Sunday, May 28, 2023

गजूर

 गजूर



       नेपालभित्र रहेका अधिकांश मठ मन्दिर, देबगृह, गुम्बा, विहार चैत्यहरुहरुको शिर शोभाय्मान हुने गरी कलश आकारमा चुच्चे धुरी  सुवर्णधातु, पितल, तामा तथा कुनै चैत्यमा बज्रबाट निर्मित सुन्दर संरचना बनाएर राखेको हुन्छन , यसै कलश आकारबो लाम्चो संरचनालाई गजूर भनिन्छ , यो हामी सबैलाई थाहा भएकै कुरा हो । मन्दिर प्यागोडा शैली होस्, गुम्बज शैली वा शिखर शैलिस होस् , हरेक मन्दिरको शिखरमा   र चैतमा शोभयमान हुने गरी गजूर राखेकै हुन्छ । आजभोलितः  पवित्र जलाशय , पोखरी र तिर्थस्थ प्रवेशद्वाहरु समेतमा आकर्षक गजूरहरु राख्ने चलन चल्दै गएका छन् ।

       " गजूर" शब्द नेपाल भाषाको " गजु"बाट आएको हुन सक्ने देखिन्छ । नेपाल भाषाको व्याकरण अनुसार जाति अथवा व्यक्तिवाचक संज्ञाको पछाडि  " जु" भन्ने विशेषण प्रयोग हुँदैनन् । खासगरेर नेपाल भाषामा आदर्नीय, सम्मानित , वन्दनीय व्यक्ती विशेष अथवा जातिय पछाडि मात्र  "जु" प्रत्यय हुन्छ , जस्तै - गुरु  गुरुजु, ब्रम्हु ब्रम्हजु, शाक्य शाक्यजु, जोशी जोशीजु, । साधारणतः सम्मान विषयमा एउटामात्र "जु" प्रयोग। हुन्छ, यसभन्दा अलि बढी नै सम्मान गर्नलायक वा विशेष सम्मान गर्ने राजामहाराजलाई जुजु  भन्ने गरिन्थ्यो । यसरी नेपालभाषाको गजु शब्द खस नेपालीमा गजूर हुन गए हुन सक्ने सम्भावना छ ।

      नेपाल भित्रको कुनै स्थानका रहे भएका  देवालयहरुमा गएर हेर्यौ भने देवालय स्थापना गर्नेको आर्थिक हैसियत अनुसारको स्वर्ण, पित्तल, तामा तथा ढुङ्गा, इँटा वा बज्रको भए पनि गजूर  राखेकै हुन्छ ।  त्यसोतः विविध कारणवश गजूर नभएको  देवालयहरु पनि केहि पक्कै पनि छन् । 

        गजूर नभएका मन्दिरहरुमा - काठकाण्डौको काष्ठमाण्डप संगैको अशोक विनायक जसलाई मरु गणेश नामले जानीन्छ ,।अर्को पाटन चापागाउँको बज्रबाराही मन्दिर हो ।  मरु गणेश र बज्रबाराही मन्दिरमा गजूर नहुनुको छुट्टाछुट्टै आफ्नै जनश्रुति अनुसारको कारण रहेको छ । 

ति कारणहरु मध्यमा

        काठमण्डौको अशोक विणायक अशोक बृक्षको फेदमा विराजमा रहनु हुने गणेश भगवान दिनको तिन पटक  आफु बसेको ठाउँबाट सिधा माथी भएर स्वर्ग जान पर्ने भएको।। गजूर राख्दा गणेशलाई स्वर्गलोकको यात्राको मार्गमा रुकावट हुनै भई यदि कसैले गजूर,राखेमा खस्न भएकाले गजूर नराखिएको भन्ने जनश्रुति रहेको छ । गजूर नभएको मन्दिरको गणेश भएरै  नेवाः भाषामा यस गणेशलाई मरु गणेश भनिएको भन्ने लोकमान्यता रहेको छ । यस अशोक विनायाकलाई मरु गणेश भन्नुमा अर्को पनि एउटा लोकमान्यत रहेको जनश्रुति पनि छ , त्यो के भने -  कुनै समय पाटन गोदावरीका एक परिवार काठमाण्डौको राजप्रसादमा भाई भारदार हुन आएको बेलामा आफ्नो इष्टदेव गणेश भगवान समेत लिएर आएर त्यहाँ अशोक बृक्ष भएको स्थानका प्रतिस्थापन गरेका थिए । केहि समय पछि ति व्यक्ति पुनः भक्तपुर राजप्रसादमा भाई भारदार भए गएको अवस्थामा आफ्नो इष्टदेव गणेश भगवान समेतलाई लगेर भक्तपुरको भोलाछें स्थित पापननीमा स्थापना गरेको कारण काठमाण्डौको त्यो स्थानमा गणेश नभएकाले नेवाः भाषा अनुसार  गणेद्यः मरु भनेको हो । पछि गरए मरु गणेश हुन गएको जसको अर्थ गणेश छैन भन्ने हो । उता भक्तपुर पापनी भोलाछेंको गणेशलाई काठमाण्डौमा घर भएको गणेश भनेर नेवाः भाषामा याँय् छें दुम्ह गणेद्यः भन्दा भन्दै पछि गएर याँछें गणेश।हुन गएको भन्ने लोक मान्यता रहेको छ ।

      त्यस्तै श्रीनिवास मल्ल राजाले स्थापना गरीएको मान्यता रहेको पाटन चापागाउँ वादेशमा रहेको बज्रवारहाीको मन्दिरमा गजूर राख्न  मन्दिर परिसर क्षेत्रमा रहेका नौदिपहरुमा लासजलिरहेको समयमा मात्र गजूर राख्न बज्रवारही आदेश भएको तर आज सम्म ति सबै दिपहरुमा एकै समयमा  लास जलेको छैन । ति सबै दिपहरुमा एकै समय जलेको हुनु पर्ने भन्ने जनश्रुति छ। 

        किवदन्ती अनुसार बज्रबाराही भएको ठाउँमा पहिला आहाल(राँगा भैसी दुबेर बस्ने दलदले) थियो । एक दिन एउटा राँगो अकस्मात आएर आहालमा बस्यो । त्यही राँगोले देवीको रूप लिए पछि आहाल पुरेर मन्दिर बनाइयो । मन्दिर बनाउँदा-बनाउँदै बिहान भएर भाले बासेपछी गजुर हाल्न नभ्याइको भन्ने कथन रहेको छ । पछि गजूर राख्न खोज्दा विघ्नहरु हुनथाले  । मरेका मान्छे जालउन मन्दिर वरपर नौवटा चिता छन् । यी चिता एक आपसमा अंकमाल गरेर बसेको भन्ने गीत समेत रहेको छ भन्ने कथन रहेको  सो मन्दिका पूजारीलाई एक दिन सपनामा श्रीमाई बज्रबाराहीले गजुर राख्ने दिन बुलुगाउँका मानिस मरी मन्दिर अगाडिको चितामा जलाउन ल्याएको खण्डमा मात्र गजुर राख्नु । अन्यथा बलजबरजस्ती कसैले राखेमा त्यस व्यक्तिको मृत्यु हुने भनी खबरदारी समेत गरीईको भन्ने किंवदन्ती समेत रहेको पाइन्छन् । यसरी मरु गणेश र पाटनको बज्रवाराही मन्दिरमा परम्परागत रुपमै गजूर नहुनु छुट्टाछुट्टै कारण तथा छुट्टै विषय हो ।

       तन्त्र प्रधान नेपाल देशको सांस्कृतिक परम्परा।अनुसार मठ मन्दिरमा गजूर स्थापना गर्ने  एउटा छुट्टै विधि विधान रहेको र  यस विधिलाई " सुवर्णकलश ध्वजारोहण विधि"  भनीएको , यो विधि लेखिएको प्राचीन पाण्डुलिपि नेपाल- राष्ट्रिय अभिलेखालयमा रहेको  भन्ने कुरा छ । सुवर्णकलश ध्वजारोहण विधि विधान अन्तर्गत स्थापना गरीएका  विविध आकार प्रकारका यहाँका मठ मन्दिर, चैत्यमा रहेका गजूरको आ आफ्नै विशेषता र रहस्यले भरीएको छ । यसमा नेपालको धर्म संस्कृति अनुरुप यहाँ जुन किसिमको  देवताका तन्त्रसाधन गर्ने परिपाटी छ त्यही अनुरुप नै हाम्रा पूर्वज गुरुवाचार्यहरुले यस गजूरको आकार प्रकारमन व्यञ्जन अभिब्यक्त गरीराखेको देखिन्छ । कलश अष्ट मंगल युक्त भएक‍ा हुन्छ। सबै भन्दा माथि नारिकेल (नरिवल) पनि हुने गर्दछ, यस्लाई चुडामणी पनि कसैले भन्दछन। चुडा को अर्थ शिखा, आङ्गस, वा तुप्पी भन्ने हुन्छ। शिखा झै सबै भन्दा माथि रहने मणी स्वरूप नरिवल भनेकोले पनि चुडामणी भनिएको हुनु पर्छ।

         अष्ट मंगल युक्त गजुरहरुमा पनि विभिन्न विभिन्न आकार प्रकारका  गजूर राखेको हामी देख्न सक्छौ । विभिन्न  आकार प्रकार गजूरहरु मध्य एक विस्व सम्पदा सूचिमा परेको सुप्रसिद्ध पाटनको २१ गजूरु भएको कृष्ण मन्दिर हो । यो मन्दिरमा १०८ वटा खम्माहरु प्रयोग गरेर बनाएको छ । साधरण गूरहरुमा पनि कुनै मन्दिरमा चार कुनामा ससना र विचमा लामो गजूरु राखेको देखिन्छ ।  तलेजु भवाननीको मूचोकको मन्दिरमा लहरै पाँच वटा गजूर राखेको दिन्छ । जिशाल नगरको मनमानेश्वरी भवानीको मन्दिरमा लहरै तिन वटा गजूर देख्न सकिन्छ  । हनुमानढोकाकोमा रहेको मोहनकाली( दक्षिणकाली)को मन्दिरमा भने एक किसिमको गजूर रहेको देख्नन सकिन्छ  । प्यागोडा शैलीको मन्दिरको शिखरमा एउटा सानो मन्दिर बनाएर त्यसमाथी  मात्र गजूर राखेको   देख्न सकिन्छ  । काठमाण्डौ घण्टा घर, भिमसेन थापाले बनाएको धरहरा  र ०७२ को महाभकम्प पछि भग्नाअवशेषका रुपमा रहेको ठुटो अवेशष धरहरालाई अवशेषकै रुपमा यथावट राखी धरहराको पुनर्निर्माणका नामाका बनाएको झिल्के टावरमा पनि  हामी गजूर देख्न सक्छौ  । 

        मन्दिर शोभाको प्रमुख अङ्ग तथा लक्षणगुणले भरिपूर्ण रहने जुन मन्दिर निर्माणकार्य समाप्त भए पछि मात्र  सुवर्णकलश ध्वजावरोहणको तन्त्र विधि पूरागरी निर्माण सम्मपन्न मन्दिरमा गजूर राख्ने परम्परा रहेको छ।  मन्दिर निर्माण अन्त्यमा मात्र  राखिने  भएत   पनि यो सर्वोपरिस्थामा  सुप्रतिस्थित हुन पाउनु नै गजूरको आफ्नो विशेषता  अनि सौभाग्यता हो । सायद त्यसैले होलान् अरुले गरेको राम्रो काममा पछि आएर जस लिन खोज्नेलाई नेवाः उखानमा छुं याय् म्वा गःजु तवलका भन्ने गरेको ।  गजू छये जश काये । ज्या क्वचाइथें च्वंका ल्हाः तये  भन्ने गरेको हुनु पर्छ ।


~ लेखन सहयोग स्रोत सामाग्री - हेमाराज शाक्यको नेपाल संस्कृतिया मूलुखा  समेत ।

Sunday, May 21, 2023

घण्टा

 


घण्टा   
       सामान्यतः   घण्टा  भन्ना सात हाम्रो मस्तिष्कमा  समय  अर्थात दिनरातको चौबिस भागको एक भागको हो भन्ने  घण्टी बज्ने गर्छ । धर्मिक स्वभावका मानिसलाई भने घण्टा   भनेपछि कुनै धार्मिक स्थलमा बज्ने टाङ, टाङको सुमधुर स्वर कानमा गुञ्जन थाल्छन्  । यहाँ मैले  भन्न र गनगन गर्न खोजेको पनि धार्मिक स्थलमा बज्ने अनि बजाउने त्यही घण्टानै हो । धार्मिक स्थलमा बज्ने र बजाउने त्यही घण्टाको ध्वनीङ्गको तरङले धार्मिक वातावरण सृजना गर्ने घण्टालाई पनि राजनैतिक करण गर्दै घण्टी नामकण गरेर राजनैतिक नभमा तरङ्गीत पारीएको अवस्था पनि हाम्रो देशमा छ, यहाँ अहिले ।
      घण्टा , वेदशास्त्रका ज्ञाताहरुको भनाई अनुसार वेदमन्त्र पाठ गर्ने विधि " घण" शब्दबाट आएको  भन्ने कथन रहेको छ । यदि यो कथन सत्य हो भने धार्मिक स्थलमा सुमधुर स्वरले तरङ्गित गर्ने घण्टा तन्त्र, मन्त्र  सम्बन्धित पनि हुनै पर्छ । ध्वनी तरङ्गित गर्ने साधन  तन्त्र, मन्त्र संग आवद्ध भएपछितः घण्टा तन्त्र मन्त्रकै आधारबाटै निर्मित एक यन्त्र भैहाल्यो । देदमन्त्र र तन्त्र संग सम्बन्धित यो घण्टा  सबै मठ, मन्दिर, चैत्य, बहाः, बही र विहार एवं देवमूर्ति रहेको स्थानमा स्वागत सम्मानका निम्ति र  मन्दिर प्रवेषमा अनुमतिका लागि पनि बजाउने यो घण्टा कुनै पनि पूजा शुभारम्भ र परिसमाप्त गरिने अवस्थामा अनिवार्य घण्टा बजाउनै पर्ने सनातनी धार्मिक परम्परा र विस्वा रही आएको पाइन्छ ।
     मठ, मन्दिर, चैत्य र विहार अथवा देवस्थानको आसपास वा अगाडिनै कुनै श्रद्धालु भक्तजन दाताको आफ्नै आर्थिक हैसियत र क्षमताले ठूलो सानो विविध आकार प्रकारमा  बनाएर राखेको हुन्छ। शुभ लक्षणयुक्त गरेर शिल्पकला अङ्कित गरेर ठाउँठाउँमा  माङ्गलकारी लक्षण भावनाका संकेत सुसज्जित गरेर  उत्तखालको धातुको घण्टा निर्माण गरि बनाएको उत्तम प्रकारको कलात्मक देखि लिएर, मध्यम अलिअलि कलात्मक देखिने गरि तथा  सामान्य आकार सम्मको ध्वनी तरङ्ग सम्म आउने घण्टा बनाएर राखेको पनि पाइन्छ ।
      नेपाली समाजमा  मुख्यतया चार प्रकारको घण्टा धार्मिक व्यवहारमा प्रयोग भै आएको  देखिएको  छ । व्यवहार चली आएका ति चार घण्टाहरुमा -  १. पूजा घण्टा, २. ठूलो घण्टा( तग्वः गं), ३. हावले बज्ने घण्टा( फय् गं) र ४. ज्वाय् गं( दुईभन्दा भन्दी बढीनै एकैठाउँका झुप्पा पारेर राखेको घण्ट) समेत हुन् ।
       १. पूजा घण्टा( पूजा गं) -  पूजा कर्ममा आाचार्य, पूजारी वा सामान्य पूजा गर्ने श्रद्धालु भक्तजनले बजाउने पूजा घण्टा हो । गुह्य अभ्यन्तर पूजादि कर्ममा  आचार्यले बजाउने पूजा घण्टाको गर्भगृहमा वीजाक्षर सहित शुभलक्षणल युक्तको माङ्गलिक चिन्ह भएको घण्टा बजाएर देवी देवताको पूजा आराधना गर्दा  वहाँहरु प्रसन्न हुनु भई विघ्न वाधा हट्ने आस्था र विस्वासले पूजमा घण्टा बजाउने परम्परा चली आएको छ ।
       २ . ठूलो घण्टा( तग्वः गं) -  नामै ठूलो घण्टा यो देगल, बहा बहि, बिहार प्राचीन राजदरवार( लायेकू) एवं तिर्थस्थल आदि स्थानमा दुई खम्बाको बिचमा  फालमाको सिक्रीले तानेर राखेको हुन्छ । ठुलो घण्टाको  माथि टुप्पोमा अर्थात गजुरमा आ आफ्ने धर्म सम्प्रदाय अनुसार बज्र, त्रिशूल, पद्म, षट्कोण, भैरब शक्तिका प्रति खड्ग आदिको आकार अङ्कित गरी शोभायमान गरी राखेको हुन्छ ।  कुनै मन्दिरमा चेप्टो  गोलाकार घण्टा पनि राखिएको पाइन्छन् । काठमाण्डीको शंखमूल तीर्थ स्थित जगतनारायण मन्दिरमा चेप्टो गोलाकार घण्टा झुन्डाएको छ ।
      ३. हावाले बज्ने घण्टा(.फय्गं) -  खास गरेर प्यागोडा शैलीको मन्दिरको छानामुनी किनारमा झल्लर संगै लहरै, रथ, देवखत तगा  मन्दिरको मूलद्वार माथी लहरै राखिन्छ ।  कहिं कहिं प्राचीन राजदरवारको छानामा एवं विहारहरुमा समेत यो घण्टा देख्न पाइन्छन् । यस घण्टाको रालोमा पितल वा तामाको पिपलको पात आकार झुण्डाएर हावाले फिरफिर चलाई घण्टा लङ्गुरलाई हलाएर हावाको झोकामा घण्टा बजेको हुन्छ।
     ४. ज्वाय् गं( दुईभन्दा भन्दी बढीनै एकैठाउँका झुप्पा पारेर राखेको घण्टा) - यो घण्टा खास गरेर  आगममा र मन्दिर भित्र पूजा गर्ने स्थानमा मात्र राखेको हुन्छन् । त्यस्तै देवीगण नाँचमा ( गथु प्याखँमा) भैरबको दायाँ बायाँ बस्ने सिंघिनी , व्यांघिनीले यो ज्वाय् गं  बजाउँदै  भैरबलाइ स्वागत नाच गर्ने गर्छन् ।
     माथी वर्णन गरीए अनुसारका चार प्रकारका घण्टा बाहेक पनि व्यवहारीकरुपमा अन्य केहि घण्टाहरु समेत  यहाँ रहेको हामी देख्न सक्छौ ।
व्ववहारमा रहेका देखिन आएका विभिन्न  घण्टाहरु -
१. मङ्गले अङ्गले गं -
        पाटन मंगलबजार स्थित प्राचीन राजप्रसाद भवनको सुनकोझ्याल माथि चारकुने मन्दिर शैली बुर्जाको भित्तामा( अङ्गले) झुन्डिएको जुन घण्टा हो त्यस घण्टालाई  मंगले अङ्गले गं भनिएको पाइन्छ ।  मङ्गले अङ्गले गं अर्थ हो - मंगलमा भित्तामा घण्टा हो । यो साधना सिद्ध तान्त्रिक घण्ट मानिन्छ । जनश्रुति अनुसार देशमा अनबृष्टि भएमा  स्वर्गका राजा देवराज इन्द्रलाई जलबुष्टिका लागि घण्टा बजाएर आव्हान गर्न तन्त्र सिद्धगरी राखेको भन्ने कथन रहेको छ । यो घण्टा  १९९०.सालको महाभुकम्पमा नष्ट भएको भन्ने छ ।
२. खिचाखो गं -
          भक्तपुर दरवारभित्रको तलेजु भवानीको नित्य पूजा गर्ने समयमा मात्र  बजाउने दरवारको सवर्णद्वार अगाडि, ठूलो घण्टा पछाडि रहेको शिखरशैलीको बत्सला देवीको मन्दिर अगाडि सिँढी संगैको मझौखालको ठूलो घण्टा बजाउने बेलाका घण्टाको आवाज सुनेर कुकुहरु रुने भएकाले यस घण्टलाई खिचाखो गं भन्ने गरेको छ ।  भक्तपुरको इष्टदेव तलेजु भवानीको नित्यपूजा समय अतिरिक्त कसैले घण्टा नबजाउन् बजाउन सकिने गरी  घण्टाको लण्डकार लङ्गुरमा सिक्रीले बाधेर तल भूमिमा जोडेर ताल्चा लगाई राख्ने गरिन्छ ।
३. विशेष ठूलो घण्टा (तःग्वः गं) -
         काठकाण्डौ उपत्यकाको तिनै शहरको  ऐतिहासिक राजप्रसाद लाय्कू( दरबार) सामुन्ने  शानदार पूर्वक सुप्रतिस्थित गरी राखेको सुप्रसिद्ध  दिव्यघण्टा हो । यो घण्टा पनि जथाभावी समयमा बजाउन निषेध छ ।  मल्ल शासनकालमा राजाको  आज्ञामा मात्र यो घण्टा बजाउने गर्थे ।  काठमाण्डौको हनुमानढोका स्थितको विशेष ठूलो घण्टा तलेजु भवानीको विहान नित्य पूजा समय ठीक नौ बजे मात्र आजभोली पनि दबैटोलका बालकृष्ण महर्जनले बजाउने जिम्मा लिएर बजाउँदै आएको छ ।
४. घण्टाघोषण घण्टा ( घण्टाघोषण गं) -
        लिच्छविकाल र मल्लकालमा राज सन्देश वा राजआज्ञा जनता सम्म पुर्याउन ग्राम ग्राम टोल टोलमा गएरर घण्टा बजाउँदै राज सन्देश सुनाउने  तात्कालिक घण्टा हो, घण्टाघोषण गं । शाह शासनको उदय पछि यो घण्टाघोषण गंको स्थानमा  नायःखिं बाजा बजाएर  राज सन्देश सुनाउन प्रारम्भ गरीयो, जसलाई नायःखिं।च्वेकेगु भन्ने गरिन्छ ।  शाह वंशीय राज्यकालको राणाकाल सम्म नायःखिं च्वेकेगु गरेर राज सन्देश सुनाउदै आएकोका राणाकाल अन्त्य पछि यसको स्थान रेडियो नेपाल लिन थालेका हुन् ।
५. देशान्तरजाने घण्टा ( देशान्तर वनेगु गं).-
         बौद्ध धर्मका अनुयायी  शाक्य र बज्रचार्यहरुको आ-आफ्नो वही विहारमा चूडाकर्म गर्न जाने बेलामा मार्गमा बजाउँदै जाने घण्टालाई देशान्तर वनेगु गं भनिन्दो रहेछन् । यरी वही , विहारमा चूडाकर्म गर्न जाने परम्परा र संस्कारालाई देशान्तर वनेगु भन्ने गरेको र सो समयमा बजाउने घण्टा भएरै सो घण्टालाई देशान्तर वनेगु गं भन्ने गरेको पाइन्छ ।
६. आवेश गं -
      नेवाः संस्कृति र परम्परा अनुसार गुह्यपूजा  पद्धतिमा  एवं  देवीनाचमा  देउता बन्ने मानिसको शरिरमा प्रवेश गराई  नृत्य गर्ने बेलामा " ॐ बज्रावेशहो " भन्दै घण्टा बजाउँदै गर्दा  यो शब्द सुन्नासाथ देवीनाच गर्ने मानिस कम्पन गर्ने गर्छ।
७. माजंवनेगु गं -
         नेपालमण्डलको प्रमुख विहारमा दिनमा चार प्रहरमा हुने पूजा मध्य  बिहानको  ८-९ बजे गर्ने पूजामा   विहारको इलाका क्षेत्रमा  घण्टा बजाउँदै पूजाको सन्देशका रुपमा बजाउँदै जाने कार्यलाई माजंवने  भन्ने गरेकाले सो कार्यमा बजाउने घण्टालाइ माजंवनेगु गं भन्ने गरेको देखिन्छ ।
८. द्यःगं( देवघण्टा) -
        देवीगणनृत्यमा विशेष आचार्यलेहरुले  बजाएको घण्टाको स्वर सुनेर देवीगणहरु कम्पन्न भएर आउने घण्टालाई द्यःगं( देवघण्टा) भन्दो रहेछ ।
९. जयमांद्यःया गं (जजमानको देवको घण्टा) -
        नेपालमण्डलमा  बुद्ध धर्म अनुसार सम्यक्  आयोजना गर्नेबेलामा जतिपनि सम्यक् देवताहरु हुन्छन् , त्यसमध्य सम्यक् आयोजना गर्ने जजमान प्रतिनिधि स्वरुपले एक सम्यक् देवता  अलग बसिरहेको हुन्छन् , त्यहि जजमादेवताको हातमा एउटा घण्टा  झुन्डिएको हुन्छ । सो घण्टा बजाएर  ३३ कोटी देवदेवतालाई  आह्वान गरेको भन्ने विस्वास रहेको छ । त्यसै घण्टालाई जजमांद्यःया गं भन्ने गरेको छ ।
१०. गम्भासिं गं ( गाम्भाकाठको घण्ट) -
         नेपालमण्डफका मूलविहारहरुको क्वापादेवता( भगवान बुद्ध)को स्थानमा चार प्रहरको पूजा हुने गर्छ । बौद्ध चरित्रअनुसार भिक्षुसंघहरुलाई दिनको चारपटक गम्भासिं(धर्मगण्डी/ धर्मगन्धी) बजाएर आमन्त्रण गर्ने पूजा पद्धति रहेको छ । यस्तो धर्मगण्डी बजाउने बेलामा पाइला चाल्न नहुने विधि समेत रहेको छ । यसरी सिं अर्थात एक प्रकारको गोलो लामो काठमा अर्को एक सानो काठको डन्डाले ठोकेर गाम्भासिं गं( काठको घण्टा) बजाउने गरीन्छ ।
       नेपालमण्डलमा धार्मिक कार्य गर्दा र विविध समय परिस्थितिमा बजाउने घण्टाहरु अझ गहिरिएर हेर्ने हो भने घण्टामा विभिन्न मन्त्रहरुको विज अक्षेर रहेको विषयमा गहिरिएर अध्ययन गरीएमा धेरै गुह्यता उजागर् गर्न सकिने छन् ।

लेखन स्रोत सामाग्री ~ नेपाल - संस्कृतिया मुलुखा  , हेमराज शाक्य।।
                            ~ ० ~
 
        
           

Monday, May 1, 2023

नक्षत्र

 


नक्षत्र
परिभाषा र अर्थ
     ज्योतिषशास्त्र अनुसार चन्द्रमाको बाटोमा पर्ने र मानिसका स्वभाव, चरित्र आदिमा प्रभाव पार्ने ताराहरूको समूह हो नक्षत्र  । आकाशमा रहेको ताराहरुको समुह नै नक्षत्र हो । ज्योतिष शास्त्रमा नक्षत्रलाई महत्वपूर्ण अङ्ग मानिएको छ । यसले मानिसको जन्ममास, तिथि, वार, नक्षत्र फरक हुनाले व्यक्तिको  स्वभाव आदिमा पनि यसले फरक पार्ने काम गर्छ । नक्षत्रले आफ्नो प्रभावबाट मानिसको जीवनमा  मात्र हैन देशकै  अवस्था समेत उथलपुथल गरी परिवर्तन ल्याउने क्षमता राख्दछ । त्यसैले हाम्रो सनातनी परम्परा नक्षत्रको अवस्था हेरी प्रतिकूल अवस्थलाई  अनुकूल बनाउन नक्षत्र सम्बन्धित ग्रहको  शान्ति पाठ, पूजा, जप, यज्ञ अनुसन्धान तथा साधना व्रत उपासना आदि गर्ने विधि विधान सहितको परम्परा।रहेको छ । विभिन्न  ताराहरुको समुह  मिलेर सामान्यतः   २७ नक्षत्र र थप अभिजित नक्षत्र समेत  २८ नक्षत्र हुन्छ । उत्तराषाढा नक्षत्रको पछिल्लो पन्ध्र घडी र श्रवन नक्षत्रको पहिलेको चार घडीको अवधिलाई अभिजित नक्षत्र भनिन्छ ।
२७ नक्षत्र  क्रमशः यस प्रकार छन् -
        १.  अश्विनी, २. भरणी, ३. कृत्तिका, ४. रोहिणी, ५. मृगशिरा, ६. आर्द्रा, ७. पुनर्वसु, ८. पुष्य(तिष्य), ९. अश्लेषा, १०. मघा, ११. पूर्वाफाल्गुनी, १२. उत्तराफाल्गुनी, १३. हस्त, १४. चित्रा, १५. स्वाती, १६. विशाखा, १७. अनुराधा, १८. ज्येष्ठा, १९. मुल , २०. पुर्वाषाढा, २१. उत्तरषाढा, २२. श्रवण, २३. धनिष्ठा प्रवेश, २४. शतभिषा, २५. पूर्वभाद्रपद र २६.  उत्तरभाद्रपद र २७ . रेवती नक्षत्र समेत हुन् । हरेक नक्षत्रको  नौ ग्रहहरु मध्य क‌ै एउटा आफ्नै स्वामी ग्रह हुन्छ ।
ग्रह
       सूर्य र सूर्यका वरिपरि घुम्ने सौर्य परिवारका आकाश पिण्डहरु नै ग्रह हुन् । सौर्य परिवारका ९ आकाश पिण्डहरु हुन्छ जसलाई ज्योतिषिय शास्त्रमा प्रयोग हुने ९ ग्रह भनिन्छ । ९ ग्रहहरुको नाम क्रमशः यस प्रकार रहेका छन् :- १. सूर्य, २. चन्द्र, ३. मङ्गल, ४.  बुध, ५. गरु बृशस्पति, ६. शुक्र, ७. शनि, ८. राहु र ९. केतु ग्रहरु हुन् । यि नौ ग्रहहरु मध्यमा चन्द्रमा, बुध, गुरू एंव शुक्र ग्रहलाई शुभ ग्रह  सूर्य, मङ्गल, शनि, राहु एवं केतु ग्रहलाई अशुभ ग्रहका रुपका लिने गरिन्छन् ।धर्म शास्त्रीय मान्यतामा राहु , केतु दुई ग्रहको अन्य ग्रह झै वास्तविक रूप वा आकार हुँदैन । यी दुवै छाँया ग्रह हुन् । यी मध्ये राहु शीर हो भने केतु शरीर हो ।
नक्षत्रको स्वामी ग्रहहरु
      ज्योतिष शास्त्रमा प्रयोग हुने नक्षत्रका स्वामी ग्रहहरुक्रमशः  यस प्रकार रहेका छन् :- १. अश्विनीको स्वामी केतु, २. भरणीको स्वामी शुक्र, ३. कृत्तिकाको स्वामी सूर्य, ४. रोहिणीको स्वामी चन्द्र, ५. मृगशिराको स्वामी मङ्गल, ६. आर्द्राको स्वामी राहु, ७. पुनर्वसुको स्वामी गुर बृहस्पति, ८. पुष्य(तिष्य)को स्वामी शनि, ९. अश्लेषाको स्वामी केतु, १०. मघाको स्वामी केतु, ११.
पूर्वाफाल्गुनीको स्वामी शुक्र, १२. उत्तराफाल्गुनीको स्वामी सूर्य, १३. हस्तको स्वामी चन्द्र १४. चित्राको स्वामी मङ्गल, १५. स्वातीको स्वामी राहु, १६. विशाखाको स्वामी गुरु बृहस्पति, १७. अनुराधाको स्वामी शनि, १८. ज्येष्ठाको स्वामी बुध, १९. मुलको स्वामी केतु, २०. पुर्वाषाढाको स्वामी शुक्र, २१. उत्तरषाढाको स्वामी सूर्य, २२. श्रवणको स्वामी चन्द्र, २३. धनिष्ठाको स्वामी मङ्गल, २४. शतभिषाको स्वामी राहु, २५. पूर्वभाद्रपदको स्वामी गुरु बृहस्पति, २६. उत्तरभाद्रपदको स्वामी शनि र २७. रेवतीको स्वामी बुध ग्रह हुन्।
नक्षत्र अनुसार सौर वर्षको महिनाको नाम
      ज्योतिष शास्त्रका ज्ञाताहरुको मत अनुसार महिनाको पूर्णिमाको चन्द्रमा जुन नक्षत्रमा रहेको वा परेको हुन्छ त्यस महिनाको नाम त्यसै नक्षत्र अनुसार, हुन्छन् , जस्तोकि कार्तिक पूर्णिमा( कार्तिक महिनाको शुक्लपक्षको त्रिपुरोत्सवपुर्णे/ सकिमना पून्हि   ) चन्द्रमा कृत्तिका वा रोहिणी नक्षत्रबाट हुन्छ । त्यस्तै नै मंसिर पूर्णिमाको मृगशिरा वा आर्दा यसरी रहन गएको हुन्छ । वैदिक पञ्चाङ्गमा २७ वटा नक्षत्रहरु मध्य १२ वटा नक्षत्रको नामबाट १२ वटा महिनाको रहन गएको छ ।
जस्तोकि -
१. विशाखा नक्षत्रबाट वैशाख महिना, २. जेष्ठा नक्षत्रबाट जेठ महिना, ३. पूर्वषाढा या उत्तरषाढा नक्षत्रबाट असार महिना, ४. श्रवन नक्षत्रबाट श्रावन महिना, ५. पूरेवभाद्रपद या उत्तरभाद्रपद नक्षतरत्रबाट भाद्र महिना, ६. आश्विनी नक्षत्रबाट असोज महिना, ७. कृत्तिका नक्षत्रबाट कार्तिक मशिना, ८. मृगसिरा नक्षत्रबाट मंसिर महिना, ९. पुष्य(तिष्य) नक्षत्रबाट पुष महिना, १०. मघा नक्षत्रबाट माघ महिना, ११. पूर्वफाल्गुनी वा उत्तरफाल्गुनी नक्षत्रबाट फागुन महिना र १२. चित्रा नक्षत्रबाट चैत महिना नाम रहा गएको हो ।
       प्रचलित पात्रमा उल्लेखित महिना कुन नक्षत्रको थाहा पाउन पात्रको महिनाको पेजको तिथि महलमा १५ अङ्क लेखिएको पूर्णिमा( पूर्णचन्द्रमा)मा र त्यसै लहरको नक्षत्र महलमा  नक्षत्रको सुरु अक्षर जुन लेखिएको छ त्यसै अक्षर बाट हुने नक्षत्र नै त्यो महिनाको नक्षत्र हो ।
                             ~ ० ~

Sunday, April 30, 2023

संक्रांति र पर्व समय

 संक्रांति र पर्व समय 



परिभाषा वा अर्थ

          सूर्य वा अरु कुनै ग्रहपुञ्ज एक राशिबाट अर्को राशिमा सर्ने वा स्पर्ष गर्ने अवधि नै संक्रांति हो । सूर्य एक राशिबाट अर्को राशिमा स्पर्ष हुने दिन सौर महिनाको पहिलो दिन एक गते वा संक्रांति हो । बाह्र राशिले सूर्यलाई स्पर्ष गर्दै पृथ्वीले परि्क्रमा गर्दा बाह्र राशि पुरा पार गर्नु पर्ने हुन्छ । सूर्य जुन राशिमा स्पर्श गर्छ त्यसै राशिका नामबाट संक्रांति भनिन्छ । त्यसैले बाह्र संक्रांतिको बाह्र महिना हुन्छ । सूर्यको गतिको आधारमा गणना हुने सौर वर्षको हरेक महिनाको छुट्टाटै आफ्नै राशिको संक्रांति हुन्छ  । जस अनुसार सौर वर्षको  बाह्र  राशिका संक्रांतिहरुमा :- मेष संक्रान्ति, ञवृष संक्रान्ति, मिथुन संक्रान्ति, कर्कत संक्रान्ति, सिंह संक्रान्ति, कन्या संक्रान्ति, तुला संक्रान्ति, वॄश्चिक संक्रान्ति, धनु संक्रान्ति, मकर संक्रान्ति, कुम्भ संक्रान्ति, र मीन संक्रान्ति हुन् । सौर वर्षको महिना अनुसार मेष संक्रान्ति वैशाख १,वृष संक्रान्ति जेष्ठ १,मिथुन संक्रान्ति असार १, कर्क संक्रान्ति श्रावन १,सिंह संक्रान्ति भाद्र १, कन्या संक्रान्ति असोज १, तुला संक्रान्ति कार्तिक १, वॄश्चिक संक्रान्ति मंसिर १, धनु संक्रान्ति पुष १, मकर संक्रान्ति माघ १, कुम्भ संक्रान्ति फागु १ र मीन संक्रान्ति चैत १ गते हुनै पर्छ । प्रत्येकण संक्रांतिको आफ्नै धार्मिक महत्व रह आएको छ तर पनि मेष संक्रांति र मकर संक्रांतिको विशेष  ठूलो महत्व छ ।

पर्व समय

      शास्त्रगत तोकिएको  तिथि मिति र समयमा मनाउने पर्ने पर्व समय नै पर्व समय हो ।

प्रचलित पञ्चाङ्गमा संक्रांति र पर्व समय

      सूर्यको गमनको गणितीय निति  अनुसार तयार हुने   पञ्चाङ्गमा सूर्यले  राशिलाई स्पर्श गरेकै दिन  महिनाको पहिलो दिन  १ गते  उल्लेख भई संक्रांति पर्नै पर्ने हो ।  नेपालमा सरकारी स्तरबाट प्रचलनमा चलाईरहेको सौर्य वर्षको  सम्वत विक्रम सम्वत ह‍ो । आधा शताब्दी अगाडि देखि सरकारबाट स्विकृत फञ्चाङ्गमा ६,७ गते नै सूर्य अर्को महिनामा सरेको याने सूर्यले राशि स्पर्श गरेको देखाउँदै आएको स्पष्ट नै छ । तर त्यहि पञ्चाङ्गले महिनाको पहिलो दिनमा पर्नु पर्ने सूर्यले राशि स्पर्श गरेको एक महिना अगाडि ६,७ गते नै परिसकेको देखाउदा देखाउदै पनि एक महिना पछाडि महिनाको १ गते देखाउँदै  आएको छ । जसका कारण मेष संक्रांति मनाउनु पर्ने पर्व वृष संक्रान्तिमा र मकर संक्रांतिमा मनाउनु पर्ने पर्व कुम्भ संक्रान्तिमा मनाउन बाध्यता पार्दै आएको छ । एउटा राशि संक्रांति हुनु पर्ने पृथक राशि संक्रांति  महिना परेको पञ्चाङ्गले देखाई सकेको अवस्थामा निश्चय नै चन्द्रमाको गतिको तिथिमा पनि फरक परिसकेको पक्का नै छ ।  हामी सनातनी नेपालीले ब्रम्हवाक्य सरह मान्दै आएको पञ्चाङ्गमा पर्व समयको स्थिति यस्तो छ ।

#प्रकाशमानशिल्पकार

Tuesday, April 25, 2023

कलंकी लामपाटीको इतिहास ...

 कलंकी लामपाटीको  इतिहास  ...

     राणाकलको अन्त्य समय सम्ममा पनि  नेपालमा आवट जावट अहिले हामीले भोगचलन गर्दै आएको जस्त‍ो सुविधायुक्त सडक बाटो र सवारी साधन थिएनन् । हुनत अहिले पनित देशका समस्त भूभागमा  समुचतित बाटोघाटो  पुल बन्न सकिरहेका छैनन् । हामी बेलाबेलामा मिडया र सामाजिक सञ्जालहरुमा दुर्गम क्षेत्रका भाइबहिनीहरु आफ्नो ज्यानको बाजि लगागर तुइनमा बसी नदी , खोला वारपार गरेर स्कुलमा जाने आउने गरेको तस्बिरहरू भाईरल हुने गरेको देख्द‌ै नैआएका छौ। हालै मात्र पनि देशको एउटा दुर्गम क्षेत्रमा त्यस्तै तुइनबाट नदि पार गर्ने क्रममा दुर्घटना भएर केही ब्यक्तीहरुले ज्यान गुमाएको सममचार बाहिर आएको थियो । राणाकालको अन्त्य सम्म पनि काठमाण्डौ बाट बाहिर जान र आउन मानिसहरु हिडेर नै जाने गर्थे । हुनेखानेहरु भने कोही घोडा, खच्चर र उलिन्नकाठमा बसेर यात्रा गर्थे । 

      उलिन्काठ भनेको त्यस समयमा मानिसले मानिसलाई बोकेर यात्रा गराउने प्राचीन प्रविधिबाट  निर्मित काठको सवारी साधन हुन्। छत नभएको कसैलाई बसाएर दुईतिरबाट दुई वा तिनजनाले बोकि लैजाने सवारी साधन हुन् ।

      तात्कालिक राणा श्री ३ प्रधानमन्त्री जुद्ध शमशेरका छोरी पुतली मैयाँसाव आफ्नो राणा रवाफ अनुसार काठमाण्डौ बाहिरको यात्रा गरि फर्कने क्रममा अस्वस्थय हुनु भई न्हेपंखाको ( हालको कलङकी क्षेत्रको) भौतिक अस्तित्व समाप्त भई सकेको लामपाटी रहेको स्थानमा  विश्राम लिने क्रममा त्यहिँ नै निधन हुनु भएको।थियोरे । स्थानीय केही व्यक्तिहरुको भनाईमा पुतली मैयासाहबकि आमा आलुव महारानी  भनिन्छन्। आलुव महारानीका बारेमा काठमाण्डौका नेवाःहरुको भनाईमा मरुटोलतिर  कतै आलुव बेचिरहेका सुन्दरीमाथि जुद्ध शमशेरको कूदृष्टि परी उठाएर लगेर  शारीरिक  सम्बन्ध राखि महारानी बनाएको रे ।

       श्री ३ जुद्ध शमशेरलाई आफ्नो छोरी पुतली मैयाँ साह्रै नै मन पर्ने रहेछन्। सायद त्यसै भएर होलान् छोरीले प्राण त्यागेकै स्थानमा अनि मृतक छोरी पुतली म‌ैसाहवकै नाममा बटुवाहरुलाई विश्राम गर्न एवं वास बस्नका निम्ति आकार प्रकारमा चौडाको अनुपातमा लामो लगभग ६० - ७० फुट लम्बाई    र २५ फुट चौडाई जतिको  धर्मशाला पाटी बनाउन लगाएको भन्ने देखिन्छ ।

       पुतली मैयासाहबको स्मृतिमा बनेको त्यो  धर्मशाला पछि पुतली पाटीको नामले सबैले चिन्दै गए। पुतली पाटीमा कयौं  बटुवाहरु विश्राम गरेर गए । समय बित्दै जाँदा जनसंख्याको चाप बढ्दै गयो र धर्मशाला, पौवा, पाटीहरुमा ब्यक्ति र समुहरुको कूदृष्टि पर्दै जान थाल्यो । पुतली पाटीमा पनि समूह र संस्थागतको कूदृष्टि परेर पाटीमा कहिले "कर चेकपोष्ट"  कहिले स्काउटकाो कार्यालयत कहिले " कान्जीहाउस, नव ज्योति पुस्तकालय , कलङ्की गाउँ पंचायत भवन र गाउँ पंचायतको उपप्रधान पञ्चको निजि किनारा पसला हुँदै जनपथ स्कुल सम्मले त्यो पुतली पाटी नामको धर्मशालामा कब्जामा लिएर भोग गर्दै गए । पाटीमा गाउँ पञ्चायतको कब्जामा गए पछि स्काउटको कार्यालय, कान्जीहाउस र नव ज्योति पुस्तकालय भने श्री कलङ्की माताको मन्दिर परिसरको अहिले खाने पानाी लि.को ट्याङ्की भएको ठाउँमा रहेको पाटीघरमा  सरेको  कुरा स्थानीय कुमार अधिकारी  भन्नू हुन्छ ।

      स्थानीय शान्ताराम थापामगरज्यू, लक्ष्मण अधिकारीज्यू र श्रीपति सुवेदीज्यू लगायतले जानकारी दिनु भए अनुसार पुतली पाटीमा बसेको कान्जी हाउसले पहिला गाउँ टोलमा पशुपालकहरुले छाडा छोडेका गाई साँढेहरु नियन्त्रणमा लिएर कान्जीहाउसमा राखेर राख्ने गर्थ्यो अनि पशुधनीहरुले लिन आएमा दण्ड जरिवाना तिराएर दिएर पठाउने काम थर्थ्यो। पशुपालक धनीले खोजबिन गरि लिन नआएमा  लिलाम समेत गर्थ्यो । 

थापामगरज्यू समेतको भनाईमा त्यस पाटीमा केही वर्षसम्म बोल्न समेत नसक्ने एक असहाय बसेर जीवन निर्वाह समेत गरेका थिएरे । यो पाटीलाई सडकले मिचेर पाटी भत्काएर सडक विस्तार नगरे सम्म पाटीको ठीक अगाडि  जुद्धशमशेरले स्थापना गरेको धारा समेत रहका थिए । जुन धारा स्थापना गर्नुमा स्व. नारायण दत्त बिडारी (सुबेदार बाजे) अर्थात पुर्षोतम बिडारी काकाको पिताजीको ठुलो पहल थियो । सडक विस्तारमा परेर पाटी नभत्काए सम्म त्यही पाटीमा  जनपथ स्कुल रहेका थिए ।

       २००७ सम्म  हिलामे हुने बाटोमा जम्मा एउटा लहरी( त्योबेलाको ट्रक) चल्ने । त्यो पनि बिहान छ बजे पल्टन  लिएर थक्वाः (रथानकोट) देखि तिन्ख्यः(टुंडिखेल) जान्थ्यो , अनि साँझ पाँच बजे पल्टन फर्काएर लगिन्थ्यो, त्यति नै हो यहाँको गाडी  आउने जाने भनेको । सर्वसाधारण  मान्छेको साधन थिएन, पैदल नै हिड्नु पर्थ्यो । पछि तीन वटा बस थक्वाः(थानकोट) देखि शहिदगेट सम्म चल्न थाले पछि यश क्षेत्रबाट भएर सार्वजनिक बसहरु  बिस्तारै थप्दै गए अनि यसै पुतली पाटी अगाडि  पनि बस विसौनीले स्थान पायो । बसको सहचालकले बस विसौनीलाई  पुतली पाटीको लामो स्वरुप हेरेर यात्रुहरुलाई पुतली पाटी स्थितको बस विसौनी आयो भनेर जानकारी दिन  लामोपाटी ... लामोपाटी भन्दा भन्दै  पुतली पाटीको नाम " लामपाटी " भनेर नामकरण गर्न थाले , पछि हुँदा बसको सहचालककै भनाईलाई सबैले अनुसरण  गर्दै गए । यसरी न्हेपंखा स्थितको पुतली पाटी लामपाटीमा परिणत भएर गए । पुतली मैयाँसाहवको स्मृतिमा निर्माण भएको धर्मशाला पुतली पाटीको नाम लामपाटी नामाकरण हुनुमा बुद्ध दर्शन,  सुवर्ण,लक्ष्मी र हारती बस लगायत र त्यसका सहचालकहरुको  ठुलो भुमिका रहेको छ भन्ने शान्तराम  थापामगर ज्यूको भनाई रहेको छ ।

      कलङ्कीथानको श्री कलङ्कीमाई मन्दिर भित्र रहेको ठूलो घण्टा झुण्ड्याएको खम्बाको निदालमा लेखिएको विक्रम सम्वत १९६४ सालको शिलालेखमा लेखिए अनुसार अहिलेको कलङ्कीको नाम र कलङ्कीथानको श्री कलङ्कीमाईको नाम पनि कलङ्की र श्री कलङ्कीमाई हैनन् । कलङ्की क्षेत्रको  वास्तविक मौलिक नाम " न्हेपंखा " हुन ।

        पहिला पहिला यश क्षेत्रमा न्हायपं कच्छि( नर्कट घारी) रहेकाले नेवार भाषाबाट न्हेपंखा भनि्थ्यो  । पछि यश न्हपंखा क्षेत्रको स्वामिनि( अधिस्थात्री देवी) कल्खु बालकुमारी अजिमाको मौलिक नाम अपभ्रंश हुँदै हुँदै कलङ्की  हुन गए पछि यश क्षेत्रकै नाम कलंकी रहन गएको हो । यसरी यश क्षेत्रको मौलिक  नाम न्हेपंखा हुन् भने  श्री कलङ्कीमाईको मौलिक नाम कल्खु बालकुमारी हुन् भन्ने प्रस्त देखिन्छ । घण्टा झुण्ड्याए शिला अम्बाको निदालको शिरमा " श्री कलंषु बालकुमारी ।। श्री ३ चन्द्रकी जय  ।। लेखिएको छ भने  शिलालेखको व्यहोरमा " न्हेपंखा" बस्ने डिठ्ठा मान बहादु अधिकारीेेले घण्टा चढाएको भनेर लेखीएको छ ।

        बिकाशका नाममा  हाम्रो कयौं  सम्पदाहरुको भौतिक संरचनाहरु अतिक्रमण हुँदै नासिन्दै गइसकेका छन् । केही सम्पदाहरु ननासिए तापनि सम्पदाको मौलिकता मौलिक नामह र पहिचानहरु नासिन्दै गएका छन् । यहाँका सम्पदा र सम्पदाका पहिचान भनेको हाम्रो र देशकै पहिचान हो । अतः भएरहेका सम्पदाहरुको समुचित  संरक्षण गर्नु, मासिसकेका सम्पदाहरुको भएसम्म पुनःनिर्माण गर्ने नसके सम्पदा रहेको स्थान सम्पदाको पहिचान झल्काउने  संकेत सहित नाम सबैको दृष्टि पर्ने गरि लेखेर राख्नु पर्छ । ताकि  भविष्यका नयाँ पुस्ताले समेत त्यहाँ यस्तो विशेषताको यो सम्पदा रहेको थियो भनेर  जानकारी पाउन सकियोस् । 


#प्रकाशमानशिल्पकार


पञ्चकको परिभाषा वा अर्थ

 पञ्चक के हो ?




      शब्दकोषमा लेखिए अनुसार  पञ्चक भन्नाले:- १. एकै प्रकारका पाँच वस्तुहरूको समुदाय। २. कार्तिक कृष्ण त्रयोदशीदेखि शुक्ल द्वितीयासम्मका पाँच दिन; यमपञ्चक। ३. कार्तिक शुक्ल एकादशीदेखि पूर्णिमासम्मका पाँच दिनको समय; भीष्मपञ्चक। र ४. धनिष्ठादेखि रेवतीसम्मका पाँच नक्षत्र भित्रको पञ्चक कालका वा समयावधि भन्ने बुझिन्छ ।  । 

     पञ्चक के हो ? भन्ने विषयमा यहाँ पञ्चक कालका बारेमा केहि प्रष्ट पार्ने प्रयत्न गर्नेछु । ज्योतिष शास्त्र तथा पञ्चाङ्ग अनुसार चन्द्र ग्रह अर्थात चन्द्रमाको मार्गमा देखिने धनिष्ठा नक्षत्रको तृतीय चरण र शतभिषा, पुर्वाभाद्रपद, उत्तराभाद्रपद तथा रेवती नक्षत्रको चार चरणमा भ्रमण काललाई पञ्चक काल भनिन्छ । यस समयमा चन्द्र ग्रहका कुम्भ र मीन राशीमा भ्रमण पन्चकको जन्म दिन्छ । धनिष्ठा, शतभिषा, पूर्वभाद्रपद, उत्तरभाद्रपद र रेवती यी नक्षत्रको मेलले बनेको विशेष योगलाई पञ्चक भनिन्छ । नक्षत्र भन्नाले चन्द्रमाको मार्गमा देखिने, सौरजगत्देखि अलग रहेका नक्षत्र वा ताराहरूको समूह (अश्विनी, भरणी, कृत्तिका, रोाहिणी, मृगशिरा, आर्द्रा, पुनर्वसु,पुष्य (तिष्य०, अश्लेषा, मघा, पूर्वाफाल्गुनी, उत्तराफाल्गुनी, हस्ता, चित्रा, स्वाती, विशाखा, अनुराधा, ज्येष्ठा, मूल, पूर्वाषाढा, उत्तराषाढा, श्रवण, धनिष्ठा, शतभिषा, पूर्वभाद्रपद, उत्तरभाद्रपद र रेवती लगायत सत्ताइस नक्षत्रहरु हुन् । मनुष्यका असलखराब अवस्थाका अधिष्ठाताहरूनै ज्योतिषशास्त्रअनुसार पञ्चक हो।


पञ्चकको प्रभाव  :


🎆पन्चकमा पराल र काठबाट अग्निभय, चोरभय, रोगभय  🎆  राजभय, धनहानी हुन सक्छ ।

🎆 धनिष्ठा नक्षत्रमा अग्नि भय रहन्छ ।

🎆 शतभिषा नक्षत्रमा कलह हुने सम्भावना रहन्छ ।

🎆 पुर्वाभाद्र पद नक्षत्रमा रोग बढ्ने सम्भावना हुन्छ ।

🎆 उतरा भाद्रपदमा धनको रुपमा दण्ड हुने सम्भावना हुन्छ 

🎆 रेवती नक्षत्रमा धन हानीको सम्भावना रहन्छ ।


पञ्चक कालमा गर्न नहुने कार्यहरु :

🎆 मरेको शरीर जलाउन 

🎆 काठ खरिन गर्न

🎆 घरमा छल राख्न

🎆 पलगं वा ओछ्यान बनाउन

🎆 दक्षिण दिशातिर यात्रा गर्न

🎆 कुनै शुभ र मांगलिक कार्य गर्न


पन्चकको समयमा कोही व्यक्ति मरेमा पञ्चक शान्ति नगरी अन्त्येष्टि गरिएमा परिवारको ५ जना व्यक्तिको मृत्यु हुन्छ भन्ने सनातनी जनविश्वास रहि आएको छ । त्यसै कारण सनातनीहरुको मृत्यु भई मृतकको अन्त्येष्टि गर्दा पञ्चक परे नपरेको एकिन गरिने गरिन्छ । यदि पञ्चक काल परेको भएमा आफ्नो कुल परम्परा अनुसार पञ्चक शान्ति विधि अपनाएर मात्र मृत्यु संस्कार गरीन्छ । सनातनीहरुमा समुदाय र ठाउँ अनुसार पञ्चक कालमा मृत्यु भएकाहरुको मृत्यु संस्कार गर्दा आ-आफ्नै तरिकाले पञ्चक शान्ति गर्ने परम्परा रहि आएको छ ।

🎆 पञ्चकमरण शाान्ति विधि :

 पञ्चाङ्गमा उल्लेखित भए अनुसारको - पञ्चकमरणे पुतलादाहविधि -

      कर्ता स्वयं भै पूर्वतर्फ फर्की कुश-तिल- जल लिने । " अद्येहेत्यादि( अमुक) गोत्रस्य ( अमुक) प्रेतस्य धनिष्ठादिपञ्चकमरणवनित अनिष्टपरिहारार्थ मृतस्य पञ्चकमरणजन्यदोषपरिहारपूर्वकोत्तमगतिप्रादयर्थञ्च पञ्चकमरणशाान्तिविधि करिष्ये ।" भनी छाडिदिने। चन्दन माला आदिले पाँच वटा प्रतिमा( पुतली)लाई सिंगारेर ऊनी धागोले बेरेर जौको पिठोले लिपेर दाह गर्ने समयमा प्रेत (लास) माथि राखि दिने । जसमध्ये १. प्रेतवाह प्रतिमा शिरमा राख्ने, २.प्रेतसव प्रतिमा आँखामा राख्ने, ३. प्रेतप प्रतिमा कोखामा राख्ने, ४. प्रेतभूमिप प्रतिमा नाभिमा राखिदिने  र ५. प्रेतहतं प्रतिमा पाउमा राख्ने । तिनिहरुलाई नाम मन्त्रले घृत आशुति र जधारादिने " यमाम सोमं मधुमत्तयेर्षा तोनोगावः स्वदन्तु हब्या । दुतं वो देवः स्वदयं मुमेषातेनोरासं तकुरुमा यमद्ययूयं पातः स्वस्तिभिः सदा नः ।  त्र्यम्बकं यजामहे सुगन्धिम्पुष्टिवर्द्धनम् । उर्वारुकमिवबन्धनान् मृत्योर्मुक्षीयमा मृतत् ।। यी मन्त्रले प्रतिमाहरुमा प्रत्येक पटक धुत आहुति गर्ने । ॐ प्रेतवाहाय स्वाहा , ॐ प्रेतसखाय स्वाहा, ॐ प्रेतपाय स्वाहा, ॐ प्रेतभूमिपाय स्वाहा, ॐ प्रेतहत्रे स्वाहा ।

{दृष्टव्य - 

🎆 १. पच्चक लाग्नु अगाडि मरेका व्यक्तिहरुको दाह गर्नु

           परे पुतलादाह मात्र गर्न, शान्ति गर्नु पर्दैन ।


🎆 २. पञ्चकमा मरेका व्यक्तिको पञ्चकमा समाप्त भए

          पछि दाह गरे शान्ति मात्र गर्ने पुतलादाह गर्नु पर्दैन ।

🎆 ३. पञ्चक भित्र मरेका र पञ्चक भित्रै दाह गर्नु परेमा

          शान्ति र पुतलादाह दुबै गर्नु पर्छ ।

(उपरोक्त पञ्चक मरण विधि नेवाः बाहेकको हो )


🎆 नेवाः समुदाय भित्र गरिने पञ्चकमरण शान्ति विधि :

      पञ्चक लागेको दिन परे - जोशी समाज भक्तपुरले प्रकशित जोशी गोजी पात्रोमा उल्लेखित भए अनुसार -

      

     कुशको पाँच वटा पुतली वा हाँसको पाँच वटा फुल

     सवदाह गर्दा निम्न अनुसार राख्ने -

      १.  लासको शिरमा एक वटा,२. आँखामा एक वटा ३. काखीमा एक वटा , ४.नाभिमा एक वटा र ५. पाइतालामा एक वटा राख्ने ।

   

पञ्चक परेको विवरण तालिका स्रोत :  जोशी गोजी पात्र २०८७  जोशी समाज ख्वप

#प्रकाशमानशिल्पकार

#पञ्चक

Monday, March 6, 2023

विष्णुमती र बागमती ढलमतीमा परिणत संगै यहाँको संस्कार र संस्कृति पनि लोपमती हुँदै ..

 विष्णुमती र बागमती ढलमतीमा परिणत संगै यहाँको संस्कार र संस्कृति पनि लोपमती हुँदै ..



        नेपालमण्डलवासीको संस्कार र संस्कृति नदीनाला संग जन्म देखि मृत्यु सम्म नै जोडिएको देखिन्छ । कान्तिपुर शहरका विभिन्न टोलका वासिन्दा, भक्तजन, प्रभातकालीन बाग्मती विष्णुमती तथा अन्य नजिक नदीनाला वा कुण्ड लगायतमा गएर  हर हर गंगे भन्दै स्नान गरी पशुपतिनाथ, चैत्यतथ मठ मन्दिरहरु दर्शनका लागि पुग्थे ।

  नवजात शिशु जन्मे पछि परिवार तथा तेह्रदिने नातागोता सब‌ैलाई सुतक लाग्छ । सुतक घर परिवारमा नवशिशु जन्मेपछि अथवा कुनै परिवार सदस्य मरेपछि  बारिने आशौच हो । जन्मदा वा मर्दा नजिककाा नातेदारहरुलरलाई लाग्ने खास अवधिसम्म लाग्ने अशुद्धिलाई नदीनालामा गएर नुहाईधुवाई गरि शुद्धीकरण गर्ने यहाँको परम्परा रहि आएको छ । बस्ती बिकाश र शहरीकरण संगै घर घरमा कलधारो मात्र हैन शौचालय (पाइखाना)को पनि व्यवस्था हुँदै गयो। नुहाईधुवाई गर्न नदीनालाहरुमा धाउन परेन । अनित: अनित नदीनालाहरुमा घरघरका पाइखानाबाट बग्ने मलमूत्रहरुको धल विभिन्न नदीनालामा मिसाउँदै बागमती नदीको माध्यबाट क्वदुवा न्हसिकाप (कटुवाल दह) मार्गबाट नेपाल बाहिर पठाउँदै नेपालमण्डल वासी नयाँ जमानामा चुर्लुम दुब्दै गंगालाई  प्रदूषित बनाउँदै लगिए । बिकाशका नाममा अौद्योगिक कलकारखाना स्थापना हुँदै गए पछि त्यसबाट निस्कने हानिकारक  रसायनहरु समेत सिधै नदीहरुमा मिसाउँदै गए फल स्वरुप विस्तारै  विस्तारै  नदीहरुमा कलकल बग्ने गंगा यति सम्म प्रदूषित हुँदै गएकी नदी तर्फबाट  आएको हावाको क्षोका हाम्रो नाकमा ठोकिँदा नाक खुम्चाउन पर्ने गरी दूर्गन्धीत हुँदै एएको अवस्था छ । पापीहरुको पाप पखाल्ने नदीको गंगा आफै छिछि गर्नु पर्ने गरी दूर्गन्ध हुन गईसकेको छ । हानिकारक रसायन मिस्रीत नदिको पानी दुर्गन्धित मात्र रहिएन जसका कारण पवित्र मानिने गंगा मानव र अन्य जनावारलाई मात्र हैन पानीमा बस्ने माछा लगायत प्राणीका लागि समेत घातक सिद्ध हुँदै गए ।

      नदीहरुमा गएर गंगा स्नान गरी अनिवार्य गरिनुपर्ने संस्कारहरु पनि अब  घरबाट  बोकेर लगेको पानीले स्नान गरेर हामीले कति समय सम्म संस्कार  धान्न रकिन्छ र  । विष्णुमती र बागमती किनारमा रहेभएका कयन घाटहरु अतिक्रमण गरेर सुकुम्बासीका नाममा बस्ती खडा गर्दै घाट र घाटमा रहेका तिर्थरुको अस्तित्व  समाप्त पार्दैछन् । यावत् कारणले नदीको गंगामा सेलाउनु पर्ने हाम्रो सनातनी पूजापाठका फुलपाटीहरु एवं पितृलाई श्रद्धाले तर्पण गरीएका पिण्डहरु अब गंगामा सेलाउन सक्ने अवस्थामा कुनै नदिहरु नरहेकाले गंगाका सेलाउनुको सट्टामा जथाभावी फ्याक्ने गरेका यत्रतत्र देख्न थालिसकेको छ ।  विष्णुमती र बागमती लगायत नदीहरुको दुर्गतीलाई सुधार गर्न सरकारले अधिकार सम्पन्न वागमती सभ्यता एकीकृत विकास समिति खडा गरे तापनि  नदी किनारमा खडा हुँदै गए अनियन्त्रित कथित सुकुम्बासी बस्तीहरु हटान र नदिहरुमा हुने प्रदुषणलाई नियन्त्र गर्न सकिरहेको अवस्था छैन । जसका कारण नेपाली संस्कार र संस्कृतिमा नकारात्मक असर पर्दै लोपमती तर्फ लम्कने गतिमा छ ।

श्रद्धालु भक्तजनहरु मठ मन्दिरहरुमा अछुत बन्दै ... ?

 श्रद्धालु भक्तजनहरु  मठ मन्दिरहरुमा  अछुत  बन्दै ... ?

      हाम्रो दृष्टिले देखिने वा नदेखिने अलौकि वा लौकिक शक्तिबाट प्रभावित भई त्यसप्रति तनमनले आदरपूर्ण भाव वा सद्भाव र श्रद्धा भक्तीबाट आएक‍ो शब्द हो श्रद्धालु । धार्मिक कार्य वा धर्ममा आस्था अनि विस्वास गर्नेलाई श्रद्धालु भनिन्छ । धार्मिक अर्थमा देवीदवताहरुको वास रहेको स्थल मठ मन्दिरमा आस्था विस्वास राख्ने भक्तलाई श्रद्धालु भनिन्छ । यसरी हेर्ने हो भने देवीदेवता र श्रद्धालु भक्तजनको निकटम सम्वन्ध रहेको हुन्छ । त्यसैकारण पनि प्राचीन काल देखि नै देवीदेवतामा आस्था राख्ने श्रद्भालु भक्तजनहरुले मठ मन्दिरहरुमा स्थापना गरीएका वा अलोकि रुपमा उत्पत्ति भएका भनि किम्बदन्ति संग जोडिएका विभिन्न मूर्त अमूर्त मूर्तिहरुमा अति आस्था र विस्वासले मूर्ति छोएर पूजा अर्चना गरी भक्तिभावका साथ दर्शन गर्ने गरिन्दै आएका छन् । अपवादका रुपमा केहि धर्मुभीरुले र शासक वर्गले मनुष्यजातीमा चार श्रेणी  वर्ण विभजान गरि मनुष्यजातीभित्र अछुत समुदाय परिकल्पना गरी लादिएर अछुत भित्र परेका समुदायलाई भने मठ मन्दिर भन्दा पर नै राखि  मनुष्यजातीमा असमान व्यवहार गर्दै अन्याए गर्दै आएको सनातनी धर्म समाजको इतिहास छ ।

      अछुत भन्नाले सनातनी वर्ण व्यवस्था अनुसार नेपालको हकमा  नयाँ मुलुकी ऐन लागु हुनुभन्दा पहिले छुन नहुने वा पानी नचल्ने ; छोइछिटो हाल्नु पर्ने जातिय समुदाय भन्ने रहि आएको छ । सनातनी वर्ण व्यवस्था प्राचीन कालका आदिपुरुष मनु द्वारा रचिएको मानव - धर्म- शास्त्र  मनुस्मृति ग्रन्थ विभिन्न कालखण्डमा सम्म आईपुग्दा धर्मुभीरुले आफ्नु अनुकूलता अनुसार परिमार्जन गर्दै मानव मनुष्यजातीमा चार श्रेणी  ब्राम्हण, क्षेत्री, वैश्य र शूद्र समेत गरी श्रेणीवर्ण विभजान गरि मनुष्यजातीमा अछुत समुदाय परिकल्पना गरेर लादिएको एक कलंक हो " अछुत"  शब्द ।

      वर्ण व्यवस्थाले उपल्लो जाती मानिएका श्रद्धालु भक्तजनहरुले  भक्तिभावका बहानामा मूर्ति पूजामा लापरबाही गरी आधुनिक केमिकल युक्त अबिर केसरीले मूर्त अमूर्त मूर्तिहरुमा जथाभावी तिलक लगाउने गर्दा मूर्तिहरु छिया छिया पर्द‌ कयौं मूर्तिहरु कुरुप भईसकेको अवस्था छ । त्यस्तै नै भक्तजनले भक्तिभावका बहानामा देवीदेवताको निधारको तिलक लिने क्रममा मूर्तिको निधारमा हातको औँलाको घस्रनबाट निधार प्वाल परिसकेको अवस्था छ ।   हाम्रो भक्तिभाव यति महान छकि  मूर्तिको पाउको तिलक लिएर भक्ति भावले दर्शन गर्नुको सत्ता देवीदेवताको शिरमा रहेको फूल प्रसाद र निधारको तिलक लिएर श्रद्धा भक्ति देखाउछौं । पूजा अर्चा गरी धुप बत्ती बालेर आरति गरी  भाव अर्पण गर्नेक्रममा पनि मूर्तिलाई नै छुने गरी  आरति गर्ने गर्छौ र बलेको धुप बत्ती जथाभावी  राख्ने गर्छौ पनि । कति भक्तजनलेतः मूर्तिकै शिरमा समेत बलेको धूप बत्ती राख्ने गरेको देखिन्छन् । कतिपय भक्तजनहरुत जुत्ता लगाएरै मन्दिर प्रवेश गरी पूजा तथा दर्शन गर्ने गर्छन् । सायद  भक्तजनहरुको श्रद्धाभावको मनोवृत्ति बुझेर नै यहाँका  श्री पशुपतिनाथमा, भक्तपुरको दत्तात्रि, ईचंगु तथा चाङ्गु नारायण एवं बिजयश्वरी( विज्यास) देवी, बज्रजोगिनि लगायत केहि योगिनि मन्दिरहरुमा पहिला देखि नै पूजारी बाहेक सर्वसाभारण भक्तजनहरुले मूर्ति छोयेर पूजा गर्नमा बन्देज लगाए हुनु पर्छ ।

        यहाँका अधिकांश  मन्दिरहरुको देवीदेवताको मूर्तिहरु श्रद्धालु भक्तजाहरुकै कारण कुरुप हुँदै गएको यथार्थलाई अब सबैले बुझ्न थालेको छ । यसमा जाग्रुक भक्तजनहरुको चेतना आएर भनौ अथवा स्वयं देवीदेवता स्वयंले नै आफ्नो मुर्ति र मन्दिरको सुरक्षाका लागि आफ्ना श्रद्धालु भक्तजनहरुलाई अब अछुतको दृष्टिले हेर्न थालेर हो, सबै  सर्वसाधारण श्रद्धालु भक्तजनलाई मन्दिर प्रवेश प्रवेश गरेर मूर्ति पूजा गर्नमा बन्देज लगाउने क्रम विभिन्न मन्दिरहरुमा धमाधम बढ्दै गएको छ । अब हामीले  मन्दिर प्रवेश प्रवेश गरेर मूर्ति पूजा गर्नमा बन्देज लगाएका मन्दिरहरुमा पूजा अर्चना गर्दा मन्दिरको ढोका बाहिरै राखिएको देवीदेवताको प्रतिबिम्ब मूर्ति अथवा  मन्दिरको ढोका अगाडि राखिएको गोलाकार भूईदेवता( पिखालाखी) अथा पाउमा  आफ्नो श्रद्धाभक्तिले पूजा अर्चना गर्नु पर्ने छ। 

       साविक देखि मूर्ति छोएर पूजा अर्चना तथा दर्शन गर्दै आईरहेको मन्दिरहरुमा अहिले पूजारी बाहेक अन्य सर्वसाधारण  भक्तजनहरुले छोएर पूजा अर्चना तथा दर्शन गर्न बन्देज गरिएका मन्दिरहरुमा क्रमशः श्री अशोक विणायक(मरु गणेश) मरु, श्री गुह्यकाली(गुह्यश्वरी), श्री दक्षिणकाली फर्पिङ, श्री अन्नपूर्ण( असंभुलु अजिमा) असन, श्री हारती अजिमा स्वयम्भू तथा श्री बुढानिलकण्ठ नारायण बुढानिलकण्ठ  आदि हुन् ।

                     ~ ० ~

Monday, February 27, 2023

काठमाण्डौ उपत्यकामा गोरु नजोत्नुको कारण गाईगोरु सम्मानित जनावर भएकाले नै हो....

 

काठमाण्डौ उपत्यकामा गोरु नजोत्नुको कारण गाईगोरु  सम्मानित जनावर भएकाले नै हो....



      कृषिप्रधान संघिय गणतान्त्रिक नेपालको केन्द्रीय राजधानी काठमाण्डौ उपत्यकाका रैथाने नेवार समाजले( नेपालमण्डलवासीले) आज सम्म पनि गोरु नारेर गोरुजोती  कृषि गरेको इतिहास छैनन् । कृषकका लागि खेत खनजोत गर्णे सरल उपकरण भनेको घरमा रहे भएका वस्तुभाउ लगायत साधनहरु नै हुन् । घरमा रहेका मूलतः गोरूलाई प्रयोग गरेर अर्थात गोरु नारेर खेतीपाती गर्ने परम्परा काठमाण्डौ उपत्यरका बाहेक नेपालको पहाडी तथा तराई मध्यस एवं छिमेकि मुलुक  भारत समेतका कृषकहरुले युगौयुग देखि  नै आजसम्म   गोरु नारेर खेत जोतेर कृषि गर्दै आएको छ । तर नेपालमण्डलवासीले भने आज सम्म पनि  गोरु जोतेर खेती गरेको छैन ।
      अन्यत्र अधिकांश  कृषकहरुले गोरु जोतेर कृषि गर्ने गर्दै आएकोे भए तापनि नेपालमण्डल वासीले भने गाईगोरुलाई धार्मिक आस्थाका रुपमा मान्दै आएका कारणले नै गोरु जोत्ने नगरेको यथार्थ यहाँको धर्म संस्कृतिले देखाएको छ । परापूर्वकालदेखि नै नेपालमण्यलका समुदायमा कुटो, कोदालो वा अन्य कुनै औजार प्रयोग गरी खेतीपाती गरिँदै आएको देखिन्छ ।
        बौद्ध धर्म सम्प्रदायको मान्यता अनुसार आदिमकालमा यहाँको कालीदहको पानी महामञ्जुश्रीले आफ्नो चनद्रह्रास खड्गले उपत्यकाको चारठाउँका पर्वतहरुको न्हसिकापलाई काटेर पानी बाहिर जाने निकास  खोलेर यहाँ  महामञ्जुश्रीले मञ्जुपत शहर बसालेर मानव वस्ति वसाले पछि । याहाँका बासिन्दाका लागि उपयुक्त खेति योग्य जमिनको खोजि गर्दा । गल्कोपाखा, मनमैजु, तोखा, बसुन्धरा, फुसिंख्यः, महादेवतार र तिलिङ्तार लगायत उच्चभूभागको तल परेको बेसि भूभाग अति उपयुकत भएको देखिएकाले मञ्जुश्रीले आफ्ना दुई स्त्रि शक्ति मध्य एक स्त्रि शक्ति तथा एक जोडि हलगोरु सहित हालको सामाखुसीको चिलद्रेन पार्क( थुसाख्यः) रहेको स्थानमा आई  सावाःय् ( हलो जोतेर) गरेर बेसिमा जमेर रहेको पानी बिष्णुमती नदीमा जाने मार्ग याने खोलो तयारगर्ने कार्य थालेको ऐतिहासिक किम्बदन्ति रहेको छ । महामञ्जुश्रीले सावाःय् गरी( गोरू जोती) निर्माण गरेको सावाः खुसी नै हालको सामाखुसी हो ।
        महामञ्जुश्रीका दुई स्त्रि शक्ति मध्य एक असन्तुष्ट  स्त्रि,शक्तिले एक गोरु( द्वहँसा/ थुसा) हालको नक्शाल  लाजिम्पाट स्थित साकुना माजु( निल सरस्वती) विराजमान रहेको स्थामा लगेर थुनेर लुकाएको । त्यस पछि महाँमञ्जुश्रीले  यसै सावाःखुसी क्षेत्रमा आफैंले खेत खनी काम सिकाइ, पशुलाई जोताइ दु:ख नदिनु भनी आज्ञा दिएको मानिन्छ । त्यसैले महामञ्जुश्रीको आज्ञा अनुसार हालसम्म पनि उपत्यकाको नेवा: समुदायमा गोरु नारेर हलो जोत्ने गरिँदैन।
      तन्त्र साधनाका शक्ति पूजक  शासक्त शैव सम्प्रदाय समेतको रहेको नेपालमण्डल वासीहरुले गोरुलाई देवादीदेव महादेवको सवार वाहन समेत रहेको र गाईको मलमूत्र समेत पवित्र मानेर धार्मिक तथा पितृकार्यमा प्रयोग गरिन्दै आएको कारण गाईगाोरुलाई सम्मानित रुपमा पुज्दै आएको छ । यस कारणले पनि नेपामण्डलवासीले गोरु जोतिँदैन । यद्यपि धर्मशास्त्रहरु कोट्याउँदै जाने क्रममा सनातनीहरुमा गोवध गरी सम्पन्न गरिने प्राचीन कालमा गोमेध यज्ञ समेत हुने गरेको थियो भन्ने पाईन्छ नै ।
       तन्त्र साधनाका शक्ति पूजक  शासक्त शैव सम्प्रदायले अष्टमातृका देवी मध्यकी एक दैवी वाराही मातृकाको सवार वाहन राँगोलाई समेत वाराही मातृकालाई नै भोग दिने तान्त्रिक पूजा परम्परा रहेको समुदायमा गोरु जोतेर खेत खनजोत गर्ने परम्परा नहुनुमा अचम्मको परम्परा नै मान्नु पर्छ ।

 
       

Friday, February 17, 2023

द्वादश तीर्थ

 


द्वादश तीर्थ

 तिर्थ

      तीर्थ भन्नाले श्रद्धालु भक्तजनहरु आ-आफ्ना आस्थार विस्वासले पूजा आराधना र दर्शन गर्न जाने कुनै नदि, दोभान, त्रिवेणी, कुण्ड, तलाउ, मन्दिर वा कुनै पवित्र आत्माहरुको जन्मस्थ तथा वास स्थललाई तीर्थका रुपमा लिने गरेको पाइन्छन् । नदीहरुको समागम हुने स्थलहरुमा  सकारात्मक उर्जाहरु समेत हुने भएकाले  दुई अथवा दुईभन्दा बदी नदीको समागम हुने सकारात्मक उर्जाशील क्षेत्रलाई तीर्थ भनिन्छ ।

नदी

      कुनै पर्वत,ताल तथा कुण्ड आदि  उद्गम स्थल वा मुहान भई निश्चितरुपमा बग्द‌ै अन्य कुनै ठूला नदींसंग मिसिएर अथवा एक्लै बग्दै समुन्द्रमा मिसिन जाने जलप्रवाह नै नदी अथवा खोला हुन् ।

     नेपालमण्डलको सभ्यताको स्रोत नै नदिलाई मानिएको छ । नदिहरुमा पनि मूलतः बागमती नदिलाई लिने गरेको छ । भागीरथी(गङ्गा) भन्दा सयौं गुणा पवित्र  मानिने बागमती नदिको उत्पादनको उत्पत्ति शिवपुरी डाँडाको मृगेन्द्र शिखर मानिन्छन् । पौराणिक पुराणका ज्ञाताहरुको भनाइ अनुसार नृसिंहले हिरण्यकश्यपलाई बध गरे पछि यसै पर्वतका आएर  मृगकोको इन्द्रसमान ( सिंह) रुपको शिर धारण गरी विचरण गरेकाले यस पर्वतको नाम मृगेन्द्र शिखर रहन गएको हो । पुराणका ज्ञाताहरुका अनुसार यस स्थलमा भक्त प्रह्लादले एकहजार वर्ष सम्म शिवजीको तपस्या गर्दा प्रसन्न शिव अट्टहास हाँस्नु भयो र अट्टहासले गर्दा शिवको मुखबाट थुकका छिटा निस्कँदा बागमती नदिका रुपमा प्रकट भएको भन्ने रहेको छ । 

       शिवको मुखबाट उत्पत्ति भएकाले वाग्मतीलाई शिवगङ्गा र ब्रह्म सरस्वती पनि भनिन्छ । शिवपुरीको उत्तर मुखबाट वाग्मती र दक्षिण मुखबाट विष्णुमती(केशमती) प्रकट भइन् । यही शिखरको पूर्व दक्षिणतिरबाट रुद्रमती (धोबीखोला) को उत्पत्ति भएको  । मणिचुड पर्वत (वज्रयोगिनीको डाँडो) बाट मणिमति (मनोहरा) उत्पन्न भएको छ । साथै, उपत्यकाको विभिन्न स्थानबाट इक्षुमती (टुकुचा), हनुमती (हनुमन्ते), भद्रमती (भचाखुशी) र प्रभावती (नख्खुखोला) वाग्मतीमा मिसिन्छन् । वाग्मतीमा मिसिने यी सात नदीको समूहलाई सप्तमती पनि भन्ने गरिएको ‘वाग्मती काठमाडौँ सभ्यताको मुहान’ पुस्तकका लेखक एवं पूर्व सचिव विष्णुगोपाल रिसालको भनाई रहेको देखिन्छ ।

     नेपालमण्डलको समाजले काठमाडौं उपत्यकाहुँदै बग्ने बागमती र बिष्णुमती नदीहरुलाई नै सबैभन्दा बढी महत्व दिएको पाइन्छ । यी नदीहरुको किनारा एवम संगम स्थलहरुमा विभिन्न काल खण्डमा निर्मित मठ मन्दिर पाटि पौवा तथा घाटहरुमा मानव जीवन सँग सम्बन्धित जन्म देखि मृत्यु सम्मका कृयाकलापहरु वर्षै भरि भइरहने हुँदा धार्मिक एवम साँस्कृतिक क्षेत्रमा चासो राख्ने ब्यक्तिहरुका लागि महत्वपूर्ण गन्तव्य हुन सक्छ ।

नदिको संगम स्थल

      नेपालमा रहेका विभिन्न नदिहरुको एक गन्तव्यमा आएर हुने संगम स्थलहरुलाई दोभान वा त्रिवेणी नामकरण गरीएको छ ।

दोभान

    दुईतिरबाट बग्दै आएको  नदिहरु मिसिएको अथवा दुई नदीको संगम स्थललाई दोभान भनिन्छ ।

 त्रिवेणी 

        तिनतिरबाट बग्दै आएको नदीहरु एक आपसमा मिसिएको स्थानलाई त्रिवेणी भनिन्छ । सनातनी धर्म शास्त्र वा  सनातनी धार्मिक आस्था र विस्वासमा भौतिक रुपमा तिन नदीहरु संगम भएको प्रत्येक्ष नदेखिए तापनि धार्मिक लोकमान्यतामा  अदृश्य पाताल गंगा बगेर आई मिसिएको धार्मिक विस्वासका आधारमा पनि कुनै  प्रत्येक्ष दुई नदीहरुको दोभान देखिए तापनि कुनै कुनै दोभानलाई त्रिवेणी मान्यता दिएको समेत पाइन्छन्  । जस्तै - भक्तपुर हनुमान घाटको(खोह्रेको) त्रिवेणी, भक्तपुर बागेश्वर महादेवको विरा भद्राघाटको त्रिवेण र काठमाण्डौ शंखमूल शंकर( रुद्रधारा) तीर्थको त्रिवेणी । यि त्रिवेणीहरुमा भौतिकरुपमा दुई नदीहरु मात्र संगम भएको देखिन्छन् । तर धार्मिक आस्था  विस्वामा भने क्रमशः भक्तपुरको दुई त्रिवेणीमा तमसा र  काठमाण्डौको शंखर तिर्थको त्रिवेणीमा पाताल गंगा अदृश्यरुपमा बगेर आई संगभ भएको विस्वास गरिन्छन्।

नदीहरुको संगम स्थल धार्मिक, सांस्कृतिक दृष्टिकोणले मात्र हैन आयुर्विज्ञानको दृष्टिकोणले पनि अति महत्वपूर्ण

       एक नदी विभिन्न स्थानबाट बग्दै आउँदा उसले बग्ने बाटोमा रहेका त्यहाँका रसायनहरु पनि सँगै बगाएर ल्याउँछ । जब दुई नदीको संगम हुन्छ त्यहाँ दुई नदीका पानीमा मिसिएका रसायनहरुको रसायनिक प्रतिक्रिया हुन्छ यसरी हुने रसायनिक प्रतिक्रियापछि उत्पन्न हुने नयाँ रसायनले मानव शरीरमा रहेका विभिन्न विकार हटाउने कार्य गर्ने कुरा प्राचिन आचार्यहरुले अध्ययन गरेर सोधगरेपछि प्रयोगमा ल्याएका तथ्यहरु छन् । यस्ता तीर्थस्थलमा स्नान गर्दा शरीरका विभिन्न विकारहरु नाश हुने तथा मानिसको शरीरमा कमी रहेका तत्वहरु पूर्ति हुने गर्दछ । यसले मानिस शारीरिक तथा मानसिक रुपले स्वस्थ्य हुन्छ । नदीको समागमस्थलमा सकारात्मक उर्जाशील हुन्छन्   त्यसैले पनि यस्तो क्षेत्रलाई तीर्थ भनिन्छ ।

बज्रयान बुद्ध धर्ममा द्वादश तीर्थको महत्व

     नेपालमण्डलभित्र रहेका र त्यसको बाहिर रहेका हरेक तीर्थहरुको आ–आफ्नै विशेषता अनि महत्त्व  रहेका हुन्छन्  नै तर पनि यहाँका बौद्ध मार्गि नेवाः समुदायमा द्वादश तीर्थको आफ्नै पृथक विशेषता रहेको पाईन्छ  । द्वादश तीर्थ र बज्रयान बुद्ध धर्मका ज्ञाताहरुको  भनाई अनुसार स्वयम्भू पूराणमा प्राचिन नेपालमण्डलको केन्द्रको रुपमा रहेको कान्तिपुर महानगर र यसको वरिपरि पवित्र १२ तीर्थ रहेको उल्लेख गरिएको छ । ‘यसलाई द्वादस तीर्थ ’नाम दिइएको छ । द्वादस तीर्थको महिमा र यसको धार्मिक ऐतिहासिक महत्व बारे विकास रत्न बज्राचार्य द्वारा सम्पादित द्वादस तीर्थ महात्म्य ग्रन्थमा पनि उल्लेख गरिएको छ । ‘द्वादस तीर्थ मदात्म्य’ ग्रन्थका सम्पादक बौद्ध विद्धान विकाश रत्न बज्राचार्यका अनुसार नेपाल मण्डलको द्वादस तीर्थ धार्मिक, सांस्कृतिक दृष्टिकोणले मात्र हैन आयुर्विज्ञानको दृष्टिकोणले पनि अति महत्वपूर्ण रहेको उल्लेख गरेको छ भन्ने रहेको छ  ।

      बुद्ध धर्म अनुसार जगतसत्व प्राणीको प्रत्यक्ष अप्रत्यक्ष रुपमा प्रतिपालन गरि आएको देवताको रुपमा  मान्दै आएकका  १२ लोकेश्वरहरुको गुणानुस्मरण सहित कथा वाचन श्रवण सहित द्वादश तिर्थ व्रत (धलं दनेगु)  पूजा गर्ने चलन समेत  रहेको छ । 

द्वादश तीर्थ रहेको स्थान

       नेपालमण्डल  कान्तिपुर क्षेत्रको पूर्वतिर गोकर्णदेखि राजतीर्र्थ–सानेपासम्म ४ वटा तीर्थ बागमती किनारमा रहेका छन् । पश्चिमपट्टि विष्णुमति किनारमा टोखा दोभान मनोरथ तीर्थदेखि ज्ञानतीर्थ करखुशी दोभान सम्म ४ बटा तीर्थ रहेका छन् भने दक्षिणतिर टेकुदेखि ङेखुसम्म सम्म ४ वटा तीर्थहरु रहेका छन् । क्रमबद्ध रुपमा भन्नुपर्दा पवित्र द्वादस तीर्थ अर्थात् १२ तीर्थहरु यस प्रकार रहेका छन् ।

१. पूण्य तीर्थ–गोकर्ण- चन्द्रमती(चन्द्रभागा), सूर्यमती सूर्यभागा)र बागमतीको संगम त्रिवेणी

२. शान्त तीर्थ– गुहेश्वरी( गौरीघाट पुल पारी गुह्श्वरी तर्फ )- बागमती

३. शंकर(रुद्रधारा) तीर्थ– शंखमोल- मणिमती (मनोहरा), बागमती र पाताल गंगाको संगम त्रिवेणी 

४. राजतीर्थ– सानेपा - राजकु्ण्डको जल प्रवाह  र बागमतीको संगम  

५. मनोरथ तीर्थ–  गोङ्गबुँ - विष्णुमती (केशमती) र केशुमती( साङ्गलाखोला)को संगम टोखा दोभान

६. निर्मल तीर्थ– शोभा(स्वाहा)भगवती - भद्रमती (भचाखुसी)को संगम दोभान

७.निधान (लखु) तीर्थ - डल्लू चागल- सूर्णमती र विष्णुमती(केशमती)को संगम दोभान

८. ज्ञान तीर्थ– टेकु कालीमाटी - मनमती(कह्रखुसि) र विष्णुमतीको संगम दोभान

९. चिन्तामणि तीर्थ – टेकु - विष्णुमती र बागमतीको सगम दोभान

१०. प्रमोद तीर्थ – दानगा - बागमती र इन्द्रमती( बल्खु)को संगम दोभान

११. सुलक्षण तीर्थ–भाजंगाःचोभार - बागमती र .... तथा

१२. जय तीर्थ–ङेखु – बागमती र प्रभामती( नख्खु)को संगम दोभान । चैत शुक्लअष्गमीका दिन नेखुइ ख्वाः सिलेगु( आदिनाथ स्नान मेला)

द्वादश तीर्थ संकटमा 

       नेपालमण्डलको सभ्यताको स्रोत नै मानिएको अनि नेपालमण्डल वासीहरुको संस्कार र धर्म संस्कृति संग जोडिएको नदीनालाहरुको अवस्था र त्यसको पवित्रता वस्तिविस्तार र जनघनत्वको बृद्धि तथा परम्परागत मानव सभ्यताबाट आधुनिक सभ्यतामा हुँदै गएको विकसित संगै बागमती, विषणणुमती लगायत विभिन्न नदीनालाहरु धमिलिन्दै  फोहरमतीमा रुपान्तरण हुँदै गएको प्रष्टै देखिएका छन् । सनातनी श्रद्धालु भक्तहरुको पाप पखाल्ने नदी आफै दुर्गन्धित हुँदै गएको मात्र हैन नदिनालाहरुमा भएका पवित्र तीर्थहरुको  अस्तित्व समेत हराउँदै गएको प्रष्टनै देख्न सकिन्छ । 

अस्तित्व हराउँदै गएका द्वादश तीर्थ लगायत सवै तिर्थहरुको संरक्षण गर्नु अपरिहार्य 

      सनातनी धर्मालम्बीहरुले अति आस्था विस्वासका साथ मान्दै आएका विभिन्न तीर्थहरु धमाधम  धर्मशास्त्र र धर्मग्रन्थहरुमा मात्र सिमि हुँदै गएको अवस्था छ । कयन पवित्र तिर्थ स्थलहरुको अस्तित्वनै समाप्त भई सकेको अवस्था छ। द्वादश तीर्थ लगायत तीर्थहरुको वास्तविक यथास्थितका बारेमा ज्ञान नहुनेले तिर्थको दर्शन गर्न चाहेमा  तीर्थ रहेको भनिएको क्षेत्रमा गएर हेरीएमा पनि तीर्थ रहेको स्थानमा तिर्थको नामकरण गरेको संकेत वा सूचनाप्रद लेखिएको संकेत जनाएको अथवा तिर्थ जनाउने कुनै संरचना समेत नदेखिएको अवस्थामा द्वादश तीर्थ लगायत विभिन्न अन्य कयौं  तीर्थहरुसमेतको अवस्थाका कारण चाहेर पनि तिर्थहरुको दर्शन गर्न सकिने अवस्था अहिले छैनन् ।

      अतः  हामीले आफ्नो सभ्यता र धर्म संस्कृति बचाउने हो भने सभ्यताको स्रोत मानिएको नदीनालाहरुलाई फोहर मुक्त गर्दै  द्वादश तीर्थ लगायत अन्य तिर्थ स्थलहरुमा कुन तीर्थ हो प्रष्ट देखिने र बुझिने गरी सूचनाप्रद संकेत  राखेर तीर्थहरुको संरक्षण गर्नु अपरिहार्य छ ।

१. जयतीर्थ https://youtu.be/0P89Ug2QYoM

२. लख्खुतीर्थ https://youtu.be/EoZKAKIudKQ

३. ज्ञानतीर्थ https://youtu.be/Q1bwS1yeQDg

४. प्रमोदतीर्थ https://youtu.be/BpAkY_eVRXI

५. सुलक्षण तीर्थ 

https://youtu.be/mXNVmKOtIvU

६. राजतीर्थ https://youtu.be/4zgIISZWf78

७. शान्ततीर्थ https://youtu.be/fEOmUA-yS_E

८. पूण्यतीर्थ https://youtu.be/FK1fphH22qo

९. चिन्तामणितीर्थ https://youtu.be/ofzOU3XpYCk

१०. शंकरतीर्थ https://youtu.be/i6BUf-_tjbU

११. मनोर्थतीर्थ https://youtu.be/IDkmp6vNGEQ

१२. निर्मलतीर्थ https://youtu.be/pf9Sx3wCYIQ

( लेखन सामाग्री स्रोत - पूण्यभूमि नेपालमण्डलको पवित्र द्वादस तीर्थका कुराहरू- हिसी ज्यापु र अन्य अनलाइन लेख काठमाडौं बागमती सम्पदा तथा बागमती नदी, सभ्यताको स्रोतको उत्पत्ति र महत्त्व  लेखहरु समेत )

                             ~० ~

Sunday, February 5, 2023

राजधानीक‍ो पश्चिम प्रवेशद्वार कलंकी र कलंकी मन्दिर

 (एक टिपोट)

✍️ प्रकाशमान शिल्पकार

* पृष्ठभूमि

       संघीय गणतान्त्रिक नेपालको केन्द्रीय राजधानी काठमाण्डौ महानगर प्रवेशको पश्चिम प्रवेशद्वारका रुपमा रहेको कलंकी क्षेत्र र कलंकी मन्दिर( कलंकीस्थान) हाल विश्वभर झन झन् प्रख्यात हुँदै गएको छ । पृथ्वी राजमार्ग , त्रिभुवन राजमार्ग (राजपथ) र नारायणगढ मुग्लिन मार्ग भई केन्दिरय राजधानी प्रवेशष गर्ने मूल द्वारका रुपमा कायम भई आएका कारण यश कलंकी क्षेत्र दिनहुँ विश्वभर प्रचार प्रसार हुँदै जानुनै हो । यसरी कलंकी नामले विश्वर प्रचार हुँदै गए पछि यस क्षेत्रका स्वामिनी देवी श्री कलंकी माता ( माई) समेतको पनि दिनहुँ जस्तो श्रीवृद्धि भइ प्रचार हुँदै गएका छन्। बागमती प्रदेशको ८ नं चुनाव क्षेत्रमा परेको यो कलंकी क्षेत्र काठमाण्डौ महानगरपालिकाको १४ नं वडा भित्र पर्दछ।

 * भौगोलिक अवस्था-

       कलंकी क्षेत्रको भौगोलिक स्वरुप - पूर्व तर्फ यसै वडा अन्तर्गतको मनमती खोला र बिष्णुमति खोलाको संगम स्थल ज्ञान तिर्थ, कुलः अजिमा(श्री झम्केश्वरी देवी), कुलेश्वर महादेव र १३ वडा क्षेत्र पश्चिमतर्फ यसै वडा भित्रको खड्का गाउँ, हालको नागार्जुन नगरपालीका अन्तर्गतको स्यूचाटार क्षेत्र र चन्द्रगिरि नगरपालिका अन्तर्गतको ढुङ्गाअड्डा तीनथाना क्षेत्र उत्तर तर्फ पुरानो कालीमाटी, मनमती खोला( कर खुसी) ताहाचल र दक्षिण तर्फ बल्खु खोला( डाङ्ग्रा खुसी) चक्रपथ, त्रिभुवन विश्वविद्यालय( टेकुसी) र हालको किर्तिपुर नगरपालीका अन्तर्गतको च्याङ्ग्राफाँट क्षेत्र समेतले घेरीएको क्षेत्र राजधानीको पश्चिम प्रवेशद्वार कलंकी चक्रपथ चोक देखि पूर्व पट्टि यसै वडाको मध्यभागमा अवस्थित काठमाडौं उपत्यका प्रवेशको लाइफलाइन नागढुंगा - कलंकी-त्रिपुरेश्वर सडक गणेशमानसिंह पथ रहेको छ ।

* कलंकी क्षेत्रको प्राचीन नाम " न्हेपंखा " -

       कलंकी क्षेत्रमा पहिला पहिला नरकटै नरकटक‍ो घारी थियो । नरकटलाई स्थानीय नेपाल भाषामा( तात्कालिक राष्ट्रिय भाषामा) न्हेपं कछि भनिन्छ भने नरकट घारीलाई न्हेपंखा भन्ने गरेको देखिन्छ । यसरी नरकटै नरकट रहेको क्षेत्र भएर यश क्षेत्रको नामनै न्हेपंखा भन्ने गरीएको थियो । प्राचीन कान्तिपुर नगरको विष्णुमती पारी पश्चिम भेगको उचाईमा विराजमान रहेर नेपालमण्डलको तान्त्रिक सुरक्षा घेरामा रहनु भएका तान्त्रिक देवी अष्टमातृका गणहरु मध्यकी माता कौमारी( यहाँ लोकमान्यतामा कुमारीको बाल रुप बालकुमारी) रहेको यश क्षेत्रको नाम न्हेपंखा रहेको थियो । यश कुराको लिखित तथा आधिकारिक आधार प्रमाण भनेको कलंकी मन्दिर भित्र रहेको विक्रम संवत् १९६४ सालको शिलालेख हुन्।

* कलंकी नामकरण कसरी भयो ?

       प्राचीन काल देखिनै नेपालमण्डल प्रवेशको पश्चिम द्वारकोरुपमा कायम भई आईरहेको कान्तिपुरनगरको विष्णुमती पारी डाङ्ग्रा(बखुं) खुसी/ बल्खु खोला र करखुसी/ मनमती खोलाको बिच उचाईमा अवस्थित घना नरकट घारी न्हेपंखा क्षेत्रका स्वामिनी कलह र कलंक नासिनि तान्त्रिक देवी कल्खु बालकुमारी (शास्त्रीय मान्यतामा अष्टमातृका गणकी देवीहरु मध्यकी एक कौमारी देवी भएतापनि नेपालमण्डलका लोक मान्यतामा बालकुमारी कायम भई आईरहेको देवी ) अजिमाको नाम समयान्तर पछि कल्खुबाट अपभ्रंश हुँदै कलंखु, कलंकीथान र अन्त्यमा कलंकी माता ( कलंकी माई) नामबाट सर्वत्र प्रचार हुँदै गएपछि कलह र कलंक नासिनि भगवती कलंकी माता बिराजमान रहेको क्षेत्रकै नाम कलंकी रहन गएको हो ।

* कलंकी क्षेत्रको प्राचीन अवस्था

       गोरखाका राजा पृथ्वीनाराण शाहले ललितपुर राज्यको अधीनस्थ किर्तिपुर( किपु)नगरलाई आक्रमण गर्न ढुङ्गाअड्डा, पुरानो नैकाप र यश न्हेपंखा क्षेत्रमा समेत छाउनीको रुपमा प्रयोग गरीएको यश क्षेत्रमा प्राचीन युद्ध कालमा हतियारका रुपमा प्रयोग हुन सक्ने साना ठूला ढुङ्गाहरु रहेका अवशेषहरु अहिले पनि उत्खन गर्दा देख्न सक्छौ । पृथ्वी नारायण शाहले किर्तिपुरमा बिजय प्राप्त गर्न नुवाकोतबाट ल्याएका कोत भगवती समेत यश क्षेत्रको तासिंडोल( हालको कुमारीथान गल्लीमा स्थापना गरि दैविक शक्ति संचय गरेको थियो भन्ने यहाँका जेष्ठहरुको भनाई रहेको छ ।

       राणा प्रधानमन्त्री विर शम्सेरका शासनकालमा काठमाण्डौको थानकोट जाने मुलसडक बनेपछि राणाकालको अन्तसम्म शासकहरु र उच्च वहदामारहेका व्यक्तिहरु देश बाहिर जाँदा र फर्कदा यस अजिमाको मन्दिर परीसरमा भाई भाइदारहरु लाई उर्दी भई भेला हुने र स्वागत तथा बिदाई गर्ने परम्परारहेको थियो भन्ने कुरा स्वः सदार भिम बहादुर पाण्डेज्यूको नेपाल ग्रन्थमा उल्लेखित गरेको छ भन्ने सुनिन्छ ।

 * २००७ साल सम्म र अहिलेको कलंकीको अवस्था

       २००७ साल सम्मको कलंकी -

        २००७ साल सम्म पनि हालको कलंकी चोक देखि कलंकी मन्दिर(कलंकीथान) सम्म जम्मा तीन घर धुरी मात्र रहेको थियो भन्ने जानकारहरु बताउने गर्छन्। यश "विषयमा राम बहादुर मानन्धरया आदर्श जाःगु सरल जीवन" भन्ने नेपाल भाषाको एक पुस्तकमा " उगु ईया कलंकी " शिर्षकमा लेखकले ८४ वर्षका भवानी मान्नधरको संझनालाई उदृत गर्दै लेखेका छन् - वि.सं. २००७ सालमा मलाई बिवाहा गरि पठाएको समयमा - आजको कलंकी चोकदेखि कलंकीथान(कलंकी मन्दिर) सम्म जम्मा तीन घर धुरी र कालिमाटी सम्म जम्मा दस घरघुरी मात्र छ । यहाँ अहिले बसोबास गरि रहेको घर भएको(कलंकी चोक कलंकी देगल रहेको ठाउंको दायाँ १०० मिटर) त्यो बेलामा पंकथि हे पंकथि( नरकट नै नरकट) रहेको भएर हाम्रो घरलाई " नरकट बाँस झांग" भन्ने गर्थे । यहाँ साँझ भयोकी स्याल( ध्वंचा) कराउथ्यो । बिहान कुचो लगाउन जानेबेलामा कुकुर होला भन्थे तर कुचो उचाल्यकी खुरुरु भाग्ने बेलामामात्र स्याल भनेर थाहा हुन्थ्यो । स्यालले पाली राखेको कुखुरा जिउदै दिउँसो नै लगेर कायल गर्थ्यो ।

       त्योबेलामा बाटो साँगुरो , हिलामे बाटो, जम्मा एउटा लहरी( त्योबेलाको ट्रक) बिहान छ बजे पल्टन लिएर थक्वाः( थानकोट)देखि तिन्ख्यः(टुंडिखेल) जान्थ्यो , अनि साँझ पाँच बजे पल्टन फर्काएर लगिन्थ्यो, त्यति नै हो यहाँको गाडी आउने जाने भनेको । सर्वसाधारण मान्छेको साधन थिएन, पैदल नै हिड्नु पर्थ्यो । पछि तीन वटा बस थक्वाः(थानकोट) देखि शहिदगेट सम्म चल्यो । बस स्टप हाम्रो पसलघर (पसःछेंया)कोअगाडि नै हो । अनि हाम्रो हामीहरुको पसलमा सामान किनेर बसमा बसेर जाने गर्थे । बस घण्टाको (घौछिया छक) एकपटक मात्र आउने भएर बसमा सधैं जसो भरीभराउ नै देख्थ्यो ।

      कलंकी र साथ‌ै टोल, गाउँबासीले पिउने पानीको स्र‍ोत बःखु खुसि( बःखु खोला) हो । बलम्बुको बःखु खोलाबाट बगेर आएको खोला भएर त्यो खोलाको नाम नै बःखु खोला रहन गय‍ो । पछि बाहिरिया मानिसहरु धेरै पेवेश पछि र खस भाषा बोल्नेहरुले अपभ्रंश गर्दै बःखु खुसीको नाम बल्खु खोला नाम रहन गयो । त्यही खोलाको पानी पिउने हो । घरका लागि गाग्रीमा पानी लिएर आउने हो । सबै घरको लुगा धुन जाने, नुहाउन जाने पनि त्यहि खोलामा गएर हो । आकाशबाट पानी परेर खोला बग्नु अगाडि पानी वसारेर त्यप(घ्याम्पो), गाग्री, अन्य भाँडाकुँडा भरीभराउ गरेर राख्नु पर्थ्यो । पानी पिउने त्यति पवित्रको बःखु खोला अहिले पापिहरुले मलमूत्रको ढल बनाई दियो । खै खोला ?.

       लेखकले बृद्ध आमा भवानीको सानो छोरा राजेशले संझेको कुरालाई समेत उदृत गर्दै सो पुस्तकमा लेखेका छन् - पछि हामी ससाना हुँदा पिउने पानी गाङ्गखेल भन्ने ठाउँमा लिन जाने हो , त्यहाँको पानी मीठो हुने भएर २० मिनटजति हिँडेर पानी गाग्रीमा भरेर ल्याउने गर्थें । त्यस्तै अगाडि परेको रवि भवन, सुनार गाउँमा पनि गएर पानी लिन जाने गर्थें । लुगा धुनत बःखु खोलाको पानी वसारेर ड्रम भरेर राख्ने हो ।

       स्व. राम बहादुर मानन्धरको दुई वर्षको पूण्य तिथिमा ससुरा/ पिताको स्मृतिमा प्रा.डा.ई. भगवान दास ममनन्धर र शारदा मानन्धर द्वार लिखित तथा भवानी मानन्धर प्रकाशक भएको भएको सो पुस्तकको उल्लेखित " उगु ईया कलंकी" शिर्षकको स्मृति लेखको अन्त्यमा आमाले संझेको कुरालाई यसरी लेख्नु हुन्छ - त्यो बेलामा बिजुलि बत्ती थिएनन् । मतच्याःथल( तुकि बत्ती) मतितेल(मचिंक) राखेर बाल्ने हो । हाम्रो घरमा प्रतिदिन एकमाना मतितेल राखेर घरभरी बत्ती बाल्नु पर्थ्यो । घरको कोठा कोठामा तुकि बत्ती राख्न खोपा( ग्वाखंप्वाः) बनाएर राख्थे । पछि बिजुलि बत्ती २०१८ सालमा जडान गरेका थिए ।

अहिले २०७९ साल सम्मको कलंकी -

       कलंकी क्षेत्र १४ वडा को अहिलेको जनसंख्या काठमाण्डौ महानगरपालीको आधिकारिक वेभसाईटमा उल्लेखि भए अनुसार समग्र वडा भित्रको जनसंख्या ५८,४९५ रहेको देखिन्छन् । कलंकी चोक देखि सोल्टीमोड करखुसि (मनमति खोला) सम्म सडकको दायाँबायाँ लहरै एकनास घरधुरी देख्न सकिन्छ । सडकको दायाँबायाँको पछाडि देखि भित्र भित्र सम्म असंख्य घरघुरीहरु रहेका छन् । पटकपटक स्थानीयहरुको घर घरमा बुल्डोजर लगाएर फराकिलो बनाएको सडकमा अनुशासित भए सावारी चलाउने हो भने चार लाईनमा मजाले सवारी साधन चल्न सक्ने क्षमताको फराकिलो बाटो छ तर पनि यश क्षेत्रमा अक्सर ट्राफिक जाम भई नै रहन्छन् । सडक दुर्घटना पनि त्यतिनै भईरहेको हुन्छ । सडक पेटीले कलंकी मन्दिर र यहाँका स्थानीहरुको घर मिच्दै मिच्दै आएको छ । पैदल हिड्नु पर्ने र सवारी चल्ने बाटो छेउछाउमा फुटपाथ पसल र ठेला पसलेहरुको अस्तव्यस्त छ ।

 * श्री कलङ्की माई र कलङ्कीमाईको मन्दिर -

         काठमाडौं उपत्यका पश्चिम प्रवेश द्वारको लाइफलाइन नागढुंगा-कलंकी-त्रिपुरेश्वर सडक गणेशमान सिंह पथ निर्माण हुँदा मूल सडकमै पर्न गई सडकले मिच्द‌ै गएको मन्दिर कलङ्की चोक र रविभवन क्षेत्रको मध्यभागस्थित मूल सडक सतहबाट करीब १० फिट तल अमूर्त अवस्थामा विराजमा रहेकी पूर्व मुखाकृत एवं दक्षिण मुखाकृत अवस्थामा लहरै रहेका विभिन्न ५६ देवीदेवताहरुको मूल देवीका रुपमा पूर्व मुखाकृति गरि विराजमान रहेको कलह र कलंक नासिनि भगवती श्री श्री श्री कालकुमारी माता नै श्री कलङ्कीमाई हुन् । श्री बालकुमारी माता विराजमान रहेको सो मन्दिर नै कलङ्की मन्दिर हुन् । अनि कलङ्कीमाई थान पनि ।

         श्री कलङ्की मन्दिर साविक कलङ्की पञ्चायत वडा नं. ४(ग) नक्शा सिटको कित्ता नं. ३८,३९ र ४० को क्षेत्रफल ०-७-१ जग्गा नयाँ नापीमा काठमाण्डौ महानगरपालीका वडा नं. १४ नक्शा सिट नं. १०२ - १०४२ - ०८ को कित्ता नं ५ वर्ग मि ...........( क्षेत्रफल) कायम भई मन्दिरकै नाममा नाप नक्शा भई ........ दर्ता कायम छ ।

 * श्री कलङ्कीमाईको उत्पत्ति (ऐतिहासिक पृष्ठभूमि )

        यश श्री कलङ्कीमाईको उत्पत्तिका बारे यकिनका साथ कसैले यहिनै हो भनि भन्न नसके तापनि मन्दिर शताब्दीअौ पुरानो हुन् भन्ने जनविश्वास रहि आएको छ । जानकार गुरुहरुका आशय अनुसार शक्ति स्वरुप कालिमाताको रुप भएर कलि युगको अन्त्यमा दुःख, कष्ट, भयबाट मुक्त गराउन नै बालकुमारीका रुपमा माता उत्पत्ति भएको भन्ने धारणा रहेको देखिन्छ ( श्री कलङ्कीमाई प्रवाह २०५९) । श्री कलङ्कीमाई बालकुमारी हुन भन्ने लिखित प्रमाण मन्दिर भित्र रहेको ठूलो घण्टा झुण्ड्याएको निदालमा कोरीएको वि.सं. १९६४ सालको शिलालेख नै हुन् । यो शिलालेख बाहेक अन्य कुनै पुरातत्वका सामाग्रीहरु आज सम्म भेट्न सकिएको छैन ।

*श्री कलङ्कीमाईको नामकरण -

* कलङ्की माताको मौलिक नाम " कल्खु अजिमा" हुन् -

       प्राचीन कान्तिपुर नगरको विष्णुमती पारी पश्चिम भेग न्हेपंखामा बसेर तान्त्रिक सुरक्षामा बसेर नेपालमण्डलको सुरक्षामा बसेकी अष्टमातृका पिठको मूलदेवी बालकुमारी (कौमारी)को स्थानीय मौलिक नाम कल्खु अजिमा हुन् । यश कुराको लिखित तथा आधिकारिक आधार प्रमाण भनेको कलंकी मन्दिर भित्र रहेको विक्रम संवत् १९६४ सालको शिलालेख हुन्।

 कलङ्कीमाईको नामकरण -

       न्हेपंखा क्षेत्रको स्वामिनी भएर बसेकी यस तान्त्रिक देवी भगवती कल्खु बालकुमारी अजिमा लाई पुजा अर्चना गरीएमा व्यक्ति विशेषको घर परिवारमा कुनै किसिमको कलह भई अशान्ति भईरहेको भए सो कलह र कलङ्क समाप्त भई घर परिवारमा शान्ति कायम हुने एवं कलङ्कबाट मुक्त हुन्छन् भन्ने बुढापाकाहरुको विश्वास र आस्था रहेको पाइन्छ । यसरी घर परिवारको कलह र कलङ्क नास गर्ने अजिमा भएका कारण र दुई खोलाको बिच मध्य भागमा बिराजमान रहनु भएका अजिमा भएकै हुनाले प्राचिन नेपालको तत्कालीन राष्ट्रभाषा नेवार भाषा मा खोला (नदी) लाई खुसी भन्ने भई कलह र खु समायोजन भई अजिमाको नाम कल्खु अजिमा रहन गएको वा हुन गएको हुन सक्ने दिखिन्छ ।

         पछि “कल्खु” शब्दबाट अपभ्रंस हुदै कलंखु भई कालान्तारमा कलंखु शब्द बाट पनि अपभ्रंश भई कलंकी हुन गई कलंकी माईका नामले प्रख्यात हुन गएको र पछि अजिमा बिराजमान रहेको यस न्हेपंखा भन्ने ठाउँको नामनै कलंकी रहन गएको हो भन्ने प्रस्ट देखिन आउँछ । यस कुराको पुस्टि यस अजिमाको मन्दिर भित्र वि.सं. १९६४ वैशाख जेष्ठ २ गते अक्षेय तृतियका मिति उल्लेखित गरी न्हेपंखा बस्ने डिठ्ठा मान बहादुर अधिकारीजीले २२ धार्नीको ठूलो घण्टा एक, १७ धार्नीबराबरको ढलौटको ४८ वटा डल्लु र ढलौटकै दुईवटा सिंह अजिमालाई चढाएको भन्ने उल्लेखित ठूलो घण्टाको खम्बाको निदालमा उल्लेखित गरिएको शिलापत्रमा श्री कलंखु बालकुमारी लेखि शिलापत्र लेखनी गरीएबाट प्रमाणीत हुन आउँछ । १९६४ साल वैशाख सम्म यस अजिमालाई कलंखु बालकुमारी नाम बाटै सम्बोधन र प्राथना गरीने गरीएबाट त्यस उपरान्त बाट मात्रै अजिमालाई कलंकी माई भन्ने गरिएको प्रस्ट हुन आँउछ ।

        कुनै व्यक्ति विशेषलाई अनाहकमा कुनै दोष लागि कलंक लाग्न गई समाजमा अपमानित हुन गएमा स्वचित तन मनले यस अजिमालाई पुजा अर्चना गरीएमा दोष मुक्त हुन गई आफुलाई लागेका कलंक मेटिने जनविश्वास र आस्था भए बाटनै यस अजिमाको नाम कालान्तरमा कलंकी माई अथवा कलंकी देवी हुन गएको हुन सक्ने देखिन्छन् ।

* कलंकी माता( कल्खु बालकुमारी अजिमा) / कलंकीस्थान पंचकुमारीको घेरामा

         नेपाल मण्डलको परम्परामा कुमारी संस्कृति सूक्ष्म रूपमा भिजेको छ । हरेक टोल टोलमा कुमारीहरू स्थापित हुन्छन्, प्रत्यक्ष बोल्ने नै नभए पनि गण सहित अमूर्तरूपमा स्थापित हुन गरेका हामी देख्न सक्छौ । पूर्व तर्फ दृष्टि गरि बस्नु भएकी न्हेपंखाकी स्वामिनी कलंकी माता(कल्खु अजिमा) लाई उत्तर र दक्षिण तर्फबाट पंचकुमारी घेरीएर विराजमान रहेको हामी देख्न सक्छौ । अजिमालाई घेरिए बसेका कुमारीहरुमा उत्तर तर्फ हाल बुद्ध मार्गको१ कुमारी, गितापान्चायन मन्दिर संगै, मार्गको २ कुमारी र कलंकी मन्दिरको अगाडि सडकको बायाँ तर्फ भित्र रहेको ३ कुमारी भैरब त्यस्तै दक्षिण तर्फ तासींण्डोलको हाल कुमारीथान गल्ली पूर्व नसस पृथु रिजालको घर पछाडिको ४ कुमारी र रविभवनबाट बिद्दुत प्राधिकरण जाने .... मार्गमा रहेको लिङ्कन स्कूल र पर्यटन .....भवन पछाडि रहेको ५ कुमारी समेत पाँच कुमारी रहेको हामी देख्न सक्छौ । त्यस्तैनै यश न्हेपंखा क्षेत्रको हाल लामपाटी मार्ग भित्र दैविक शक्ति रहेको सुँडेकुवा र रविभवन चुन्नेपाखामा चुन्ने भैरब र तासिंण्डोल कुमारीथान गल्लीको कोट भगवती समेत प्राचीन कन्दिरहरुरहेको हामी देख्न सक्छौ।

        कलंकि क्षेत्रमा रहेका गणसहित बसेका नदेखिएका अन्य श्री कुमारीहरुमा सुनारगाउँ सामाजिक मार्ग गल्ली भित्रको श्री कुमारी र लामपाटी मेघा बाक्वेत पछाडि हुँदै सुनारगाउँ निस्कने सानो गल्लीका रहेको श्री कुमारी त्यर्तै पणराचीन बोक्सदह( बासुकी चौर)मा हेको बासुकी नाग मन्दिर , गितापान्चायन मन्दिर, पितृभक्त श्री राम धाम भागवत सेवाश्रम तथा श्रीराम मन्दिर, श्री कृष्ण मन्दिर, शन्तोषीमाताको मन्दिर र मनमती (करखुसी) खोला किनारमा नव निर्मित लक्ष्मिनारायणको मन्दिर समेत मन्दिरहरु हुन्।

* कलंकी माताका बारेमा केही भ्रम-

१.कलंकी माताको नाम र मन्दिरका बारेमा भ्रम -

१-१ ~ माताको नामको बारेमा-

       कलंकी क्षेत्रमा रहेकी यहाँकी स्वामिनी देवी भएरनै यहाँकी अधिष्ठात्री देवीको नाम पनि कलंकी माता वा कलंकी माई रहन गएको हो भन्ने यश क्षेत्रका नयाँ आगन्तुकहरुमा भ्रम रहेको देखिएको छ । वास्तवमा यहाँकी अधिष्ठात्री देवीको मौलिक नामबाट कल्खु अजिमा अपभ्रंश हुँदै हुँदै कालान्तरमा आएर कलंकी माता वा कलंकी माईको नामले प्रचार हुँदै सबैको जनजिब्रोमा कलंकी माता रहन गए पछि यश क्षेत्रकै नाम माताकै नामबाट कलंकी रहन गएको हो । यश कुराको लिखित तथा आधिकारिक आधार प्रमाण भनेको कलंकी मन्दिर भित्र रहेको विक्रम संवत् १९६४ सालको शिलालेख हुन्।

१-२ ~ माताको मन्दिरको बारेमा -

         २०४५ सालमा मन्दिरको जिर्णद्वार गरि मन्दिरको सरसजावत गर्ने क्रममा मातालाई चार नागपासले छत्र ओढाएर सजावत गरि मन्दिरको शोभा बढाए पछि यहाँका नयाँ आगन्तुकहरुले माताको छत्रका रुपमा रह्को सो चार नागपास हेरेर माताको मन्दिरलाई नाग मन्दिर हो भन्ने भ्रम रहेको समेत देखिएका छन् ।

१- ३. भगवान कल्कीको शक्तिस्वरपि पत्नीका रुपमा श्री कलंकी माता रहेको भन्ने भ्रमित भनाइ

       कल्खु बालकुमारी अजिमाको प्रचलित प्रख्यात नाम श्री कलंकी देवी भएबाट यस देवीलाई कसै कसैले विष्णु भगवानको प्रमुख दश अवतारहरु मध्य अन्तिम अवतार मानिने भगवान कल्की को शक्तिस्वरुप पत्नी भगवतीका रुपमा पनि माानि आएको समेत देखिन्छन् । कल्की पुराण हेर्ने हो भने भगवान कल्कीका दूई पत्नीहरु (लक्ष्मी) स्वरुपमा शक्ति र रमा (वैष्णवी) संहारिणी शक्ति गरी दुई स्त्रि शक्तिहरु (पत्नीहरु) मात्र रहेका देखिन्छन् । यसरी कल्की पुराणमा कल्की भगवानको कलंकी देवी नामको कुनै स्त्रि शक्ति देखिन्दैनन् । त्यस्तै हिन्दु धर्मका देवीहरुको बारेमा विविध पुराणमा कतै कलंकी देवीको बारेमा उल्लेखित गरेको समेत पाइदैनन् ।

१-४.भगवतीका दश अवतार मध्य कलंकी देवी पनि एक देवी हुन भन्ने भ्रम -

       ०५७ सालमा प्रकाशित श्री कलंकी माई प्रवाहमा इतिहाकरकार वाशुपासाले श्री कलंकी माईको स्थापना भन्ने लेखमा भगवानको दश अवतार रहे जस्तै भगवतीका पनि दश अवतार छन् । भगवतीका दश अवतारहरुमा शक्ति स्वरुपिणिहरु मध्य कलंकी देवी पनि एक देवी हुन भनि लेखिएको तर्क सान्दर्भिक देखिन्दैनन् । भगवतीका दश अवतार भनेको दशमाहाविद्या भित्र पर्ने वा दशमाहाविद्या भित्रका शक्तिस्वरुपिणी देवीहरु हुन् । दशमाहाविद्या भित्रका शक्तिस्वरुपिणीको नामावलीमा कलंकी देवी पर्दैनन् ।

* कल्खु अजिमा( श्री कलंकी माता)को मन्दिर एक शक्ति पिठ हुन्

        काठमाण्डौ उपत्यका भित्र र बाहिर रहेका अन्य शक्ति पिठमन्दिरहरु जस्तै य‍ो पनि एक शक्ति पिठ हुन् । श्री कलङ्कीमाईको यस शक्ति पिठको प्राचीनता बारे आज सम्म कुनै लिखित आधार प्रमाणहरु फेला नपरे तापनि यहाँ जेष्ठनागरिहरुले भनाईमा पौराणिक कथामा उल्लेखित माता सती देवीको अङ्ग पतन भएर उत्पत्ति भएका करोडौं शक्ति पिठहरु मध्य यो पिठ पनि एक हुन भन्ने मान्यता रहि आएका छन् । माता सतीदेवीको कुन अङ्ग पतनभई उत्पन्न भएको शक्तिपिठ हो भन्ने चाहिँ कसैले एकिनका साथ भन्न सकिएको देखिन्दैनन् ।

*श्री कलंकी माई शक्ति पिठ( कल्खु अजिमा पिठ) उपत्यकाकै सबै भन्दा बढी अमूर्त देवीदेवताको मूर्तिहरु रहेको मन्दिर -

       उपत्यकाका अधिकांश अष्टमातृका शक्ति पिठहरुमा अष्टमातृका गण देवीदेवताहरुका मूर्त अमूर्त मूर्तिमा सामान्यतया शक्ति पिठ)को देवीदेवता गणहरुमा हुने गणपूरक देवीगणहरु –१४ गणपूरक देवीगणहरु देवीलेवताका मूर्तिहरु रहेका हुन्छन् । १४ गणपूरक देवीगण मूर्तिहरुमा १. गणेश,२. सिहिनी, ३. ब्याघिनी, ४. भैरब, ५. क्षेत्रपाल, ६. कुमार, तथा आठमातृकाहरु- ७. ब्रम्हायणी( ब्राम्ही), ८. माहेश्वरी( रुद्रायणी), ९. कुमारी( कौमारी), १०. वैष्णवी( भद्रकाली)(नारायणी),११. वाराही, १२. इन्द्रायणी(एन्द्री), १३. चामुण्डा (महाकाली) र १४. महालक्ष्मी समेत रहेका हु्छन् । तर कलंकी माताको शक्ति पिठमा भने मन्दिर भित्र मात्रै पनि ५७ देवीदेवताकाअमूर्त मूर्तिहरु रहेको देख्न सक्छौ भने मन्दिर बाहिर पछाडि कमल भैरबको र मन्दिरको ढोका अगाडि पिखालखुद्यको अमूर्त मूर्ति रहेको छ । ५७ अमूर्त मूर्तिहरु मध्यमा श्री गणेश, श्री कलंकी माता, श्री संकटा, श्री महाँकाल, श्री मनकामना र श्री दक्षिणकाली माताको मात्र पहिचान हुन सकिरहेको छ भने अन्य अमूर्त मूर्तिहरु मध्यमा कलंकी माताको मूर्ति पछाडि तर्फ लाईनै रहेका पाँच मूर्तिहरुमा बेताल र भैरब देवताहरु रहेको भन्ने श्री कलंकी मन्दिर संरक्षण तथा समाज सुधार संस्थाका उपाध्यझ श्री लक्ष्मण अधिकारी ज्यू तथा अन्य जानकार भक्तजनहरुको भनाई रहेका छन्।

मन्दिर परिसरमा रहे भएका अन्य देवदेवीहरु :-

      

(क) देव बृक्ष पिपलबोट :- श्री कलङ्की देखि दक्षिण पूर्व .....कोणमा शनिदेवताका प्रतिक तथा विष्णु भगवानको अवतार पीपलबोट रहेको छ । प्रत्येक शनिवार यस पीपलबोटमा जल चढाएर शनिदेवताको पूजा अर्चना गर्ने भक्तजनहरुको भिड लाग्ने गर्छ । यश देवबृक्षको प्रत्यारोपन लगभग ०३०-३५ साल तिर स्थानिय कुमार अधिकारीको सकृयतामा भएका थिए भन्ने स्थानीय जानकारहरुको भनाई रहेका छन् । पीपलबोट रहेको स्थानमा पहिला पहिला काँईयोको बोट सहितको चौटारा रहेको थियो भन्ने गरिन्छ । यसै चौटाराका श्री कलङ्कीमाई विश्राम गर्नु हुन्थ्यो भन्ने किम्वदन्ती समेत रहेको छ ।

(ख). श्री कपिलेश्वर महादेव :-

        श्री कलङ्कीमाईको मन्दिर दक्षिण तर्फ अवस्थित शिवलिङ्ग रुपी महादेव रहेका छन्। यो शिवलिङ्ग २०४९/३/२७ मा आफ्ना स्व. माता पिताको स्मृतिमा श्री रामशरण थापाबाट प्रतिस्थापन गरि २०५८ सालका सरसजावट गरिएको हो ।

(ग) श्री सूर्य नारायण भगवान :-

       श्री कलङ्की मन्दिरकै श्री कपिलेश्वर महादेवको दक्षिण तर्फ पारीजातको बोटको फेदमा चक्राकार मूर्ति सहितको सूर्य नारायण भगवानको मूर्ति रहेको छ। सो मूर्ति ....... विदारीबाट स्थापना गरीको भनाई रहेको देखिन्छ ।

       (घ) श्री सरस्वती, श्री विरातस्वरुप र श्री लक्ष्मीनारायण :-

        श्री कलङ्कीमाई मन्दिरकै दक्षिण तथा कपिलेश्वर महादेवको पश्चिम तर्फ श्री सरस्वती, श्री विरास्वरुप र श्री लक्ष्मीनारायण भगवानका प्रस्तरमूर्ति रहेका छन् । सो मूर्तिहरु २०५३ सालमा श्री त्रिरत्न डंगोल र श्रीमती सपना मानन्धरबाट संपुक्त रुपमा स्थापना गरि पछि २०५८ सालमा सन्तमाया तण्डुकारबाट सरसजावट गरिएको मा विरात स्वरुपको मूर्ति कुनै एक पागलले तोडफोड गरीएकाले सो टुट्फुट मूर्ति हताई सोही स्थानमा स्थानीय श्री लक्ष्मण अधिकारी र श्रीमती सानू म‌याँ अधिकारी दम्पतीबाट २०७३ बैशाख १ मा पुनः नयाँ मूर्ति निर्माण गर्न लागाई विधिवत पुनः स्थापना गरिएको हो ।

(ङ) अरुन्धती सहित श्री सप्त ऋषि :- 

         श्री कलङ्की मन्दिरकै दक्षिण तर्फ श्री अरुन्धती सहित सप्त ऋषिहरुको मूर्ति २०५१ सालमा श्री धीरबहादुर अधिकारीबाट प्रतिस्थापित गरि पछि २०५८ सालका श्रीमती छल कुमारी अधिकारीबाट सरिजावट गरिएको हो । सप्त ऋषिहरुको बिचमा विराजमान रहेकी अरुन्धती र सप्त ऋषिहरु १. वशिष्ठ, २. कश्यप, ३. अत्रि, ४. जमदग्नि, ५. गौतम, ६. विश्वामित्र र ७. भारद्वाज महर्षि हुन् । 

सप्त ऋषिहरुको बिचमा रहेने अरुन्घन्ती को हो ?

      सनातन हिन्दू महीलाहरुको तीज पछिको दोस्रो ठूलो पर्व ऋषिपञ्चमी पर्व हो । यश दिन ब्रतालु महिलाहरुले अपरान्ह पछि अरुन्धती सहित अत्रि, गौतम, भारद्वाज, जमदग्नि, वशिष्ठ, कश्यप र विश्वामित्र सहित सप्त महर्षिहरुको पूजा गर्ने गरिन्छ । जसलाई ऋषि पञ्चमीको पूजा लगाउने भनिन्छ । सप्त ऋषिको पूजा गर्ने पञ्चमी भएकैले यस पञ्चमीलाई ऋषि पञ्चमी भन्ने गरिएको हो । सप्त ऋषि संगै पूजा गरिने अरुन्धतीका बारेमा धेरैलाई भ्रम रहेको देखिएको छ । अरुन्धती सहित सप्त ऋषिको पूजा गराउने ब्राम्हणहरुले समेत कसैले अरुन्धतीलाई सप्त ऋषिको आमा त कसैले सातै ऋषिहरुको एउटै पत्नी भन्ने गरेको पनि पायीयो ।

वास्तवमा अरुन्धती को ह‍ो त ?

       वास्तवमा अरुन्धती सप्त ऋषिहरु मध्यका महर्षि वशिष्ठको पत्नी हुन् । अन्य महर्षिहरु मध्यमा गौत्तम ऋषिको पत्नी अहिल्या,अत्रि ऋषिको पत्नी अनुसूया र जमदग्निको पत्नी रेणुका(परशुरामको आमा) हुन्। सप्त ऋषिहरु मध्यका महर्षि भारद्वाजको पिता बृहस्पति र माता ममता भन्ने कुरा जानकारहर भन्छन् । त्यस्तैनै विश्वामित्र क्षेत्रीय राजा हुन् पछि मात्र महर्षि बनेका हुन् ।

       सप्त ऋषिहरुको समुहमा वशिष्ठकी पत्नी अरुन्धती मात्र हुनु र अन्य महर्षिहरुको पत्नी नहुनुको कारणमा श्री स्वस्थानी कथामा उल्लेखित शिव पुत्र कुमार कार्तिकेको जन्म कथाले पुस्त्याछ । कुमार कार्तिकेको जन्म कथा अनुसार - महादेव पार्वति संग विवाह भए पछि महादेव पार्वती भोगविलासमा दुबेर बाहिर नआए पछि देवराज इन्द्रको आदेशानुसार महादेवलाई बाहिर ल्याउन अग्निदेव भिक्षुको भेषमा महादेव पार्वति एकान्तमा बसेर कामक्रिदामा लिन भएको अवस्थामा पुग्नु भएछ र भिक्षु देखेर क्रोधीत भएका महादेवले पार्वतीले भने अनुसार आफ्नै बिर्य भिछ्यादान दिनु भयो र भिक्षुरुपि अग्नीदेवले पनि भिक्षा ग्रहण गरि खानु भए छ ।

       महादेवको बिर्य खायका कारण अग्नीदेवको पेटमा जलन भए पछि नदीकिनारमा गए ओकलेर जानू भए छन् । अग्नीदेवले ओकलेको बिर्य आगोकोरुपमा बले छन् । यसै समयमा सप्त ऋषिका सातैजना पत्नीशहरु गंगामा स्नान गर्न आउँदा जाडोयाम भएकाले स्नान पछि गंगा किनारमा बलीरहेको आगो देखेर तप्न थालेछन् । तर एक ऋषि पत्नीले भने अरुले बालेर राखेको अग्नि ताप्नु हुन्न भनेर तापेन छन् । आगो तापे पछि आगोकरूपमा दन्कीरहेको महादेवको विर्य छजनै ऋषिनीहरुमा सरेर गर्भ बस्न पुगेछन् । आफनु शारीरिक संसर्गबिनानै आफ्ना ऋषिनीहरुको गर्भ बसेको देखेर ऋषिहरु संसकित भइ रिसाएर ऋषिनीहरुको चरित्रमा दोष देखाए पछि छजनै ऋषि पत्नीहरुले पुनः गंगा किनारका गएर विर्य ओकलेर आकाशमा तारा भएर बस्न गए छन् । पछि छ जना ऋषिनिहरुले ओकलेको विर्यबाट छमुख भएका बालकको रुप लिएर जन्मेछन् र सो बालकलाई माता गंगाले पालेछन् । स्वस्थनाीमा कुमारको जन्म कथा अनुसार सप्त ऋषिहरुका सात जना पत्नीहरु मध्य आगो नताप्ने एकजना ऋषिनी मात्र पृथ्वीमा रहेको र बाँकी छ जना ऋषि पत्नीहरु आकाशमा गएर तारा बनेर बसेको भन्ने छ । यसरी पृथ्वीमा सप्त ऋषिको पूजा गर्दा वशिष्ठको पत्नी अरुन्धती मात्र रहेको भन्ने कुमारको जन्म कथाले प्रस्त पारेको छ।

(च) श्री कमल भैरब :- 

        श्री कलङ्कीमाईको मन्दिरको ठिक पछाडि पश्चिम तर्फ प्राचीन श्री कमल भैरब नाथ भगवानको अमूर्त मूर्त रहेको छ । यश भैरबनाथलाई श्री रत्न बहादुर खड्काबाट २०५८ सालमा सरसजावट गर्नु भएको हो ।

(छ) श्री कलङ्कीमाई मन्दिरको द्वार अगाडिको पिखालखु द्यः ( श्री कुमार तथा श्री भैरब र श्री गंगा माता समेतको प्रतीक) । 

* कलंकी क्षेत्रको स्थान गणेश कलंकी मन्दिर भित्रको कल्खु गणेश -

       नेपाल मण्डलको संस्कार र संस्कृति अनुसार नेवाः समाजको पितृ कार्य होस् अथवा अन्य कुनै धार्मिक, सांस्कृति , संस्कार एवं चाडपर्वमा स्थान गणेशको पुुजा गर्नु पर्ने परम्परा रहि आएको छ । साविक न्हेपंखा क्षेत्रका अधिकांश नेवाःर समुदाय्को स्थान गणेश यसै मन्दिर भित्रकै गणेश हुन् । दक्षिणाभिमुख गरी कल्खु अजिमा पिठमा विराजमान रहनु भएका पिठगण गणेश समेत भएरनै यो गणेशलाई स्थानी जेष्ठ नेवाःहरु कल्खु गेश भन्ने गरेको पाईन्छ ।

* कलंकी(न्हेपंखा) क्षेत्रको च्छ्वास अजिमा र कलःगाः

  ✡ च्छ्वास देवता( च्छ्वास अजिमा )

       हेरक परम्परागत नेवाः बस्तीहरुमा एउटा एउटा ईलाकाको छुट्टाछुट्टै एउटा एउटा च्छ्वास देवता हुने गर्छ । च्छ्वास देवीलाई च्छवास अजिमा पनि भनिन्छ । च्छ्वास अजिमालाई कसै कसैले यहाँ मातङ्की वा धुमावती महादेवीका रुपमा समेत लिएको देखिन्छ । ईलाका भित्रका मानिसहरुको घरपरिवार भित्रमा कुनै नवजात शिशु जन्मिएको र परिवार सदस्यको मृत्यु भएको लेखाजोखा राख्ने देवी च्छ्वास अजिमाका रुपमा रहनेले गरेको देखिन्छ । शिशु जन्मन्दा शालनाल र धरको सदश्य मर्दा मृतकको लुगा, काँचो इटा र सानो सुकुल सहित च्छ्वासमा च्छ्वास वाये गरिन्छन्। यसो गर्दा कुन घरमा शिशु जन्म्यो र कुन घरमा को मृत्यु भयो भन्ने स्थान देवीलाई जानकारी दिएको र देवीले पनि सोको लेखाजोखा गर्ने गर्छन भन्ने सामाजिक मान्यता रहेको छ

✡ कलःगाःमा कलःवाये गर्ने -

         आफ्ना ईलाका भित्रका घर परिवारले वर्ष दिन भित्रका विभिन्न साना ठूला चाडपर्वहरुमा अष्टमातृका पिगं(पिथ) लगायत देवस्थलहरुमा पशुपंछिको बलि पुजागरी सिकाःभू भोज खाए पछि सिकाःभू भोजको उच्छिष्ट ( खाएर बाँकि भएको जुठो खानेकुरा सहित सबैलप्तेहरु एउटै बाटामा राखी विशेष तान्त्रिक विधि अपनाई बाटामा बलेको बत्ती राखी कलःगाःमा लगेर विसर्जन ( कलःवाये )गरिन्छ । यसरी कुन कुन घर वरिवारले बली पुजागरी सिकाःभु गरीएको छ छैन सोको लेखाजोखा राख्न समेत कलःगाः द्यःले गर्ने गर्छ ।

       [ सिकाःभू के हो ? - अहिंसा परम धर्म भनी हिंसालाई पाप कर्म भनीए तापनि तन्त्र शक्ति उपासक प्रधान नेपालमण्डलमा देवी देवतालाई पशुपन्छि बलि दिने कार्यलाई पाप कर्म नभनि धर्म नै मान्यता दिईराखेको छ । तन्त्र प्रधान नेपालमण्डलमा शक्ति र सिद्धि प्राप्तिका लागि तान्त्रिक विधि सहितको बलिपूजा गर्नै पर्छ । अनि देवीदेवता पूजा गर्दा तान्त्रिक विधिबाट थापिराखेको कालोमोसो जसलाई नेवाः भाषामा याने नेपाल भाषामा मोहनी सिन्हः भनिन्छ र बलि दिएको पशु पन्छि( नेवाः भाषमा बलि दिएको पशु पन्छिलाई बाहाँ )को रक्त तिलक लगाएर चढाएको रातो कपडाको लामो बाला( क्वखा) गलामा लगाएर फुल प्रशाद ग्रहण गरि सम्हय् खाई राती भोज खान्दा सी( प्राणीको पञ्चज्ञानेन्द्रिय अङ्गहरु- १.दुई आँखा, २.दुई कान, ३.थुतुनो, ४. जिब्रो र ५. दुई बङ्गरा समेत गरि बलि दिएका पशुको शरिरको आठ अङ्गहरुलाई जेष्ठता क्रम अनुसार थकालीलाई दायाँ आँखा, त्यसपछि क्रमशः बायाँ आँखा, दायाँ कान, बायाँ कान, थुतुनो, जिब्रो, दायाँ बङ्गरा र अन्त्यको आठौ जेष्ठलाई बायाँ बङ्गरा हस्तान्तरण गरिने पशुका अङ्गहरु) लिएर सिकाःभू गर्नु पर्ने नेवाः संस्कार र संस्कृति रहेको छ । यश भोजलाई मूःभ्वय् वा सिकाःभू भनिन्छ । 

        नेपालमण्डलमा बलि पूजा गरिने विभिन्न मन्दिरहरुमा बलीदिएका पशुपन्छिको टाउको नेवाः समुदायलाई घर लान दिनुक‍ो कारण पनि यहिन‌‌ै हो । नेवाः बाहेक अन्य कुन‌ै पनि समुदायका व्यक्तिलाई बलि दिएको पशुपन्छीको टाउको दिने चलन यहाँ छैनन् ।

✡ थाय्भूु वाय् गर्ने

       नेवाः समाजमा नयाँ दुलही भित्र्याए पछि नेवाः रिति थिति अनुसार भौमचा ( दुलही ) घरमा भित्रिय पछि ह्वङ्के( दुलहि अनमाउने) संस्कार सम्पन्न गर्दै थाँय्भू (दुलाहा दुलहि समेतलाई एकै थाली( भु)मा ख्वाएको जुठो(उच्छिष्ट) सहितको थालीमा विशेष बत्ती बालेर खानेकुरा) कलःगाःमा लगेर विसर्जन गरिन्छ । यसलाई नेवाः भाषामा "थायभु वायेगु" भन्छ । यसरी थायभु वायेगुको अर्थ हाम्रो घरमा दुलहिका रुपमा नयाँ सदश्य थपियो भनेर स्थान देवतालाई जानकारी दिने र जानकारी लिने स्थान देवताका रुपमा रहेको परम्परागत संस्कार रुपमा मानिन्छ ।

         कलंकी( न्हेपंखा) क्षेत्रको च्छ्वास अजिमा र कलःगाःकारुपका कलंकी मन्दिरको ठिक दक्षिण तासिंडोल वरालो झर्ने स्थान मन्दिर परिसरकै सिमानामा रहेको पारीजात फूलको बोट मुनीको बाटोलाई मान्दै आऐको छ ।

* श्री कलंकी माता संग सम्बन्धित केही किंवदन्ती -

  १. असनबाट बसाइँ सरेर यश न्हेपंखामा विराजमान हुन आएको किंवदन्ती -

          श्री कलंकी माईका बारेमा विभिन्न किम्बदन्तीहरु सुन्न पाइन्छ । इतिहासकार बासु पासाले संकलन गरिएको किंवदन्ती र भनाई अनुसार यो कल्खु अजिमा कुनै समयमा एक ठाउँ बाटल्याई कान्तिपूरको असनमा रहनु पर्नेबाचागराई बिराजमान गराई राखेको तर अजिमालाई भने असनमा रहीरहन इच्छा नभएकाले एकजना तान्त्रिक निपूर्ण गथु (श्री मालाकार) लाई सपनामा आई आफ्नो परीचय दिई आफु असनमा बस्न नचाहेको हुँदा आफुलाई र आफ्ना सम्पूर्ण गणहरुसमेत तन्त्रशक्तिेले विष्णुमती पारी लैजान आज्ञा भईअजिमाको आज्ञामुताविक गथुले आफ्नो तन्त्र शक्तिले असनमा बिराजमान भइरहनु भएका बालकुमारी अजिमा र अजिमाका सबै गणहरुलाई बोकी विष्णुमती पारी बल्खु खोला र करखुसी (कालीमाटी खोला को बिच घना जङ्गलको बाटो हुदै जादाँ हाल अजिमा रहेको मन्दिर रहेको न्हेपंखा (न्हेपँकछि नरकट) को झाङ्गरहेका ठाँउमा पुगेपछि अजिमाले मलाई यहि राख्नु भनि आज्ञा भई आज्ञामुताविक त्यसै ठाँउमा अजिमा र देवगणहरुलाई बिराजमान गराईएको भन्ने भनाई रहेको देखिन्छ ( श्री कलंकी माई प्रवाह २०५७ र भगवतीका सहस्र नाम चन्द्र बहादुर थापा) ।

२. मध्यपुर ठिमी भक्तपुरको क्वालखु बालकुमारी संग सम्बन्धित किंवदन्ती -

       यश न्हेपंखाका स्वामिनी देवी कल्खु बालकुमारी अजिमालाई परपूर्व कालमा मध्यपुर ठिमी भक्तपुरका केही तान्त्रिक समुहले तन्त्रसाधना गरि ठिमीमा लगेर स्थापना गरिएको भन्ने किंवदन्ती सहितको जनश्रुर्ति समेत रहेको पाइन्छ( कसै कसैको भनाईमा भने मध्यपुर ठिमीबाट बालकुमरी मातालाई यहाँ ल्याएको भन्ने पनि छ) । त्यसैकारण केहि दशक अघि सम्म पनि प्रत्येक वर्षको अक्षय तृतियाका दिन ठिमीबाट यहाँ आई श्री कलंकी माताको तान्त्रिक पूजा गर्न आउने चलन रहेका थिए भन्ने यहाँका जेष्ठ रैथानेहरुको भनाई रहेको छ ।

💢 थिमि तलेजु भवानीको स्थापना पूजाको विधान अनुसार तलेजु भवानीकै शक्तिस्रोतबाट आविभार्व भएकी शक्तिका,रुपमा देखिएको भन्ने मान्यताका मध्यपुर थिमि क्वालखु टोलमा विराजमान रहेकी देवी श्रीश्रीश्री क्वालखु बालकुमारी र काठमाण्डौ कलंकी( न्हेपंखा)मा विराजमा रहेकी श्रीश्रीश्री कल्खु बालकुमारी( कलंकीमाई) संग सम्बन्ध रहेको देखिएका केही स्पष्ट तथ्य -

👉️

क. 💥 नरकट घारी

 थिमि बालकुमारी - किंवदन्ती अनुसार अन्य कतैबाट मातालाई कुनै तान्त्रिकले लिएर आउने क्रममा थिमि क्वालखु टोल स्थित मसान रहेको नरकट घारीमा विराजमान हुन रुचाएको र माताकै आदेशानुसार त्यस मसान संगैको नरकट घारीमा विराजमान गराएको ।

 यस न्हेपंखाको बालकुमारी - यहाँ अधिस्थाति देवी बालकुमारी रहेको स्थान नै नरकटै नरकटको घारी भएर नै यस ठाउँको प्राचिन नाम न्हेपंखा रहेको देखिएको ।

ख. 💥 त्रिकोण आकारको तिन ख्वपा(भित्तामा रहेको प्वाल)

 थिमि बालकुमारीको मूर्तिको ठिक पछाडि नासःद्यका रुपमा तिन त्रिकोण खोपा रहेको छ । थिमिबासी यस खोपालाई नासःद्यःका रुपमा पुज्दै आएको छ । 

 न्हेपंखाको बालकुमारी अजिमाको मूर्ति पछाडिको भित्तामा नासःद्यका रुपमा मान्ने त्रिकोणाकार तिन खोपा रहेको छ । यद्यपि न्हेपंखाको यस खोपालाई नासःद्याका रुपमा मानेको भने देखिएको छैन ।

ग. 💥क्वालखु र कल्खु शब्द

 थिमि बालकुमारी रहेको ठाउँको प्राचिन नाम क्वालखु भन्ने गरेको र मातालाई क्वालखु बालकुमारी भन्ने गरेको देखिन्छ ।

 न्हेपंखाको बालकुमारीलाई कल्खु बालकुमारी अजिमा भन्ने गरेको पायीएको छ ।

३. श्री कलंकी माता ( कल्खु बालकुमारी अजिमा) असन केलटोलको बालकुमारीको आमा रहेको भन्ने किंवदन्ती —

        यहाँ न्हेपंखा कलंकीका बयोवृद्धहरुको भनाई अनुसार यो कल्खु अजिमा यहीँ नै उत्पति भएको हो । परापूर्वकालमा नेपालमण्डल कान्तिपूरको पूर्वभेगका मध्यपूर थिमिका केहि मानिसहरुबाट यस बालकुमारी अजिमा र अजिमाका गणहरुलाई तन्त्रसाधना गरी स्थानान्तर गरी थिमिमा लाने कार्य गर्दा कारणबश असन केलटोलमा एकरात बास बस्न परेको र बास बसी भोली पल्ट त्यहाँबाट थिमि जाने क्रममा यस बालकुमारी अजिमाको एक प्रतिबिम्ब त्यही बास बसेको ठाँउमा नै शिद्ध भइगएको र अजिमा सहित अन्य देवदेवीहरु थिमिमा लगी प्रतिस्थापन गराई बिराजमान गराइएको किम्बदन्ति सुन्न पाइन्छ । त्यस्तै अर्को किम्बदन्ति अनुसार थिमिमा बिराजमान रहनु भएका बालकुमारी अजिमा खलकहरु वर्षका एकपटक अक्षेतृतियाका दिन गुप्तरुपमा यस न्हेपंखाको कल्खु बालकुमारी अजिमालाई पुजा गर्न आउने परम्परा रहेको र यहाँ अजिमालाई पुजागरी असन केलटोल स्थित हाल बालकुमारी अजिमारहेको स्थान अगाडी पार्टी भएकोठाँउमा बसी समयबजी खाने परम्परा गरी आएको अवस्थामा एकसाल मानिसहरु (थिमिबाट आउने खलकहरु)बिचमा एउटा के बिचार उत्पन्न भएछ भने हामी वर्षमा एक पटक न्हेपंखा पुगी कल्खु बालकुमारीअजिमालाई पुजागरी यसरी यहाँ आई बसी समयबजी खानु पर्छ । किन यहाँ कल्खु बालकुमारी अजिमाको प्रति बिम्बको रुपमा एक बालकुमारी अजिमा प्रतिस्थापन नगर्ने भन्ने विचार उत्पन्न भई सो बिचारमाथी सबैले सहमती जनाई तन्त्र विधा पुरा गरी एक बालकुमारी त्यही प्रतिस्थापना गरी समयबजी एक भाग (द्यःब्वः) चढाई समयबजी खाने परम्परा चलाएका थिए भन्ने किम्बदन्ति सुन्न पाइन्छन् । सायद त्यही किम्बदन्तिकै आधारमा न्हेपंखा कलंकीमा यस कल्खु बालकुमारी अजिमालाई केलटोलको बालकुमारीको आमा भन्ने गरेको पनि एदाकदा सुन्नमा पाइन्छन् । यसरी यस कल्खु बालकुमारी (कलंकी माई) को असन केलटोलको बालकुमारी र थिमिको बालकुमारीसँग परम्परागत सम्बन्ध रहेको किम्बदन्तिहरु सुन्न पाइन्छन् । थिमिका बालकुमारी प्रख्यात चार बालकुमारी मध्यका एक हुन् ।

४.  कलंकी माता अन्यत्र कतै परिक्रमा गरि फर्किन्दा माता मन्दिर अगाडिको चौतारीमा एकछिन विश्राम गरेर मात्र कन्दिर भित्र प्रवेश गर्नु हुन्थ्यो भन्ने जनश्रुति रहेको छ ।

५.   कलंकी मन्दिरको उत्तर तर्फ अहिलेको पिच सडक निर्माणपरेको इनारमा कलंकी माता स्नान गरि अहिले बुद्ध मन्दिर स्थापना भएको साविकको ढिस्कोमा बसेर घाम ताप्ने गर्ने गर्थ्यो भन्ने जनश्रुति रहेको छ ।

* कलंकी माता( कल्खु अजिमा) को सांस्कृतिक पक्ष -

१.   ठिमिमा बिराजमान रहनु भएका बालकुमारी अजिमा खलकहरु वर्षको एकपटक अक्षेतृतियाका दिन गुप्तरुपमा यस न्हेपंखाको कल्खु बालकुमारी अजिमालाई पुजा गर्न आउने परम्परा रहेको तर हाल केही दशक देखि भने आएको नदेखिएको ।

२.   पचली भैरबको १२ वर्षे गणनाच जात्रामा ६ वर्षको भद्रकालीको खड्ग सिद्धि जात्रा समेतको गणनाच जात्रा गर्न गणनाचका केही मालाकारहरु गुप्त रुपमा यहाँ आई श्री कल्खु बालकुमारी अजिमालाई तन्त्रसाधना गरि लगेर त्यहाँ गणनाच प्राम्भ स्थलमा विधिवत पूजा गरेर मात्र भद्रकालीको गणनाच हुने सांस्कृतिक परम्परा रहेको भन्ने रहेको छ तर यस्को आधिकारिक पुस्ति भने हुन सकेको छैन।


३.  अधिकारी परिवारक गुठी पूजा - स्थानिय अधिकारी गुठी परीवार बाट प्रत्येक वर्षको अक्षयतृतियाको पूर्व सन्ध्यामा रात्रि पूजा, पुतिङ पाठ तथा दिपावलि गरि अक्षय तृतियाका दिन बिहान छाग बली सहित विशेष पूजा गरि आउने गरेको छ । यो वार्षिक पुजा विक्रम सम्वत १९६४ अक्षय तृतियाका दिन न्हेपंखा बस्ने डिठ्ठा मान बहादुर अधिकारी बाट माताको चरण कमलमा ढलौटको दई सिंह, २२ धार्निको काँसको घण्टा र धलौटकै ठूला ४८ वटा दियो काठको खतमा जडान गरि वर्षेेनी आलोपालो पुजा गर्न आयस्ता स्वरुप केही खेत समेतको ब्यवस्था गरे देखि अहिले सम्म वार्षिक गुठी पूजाको निरन्तरता कायम छ । 

४.  स्थानीय एक नेवाः समुह बाट प्रत्येक वर्षको कल्की जयन्तीका दिन विशेष तान्त्रिक पूजा गर्ने सांस्कृतिक परम्परा रही आएको छ ।

५.   स्थानीय जनस्तर बाट वर्षेनि विभिन्न समुहबाट वार्षिक क्षमा पूजा हुने सांस्कृति परम्प रहेका छन् ।

५.१. स्थानीय न्यौपाने खत्री परिवारबाट प्रत्येक वर्षको दशैको महाअष्टमीका दिन छाग बली सहित वार्षिक पुजा गरीन्दै आएको छ ।

५.२. स्थानीय अधिकारी परिवार, रायमाझी परीवारको दुई समूह लगायत विभिन्न समुहबाट समेत असार महिनामा प्रत्येक वर्ष छाग बलि सहित क्षेमा पुजा गर्ने परम्परा रहि आएका छन्।

६.    विभिन्न पर्वहरु दशै, श्रावन सोमवार, तिज र ऋषि पँचमीमा तथा जनैपूर्णे लगायत पर्वहरुमा कलंकीमा भक्तजनहरुको निकै भिड हुने गरेको छ ।

७.    * दशैको घटसथापनाका दिन मन्दिरको दशै कोठामा विधिवत स्थापना गरीएको घटसथापनाको जमरा प्रशाद बिजया दशमीका दिन सर्वसाधारणहरुलाई बितरण गरिने परम्परा रहि आएको छ ।

८.    कलंकी माता( कल्खु अजिमा) लाई विभिन्न जातीय समुदायबाट कुलदेवीका रुपमा कुलायन पूजा गरी देवाली पुजा गर्ने परम्परा -

८.१.  श्री कलंकी मातालाई आफ्नो कुलदेवीका रुपमा वर्षेनी किर्तिपुरका भैरब परियारका(कार्किढली)का सन्तति परिवारबाट आज सम्म पनि पौषकृष्ण पञ्चमीका दिन र सुनारगाउँका सुनार परिवारबाट बैशाक शुक्ल पूर्णे /चण्डीपूर्णि/बुद्ध जयन्तीका दिन वर्षेनी मातालाई आफ्नो कुल देवीका रुपमा कुलायन पूजा गरि देवाली पर्व मानि आएका छन् । त्यस्तै काठमाण्डौ उपत्यका बाहिर रहेका विभिन्न समुदायले पनि कलंकी मातालाई आफ्नो कुलदेवीका रुपमा वर्षेनि देवाली पर्व मान्दै आएको भन्दै कलह र कलंक नासिनि भगवती कलंकी माताको मन्दिर ख‍ोज्दै खोज्दै यश मन्दिरमा आउने समुहरु पनि वृद्धि हुँदै गएका पनि छन्।

९.    सुनारगाउँका सुनार परिवारबाट कुलायन पूजा - प्रत्येक वर्षको बैशाख पूर्णेे् / चण्डिपूर्णिमा / बुद्धजयन्तीका दिन सुनारगाउँका रैथाने सुनार परिवारहरुबाट कलंकी मातालाई कुलदेवीका रुपमा देवाली पूजा गर्दै आएको छ ।

१०.    कलंकी माताको मन्दिर संरक्षण समितिको वार्षिक पूजा कार्तिक २५ गते -

        श्री गज बहादुर क्षेत्रीको अध्यक्षतामा श्री कलङ्की मन्दिर जिर्णोद्वार तथा सरसजावट समित २०४६ गठन भई मन्दिरको जिर्णोद्वार सम्पन्न भए पछि मन्दिरको संरक्षणको दायित्व पूरा गर्न २०५४ सालमा श्री चन्द्र बहादुर थापाको अध्यतामा श्री कलङ्की मन्दिर संरक्षण तथा समाज सुधार संस्था जिल्ला प्रशासन कार्यालय काठमाण्डौमा मिति २०५४/७/२५ मा दर्ता नं. ३२४/०५४/५५ मा विधिवत दर्ता भए पछि श्री कलङ्की मन्दिरको संरक्षणको दायित्व बहन गरि संस्था दर्ता भएको दिनलाई श्री कलङ्कीमाई मन्दिरको विशेष दिन मानेर प्रत्येक वर्षको कार्तिक २५ गतेको दिनलाई श्री कलङ्की माताको वार्षिक पूजा पर्वका रुपमा मान्द‌ै आएको छ ।

* कलंकी माता( कल्खु बालकुमारी अजिमा)को विषेशता -

       माताको श्रद्धा भक्तिले घर परिवारमा हुने कलह र अशान्त नास होस् भन्ने कामना सहित भाकल तथा पूजा अर्चना गरीएमा भक्तजनको मनोकामना पूरा गरि कलह र अशान्त नास गरि शान्त बनाइलिने माताको विशेताहरु मध्यको यो प्रमूख विशेषताहुन् । त्यस्तैनै अर्को प्रमुख विशेता भनेको कसैलाई अनाहकमा कुनै दोष वा कलंक लागेमा पनि श्रद्धा भक्तिले माताको पुकार गरीएमा आफुले कुनै गल्ती नगर्दै लागे दोष तथा कलंक बाट मुक्त गरीदिनु हुने विशेषता हुन् ।

       संस्कृति अनुसन्धान कर्ता डा . जगमान गुरुङले जानकारी दिनुभए अनुसार कलंकी माताको अर्को एक विशेषता भनेको अमेरीका लगायत पश्चिमि मुलुकमा यात्रा गर्न भिसा( प्रवेशाज्ञा)का लागि पटक पटक आबेदन गर्दा पनि असफल भयो भिसा पाएन भने कलह र कलंक नासिनी कलंकी माता( कल्खु अजिमा)को मन्दिरमा गएर मातासंग श्रद्धा भक्तीले भिसा पाउने कामना सहित पुकार गरी पूजा अर्चना गरीएमा भिसा प्राप्त हुने वहाँको अनुसन्धान बाट देखिएको र सो अनुभव समेत रहेको भन्ने भनाई रहेको छ । वहाँले भन्नू भए अनुसार भिसा पाउने कामना लिएर माताको पूजा गर्न जाँदा माताको पूजा गरि फर्कने क्रममा पहिला जुन बाटो बाट आएको हो सोही बाटो भएर नफर्किकन अन्य बाटो भएर फर्केर गएर सिधा भिसा आबेदन गर्ने कार्यालयमा गएर पुनः भिसाका लागि आबेदन गर्नु पर्छ तब कलंकी माताको प्रभावबाट निश्चितरूपमा भिसा प्राप्त हुनेछ । माताको कृपाबाट भिसा प्राप्त भए पश्च्यात पुनः माताको पाउमा कृतज्ञताको पूजा गर्न जानभने बिर्सनु हुन्न भन्ने डा. जगमानको भनाई रहेकोछ ।

 कलह र कलङ्क नासिनी कलङ्की माताको अन्य विशेषताहरुमा -

      आकाशबाट पानी नपरी खेतवारी बाँझो भएमा श्री कलङ्की माताको मन्दिरलाई सफा गरि मन्दिर भित्रको पानी बाहिरीने निकासलाई केही बेर बन्द गरी घर घरबाट पानीको धारो बगाउँदै आई मातालाई पानी चढाउँद‌ै माता र अन्य देविदवताको मूर्तिहरु सबै पानीले चुर्लुम्म डुबान पारेर हर हर महादेव ! भनी पानी मागे पछि आकाशबाट वर्षा हुने गरेको भन्ने यहाँका जेष्ठहरुको अनुभव रहेको छ ।

      माताको अर्को विशेषतामा धेरै अगावै काठमाण्डौ उपत्यकामा हैजा तथा बिफरको महामारी रोग फैलिन्दा स्थानीयहरुले श्री कलङ्की मातामा क्षमापूजा गर्दा अन्यत्र भन्दा यश क्षेत्रमा महामारीको प्रभाव खासै नपरेको भन्ने यहाँका स्थानीय जेष्ठहरुको अनुभव समेत रहेको छ । सोही अनुभव र मातामा अतल आस्था अनि विस्वास भएकै कारण प्रत्येक वर्षको असार महिनामा त्यो महामारी फैलीएको समय देखी आज सम्म पनि स्थानीयहरुले मातालाई छाग बली सहित सामुहिक वार्षिक पूजा गर्दै आएका छन् ।

* कलंकी मन्दिरमा हुने दैनिकी -

       कलंकी मन्दिर बिहान ४;३० बजे देखि मध्याह्न १२ बजे सम्म र साँझ ५:०० बजे देखि राती ७:३० बजे सम्म खुल्ला हुनेछन् । मन्दिर बन्द भएको समयमा कुनै विशेष पूजा गर्न परेमा मन्दिर रेखदेख तथा द्यःपालालाई सम्पर्क गरेर ढोका खोल्न लगाएर पुजा गर्न सकिने छन् । बिहानको नियम पूजा १०:३० बजे हुनेछन् भने सन्ध्याकालिन आरति साँझ ६:३० गर्ने गरिन्छ । कलंकी माता ( कल्खु अजिमा) तान्त्रिक देवी भएक‍ो हुँदा तान्त्रिक नियम पूजा हुनु पर्ने भएता पनि हाल सम्म दिक्षित ब्यक्ती बाट नियम पूजा गर्ने व्यस्था हुन नसकिरहेको देखिन्छ ।

       भागवत रेणु अर्जुन प्रशाद रिमाल ज्यूले दुई दशक देखि कलंकी मन्दिरको भजन कोठामा प्रत्येक महिनाको एकादशी तिथिमा एकादशी महात्म्य तथा प्रत्येक वर्षको पूर्श्वत्तम महिनाभर चतुरमास महात्म्य कथा वाचन गरि आएकोमा कोभिड १९ कोराना महामारीका कारण लकडाउन भए पछि हालसम्म रोकि रहेको छ ।

        ॐ वैदिक धर्म संस्था नेपाललको खैजडी भजन टोलीले ०७२ साल देखि दैनिक रुपमा मन्दिर परिसरमा साँझ ५:०० बजे देखि ७:०० बजे सम्म ख‌ैजडी भजन गरि बृद्धबृद्धाहरुलाई नचाएर आरोग्य लाभ दिई आईरहेको छ ।

* श्री कलङ्कीमाईको मन्दि रहेको यश वडा भित्र परेका अन्य धार्मिक स्थल तथा नयाँ तथा पुराना मन्दिरहरुमा -

१. श्री बुद्ध मन्दिर :- श्री कलङ्की मन्दिरबाट उत्तरपश्चिम सडक पारी भित्र सविक जमिनको थुम्को रहेको ठाउँमा २०५२ सालमा सनातनी हिन्दु तथा बौद्ध धर्मावलम्बीहरुको संयुक्त प्रयासमा निर्माण गरिएको हो । यश मन्दिरमा प्रत्येक महिनाको पुर्णेको दिन बिहान एक घण्टा सामुहिक तुतः बौद्ध स्तोत्र पढ्ने गरिन्छ भने बुद्ध दयन्तीका दिन विशेष पूजा आरधना गरिन्छ । यश मन्दिरको संरक्षण सम्बर्द्धन मन्दिर निर्माण समितले गर्दै आएको छ।

२. श्री कृष्ण मन्दिर :- श्री कलङ्की मन्दिरको उत्तर तर्फ बुद्ध मार्ग प्रवेश द्वार हुँदै रायमाझी टोलको गल्ली भित्र २०५५ सालमा निर्माण गरिएको हो । यश मन्दिरमा कृष्णा अष्टमीका दिन श्रद्धालु भक्तजनहरुको घुइँचो लाग्ने गर्छ ।

३. ️✴️ श्री गणेश मन्दिर :- खड्का गाउँको ...... टोलमा प्राचीन काल देखीनै भइ आएको यो मन्दिर किम्बदन्ती अनुसार यश मन्दिरमा रहेको गणेश भगवानको मूर्ति माथीबाट बगेर पस स्थानमा विराजमान भएको भन्ने रहेको छ । यश मन्दिर परिसरमा २०५८ सालमा मन्दिर जिर्णोद्वार गर्दा महादेव, बुढानिलकण्ठ, सप्त ऋषि लगायत प्रतिस्थापन गरि पूजा गरि आएको छ । ️✴️

४. ️✴️श्री भलुभैरब :- खड्का गाउँको .............टोलमा पौराणिक काल देखीने रही आएको भनी मान्यता छ । ️✴️

५. श्री सुवर्ण विणायक :- यो मन्दिरदेखि पश्चिम तर्फ ........ मार्गको माउते दोबाटोमा २०४९ सालमा स्थापन भएको ।

६. ️✴️ श्री भैरब मन्दिर :- प्राचीन काल देखीको यो मन्दिर कलङ्की मन्दिर देखि पश्चिमतर्फ ...... मार्ग .... टोलमा छ । ️✴️

७. ️✴️श्री भुटनदेवीको मन्दिर :- कलङ्की मन्दिर देखि दक्षिणपूर्व तर्फ बोक्सदह(बासुकी चौउर) मा रहेको छ । यो पौराणिक काल देखिको भन्ने मान्यत रहेको छ । ️✴️

८. ️✴️श्री बासुकी नागमन्दिर :- बोक्सदह(बासुकी चौर) मा पुर्व तर्फ एक छेउमा रहेको यो नाग मन्दिर पौराणिक काल देखिकै मानिन्छन् ।

९. ️✴️श्री गणेश मन्दिर :- बल्खु टेकु सिमाना क्षेत्रको ................टोलमा अवस्थित यो मन्दिर परापूर्वकाल देखिनै रहेको भन्ने मान्यता रहेको छ । ️✴️

१०. ️✴️ कुलेश्वरको श्री गणेश मन्दिर :- यो गणेश मन्दिर प्राचीननै मानिन्छ । ️✴️

११. ️✴️श्री कुलेश्वर महादेव :- ज्ञान तिर्थ क्षेत्रमा अवस्थित यो महादेव स्वस्थानीमा उल्लेखित कुण्डलेश्वर महादेव हुन् भन्ने मान्यता रहेको छ । कुण्डलेश्वरबाट अपभ्रशं भएर कुलेश्वर महादेव भएको भन्ने मान्यता रहेको छ। स्वस्थानी कथा अनुसार यहाँ श्री विश्वकर्माले तपस्या गरेको थियो भन्ने रहेको छ। ️✴️

१२. ️✴️ कुलः अजिमा/ कुलेश्वर अजमा( श्री झम्केश्वरी देवी) मन्दिर :- कुलेश्वर महादेव रहेकै परिसरमा रहेको यश अजिमा अमूर्त मूर्तिको छेपु तल कलश आकार अंकित रहेको छ । यो मन्दिर अष्टमातसकाको शक्ति पिठ हो । ️✴️

१३. श्री कुमारी मन्दिर :- यो मन्दिर २०५४ सालमा स्थापनाा गरिएको कुलेश्वर हाइटमा रहेको छ ।

१४. ️✴️श्री भगवती मन्दिर :- कुलेश्वर हाइट बजार एरियामा रहेको यो मन्दिर पौराणिक काल देखिको मानिन्छ । ️✴️

१५. ️✴️श्री पञ्चकन्या दवीको मन्दिर :- कुलेश्वर आवास क्षेत्रको पूर्व तर्फ खरीक रूखमुनि विराजमान रहेको यो पञ्चकन्या पौराणिक काल लेखिकै मानिन्छ । ️✴️

१६. श्री गणेशको मन्दिर :- कुलेश्वर आवासको पूर्व तर्फ ..................टोलमा पञ्चकन्या मन्दिर नजिकै रहेको यो मन्दिर नयाँ स्थापना भएको देखिन्छ ।

१७. श्री कुलेश्वर चारधाम :- कुलेश्वर आवास क्षेत्रमा रहेको यो धाम ( रामेश्वर,द्वारिका, बद्रीनाथ र जगनाथ धाम) २०५७ सालमा स्थापना गरिएको देखिन्छन् ।

१८. श्री कुलेश्वर ...... ........टोलमा रहेको भैरब मन्दिर :- २०४२ सालमा स्थापना गरिएको यो मन्दिर कुलेश्वर आवास क्षेत्रमा पर्दछ ।

१९. श्री कृष्ण मन्दिर :- कुलेश्व आवास क्षेत्रमा रहेको यो मन्दिर २०५८ सालमा स्थापना गरीएको देखिन्छन् ।

२०. श्री सरस्वती मन्दिर :- २०५४ सालमा स्थापना गरिएको यो मन्दिर कुलेश्वर हाइटको खुल्ला चौरमा रहेको छ ।

२१. श्री कुलेश्वर भगवती :- २०५५ सालमा स्थापना भएको यो मन्दिर कुलेश्वर आवा क्षेत्रको ........टोलमा अवस्थित रहेको छ ।

२२. श्री कार्यविनायक मन्दिर :- यो मन्दिर चुन्ने पाखामा नयाँ स्थापना गरेर राखेको देखिन्छ ।

२३. श्री कालीका मन्दिर :- सुनारगाउँको ...... टोलमा रहेको यो मन्दिर २०३५ सालमा स्थानीय पदमबहादुरले आफ्ना स्व.आमा सानीका स्मृतिमा स्थापना गरेको देखिन्छन् ।

२४. श्री राधाकष्ण मन्दिर :- यो मन्दिर २०५३ सालमा सुनार गाउँमा बासुकी चौर वारि चौरमा स्थापना गरेको भन्ने देखिन्छ ।

२५. श्री सर्वेश्वर महादेव :- सुनारगाउँ माछागेट अगाडि अवस्थित यो मन्दिर २०५२-५६ सालमा स्थापना गरिएको भन्ने बुझिएको छ । यश मन्दिर परिसरमा श्री गणेश, सरस्वती, सप्तऋषउ र बासुकी नाग देवता समेत रहेको छ ।


२६. ️✴️श्री देवी मन्दिर :- कलङ्की मन्दिर देखि पश्चिमतर्फ ........ ...........मार्गमा अवस्थित यो मन्दिर परापूर्वकाल देखि नै रहेको भन्ने बुझिएको छ ।️✴️ यो मन्दिर विशेषगरी खत्री खलक र गोदार थापा खलकले संरक्षण गर्दै आएको भन्ने रहेको छ ।

२७.️✴️ श्री गणेश मन्दिर :- सुनार गाउँ माछा गेट नजिक अवस्थित यो गणेश मन्दिर पौराणिक कालकै मानिन्छन् । ️✴️

२८.️✴️ श्री कुमारी मन्दिर :- यो मन्दिर कुलेश्वर हानागुलु टोलमा छ । जमिन भन्दा माथि ढिस्कोमा रहेको यो मन्दिर पौराणिक कालको रहेको भन्ने मान्यता रहेको छ । ️✴️

२९. श्री हनुमान मन्दिर :- कुलेश्वर फलफुल बजारमा रहेको यो मन्दिर २०४ सालमा हेक्ताराम अग्रवाल परिवारले स्थापना जरेको भन्ने रहेको छ ।

३०. श्री हनुमान मन्दिर र सर्वेश्व र महादेव - नागमार्रग माछागेेट रविभवन -  शिलापत्रमा ल्खिए अनुसनर २०५२ /२/२८ भिमराज धिमिरेको सक्रृयतामा सर्वेश्वर महादेव र २०५९/८/२३ मा नन्दलाल गौत्तम समेतले १४ वडा कामपा रविभवन माछागेट सडक पारी नागमार्गको बायाँ किनारमा स्थापना गरीएको  हो ।

 ३१. श्री कुमारी मन्दिर :- कलङ्की मन्दिर देखि पश्चिमतर्फ ......... .....टोलमा रहेको यो मन्दिर पौराणिक कालकै रहृको भन्ने रहेको छ ।

३२. ️✴️खड्का गाउँको ..............टोलमा खड्काहरुको कुलदेवता भिमसेन रहेको छ ।️ ३३.✴️ कलंकी मन्दिर पछाडि करिब दुईसय मिटर पर दायाँ साइडका पिनाकल स्कूल जाने निजी बाटोमारहेको प्राचिन काली नागथान ।

( श्री कलङ्कीमाई प्रवाह- २०५९ क‍ो काठमाण्डौका १४ वडाभित्र स्थापना भएका देवी देवताहरुको एक छोटो चिनारी समेतबाट लिएको)

* कलंकी मन्दिरको जिर्णोद्वार

१. प्रथम जिर्णद्वार - २०४६

      गज बहादुर खत्रीको अध्यक्षतामा २०४६ सालमा गठित श्री कलंकीस्थान मन्दिर जिर्णद्वार तथा सजावट समितिबाट मन्दिरको प्राचीन अवस्थाको रुपलाई स्थानीय भक्तजनहरुबाट प्राप्त आर्थिक सहयोगमा कलंकी मन्दिरको जिर्णद्वा तथा सजावट गरि अहिलेको स्वरुपको अवस्थामा ल्याएक‍ो थिए ।

        २०४६ सालमा भएको जिर्णद्वार पूर्व मन्दिरको स्वरुप र अवस्थाका बारेमा श्री कलंकी मन्दिर संरक्षण तथा समाज सुधार संस्थाका उपाध्यक्ष श्री लक्ष्मण अधिकारी ज्यूको भनाई अनुसार कलंकी कन्दिर सडक भन्दा १० फिट तल खोविल्टो परेको स्थानमा अवस्थित यस मन्दिरको स्वरुप हेर्दा खेतमारहेको एउटा साधारण कुवाको स्वरुप अवस्थामा रहेको थियो । मन्दिरभित्र साविक देखि हाल सम्म प्राकृतिक अवस्थारुपमा अवस्थित अजिमा लगायत सबै देव देवीहरुको अमूर्त मूर्तिहरु र ठूलो घण्टा रहेका खम्बा साविक देखि हालसम्म यथावत अवस्थामारहेको भएता पनि अजिमाको अमूर्त मूर्तिको अगाडि बिचभागमा गोलाकार अमूर्त क्षेत्रपालदेवको मूर्तिको रुपमा (हाल ठूलो घण्टा मूनी रहेको) गोलाकार शिलारहेको थियो ।

       उपाध्यक्ष श्री लक्ष्मण अधिकारी ज्यूको भनाई अनुसार हाल मन्दिरको ढोकारहेको स्थानबाट खुत्किलाहरु झर्दै तल झर्दा अन्तिम खुड्किलाको दायाँ बायाँ आफ्नो स्व. पिता डिठ्ठा मान बहादुर अधिकारी ज्यूले १९६४ सालमा अजिमामा समर्पण गरीएको अजिमा तर्फ मुखादृष्टि गरीबसीरहेका ढलोटका दुईसिंह, २२ धार्निका काँशका ठूलो घण्टा, चतुरभूज आकार मन्दिरको खोबिल्टोमा काठको खटराखी जडान गरीराखेको जम्मा १७ धार्निका ४८ गोता ठूलो डल्लुचाहरु मध्य ४३ गोता पहीला नै चोरी भइसकेको । यस अजिमायुक्त शक्ति पीठमा टाढा टाढाबाट पुर्जा गर्न आउनेहरुले समेतको सुव्यवस्थाका लागि मन्दिर परिसर क्षेत्रमा पहिला पहिला दुईवटा पाटी दाताहरुबाट सर्मपण गरी व्यवस्था गरी राखेकोमा हाल सबै पाटी सडक विस्तारमा परी पाटी मासिसकेका छन् ।

२. दोस्रो जिर्णद्वार - २०७९

       काठमाण्डौको लगन टोलमा घरभै हाल यश कलंकी( न्हेपंखा) मा बस्नुहुने पुर्व मेयर बिद्यासुन्दर शाक्य ज्यूका सोकिय सचिव समेत रहनु भएका राजेश्वर स्थापित र मन्दिर संरक्षण समितिका सचिव स्व. बाशु वाग्लेकोज्यू समेतको सकृयतामा तथा ।सहजीकरणले श्री कलङ्कीमाईको मन्दिर जिर्णोद्वार(पुननिर्माण) गरी मन्दिरको भित्रि संरचनालाई संरक्षण तथा मन्दिरको बाहीरी सजावट समेत गरी मन्दिरको स्वरुपमा प्राचीतना झलकाउने उदेश्यका साथ काठमाण्डौ महानगरपालीकाको तात्कालिक मेयर श्री बिद्यासुन्दर शाक्यको कार्यरकालमा बजेत निकासा गराउन सफल भएको छ ।

 * जिर्णोद्वार पछिको मन्दिर स्वरुप

         श्री कलंकी माताको पुरानो मन्दिरको स्वरुपमा रहेको मन्दिर भित्र र बाहिर चारै तर्फ रहेको मार्वल हताएर डाँछि इँटा रहने । मन्दिरको चारैतर्फ रहेको फलामको बार हताएर काठको आँखीझ्यालको बार रहने । मन्दिरको चारकुनामा कलात्मक काठको खम्बा रहने । मन्दिर खुल्ला आकाश मुनि रहेकोमा अब बिच भाग खुल्ला गरि चारै तर्फ पितलको छाना छाउने छ । चार नागपास छाना भित्र रहनेछन् जसले गर्दा कलंकी माता ( कल्खु बालकुमारी अजिमा)को मन्दिरलाई चार नागपास हेरेर नाग मन्दिर भन्नेहरुको भ्रम हट्ने छन् ।

* केमिकल युक्त अबिर केशरीबाट मूर्तिहरु असुरक्षित हुँदै

        भक्तजनहरुले पूजा गर्ने केमिकलबाट निर्मित अबिर केशरीका कारण मन्दिरमा रहेका अधिकांश अमूर्त मूर्तिहरु छिया छिया परिसकेका छन् । मूर्तिहरुको स्वरुप बिग्रन नदिन अब भक्तजनहरु बाट मूर्ति टाढा राख्नै पर्ने अवस्था आईसकेको छ । अब पनि यश विषयमा भक्तजनहरुले ध्यान नपुर्याएमा पछि गएर आस्थाका मूर्तिहरुको अवशेष मात्र बाकी रहन जाने निश्चितनै छ । अतः अहिले नै मन्दिर संरक्षण समितिले मूर्तिहरुको सुरक्षाका लागि भक्तजनाबाट टाढा राख्न घेरा लगाएर सर्वसाधारणले पूजा गर्न घेरा भन्दा बाहि माता लगायत अन्य सम्पूर्ण देवीदेवतालाई आह्वान गरी सबै देवीदेवताको प्रतिकका रुपमा पादुका स्थापना गरेर त्यसमा सबैले पूजा गर्ने व्यवस्था गर्न आवस्यक छ । द‌ैनिक नियम पूजा र परम्परागरुपमा चलि आएको वार्षिक सामुहिक क्षेमा तथा गुठि पूजा मात्र घेरा भित्रको प्राचीन मूर्तिहरुमा अबिर केशरी कम प्रयोग हुनेगरी पुजा गर्न पाउने व्यवसथा हुन आवस्यक छ ।

* कलंकि माताको मौलिकता र विशेषताको संरक्षण गर्नुनै मातामा श्रद्धा भक्ति अर्पण गरेको ठहरिने

       कलंकी माताको र माता विराजमान रहेको कलंकीथानको मौलिक नाम, मन्दिर र मन्दिर क्षेत्रमा कहिं कतै उल्लेख नहुँदा माताको मौलिक पहिचान र वहाँका विशेषता बारे भक्तजाहरु अनभिज्ञ हँदै गएको छ । यश विषयमा मन्दिर संरक्षण समितिले ध्यान पुर्याइ माताको मौलीक नाम " कल्खु कालकुमारी अजिमा" र माता विराजमान रहेको मौलीक नाम " न्हेपंखा " नाम मन्दिर र मन्दिर क्षेत्रमा उल्लेखित गरि कलह र कलंक नासिनाी कलंकी माता र कलंकीथानको मौलिकता र विशेषता बारे भक्तजनहरुलाई जानकारी दिएर माताको इतिहासलाई जिवन्त पारिराख्नु राख्नुनै मातामा श्रद्धा भक्ति अर्पण गरेको ठहरिने छन् ।

* कलंकी मन्दिरमा हुने बली पूजालाई समय अनुकुल व्यवस्थित गर्नु पर्ने

       कलंकी मन्दिरभित्र भइ आईरहेको बली अब उपरान्त सम्भव भए सम्म मन्दिर अगाडि जहाँ अहिले अस्थायी पूजास्थल बनाईएको छ त्यसैस्थानमा तान्त्रिक विधिवत मौलो स्थापना गरि बलि पूजा स्थल कायम गर्नु उपयुक्त देखिन्छ । मौलोमा बली दिन्दा अन्य व्यक्तिको दृष्टि नपर्ने गरि सम्भव भएसम्म स्थायी नभए अस्थायी भए पनि घेरा हाल्नु भने आवस्यकनै हुन्छ । यसरी मौला मन्दिर बाहिर राखेर सर्वसाधारणको लागि बलि पुजा स्थल बनाए पनि स्थानीय कुनै समूह उपसमुहको गुठीले परम्परा देखि मन्दिर भित्र माताक‌ै सामु गरि आएको बली पूजा भने साविक परम्परा अनुसार नै मन्दिर भित्रनै गर्नु र गर्न लगाउन पर्छ। मन्दिर बाहिरको मौलोमा वा मन्दिर भित्र जहाँ बली दिए पनि बली तान्त्रिक प्रकृया अनुसारन‌ै हुनु पर्छ । मार हानेर बलि दिनु हुन्न । बली सकिए पछि बलिबाट भएका रगतहरु तुरुन्त सफा समेत गर्नु पर्छ । बली पछिको सफाको लागि भक्तजन र गुठी संग छुट्टै सफाई शुक्ल समेत लिन सकिन्छ । यसो गरीएमा बलीदिएको हेर्न नस्कने भक्तजनहरुको दृष्टिबाट सुरक्षित हुन्छनै साथै मन्दिर मूर्ति पनि सुरक्षित हनेछन्।

* कलंकी मन्दिरले सामना गर्नेु पर्ने चुनौतीहरु -

       १. कलंकी मन्दिरमा पूजा गर्न आउने भक्तजनहरुको सुविधाका लागि दाताहरुले व्यवस्था गरि राखेको दुईवटा पाटी( फल्चा) सडक विस्तारमा परी मासी सकेको छ । कलंकी मन्दिरको दक्षिण तर्फ सुनार गाउँ हुद‌ै टेकु मसानघाट जाने तात्कालिक मूर्दा लाने गोरेटोलाई मोटरबाटोमा फराकिलो गर्दा कलंकी मन्दिरले आफ्नो जग्गा मात्र पनि हैन मन्दिरलाई छत्रकारुपमा रहि स्वभायमानरहेको अनि श्रद्धालु भक्तजनहरुले अति आस्थाका साथ शनिबार शनिवरा जल चढाई शनिदेवताका रुपमा पुज्दै आएको देव बृक्ष पिपलको केही जरा सहितको चौतारीको भाग काट छाट छाँट गरी मोट आवट जावट गर्न सक्ने अवस्थाको बाटो भोगचलन गरीरहेकोमा केही वर्ष अगाडि मात्र तासिंण्डोल र सुनार गाउँ तर्फ बस्न आउने नयाँ बासिन्दालाई बाटोको फराकिलो पुगेन भनेर भक्तजनले पुज्दै आएको देव वृक्ष पिपलको बोट हटाउन हठात् प्रयास गरेर मन्दिरलाई चुनौती दिन्दै आएको छ ।

      २. काठमाडौं उपत्यका प्रवेशको लाइफलाइन नागढुंगा-कलंकी-त्रिपुरेश्वर सडक विस्तारले कलंकी मन्दिर मात्र हैन कलंकी मन्दिरमा पूजा अर्चना गर्न आउने भक्तजनहरु असुरक्षित हुँदै गएको छ । बाहिरबाट आउने जनसंख्याको र सवारी साधनको बढ्दो चापले काठमाण्डौ उपत्यकाको मठ मन्दिरहरुलाई धमाधम विस्तारित सडकले मिच्दै आएका छन् । विस्तारित सडकले कलंकी मन्दिर पनि धमाधम मिच्दै आएका छन् । बढ्दो सवारी चापका कारण हुईकिएर आउने सवारी साधनले कलंकी मन्दिर र भक्तजनहरु जोखिममा पर्दै गएका छन् । सवारी चापका कारण मन्दिर र भक्तजनहरुमा बढ्दै गएको असुविधा र असुरक्षाको स्थितिबाट फाईदा उठाउँदै मन्दिर भित्र पसेर कहिले पूजा अर्चना र दर्शन समेत नगर्ने तल्लो दायाँबायाँ भेगका नयाँ बासिन्दाहरु भक्तजनको सुरक्षाको हवाला दिन्द‌ै कलंकी मन्दिर यताउता सार्ने वा मन्दिर प्रवेश द्वार यताउता सार्ने माग गरेर आफ्नो सवारी आवट जावटको सुविधा बढाउन मन्दिर जिर्णद्वारको समय पारेर धमिलो पानीमा माछा मार्ने प्रयासरत रहेको समेत देखिएका छन् ।

       ३. कलंकी मनदिर अगाडि केही ब्यक्तिहरुबाट राती लुकिछुपि घरको फोहर थुपारेर मन्दिरलाई चुनौती दिने काम गर्ने गरेको छ।

      ४. मन्दिर अगडि र पछाडि फुटपाथे तथा ठेला पसलेहरुले अव्यवस्थित पसल राखेर मन्दिर मन्दिर अगाडि सावरी साधन आवतजावतमा असुविधा पुर्याउने काम हुने गरेको छ।।

      ५. त्यस्तैनै बाईकवालाहरुले स्थानी पसल, फुटपाथ लगायत पसलमा सामान खरिद गर्न र अन्यत्र कतै नजिक बसेर गफगाफ गर्न बाईक पार्किङ गर्न निषेध मन्दिर परिसमा पार्किङ गरेर मन्दिरलाई बाधा पुर्याउने काम गर्ने गरि आएको छ ।

      ६. कलंकी मन्दिरमा पूजा अर्चना तथा दर्शन गर्न आउनेहरुको बाईक सुरक्षित पार्किङको व्यवस्था मन्दिर संरक्षण समितिले गर्न सकिरहेको छैन।

* मन्दिर संरक्षणको दायित्व -

       गज बहादुर खत्रीको अध्यक्षतामा २०४६ सालमा गठित श्री कलंकीस्थान मन्दिर जिर्णद्वार तथा सजावट समितिबाट मन्दिरको प्राचीन अवस्थाको रुपलाई स्थानीय भक्तजनहरुबाट प्राप्त आर्थिक सहयोगमा कलंकी मन्दिरको जिर्णद्वा तथा सजावट गरिएको थियो । त्यस पछि श्री कलङ्कीमाईथानको संरक्षणको दायित्व बहन गर्न चन्द्र बहादुर थापाको अध्यक्षतामा २०५४ सालमा श्री कलङ्की मन्दिर संरक्षण तथा समाज सुधार संस्था गठन भई मिती २०५४/७/२५ मा जिल्ला प्रशासन कार्यालय काठमाण्डौमा विधिवत दर्ता भए देखि समितिले मन्दिर संरक्षण गर्द‌ आएका छन् । मन्दिर संरक्षण समितिले मन्दिरको संरक्षण मात्र हैन बल्खु खोला छेउमा समाितिले आफ्नै एक भवन बनाई श्री कलंकी माई समाज सेवा सदन संचालन गरी समाजिक कार्य समेत गर्दै आएको छ । श्री कलंकीमाई समाज सेवा सदनको चार कोठमा कसैको आफन्तहरुको मृत्यु हुँदा वैदिक सनातन धर्म संस्कार अनुसार क्रियाुत्री बस्न ठाउँ नहुनेहरुका लागि निशुल्क क्रियापुती रहेने व्यवस्था समेत गरिएको छ । सदनमा रहेको क्रियापुत्रीको लागि क्रियापुत्री कक्षकोठा नं. १,२, ३ र ४ मा क्रियापुत्रीको लागि दाताहरुबाट प्राप्त कब्ल, झारी, भाँडाकुँडाहरु निःशुल्क उपलब्ध गराउँदै आएको छ । . * वैदिक देवी कलङ्की देवी छोटो चिनारी

वैदिक देवी कलङ्की  देवी  छोटो चिनारी 


      हामी वैदिक सनातनीहरुले पुज्दै आएका कतिपय देवी देवताका बारेमा धर्म ग्रन्थहरुमा उल्लेख गरेको पाईदैनन् । तर पनि हामी ती देवी देवताकोहरुलाई आस्था र विस्वासले पूज्दै मान्दै आएका छौ । धर्म ग्रन्थहरुमा उल्लेखि भएको नदेखिए  तापनि स्थानीय महात्म्य कथाहरुका आधार र विस्वासलाई लिएर पुज्ने धार्मिक मान्यता रहि आएका देखिन्छन् । स्थानीय महात्म्य भन्नाले स्वस्थानका धार्मिकहरु हुन् । महात्म्य भन्नाल कुनै दिव्यभूमिको गौरब, महत्वको बखान, , कुनै दैवीदेवताको गुणगान सहितको बर्णन  अथवा प्रशंसा गरिएको ग्रन्थ नै महात्म्य हो । 


✡   स्वस्थानका धार्मिक कथा वा नेपाल महात्म्य

          हिमवत खण्ड नेपला एक तपोभूमि हुन् । यहाँ प्राचीन पौराणिक कालखण्डमा असंख्य ऋषिहरुले तप गरि सिद्धि प्राप्त गरि गएको पवित्र भूमि हो । देवादीदेव महादेवको कैलाश धाम कैलाश पर्वत अनि महादेवी पार्वतीको जन्मभूमि हो नेपाल । त्यसैले पनि नेपालको महिमा अपरम्पार छ । नेपालभित्रका धार्मिक स्थल र यहाँका देवीदेवताहरुको बर्णित ग्रन्थहरुमा उल्लेखित सबै पौराणिक  कथाहरु स्वस्थानका कथाहुन् जसलाई नेपाल महात्म्य भनिन्छ । 

 ✡  कलङ्की महात्म्य

      नेपाल महात्म्य भित्रको एक महादेवी श्री कलङ्की  पनि एक हुन्। काठमाण्डौ महानगर १४ कलंकी क्षेत्रका स्थानीय  स्व. शम्भु प्रशाद रिजाल ज्यूले नेपालीमा रुपान्तरण गरिएको भनी कलङ्की  प्रवाह - २०५९ मा प्रकाशित ।। कलङ्की महात्म्यको नेपाली रुपान्तरण ।। प्रस्तुत लेख अनुसार - कलियुग प्रारम्भ भएको  सय वर्षभित्रमा हिमवत खण्ड नेपालको एक भूभागमा एक कलङ्कासुर नाम गरेका अति बलसाली असुरले यहाँका लोकजनलाई त्राहि त्राहि गरेको देखेर लोकजनको रक्षार्थ देवाराजको नेतृत्वमा देवताहरुले कलङ्कासुर संग एक वर्ष सम्म घमासान युद्ध गर्दा पनि  असुरलाई पराजित गर्न नसकेर देवताहरु त्राहिमाम त्रमहिमाम भन्दै भागे छन् । 

      कलङ्कासुर बाट युद्धमा पराजित भएर भयभित हँदै देवताहररु भागेको देखेर माता पार्वतीको सरिरबाट महाकाली, महासरस्वती , महालक्ष्मी स्वरुपिनि अति जाजुसमान तेज भएकी महादेवी प्रकट भईन्।। धपधप बलेको जस्तो भान हुने ।सोह्रकला र वत्तीस  लक्षणले युक्त भएकी । प्रसन्न मुद्रा देखिने । पहेंलो र सेतो वस्त्र अनि बाघको छाला लगाएकी, त्रिशूल, चक्र, कमण्डलु लिएकी । मुण्डमाला लगाएकी । रजहाँस, सिंह र बाघ वाहन भएकी सृष्टि स्थिति र रौद्र रुपमा अति शोभामान भएकी  तेजस्वी३२ हात भएकी देवी अविभूर्त भई कलङ्कासुर संग महासंग्राम गर्नु  भयो  र अन्त्यमा  महादेवीको त्रिशूल प्रहारबाट वसन्त ऋतुको चैत शुक्ल पक्षको अष्टमीका दिन पापीस्त कलङ्कासुरको अन्त्य भयो । कलङ्कासुरको बध गर्ने उनै महादेवी  कलङ्की देवीका नामले प्रख्यात हुनु भयो।


✡   खस आर्यहरुको कुलदेवी महादेवी श्री कलङ्की

      प्राचीन काल देखि नै शक्ति पुुजक खस आर्यहरुले शक्ति प्राप्तिका लागि मस्टो देवतालाई कुलदेवताका रुपमा पुजेर बोका पाठा पाठीको बलि दिने परम्परा रहि आएको छ । नेपालको विभिन्न स्थानमा बस्ने केही खस आर्यहरुले भने कलङ्कासुर मर्दिनि श्री कलङ्कीलाई कुलदेवीका रुपमा वर्षेनी  बोका तथा पाठा पाठी बलि दिएर कुलायन पुजा गर्दै आएको देखिन्छ  । महादेवी कलङ्कीलाई खस आर्यहरुले कुलदेवीका रुपमा पुज्ने परम्परा रहेता पनि महादेवी श्री कलङ्कीको कहिंकतै मन्दिर स्थापना गरेको भने देखिन्दैनन् ।


✡  वैदिक श्री कलङ्की देवी र तान्त्रिक श्री कलङ्कीमाई (कल्खु अजिमा) नाम उच्चारणले एउटै देखिए तापनि देवीको साधना गर्ने पद्धति, संस्कार, चलन र मान्यतामा भने  फरकफरक  देवी -

     

 कलङ्की नासिनी महादेवी श्री कलङ्की तथा कलह र कलङ्क नासिनी श्री कलङ्कीमाईको नाम उच्चारण एउटै देखिए तापनि देवीको साधना गर्ने पद्धति, संस्कार, चलन र मान्यतामा भने  फरकफरक  देवी देखिएको छ ।  एउटै शब्दले नाम उच्चारण हुने यी देवीहरुमा पहिलो   वैदिक साधना पद्धति, संस्कारका देवी हुन् भने अर्की तान्त्रिक पद्धति, संस्कारका देवी हुन् ।

     श्री  कलङ्की देवी -  कलङ्कासुर मर्दनी महादेवी रजहाँ , सिंह र बाघ आसन गर्नु हुने। त्रिशूल, चक्र, कमण्डलु लिएकी । मुण्डमाला लगाएकी वैदिक पद्धति, संस्कार, चलन र मान्यताका महाकाली, महासरस्वती अनि महालक्ष्मी कै रुप हुन ।

      श्री कलङ्कीमाई( कल्खु बालकुमारी अजिमा)-  देवी कौमारी भगवान  कुमारको  आत्मशक्ति हो ।  यी देवी मयूर बाहिनी हुन। चतुर्भुज भएकी, प्रत्येक भुजामा परशु,भाला, धनुष र रजत मुद्राकी तान्त्रिक देवी हुन् । यी कौमारी  अष्मातृका मध्यकी तथा तान्त्रिक साधना पद्धतिका नवदुर्गा मध्यकी एक दुर्गा हुन् ।


✡ फरकफरक साधना पद्धति र मान्यताका यी कलङ्क नासिनि महादेवी श्री कलङ्की र श्री कलङ्कीमाई(कल्खु अजिमा)को नाम उच्चारण शब्द एउटै देखिए जस्तै विशेषता पनि एउटै नै  छ ।


* अन्त्यमा

           राजधानीक‍ो पश्चिम प्रवेशद्वारका रुपमा प्रचार हुँदै गएको यश कलंकी क्षेत्रमा बढ्दै गईरहेको जनसंख्याको चाप र सवारी साधनको चाप तथा सडक पेटीमा अव्यवस्थित रुपमा मौउलाउँदै  गएका फुटपाथ एवं ठेला पसलेहरुलाई समुचित नियन्त्रण गरी यहाँका कलंकीमाई(कल्खु बालकुमारी अजिमा) लाई घेरीरहेका पंकुमारी तथा  र अन्य प्राचीन धार्मिक स्थलहरुको संरक्षण तथा सुव्यवस्थीत क्षेत्रका रुपमा बिकाश गर्ने तर्फ सम्बन्धित सरोकारवाला सबैको ध्यान जानू आवस्यक छ ।

          

    

     .                                ~०~