Tuesday, August 8, 2023

तान्त्रिक शक्ति उपासनामा बली अपरिहार्य

. तान्त्रिक शक्ति उपासनामा बली अपरिहार्य

     पृष्ठभूमिमा 
      काठमाण्डौ उपत्यका भित्रका सप्तमती नदीहरु वरपर रहेका नेपालमण्डलका नेवाःहरु नै यहाँका मूलवासी हुन् । नेवाःको आदिमस्थल भनेकै यहाँको बागमती, विष्णुमती, इक्षुमतीः, रुद्रमती, मणिमती, हनुमती, र प्रभामती लगायत सप्तमती नदीहरुको वरपरका प्राचीन बस्तीहरु हुन् । नेवाः शब्दले कुनै नश्ल विशेषलाई नजनाई भाषिक–सांस्कृतिक समुदायलाई जनाउँछ । नेवाः भनेको नेपाःमी ह‍ो । नेपालमण्डका मूल वासी नै नेपाःमी हो । पछि गएर नेपाःमीलाई नेवाः भन्न थालेको । नेपालको इतिहास खोतल्दै जाने हो भने काठमाडौं उपत्यकाको पानीले निकास पाएपछि बनेको बस्न योग्य भूमिसँगै नेवाःहरूको बसोवास उपत्यकामा रहँदै आएको पाइन्छ । त्यसैले पनि नेवाःलाई एउटा जातिय समुदाय मात्र भन्न गलत हो । नेवाः भित्र बाहुन, क्षेत्री, तामाङ्, मुसलमान लगायत विभिन्न जातजाति उपजाति रहेको छ ।                
 तान्त्रिक शक्ति उपासनामा नेवाः अग्रपंक्तिमा                
     नेवाः शब्दले कुनै नश्ल विशेषलाई नजनाई भाषिक–सांस्कृतिक जनाउने नेवाःहरुको धर्म नै नेवाः धर्म हो । नितिगत संस्कारिक विधि व्यबहार र लोकहितका लागि परम्परागत रुपमा नेवा:हरुले अङ्गाली आएको बिधिकर्मको धर्म नै नेवाः धर्म हो । नेवाः धर्मभित्र अधिकांश शैवतन्त्र र बज्रयानतन्त्रका अनुयायी छन् । केहि वैष्णवी धर्मका अनुयायी पनि छन् । शैवतन्त्रका शक्ति पूजक तथा साधकहरुको धर्म शैव नेवाः धर्म र बज्रयानतन्त्रका शक्ति पूजक तथा साधकहरुको धर्म बौद्ध नेवाः धर्म एवं वैय्णवी धर्मलाई वैष्णव नेवाः धर्म भन्दा फरक नपर्ला । किनभने शैव धर्म, वैष्णव धर्म र बौद्ध धर्म मात्र भन्दा नेपाल उपत्यका बाहिर एवं नेपाल बाहिरका अन्य शैव , वैष्णव र बौद्ध धर्म संगको पूजापद्धति, साधनापद्धति, संस्कार, संस्कृत र विधिव्यवहार संग यहाँको शैव, वैष्णव र बौद्ध धर्मको पद्धतिमा कुनै पनि मेल खान्दैनन् । उपत्यका भित्र तथा नेपाल बाहिरका शैवधर्म, वैष्णव धर्म र बौद्ध धर्मको मूलधार एउटै भएता पनि पूजापद्धति, साधनापद्धति, संस्कार, संस्कृति एवं विधि व्यवहार आ-आफ्नै मौलिकता र पहिचान छ । नेवाः धर्म संस्कृति किरात धर्म संस्कृतिको अवशेष काठकाण्डौ उपत्यका भित्रका शैव नेवाः, वैष्णवी नेवाः र बौद्ध नेवाः धर्मको पद्धति संग उपत्यका भन्दा बाहिरका शैव र बौद्ध धर्म समुदायको पद्धति संग मेल नखानुमा मूलतः नेवाः धर्म संस्कृति किराती कालको किरात धर्म र संस्कृतिको अवशेष भएका कारण हुन सक्छन्( हुनतः किराँतहरुको उपस्थिति वेदको रचना हुनुभन्दा पहिले देखिन नै नेपालमा भएको धर्म बिहिन मानियता पनि किराँतहरु बौद्ध धर्मबाट प्रबर्जित थिए भन्ने मान्यता रहेको पनि पाइन्छ) । किनकि नेवाः धर्म संस्कृतिका अध्ययता बलदेव जुजुको भनाई अनुसार - काठमाडौं उपत्यकाका नेवाः समाजमा किरात इतिहाससँग सम्बन्धित किंवदन्ती र संस्कृति उत्तिकै जीवित भेटिन्छन् । किंवदन्तीअनुसार, नेपाल (काठमाडौं) खाल्डो जङ्गलको अवस्थामा हुँदा किराती सिकारीहरू प्रवेश गरे । तिनैमध्येका ‘यलम्बर’ ले वंघः टोलमा राजघर (दरबार) बनाएर बसे र ठूलो पुरुषार्थ देखाए । त्यही भएकाले वंघः टोलको आजुद्यःलाई यलम्बरको प्रतीक मानिन्छ । प्राचीनकालमै वंघः टोलको चोकपट्टि आजुद्यःको अगाडि) द्यःघर बनाएर पछाडिपट्टि घर बनाई बसेका ज्यापूहरू यलम्बर वंशका हुन् (बलदेव जुजु, वंघत्वाया आजुद्यः व येँदेय्, २०६७) । टेकुस्थित पचली( पचली आजु) भैरवसम्बन्धी किंवदन्तीले पनि नेवाः धर्म संस्कृति किरात धर्म संस्कृतिको अवशेष हुन सक्ने देखाएको छ । पचली भैरबको किंवदन्ती अनुसार फर्पिङका किराती राजा पचली भैरव भेष बदलेर हरेक दिन सानेपास्थित राजतीर्थमा पूजा गर्न आउँदा ‘नै’ नामकी अजिमाको सौन्दर्यबाट विमुग्ध भए । अजिमालाई हेर्न उनी हरेक दिन टेकु दोभानमा घुम्न थाले । उनीहरूबीच देखादेख भयो, प्रेममा पनि परे र वाग्मती नदीको किनारैकिनार डुलिहिँड्न थाले । एक दिन स्थानीयहरूले थाहा पाएपछि ‘फर्पिङको राजा भएको भेद खुले बेइज्जत होला’ भन्ने डरले पचली भैरवले अजिमालाई छाडेर गोप्य स्थानमा लुके । त्यही ठाउँमा अहिले पचली भैरव मन्दिर बनाइएको तथा जुन ठाउँमा ‘नै’ अडिएकी थिइन्, त्यही ठाउँमा अजिमा मन्दिर बनाइएको जनविश्वास छ । र, फर्पिङमा पुरानो दरबारको अवशेष छ, जसलाई स्थानीयहरू पचली भैरव राजाको निवास मान्छन् (सुदीप श्रेष्ठ, ‘प्रेमिका भेट्न लुकीछिपी काठमाडौं आउने फर्पिङका किराती राजा हुन् पचली भैरव’, सेतोपाटी डट कम, २०७८ कात्तिक ७) । इतिहासकार शान्ति सुरभले नेपाली त्रैमासिक, २०३४) मा प्रकाशित किरातकालीन सांस्कृतिक अवशेष : एक चिन्तन’ लेखमा लेखेका छन् - किरातराजा ह्तिले बालबालिकाको संरक्षिकाका रूपमा अजिमाको मन्दिर स्थापना गरेका कारण हारती अजिमा भनिएको हुन सक्ने सम्भावना औंल्याएका छन् । उनले काठमाडौं उपत्यकामा प्रचलित आजु–अजिमा पूजालाई किरात संस्कृतिको अवशेष मानेका छन् । उनको नजरमा पचली भैरवको खड्ग साट्ने संस्कृति र प्रत्येक १२ वर्षमा प्रदर्शन गरिने भैरव नाट्य पनि किरातकालीन संस्कृतिकै अवशेष हुन् । अनि, गथु–प्वाखं/प्याखं पनि भनेर चिनिने पचली भैरव नृत्य अझैसम्म जोगाइरहेका गथुहरू अन्तिम किरात राजा गस्ती/गस्थीका सन्तान हुन्, जसलाई जयस्थिति मल्लले मालाकार बनाए । यदि शान्ति सुरभको विश्लेषण सही हो भने खड्ग साट्ने संस्कृति किरात र लिच्छवि वंशबीचको शक्तिसंघर्ष र शान्ति सम्झौताको सांस्कृतिक अवशेष हुनुपर्छ । (किरातकाल, जो थियो माघ ८, २०७८भोगीराज चाम्लिङ- कोसेली, कान्तिपुर । यहाँका अन्य मूलवासीहरुको धर्ममा नेवाः मुस्लिम र केही नगन्यरुपमा नेवाः इसाई रहेका छन् । उपत्यकाका शैव नेवाःहरुले आजभोलि आफनो परम्परागत सनाती शैव तथा वैष्णव धर्मलाई शैव र वैष्णव नभनिकन हिन्दु भन्न थालेका छन् । हुनतः ॐकार परिवार भित्रका सबै धर्म सम्प्रदायलाई साझा रुपमा हिन्दु धर्म भन्न थालेका छन् । ॐकार भित्रका धर्म भन्नाले शैव, किराती, वैष्णवी, ब्रम्हकुमारी, कृष्णप्रणामी, ॐशान्ति ईत्यादी तथा बुद्ध धर्म समेत पर्छ । नधातिकन साँचै भन्ने हो भने सैव धर्म, किराँती धर्म र बज्रयानी बौध्द धर्म बाहेक अन्य ब्रम्हकुमारी( ॐ शान्ती) र कृष्ण्प्रणामि सबै आयातित धर्म हो भन्दा फरक नपर्ला । किनभने। यीनीहरु नेापलको सनातनी धर्म नै हैनन् । यीनीहरुतः सन १०५० तिर हिन्दुस्तानमा मुलमानहरुको आक्रमणबाट डराएर नेपालमा भागेर आएका केही नयाँ धर्म सम्प्रदायमा विकशित भएका हुन् । नेवा: भित्रका शैव धर्मालम्बि, वैष्णवी धर्मालम्बीहरु र बुध्दिस्तहरु आजभोलि विस्तारिं नेवा: धर्म छाडेर अन्य धर्ममा प्रवेश गर्ने गरेको देखिन्छ । अर्को धर्म भन्नाले ओमकार भित्रकै विभिन्न धर्म र ओमकार बाहिर परेका आयातित कृश्चियन(इसाई) कुनै कुनै इस्लाम धर्ममा पनि धर्मात्नर भएर जानेहरुको संख्या वृद्धि हुँदै गएको देखिन्छ । यहाँका शैव नेवाः र बज्रयान नेवाः तन्त्र पुजक हुन् नेपालमण्डलमा पौराणिक देवदेवता भन्दा तान्त्रिक देवदेवताको अति महत्व रही आएको छ । पौराणिक देवताहरुमा महादेव र नारायण लागायतलाई तिथि पर्वमा मनसुवा रुपमामात्र पूजा गर्ने गर्छन , अनिवार्य भने छैनन् तर यहाँका तान्त्रिक देवीदेताहरुको पूजाआजा यहाको सामाजिक र संस्कार र चाडपर्वहरुमा अनिवार्य छ । तन्त्रप्रधान नेपालमण्डलको राज्यसत्ता तान्त्रिक देवीदेवताको निकटता यहाँको राज्यसत्ता र यहाँका तान्त्रिक देवीदेवताको परापूर्वकाल देखिनै राजनैतिक र सांस्कृतिक सम्बन्ध नजिक रहि आएको छ । त्यसैले पनि राजनैतिक दृष्टिकोणले नेपाललाई तान्त्रिक देवी श्री कुमारी माजुको देश पनि भन्ने गरिन्छ । यस्तो दृष्टिकोण हुनुमा हरेक वर्षको आश्विन कृष्ण चतर्थी(ञँलागा चौथी) दिन राष्टप्रमुखले बशन्तपुरको कुमारी घरमा विराजमान रहेकी जिवित देवी श्री कुमारी माजुको हातबाट तिका थाप्ने पर्ने परम्परा हो। यहाँ महालेखापरीक्षण कार्यालय स्थापना हुनु भन्दा अघि सम्म पनि नेपाल सरकारको सबै कार्यलयहरुको लेखा हेर्ने कार्यालयको नाम नै " कुमारी चोक " थियो । यसबाट पनि प्रष्ट देखिन्छ यहाँ तान्त्रिक देवी श्री कुमारीको नामबाट शासन हुन्थ्यो । यहाको राज्यसत्ता संग नजिक सम्बन्ध रहेको एउटा अर्को सांस्कृति परम्परा हो , श्री पचली भैरब र श्री भद्रकालीको खड्ग सिद्धि जात्रा । प्रत्येक वाह्र वर्षको एक पटक तान्त्रिक देवी श्री भद्रकाली( लूमरी अजिमा) को मुकुट लगाएर देवी बनिरहेका मानिसको हातबाट मखनको सिंह दुवातमा बसेर, त्यस्तै नै वार वर्षको एक पटक श्री पचली भैरब( पचली आजु) को मुकुट लगाएर भैरब बनेका मानिसको हाटबाट काष्टमण्डप अगाडिको भुतिसतमा बसेर राजाले खड्ग साटासाट गरेर खड्ग सिद्धि गर्नु पर्छ । यो सांस्कृति परम्परा शाहबंशीय राजतन्त्र अन्त्य भई संघिय गणतन्त्र उदय भएपछि राज्यसत्ता संगको राजनितीक नजिकता सम्बन्धको यो सांस्कृतिक परम्पराको अन्त्य भएको छ । नेपालको प्राचीन इतिहास बंशाबलीमा लेखिए अनुसार लिच्छवि राजा गुणकामदेवले आफुलाई सपनामा महालक्ष्मीले दिनुभज्ञको आज्ञालाई शिरोपरी गर्दै कलिगत सम्वत ३८२७ ने.सं. मा यहाँको बिष्णुमती, बागमती, इक्षुमती( तुकुचा), रुद्रमती(हिज्याःखुसी- धोविखोला)को किनारामा दक्षिण मञ्जुपतन यंगाल कोलिग्राम र उत्तरको यम्बु कोलिग्रामका दुई कोलिग्रामनामका प्राचीन बस्तीलाई एकै ठाउँमा समायोजन गरि। एकातर्फ स्वयम्भू र अर्कोतर्फ भिरालो भूमि पर्ने गरि महामञ्जुश्री तथा शक्तिका प्रतीक रहेको खड्ग आकार भूमिको कान्तिपुर शहर निर्माण गरेको भन्ने बंशाबली इतिहासमा रहेको भन्ने छ । बंशाबली इतिहासमा लेखिए अनुसार राजा गुणकामदेवले खड्ग आकार कान्तिपुर नगर भूमिलाई तन्त्र साधना विधिबाट नगरका विभिन्न आठ कुनामा आठ अजिमायुक्त शक्ति पिठ(पिगंः) र भैरब शक्तिका तान्त्रिक सुरक्षा घेराका रुपमा अजिमायुक्त शक्ति पिठ(पिगंः)ले घेरिएर राखेको छ । गुणकामदेवले खड्गाकार भित्रका अष्टमातृका अजिमाहरु १. लुमधी अजिमा(भद्रकाली)-टुंडिखेल २. कंग अजिमा ( चामुण्डा) - कंकेश्वरी,३. म्हयपी अजिमा ( ज्ञानेश्वरी -योगाम्बर)- म्हयपी,४. मैती अजिमा( पञ्चकुमारी- मैती,५. ङ्यतमरु (ङ्यतभुलु र)अजिमा (स्वयतकाली)- नरदेवी,६. वत्सला अजिमा ( वत्सलेश्वरी)- पशुपती, ७. लुतिमरु अजिमा (इन्द्रायणी) - ढल्को र८. टकटी अजिमा ( निलवाराही) - टंकेश्वर समेत हुन् । कान्तिपुर नगरभित्र खड्गकारमा भने तापनि यी अजिमाहरु मध्य मैती अजिमा र वत्सला अजिमाका पिठ र देवगृह समेत कान्तिपुर नगरभित्र एवं खड्गाकार भित्र परेको अहिलेको अवस्थमा नदेखिए तापनि अष्टमातृका गणका बंशजका रुपमा मान्यता पाएका आठै अजिमाहरुको द्यःपाला द्यःला (पुजारी)हरुको परम्परागत वस्ती खड्गार भित्रको ढल्कोमा रहेको छ । गुणकामदेवले स्थापना गरीएका भनिए उक्त आठ अष्टमातृका अजिमा पिठहरु बाहेक पनि यहाँ अन्य अष्टमातृका पिगं( पिठ) अजिमा ३१ छन् भने पिगं(पिठ) मा नपरेका २१ अजिमाहरु रहेको देखिएको छ । प्राचीन नेपालमण्डलको कान्तिपुरमा अहिले सम्म देखिन आएका पिगंमा परेका र पिगंमा नपरेका गरि जम्मा ६० तान्त्रिक देवीहरुलाई अजिमा भनी सम्बोधन गरि मानी आएको देखिएको छ । अलिबलि पूजा ग्रहण गर्ने विशेष तान्त्रिक अजिमा प्रधान देवीहरु मध्य पिगं( पिठ) अजिमा ३९ छन् भन पिगं(पिठ) मा नपरेका २१ अजिमाहरु रहेको देखिएको छ । पिगं(पिठ)मा परेका ३९ अजिमाहरु निम्न अनुसार रहेका छन् - १. लुमधी अजिमा(भद्रकाली)-टुंडिखेल २. कंग अजिमा( चामुण्डा) - कंकेश्वरी ३. म्हयपी अजिमा( ज्ञानेश्वरी-योगाम्बर)- म्हयपी ४. मैती अजिमा( पञ्चकुमारी- मैती ५. ङ्यतमरु(ङ्यतभुलु )अजिमा (स्वयतकाली)- नरदेवी ६. वत्सला अजिमा ( वत्सलेश्वरी)- पशुपती ७. लुतिमरु अजिमा( इन्द्रायणी)- ढल्को ८. टकटी अजिमा( निलवाराही) - टंकेश्वर { उपरोक्त अष्मातृकाहरु कलिगत सम्वत ३८२७ मा राजा जुणकामदेवले कान्तिपुर नगरलाई खड्गाकार अष्टकातृकाको घेराले सुरक्षा गर्न स्थापना गराएको भन्ने वंशावलीमा लेखिएको छ} ९. कुलांभुलु( कुलांमरु) अजिमा( रक्तकाली) - कुलांमरु त्यङ्घः १०. भमूलु अजिमा - कुनांटोल कमलाक्षी् १३. हाकु अजिमा( कुमारी) - यटखा चोखाछें गल्ली, पूर्व मन्त्री भूवनमानको घर कम्पाउण्डमा १४. साम्हा अजिमा( चुलिं अजिमा) ( पासान चामुण्डा - ठमेल समसारा बुटिक कम्पाउण्ड भित्र १५. फुसिंख्य अजिमा/मनमैजु अजिमा( इन्द्रायणी मनमैजु तारकेश्वरनपा १६. फुसिंख्य अजिमा( इन्द्रायणी)- ठमेला भगवान बहालको उत्तर पूर्व सडकको अलि भित्र १७. पोर्पा अजिमा(चामुण्डा)- पोर्पाजङ्गल, सामले, रानीवारी १८. नकिं अजिमा( नै अजिमा- पचली अजिमा)- पचली भैरब पिठमै १९. ख्वना अजिमा( सिद्धिकाली) - पचलीबाट राजतिर्थ सानेपा जाने।बाटो छेउ २०.कुलः अजिमा(कुलेश्वर अजिमा)- कुलेश्वर महादेव रहेको स्थान २१. कल्खु अजिमा( बालकुमारी- कलंकी माई) न्हेपंखा( कलंकी).( काठमाण्डौ उपत्यकाको पिगं( शक्ति ) पिठहरु मध्यमा बढी देविदेवता रहेको देखिएको पिठ । यस पिठको मन्दिरभित्र मात्रै पनि ६० वटा अमूर्त प्राचीन मूर्तिहर रहेका छन । २२. चन्द्रलखु अजिमा - हिटिपुखु नक्साल क्षेत्रको चल्खु भन्ने ठाउँ जहाँ पछि कीर्तिमन्दिर’ नामक भव्य अनि सुन्दर दरबार भत्काएर नायणहटी राजदरबार निर्माण भए पछि राजदरबार क्षेत्रभित्र पर्न गयो । यो म अजिमा मन्दिर स्वरपमा विराजमान भएको नभई पोखरीको पानी भित्र वास्तविक मूर्त या अमूर्तमूर्त रहेको छ भन्ने भनाई रहेको छ , पोखरी अगाडिको दिलमा दुईतन ढुङ्गाहरु अस्तिरर अवस्थामा रहेको देखिन्छ , त्यसै ढुङ्गालाई नै पूजा तथा दर्शनढोग गर्ने गरी आएको छ । यस अजिमा पिठमा नियमित नियम पूजा सम्मको कुनै व्यवस्था छैन २३. चन्द्रलखु अजिमा ? - हिटीपुखुको( नारायणहिटी पोखरीको) उत्तर तर्फरहेको नाराण मन्दिर प्राङ्गणमा रहेको कौमारी केहि समुलायको कुलदेवत भनेको एक दुईजनाले यो पनि चन्द्रलखु अजिमा हो भन्ने गर तर यसको पुस्ति भने भएको छैन ( हाल सम्म यो कुमारीलाई पनि चन्द्रलखु अजिमानै भन्छ भन्ने पुस्ति भएको छैन) २४. तुसिमरु अजिमा ( स्वयटकाली) - बालुवाटार २५. त्वरद्यः अजिमा( तुदाल देवी)- बालुवाटार २६. जमः अजिमा( भद्रकाली) - जमल, राष्ट्रिय णनाचघरको ढोका संगै २७. पासिक्व अजिमा - तिनधारा पाठशाला बाट कमलपोखरी जाने।बाटोमा २८. कमलादी अजिमा(कमारी)- कमलादी गणेश मन्दिर भित्र २९. फिब्व अजिमा( कुमारी) - सैनिक मुख्यालयबाट माईतिघर मण्डला फिब्वख्यः जाने पुरानो बाटोमा ३०. द्वला अजिमा(कुमारी) - राष्ट्र बैंकको ढोकाको बायाँ तर्फ माथि उचाईमा ३१. छक्कु बक्कु अजिमा( छक्कु बक्कु भगवती) - नयाँबानेश्वर अन्तर्राष्ट्रिय भवनको बायाँ सडक भित्र ३२. घन्यवन्तरीअजिमा( धनन्तरी वाराही) - हाडीगाउँ ३३. द्वय अजिमा( दुई अजिमा) - खुल्लामञ्चको ढोकाको दायाँ रत्नपार्क ३४. पिङ्गला अजिमा ? ( बज्रेश्वरी)- तिलगङ्गा पशुपति ३५. पिगं अजिमा - इनबहाल ३६. पिगं अजिमा - ( इन्द्रायणी) - किलाघः रहेकोस्थान किलाघः ३७. पिगं अजिमा (नवदुर्गा) - गंगाहिटी चाबहिल ३८. पिगं अजिमा - मागः( मालीगाउँ) र ३९. पिगं अजिमा - सुन्धारा पिगं(पिठ)मा नपरेका २० अजिमाहरु निम्न अनुसार रहेका छन् - १. असंभुलु अजिमा( अन्नपूर्ण) - असन २. ज्वाला अजिमा( ज्वाला माई) - त्यर ३. न्हेकंतल्ला अजिमा(उग्रतारा) - न्हेकंतल्ला ४. अरिंचा अजिमा - चिकंमूगल दबुकोपश्चिम कुनामा जहाँ अहिले टेलिफोनको बक्स रहेको।छ ५. बाबरी अजिमा( खुसिं अजिमा) - वण्डे ६. हारती अजिमा - स्वयम्भू ७. जातीका अजिमा - ठमेल भगवान बहालको उत्तपूर्व सडक भन्दा पश्चिम भित्र ८. हारती अजिमा - श्रीघः ९. बिज्यासः अजिमा( बिजेश्वरी) १०. - चुलीं अजिमा( चुनी अजिमा) चुनदेवी - बिजेश्वरी मन्दिर पछाडि उत्तर तर्फ अलित तल ११. श्री महामाया अजिमा - कर्णदिप स्वभाभगवती १२. चुलीं माजु अजिमा - ताहाचल क्पाम्पस संगै छाउनी जानेबाटोमा १३. आजुअजिमा ( गन्धुरीदेवी) - खुसीबही ताहाचल टंकेश्वरी १४. स्वकिं अजिमा - टकटी अजिमा पिठ संगै टंकेश्वर १५. प्याथ्व अजिमा( सितलामाई) - बाईसधारा उद्यान बालाजु १६. प्राचीन अजिमा (छसकामुनी- हारती माता) बौद्धस्तुप संगै उत्तर तर्फ १७. म्वम्वता अजिमा( ममता अजिमा) भाटभटेनी ,हाडीगाउँ १८. योगाम्बर अजिमा( म्हयपि अजिमा) -कुटुबहाः पिङ्गलाबिहार चाबहिल १९. माछिन्द्र अजिमा ताहाचल ? तथा २०. स्वा अजिमा( स्वाहा / स्वभा भगवती) ? २१. छ्वास अजिमा - टोलको आ-आफ्नै इलाका छ्वास अजिमा (सामाजिक संस्कार र व्यक्तिगत घट्नाका लेखाजोखा राख्ने काम छ्वास अजिमा र कलःगाः देवताले स्थानीय अधिकारी गर्छ स्थानीय अधिकारीका,रुपमा काम गर्छन् भन्ने मान्यता छ ) परम्परागत नेवाः बस्तीको हरेक टोटोलमा आ-आफ्नै इलाका थान गणेश, छ्वास अजिमा, कलगाः, क्षेत्रपाल भैरब तथा पिगंरहेको हुन्छ । काठमाण्डौ महा नगर सिमाना भित्रका अजिमा संज्ञामा नपरेका प्रमुख देवीहरु - १. संकटमोचन भगवती थँबही(ठमेलमार्ग), २. पलाँचोक भगवती भौकेब मरुढोका, ३. पलाँचोकभगवती लगन ग्वफल, ४. पलाँचोक भगवती चिकंमू, ५. बज्रयोगिनी चिकंमू, ६. नवदुर्गा मचली मतुली टेकु, ७. दक्षिणकाली त्रिदेवी ठमेल, ८. कामारकामक्ष त्रिदेवी ठमेल, ९. ज्वालामाइ त्रिदेवी ठमेल, १०. महालक्ष्मी जनसेवा जुद्धसडक, ११. गुह्येश्वरी जनसेवा जुद्धसडक, १२. पुरानो गुह्येश्वरी फुलवारी गोलढुङ्गा, १३. गुह्येश्वरीश्लेष्मान्तक वनको पाशुपाट क्षेत्र देवपतन पशुपति, १४. साकुना माजु(निलसरस्वती) नक्शाल, १५. नक्शाल भगवती नक्शाल, १६. थँहिटी स्वभा भगवती थँहिटी, १७. कुसां( कुन्साँ) भगवती जैसिदेगल ह्यूमत, १८. स्वभा( स्वाहा)भगवती बिष्णुमती,स्वाहा)भगवती बिष्णुमती, १९. निलबाराही हनुमानढोका, २०. संकटा देवी(स्त्रि पूरुष रुपमा रहने) टेबहाल, २१. जयबागेश्वरी(ग्वल) (-), २२. भुवनेश्वरी देवपत्तन(ग्वल) पशुपति, २३. राजराजेश्वरी भष्मेश्वरीघाट देवपत्तन(ग्वल) पशुपति, २४. मनमानेश्वरी भपानी टङ्गाल हारेगाउँ, २५. सम्रातेश्वरौ भवानौ भष्मेश्वरीघाट देवपतन पशुपति, २६. तारणी भवानी मखन, २७. दिगु तलेजु हनुमानढोका, २८. कँडेलचोक भगवती हनुमानढोका, २९. मसानकाली हनुमानढोका, ३०. तलेजु भवानी हनुमानढोका, ३१. बाघदरवार तलेजु भवानी बाघदरवार ३२. कालीकादेवी कालिकाथान डिल्लीबजार र ३३. त्रिपुरासुन्दरी भष्मेश्वरीघाट देवत्तन(ग्वल) पशुपति ३४. गंगामाता आर्यघाट (ग्वल) देवत्तन पशुपति ३५. देवपत्तन आमलकोट तलेजु(ग्वल) जयबागेश्वरी देवत्तन, ३६. मनकामना देवी शेषमान्तबन गोरक्षपीठ देवत्तन(ग्वल) पशुपति ,३७. सेतोमच्छिन्द्रनाथ(जनबाद्यः)को आमा( माजु सिमा) लगन, ३८. धुम्बाराही ..., ३९. बशुंन्धरामाँ( बसुपु माजु)(बशुंन्धरादेवी) स्वयम्भू, ४०. असंन बालकुमारी असन, ४१. . उग्रचण्डी(तमःद्यः) कैलासचौउर (धोविचौउर) लाजिपम्पाट, नारायणहटी दवार उत्तर ढोका ४२. शिवपार्वती( तारकेश्वर महादेव) मन्दिर भित्ररका नवदुर्गा योगीनीहरु(..१.श्री मंगलादेवी, २. पिंगलादेवी, ३. धान्यादेवी, ४. भ्रामिणी देवी, ५. उल्कादेवी, ६. सिद्धादेवी, ७. संकटादेवी र ९ विकटादेवी समेत नवदुर्गा योगिणीहरु हुन् । तर देगलको मूलदेवता भने तारकेश्वर महादेव हुन् ।),४३ मोहनकाली( दक्षिणकाली) मोहनकाली चोक , हनुमानढोका दवार भित्र, र ४४ त्रिपुरासुन्दरी हनुमानढोका दरवार भित्र ?, ४५. द्वयमाजु हनुमान ढोका दरवार भित्र र ४६. क्वंचा माजु पकनाजल गणेश, ४७. स्वभा भगवती थँहिटी-क्वाबहाः, ठमेलमार्ग र ४८. क्वचा माजु पकनाजल, ४९. जिवित देवी श्री कुमारी माजु कुमारीघर बशन्तपुर आदि प्रमुख देवीहरु समेत रहेका देखिन्छ । यही रहेका अजिमा देउटा र आजु देउटालाई देश रक्षा गराउन तान्त्रिक विधि विधानबाट स्थापना गरी राखेकाले नेपालीहरुले आज सम्म पनि विशेष श्रद्धा भक्तीले पुजा गर्दै आएको छ । नेपालमण्डलमा जति पनि मृत्यु संस्कारको सीगुठी तथा अन्य गुठीहरु छन् त्यसमा पनि हरेक वर्ष वर्षमा आलोपालो गरेर हरेक वर्षमा त्यस्तो तान्त्रिक देवीदेवतालाई तान्त्रोक्त विधबाट बलि पूजा गरी सबै गुठीयार बसेर सामुहिक प्रशाद ग्रहण गरी सीकाःभू गरी गूठी मान्दै आएको छ । पशुपतिमा हरेक महिनाको पुर्णेका दिनमा हुने महास्नाका दिन पशुपति महादेवलाई भुजा पकाएर, सात्विक भोक चढाएर पूजा गर्नुका साथै त्यसै पूजा द्धतिको एक अङ्गको रुपमा रहेको कीर्तिमुख भैरवलाई राङ्गो र बोका बलि पूजा गर्नु पर्छ । पूजाको क्रममा आचाजुले तान्त्रिक विधिअनुसार कीर्तिमुख भैरवको पूजा गरिन्छ। अनि पशुपतिको अघोर रूपलाई महाभोगमा पशुका (धागो) डुबाइन्छ। कीर्तिमुख भैरवलाई राँगो, बोका बलि दिएर पूजा गरिन्छ। यसरी पूजा गरिसकेपछि तान्त्रिक महास्नानको विधि सकाइन्छ। बलि पूजा के हो ? बलि भन्नाले देवीदेवतालाई अर्पण गरीने वा भोग दिने चारपाया र दुईपाया पशुपन्छी हो । हुनतः पूजा र हवनमा देवीदेवतालाई अर्पित गरिने भोग्यवस्तु, नैबेद्य, क्षेत्रपाललाई चढाइने अन्न तथा हामीले भोजन गर्नु भन्दा पहिले देवपितृलाई चढाइने अन्न अौसानी समेतलाई बलि नै भनिन्छ । यहाँ भन्न खोजिएको बलि तान्त्रोक पूजामा देवीदेवता लाई अर्पण गरीने चउपाया राङ्गा, बोका, भेडा, र दुईपाया कुखुरा , हाँस लगायत पन्छी तथा हाँस र कुखुराको फुल (अन्दा) हुन् । बलि परम्पराको सुरुवात कहिले बाट ? सनातनी नेपालिले सनातनको कुन समय देखि बलि परम्पर सुभारम्भ गरे भन्ने एकिन कतै बाट प्रस्त नदेखिए तापनी वास्तवमा बलि परम्परा सुरुवात याने श्री गणेश कहिले र कसरि भय त: भन्ने बारेमा खोतल्दै हेर्ने नै हो भने । महादेवका प्रथम शक्तिदायिनी पत्नी सतिदेवीले आफ्ना पिता दक्षेप्रजापतिको यज्ञमा आत्मादाह गरि प्राण परित्या हुन गई अकल्पिनिय दुर्घटना भएपछी क्रुध हुनुभएका महादेवले बिरभद्र , महाकाली , नन्दिभृन्दी लगायत आफ्ना गणहरुलाई दक्ष र उनको ….यज्ञ धोस्त गर्न आदेश दिए । सो आदेशानुसार बिरभद्र लगायत शिवगणले यज्ञ धोस्त गर्दै दक्षलाई समेत वध गरि उनको सिर यज्ञमा होमि दिए । ततपश्चात दक्षकी पत्नी विरणी र समस्त देवको स्तुति प्राथना बाट शिवजी शान्त हुनुभई युध्दमा मारिएका सवैलाई अमृत वर्षा गराई जिवित गराई दिए । तर दक्षको सिर यज्ञमा होमिसकेका कारण सिरविहिन अवस्थामा दक्ष यता उटा भौतारिएकाले यज्ञमा बलि दिनकालागी राखिएका बोकालाई वध याने बली दिएर त्यो बलिदिएको बोकाको सिर सिरर्बिहिन दक्षको घदमा प्रत्यारोपण गरेर दक्षलाई जीवन दानदिएको भन्ने उल्लेखित छ । त्यसबाट के प्रस्त नै देखिन्छ भने दक्ष प्रजापतिकै समय कालमा नै पशुको बली दिने चलन चलिसकेको देखिन्छन् । महादेव स्वयमले पनि सिरविहिन दक्षको घदमा सिर प्रत्यारोपण गर्न बोका बली दिन लगायको प्रस्त नै देखिन्छन । त्यस्तै वैदिक सनातनी र वैदिक तान्त्रीक नेपालिले धार्मिक कार्यका अग्रज पुजाका अधिकारीका रुपमा लिन्दै पुज्दै आएका गौरी शङ्कर नन्द, गणणायक, बिघ्न हरण कर्ता, रिध्दी सिध्दी पति एवं शिध्दिदायक भगवान श्री गणेशको जन्मका बारेमा पौराणिक कथाहरुमा उल्लेखित आख्यानलाई पनि स्मरण गर्नु उपयुक्त हुन्छ जस्तो मलाई लाग्छ । देवादिदेव महादेब र हिमालय पर्वतका चेलि जगत जननी माता पार्वतिका सुपुत्रमा सनिदेवको कुदृष्टि परेका कारण स्वयम महादेबकै हस्त बाट पुत्रको सिर छेदन गरि वध हुन गएको। सो दुर्घटना पश्यात आफ्ना अर्धाङ्नी गौरीको बिलाप र समूर्ण देव गणकै ईछ्या मुताबिक सिरबिहिन पुत्रलाई सिर प्रत्यारोपन गर्न आफ्ना वाहान नन्दी भृन्दिलाई आषितोष भोलेनाथले विशेष अवस्थामस( उत्तरवतर्फ फर्के रहेको) कुनै पनि पशुलाई वध गरि त्यसको सिर छेदन गरेर ल्याउन आदेश दिए । महादेवको आदेश अनुसार उत्तर तर्फ फर्किएर बसेको सानो सेतो हात्तिको वध गरि त्यसको सिर छेदन गरि ल्याई सिरबिहिन मृतक पुत्र बालकको घदमा सिर प्रत्यारोपण गरि मृत्यु संजिविनी विद्या शक्तिले पुनर्जिवन दिएको आख्यान छ । सो पुराणकथा बाट देवादिदेव महादेवले आफ्ना पुत्र जिवित गर्ने उद्देसले हात्तिको बद गरि बलि दिने कार्य गरेको समेत देखिन्छन् । त्यसपछि देवासुर संग्राममा जगत जननी माता पार्वतीदुर्गा बाट महिसासुरको बद गरेपछी सम्स्त भूमण्डलावासिले खुसियालिमा दुर्गालाई राङ्गा, बोका, पशु बलि दिएर बिजयको हर्षउल्हास मनाएको समेत पुराणहरुमा उल्लेखित देखिन्छन् । धर्म शास्त्रमा अहिंसा परम धर्म भने हिंसालाई पाप भनिए तापनि नेवाः धर्ममा देवीदेवतालाई अर्पण गरीने बलि भोग धर्म नै तान्त्रप्रधान नेपालमण्डलमा शक्ति र सिद्धि प्राप्त गर्न गर्न तन्त्र विधि अनुसार बलि पूजा गर्नै पर्छ । त्यसैले धर्म शास्त्रमा अहिंसा परम धर्म भनेर हिंसालाई पाप भनिए तापनि शैव नेवाः धर्ममा देवीदेवतालाई अर्पण गरीने बलि भोग धर्म नै हो भनेको छ । तन्त्रविधि अनुसार गरीने पूजामा बली अपरिहार्य भएकै कारण यहाँ सनातनी परम्परा देखि बलि परम्परा चलि आएको छ । बलि परम्परका बारेमा संस्कृत अध्ययताहरु भनाई संस्कृति अध्यता जगमान गुरुङ आदिमकालदेखि बलि चढाउने परम्परा रहेको बताउँछन्। ‘पशुलाई मुक्ति मार्गमा जा भनी पशु दीक्षा मन्त्र सुनाएर एकै मारमा छिनाएर बलि दिइने परम्परा आदिमकालदेखि चल्दै आएको हो। यसरी बलि दिनु अघि विधिवत् रूपमा खड्गको पूजा गरिन्छ,’ उनले भने। दसैँको मुख्य दिन नजिकिँदै जाँदा पशु बलिको पक्ष र विपक्षमा बहस गर्ने क्रम वर्षेपिच्छे दोहोरिन्छ। गृहस्थाश्रममा बसेर सुख सुविधा भोग गर्नेले अनिवार्य बलि दिनुपर्ने शास्त्रीय मान्यता रहेको धर्मशास्त्रविद् एवम् नेपाल पञ्चाङ्ग निर्णायक समितिका पूर्व अध्यक्ष प्रा डा रामचन्द्र गौतम बताउँछन्। ‘राज्य सञ्चालनका लागि प्रभुशक्ति, मन्त्रशक्ति र उत्साह शक्तिको आवश्यकता पर्छ, यी शक्ति प्राप्तिका लागि राज्यले दुर्गा यज्ञका बेलामा अनिवार्य बलि दिनुपर्छ। प्रभुशक्ति राज्यको कोष वृद्धिसँग सम्बन्धित छ। राज्यमा राम्रो नीति निर्धारणका लागि मन्त्र शक्तिको आवश्यकता पर्छ। राज्यको रक्षा गर्ने सेना र प्रहरीको उत्साह बढाउन उत्साह शक्ति बढाइनुपर्छ भन्ने शास्त्रीय मान्यता छ,’ उनले भने। दुर्जनको विनाश र सज्जनको रक्षाका लागि राज्यलाई उत्साह शक्तिको आवश्यकता पर्छ। दुर्जनबाट लोक रक्षाका लागि देवीलाई बलियो बनाउनुपर्छ भन्ने शास्त्रीय मान्यताका आधारमा बलि प्रथाको सुरुवात भएको प्रा डा गौतम भनाई रहेको भन्ने विभिन्न पत्र पत्रीका समय समयमा पढ्न पाईन्छ । महाकाली शक्तिकी अधिष्ठात्री देवी भएकाले बलिको आवश्यकता पर्ने शास्त्रीय मान्यता छ। राज्य सञ्चालन गर्ने क्षेत्रीले बलि दिनै पर्ने मान्यता छ। सात्विक, राजस र तामस गरी तीन प्रकारका बलि हुन्छन्। चन्दन, अक्षता, फूल, अर्घ्य, पञ्चामृत र पायसले पूजा गर्ने विधिलाई सात्विक भनिन्छ। पशुपक्षीको रगत, मासु दिएर सन्तुष्ट गराउने विधिलाई राजस भनिन्छ। सात्विक र राजस दुवै विधिसहित रक्सी समेत चढाएर गरिने पूजा विधिलाई तामस भनिन्छ। गुह्येश्वरी मन्दिरमा तामस विधिबाट बलि दिने परम्परा छ। पशुबलि दुर्गापक्षमा देवी स्थापना गरिएको स्थानमा विधिपूर्वक पशुमुक्तिका लागि भनेर सङ्कल्प र प्रार्थना गरी दिइन्छ। शाकाहारीले बलि दिएर सुँघेर छोड्ने परम्परा छ। केही वर्षअघि शाकाहारी अग्निहोत्री तीर्थराज आचार्यले पशुपति मन्दिर परिसरमा सोमयाग यज्ञ गर्दा बोकाको बलि दिई सुँघेर छोडिदिएका घटना अझै चर्चामा छ। अहिले नेपालमा चलेको तन्त्र र वैदिक मिश्रित विधि भएकाले शक्तिपीठमा बलि दिनुपर्छ भन्ने मान्यता प्रबल छ। हाल शाक्त र तान्त्रिक सम्प्रदायमा बलि प्रथा प्रचलनमा छ। दुवै सम्प्रदायमा परम्परागत रूपमा बलि प्रथा थिएन। इच्छा पूर्तिका लागि पछि यो परम्परा सुरू भयो। बलि प्रथा कहिले र कसरी सुरू भयो भन्ने यकिन छैन। पशु अविवेकशील प्राणी हो। उसले मुक्तिको चाहना गरेको हुन्छ। विवेकशील प्राणी मानवले मुक्ति पाउन अनेक तीर्थ, व्रत, दान, धर्म, उपकार जस्ता अनेक साधना गर्न सक्छ। तर, अविवेकशील प्राणीलाई विधिपूर्वक बलि नदिने हो भने कहिल्यै मुक्त हुन नसक्ने धार्मिक विश्वास छ। ‘अविवेकशील प्राणीलाई मुक्ति दिन मठ मन्दिरमा विधिपूर्वक बलि दिनुपर्छ, मुक्त हुन बलि हुन पाउनु पशुको अहोभाग्य हो। अदालतले जस्तोसुकै आदेश गरेपनि यो परम्परा बन्द हुन सक्दैन, शास्त्रीय मान्यता रोक्नुहुँदैन, विकृति रोक्नुपर्छ,’ प्रा गौतमले भनाई रहेको देखिन्छ । कालिका पुराणमा भनिएको छ –यज्ञार्थे बलयः सृष्टाः स्वयमेव स्वयम्भुवा ।अतस्त्वां घातयान्येद्य तस्माद्यज्ञे बधोऽबधः ।। अर्थात् पशुलाई बलि यज्ञका लागि सृष्टिकर्ता ब्रह्माले सृष्टि गरेका हुन्। म तिमी पशुलाई छेदन गर्छु, यो तिमीलाई बध गरेको होइन। बलिअघि शस्त्र अस्त्रको पूजा गरी राम्रोसँग छेदन गर्नुपर्छ भन्ने मान्यता छ। संस्कृतिविद् प्रा डा दीर्घराज घिमिरे मासु खानेले देवतालाई चढाएर खान बलि प्रथाको सुरूआत भएको हो भन्ने भनाई रहेको भन्ने सुन्नका आउछ । ‘खाने कुरा आफूले उपभोग गर्नुअघि देवी देवतालाई चढाएर खानुलाई बलि भनिन्छ। हामी खाना खानुअघि दाल, भात, सब्जी आदि खाद्य सामग्री चढाउँछौँ। यसैले अग्रभागलाई बलि भनिन्छ, मासु खानेले पनि पहिले चढाएर खाने परम्परा बसेको हो,’ उहाँ भनाइ रहेको पाईन्छ । (बलि बारे उपरोक्ति विभिन्न विद्वानशरुको भनाई अनलाई पत्रपत्रिकाबाट लिएको हो) नेवाः समाजमा पशु पन्छिको बली- नेवाः समाज अपवाद बाहेक शाहाकरी हैनन् पूर्ण त मांम्साहारी नै हुन् । यस कुरा नेवाः समुदायका खानाका परिकार हेरिएमा प्रस्त हुन्छन् नै । नेवाः समुदायका परिकारहरुमा चयेपेत्ता घासा र ला व लापी भन्ने सु प्रसिध्द परिकारहरु मध्यमा मासुबाट बन्ने परिकारहरुमा ला व लापी पर्छन् । नेवाः समुदायको कुनै पनि पतम्परागत पर्व र संस्कारहरुमा ख्येँ सगं र सम्हे सम्हे भन्नाले चिउरा, फुलदानी( स्या:बजि),भुतेको सित्रा माछा, पोलेको वा उसिनेर बनाएको छोयला ( छोयलाका लागि राङ्गाको मासु नै अनिवार्य नै हुन्छ), मांसको बारा, भुतेको कालो भतमास, अदुवा र मध्यपान याने जाँर वा रक्सी सहित हुने गर्छन् । सम्हेमा प्रयोग हुने माछा मासु र माछा र राङ्गा वध नगरी पाउने कुरै भएन यसै बाट पनि प्रस्त हुन्छ कि नेवाः समाज शाहाकारी हैनन् माम्साहारी नै हुन् । नेवाः समाज माम्शाहारी नै भएता पनि उनिहरुले मासु खान भने चाड पर्व नै कुर्नु पर्ने परम्परारहेता पनि आजको युगमा त्यो अवस्था रहेन । मासु खान चाड पर्व नै कुर्नु पर्ने परम्परा भएका कारणले नेवाः समाजले आफुले मासु खान स्थानिय शक्ति पिठ वा थान गणेश, भभिमसेनको मन्दिरमा अलिबली पुजा गरि परम्परागत तन्त्रबिधी पूरा गर्दै पशु पन्छिको भोग याने बली दिएर देवीदेवतालाई भाग लगाई आफुले त्यसको प्रशादका रुपमा ग्रहण गर्दै मासु खाने परम्परा रहेको पाईन्छन् । नेवाःहरुले देवी देवतालाई दिईने पशु पन्छिको बली दिने कार्यलाई चलन चल्तिको बोलिचालिको भाषामा ” बांहां स्यायेगु ” भन्दै आएता पनि त्यसको मौलिक्ता भने ” प्वस: ” बिईगु हो । नेवाः समाजको परम्परा र संस्कार अनुसार पशु पन्छी प्वस: दिन प्वस: याने बलि दिईने पशु पन्छीलाई आफुले पालेकै हुनु पर्ने परम्परा रहेको देखिएको छ । त्यसैले पहिला पहिला चाड पर्व आउनु भन्दा महिना दिन अघी नै प्वस: दिन कै लागि भनी पशु पन्छी घरमा ल्याएर हेरविचार गरि पाल्ने गर्दछन् । तर हाल समय परिस्थिले महिना दिन बली दिनका लागि पशु पन्छी पाल्न सक्ने थाउँ अभाव हुँदै कारण एक दुईदिन अगादिमात्र ल्याएर राखिन्छन् । मध्यमांस ग्रहण नगर्ने मन्दिर र चैत्य स्थल क्षेत्रमा रहेका भैरबहरुलाई पनि बलि दिने परम्परा नेपालको आराध्य देवका रुपमा रहेको अनि १२ ज्योतिर्लिंङ्ग मध्य एक केरादनाथ मंदिरको आधी भाग मानिने श्री पशुपतिनाथ मन्दिर परिसर मै रहेको किर्तिमुख भैरबलाई हरेक महिनाको पुर्णेका दिनमा हुने महास्नाका दिन पशुपति महादेवलाई भुजा पकाएर, सात्विक भोक चढाएर पूजा गर्नुका साथै त्यसै पूजा द्धतिको एक अङ्गको रुपमा रहेको कीर्तिमुख भैरवलाई राङ्गो र बोका बलि पूजा गर्नु पर्छ । पूजाको क्रममा आचाजुले तान्त्रिक विधिअनुसार कीर्तिमुख भैरवको पूजा गरिन्छ। अनि पशुपतिको अघोर रूपलाई महाभोगमा पशुका (धागो) डुबाइन्छ। कीर्तिमुख भैरवलाई राँगो, बोका बलि दिएर पूजा गर्ने परम्परा।रहेको छ । श्रीकरुणमय लोकेश्वर( रातोमच्छिन्द्रनाथ)को जात्राको शिलशिलामा हुने लगं छोयेलाभूको दिन रथको चार भैरबस्वरूप रथको पांग्रामा महाबलि (बौ बिइगु पुजा)पुजामा पनि अनिवार्य बलि पूजा गर्नै पर्ने परम्परा रहेको छ । सो महाबलि पूजा नसकुन्जेल सम्म उक्त समयमा बलि पूजामा करुणामयको दृष्टि नपरोस् भनेर लोकेश्वरको अगाडि सेतो कपडाको पर्दा राखेर छोप्नु पर्ने र महाबलि पूजा सम्पन्न नभए सम्म करुणामयको पूजा स्थगित राख्नु पर्ने परम्परा समेत रहेको छ । स्वयम्भूनाथ परिसरमा पाटनको रातो मच्छिन्द्रनाथको सन्दर्भमा लिएर दुईपटक बोकाको बलि चढाएर तान्त्रिक पूजा गर्ने पर्ने परम्परा हेको छ । स्वयम्भूनाथ महाचैत्यको पश्चिम उत्तर तर्फ रहेको ...... लाई एक पटक र त्यसपछि लगनखलमा मच्छिन्द्रनाथको आमा मानिएको माजुसिमाको रथले परिक्रमा पूरा गरिसकेपछि भोली पल्ट बेलुका महासचैत्यको पश्चिम दक्षिण अवस्थित वायुपुर भन्ने गरेको सानु मन्दिर भित्रर रहेको भैरबलाई कालो बोका बलि चढाएर तान्त्रिक पूजा गर्नु पर्न परम्परा रहेको छ ।यस तान्त्रिक पूजालाई फय्कु प्वाः तिईगु भन्ने गरेको पाईन्छ । त्यस बलि पूजाको प्रशाद स्वरुप बलि दिएको बोकाको शिरको अङ्गको पाँचजना बुद्धाचार्यहरुको जेष्ठता क्रम अनुसार क्रमशः थाकुली, निकुलि, स्वकुलि प्यकुली र न्याकुलीलाई सी समेत दिनु पर्ने चलन छ ।बलि दिएको बोकाको मासु प्रशादका रुपमा सबैले सक्काउ नै पर्ने परम्परा समेत रहेछ । नेवाः समाजको बलि दिने विधि आफ्नै तन्त्रविधी नेवाः परम्परा र संस्कार अनुसार देवदेवी समक्ष पशु पन्छिको प्वस: दिन्दा आफ्नै परम्परागत तन्त्रबिधी प्रक्रुया रहेको पाईन्छन् । घर बाट पुजा बाहिर ल्याउन अघि प्वस: दिने पशु पन्छिलाई पुजा गरिन्छ । त्यसपछि घरको मूलढोका अगादिरहेको पिखालखु द्य:(कुमार) पुजा गर्दै सनातन धर्म संस्कारमा अग्रज पुजाका अधिकारिका रुपमा रहेका आ आफ्ना थान ( इलाका) श्री गणेश मन्दिरमा घरको एक महिला पूजा गर्न जान्छ । थान गणेशको पूजा सकाएर महिला घर प्रवेश पश्चात् घरका मूलिले क्वत: याने पुजा थाली र बलेको सुकुन्दा लिएर घर बाट पुजा बाहिर निस्केर मन्दिरमा पूजा गर्न गइनछ । मन्दिमा पुगे पछि पुन: त्यहाँ पिठ वा मन्दिरमा रहेको गणेशलाई पुजा गरि पछि अन्य देवदेवीलाई पुजा गरिन्छ । त्यसपछि मोहनी थाप्न मोहनी माकःचामा तेल र कपास वा काँचो धागोबाट बनाएको बत्ती राखिन्छ, अनि एउटा सलिभित्र तेलले हल्का दलेर सलिको पिठमा सात्तु, अथवा, चिउरीको धुलो, चिउरा अथवा फुलदानी( स्याःबजि)लाई फिजाई मुछेर कलश(गजूर) अथवा चैत्यको आकार बनाइएर राखेको पूजा सामाग्री । हिमालय पर्वतको स्वरुपमा प्रयोग हुने तथा धुप घोचेर राख्न समेत प्रयोगमा ल्याउनफे पूजा सामाग्री । तान्त्रिक पूजापद्धति अनुसार पूजा गर्दा सर्व प्रथम यसै ग्वःजा चढाएर वा राखेर यसमा देवीदेवतालाई आह्वान गरेर पूजा गर्ने गरिन्छ ।) पूजा गरेर मोहनी माकःचामा बत्ती बालेर त्यसामाथी पुजा गरेको सलिले घोप्टो पारे छोपेर राख्छ । त्यसपछि प्वस:(बलि) दिनकालागी तन्त्रशास्त्रमा आजुद्यः/ भैलद्यः याने भैरबका रुपको एक अङ्ग मानिएको खड्ग स्याःचुपी( वध गर्ने चुपी) पुजा गरि प्वस: दिने पशु वा पन्छी जे छ त्यसलाई पुन: पुजा गर्दै मो: हाकेगु ( पर्साउने/ पन्छाउने/ पर्छाउनु / मनाउने) कार्य गरेर प्वस: दिने पशु संग स्विकृतिका लागि याचना गरिन्छन् । देवता सामु आफुलाई प्वस: याने बली दिएमा स्वीकृति छ भन्ने संकेत ती पशुले आफ्नो सिर सहित आङ्ग्लाई एक विषेश प्रकारले कम्पन्नको फन्को मारेर देखाए पछि स्वीकृति दिएको मानी पुजा गरेको खड्गले घाँटी रेतेर प्वस: दिने गरिन्छन् । यदि पुजा कार्यमा कुनै त्रुती वा कमि कम्जोरी हुन गएमा प्वस: दिन ल्याएको पशुले सिर सहित आङ्ग कम्पन्नको फन्को नमारिएने र कम्पन्नको फन्को नमारेसम्म स्वीकृति नदिए सम्म ती पशुलाई प्वस: दिने परम्परा समेत नेवार संस्कारमा छैन् । तर बलि दिन ल्याएको पशुले त्यसरी सिर सहित आङ्ग कम्पन गरि फन्को मारेकोलाई बलि परम्परालाई स्विकार नगर्नेहरुले भने पशुले आफुलाई बलि दिन लागेको देखेर बिरोध गर्दै इन्कार गरेको हो स्वीकृति दिएको हैनन् भन्दै होच्याएर भन्ने गरेको पाईन्छन् । पूजा विधि र पूजा प्रकृयामा कारण बंश कुनै त्रुटि भएमा वा बलि दिने वाहांमा कुनै घाउ चोटको खोट भएमा कुनै हालतमा वाहां नपर्सने मान्यता तान्त्रिक बलि पूजा गर्ने क्रममा चोखीनितिमा कुनै तलमाथि भएमा वा पूजा सामाग्रीमा समावेश गर्नु पर्ने पूजासमान र दक्षिणा भूलबंश छुट्न गएमा अथवा बलि दिने बाहां (पशुपन्छी)को शरिरमा कुनै घाउ चोटको खत भएमा पनि बाहांले स्विकृतिको रुपमा देखाउने आङ्ग्लाई एक विषेश प्रकारले कम्पन्नको फन्को मारेर देखाउने प्रकृया भनौ वा पसर्ने कृया गर्दैन भन्ने यहाँ मान्यता रहेको मात्र हैन त्यस्तो नपर्सेको घट्नाहरु यहाँ धेरै छन् । बलिको बोका नपर्सेका घट्नाहरु - हालै मात्र पाटनको यस वर्षको श्रीकरुणमय लोकेश्वर( रातोमच्छिन्द्रनाथ)को जात्राको लगं छोयेलाभूको दिन रथको चार भैरबस्वरूप रथको पांग्रामा महाबलि (बौ बिइगु पुजा)पुजामा गर्न ल्याएको निख्खर कालो बोका दुई घण्टा सम्म मु महा( नपन्छे पछि) अर्को बोको ल्याउन परेको थियो । महाबलिका लागि ल्यएको बोका नपर्सनुको कारण भने थाहा हुन सकिएन । विषयको फोटो र सानो भिडियो क्लिपहरु सामाजिक सँञ्जालको राजु नापीटले पोष्ट गरेको-बौ बिगु पुजाय भैरब आसांद्या र हाम्रो मठमन्दिरले पोष्टमा करुणामयको रथमा महाबलि पूजा भैरहदा समेत फेशबुक सामाजिक सञ्जालका आएका थिए । मच्छिन्द्रनाथको रथमा बलि लिने र नलिने देवगणहरू पनि विराजमान हुने भएकोले उक्त बलि चार भैरबस्वरूप रथको पांग्रामा भैरबहरुलाई सन्तुष्ट गर्न छाग बलि चढाउने परम्परा अनुसार बलि चढाएर महाबलि पूजा गरेको हो । उक्त समयमा करुणामयको दृष्टि नपरोस् भनेर लोकेश्वरको अगाडि सेतो कपडाको पर्दा राखेर छोपिएको थियो । महाबलि पूजा सम्पन्न नभए सम्म करुणामयको पूजा स्थगित राख्नु पर्ने परम्परा समेत रहेको छ । बलिको बोका नपर्सेको अर्को एक घट्ना- काठमाण्डौ यटखाटोलको नासःद्य भएको मन्दिरको तल हस्तकला सामाग्री बेच्ने पसलेले भने अनुसार यही गएको ........ महिनाका नासःद्यः संगै रहेको कंग अजिमाको देवगुह( द्यःछें)मा सर्वसाधारणले पूजा गर्दै आउने गरेको सधै बन्द रहने ढोकामा एक परिवारे बलि पूजा गर्ने क्रममा चार घण्टा अथक प्रयास गर्दा पनि बोका नपर्सीरहेको अवस्थामा बाटो आउने एक ट्याक्शि चालको दृष्टि बोको शरिर एक भागमा घाउको खत देखेर खुन भएको बोका पनि कहिले पर्सिन्छ भन्दै पुजा गर्नेलाई भनेर गएको घट्ना ताजै छ । त्यस्तै अर्को स्मरण गर्न लायक एक घट्ना सुने - केहि वर्ष अगाडि कुनै एक परिवारको मन्दिरमा बलि पूजा गर्ने क्रममा घण्टौ सम्म बोका नपर्सिरहेको अवस्थामा घरबाट एकजना मानिस आएर ल तिमिहरुेले देउटालाई चढाउन पन्छाई राखेको दक्षिणतः नलिइकन आएछ भन्दै दिन आएछ । घरबाट ल्याएको त्यो दक्षिणा देउटालाई चढाए पछि बोकाले आफ्नो आङ्ग फन्को मार्ने गरी कम्पन्नको फन्को मारेर देखाए पछि मात्र पर्स्यो पर्स्यो भन्दै बालि दिएर पूजा सम्पन्न गरेको घट्ना सुन्नमा।आएको थियो। अथक प्रयास गर्दा पनि नपर्सेको बहांलाई मन्दिरमा त्यसै छड्न् परम्पर रहेको छ । बलि दिने स्याचुपि(खड्ग) आजुद्यःको प्रतिक तन्त्रप्रधान नेपालमण्डल वासी पुज्दै आएको तान्त्रिक देवताहरु मध्यमा एक देवता आजुद्यः पनि हो । आजुद्यः भन्नाले देश तथा ग्राम टोलको सुरक्षाका लागि बिभिन्न दिशा विदिशामा बसेका अति बलसायी देवताहरु हुन् । नेवाः समाजमा आफ्नो कुलका र मावाली तर्फका बाजे बराजुलाई अजा, आजु भन्ने गरीन्छ। सम्भवतः यो अजा आजु शब्द किराती भाषाबाट आएको हुनु पर्छ । किनकी यहाँ संस्कृति किराँत कालीन संस्कृतिको अवशेष मानिन्छन् । नेपालमण्डलवासीले पूज्दै आएका अजिमाद्यः र आजुद्यःहरु आफ्नै कुल पुर्खाका अजा आजाजु र अजिहरुलाई आजुद्यः र अजिमाद्यःका रुपमा मान्ने परम्परा समेत रहेको देखिन्छ । आजुद्यः तन्त्रका देवता भैरव शिवको एक रूप हो जसलाई देवताको सबैभन्दा डरलाग्दो र खतरनाक रूप पनि मानिन्छ। तन्त्रका विभिन्न पक्षमा प्रभुत्व प्राप्त गर्नका लागि अन्य देवी-देवताहरूको पनि पूजा गरिन्छ, तर तान्त्रिक अनुष्ठानको केन्द्रमा भैरवको ठूलो महत्व रहेको छ । तन्त्रशास्त्रमा प्रमुख देवता भनेर मान्दै आएको आजुद्यः(भ‌ैरब, भैराद्यः वाय् भैलद्यः)को एक अङ्ग खड्गका रुपमा पनि लिएको छ । आजुद्यः( भैरब)को डरलाग्दो मुखबाट बाहिर निस्केको डरलाग्दो दाह्राका रुपमा खड्ग लिएको देखिन्छ । यस कुराको प्रमाण हामी हेर्न र देख्न सकिन्छ, बालिपूजा ग्रहण गर्ने मन्दिर अथवा आगममा पशुपन्छिलाई बलि दिन्दा बलि दिनु भन्दा अगाडि खड्गकै एक अर्को रुप स्याचुपि( वधगर्ने चुपि)लाई देवता मानेर पूजा गर्ने गरेको । तान्त्रिक परम्परा अनुसार बलि दिन ल्यएको चौपाया वा दुईपायाले पर्सेर आफु बलिको लागि तयार भएको भन्ने संकेत सहित पर्सेर स्विकृति दिइ,सके पछि जसले वध गर्ने हो उसले पूजा गरीसकेको चुपिलिएर आजुद्यः( भैरब)लाई श्लोक " तीक्ष्णदँष्ट्र ! महाकाय ! कल्पान्तदहनोपम ! भैरवाय नमस्तुभ्यं ममाज्ञां दातुमहंसि । वाचन गरेर चुपिलाई ढोग्छन । श्लोक अर्थ अनुसार -"तिखो दाह्रा स्वरुपको, भयकंर शरिर भएको, कल्पको अन्त्यको जाजुअग्नि स्वरुप हे आजुद्यः(भैरब) हजुर प्रभुलाई नमस्कार छ, मलाई आज्ञा दिनुहोस् " भन्दै यस प्रकार श्लोकबाट प्राथना गरेर चुपिलाई ढोगेर मात्र बलि दिन तयार पशुपन्छीको वध गर्ने परम्परा रहेको छ। अहिले पनि श्लोक परेर प्राथना नगरे तापनि चुपिलाई अनिवार्य पूज गरेर चुपिलाई ढोगरे मात्र वध गर्ने गरिन्छ । यसले बलि वध गर्ने स्याचुपि(खड्ग) आजुद्यःको प्रतिक हो भन्ने प्रस्त देखाउछ । 👉️( खड्ग, सुरक्षाको प्रतिक- नेपाःया तान्त्रिक द्यः व तान्त्रिक पूजा) बलिपूजा पद्धति नेवाः समाजको तान्त्रिक बलिको पूजापद्धतिमा यसरी लेखिएको पाईन्छ - " पूर्वजन्मकृत कर्म पशुजन्म च जायते। सर्वपाप विनिर्मूक्तः स्वर्गलोके महीते ।।" बाहां बध गर्न पूजारीले बाहांलाई यो श्लोक पढेर सुनाएर पूजा गर्नु पर्छ । यस श्लोको अर्थ " पहिलाको जन्मको कर्म पशुजन्म लियो, अब सबै पापबाट मुक्त भएर सर्गलोकमा जान्छ " भन्ने हो । श्लोक पढेर ज्ञान दिएर बाहांको दायाँ कानमा छागगायत्री भन्ने मन्त्र सुनाउछ । त्यस मन्त्रको अर्थ के छ भने " छाग(बोका" को शिर बध गर्न ध्यान गरें, त्यसकारण बाहां(छाग) प्रेरित होस् "। त्यस पछि शिरमा पानीको धारो झारेर ।संकल्प गर्छ। त्यसपछि पशुजन्मले मुक्त हुने ज्ञान प्राप्त गरेर बाहां मर्न मञ्जूर भै जिउमा छर्किएको पानी टकटक्याएर पर्से (मूहाल कि) पछि त्यसलाई बध गरे पनि भयो । त्यसैले बहां( छाग) बध गर्न पर्साउनु नै हो। नपर्सेको भेडा, बोका,, हाँस कुखुरा बलिदिन (बध गर्न) हुन्न । बाहां पर्सिएन भने सानै बलिभए( चवां) पनि बध गर्नै भनेर फुल(अण्ड) एउटा देवतालाई चढाएर आउने गरेको छ । त्यसपछि बाहा बध गर्ने पनि भैरब( आजुद्यः)ले नै हो । किनभने देवगण नाचमा बलि( प्वःसः) लिनेबेलामा भैरब( आजुद्यः)ले नै भेडा बोका,हाँस कुखुराको घाँटी रेटेर रक्तपान खाइरहेको छ । त्यसै कारण आगम घरमा पूजारी हुने गुरुले बाहां बध गर्नपरेमा पनि तन्त्रको विधिले भैरब देवताको प्रतिक बाहां बध गर्ने चुपि स्थापना गरी पूजा गरेर भैरब देवता( आजुद्यः)संग आज्ञा लिएरमात्र बाहा् बध गर्छ । बध गर्ने चुपि ढोगेर घाँटी रेट्नेबेलामा बाहांको घाँटीको रुद्रघण्टीइमा पर्नेगरी रेट्नु पर्छ । यसमा यसरी भनि राखेको छ - सृका कृक्का द्वयोर्मध्ये छुरिंका च निवेदयेत् । यसको भनाइ के भने सृका र कृक्का भनेको दुई हड्डीको बिचमा अथवा जोर्नीमा चुपि राख्ने हो । यसरी भैरब देवताले बाहां बध गर्ने गर्दै आएका हुनाले देवताले बध गरेको बाहां( पशुपन्छी) त्यसै स्वर्ग जानेनै भयो भनेर विस्वास गरेको छ । त्यति मात्र पनि हैन बाहां बध गरेर देउतालाई रगतले छ्यापि सकेपछि बाहांलाई स्वर्ग पठाउने वा देउतामा नै लिन गरेर पठाउने भनेर बाहांको शिर देउताको सामुन्ने राखेर पूजागरेर बाहांको आत्मा स्वरुप अन्तर्ज्वोति र बहिर्ज्योति एक रुप गर्ने उद्देश्य ले कपूर बालेर देउतालाई बत्ती दिएर बाहांको शिरमा।राखेर रक्सी खन्याश्रन्छन् । यसको अभिप्राय पनि।बाहांको आत्मारुप कपूरको ज्योतिइ रक्सी खन्याएर बत्ती ठूलो बालेर बाहांको आत्मा देउतामा लिन गराउने हो । ( बलदेव समेतको सीकाःभू लेख- नेपाःया तान्त्रिक द्यः व तान्त्रिक पूजा) देवीदेवतालाई बलि दिए पछि गर्नु पर्ने तान्त्रि विधि मो:हायेक प्रकृया बाट बोकाले स्वीकृति पाएपछी प्वस:(बलि) दिएर सिरछेदन गरिसके पछि पुच्छरको सानो एक टुक्रा काटेर मुखमा कोचेर राखिन्छ । त्यस्तै नै बोकाको शरिरको गरदन भागमा परेको केही मासु तुक्रा तुक्रा कातेर एक एक तुक्रा मोहनी सलिमा अरु टुक्रहरु एक टुक्रा सबै देवीदेवतालाई अर्प्ण गर्न्छ र टाउकोमा एकजोर बलेको बत्ती राखेर प्वस: दिने प्रकृया पूरा गर्न्छ्न् । यसपछि प्वस: दिएको पशुको सरिरलाई खड्गले तीन धाप नमारे सम्म प्वस: दिएको सिरबिही न शरीर शान्त हुन नसक्ने भन्ने परम्परागत प्वस: दिने प्रकृयाकै एक अङ्ग भएकाले खड्गले तीन धाप दिई प्वस: दिने प्रकृयालाई पूर्णता दिइन्छन् । यता सिरमा राखिएको बत्ती न निभेसम्म टाउको त्यहाँ बाट हताउन याने उठाउन नहुने परम्परा समेत नेवार संस्कार रहेको पाईन्छन् । त्यस्तै मोहनी थापी राखेको बत्ती ननिभेसम्म मोहनी सल्लि निकाल्न हुँदैन । बोकाको टाउको र मोहनी बत्ती निभे पछि मोहनी थापेबो सलि, बोकाको टाउको, फूलप्रशाद समेत क्वतःमा राखेर घर प्रस्था गर्छ । नेवाः समाजमा देवदेवीलाई पशु पन्छिको प्वस: दिएको बाहांको प्रशादका रुपम मासु सहितको भोज खांन्दा अनिवार्य सीकाभू:( प्वस: दिएका बांहाँको सम्मान स्वरुप गरिने दुई प्रकृया मध्यका एक प्रक्रुया) गर्नु पर्ने भएकाले त्यो बाहांको सिर क्वत:याने पुजा थालीमा राखेर घर लगिन्छन् । (नेवाः समाज भित्र ठाउँ अनुसार बलि पूजामा केहि केहि फरक हुने गर्छ ।) सीकाःभू अहिंसा परम धर्म भनेर हिंसालाई पाप भनिए तापनि नेपालमा देवीदेवतलाई पशुबलि दिइने कामलाई पाप नभनिकन धर्म नै भनिराखको छ । तान्त्रिताकप्रधान नेपाल देशमा शक्ति व सिद्ध प्राप्त गर्नका लागि तन्त्रको विधिले बलिपूजा गर्नु पर्छ ।अनि देवता पूजा गर्नेबेलामा थापीराखेको मोहनी सिन्ह र बलि दिएको बाहाँको रक्त तिलक लगाएर रातो क्वखा लगाएर सम्हय् प्रशाद खाईसके पछि बेलुका भ्वज खानेसमयमा सी लिएर सीकःभू गर्नु पर्छ । यो भ्वजलाई मूःभ्वय् पनि भनिन्छ । यो सबैभन्दा ठूलो भोज हो । देवतालाई पूजा गरेर बाहां बलि दिएपछि हाम्रो थिथिअनुसार बाहांको शिरको सी अनिवार्य लिनै पर्ने हुन्छ । बिरामी परेर थल्ला परेर बसेको भए पनि सी लिनै पर्छ भनेर सीकाःभूको भ्वजको लाईनमा राख्न ल्याऊन्छन् । यदि कुनै कारणले कहिं कतै टाढा गईरहेको भए पनि सी दिनु पर्छ भनेर बाहिररहेका ब्यक्तिका नाममा सी भाग छुट्टाएर हड्डिमात्र हुनेगरी भए पनि दलिना झुण्ड्एार राख्ख्नु पर्छ । सी भाग हराएर लिन पाएन भने खराब लक्ष्ण भएको भनिन्छ । गुठिमा सी कै कुरामा तः ठूलै झैझगडा भै टाउको नै फुट्ने फुटाउने गरी पनि झगडा गर्ने सजन गुठियार पनि छ । केही गरी सी भाग हराएमा अर्को बाहाँ बलि दिन लगाएर भए पनि सी लिएरै छाड्छन् । त्यसकारण सी लिनु कतिसम्मको उच्च भाव लिईराखेको रहेछ, धार्मिक दृष्टिकोणले मात्र हैनकि सामाजिक दृष्टिकोणले पनि यसको धेरै महत्त्व छ । कुनै कुरामा झगडा भएर छुट्टाछुट्टै भिन्न बसेका लाजुभाई फुकि खलकसंग सी लिन नमान्नु हुन्न भनेर संगै जोड्न आई सीकाःभू गर्न आउने गर्छन् । त्यसै कारण झगडा भै रिसाएर बसेका पनि रिस हराएर फेरी मिलिजुली जानेगर्छन् । दाजुभाइ फुकी खलकेहरु चाहिन्छ भन्ने ज्ञान दिएर झैझगडा गर्ने छाड्न पर्छ भन्ने भावना सृजना हुने यसको एउटा ठूलो विशेषताको कुरा हो । प्राणीहुको शरीरमा ज्ञान ग्रहण गर्ने अंग पाँच वटा छ। त्यसलाई पञ्चज्ञानेन्द्रिय भनिन्छ । आँखा, कान, नाक, जिब्रो , छाला यति पञ्चज्ञानेन्द्रियहरु हुन् । कुनै वस्तुवारे आँखाले हेरेर, कानले श्रवण गरेर, नाकले सुँगेर, जिब्रोले स्वाद लिएर र छालालले स्पर्शले ज्ञान लिने काम गर्लछ । यो पाँच ज्ञानेन्द्रिय मध्य आँखा दुईवटा , कान दुईवटा , नाक( थुतुनो ) एउटा , जिब्रो एउटा र छुने ( स्पर्श ) गर्ने इन्द्रियलाई प्रततिकका।रुपमा बङ्गारोलाई दुइ टुक्रा गरेर आठ सी थकालीदेखि (जेष्ठतानुसार) आठवनाले ग्रहण गर्ने जर्छ । पञ्च ज्ञनेन्द्रियको सबैभन्दा उत्तम ज्ञान लिने आँखा हो ,ञ त्यसलाई उच्चको सीका रुपमा लिएर सवैभन्दा जेष्ठ ( नायः) लाई आँखा, सी दिन्छ । त्यस पछि न्वकुलाई( दोस्रो जेष्ठ)लाई बायाँ आँखा, स्वकुयात ( तेस्रो जेष्ठ )लाई दायाँ कान, प्यकुयात( चौठो जेष्ठ) लाई बायाँ कान, न्याकयात ( पाँचौ जेष्ठ) लाई थतुनो, खुकुयात (छैठालाई)जिब्रो , न्हय्कुयात(सातौ जृष्ठ)लाई दायाँ बङ्गारो र च्यकुलाई( आठौ जेष्ठलाई) बायाँ बङ्गारो गरी जेष्ठता कर्म मिलाएर सी दिन्छ । सी लिने पूरुष आठजना नभएकाहरुको महिलालाई पनि सी भाग पार्छ । त्यस पछि पनि सी बाँकी भएमा बाँकी भएको सी सबै थकालीलाई नै दिएर पठाउछ । यो मानिसलाई आ- आफ्नो कुलको कुल परम्परानुसमर गर्ने गरिन्छ । आगम घरको पूजामा गुरुलाई सवै भन्दा माथी राखेर दायाँ आँखाको सी गुरुलाई नै दिनु पर्छ । देवाली पूजामा, गुठीमा आचाजुले( कर्माचार्यले) जोशीले, देवता पूजा गरेमा भने उनिहरुलाई थुतुनो दिने चलन गरीएको छ, अर्को सीहरु जेष्ठता अनुसार माथी उल्लेख गरेनुसार क्रमशः दिन्छ , राङ्गोको सी भने नलिने पनि छ । हाँस कुखुराको शिर एउटा मात्र,सी दिएर नपुग्नेहरुको प्वाँख दुईटा र खुट्टा दुईटा गरी पाँचसी जेष्ठतानुसार पाँचजनालाई माथी उल्लेखित गरेअसार क्रमशः दिन्छ । शिर एउटा मात्र सी लिनेगर्ने गरेकाहरुले प्वाँख र खुट्टा सी लिइरहन नपर्ने गरी प्वाँख र खुट्टा एउटा एउटा टुक्रा गरेर देउतालाई अर्पण गर्छन् । सीकाःभू गर्ने कामाण्डौमा जेष्ठक्रमानुसार आठजानालाई दिने चलन भएतापनि भक्तपुरमा भने बोकाको पुच्छर समेत गरी नौजनालाई सी देने चलन रहेको छ । यसरी ठाउँ अनुसार चलन केहि फरक हुने गरेको छ । सीकाःभू गर्ने अन्तिममा खाने भ्वज हो । यो तन्त्र विधि विधानले खान पर्ने भ्वज भएकाले यसमा नियम पूरा गररेर भ्वज खाएर अन्त्यमा सी लिइसकेपछि भ्वज अन्त्य गर्नु पर्छ । तान्त्रोक्त।भ्वज खाने नियम भनेर देव ब्राम्हणहरुको एउटा हस्तलिखित पुस्तकमा यसरी उल्लेभएको छल - " ।।प्रथम भोजनको नियम ।। सर्वप्रथम भूइ पोटेर लहरै बस्ने, १. लप्पे( भोजखाने पात) राख्ने, २. भ्वजको ब्यञ्जन(घासा) राख्ने, ३. चिउरा राख्ने, ४. पकाएको मासु राख्ने, ५. हरियो साग राख्ने, ६. अौसानी चढाएर खान सुरु गर्ने, ७. छ्वय्ला राख्ने, ८. फर्सि राख्ने र ९. बोडी राख्ने । इति प्रथम भोजन ।। ।। द्वितिय भोजनको नियम ।। १. थप बजि राख्ने, २. भुतेको मासु राख्ने , ३. सिमी राख्ने ४. केराउ राख्ने , ५. चना राख्ने । इति द्वितिय भजन ।। ।। तृतिय भोजनको नियम ।। १. थप बजी राख्ने, २. पाउँ राख्ने । इति तृतिय भोजन ।। ।। चतुर्थ भोजनको नियम ।। १. बजि राख्ने, २. दही राख्ने, ३. सख्खर राख्ने, ४. दहीच्यूरा खाइसके पछि माथि उल्ले गरेको क्रमनुसार सी दिने हो ५. त्यस पछि सलाद ( सिसाबुसा) राख्ने । त्यसपछि ६. ७ . सिन्का(खौका) राख्ने, ८..बाता राख्ने, ९. मुख चुठ्न पानी हाल्ने, १०. उच्छिष्ठ संकलन गर्ने, ११. अनि गोबरले जुठो भएको ठाउँमा लिपेर त्यहाँ उच्छिष्ठ संकलन गरेर राखेको बाटा राखेर कलंक पूजा गरेर बत्ती बालेर बातामानै राख्ने , १२. च्छासमा कलंक विसर्जन गर्न पठाउने, कलंक वाय् गर्न जाने कसैसंग नबोलिकन दुबाटो वा जहाँ च्छास अजिमा रहेको छ त्यहाँ कलंक वाय् गर्न जान्छ १३. च्छास अजिमामा कलंक विसर्न गरी कलंक( कल) वाय् गरेर फर्किए पछि सबैलाई जल प्रशाद दिने, १४. पानसुपारी दिने, १५. त्यसपछि कलंक वाय् गर्न लगेको बाता घोप्टाएर त्यसमा पूजा गरेर बत्ती बालेर बिदा माग्ने र १६. आआफ्नो घरतर्फ लाग्ने । भ्वज खाने नियम भए जस्तै भ्वजको पात गाँस्ने नियम पनि छ । एउटा पात तल राखेर माथि दुईवटा अर्को पात राखेर गाँस्ने अनि अर्को छ वटा पातले चारैतर्फ दायाँ तर्फबाट सिन्का भन्दा माथि पात गाँस्नु पर्छ । तल एउटा पात नराखिकन गाँसेको भ्वज लप्ते राखेर भ्वज खान हुन्न । यस्तो लप्तेलाई यकसरा लप्ते भनिन्छ । भूत प्रेतलाई पन्छाउन मात्र यकसरा लप्तेमा राखिन्छ । छ्वासमा बौ राखेरेर पन्छाउन ल्याउने लप्ते, दोनाहरु यकसरा नै हुन्छ । एउटा पात तल राखेर अर्को आठवटा पातले भ्वजको लप्ते गाँस्नुको अर्थ आजकालको चलन अनुसार अष्टमातृका देउताको रुप हो भनेर भनिएको छ । तल एउटा पात राख्नु देउताको आसन हो भन्ने गर्छन् । व्यञ्जन परिकार पस्किनुमा पनि आ आफ्नै नियम छ । पाँच प्रकार, आठप्रकार, बाह्रप्रकार व्यञ्जन परिकार राखेर भ्वजमा पस्किने गरेको देखिन्दैनन् । पाँचप्रकार व्यञ्जन परिकार पस्किनेहरुको पञ्चबुद्धको प्रतिक धनेर राखिन्छ, आजभोलि आठप्रकारको व्यञ्जन पस्किनेहरु अष्टमातसकाको प्रतिक भनेर, त्यस्तै नै बाह्रप्रकारका व्यञ्वजन परिकार पस्किनेहरु गणेश, भैरब, सिंगिनी, व्यागिनी चारजना र आठ अष्टमातसका भनेर बाहेरजना गणदेवको प्रतिकमा राखिन्छ । पञ्चबुद्धको प्रतिकमा पाँच व्यञ्जन परिकार राख्नेहरु पाँचजना बुद्धहरु - वेरोचन, अक्षोभ्य, रत्नसम्भव, अभिताम्भ र अमोधसिद्धि हो । अनि आठ व्यञ्जन परिकार राख्नेहरु मासको बारा ब्रम्हायणी, सकिमना .... रुद्रायणीयणी, कंघासा( सानो केराउको अचार) कुमारी, वाउँचा वैष्णवी, नलिघासा( फर्सिलाई सानो लाम्चोकारको उसिनेको परिकार) बाराही, गुलिघासा इन्द्रायणी, खयेपि( उसेनेको फर्सिलाइ चारबकुने गरी तयार पारेको परिकार) चामुण्डा, चयपि(फर्सिलाई सानो सानो टुक्रा पारेर बनाए परिकार ) महालक्ष्मी भनेर अष्टमातसका देउताहरुको प्रतिक गरेर राखिन्छ । यस आठ व्यञ्जन परिकारको नियम डेढ शताब्दीभन्दा पुरानो एउटा भिमसेन देवताको सीगुठी ( मृृत्यु संस्कार)को आधार लिएर यहाँ उल्लेख गरेको हो । त्यस्तै नै हामीकहाँ देश बनाएर गएको बारे हेर्दाखेरी पनि कान्तपुर देशको चारै तर्फ अष्टमातृका भनिएका अजिमाहरु स्थापना गरी राखेको छ । पाटन, भक्तपुरदेशमा पनि चारैतर्फ अष्टमातृका देवीदेवताहरु स्थापना गरी राखेको छ । न्यतमरु।अजिमा( नरदेवी)को देवीगणनाच, लुमरी अजिमा( भद्रकाली), पचली भैरबको देवगणनाचमा अष्टमातृका देवीदेवताको कस्तो क्रममा बस्ने हो, त्यहि क्रमबाट पनि व्यञ्जन परिकार ( ब्वघासा) राख्ने गर्दछ । आ आफ्नो ठाउँमा के अजिमाहरु छ त्यसैको क्रम अनुसार पनि राख्ने गर्दछ । जुनसुकै नै क्रमले राखे पनि जुनसुकै वस्तु राख्ने परिकार पनि परिकार भनेको देवीदेवताको रुप हो। आजभोलि विधि विधान पूरा गरेर सीकाःभू गर्न नसक्ने भैसकेको छ । तन्त्रको विधिविधान थाहा नभएर जथाभावी गर्दै सीकाःभू गरिरहेको छ । पुरानो पुरानो एउटा दुइटा सीगुठी( मृत्युसंस्कार गुठी), देवीनाच खलकहरुमा कहीं कहीं मात्र तन्त्रोक्तविधिले सीकाःभू गरेर आएको देखी जस्तो लाग्छ । यसो गरेर सी लिन सकाए पछि भ्वज समाप्त हुन्छ । तन्त्रको विधिले पूजा गरेर बलि दिएर सीकाःभू गर्नु पर्छ । यसरी वध गरेका पशुपन्छी पशुजन्मबाट मुक्त भएर स्वर्गलोकमा जान्छन् भन्ने मान्यता छ । सीकाःभूको महत्व र त्यसको गुह्यता सीकाःभूको महत्व र त्यसको गुह्यताका बारेमा " मल्लकालीन देवगण नाच" भन्ने पुस्तक( सफु)मा यसरी लेखेको छ - छ - बत्ती राखेर कलं वायेगु( उच्छिष्ठ विसर्जन ) गर्ने भनेर नबोलिकन उच्छिष्ठ संकलन गरेर।राखेको बाता समाएर दुबाटोमा विसर्जन गर्न लगिन्छ। यसबारे " मल्लकालीन देवगण नाच" भन्ने पुस्तक( सफु)मा यसरी लेखेको छ - छ - " नृत्यगणहरु सबैले दिउसो स्नान गरि सकेपछि पंचताल नाइके (नायः)को घरमा भोजन राम्रो संग हुन्छ । नृत्येश्वरलाई छाग बलि दिएको पुजाको प्रशाद ( कोकाको मांसटाउको भाग बन्दा गरी) ज्ञान लिई( ज्ञान प्राप्त गरी) सीकाःभू पंचबाजा खलक।सहित बसेर समाप्त गर्छ । खाएर बाँकी भएको उच्छिष्ठहड्डी तलदेखि संकलन गरेर ल्याइ एउटा भाँडामा राखेर माथि गुरुको सामाुन्ने राखिन्छ । गुरले हिंसा गरेको पाप नलाग्ने राम्रो चिन्तना याना उग्रचण्डी स्वरुप पूजाया गरेर तल बसेर भोजन गर्ने ब्यग्रिणीले उच्छिष्ठ भाँडो समाएर छ्वास अजिमा भएको ठाउमा शेषबलि भनेर कलं विसर्जन( फाल्न) गर्न पठाउँछ "। तन्त्रको विधानले सीकाःभू गर्नुको अभिप्राय तन्त्रोक्त माँसाहुति होम गर्नु हो । मांसाहुति हवन भनेको आगोमा मांस( मासु) आहुति गरेर हवन गर्ने हो । त्यस्तै नै सीकाःभू गर्नेबेलामा पनि शरिरभित्र अग्निकुण्डमा हवन गर्ने रुपमा तान्त्रिकविधिले मांस भोजन गर्छन् । सीकाःभू गर्ने विधान र हवन विधान त्यहि नै हो। हवन गर्ने बेलामा अग्नि कुण्डमा चरु आहुति गरेर देवताको नाम लिन्दै आहुति गर्दै देवताहरुलाई ख्वाउने हो। जुन देवताको नाम लिएर स्वाहा भन्दै चरु आहुति गरेको हो त्यहि देवीदेवताको मुखमा पर्न जाने हो । त्यसैले संस्कृत भाषाले अग्निलाइ देवमुख भनिन्छन् , होम गर्नेबेलामा देउताक‍ो नाम लिएर अग्निमा स्वाहा भनेर चरु आहुति गरे जस्तै सीकाःभू गर्नलाई पनि अौसानी चढाइ सकेपछि हाम्रो शरिर भित्ररहेका वायु देवताहरु पाँचजनाको नाम लिएर स्वाहा भनेर न्याप्यः खाने गर्छ, बुढीअौला र ...साहिंली.... अौलाले एकगाँस लिएर " प्राणाय स्वाहा" भनेर बुढी।अौला र कान्छी।अौलाले "अपानयः स्वाहा" भनेर बुढी अौला र माझी अौलाले पनि "व्यानाय स्वाहा" भनेर , बुढी अौला र चोरअौलाले "उदानाय स्वाहा" भनेर, अनि पाँचैअौलाले पनि एकगाँस लिएर " समानाय स्वाहा" भनेर खान्छ । यसरी खानेलाई पञ्चग्राम लिने भनिन्छ । यति सकेपछि पानी खाए पछि मात्र भ्वव खाने गर्छ। त्यसैले यो सबै होम नै भन्नु पर्छ।। होम पनि धेरै प्रकारको छ । बाहां( देउतलाई भोग चढाएको पशुपन्छी )को मांस आहुती गर्नु पर्ने होम पनि छ । दक्षप्रजापतिले बृहस्पतिसत्र भन्ने होम गर्दा खेरी महादेवको हेला गरेको भएर दक्षप्रजापतिको शिर छेदनगरी यज्ञमा होमिदिएकाले पछि यज्ञमा बलिदिएको बोका( छाग) को शिर दक्षप्रजापतिको शिरविहिन शरिरमा प्रत्यारोपण गरी जीवनदान दिएको कुरा स्वस्थानी कथामा छ । त्यस्तै अस्वमेध यज्ञमा रामचन्दर र पध्चपाण्डहरुले गरेर आएको कुरा पुराणमा उल्लेख भईरहेको छ । अहिले पनि कंग अजिमालाई पाहाँचःह्रेको पूजामा राङ्गो बलि दिएर शिर होमिदिए ( आहुती दिएर) होम गरेर आएको छ । बाला चतुर्दशीमा लुति अजिमाको मन्दिरमा सर्प, चरा,परेवा आहुति गर्नु पर्छ । पचलि भैरबको जात्रा हुनेदिन बिहान मन्दिरमा हवन गर्दा बोका बलि दिएर मासुले होम गरेर हवन सिध्याउन शिर समेत होमिदिएर मांसाहुति होम गर्नु पर्छ । कुनै मानिस मर्दा बुधवारका दिन बाह्रदिनको कार्य( घःसु) पर्न गएमा रगतले घेर्नु पर्छ भनेर हाँस मारेर मासु र टाउको आहुति दिएर होम गर्नु पर्छ । यसरी होममा बध गरेको जीवजन्तूको (बाहांको) शिर ह‍ममा नै आहुति गरिन्छ। सी लिन्दैनन् हाम्रो पेट पनि अग्निकुण्ड भएर नै भएर मन्दिरमा बलि दिएको बाहांको( पशुपन्छीको) मासु र शिर सीकाःभू गर्नेेबेलामा जठाराग्निइ होम गर्ने भावलेभावले खाने गर्छन् । खाने गर्छन् । त्यस्तै नै हामीले श्राद्ध गर्दै आएको पनि एक प्रकारको यज्ञ हो । यसलाई पितृयाग भनिन्छ ।अग्निमा देउतालाई स्वाहा भनेर चरु होमिन्छ, श्राद्ध गर्नेबेलामा पितृहरुलाई स्वाहा भनेर पिण्ड तर्पण गरिन्छ । हाम्रो तन्त्रको विधानले श्राद्ध गर्न मांस नभइकन नै हुँदैनन् । श्राद्ध गर्नेबेलामा गैडाको मासु भित्र राखेर पिण्ड तर्पण गर्न पर्छ । त्यसपछि आगंभाग( आगंब्व) भनेर भ्वजभाग( पञ्चमकार सहितको व्यञ्वजन परिकार) पनि पिण्डमा चढाउनु पर्छ । कतिपयको पाकश्राद्ध भनेर श्राद्ध गर्नेबेलामा बाहांको रगतले रेखा तान्दै( हिं खुया) पात्रमा बस्ने प्रोहितहरुलाहरुलाई शिरको सी दिएर शिर पिण्डमा नै राख्छन्। अरुबेलामा श्राद्ध गर्ने बेलामा निसलाः ( एक किसिमको सिदादान) एउटा मात्र भए पनि प्रोहितलाई दिने गरीराखेको छ । कतिपयको चारदिनको दिननै रगतले रेखा कोर्नु पर्छ भनेर गणेश पूजा गरी बाहां बलि दिएर त्यसको एक टुक्रा मासु पिण्डभित्र राखेर पिण्ड तर्पण गर्नु पर्छ । त्यसैले चारदिनको दिन कुनै मन्दिरमा बाहां बलि दिएको भएमा पनि चिला( बलिदिएको बाहांको गर्डनको सानो टुक्रा मासु) राखेर पिण्ड दिनु अति उत्तम यज्ञ हो भनेर भनेर गर्दै आउने पनि छ । तन्त्रको विधानले सीकाःभू गर्ने बेलामा पनि चुथिसकेपछि न्यास गर्नु पर्छ पितृयागो मया देव, कृतः सर्वार्थसाधक । अस्मे यज्ञस्य कर्ता त्वं, भोक्ता त्वं परमेश्वर ।। " यहाँ पितृयाग भनेको यज्ञको कर्ता र भोक्ता परमेश्वर हो । सबै भ्वजमा खान सकाएर बाँकी भएको शिरको सी हातका थापेर लिएर तिन पटक गरी टोकेर खानु पर्छ । यज्ञ गर्नेबेलामा पनि सिधिने समयमा बाँकी रहेको चरु सबै, सी तिन पटक खाए जस्तै गरी तिन गाँस गरी आहुति गर्नु पर्छ । अनि होम गर्दा हात जुठो भएको सम्झेर बातामा हात ध्वयर धोयर आचमन( नसला कया)गरी न्यास गर्नु पर्छ। त्यस्तै नै तन्त्रको विधानले सीकाःभू गर्ने बेलामा पनि चुथिसकेपछि न्यास गर्नु पर्छ । यज्ञ गर्नेबेलामा अष्टमातृका देवीलाई आह्वान गरी स्थापना गरे जस्तै सीकाःभू गर्नलाई पनि भ्वजको बेलामा अष्टमातृका देउताहरुको प्रतीक व्यञ्जन परिकार पस्किनु(राख्नु) पर्छ । त्यसले ठूलठूला यज्ञहरु गरेको पुण्यले मानिसहरु स्वर्गलोक जान्छन् भने जस्तै नै तन्त्रको विधिले पूजागरेर बलि दिएको पशुपन्छी(बाहां)को शिरको पनि तान्त्रोक्त विधानमा नै सीकाःभू गर्न सक्ने अवस्थमा त्यसरी नै ठूलो फलले अष्टसिद्धि प्राप्त गरी देवता भएर जान सक्ने छ । यसरी देवता भएर जाने तान्त्रिकहरु नेपालमा धेरै छन् । हामीले भ्वज खाएको देखेर भ्वज खानुको अर्थ नबुझ्ने मानिसहरु हामीलाई रोग लाग्छ नभन्ने कोही पनि हुँदैनन् । त्यस्तै नै एकजना विदेशको डाक्टरले हामीले भ्वज खाएको देखेर , नेपालमा बस्यो भने धेरै पैसा कमाउन सकिन्छ भन्ने विचार गरेर यहाँ बसेको बेलामा पछि हामीले खाने भ्वजमा वैज्ञानिकता देखेर हिस्स भएर भागेर गयो रे भनेको कुरा सुनेको छु । हुन पनि हो चामल जस्तो चिउरा, भटमास, अदुवा, हाकुछ्वयेला( कालोपोलेकोमासु), काँचो मासु, जँला( साँधेको काँचोछाला), साँधेको आलु, चतांमरी( चामलको पिठोको रोटी, मासको बारा, केराउ, बोडी, तःखा(पकाएर बासीगरी बनाएको थलथल्ली मासुको एक परिकार) त्यस्तै संन्याखुना(ससानामाछा समेत राखेर पकाएर बासी गरी जमाएको थलथली मासुको परिकार) र हेर्दै गरी शरिर सिरिक जाने खाद्य वस्तु राखेर बनाएको हुरुक्क आगो बल्ने रक्सी खाएर भ्वज खाने गर्दा पनि हामीलाई केही नभए पचीरहेको छ । किनभने हामी खाने भ्वज परिकारमा तान्त्रिकता छ । तान्त्रिक मान्यतामा हामीले भ्वज खाने पेटको अग्निकुण्डमा होमिने हो । त्यसैले अग्निलाई उत्तेजित गरेर तान्त्रिक विधानताको क्रमले भ्वज खाने गर्दै आएकाले नै पेटभित्र रहेको अग्नि प्रभावित पाचन शक्तिले सबै पचीरहेको छ । त्यसै कारण हामीले अभिप्राय बुझेर तन्त्रको विधिविधानबाट सीकाःभू गर्नु पर्छ । यसको फल पनि हुन्छ भन्ने विस्वास पनि गर्नु पर्छ। यो नेवाःहरुको ठूलो महत्त्वपूर्णको संस्कृति हो । यसलाई मास्न दिनु हुन्न । ( बलदेव समेतको सीकाःभू लेख- नेपाःया तान्त्रिक द्यः व तान्त्रिक पूजा) अन्त्यमा ~ ० ~

No comments:

Post a Comment