Thursday, October 15, 2020

जातिका अजिमा

  जातिका अजिमा

        संघिय गणतान्त्रिक नेपालको केन्द्रीय राजधानी काठमाडौको प्राचीन नगर मध्य उत्तर भेगमा रहेको प्राचीन नगर सिंहकल्प नगरको  राजप्रासाद भवनका रुपमा समेत मान्य रहेको   हालको थमेल स्थित थँ बहि भगवान बहाल भनिने विक्रमशील महाविहारको देवता सिंहशार्थबाहुको ल्याइते  पत्नी अथवा प्रेमिका रुपमा यहाँका नेवार लोकजनले विस्वास गरि आएको अनि भगवान बहालकै मूल प्रवेश द्वार संगै बायाँ तर्फ प्यागोडा शैलिमा निर्मित दुई छाना भएको सानो मन्दिर भित्र विराजमान रहेकी देवी नै जातिका अजिमा हुन् ।


         नेपालमण्डल बासीहरुले देव शक्तिस्वरुपालाई मात्र हैन रक्त पिइ रमाउने देवीहरुको हृदय परिवर्त उपरान्त त्यस्ता देवीलाई समेत बाल रक्षिका देवीका रुपमा अजिमाको संज्ञाबाट पुज्दै आएका छन् । नेवार समुदायमा कति सम्मको मानवीय  सहिष्णुता छ भन्ने यो ठूलो प्रमान हो । रगत पीइ रमाउने यक्षनीहरु कसरी बाल रक्षिका देवी अजिमाका रुपमा  पुजिय भन्ने आख्यानहरु मध्य भगवान बुद्ध र हारती यक्षनी तथा नवौ बुद्धका अवतारका रुपमा मानिने सिंहशार्थकबाहु र जातिका यक्षनी पनि हुन्।

         नेवार भाषामा यक्ष यक्षनी भनेका लाखे र लसिं हुन् । लाखे लसिं भनेका रक्तपिपासु र भयावही स्वभाका हुन्छन् । जसरि भजवान बुद्धले मानव बच्चाहरु खाने यक्ष कुलकी स्त्रिलाई उद्वार गरि हृदय नै परिवर्तन गराएर सबैले पुज्ने अनि बालबच्चाहरुको रक्षक हारति अजिमाका रुपमा रुपान्तरण गरे । त्यसरी नै सिंहशार्थबाहुले पनि आफ्ना बाहिय पत्नी  अथवा प्रेमिका रुपमा रहेकी  ल्हासाका मानव भक्षक लसिंलाई हृदय परिवर्त गराई बालक तथा यहाँका लोकजनकै रक्षीका देवी अजिमाका रुपमा प्रतिस्थापित गरि गएको आख्याहरुले देखाएको छ । अजिमाको शाब्दिक  अर्थ बालक जन्म संग सम्बन्धित सुँढेनी, आमा र बुढी बज्यै हुन्  नवौ बुद्धका अवतार मानिने सिंहशार्थबाहुले पनि एउटी मानव भक्षक यक्षनी स्वभावकी तिब्बती भयावही स्त्रीलाई बालक एवं लोकजनकै संरक्षिकाका रुपमा प्रतिस्थापित गरिएको थियो भन्ने जातिका अजिमाको आख्यानले देखाएको छ ।


       मानव भक्षक भयावही तिब्बती स्त्री नेपालमण्डलको भगवान बहालको प्रवेश द्वारमा जातिका अजिमाका रुपमा कसरी  प्रतिस्थापित भयो भन्ने किम्बदन्ति आख्यान कथा अनुसार - तेजयुक्त  पराक्रमी तथा करुनामयका भक्त चन्द्रदेव/ चक्रदेव सिंहशार्थबाहु नामकरण हुनु अघि तिब्ति राज्य ल्हासामा  व्यापार व्यवसाय गर्न चक्रदेव आफ्ना सयजना सहयोगी  मित्रहरु सहित गएछन् । ल्हासामा व्यापार व्यवसाय गर्ने क्रममा चन्द्रदेव लगायत सबैे साथीहर समेत  त्यहाँका  अप्सरा  सरह सुन्दर स्त्रीहरुको मायामोहमा फसेर धेरै समय विताएछन् भने व्यापार व्यवसायबाट पनि निकै धन आर्न गरेछन्। 

        एकदिन चन्द्रदेव राति सुत्नु  अघि बलिरहेको पानस बत्ती अगाडि श्री करुणमय लोकेश्वरलाई स्मरण गर्दा । पानसको बत्ती सामु लोकेश्वर प्रकट हुनु भै दर्शन दिन्दै उनिहरुका प्रेमिकाहरुका सबै गुह्यकुरहरु बताउदै भनेछन् ।  तिमिहरु सबै यहाँका मानव भक्षक लसिंहरुको मायामोहको पञ्जामा फसेका छौ । भोलि उनिहरुले तिमिहरु सबैलाई खाने छन् त्यसैले तिमिहरु यहाँबाट भाग्नु म तिमिहरुलाई उद्वार गर्ने छु । तिमिहरु सबै तुरुन्त आफ्नो देशमा जानू । तिमिहरु सबै ब्रम्हपुत्र नदिमा जानू त्याहाँ तिमिहरुलाई यहाँबाट सुरक्षित लान एउटा वायुपञ्ख भएको उदचरी घोडा हने छन् तिमिहरु सबै त्यहि घोामा सवार भएर जानू । तिमीहरु यहाँबाट जाने खबर थाहा पाए पछि ती लसिंहरु घोडाको पछि पछि लागेर मयामोह देखाउदै करुण स्वरमा बिलाप गर्दै तिमिहरुलाई फर्काउन बोलाउने छन् तर कसैले पनि फर्केर नहेर्नु । यदि हेरेमा घोडबाट खस्ने छौ र उनिहरुको आहारा हुनेछौ । त्यसैले कसले पनि उनिहरुको कुरा नसुन्नु यो कुरा तिम्रा साथीहरूहले नपत्याएमा उनीहरुलाई आफ्ना प्रेमिहरुको खुट्टा हेर्नू भन्नू उनिहरुको कुरकुच्चा अगाडितर फर्केको हुन्छ भनेर लोकेश्वर लोप भएरर गएछन् ।

       चन्द्रदेव करुणामयको आज्ञा र निर्देशन अनुसार आफ्ना सबै साथीहरू लाई यथार्थ सबै कुरा बताए  । अनि सबैले सुतिरहेका आ-आफ्ना प्रेमिहरुका खुट्टामा हेर्दा नभन्दै सबैको खुट्टाको कुरकुच्चा अगडितर फर्केको देखेर तत्रसित भएछन् । अनि तत्काल आफुने लिन सक्नेजति धन द्रव्य लिएर ब्रम्हपुत्र नदिमा गएर हेर्दा त्यहाँ एउटा वायुपँखारहेको सुन्दर घोडा रहेछ । त्यहि घोडामा चढेर आकाश मार्ग हुँदै धनद्रवय सहित सबै फर्कन लाग्दा ती सबैका प्रेमिकाहरु उरेर घोडाको पछि पछि आउदै आफ्नै लोग्नेहरुलाई फर्कन करुणस्वमा विलाप गर्दै रुन्दै गरेको स्वर सुनेर चन्द्रदेवका साथिहरु धमाधम हेर्न थाले ।  जसले पछाडि  फर्केर हेरे ति सबै घोडाबाट खसेर लसिंहरुको आहार बने छन् भने पछाडि फर्केर नहेर्ने चनद्रदेव एकजना मात्र रहेकाले उनीमात्र आफ्नो स्वदेश फर्कन सफल भएछन । 


      आफ्नो देशमा पुगेपछि करुणमयको आशिर्वाद, आफ्नो तेजस्वी पराक्रमी तथा ल्हसामा कमाएर ल्याएको धन द्रव्य लोककल्याणमा लगाउदै जाँदा एकदिन राजा  भ छन् ।  पछि सिंहलद्विप अहलेको श्रीलङ्का सम्म पुगेर आफ्नो पराक्रम देखाएर आएपछि चन्द्रदेव सिंहशार्थबाहुका नामले प्रसिद्ध हुँदै गए । यक्ष गुरुङ्मामापालाई बंशमा राख्ने इतुंबहालका केशचन्द्रका भिनाजु रहेको भन्ने समेत छ ।  

        तेजस्वी र पराक्रमी  राजा भए सिंहशार्थबाहुलाई कालन्तरमा गएर चकं द्यः भन्दै लोकजनले पुज्न थाले । सिंहशार्थबाहु वायुपँख भएको घोडा( ब्वसलः) मा चढेर स्वदेश फर्केको दिन फागू पूर्णिमाका दिन भएकाले सोदिनलाई पर्वका रुपमा चकंद्यःलाई देश परिक्रमा गरि पर्व समेत मनाउने गर्दै आएको देखिछ ।


         सिंहशार्थबाहुको प्रेमीकारुपमा रहेका लसिं आफ्नो मानव प्रेमिलाई  अन्य लसिैहरुले जस्तै मायामोह देखाएर फर्काउन नसेकेको कारणले सबैको हेलाको पात्र भएर  ल्हासा देशमा बस्न नसके पछि उनी सिंहशार्थबाहु राजाको दरबार  सम्मनै आई पुगेर आफू राजाको पत्नि भएको दावि गर्दै पत्नीको मान्यता पाउन न्याए मागे छन् । सिंहशार्थबाहु एक न्याएयीक राजा भएकाले ती लसिंको मागलाई नकार्न नसकिए तापनि एउटी मानव भक्ष स्त्रीलाई दबार भित्र राख्नु पनि  उचित नभएकाले ल्हासाबाट आएकी आफ्नो लसिं प्रेमिलाई यदि तिमी  साँचैनै मलाई प्रेम गर्छौ भने तिमिले आफ्नो जन्मकुलको स्वभावलाई त्याग्नु पर्नेछ  अनि मात्र तिमी मेरो पत्नीका रुपमा यहाँ बस्न पाउन छन् भनेर उस्को हृृदय नै परिवर्तन हुनेगरी सम्झाउदा   लसिंले पनि आफ ल्हासा फिर्ता जान सक्ने स्थिति नभए पछि राजाको कुरालाई स्विकार गर्दै अब उपरान्त मानव भक्ष नभई मानवको रक्षा गर्ने रक्षक  भएर सिंहशार्थबाहुले जहाँ मलाई पत्निको रुपमा राख्छ त्यहाँ बस्न तयार रहेको भन्दै  आफू परिवर्तन भएका प्रमाण दिए छन् ।

          लसिंका रुपमा रहेकी आफ्नो प्रेमिले अब उपरान्त मानव भक्षक नबन्ने कबोल सहित हृदयनै परिवर्तन भएको  विस्वास दिलाए पछि सिंहशार्थबाहुले आजबाट तिमी मेरो पत्निका रुपमा मेरै दरबारको प्रवेश द्वारसंगे बसेर लोकको अजिमा भएर सबै लोकजनबाट पुजेर बस्नु भनेर त्यहा प्रतिस्थापित गरीएको भन्ने छ । सिंहशार्थबाहुको ति बाहिरि पत्निले पनि यदि हजुरले  मलाई पत्नीका रुपमा त्यहाँराख्नु हुन्छ भने मलाई  हजुरले  भोजन गर्न भोजन मध्यमा जुन भोजन पहिला तयार हन्छ त्यो भोजन मईले पनि पाउनु पर्ने छ भने पछि सिंहशार्थबाहुलाई भोजनका लागि पकाएको चामलको भात पाक्ने क्रममा पहिला पाक्ने भातको मार नै हो भनेर भातको मार  लिनु भनेर दिएर उनीलाई सन्तोष गरि राखेछन् । नेवार(नेपालभाषा)भाषामा भातको मारलाई "जाती" भन्ने गरिने भएको  र लिनु लाई " का " भनिने गरेकाले नै नेवार भाषा अनुसार  पछि पछि त्यहि भातमार  लिनु याने जातिका भन्ने शब्द पर्योग हुँदै जातिका अजिमाका नामले लोकजनमा प्रख्यता हुँदै देखिन्छन् । लसिं जातलाई समेत भेदभाव नगरि प्रतिस्थापित अजिमा भएर पनि जातिका अजिमाका रुपमा समेत प्रख्यात हुँदैगएको देखिन्छ ।


        #प्रकाशमानशिल्पकार


No comments:

Post a Comment