Sunday, May 28, 2023

गजूर

 गजूर



       नेपालभित्र रहेका अधिकांश मठ मन्दिर, देबगृह, गुम्बा, विहार चैत्यहरुहरुको शिर शोभाय्मान हुने गरी कलश आकारमा चुच्चे धुरी  सुवर्णधातु, पितल, तामा तथा कुनै चैत्यमा बज्रबाट निर्मित सुन्दर संरचना बनाएर राखेको हुन्छन , यसै कलश आकारबो लाम्चो संरचनालाई गजूर भनिन्छ , यो हामी सबैलाई थाहा भएकै कुरा हो । मन्दिर प्यागोडा शैली होस्, गुम्बज शैली वा शिखर शैलिस होस् , हरेक मन्दिरको शिखरमा   र चैतमा शोभयमान हुने गरी गजूर राखेकै हुन्छ । आजभोलितः  पवित्र जलाशय , पोखरी र तिर्थस्थ प्रवेशद्वाहरु समेतमा आकर्षक गजूरहरु राख्ने चलन चल्दै गएका छन् ।

       " गजूर" शब्द नेपाल भाषाको " गजु"बाट आएको हुन सक्ने देखिन्छ । नेपाल भाषाको व्याकरण अनुसार जाति अथवा व्यक्तिवाचक संज्ञाको पछाडि  " जु" भन्ने विशेषण प्रयोग हुँदैनन् । खासगरेर नेपाल भाषामा आदर्नीय, सम्मानित , वन्दनीय व्यक्ती विशेष अथवा जातिय पछाडि मात्र  "जु" प्रत्यय हुन्छ , जस्तै - गुरु  गुरुजु, ब्रम्हु ब्रम्हजु, शाक्य शाक्यजु, जोशी जोशीजु, । साधारणतः सम्मान विषयमा एउटामात्र "जु" प्रयोग। हुन्छ, यसभन्दा अलि बढी नै सम्मान गर्नलायक वा विशेष सम्मान गर्ने राजामहाराजलाई जुजु  भन्ने गरिन्थ्यो । यसरी नेपालभाषाको गजु शब्द खस नेपालीमा गजूर हुन गए हुन सक्ने सम्भावना छ ।

      नेपाल भित्रको कुनै स्थानका रहे भएका  देवालयहरुमा गएर हेर्यौ भने देवालय स्थापना गर्नेको आर्थिक हैसियत अनुसारको स्वर्ण, पित्तल, तामा तथा ढुङ्गा, इँटा वा बज्रको भए पनि गजूर  राखेकै हुन्छ ।  त्यसोतः विविध कारणवश गजूर नभएको  देवालयहरु पनि केहि पक्कै पनि छन् । 

        गजूर नभएका मन्दिरहरुमा - काठकाण्डौको काष्ठमाण्डप संगैको अशोक विनायक जसलाई मरु गणेश नामले जानीन्छ ,।अर्को पाटन चापागाउँको बज्रबाराही मन्दिर हो ।  मरु गणेश र बज्रबाराही मन्दिरमा गजूर नहुनुको छुट्टाछुट्टै आफ्नै जनश्रुति अनुसारको कारण रहेको छ । 

ति कारणहरु मध्यमा

        काठमण्डौको अशोक विणायक अशोक बृक्षको फेदमा विराजमा रहनु हुने गणेश भगवान दिनको तिन पटक  आफु बसेको ठाउँबाट सिधा माथी भएर स्वर्ग जान पर्ने भएको।। गजूर राख्दा गणेशलाई स्वर्गलोकको यात्राको मार्गमा रुकावट हुनै भई यदि कसैले गजूर,राखेमा खस्न भएकाले गजूर नराखिएको भन्ने जनश्रुति रहेको छ । गजूर नभएको मन्दिरको गणेश भएरै  नेवाः भाषामा यस गणेशलाई मरु गणेश भनिएको भन्ने लोकमान्यता रहेको छ । यस अशोक विनायाकलाई मरु गणेश भन्नुमा अर्को पनि एउटा लोकमान्यत रहेको जनश्रुति पनि छ , त्यो के भने -  कुनै समय पाटन गोदावरीका एक परिवार काठमाण्डौको राजप्रसादमा भाई भारदार हुन आएको बेलामा आफ्नो इष्टदेव गणेश भगवान समेत लिएर आएर त्यहाँ अशोक बृक्ष भएको स्थानका प्रतिस्थापन गरेका थिए । केहि समय पछि ति व्यक्ति पुनः भक्तपुर राजप्रसादमा भाई भारदार भए गएको अवस्थामा आफ्नो इष्टदेव गणेश भगवान समेतलाई लगेर भक्तपुरको भोलाछें स्थित पापननीमा स्थापना गरेको कारण काठमाण्डौको त्यो स्थानमा गणेश नभएकाले नेवाः भाषा अनुसार  गणेद्यः मरु भनेको हो । पछि गरए मरु गणेश हुन गएको जसको अर्थ गणेश छैन भन्ने हो । उता भक्तपुर पापनी भोलाछेंको गणेशलाई काठमाण्डौमा घर भएको गणेश भनेर नेवाः भाषामा याँय् छें दुम्ह गणेद्यः भन्दा भन्दै पछि गएर याँछें गणेश।हुन गएको भन्ने लोक मान्यता रहेको छ ।

      त्यस्तै श्रीनिवास मल्ल राजाले स्थापना गरीएको मान्यता रहेको पाटन चापागाउँ वादेशमा रहेको बज्रवारहाीको मन्दिरमा गजूर राख्न  मन्दिर परिसर क्षेत्रमा रहेका नौदिपहरुमा लासजलिरहेको समयमा मात्र गजूर राख्न बज्रवारही आदेश भएको तर आज सम्म ति सबै दिपहरुमा एकै समयमा  लास जलेको छैन । ति सबै दिपहरुमा एकै समय जलेको हुनु पर्ने भन्ने जनश्रुति छ। 

        किवदन्ती अनुसार बज्रबाराही भएको ठाउँमा पहिला आहाल(राँगा भैसी दुबेर बस्ने दलदले) थियो । एक दिन एउटा राँगो अकस्मात आएर आहालमा बस्यो । त्यही राँगोले देवीको रूप लिए पछि आहाल पुरेर मन्दिर बनाइयो । मन्दिर बनाउँदा-बनाउँदै बिहान भएर भाले बासेपछी गजुर हाल्न नभ्याइको भन्ने कथन रहेको छ । पछि गजूर राख्न खोज्दा विघ्नहरु हुनथाले  । मरेका मान्छे जालउन मन्दिर वरपर नौवटा चिता छन् । यी चिता एक आपसमा अंकमाल गरेर बसेको भन्ने गीत समेत रहेको छ भन्ने कथन रहेको  सो मन्दिका पूजारीलाई एक दिन सपनामा श्रीमाई बज्रबाराहीले गजुर राख्ने दिन बुलुगाउँका मानिस मरी मन्दिर अगाडिको चितामा जलाउन ल्याएको खण्डमा मात्र गजुर राख्नु । अन्यथा बलजबरजस्ती कसैले राखेमा त्यस व्यक्तिको मृत्यु हुने भनी खबरदारी समेत गरीईको भन्ने किंवदन्ती समेत रहेको पाइन्छन् । यसरी मरु गणेश र पाटनको बज्रवाराही मन्दिरमा परम्परागत रुपमै गजूर नहुनु छुट्टाछुट्टै कारण तथा छुट्टै विषय हो ।

       तन्त्र प्रधान नेपाल देशको सांस्कृतिक परम्परा।अनुसार मठ मन्दिरमा गजूर स्थापना गर्ने  एउटा छुट्टै विधि विधान रहेको र  यस विधिलाई " सुवर्णकलश ध्वजारोहण विधि"  भनीएको , यो विधि लेखिएको प्राचीन पाण्डुलिपि नेपाल- राष्ट्रिय अभिलेखालयमा रहेको  भन्ने कुरा छ । सुवर्णकलश ध्वजारोहण विधि विधान अन्तर्गत स्थापना गरीएका  विविध आकार प्रकारका यहाँका मठ मन्दिर, चैत्यमा रहेका गजूरको आ आफ्नै विशेषता र रहस्यले भरीएको छ । यसमा नेपालको धर्म संस्कृति अनुरुप यहाँ जुन किसिमको  देवताका तन्त्रसाधन गर्ने परिपाटी छ त्यही अनुरुप नै हाम्रा पूर्वज गुरुवाचार्यहरुले यस गजूरको आकार प्रकारमन व्यञ्जन अभिब्यक्त गरीराखेको देखिन्छ । कलश अष्ट मंगल युक्त भएक‍ा हुन्छ। सबै भन्दा माथि नारिकेल (नरिवल) पनि हुने गर्दछ, यस्लाई चुडामणी पनि कसैले भन्दछन। चुडा को अर्थ शिखा, आङ्गस, वा तुप्पी भन्ने हुन्छ। शिखा झै सबै भन्दा माथि रहने मणी स्वरूप नरिवल भनेकोले पनि चुडामणी भनिएको हुनु पर्छ।

         अष्ट मंगल युक्त गजुरहरुमा पनि विभिन्न विभिन्न आकार प्रकारका  गजूर राखेको हामी देख्न सक्छौ । विभिन्न  आकार प्रकार गजूरहरु मध्य एक विस्व सम्पदा सूचिमा परेको सुप्रसिद्ध पाटनको २१ गजूरु भएको कृष्ण मन्दिर हो । यो मन्दिरमा १०८ वटा खम्माहरु प्रयोग गरेर बनाएको छ । साधरण गजुरहरुमा पनि कुनै मन्दिरमा चार कुनामा ससना र विचमा लामो गजूरु राखेको देखिन्छ ।  तलेजु भवाननीको मूचोकको मन्दिरमा लहरै पाँच वटा गजूर राखेको दिन्छ । जिशाल नगरको मनमानेश्वरी भवानीको मन्दिरमा लहरै तिन वटा गजूर देख्न सकिन्छ  । हनुमानढोकाकोमा रहेको मोहनकाली( दक्षिणकाली) संगैको पञ्चमुखी हनुमानको मन्दिरमा भने एक फरक किसिमको गजूर रहेको देख्नन सकिन्छ  । प्यागोडा शैलीको मन्दिरको शिखरमा एउटा सानो मन्दिर बनाएर त्यसमाथी  मात्र गजूर राखेको   देख्न सकिन्छ  । काठमाण्डौ घण्टा घर, भिमसेन थापाले बनाएको धरहरा  र ०७२ को महाभकम्प पछि भग्नाअवशेषका रुपमा रहेको ठुटो अवेशष धरहरालाई अवशेषकै रुपमा यथावट राखी धरहराको पुनर्निर्माणका नामाका बनाएको झिल्के टावरमा पनि  हामी गजूर देख्न सक्छौ  । 

        मन्दिर शोभाको प्रमुख अङ्ग तथा लक्षणगुणले भरिपूर्ण रहने जुन मन्दिर निर्माणकार्य समाप्त भए पछि मात्र  सुवर्णकलश ध्वजावरोहणको तन्त्र विधि पूरागरी निर्माण सम्मपन्न मन्दिरमा गजूर राख्ने परम्परा रहेको छ।  मन्दिर निर्माण अन्त्यमा मात्र  राखिने  भएत   पनि यो सर्वोपरिस्थामा  सुप्रतिस्थित हुन पाउनु नै गजूरको आफ्नो विशेषता  अनि सौभाग्यता हो । सायद त्यसैले होलान् अरुले गरेको राम्रो काममा पछि आएर जस लिन खोज्नेलाई नेवाः उखानमा छुं याय् म्वा गःजु तवलका भन्ने गरेको ।  गजू छये जश काये । ज्या क्वचाइथें च्वंका ल्हाः तये  भन्ने गरेको हुनु पर्छ ।


~ लेखन सहयोग स्रोत सामाग्री - हेमाराज शाक्यको नेपाल संस्कृतिया मूलुखा  समेत ।

No comments:

Post a Comment