरी आईरहने नखः चखः , जात्रा, पर्वहरु  यहाँका वासस्थानको भौगोलिक स्थिति, सामाजि स्थित र गरमयाम अथवा जाडोयामको मौसमी समय अनुसारको आफुलाई अनुकुल गर्दै लग्न अथवा वातावरणीय अनुकुल गर्न सुहाउने गरि शरिरलाई चाहिने किसिमको खान पिन अथवा खुराकका रुपमा नखः चखः पर्वहरु मनाउदै आएका छन् । त्यस्तै नै यहाँका नेवाः सामाजिक जिवनमा महुसुस गरेर वा महसुस नगरेरै पनि अथवा  प्रत्य अप्रत्यक्ष  विभिन्न  किसिमबाट आफुलाई सहयोग गर्दै आएका वस्तुभाउ, जिव जन्तु लगायतलाई वर्ष दिनमा एक दिन मात्र भए पनि स्मरण गर्ने वा उनिहरुलाई कदरगर्ने पर्वका रुपमा मान्ने सांस्कृतिक रही आएका छन् ।

      सनातनी तथा बुद्धिस्ट समेत समस्त नेपाली मान्दै आएको पर्व मध्य नेपाल भित्र र देश बाहिर नेपालीले एकै तिथिमा वर्षको विशेष ठूलो पर्वका रुपमा मान्ने पर्व भनेको मोहनि र दशै नै हो । नेवाः समाजले मोहनि नखः मान्छन् भने गैह्र नेवाःहरुले दशै मान्छन् । आजकल अपवादका रुपमा दशै बहिष्कार गर्ने केही समूह बाहेक सबैको वर्ष दिनको मूल ठूलो पर्व भनेको मोहनि र दशै नै हुन् । नेपाल संवत् अनुसार कौलाथ्व पारु / वि.सं. अनुसार आश्विन शुल्क प्रतिपदाका दिन देखि कतिंपून्हि / कोजाग्रत पूर्णिमा सम्म एउटै तिथि र एउटै समयावधि सम्म मनाउने दुई भिन्ना भिन्नै पर्व मध्य " मोहनि " नखः नेवाः समाजले मनाउछन् भने " दशै " गैह्र नेवारहरुले मनाउने पर्व हुन् । एउटै तिथिमा मनाउने यी दुबै पर्वको आ-आफ्नै छुट्टाछुट्टै पूजा विधि, पुजागरि मान्ने शक्तिस्वरुपा मातृहरु छुट्टाछुट्टै , मूल्यमान्यता  लगायत सबै आ-आफ्नै किसिमका छन् । मोहनी र दशैमा निम्न अनुसार भिन्नता रहेका छन् ।


मोहनि नखः


      नेवाः समाजले मनाउने मोहनि देव देवताको आचरण जस्तै आफुमा पनि त्यस्तै आचरण र शक्ति होस भनि दैविक शक्ति सञ्चय गर्न नेवारहरुले सनातन देखि शक्तिको उपासना गरि शक्ति स्वरुपा देवीहरुलाई तन्त्र साधना गरि पूजा आरधना गरि “मोहनी” नखः मनाउँदै आएको पर्व हो ।

      आश्विन शुक्ल प्रतिपदा (कौलाथ्व पारु)का दिन जमरा रोपी  नला -स्वना_ सो दिन देखि नवरथा भरि जम्मा नौ वटा तिर्थस्थलमा स्नान गरि शक्ति पीठहरुमा पूजा आरधना गरिन्छ ।


मोहनी मान्नेले फुलपाती भित्र्याउनु पर्दैन -

      नवरातको सातौ दिन -सप्तमीमा जमरा कोठमा पूललपाती भित्रयाउनु पर्देन ।


कुछिभ्वय् -

      अष्टमीको बेलुका सबै घरपरिवार भेला भइ कुछि भ्वे -दुईमाना चिउरा राखि खाइने भोज कुछि भ्वय् खाइन्छ ।


स्याक्वत्याक्व-

      नवमीका दिन जमरा कोठामा एउटा सानो कलस आकारको भाँडा (थापैचा)मा रक्सी वा जाँडले भरेर त्यस माथि केराको पातमा राँगाको मासु राखेर स्थापना गरि दुर्गा भवानी र अष्टमातृका आराधना गरि महाअष्टमी पुजा सम्पन्न गरि  कालो तिकाको लागि माटोको पाला -सली_ मा विशेष प्रकारले बत्ती बाली तन्त्र साधना गरि पूजा गरिन्छ । यस बत्ती बाल्ने कार्यलाई मोहनी स्वनेगु भनिन्छ । साथै यसै आफ्नो जिवनमा जिवयापनमा प्रयोग भए गरेका अौजार तथा यन्त्रहरू समेतलाई स्थापना गरि विस्वकर्माका रुपमा पूजा गर्ने गरिन्छ । यस दिन लाई “स्याक्वत्याक्व” भनिन्छ । यसरी महानवमी पूजा सम्पन्न गरिन्छ ।

    

नवरथ भरी लिईने तिर्थ र शक्तिपिठहरु :-

(१) शंखमूलको शंकर तिर्थ - महालक्ष्मी पीठ, (२) स्वभाभगवती भच्चाखुसीको निर्मल तिर्थ - ढलकोको लुति अजिमा पिठ, (३) गोकर्णको पूण्य तिर्थ - चास्को अजिमा(इन्द्रायणी) पिठ, (४) त्रिपूरेश्वरको कालमोचन तिर्थ - थापाथलीको दोला अजिमा पिठ, (५)पचलीको पञ्चानल तिर्थ - नकिं/ नई  अजिमा र पचली भैरब पिठ, (६) तोखाको मनोरम तिर्थ - इन्द्रायणी पिठ, (७) पशुपति आर्यघाट - बच्छला अजिमा पिठ,(८) टेकु दोभानको चिन्तामणि तिर्थ - पचलीको ख्वना( सिकाली ) अजिमा पिठ र (९) दोकाधः ईनाटोलको भवानी तिर्थ - कंग अजिमा, कंकेश्वरी तथा गुह्यश्वरीको शान्ति तिर्थ र गुह्यश्वरी पिठ समेत।

       

मोहनीमा पुजीने नवमातृ शक्तिहरु /नव दुर्गा भवानी

          १. ब्राम्ही(ब्रम्हायणी)  (२) रुद्रायणी  (माहेश्वरी). (३) कौमारी(कुमारी), (४) नारायणी (वैष्णवी), (५) वाराही, (६) ऐन्द्री(इन्द्रायणी), (७) चामुण्डा(काली), (८) महालक्ष्मी र (९) त्रिपुरासुन्दरी हरु हुन्


चालं -

      दशमीको दिन लाई चालं भनिन्छ । यस दिन दुर्गा भवानी र नवमातृकाको विशेष पूजा आरधना गरि महानवमीको दिन स्थापना गरिएका जाँड वा रक्सीले भरिएको थापैं घरको मुली बाट महिला मुलीले हस्तान्तरण गरि लिई महानवमीका दिन पूजा राखिएको खड्ग तथा ज्यावलहरु मुली परिवार सदस्यहरुलाई हस्तान्तरण गरिन्छ । यसलाई पायः न्ह्यकेगु भनीन्छ  । यस पश्च्यात रातो तुल जमरा रातो टिका र कालो टिका “मोहनी” ग्रहण गरि चालं सम्पन्न गरिन्छ । आगं देवता हुने नेवारहरुले आगं छैंमा पनि चालं गरि पायः न्ह्यकेगु कार्य हुन्छन् ।


मोहनीको नखःत्या नबोलाए सम्म मोहनीको टीका थाप्न जान नहुने  :-

        नबोलाईकन छोरी चेली  माइतिमा तथा आफन्तहरु  कसैको घरमा टीका थाप्न जान नहुने परम्परा रहेको छ ।


कतिंपून्हिमा मोहनी विसर्जन   :-

      कतिपून्हिका दिन मोहनीमा स्थापना गरेका नलस्वाँ रोपेको बालुवा लगायत सबै घरको मूल ढोका अगाडि विराजमान रहेको कुमार देवता तथा गंगाका प्रतिकका रुपमा रहेको पिखालखुमा विर्सजन गरि समाजलाई मोहनीश नखः समाप्त भएको जानकारी दिइने गरन्छ ।


दशै


      गैह्र नेवाःहरुले मनाउने यो दशै पर्व त्रेता युगमा राजा रामचन्द्रले रावण माथी बिजय प्राप्त गरि असत्य माथी सत्यको बिजय भएको खुसियालीमा गैह्र नेवारहरुले बिजय उत्सवका रुपमा मनाउँदै आएको पर्व हो ।


        दशैमा आश्विन शुक्ल प्रतिपदाको दिन मातृ शक्तिका प्रतिक नव दुर्गा आराधना गरि घटस्थापना -जमरा राप्ने_ देखि नवरात सम्म जमरा कोठामा प्रत्येक दिन भिन्न भन्न शक्ति स्वरुपा मातृ देवीहरुलाई बिशेष पूजा आराधना गरिन्छ ।


फूलपाती भित्र्याउने -

      नवरातको सातौ दिन 'सप्तमी'मा दशै कोठमा पूलपाती भित्रयाइन्छ ।


दशैमा पुजीने नवदुर्गाहरु क्रमशः -

१. शैलपुत्री,२. ब्रम्हचारिणी, ३. चन्द्रघण्टा, ४.कुस्माण्डा, ५. स्कंदमाता, ६. कात्यायणी, ७. कालरात्री,८. महागौरी र ९. सिद्धिदात्री


बिजया दशमी -

      दशमीको दिन दशै कोथामा बिशेष पूजा सम्पन्न गरि   टिका साइतमा जमरा र रातो टिका ग्रहण गरि बिजया दशमी मनाईन्छ ।


टिक थाप्न जाने चलन -

      दशै मान्नेहरु आफन्त मान्यजनहरुकहाँ मात्र हैनन् गोरु बेचेको साइनो सम्मको आफनतकहाँ समेत नबोलाए पनि आफुखुसि टीका थाप्न जाने परम्परा रहेका छन् ।


#प्रकाशमानशिल्पकार


Sent from my Huawei Mobile

Thursday, October 15, 2020

जातिका अजिमा

  जातिका अजिमा

        संघिय गणतान्त्रिक नेपालको केन्द्रीय राजधानी काठमाडौको प्राचीन नगर मध्य उत्तर भेगमा रहेको प्राचीन नगर सिंहकल्प नगरको  राजप्रासाद भवनका रुपमा समेत मान्य रहेको   हालको थमेल स्थित थँ बहि भगवान बहाल भनिने विक्रमशील महाविहारको देवता सिंहशार्थबाहुको ल्याइते  पत्नी अथवा प्रेमिका रुपमा यहाँका नेवार लोकजनले विस्वास गरि आएको अनि भगवान बहालकै मूल प्रवेश द्वार संगै बायाँ तर्फ प्यागोडा शैलिमा निर्मित दुई छाना भएको सानो मन्दिर भित्र विराजमान रहेकी देवी नै जातिका अजिमा हुन् ।


         नेपालमण्डल बासीहरुले देव शक्तिस्वरुपालाई मात्र हैन रक्त पिइ रमाउने देवीहरुको हृदय परिवर्त उपरान्त त्यस्ता देवीलाई समेत बाल रक्षिका देवीका रुपमा अजिमाको संज्ञाबाट पुज्दै आएका छन् । नेवार समुदायमा कति सम्मको मानवीय  सहिष्णुता छ भन्ने यो ठूलो प्रमान हो । रगत पीइ रमाउने यक्षनीहरु कसरी बाल रक्षिका देवी अजिमाका रुपमा  पुजिय भन्ने आख्यानहरु मध्य भगवान बुद्ध र हारती यक्षनी तथा नवौ बुद्धका अवतारका रुपमा मानिने सिंहशार्थकबाहु र जातिका यक्षनी पनि हुन्।

         नेवार भाषामा यक्ष यक्षनी भनेका लाखे र लसिं हुन् । लाखे लसिं भनेका रक्तपिपासु र भयावही स्वभाका हुन्छन् । जसरि भजवान बुद्धले मानव बच्चाहरु खाने यक्ष कुलकी स्त्रिलाई उद्वार गरि हृदय नै परिवर्तन गराएर सबैले पुज्ने अनि बालबच्चाहरुको रक्षक हारति अजिमाका रुपमा रुपान्तरण गरे । त्यसरी नै सिंहशार्थबाहुले पनि आफ्ना बाहिय पत्नी  अथवा प्रेमिका रुपमा रहेकी  ल्हासाका मानव भक्षक लसिंलाई हृदय परिवर्त गराई बालक तथा यहाँका लोकजनकै रक्षीका देवी अजिमाका रुपमा प्रतिस्थापित गरि गएको आख्याहरुले देखाएको छ । अजिमाको शाब्दिक  अर्थ बालक जन्म संग सम्बन्धित सुँढेनी, आमा र बुढी बज्यै हुन्  नवौ बुद्धका अवतार मानिने सिंहशार्थबाहुले पनि एउटी मानव भक्षक यक्षनी स्वभावकी तिब्बती भयावही स्त्रीलाई बालक एवं लोकजनकै संरक्षिकाका रुपमा प्रतिस्थापित गरिएको थियो भन्ने जातिका अजिमाको आख्यानले देखाएको छ ।


       मानव भक्षक भयावही तिब्बती स्त्री नेपालमण्डलको भगवान बहालको प्रवेश द्वारमा जातिका अजिमाका रुपमा कसरी  प्रतिस्थापित भयो भन्ने किम्बदन्ति आख्यान कथा अनुसार - तेजयुक्त  पराक्रमी तथा करुनामयका भक्त चन्द्रदेव/ चक्रदेव सिंहशार्थबाहु नामकरण हुनु अघि तिब्ति राज्य ल्हासामा  व्यापार व्यवसाय गर्न चक्रदेव आफ्ना सयजना सहयोगी  मित्रहरु सहित गएछन् । ल्हासामा व्यापार व्यवसाय गर्ने क्रममा चन्द्रदेव लगायत सबैे साथीहर समेत  त्यहाँका  अप्सरा  सरह सुन्दर स्त्रीहरुको मायामोहमा फसेर धेरै समय विताएछन् भने व्यापार व्यवसायबाट पनि निकै धन आर्न गरेछन्। 

        एकदिन चन्द्रदेव राति सुत्नु  अघि बलिरहेको पानस बत्ती अगाडि श्री करुणमय लोकेश्वरलाई स्मरण गर्दा । पानसको बत्ती सामु लोकेश्वर प्रकट हुनु भै दर्शन दिन्दै उनिहरुका प्रेमिकाहरुका सबै गुह्यकुरहरु बताउदै भनेछन् ।  तिमिहरु सबै यहाँका मानव भक्षक लसिंहरुको मायामोहको पञ्जामा फसेका छौ । भोलि उनिहरुले तिमिहरु सबैलाई खाने छन् त्यसैले तिमिहरु यहाँबाट भाग्नु म तिमिहरुलाई उद्वार गर्ने छु । तिमिहरु सबै तुरुन्त आफ्नो देशमा जानू । तिमिहरु सबै ब्रम्हपुत्र नदिमा जानू त्याहाँ तिमिहरुलाई यहाँबाट सुरक्षित लान एउटा वायुपञ्ख भएको उदचरी घोडा हने छन् तिमिहरु सबै त्यहि घोामा सवार भएर जानू । तिमीहरु यहाँबाट जाने खबर थाहा पाए पछि ती लसिंहरु घोडाको पछि पछि लागेर मयामोह देखाउदै करुण स्वरमा बिलाप गर्दै तिमिहरुलाई फर्काउन बोलाउने छन् तर कसैले पनि फर्केर नहेर्नु । यदि हेरेमा घोडबाट खस्ने छौ र उनिहरुको आहारा हुनेछौ । त्यसैले कसले पनि उनिहरुको कुरा नसुन्नु यो कुरा तिम्रा साथीहरूहले नपत्याएमा उनीहरुलाई आफ्ना प्रेमिहरुको खुट्टा हेर्नू भन्नू उनिहरुको कुरकुच्चा अगाडितर फर्केको हुन्छ भनेर लोकेश्वर लोप भएरर गएछन् ।

       चन्द्रदेव करुणामयको आज्ञा र निर्देशन अनुसार आफ्ना सबै साथीहरू लाई यथार्थ सबै कुरा बताए  । अनि सबैले सुतिरहेका आ-आफ्ना प्रेमिहरुका खुट्टामा हेर्दा नभन्दै सबैको खुट्टाको कुरकुच्चा अगडितर फर्केको देखेर तत्रसित भएछन् । अनि तत्काल आफुने लिन सक्नेजति धन द्रव्य लिएर ब्रम्हपुत्र नदिमा गएर हेर्दा त्यहाँ एउटा वायुपँखारहेको सुन्दर घोडा रहेछ । त्यहि घोडामा चढेर आकाश मार्ग हुँदै धनद्रवय सहित सबै फर्कन लाग्दा ती सबैका प्रेमिकाहरु उरेर घोडाको पछि पछि आउदै आफ्नै लोग्नेहरुलाई फर्कन करुणस्वमा विलाप गर्दै रुन्दै गरेको स्वर सुनेर चन्द्रदेवका साथिहरु धमाधम हेर्न थाले ।  जसले पछाडि  फर्केर हेरे ति सबै घोडाबाट खसेर लसिंहरुको आहार बने छन् भने पछाडि फर्केर नहेर्ने चनद्रदेव एकजना मात्र रहेकाले उनीमात्र आफ्नो स्वदेश फर्कन सफल भएछन । 


      आफ्नो देशमा पुगेपछि करुणमयको आशिर्वाद, आफ्नो तेजस्वी पराक्रमी तथा ल्हसामा कमाएर ल्याएको धन द्रव्य लोककल्याणमा लगाउदै जाँदा एकदिन राजा  भ छन् ।  पछि सिंहलद्विप अहलेको श्रीलङ्का सम्म पुगेर आफ्नो पराक्रम देखाएर आएपछि चन्द्रदेव सिंहशार्थबाहुका नामले प्रसिद्ध हुँदै गए । यक्ष गुरुङ्मामापालाई बंशमा राख्ने इतुंबहालका केशचन्द्रका भिनाजु रहेको भन्ने समेत छ ।  

        तेजस्वी र पराक्रमी  राजा भए सिंहशार्थबाहुलाई कालन्तरमा गएर चकं द्यः भन्दै लोकजनले पुज्न थाले । सिंहशार्थबाहु वायुपँख भएको घोडा( ब्वसलः) मा चढेर स्वदेश फर्केको दिन फागू पूर्णिमाका दिन भएकाले सोदिनलाई पर्वका रुपमा चकंद्यःलाई देश परिक्रमा गरि पर्व समेत मनाउने गर्दै आएको देखिछ ।


         सिंहशार्थबाहुको प्रेमीकारुपमा रहेका लसिं आफ्नो मानव प्रेमिलाई  अन्य लसिैहरुले जस्तै मायामोह देखाएर फर्काउन नसेकेको कारणले सबैको हेलाको पात्र भएर  ल्हासा देशमा बस्न नसके पछि उनी सिंहशार्थबाहु राजाको दरबार  सम्मनै आई पुगेर आफू राजाको पत्नि भएको दावि गर्दै पत्नीको मान्यता पाउन न्याए मागे छन् । सिंहशार्थबाहु एक न्याएयीक राजा भएकाले ती लसिंको मागलाई नकार्न नसकिए तापनि एउटी मानव भक्ष स्त्रीलाई दबार भित्र राख्नु पनि  उचित नभएकाले ल्हासाबाट आएकी आफ्नो लसिं प्रेमिलाई यदि तिमी  साँचैनै मलाई प्रेम गर्छौ भने तिमिले आफ्नो जन्मकुलको स्वभावलाई त्याग्नु पर्नेछ  अनि मात्र तिमी मेरो पत्नीका रुपमा यहाँ बस्न पाउन छन् भनेर उस्को हृृदय नै परिवर्तन हुनेगरी सम्झाउदा   लसिंले पनि आफ ल्हासा फिर्ता जान सक्ने स्थिति नभए पछि राजाको कुरालाई स्विकार गर्दै अब उपरान्त मानव भक्ष नभई मानवको रक्षा गर्ने रक्षक  भएर सिंहशार्थबाहुले जहाँ मलाई पत्निको रुपमा राख्छ त्यहाँ बस्न तयार रहेको भन्दै  आफू परिवर्तन भएका प्रमाण दिए छन् ।

          लसिंका रुपमा रहेकी आफ्नो प्रेमिले अब उपरान्त मानव भक्षक नबन्ने कबोल सहित हृदयनै परिवर्तन भएको  विस्वास दिलाए पछि सिंहशार्थबाहुले आजबाट तिमी मेरो पत्निका रुपमा मेरै दरबारको प्रवेश द्वारसंगे बसेर लोकको अजिमा भएर सबै लोकजनबाट पुजेर बस्नु भनेर त्यहा प्रतिस्थापित गरीएको भन्ने छ । सिंहशार्थबाहुको ति बाहिरि पत्निले पनि यदि हजुरले  मलाई पत्नीका रुपमा त्यहाँराख्नु हुन्छ भने मलाई  हजुरले  भोजन गर्न भोजन मध्यमा जुन भोजन पहिला तयार हन्छ त्यो भोजन मईले पनि पाउनु पर्ने छ भने पछि सिंहशार्थबाहुलाई भोजनका लागि पकाएको चामलको भात पाक्ने क्रममा पहिला पाक्ने भातको मार नै हो भनेर भातको मार  लिनु भनेर दिएर उनीलाई सन्तोष गरि राखेछन् । नेवार(नेपालभाषा)भाषामा भातको मारलाई "जाती" भन्ने गरिने भएको  र लिनु लाई " का " भनिने गरेकाले नै नेवार भाषा अनुसार  पछि पछि त्यहि भातमार  लिनु याने जातिका भन्ने शब्द पर्योग हुँदै जातिका अजिमाका नामले लोकजनमा प्रख्यता हुँदै देखिन्छन् । लसिं जातलाई समेत भेदभाव नगरि प्रतिस्थापित अजिमा भएर पनि जातिका अजिमाका रुपमा समेत प्रख्यात हुँदैगएको देखिन्छ ।


        #प्रकाशमानशिल्पकार