Sunday, August 18, 2019

२५ आषाद नारी मुक्ति र सती प्रथाको अन्त्यको दिन

२५ आषाद नारी  मुक्ति र सती प्रथाको अन्त्यको दिन


प्रकाशमान शिल्पकार

 
      सती’को अर्थ ‘आफ्ना पतिबाहेक परपुरुषको कामना नगर्ने स्त्री; पतिव्रता; साध्वी हो, अर्थात् पतिको शवसँगै चितामा जलेर मर्ने स्त्री ।’ पतिको मृत्यृपछि उसको पार्थिव शरीरसँगै चितामा बसेर देहत्याग गर्ने चलनलाई सती–प्रथा भनिन्थ्यो ।
      वैदिक सनातनी समाजमा पतिको मृत्यु पछि महिलाहरुले बांकी जीवन आ-आफ्नो परम्परागत सामाजिक मान्यता अनुसार सामान्य जीवन भन्दा बेग्लै कष्टकर जीवन यापन गर्नु पर्ने परम्परागत संस्कार रहेको छ । विधवा जीवन वैदिक सनातनी याने हिन्दू " इही संस्कार " अंगाली आएका नेवार समुदायका महीलाहरु बाहेकका अन्य महिलाहरुका लागि एउटा कष्टकर चुनौती हो भने  सती–प्रथा विवाहित लोग्ने मरेपछि जिउँदी स्वास्नीलाई लोग्नेको लाससँगै जलाउने वा जल्न दिने आततायी प्रथा हो ।
     
  1.         सती शब्द मुख्यत हिन्दु देवी सतीबाट आएको हो, जसले आफ्ना पिता दक्ष प्रजापतिले पति शिवको अपमान गरेका कारण आगोमा फालहालेर आत्मदाह गरेकी थिइन् । तर सतीले यो निर्णय पति भगवान शिव जिवित छंदै लिएर आत्मदाह गरेका थिए । जबकी सती प्रथामा पतिको मृत्यु पश्चात् दनदन बलिरहेको चितामा पत्निलाई उनको इच्छा बिपरित बलझफ्ती बस्नलगाईन्थिय ।     सती  शब्दको शाब्दिक अर्थ "असल पत्नी" हुन्छ । महिला हिंसाको सबैभन्दा चरमरुप को  यो सती प्रथा अमानविय कु-प्रथाको हो ।

      वैदिक सनातनी समाजमा  विवाहित लोग्ने मरे पछि पत्निहरुले पतिको शवसँगै चितामा जलेर  सह-गमन गर्नु पर्ने अथवा सतिब्रत( पतिब्रतामा)रहनु पर्ने  वैदिक धर्म शास्त्रका ग्रन्थहरुमा उल्लेखित गरियकाले भनियता पनि  मृतक पतिको शवसँगै जिउँदै पन्तिहरुले आत्मदाह गर्नु पर्ने बाध्यत्मक आदेश नारीलाई दिएको भन्ने सनातनी बैदिक धर्माका चार मूल आधारहरु ऋगबेद, यजुर्बेद, सामबेद, र अर्थबेद मध्य कुनै पनि बेदमा लेखेको छ भनेर कुनै बिद्वानले प्रमानित गरिएको समेत देखिन्दैनन् । तरपनि वैदिक प्राचिनकालदेखी नै आफ्ना लोग्ने मरे पछि पत्निहरु कोहि सति गै सह- गमन गर्थिय भने कोहि सती धर्ममा रहन्थे । यसै कारणले नेपाल र भारतीय हिन्दू समाजमा महिला हिंसाका सब भन्दा चरमरुपमा रहेको सती प्रथा  प्रथाले जडा गाडियकाले यस समाजमा बिधवा जीवन एउटा अभिसापका रुपमा कायम भै आएको देखिन्छ ।  महिलाले विवाहित लोग्ने मरे पछि  लोग्नेको लास सँगै जिउँदै जलेर सती गएर सह-गमन गर्नु पर्ने अथवा सतीब्रत याने पतिब्रतामा रहि नरकिय जीवन यापन गर्नु पर्ने भनेर शास्त्रीय मान्यता रहेको भन्दै धर्म शास्त्रको अपव्याख्या गरेका कारण नै प्राचीनकाल देखि नै समाजिक मान्यता रही आएको देखिन्छन् ।
         नारीले चितामा जिउँदै डढ्नुपर्ने जस्तो अमानवीय कार्य प्राचीनकालदेखिको सतीविषयक कुराको विचार गर्दा कोही सती जान्थे, कोही सतीधर्ममा रहन्थे भन्ने स्पष्ट हुन्छ । आफ्नो अनुकुल नभएकालाई खत्तम गर्न सतीप्रथाको प्रयोग हुन्थ्यो भन्ने कुरा पनि तात्कालिक समाजको अध्यन   गर्दा स्पष्ट हुन्छ । जिउँदो मानिसले शवसँगै डढ्नुपर्ने हुनाले सतीहरु चिच्याउँदा सुनिने आवाजलाई मत्थर पार्न ठुलोठुलो स्वरमा बाजा बजाइन्थ्यो । भनिन्छन् आगोको राप सहन नसकेर सतीहरु भाग्ने पनि गर्थे ।
        नेपालमा प्राचिनकाल देखि  अन्धविश्वासी धारणाले जरा गाड्दै चल्दै आएको महीला हिंसाको चरम रुपको अमानविय र आततायी यो क्रू प्रथा २५ आषाढ १९७७ सम्म कायम थियो ।
         निरंकुस र जहानिया शासनले कुख्यात भएका नेपालका राणा शासकका प्रण्यता तथा प्रथम राणा प्रधानमत्री जङ्गबहादुर राणाले वि.स १९१० मा सती–प्रथालाई निरुत्साहित गर्न केही सुधारात्मक ऐन बनाए । जसनुसार १६ वर्षभन्दा कम उमेरका सती जान नपाउने, ५ वर्षभन्दा कम उमेरका छोराछोरी हुनेले सती जान नपाउने, दुई जीउ भएकाले सती जान नपाउने, दासीहरु सती जान नपाउने आदि । त्यसबाट नेपाली विधवा महिलाहरुले केही राहत त पाए तर यी बाहेक अरु विधवा सती जाने प्रचलन चाहिँ जस्ताको तस्तै बस्यो । ततपश्चात पनि महिलाहरु चितामा जल्नुपर्ने बाध्यता रहिरह्यो र सती–प्रथाको अन्त्य हुन सकेन यो आततायी प्रथाले निरतरन्ता  पाईनै रह्य ।
         आततायी सती प्रथालाई निरुत्साहित गर्न केही सुधारात्मक ऐन बनेको ६० वर्ष पश्च्यात राजा त्रिभुवनको राज्यकालमा  श्री ३ प्रधानमन्त्री चन्द्रशम्शेरले वि.सं. १९७७ आसाढ २५ गते( ८ जुलाई १९२० ) देखि लागु हुने गरी सतीप्रथा बन्द गरिदिएपछि कानूनीरुपमै यो प्रथा नेपालमा बन्द भयो । यसरी नारीले चितामा जिउँदै डढ्नुपर्ने जस्तो अमानवीय कार्यबाट उन्मुक्ति पाएको दिन आसाढ २५ गते हुन
           आततायी सती–प्रथाको कारण कैयौं निर्दोष महिलाहरुले नचाहँदा नचाहंदै  पनि  लोग्नेको  शबसंगै जिउँदै चितामा जलेर आत्मदाह गर्दै महिला हिंसाको चरम यातनाको सिकारमा आफ्नो जिवनको आहुती दिएर गए । ती निर्दोष महिलाहरु जबरजस्ती जिउँदै आगोमा जल्न बाध्य भए । जुन आततायी महिला हिंसाको प्रथाको अन्त्य  भएको दिनलाई नेपाली महिला मुक्तिको रुपमा मनाउनु पर्दछ तर दुरभाग्य सती–प्रथाको अन्त्य भएको र महिलाले मुक्ति पाएको  दिन भने हामीले बिर्सिएका छौं । राज्यले पनि यसदिनलाई कुनै औपचारिक मान्यता दिएको पाईदैनन् । नारी उन्मुक्तिको दृष्टिले यस दिनको विशेष महत्व छ भन्ने स्पष्ट हुँदा हुँदै पनि यस दिनलाई ऐतिहासिक दिनकारुपमा आत्मासाथ गरि सती प्रथा उन्न्मुलनका प्रण्यता तातकालीन श्री ३ प्रधानमत्री चन्द्र शमशेरलाई ससम्मान संझन नसक्नु भनेको नेपाली नारी उन्न्मुक्ती र नारी रस्वतन्त्रताको अपमान गरेको हो भन्दा अन्यथा नठहरला ।
          सती प्रथाका उन्नमुलनदाता एक निरंकुस जहानिया राणा शासक मध्य कै भएका कारण सती जानू पर्ने प्रथाको अन्त्य भई नेपाली नारिले उन्न्मुक्ति पाएको र नारी स्वतन्त्रताको यस ऐतिहासिक माहानदिनलाई राज्यले ससम्मान संझना नगरी मौन् बस्नु भनेको बर्तमान लोकतान्त्रीक राज्यले पूर्वाग्रह राख्नु हो र यो न्यायोचित मान्न सकिनन् ।
          अत: २५ आषाढको  यस महानदिनलाई विशेष रुपमा मनाउँदै नारी मुक्ती दिनको रुपमा मनाउनेतिर सम्वद्ध सबैको ध्यान जाने कामना गर्नु अन्यथा ठहरिनेछैन ।

प्रकाशमान शिल्पकार

Friday, August 16, 2019

पर्वसमय सुधारको आवस्यक्ता किन छ ?

पर्वसमय सुधारको आवस्यक्ता किन छ ?
        - प्रकाशमान शिल्पकार    
  सनातनी धर्म संस्कृति अनुसार हामीले वर्षदिन भित्रको विभिन्न तिथि मितिमा पर्ने साना ठूला चाडपर्व, जात्रा, तथा जन्मदिनको शुभकार्य, विवाहको लगन, अन्नप्रासन, हवनका लागि शुभ साइत        एवं मृतक परिवारजनउका नाममा गरिने पूण्यतिथिका श्रद्धा र सद्भावका पितृकार्य लगायत समस्त सनातनी आस्था र विस्वासका बिबिध सबै कार्यहरु चन्द्रमासको गतिका गणितीय आधारमा तोकिएका तिथिमा नै गर्नुपर्ने र सोही अाधारमा तोकिएकै  दिनमा गर्नु पर्ने अन्यथा त्यस्ता शुभकार्य तथा पितृकार्य कुनै फलदायी नहुने शास्त्रीय मानेता रहेको पाईन्छ ।
      वर्ष दिनको गणना सूर्यको गति र चन्द्रमाको गतिका आधारमा कायम हुने संसारभरको मान्यता रहिआएको  छ । सूर्यको गतिको आधारमा कायम हुने वर्षलाई सौर्यवर्ष तथा चन्द्रमाको गतिको आधारमा कायम हुने वर्षलाई चन्द्रवर्ष भन्ने गरेको छ । सौर्य वर्षमा ३६५ दिन हुन्छ भने चन्द्र वर्षमा ३५४   दिन हुन्छन् । सौर्य वर्षको मास( महिना ) पूरा एक मास हुन्छ तर चन्द्र वर्षको मास अर्थात चन्द्रमासको प्रतिपदादेखि अौंसी तथा पूर्णिमासम्मका कृ्ष्णपक्ष र शुक्लपक्ष समेत गरि पन्द्र पन्द्र दिनको गरि दुई पक्षको एक मास हुन्छ ।
      हामी सनातनी नेपालीले मान्दै आएका वर्षदिन भित्रका विभिन्न चाड पर्वहरु मध्यका भक्तपुरको विस्का जात्रा पर्व बैशाख संक्रन्ति (खाइसन्हु)  र माघे संक्रान्ति( हाम्वसन्हु) चाड बाहेक अन्य अधिकांस चाड पर्वहरु चन्द्रमासको कृष्णपक्ष र शुक्लपक्ष भित्रका तिथिमा मनाउने सनातनी संस्कार रहि आएको छ । सौर्यमासको दिनलाई सूर्य एक राशिबाट अर्को राशिमा सरेको दिनलाई एक गते  मानी त्यस राशिमा सूर्य रहुन्जेल बढ्दै जाने प्रत्येक दिनलाई गते, दिनाङ्क वा मिति भन्न्छ भने चन्द्रमास भित्रको चन्द्रमानका गणना अनुसार आउने तथा घटबढ हुने शुक्लपक्ष र कृष्णपक्षका दिन परेवा(पारु)देखि अौंसी वा पूर्णिमासम्मका दिनदाई तिथि भनिन्छन् । चन्द्रमा र सूर्यबिचको देशान्तरिय कोणको १२ डिग्रीको वृद्धी हुने समय मापलाई तिथी भनिन्छ, सामान्यतया १९ देखि २६ घण्टासम्मको एउटा तिथी हुन्छ ।पक्ष भन्नाले १५ वटा तिथीहरु हुन र कृष्ण र शुक्ल पक्ष गरि दुईवटा पक्षहरु हुन्छन् ।दुईवटा पक्षहरु मिलेर लगभग २९ दशमलव ५ तिथीको एउटा मास हुन्छ । नयाँ चन्द्र उदाएपछी कृष्ण पक्षको अध्यारो निष्पट्ट समय सम्म पक्ष एक मास हो ।    यी नै तिथिहरुमा सनातनीहरुको चाड पर्वसमय दिन परेका हुन्छन् । त्यस्तै नै सोही तिथि गणना अनुसार नै विभिन्न धर्म, कर्म कार्यको शुभ साइतहरु पनि देखाइन्छ ।
       सनातनि नेपालीले पञ्चाङ्गमा उल्लेखित वाक्य र निर्देशित कुराहरुलाई  नै ब्रम्हबाक्य सरह मन्ने परम्परागत संस्कार रहिआएको छ । नेपालीले ब्रम्ह वाक्य सरह नै मान्दै आएको प्रचलित बिक्रम सम्बतको पात्र बिगत २ हजार बर्ष देखि सुधार नगरिएको र अयन चयनको प्रभाव बाट ६४० बर्ष देखि नै पञ्चाङ्ग(पात्र)को तिथिमिती बिग्रदै आएको र हरेक ७२ बर्ष पछि १ दिन घट्ने भन्ने खगोलिय शास्त्रीय गणना  अनुसार अहिले सम्म २४ दिन पछि पर्न गै एक पूर्णिमा पर सरि पञ्चाङ्गमा उल्लेखित पर्वहरुको तिथिमिती फरक परिरहेको छ भन्ने यथार्थता बारे खगोलिय शात्रबिद लगायत सबै ज्योतिषिहरु एवं नेपालको पञ्चाङ्ग निर्णायक समिती तथा राज्यले समेत स्विकार गरि प्रचलित पञ्चाङ्गमा पर्वका तिथिमिती सुधार गर्नु पर्ने खड्किरहेको आजको अवस्थामा सुधार गर्दा हुन सक्ने संभावित समस्याहरु बाट डराएर पञ्चाङ्गमा सुधार नगरि अशुद्ध  तिथि समयमा चाड पर्व, धर्म कर्म, जन्म कर्म तथा पितृकार्य कर्म गर्न सनातनी नेपालीलाई बाध्यता पार्नु भनेको पञ्चाङ्ग निर्माण कर्ताहरु, पञ्चाङ्ग निर्णायक समिति र नेपाल सरकारले सर्वसाधारण जनतालाई झुक्याउनु नै हो ।
          तीन तीन वर्षमा ( २ वर्ष ८ महिना १६ दिन ४ घडीमा ) आउने मलमासका कारणले सयन संक्रान्ती र विषुवत् संक्रान्ती याने प्रचलित संक्रान्तीका दिन र समयहरु परक पर्दै गएको  यथार्थतालाई चारसय वर्ष अघिका नेवा: बिज्ञहरुले महसुस गर्दै पुस पूर्णेमाका दिन मनाउने य:मह्री चाडलाई एक महिना आगादी याने मङ्गसिरको पूर्णेमा सारी पर्व सुधार गरि मनाउँदै आएको भन्ने यहाँ कुनै लिखित दस्ताबेज हाल सम्म फेला नपरे तापनि यहाँ जनस्रुती भने रहेको पाइन्छन् त्यसैले य:मह्री पुन्हिंका दिन देखि दिन लामो हुने भन्ने नेवा: समुदायमा कथन रहेको पाईन्छ जबकी प्रचलित पञ्चाङ्ग अनुसार माघ १ गतेतिर मात्र दिन लामो हुने गर्छन्  ।
        य:मह्री पुन्हिं देखि दिन क्रमश: लामो हुँदै जाने भने नेवा: समुदायको कथन लाई पर्व सुधारको मूल आधार मानेर  सवैले मनन् गरेर अगादी बद्ने हो भने पञ्चाङ्कमा पर्व संग सम्बधित तिथिमितिहरु सुधार गर्न सकिने निश्चितत्ता छ ।
      यसर्थ सौरमान र चन्द्रमान अनुसारको गणितीय गणनाको वास्तविक समयमा गर्नु पर्ने सनातनी धर्म,कर्म, जन्म कर्म तथा मृत्यु कर्म संस्कार र चाडपर्वहरु न मनाउँदा त्यसबाट पाउनु पर्ने फल नपाउनेे मात्र नभै  कर्ता, कर्ताका घर परिवार तथा देश र जनतामा नकारात्मक प्रभाव पर्ने नै हुँदा पर्व सुधार राष्ट्रीय कार्यदलले ०६४ सालमा नै नेपाल सरकारलाई बुझायको प्रतिबेदनलाई कार्यान्वयन गरि पञ्चाङ्गमा पर्वसमय सुधारको आवस्यक छ ।

प्रकाशमान शिल्पकार
शुभ मुहूर्त पूर्णाङ्क २ अाषाद २०७६

Tuesday, August 6, 2019

राधाकृष्ण झुला अागन्तुक संस्कृतिका रुपमा विकसित हुदै

राधाकृष्ण झुला   अागन्तुक संस्कृतिका रुपमा विकसित हुदै
प्रकाशमान शिल्पकार
         भाद्र कृष्णजन्माअष्टमी पछि मात्र कृष्ण  झुला गर्ने हामी सनातनी नेपाली संस्कृति हो तर कृष्ण जन्मिनु अगावै साउन महिलानामा ..वर्षा ऋतुको अभिनयका रुपमा... राधा कृष्ण झुला गर्ने नेपाली परम्परा छैन । तथापि केही वर्ष यता देखि काठमाण्डौ वासी भारतिय संस्कृति अनुसारको साउन महिनामा हुने... राधा कृष्ण झुला महोत्सव गर्दै भक्ति रसस्वालमा चुर्लुम्म दुब्दै गएको छ ।
        भारतको बृन्दावनमा शास्त्र पढेर अाउनु भएका खास गरेर वैष्णवी  दीक्षा लिएर अाएका अाधुनिक पण्डित गुरूहरुबाट भित्र्याएको बृन्दावनमा वर्षेनी अाउने वर्षा ऋतुको अभिनयका रुपमा महोत्सवकै रुपमा मनाउदै अाएको राधाकृष्ण झुला संस्कृति वैष्णवी    गुरूहरुको प्रभावमा पर्दै काठमाण्डौको घर घरमा साउन महिनामा छाउन थालेको प्रष्ट नै देख्न सकिन्छ । बृन्दावनमा बाहेक भारतको सबै ठाउँमा राधाकृष्ण झुला संस्कृति नभएका अवस्था पनि अाज काठमाण्डौको नयाँ संस्कृतिका रुपमा  छाउदै गएको छ ।
         नयाँ अागंतुक राधाकृष्ण झुला संस्कृतिले नेपाल र नेपालीको संस्कृतिमा  खासै नकारात्मक असर परेको नदेखिए तापनि यसले महिलाहरुमा साउन भरी हरियो चुरा, हरियो पहिरन र हरियो टीका लगाउने फेसन अाएको छ जसले गर्दा सम्बन्धित व्यापारिहरुलाई लाभ हुँदै गएको छ । त्यस्तै गुरु पण्डिहरको लागि पनि एउटा अाम्दानीको राम्रै स्रोतका रुपमा विकसित हुँदै गएको देख्न सकिन्छन् । साउन महिनामा प्रभावकारि वैष्णवी गुरुको राधाकृष्ण झुला गर्न भ्याई नभ्याई हुन्छ । कहिलेकाहिं तः एकै दिनमा पनि तीन तीन ठाउँमा पनि एकै गुरूले राधाकृष्ण झुला गरेको पाईन्छ ।
         साउनको महिना, वृन्दावनको मनोरम वातावरण, कलकल खोला बगिरहेछ, चराहरूको चिरबिर सङ्गीत बजिरहेछ, बाटिकामा थरीथरी पुष्पहरूको सुगन्धित वायु बहिरहेको छ । यही अनुपम आनन्ददायक परिवेशमा कदमको रूखको हाँगामा टाँगिएको झुला (पिङ)मा कुनै बेला श्री राधाजी बस्नुहुन्छ, श्रीकृष्णले पिङ हल्लाउनु हुन्छ अनि राधाजी मन्द मुस्कानसहित पिङको मजा लिनुहुन्छ । कुनै बेला दुवै पिङमा बसेर झुल्छन् । यो दिव्य दृश्य हेरेर भाग्यवानी गोपगोपी पशुपन्छी सबै अनुपम आनन्द, आह्लादमा विभोर हुन्छन् । द्वापरयुगको अवतारकालमा भगवान् श्रीकृष्ण र श्रीराधाजी बीचको यही लीलाको स्मरणमा प्रत्येक वर्ष साउन महिनामा  बृन्दावनमा श्री राधाकृष्णको झुला महोत्सव गर्छन् ।
        राधाकृष्ण झुलामा भक्तिमय भजनकृतन र नाचगान तः हुन्छ नै थप विशेष रमाइलो भनेको गोपिनिहरुको अभिनयमा महिलाहरुले चुराले भरिएको टोकरी सिरमा राखेर नृत्य गर्दै अन्य भक्तिनी महिलाहरुलाई राधिकाको प्रशाद स्वरुप चुरा वितरण दृष्य तथा दही चोर कृष्णको दहीलिला झल्काउने दृष्य स्वरुप दहीको छ्यापाछ्याप दृष्य अति रमाइला दृष्यहरुले धेरैलाई अाकर्षित गरेको देखिन्छन्  । त्यसैले पनि भारतिय संस्कृति राधा कृष्ण झुला महोत्सव काठमाण्डौ वासीको अागन्तुक संस्कृतिका रुपमा विकसित हुदै गएको छ ।

Thursday, August 1, 2019

तात्ततातो कुराउनी खान्दा

तात्ततातो कुराउनी  खान्दा
प्रकाशमान शिल्पकार
      गएको गुरु पूर्णेमाका दिन अर्थात यहि गएको ३१ असारका दिन म र नुवाकोट घर भई हाल स्यूचाटार बस्नु हुने ८३ वर्षिय बयोबृध्द हरी प्रशाद खनालजी संग भक्तपुर चाङ्गुनारायण नगरपालिका वडा नं ७ स्थित एतिहासिक पूण्य तिर्थस्थ बागेश्वरी माहादेब र बिरा त्रिबेणि धाममा जाने अवसर पाएका थियौ । गुरु पूर्णेको एकदिन अगादि नै भोलि  बिहान ६ बजे नै जाने भन्ने हामी दुईको सल्लाह भएकाले ३१ गते मङ्गरवार बिहान ४;३० बजे उठेर तयार भए । बिहानको नित्य कर्म सकाए ५ बजे एक कप कालो चिया खाए । मलाई हाम्रो देशको राष्ट्रिय रोग ग्यास्तिक भएकाले बिहान उठ्नासाथ तत्काल थर्मसमारहेको एक गिलास तातो पानी bed hot watter खाने र नित्यकर्म पश्चयात एक कप कालो चिया खाने बानी नै परिसकेको थियो । चिया खायर एटा सानो छाता साथमा लिएर ५:३० बजे घरबाट निस्केर श्री कलङ्की माई/ कल्खु अजिमा दर्शन गरेंर बृध्द खनालको प्रतिक्षामा रहे । 
        खनालजी समयको निकै ख्याल राख्नु हुदो रहेछ ठीक ६:०० बजे कलङ्की मन्दिरमा अाईपुग्नुभो र वहाँले कलङ्की माता दर्शन गर्नु भए पछि हामी दुबै जना संयुक्त यातायातको सार्वजनिक बसमा बसेर गोङ्गबुँ बसपार्क बाट भक्तपुर बागेश्वरी हेल्ठपोष्ट सम्मको रुत गाडी पाउने अासमा नयाँ बसपार्क तर्फ हुईकियौ । बसपार्कमा बसबाट अोर्लेर भक्तपुुर बागेश्वरी हेल्थपोष्ट सम्म जाने रुट बस खोजि गर्दा बस अाएको छैन भन्ने थाहापाए पछि हामी भक्तपुर कमलबिनणायक रुट गाडीमा बसेर गयौ । बस कमफबिणायक रोके पछि हामी दुबई बस बाट ओर्लेर नगरकोट जाने बाटो तर्फ लागेर त्यहाँबाट बागेश्वरी हेल्थ पोष्ट जान बस खोज्यौ तर दुर्भाग्य बागेश्वरी हेल्थ पोष्ठको सडक बिग्रेकाले बस नचलेको भन्ने हामिले जानकारि पायौ । बस चल्या छैनन् रे त के गर्ने भनरे मईले खनाल जीलाई सोधे । तिर्थमा जाने भनेर अाए पछि हिडेरै भए पनि जाने भन्दै थियो म भने  सरस्वति थान जितपुरको गाडीबाट बागेश्वरी जान बाटो छ छैन बुज्दै थिएँ । नभन्दै जितपुरको गाडि बाट पनि जान सकिन्छ भन्न थाहा पाएँ र हामी सरस्वति थान र जितपुर जाने बसमा चढ्यौ ।
      बसमा चढेर सिटमा बसे पछि चालकलाई बागेश्वरी महादेब मन्दिर सम्म जाने अनुकुल ठाउँमा हामीलाई वरालिदिन अनुरोध  गर्दा बसमा पहिला नै बस्दै गरेका भद्र महिला रूषको एक जोडिले हामी पनि त्यतै नै जान लागेको हो भनेकाले हामी ढुक्क भयौ किनकि हामिलाई  जितपुरबाट बागेश्वरी जाने बाटो धाहा थिएनन् । उक्त भद्र महिला पूरुष संग बागेश्वरी महादेबका पौराणिक महत्वका बारेमा कुरा गर्दै मईले गुरु पूर्ण्यमा दिन त्यहा मेला लाग्ने भनेर प्रचलित पञ्चाङगमा पनि लेखे छ भन्दा पात्रमा समेत लेखेको छ भन्ने वाहाँरुलाई जानकारि रहेन छ ।
       मईले अाफुलाई थाहा भएनुसार बागेश्वरी महादेब र त्यहाको बिरा, भद्रा र तमसा नदि तथा त्यस्को धार्मिक तथा ऐतिहासिक महत्वका वारेमा छोटकरीमा परिचयात्मक जानकारि दिन्दै भन्दै गए -
       ॐ नमः बागिश्वरायका पूण्य भूमि प्राचीन नेपाल निर्माता महामञ्जुश्री तातकालिन तिबतको राज्य ल्हासा बाट भूमिगत मार्ग हुँदै थाकलमथको एउटा अोदार बाट यहाँ अागमन भएको ऐतिहासिक स्थल रहेको हिमवत्खण्ड नेपालमण्डलको महमण्डलेस्वर पहाड( रत्नचुड पर्वत )को काखमा अवस्थि अति तपोभूमि  पर्वत जहाँ पौराणिक कालका एक खतरनाक दस्यु रत्नाकर जस्को प्रमूख पेशा नै मानिसको हत्या गर्नु र लुत्नु रहेका थिए । उनै रत्नाकर डाका देवऋषि नारदमूनिको कृपाले सत्मार्गमा अाउनु भई नारदमुनिले दिनु भएको बिपरित राम नाम मन्त्र अर्थात " मरा " मन्त्र जपेर घोर तपस्या गरि तपसिध्द हुन गई वाल्मीकि नामबाट पौराणिकालमा अति ख्याति हुनु भई  रामायण रचयिताको वाल्मीकि ऋषिको सिध्दभूमि हो।
        नेपाल महात्मेमा उल्लेख भए अनुसार  दोलागिरी पर्वतको आग्ने कोणमा विरा नदि र भद्रा नदि नामक दुई नदिहरुको संगम स्थलको दोभानमा तेजस्वी ऋषिमुनिहरु बाट नदिहरुमा सर्वश्रेष्ठ भएकी तमसा नदिलाई तपशक्ती बाट आह्वान गरि गुप्तरुपमा गंगा बहण हुने गरि त्रीवेणि धामको रुप दिनु भएको र पछि यश त्रीवेणि धाममा घटोत्कच, आदि जस्ता तपोवलका हजारौ ऋषिमुनिहरु आई तपस्या गति सिध्दी प्राप्त गरेको भन्दै बागेस्वरी महादेव र विरा घाट त्रीवेणी धामको महिमा उल्लेखित गरेको पाईन्छन् । 
         वैदिक सनातनी धर्म संस्कार अनुसार गुरुलाई सम्मान प्रदान गर्ने पर्वकारुपमा सनातन देखि चल्दै आएको आषाद गुरु पूर्णिमा ( दिला पून्ही) मा यस बागेस्वरी विरा घाट त्रीवेणी धाममा स्नान गरि बागेस्वरी महादेवको दर्शन गरेमा  ( वाल्मीकि ऋषिले स्थापना गरिएको शिवलिङ्ग भएर बागीस्व महादेव भनेका हुन् । बागीस्वर महादेवको दर्धन गर्नाले वाणीको ऐस्वर्य बढ्ने छ । आषाद पूर्णिमा ( गुरु पूर्णेमा) कादिन दर्शन गर्नाले अक्षय स्वर्ग प्राप्ती हुनेछ ।
नेपालमहात्मय् तृतिय अध्याय्   स्लोक नं ।। १९-२० ।।)
 अक्षय फल प्राप्त हुन्छ भन्ने धार्मिक आस्था र विस्वास रहि आएको पाईन्छ न् । सायद यसैले नै पञ्चाङ्ग ( पात्रमा ) गुरु पूर्णिमाका दिन भक्तपुरको विरा नदिमा स्नान गर्ने भन्ने समेत चाद पर्व विवरणमा उल्लेखित गर्दै आएको पाईन्छन् । प्रचार प्रसारको अभाभमा यस तिर्थस्थलको महिमा र महत्व धर्म शास्त्रहरुमा मात्र  सिमित हुँदै गई पूण्य तिर्थस्थल नै ओझलमा पर्दै लोप नै हुने स्थितिमा पुगेको अवस्था छ । यस तिर्थस्थलको र यहाँको महिमाका बारेमा व्यापक प्रचार प्रसार गर्न सकियमा आन्तरिक तथा बाहिय धार्मिक पर्यतकहरुलाई आकर्षित गर्न सकिन्छन् । 
         यस बागेस्वरी विरा घाट त्रीवेणी धामको पूर्व तर्फ यसै पर्वतको काखमा विद्या शुभारम्भ गर्दा गुरु बाट प्रदान गरिने पहिलो वाक्य " ॐ नम: बागिस्वराय " का बिज्ञ गुरु तथा  प्राचीन नेपालका निर्माता महामञ्जुश्री तिवतको ल्हासाबाट भूमिगत मार्ग हुँदै आगमन हुनु भएको भूमिगत मार्गको गुफाको द्वार ( पाक्व) रहेको छ । जसलाई स्थानियहरुले ल्हासा पाक्व ससुद्य: (सस्युुुुद्यः) भनि अति सम्मानका साथ पुज्दै आएको पावन स्थल रहेको छ । त्यस्तै यस पर्वतमा बागेस्वरीको अलि माथी उतर पश्विममा बागेहिटी रहेको छ । यो बागेहिटी माछाको मुखको आकारको धुङ्गे धाराबाट पानी अविरल आईरहेको छ भने यस बागेहिटी परिसरमा करिव १४ सय वर्ष अगावैको त्रीशिवलिङ्ग छ जुन एक शिवलिङ्ग माथी अर्को शिवलिङ्ग र त्यसमाथी अर्को शिवलिङ्ग खप्टिएयर रहेको त्रीशिवलिङ्ग हेर्न देख्न सक्छौ ।
          म बागेशेवरी महादेबका बारेमा अजै थप कुराहरु भन्दै थिएँ त्यतिकैमा गाडी चालकले जितपुरको एक ठाउँमा गाडी रोक्दै    सडकको उत्तर तर्फको धान रोपिराखेको खेतको डिल बाटो देखाउदै तपाईहरु यता बाट खेतको डिलैयिलबाट जानुस भनेर बागेश्वरी महादेब मन्दिर जाने हामी चारजना  वरालेर गाडि सरस्वतिथान तर्फ अगि बढे । त्यति बेला सम्म घडीमा ९:०० बजी सकेका थिए ।
        महीला पूरुष  खेतको डिल बाटो देखेर अलमलिन्दै यो बाटो हैन जस्तो छ चालकले हामीलाई निकै तल वरालेर गए जस्तो छ भन्दै बस गए तर्फ नै पैदल गयो हामी दुई भने सडकबाट तल लाग्दै त्यही धानखेतको अालि बाटो बाटै बागेश्वर महादेब तर्फ लाग्यौ । अालि बाटो हिलाम्मे थियो दुईतिन पाइला तः हिलाम्मेमा पुरै धसिहाल्यो । करिब पन्ध्र मिनेट जति हिडे पछि बागेश्वरी हेल्थपोष्ट अगादिको सडकमा पुग्यौ । बागेश्वरी सडक बस चलाउन नहुने अवस्थामा रहेको पाइयो ।
         हेल्थपोष्ट बाट कच्चि सडक हुँदै हामी उकालो चढ्दै गयौ बाटामा हामीले बागेश्वरी महादेब पूजा गरेर फर्केका भक्तजनहरु देख्यौ । करिब पन्ध्र मिनेटको उकालो चढे पछि हामी बाटो बाट दायाँ तर्फ अलि भित्र गोरेटो बाटो भित्र रहेको बागेश्वरी महादेब मन्दिर प्राङ्गणमा पुग्यौ । मईले अाफ्नो नाडी घडीमा  त्यतिबेला १०:०० ुबजेको पाएँ ।मन्दिर प्राङ्गणमा भक्तजनहरुको भिड थियो । मन्दिर प्राङ्गणमा मै रहेको हल जस्तो ठाउमा केही भक्तजनहरु धार्मिक प्रवचन गर्दै गरेको देखिन्थ्यो । हामी अमूर्त बागेश्वरी महादेब सामु समुपस्थित श्रध्दा र भक्तिका साथ नतमस्तक भई सिरझुकायौ त्यहि मन्दिर परिसरमै रहेको बिरा, भद्रा र तमसा नदिको त्रिवेणी तर्फ जान केहि खुत्किलाहरुबाट तल झरेर त्रिवेणीमा हातमुख धोइ अाचमन गरेर पुनः माथि गयर म  अमूर्त बागेश्वरी महादेब अगालि घुँडा टेकेर दूईहात जोडेर मनमनले महायोगि श्रीश्रीश्री मुरु गोरखनाथ, निखिलेश्वरानन्द, कुलगुरु बिश्वकर्मा र गुर बाल्मिकिलाई स्मरण गर्ददै महादेबलाई नमनगर्दै ढोक गरें । खनालजी भने झोला बाट पूजाका सामाग्री निकालेर पूजा अर्चना गरे अनि एक ठाउमा बसेर जप पाठ गर्न थाल्नुभो म चाहिं प्रवचन गर्दै गरेको हलमा हेर्न गएँ त्यहा प्रवचन कार्क्रमा रहनु भएका भक्तवनहरुको हुलमा मईले परिचित दुईजना सजनहरु युवा संस्कृतिबिद ॐ धौवदेल र स्थानिय प्रेम प्रशाद काफ्लेजीलाई देखे । धौबडेलजीले मलाई देख्नासाथ हात उठाउनु भो मईले दुईहात जोडेर अभीवादन फर्काए । धौबडेललजी संग मेरो सामाजिक संजाल फेशबुकमा मात्र सिमित परिचय थियो तर अाज हाम्रो प्रत्यक्ष परिचित हुने अवस्था गुरु पूर्णेमाले सृजना गरेको देखिन्थ्यो ।  प्रवचन चल्दै नै थियो म पुनः त्यहाँ बाट बाहिरिएर अाफ्नो मोबाइलको क्यामराले मन्दिर, त्रिवेणी र प्रवचनको केही चलछाया कैद गरें करिब १०:३० बजेतिर बागेश्वरी महादेब मन्दिर प्राङ्ण भन्दा माथि ६४ शिवलिङ् भएको उकालोको गोरेटो बाट हुँदै अघि बसमा अाउदा भेटेका महिला पूरुष तल झर्दै गरेको देखें । वहाँहरु लाई मईले ए.... तपाईहरु भरखर अाईपुग्नु भो ? भने अनि वहाँहरुले अँ गाडि तल रोके छ समथर बाटो अलि माथि रहेछ हामी त्यहि बाटो हुँदै अाएकाले ढिलाइ भयो ,हिड्न नसक्नेलाई लाई चालकले गर्दा झन बढि हिडेर अाउनु पर्यो भन्दै मन्दिर प्राङ्गणमा अाई पुग्नु भयो । खनालजीको जपपाठ अझै चल्दै नै थियो म पुनः प्रवचन सुन्न कार्यक्रम स्थलमा गएर बसें ।
       केही बेर पछि प्रवचन सके पश्च्यात सामुहिकरुपमा वाल्मीकि गुरुध्वजा पुजन भयो म प,नि त्यसमा समावेस भएर ध्वजा पूजन र धोक  गरें । त्यस पश्च्यात पुनः त्रि-लेखकले लेख्नु भएको साँखु देखि बागेश्वरी हनुमान घाट सम्मको नामको पुस्तकको पाण्डुलिपि त्रि-लेखक अा-अाफुले बागेश्वर महादेब संरक्षण समितिका अध्यक्ष....... लाई हस्तान्तरण गरेका थिए । साँखुका बारेमा प्रकाशमान श्रेष्ठ, बागेश्वर महादेबका बारेमा प्रेम प्रशाद काफ्लेफे र भक्तपुर हनुमान घाट सम्मका बारेमा युवा  संस्कृतिबिद ॐ धौबदेलजीले लेख्नु भएका थिए । सम्पूर्ण कार्यक्रम सकेपछि धौबदेलजी संग मेरो प्रत्यक्ष पहिलो पटक भेटभएर सानो कुराकानी भएका थिए । साउन महिनाको अन्तिम दिन भएकाले अाफ्नो कार्यालयको अाफु जिम्मामा रहेका हिसाब किताब क्लोजिन गर्नु पर्ने भन्दै हतार मान्दै बिदालिन्दै जानू भयो । घडिको सूईले ११:०० देखाई सकेका थिए । खनालजीले पनि अाफ्नो जपपाठ सिध्याईको सकेर उठिसकेका रहेछन्। खनालजी लाई भोक लाग्न थालेकाले होलान् अब यता कतातिर दूध दहि पाउला भन्न थाले ।  तलतिर पाईन्छन् होला भन्दै हामी त्यहाँ बाट फर्कन तयार भयौ ।
      पुनः एक पटक बागेश्वर महादेबलाई धोकेर हामी मन्दिर प्राङणबाहिर अायौ । अघि धान खेतबाट अाउदा हिलाम्मेमा टेकेर अाउनु परेकाले भए सम्म हिलोमा टेक्न नपरोस भनी अघि हामी संगै बसमा अाएका तर धान खेतको अालि बाटो बाट नअाई जितपुरको माथिलो कचि बाटो बाट महिलापूरुष अाएको बाटो बाट जान ६४ शिवलिङ तर्फ लाग्यौ सबै शिवलिङकको परिक्रमा गरि कच्चि बाटो हुँदै जितपुर पानी ट्याङ्की घुम्ती सडक तर्फ गयौ । बाटोमा भेटिएका र खेतमा काम गर्दै गरेका मानिस लाई यता लुध दही कता पाउँछन् भन्दै खनालजी सोधखोज गर्दै अघि बढ्दै थियो करिब पन्ध्र मिनट हिडे पश्च्यात मूल सडकमा पुग्यो । मूलसडक बाट माथि उकालो गयो भने ल्हासापाक्व सःस्यु द्यः / सरस्वतिथान पुग्ने भएकाले हामी तल वरालो झर्दै गयो । खनालजी त्यहा देखापरेका पसलहरुमा दूध दही खोज्दै थिए ।
     हामी वरालो झर्दैजादा करिब दस मिनट पछि अघि हामी बसबाट वर्लेको थाउ नाघि घुम्ति चौतारा र सानो मनदिर नाघे पछि सडकको दायाँ छेउमा एउटा सानो सूचना पाटीमा खुवा यता पाईन्छ भनेर लेखिएको देखियो । हामी त्यतै लाग्यौ सडक भन्दा भित्रको एक घरको छिँढीमा खुवा बनाउदै गरेको कारखाना देखियो । खुवा कारखानामा दूईजना खुवा मिस्त्रि पाँच वटा अागो दन्किरहेको चुलोमाथि राखिएको ठूलो कराईमा
हरुमा  कुराउनि घोट्दै थिए । खनालजी कुराउनी घोट्दै गरेका मिस्त्रिलाई यहाँ तात्ततातो दूध पाईन्छ भन्दै त्यहाँ रहेको मुडामा बसे । खुवा मिस्त्रिले पनि पान्छ भन्दै हामीलाई स्वागत गरेर बसालेर अर्को भित्रको छिँढीमा बसेका महीलालाई दुई गिलास तातो वहाँहरूलाई दिनु तः भन्दै अादेशसूचकमा अावाज लगाए । मईले भनृ कुराउनि घोट्दै गरेको दृश्यलाई अाफ्नो मोबाइलमा कैद गर्ने मनसायले खल्तिबाट मोबाइल निकाल्दै भिडयो खिच्न मिल्छ भन्दै प्रश्न गरें खुवामिस्त्रिले पनि हुन्छ किन नहुनु र भन्ने जवाफ पाए पछि करिब   मिनटको कुराउनि बनाउदै गरेको चलचित्रछाया याने भिडियो लिए ।
    भित्रको छिँढी बाट एक अधबैसे महिला स्तिलको दुई चियाग्लासमा भरि तातो लुध लिएर बाहिर अाएर हाम्रो अगाडि राखे। खनालजी भने हैन दुई दुई गिलास नै ल्याउनु भन्नू भो । मईले भने हैन मत एक गिलास मात्र खान्छु भने तरखनालजी चाहिँ हैन दुई गिलास नै पिउनु पर्छ भन्दै कामदार र गरे । दूध ल्याउने महीला योनि खानुस न म पछि एक एक गिलास थपिहाल्छुनि भन्नू भो तर खनालजी भने है न अहिले नै ल्याउनुि भन्नू भो र महीलाले पनि हामी दुबैजनाको अगाडि भरिएको तात्ततातो दुई दुई गिलास दूध राखि दिए । मईले अनकनाई अनकनाई दूध खानथाले । एउटा गिलासको दूध रित्तिया छैन खुवा पनि खानु पर्छ भनी खनालजी भन्नू भो  मईले म खान्न बरु घरको लागि एक पाउ लाने भने तर खनालजी हैन खानै पर्छ भन्नथाले खुवामिस्त्र पनि खुवा कारखानामा अाए पछि खुवा खानु पर्छ सय् सय् खानुस भन्दै भित्रको छिँढिमा रहेका महीलाई दुईथाममा सय सय ग्राम ताताो खुवा रादेर लिनु भने र महिलाले पनि तात्ततातो खसवा रिकापिमा राखेर एउटा काठको चम्चा सहित लिए । रित्तो गिलास भुईमा राखेर खुवाभएको स्तिलको रिकापी हातमा लिएर भिनिस्ता काठको चम्चाले तात्ततातो कुराउनी फु फु गर्दै मुखमा हाले । तातत्ततातो कुराउनी कहिले नखाएको र एक गिलास तातो लुध खाएको लगत्तै खाएकोले होकि मलाई कुराउनि खासै स्वादिलो लागेन तै पनि फु फु गर्दै बिस्तारै खान सकाएर पुनः अगादि राखेको एक गिलास दूध पनि खाएर गिलास रित्याए । त्यति बेला सम्म हामी दुब‌लाई घरकोलागि एक एक पाउ कुराउनी पोलिथिन झोलामा हालेर दिए । दूध र खुवाको पैसा दिएर हामी तल झर्दै गयौ बस कुर्नुको सत्ता बिस्तारै हिडडै गयौ। नाडी घडीले मध्यानको १२:०० देखाईसकेको थियो । केहिबेर हिडे पछि पछादि बाट बस अाएको अावाज अाएकाले हामीले बस रोकेर चढ्यौ ।
    बसले अन्तिम बिसाउनि कमलबिणायकमा हामीलाई वराले पछि हामी कमलबिणनयक बसपार्क बाट रत्नपार्क जाने अर्को बसमा चढेर काठमाण्डौ तर्फ अायौ ।  बस कोटेश्वर नपुग्दै मेरो पेटले हल्का हल्का अावाज दिन थालिसकेका थिए । मईले खनालजी तपाईं सिधा सहित गेतमा वर्लिनुस म बबरमहलमा वर्लनछु मेरो काठमाण्डौ जिल्ला अदालतमा मेरो मित्र कपिल तुलाधारको अाज मुदा पेशि भएकाले म जानू पर्छ भने । कोटेश्वर अाईपुगे पछि खनालजी यहीं बाट कलंकी जाने बागमती यातायतको माईक्रोमा बसेर जान्छु भन्दै त्यहि कोटेश्वरमा वर्ले म भने त्यहि बसमा ने बसेर बबरमहलमा वर्लेर अदातमा गए । अदातको खाजा समय भएकाले कपिललाई मईले अदालतको चमेना गृहमा मलाई कुरेर बसेको भेटाए । मुदाको बहस सकिसकेको अब निर्णय सुनाउन र सुन्न बाकि छ भनी कपिले भनेकाले म पनि त्यहि प्रतिक्षामा बसें । मेरो पेटमा गुर गुर  कुर कुर अावाज अाउदै थियो । केही छिन पछि तः मलाई ट्वाईलेट जान हतार भईसकेकाले ट्याईलेट गएर अाफुलाई हल्का गरे यो क्रम दोहोरिन्दै गयो । बेन्चले मुदाको निर्णय सुनाएको थिएन। समय अपरान्हको ४ः३० बजि सकेका थिए ४:४५ मा मुदाको निर्णय बाहिर अायो बादि दाबि पुग्ने निर्णय भए छ याने हामी जिते छ । हामी दुबईको अनुहारमा मुदा जितेको खुसिछाएको थियो । खुसिको खबर लिएर मुस्कान सहित म मित्र कपिलको बाईकमा बसेर हामी अदालत बाटबाहिरियर फिब्व ख्यः/ माईति मण्डला तर्फ लाग्यौ मण्डलामा लोकसेवा अायोगको असमाबेसी बिग्यापन बिरुध्द धर्नामा अान्दोलनकारि बसिरहेका थिए मलाई पनि त्यो धर्नामा एक छिन भए पनि जान मन थियो तर मेरो पेटले त्यो गर्न दिएन त्यसैले मलाई घरमा पु्र्याउनु भनी कपिललाई भने उनले पनि मलाई सिधा कलङ्कीमा पुर्याए फर्के म घर भित्र पुग्नासाध ट्वाईलेटमा गए घरमा पनि करिब रातिको ८:०० सम्म तीन चार पटक दोहराायर तेहरायर ट्वाईलेट गए । धन्न ८ बजे पश्च्यात त्यो क्रम रोकियो ।
     मलई मेरो मनमा कुरा खेल्दै थियो मलाई त: तात्ततातो कुराउनी खाँदा पेटले यस्तो समस्या दियो भने हरी प्रशाद खनाल तः ८३ वर्षका बृध्द झन् उनलाई के भयो होला भन्ने मनमा अनेक कुरा खेल्न थालेका थिए । वहाँको खबर बुझ्न वहाँको मोबाइलमा फोन गरें उताबा सम्पर्क हुन नसकेको मोबाइल बम्पनिको रेडिमेद जवाफ फर्कियो । मनमा अनेक कुरा खेलाउदै हल्का खाना खाएर सुते ।
    साउन ३१ गते बिहान उठेर नित्यकर्म सकाई अाफ्नो नियमित काममा लागे । कलङ्की मन्दिरमा असार ३१ अर्थात गुरुपूर्णेबाट चतुरमाष कथा सुरुभएकाले खनालजि पनि कथा स्रवन गर्न अाउनु पर्ने त्यो दिन अाएन  कलङ्की मन्दिरमा हुने प्रत्या एकादशि महात्म्य कथा नियमितरुपमा स्रवन गर्न अाउनुने खनलाजी चतुरमाश कथा स्रवन गर्न अाउानु भएन मईले पुनः मोबाइलमा फोन गरे् सम्पर्क हुन सकेन भन्नेउहि रेडिमेड जवाफअाईरह्यो । खनालजी चार पाँच दिन सम्म पनि चतुरमाष कथा स्रवन गर्नै अाउनु भएन न मोबाइलमा नै सम्पर्क नै भयो । छ दिन पछि खनालजी कथा स्रवन गर्न अाउनु भयो । मईले वहाझलाई भेट्ना साथ क्याहो तात्ततातो कुराउनीले लाग्योकि क्याहो भन्दै प्रश्न गरें । जवाफमा खनालजीले केही नभएको जपाफ दिनुभो । अनि यति दिन सम्म किन नअाउनु भएकोनि ? अनि मोबाइल के भएको जति फोन गरेनि सम्पर्क हुन सकेन भन्छ भने । वहाँ बाहिर गएकाले कथा स्रवन गर्न अाउन नपाएको मोबाईल नं. परिवर्तन भएको भन्ने जवाफले म तः जिल्ल नै परें ! म ५८ वर्षका व्यक्तिलाई तात्ततातो कुराउनी  नपच्ने ८३ वर्षिय वृध्दालाई चाहिँ पच्ने ? अचम्च भएन तः ?
      तात्ततातो कुराउनी  खान्दा
      गएको गुरु पूर्णेमाका दिन अर्थात यहि गएको ३१ असारका दिन म र नुवाकोट घर भई हाल स्यूचाटार बस्नु हुने ८३ वर्षिय बयोबृध्द हरी प्रशाद खनालजी संग भक्तपुर चाङ्गुनारायण नगरपालिका वडा नं ७ स्थित एतिहासिक पूण्य तिर्थस्थ बागेश्वरी माहादेब र बिरा त्रिबेणि धाममा जने खवसर पाएका थियौ । गुरु पूर्णेको एकदिन अगादि नै भोलि  बिहान ६ बजे नै जाने भन्ने हामी दुईको सल्लाह भएकाले ३१ गते मङ्गरवार बिहान ४;३० बजे उठेर तयार भए । बिहानको नित्य कर्म सकाए ५ बजे एक कप कालो चिया खाए । मलाई हाम्रो देशको राष्ट्रिय रोग ग्यास्तिक भएकाले बिहान उठ्नासाथ तत्काल थर्मसमारहेको एक गिलास तातो पानी bed hot watter खाने र नित्यकर्म पश्चयात एक कप कालो चिया खाने बानी नै परिसकेको थियो । चिया खायर एटा सानो छाता साथमा लिएर ५:३० बजे घरबाट निस्केर श्री कलङ्की माई/ कल्खु अजिमा दर्शन गरेंर बृध्द खनालको प्रतिक्षामा रहे । 
        खनालजी समयको निकै ख्याल राख्नु हुदो रहेछ ठीक ६:०० बजे कलङ्की मन्दिरमा अाईपुग्नुभो र वहाँले कलङ्की माता दर्शन गर्नु भए पछि हामी दुबै जना संयुक्त यातायातको सार्वजनिक बसमा बसेर गोङ्गबुँ बसपार्क बाट भक्तपुर बागेश्वरी हेल्ठपोष्ट सम्मको रुत गाडी पाउने अासमा नयाँ बसपार्क तर्फ हुईकियौ । बसपार्कमा बसबाट अोर्लेर भक्तपुुर बागेश्वरी हेल्थपोष्ट सम्म जाने रुट बस खोजि गर्दा बस अाएको छैन भन्ने थाहापाए पछि हामी भक्तपुर कमलबिनणायक रुट गाडीमा बसेर गयौ । बस कमफबिणायक रोके पछि हामी दुबई बस बाट ओर्लेर नगरकोट जाने बाटो तर्फ लागेर त्यहाँबाट बागेश्वरी हेल्थ पोष्ट जान बस खोज्यौ तर दुर्भाग्य बागेश्वरी हेल्थ पोष्ठको सडक बिग्रेकाले बस नचलेको भन्ने हामिले जानकारि पायौ । बस चल्या छैनन् रे त के गर्ने भनरे मईले खनाल जीलाई सोधे । तिर्थमा जाने भनेर अाए पछि हिडेरै भए पनि जाने भन्दै थियो म भने  सरस्वति थान जितपुरको गाडीबाट बागेश्वरी जान बाटो छ छैन बुज्दै थिएँ । नभन्दै जितपुरको गाडि बाट पनि जान सकिन्छ भन्न थाहा पाएँ र हामी सरस्वति थान र जितपुर जाने बसमा चढ्यौ ।
      बसमा चढेर सिटमा बसे पछि चालकलाई बागेश्वरी महादेब मन्दिर सम्म जाने अनुकुल ठाउँमा हामीलाई वरालिदिन अनुरोध  गर्दा बसमा पहिला नै बस्दै गरेका भद्र महिला रूषको एक जोडिले हामी पनि त्यतै नै जान लागेको हो भनेकाले हामी ढुक्क भयौ किनकि हामिलाई  जितपुरबाट बागेश्वरी जाने बाटो धाहा थिएनन् । उक्त भद्र महिला पूरुष संग बागेश्वरी महादेबका पौराणिक महत्वका बारेमा कुरा गर्दै मईले गुरु पूर्ण्यमा दिन त्यहा मेला लाग्ने भनेर प्रचलित पञ्चाङगमा पनि लेखे छ भन्दा पात्रमा समेत लेखेको छ भन्ने वाहाँरुलाई जानकारि रहेन छ ।
       मईले अाफुलाई थाहा भएनुसार बागेश्वरी महादेब र त्यहाको बिरा, भद्रा र तमसा नदि तथा त्यस्को धार्मिक तथा ऐतिहासिक महत्वका वारेमा छोटकरीमा परिचयात्मक जानकारि दिन्दै भन्दै गए - 
       ॐ नमः बागिश्वरायका पूण्य भूमि प्राचीन नेपाल निर्माता महामञ्जुश्री तातकालिन तिबतको राज्य ल्हासा बाट भूमिगत मार्ग हुँदै थाकलमथको एउटा अोदार बाट यहाँ अागमन भएको ऐतिहासिक स्थल रहेको हिमवत्खण्ड नेपालमण्डलको महमण्डलेस्वर पहाड( रत्नचुड पर्वत )को काखमा अवस्थि अति तपोभूमि  पर्वत जहाँ पौराणिक कालका एक खतरनाक दस्यु रत्नाकर जस्को प्रमूख पेशा नै मानिसको हत्या गर्नु र लुत्नु रहेका थिए । उनै रत्नाकर डाका देवऋषि नारदमूनिको कृपाले सत्मार्गमा अाउनु भई नारदमुनिले दिनु भएको बिपरित राम नाम मन्त्र अर्थात " मरा " मन्त्र जपेर घोर तपस्या गरि तपसिध्द हुन गई वाल्मीकि नामबाट पौराणिकालमा अति ख्याति हुनु भई  रामायण रचयिताको वाल्मीकि ऋषिको सिध्दभूमि हो।
        नेपाल महात्मेमा उल्लेख भए अनुसार  दोलागिरी पर्वतको आग्ने कोणमा विरा नदि र भद्रा नदि नामक दुई नदिहरुको संगम स्थलको दोभानमा तेजस्वी ऋषिमुनिहरु बाट नदिहरुमा सर्वश्रेष्ठ भएकी तमसा नदिलाई तपशक्ती बाट आह्वान गरि गुप्तरुपमा गंगा बहण हुने गरि त्रीवेणि धामको रुप दिनु भएको र पछि यश त्रीवेणि धाममा घटोत्कच, आदि जस्ता तपोवलका हजारौ ऋषिमुनिहरु आई तपस्या गति सिध्दी प्राप्त गरेको भन्दै बागेस्वरी महादेव र विरा घाट त्रीवेणी धामको महिमा उल्लेखित गरेको पाईन्छन् । 
         वैदिक सनातनी धर्म संस्कार अनुसार गुरुलाई सम्मान प्रदान गर्ने पर्वकारुपमा सनातन देखि चल्दै आएको आषाद गुरु पूर्णिमा ( दिला पून्ही) मा यस बागेस्वरी विरा घाट त्रीवेणी धाममा स्नान गरि बागेस्वरी महादेवको दर्शन गरेमा  ( वाल्मीकि ऋषिले स्थापना गरिएको शिवलिङ्ग भएर बागीस्व महादेव भनेका हुन् । बागीस्वर महादेवको दर्धन गर्नाले वाणीको ऐस्वर्य बढ्ने छ । आषाद पूर्णिमा ( गुरु पूर्णेमा) कादिन दर्शन गर्नाले अक्षय स्वर्ग प्राप्ती हुनेछ ।
नेपालमहात्मय् तृतिय अध्याय्   स्लोक नं ।। १९-२० ।।)
 अक्षय फल प्राप्त हुन्छ भन्ने धार्मिक आस्था र विस्वास रहि आएको पाईन्छ न् । सायद यसैले नै पञ्चाङ्ग ( पात्रमा ) गुरु पूर्णिमाका दिन भक्तपुरको विरा नदिमा स्नान गर्ने भन्ने समेत चाद पर्व विवरणमा उल्लेखित गर्दै आएको पाईन्छन् । प्रचार प्रसारको अभाभमा यस तिर्थस्थलको महिमा र महत्व धर्म शास्त्रहरुमा मात्र  सिमित हुँदै गई पूण्य तिर्थस्थल नै ओझलमा पर्दै लोप नै हुने स्थितिमा पुगेको अवस्था छ । यस तिर्थस्थलको र यहाँको महिमाका बारेमा व्यापक प्रचार प्रसार गर्न सकियमा आन्तरिक तथा बाहिय धार्मिक पर्यतकहरुलाई आकर्षित गर्न सकिन्छन् । 
         यस बागेस्वरी विरा घाट त्रीवेणी धामको पूर्व तर्फ यसै पर्वतको काखमा विद्या शुभारम्भ गर्दा गुरु बाट प्रदान गरिने पहिलो वाक्य " ॐ नम: बागिस्वराय " का बिज्ञ गुरु तथा  प्राचीन नेपालका निर्माता महामञ्जुश्री तिवतको ल्हासाबाट भूमिगत मार्ग हुँदै आगमन हुनु भएको भूमिगत मार्गको गुफाको द्वार ( पाक्व) रहेको छ । जसलाई स्थानियहरुले ल्हासा पाक्व ससुद्य: (सस्युुुुद्यः) भनि अति सम्मानका साथ पुज्दै आएको पावन स्थल रहेको छ । त्यस्तै यस पर्वतमा बागेस्वरीको अलि माथी उतर पश्विममा बागेहिटी रहेको छ । यो बागेहिटी माछाको मुखको आकारको धुङ्गे धाराबाट पानी अविरल आईरहेको छ भने यस बागेहिटी परिसरमा करिव १४ सय वर्ष अगावैको त्रीशिवलिङ्ग छ जुन एक शिवलिङ्ग माथी अर्को शिवलिङ्ग र त्यसमाथी अर्को शिवलिङ्ग खप्टिएयर रहेको त्रीशिवलिङ्ग हेर्न देख्न सक्छौ । 
          म बागेशेवरी महादेबका बारेमा अजै थप कुराहरु भन्दै थिएँ त्यतिकैमा गाडी चालकले जितपुरको एक ठाउँमा गाडी रोक्दै    सडकको उत्तर तर्फको धान रोपिराखेको खेतको डिल बाटो देखाउदै तपाईहरु यता बाट खेतको डिलैयिलबाट जानुस भनेर बागेश्वरी महादेब मन्दिर जाने हामी चारजना  वरालेर गाडि सरस्वतिथान तर्फ अगि बढे । त्यति बेला सम्म घडीमा ९:०० बजी सकेका थिए ।
        महीला पूरुष  खेतको डिल बाटो देखेर अलमलिन्दै यो बाटो हैन जस्तो छ चालकले हामीलाई निकै तल वरालेर गए जस्तो छ भन्दै बस गए तर्फ नै पैदल गयो हामी दुई भने सडकबाट तल लाग्दै त्यही धानखेतको अालि बाटो बाटै बागेश्वर महादेब तर्फ लाग्यौ । अालि बाटो हिलाम्मे थियो दुईतिन पाइला तः हिलाम्मेमा पुरै धसिहाल्यो । करिब पन्ध्र मिनेट जति हिडे पछि बागेश्वरी हेल्थपोष्ट अगादिको सडकमा पुग्यौ । बागेश्वरी सडक बस चलाउन नहुने अवस्थामा रहेको पाइयो ।
         हेल्थपोष्ट बाट कच्चि सडक हुँदै हामी उकालो चढ्दै गयौ बाटामा हामीले बागेश्वरी महादेब पूजा गरेर फर्केका भक्तजनहरु देख्यौ । करिब पन्ध्र मिनेटको उकालो चढे पछि हामी बाटो बाट दायाँ तर्फ अलि भित्र गोरेटो बाटो भित्र रहेको बागेश्वरी महादेब मन्दिर प्राङ्गणमा पुग्यौ । मईले अाफ्नो नाडी घडीमा  त्यतिबेला १०:०० बजेको पाएँ ।मन्दिर प्राङ्गणमा भक्तजनहरुको भिड थियो । मन्दिर प्राङ्गणमा मै रहेको हल जस्तो ठाउमा केही भक्तजनहरु धार्मिक प्रवचन गर्दै गरेको देखिन्थ्यो । हामी अमूर्त बागेश्वरी महालेब सामु समुपस्थित श्रध्दा र भक्तिका साथ नतमस्तक भई सिरझुकायौ त्यहि मन्दिर परिसरमै रहेको बिरा, भद्रा र तमसा नदिको त्रिवेणी तर्फ जान केहि खुत्किलाहरुबाट तल झरेर त्रिवेणीमा हातमुख धोइ अाचमन गरेर पुनः माथि गयर म  अमूर्त बागेश्वरी महादेब अगालि घुँडा टेकेर दूईहात जोडेर मनमनले महायोगि श्रीश्रीश्री मुरु गोरखनाथ, निखिलेश्वरानन्द, कुलगुरु बिश्वकर्मा र गुर बाल्मिकिलाई स्मरण महादेबलाई गर्दै ढोक गरें । खनालजी भने झोला बाट पूजाका सामाग्री निकालेर पूजा अर्चना गरे अनि एक ठाउमा बसेर जप पाठ गर्न थाल्नुभो म चाहिं प्रवचन गर्दै गरेको हलमा हेर्न गएँ त्यहा प्रवचन कार्क्रमा रहनु भएका भक्तवनहरुको हुलमा मईले परिचित दुईजना सजनहरु युवा संस्कृतिबिद ॐ धौवदेल र स्थानिय प्रेम प्रशाद काफ्लेजीलाई देखे । धौबलेजीले मलाई देख्नासाथ हात उठाउनु भो मईले दुईहात जोडेर अभीवादन फर्काए । धौबलेलजी संग मेरो सामाजिक संजाल फेशबुकमा मात्र सिमित परिचय थियो तर अाज हाम्रो प्रत्यक्ष परिचित हुने अवस्था गुरु पूर्णेमाले सृजना गरेको देखिन्थ्यो ।  प्रवचन चल्दै नै थियो म पुनः त्यहाँ बाट बाहिरिएर अाफ्नो मोबाइलको क्यामराले मन्दिर, त्रिवेणी र प्रवचनको केही चलछाया कैद गरें करिब १०:३० बजेतिर बागेश्वरी महादेब मन्दिर प्राङ्ण भन्दा माथि ६४ शिवलिङ् भएको उकालोको गोरेटो बाट हुँदै अघि बसमा अाउदा भेटेका महिला पूरुष तल झर्दै गरेको देखें । वहाँहरु लाई मईले ए.... तपाईहरु भरखर अाईपुग्नु भो ? भने अनि वहाँहरुले अँ गाडि तल रोके छ समथर बाटो अलि माथि रहेछ हामी त्यहि बाटो हुँदै अाएकाले ढिलाइ भयो ,हिड्न नसक्नेलाई लाई चालकले गर्दा झन बढि हिडेर अाउनु पर्यो भन्दै मन्दिर प्राङ्गणमा अाई पुग्नु भयो । खनालजीको जपपाठ अझै चल्दै नै थियो म पुनः प्रवचन सुन्न कार्यक्रम स्थलमा गएर बसें । 
       केही बेर पछि प्रवचन सके पश्च्यात सामुहिकरुपमा वाल्मीकि गुरुध्वजा पुजन भयो म प,नि त्यसमा समावेस भएर ध्वजा पूजन र धोक  गरें । त्यस पश्च्यात पुनः त्रिलेखकले लेख्नु भएको साँखु देखि बागेश्वरी हनुमान घाट सम्मको नामको पुस्तकको पाण्लिपि त्रिलेखक अा-अाफुले बागेश्वर महादेब संरक्षण समितिका अध्यक्ष....... लाई हस्तान्तरण गरेका थिए । साँखुका बारेमा प्रकाशमान श्रेष्ठ, बागेश्वर महादेबका बारेमा प्रेम प्रशाद काफ्लेफे र भक्तपुर हनुमान घाट सम्मका बारेमा युवा  संस्कृतिबिद ॐ धौबदेलजीले लेख्नु भएका थिए । सम्पूर्ण कार्यक्रम सकेपछि धौबदेलजी संग मेरो प्रत्यक्ष पहिलो पटक भेटभएर सानो कुराकानी भएका थिए । साउन महिनाको अन्तिम दिन भएकाले अाफ्नो कार्यालयको अाफु जिम्मामा रहेका हिसाब किताब क्लोजिन गर्नु पर्ने भन्दै हतार मान्दै बिदालिन्दै जानू भयो । घडिको सूईले ११:०० देखाई सकेका थिए । खनालजीले पनि अाफ्नो जपपाठ सिध्याईको सकेर उठिसकेका रहेछन्। खनालजी लाई भोक लाग्न थालेकाले होलान् अब यता कतातिर दूध दहि पाउला भन्न थाले ।  तलतिर पाईन्छन् होला भन्दै हामी त्यहाँ बाट फर्कन तयार भयौ ।
      पुनः एक पटक बागेश्वर महादेबलाई धोकेर हामी मन्दिर प्राङणबाहिर अायौ । अघि धान खेतबाट अाउदा हिलाम्मेमा टेकेर अाउनु परेकाले भए सम्म हिलोमा टेक्न नपरोस भनी अघि हामी संगै बसमा अाएका तर धान खेतको अालि बाटो बाट नअाई जितपुरको माथिलो कचि बाटो बाट महिलापूरुष अाएको बाटो बाट जान ६४ शिवलिङ तर्फ लाग्यौ सबै शिवलिङकको परिक्रमा गरि कच्चि बाटो हुँदै जितपुर पानी ट्याङ्की घुम्ती सडक तर्फ गयौ । बाटोमा भेटिएका र खेतमा काम गर्दै गरेका मानिस लाई यता लुध दही कता पाउँछन् भन्दै खनालजी सोधखोज गर्दै अघि बढ्दै थियो करिब पन्ध्र मिनट हिडे पश्च्यात मूल सडकमा पुग्यो । मूलसडक बाट माथि उकालो गयो भने ल्हासापाक्व सःस्यु द्यः / सरस्वतिथान पुग्ने भएकाले हामी तल वरालो झर्दै गयो । खनालजी त्यहा देखापरेका पसलहरुमा दूध दही खोज्दै थिए ।
     हामी वरालो झर्दैजादा करिब दस मिनट पछि अघि हामी बसबाट वर्लेको थाउ नाघि घुम्ति चौतारा र सानो मनदिर नाघे पछि सडकको दायाँ छेउमा एउटा सानो सूचना पाटीमा खुवा यता पाईन्छ भनेर लेखिएको देखियो । हामी त्यतै लाग्यौ सडक भन्दा भित्रको एक घरको छिँढीमा खुवा बनाउदै गरेको कारखाना देखियो । खुवा कारखानामा दूईजना खुवा मिस्त्रि पाँच वटा अागो दन्किरहेको चुलोमाथि राखिएको ठूलो कराईमा
हरुमा  कुराउनि घोट्दै थिए । खनालजी कुराउनी घोट्दै गरेका मिस्त्रिलाई यहाँ तात्ततातो दूध पाईन्छ भन्दै त्यहाँ रहेको मुडामा बसे । खुवा मिस्त्रिले पनि पान्छ भन्दै हामीलाई स्वागत गरेर बसालेर अर्को भित्रको छिँढीमा बसेका महीलालाई दुई गिलास तातो वहाँहरूलाई दिनु तः भन्दै अादेशसूचकमा अावाज लगाए । मईले भने कुराउनि घोट्दै गरेको दृश्यलाई अाफ्नो मोबाइलमा कैद गर्ने मनसायले खल्तिबाट मोबाइल निकाल्दै भिडयो खिच्न मिल्छ भन्दै प्रश्न गरें खुवामिस्त्रिले पनि हुन्छ किन नहुनु र भन्ने जवाफ पाए पछि करिब  २ मिनटको कुराउनि बनाउदै गरेको चलचित्रछाया याने भिडियो लिए ।
    भित्रको छिँदी बाट एक अधबैसे महिला स्तिलको दुई चियाग्लासमा भरि तातो दुध लिएर बाहिर अाएर हाम्रो अगाडि राखे। खनालजी भने हैन दुई दुई गिलास नै ल्याउनु भन्नू भो । मईले भने हैन मत एक गिलास मात्र खान्छु भने तर खनालजी चाहिँ हैन दुई गिलास नै पिउनु पर्छ भन्दै कर गरे । दूध ल्याउने महीला यो नि खानुस न म पछि एक एक गिलास थपिहाल्छुनि भन्नू भो तर खनालजी भने है न अहिले नै ल्याउनुि भन्नू भो र महीलाले पनि हामी दुबैजनाको अगाडि भरिएको तात्ततातो दुई दुई गिलास दूध राखि दिए । मईले अनकनाई अनकनाई दूध खानथाले । एउटा गिलासको दूध रित्तिया छैन खुवा पनि खानु पर्छ भनी खनालजी भन्नू भो  मईले म खान्न बरु घरको लागि एक पाउ लाने भने तर खनालजी हैन खानै पर्छ भन्नथाले खुवामिस्त्र पनि खुवा कारखानामा अाए पछि खुवा खानु पर्छ सय् सय् ग्राम खानुस भन्दै भित्रको छिँदीमा रहेका महीलालाई दुईथाममा सय सय ग्राम ताताो खुवा राखेर दिनु भने र महिलाले पनि तात्ततातो खुवा रिकापिमा राखेर एउटा काठको चम्चा सहित लिए । रित्तो गिलास भुईमा राखेर खुवाभएको स्तिलको रिकापी हातमा लिएर भिनिस्ता काठको चम्चाले तात्ततातो कुराउनी फु फु गर्दै मुखमा हाले । तातत्ततातो कुराउनी कहिले नखाएको र एक गिलास तातो दुध खाएको लगत्तै खाएकोले होकि मलाई कुराउनि खासै स्वादिलो लागेन तै पनि फु फु गर्दै बिस्तारै खान सकाएर पुनः अगादि राखेको एक गिलास दूध पनि खाएर गिलास रित्याए । त्यति बेला सम्म हामी दुबैलाई घरकोलागि एक एक पाउ कुराउनी पोलिथिन झोलामा हालेर दिए । दूध र खुवाको पैसा दिएर हामी तल झर्दै गयौ बस कुर्नुको सत्ता बिस्तारै हिडडै गयौ। नाडी घडीले मध्यानको १२:०० देखाईसकेको थियो । केहिबेर हिडे पछि पछादि बाट बस अाएको अावाज अाएकाले हामीले बस रोकेर चढ्यौ ।
    बसले अन्तिम बिसाउनि कमलबिणायकमा हामीलाई वराले पछि हामी कमलबिणनयक बसपार्क बाट रत्नपार्क जाने अर्को बसमा चढेर काठमाण्डौ तर्फ अायौ ।  बस कोटेश्वर नपुग्दै मेरो पेटले हल्का हल्का अावाज दिन थालिसकेका थिए । मईले खनालजी तपाईं सिधा सहित गेतमा वर्लिनुस म बबरमहलमा वर्लनछु मेरो काठमाण्डौ जिल्ला अदालतमा मेरो मित्र कपिल तुलाधारको अाज मुदा पेशि भएकाले म जानू पर्छ भने । कोटेश्वर अाईपुगे पछि खनालजी यहीं बाट कलंकी जाने बागमती यातायतको माईक्रोमा बसेर जान्छु भन्दै त्यहि कोटेश्वरमा वर्ले म भने त्यहि बसमा ने बसेर बबरमहलमा वर्लेर अदातमा गए । अदातको खाजा समय भएकाले कपिललाई मईले अदालतको चमेना गृहमा मलाई कुरेर बसेको भेटाए । मुदाको बहस सकिसकेको अब निर्णय सुनाउन र सुन्न बाकि छ भनी कपिले भनेकाले म पनि त्यहि प्रतिक्षामा बसें । मेरो पेटमा गुर गुर  कुर कुर अावाज अाउदै थियो । केही छिन पछि तः मलाई ट्वाईलेट जान हतार भईसकेकाले ट्याईलेट गएर अाफुलाई हल्का गरे यो क्रम दोहोरिन्दै गयो । बेन्चले मुदाको निर्णय सुनाएको थिएन। समय अपरान्हको ४ः३० बजि सकेका थिए ४:४५ मा मुदाको निर्णय बाहिर अायो बादि दाबि पुग्ने निर्णय भए छ याने हामी जिते छ । हामी दुबईको अनुहारमा मुदा जितेको खुसिछाएको थियो । खुसिको खबर लिएर मुस्कान सहित म मित्र कपिलको बाईकमा बसेर हामी अदालत बाटबाहिरियर फिब्व ख्यः/ माईति मण्डला तर्फ लाग्यौ मण्डलामा लोकसेवा अायोगको असमाबेसी बिग्यापन बिरुध्द धर्नामा अान्दोलनकारि बसिरहेका थिए मलाई पनि त्यो धर्नामा एक छिन भए पनि जान मन थियो तर मेरो पेटले त्यो गर्न दिएन त्यसैले मलाई घरमा पु्र्याउनु भनी कपिललाई भने उनले पनि मलाई सिधा कलङ्कीमा पुर्याए फर्के म घर भित्र पुग्नासाध ट्वाईलेटमा गए घरमा पनि करिब रातिको ८:०० सम्म तीन चार पटक दोहराायर तेहरायर ट्वाईलेट गए । धन्न ८ बजे पश्च्यात त्यो क्रम रोकियो । 
     मलई मेरो मनमा कुरा खेल्दै थियो मलाई त: तात्ततातो कुराउनी खाँदा पेटले यस्तो समस्या दियो भने हरी प्रशाद खनाल तः ८३ वर्षका बृध्द झन् उनलाई के भयो होला भन्ने मनमा अनेक कुरा खेल्न थालेका थिए । वहाँको खबर बुझ्न वहाँको मोबाइलमा फोन गरें उताबा सम्पर्क हुन नसकेको मोबाइल बम्पनिको रेडिमेद जवाफ फर्कियो । मनमा अनेक कुरा खेलाउदै हल्का खाना खाएर सुते ।
    साउन ३१ गते बिहान उठेर नित्यकर्म सकाई अाफ्नो नियमित काममा लागे । कलङ्की मन्दिरमा असार ३१ अर्थात गुरुपूर्णेबाट चतुरमाष कथा सुरुभएकाले खनालजि पनि कथा स्रवन गर्न अाउनु पर्ने त्यो दिन अाएन  कलङ्की मन्दिरमा हुने प्रत्या एकादशि महात्म्य कथा नियमितरुपमा स्रवन गर्न अाउनुने खनलाजी चतुरमाश कथा स्रवन गर्न अाउानु भएन मईले पुनः मोबाइलमा फोन गरे् सम्पर्क हुन सकेन भन्नेउहि रेडिमेड जवाफअाईरह्यो । खनालजी चार पाँच दिन सम्म पनि चतुरमाष कथा स्रवन गर्नै अाउनु भएन न मोबाइलमा नै सम्पर्क नै भयो । छ दिन पछि खनालजी कथा स्रवन गर्न अाउनु भयो । मईले वहाझलाई भेट्ना साथ क्याहो तात्ततातो कुराउनीले लाग्योकि क्याहो भन्दै प्रश्न गरें । जवाफमा खनालजीले केही नभएको जपाफ दिनुभो । अनि यति दिन सम्म किन नअाउनु भएकोनि ? अनि मोबाइल के भएको जति फोन गरेनि सम्पर्क हुन सकेन भन्छ भने । वहाँ बाहिर गएकाले कथा स्रवन गर्न अाउन नपाएको मोबाईल नं. परिवर्तन भएको भन्ने जवाफले म तः जिल्ल नै परें ! म ५८ वर्षका व्यक्तिलाई तात्ततातो कुराउनी  नपच्ने ८३ वर्षिय वृध्दालाई चाहिँ पच्ने ? अचम्च भएन तः ?

Thursday, April 25, 2019

कालिञ्चोक यात्रा स्मरण

कालिञ्चोक यात्रा स्मरण


  • प्रकाशमान शिल्पकार

         म सनातनी शैब धर्म मान्ने भएता पनि म समस्त धर्म समप्रदाय र सम्प्रदाय अनुसारका सबै पुजनिय स्थलहरुमा म नतमस्तक नै छु । अन्य धर्म र त्यस अनुसारका पुजनिय स्थलहरुलाई नतमस्तक हुने स्वभावैले आफ्नो कुल धर्म अनुसारका समस्त तिर्थस्थल र देवी देवताका  मन्दिरमा गई दर्शन गर्ने मेरो अभिलाषा हुन्छ नै तर पनि मलाई आफू नगएको स्थानमा रहेका तिर्थस्थल वा देवी देवताको दर्शनको अभिलािसा बाट भन्दा पनि म नगएको स्थानमा भ्रमण गर्नेमा नै मूलतः प्राथमिकता दिने गर्दै आएको छु ।
           म नेवार समुदाय भित्रको काष्ठकला पेशा  कर्मिका सन्तान भएकाले मेरो समाजले आफ्नु व्यवसायीक उन्नतिका लागि भिमसेन देवतालाई व्यवसायीक आराध्यदेवका रुपमा पुज्ने परम्परागत संस्कार लिई आाएकाले दोलखाको भिमसेनलाई पनि अति नै पुज्दै आाएका छन् । त्यसैले पनि मेरो समाजका अधिकांश  व्यक्ति सम्भवतः हरेक वर्ष दोलखा भिमसेनको दर्शन गर्न जाने गर्द छन् ।
            म जन्मसिद्ध काष्ठकलाका सिकर्मी पेशाका सन्तति भएता पनि कुलको पेशामा वा कुनै व्यापारिक पेशामा समेत नलागेकाले होला  भिमसेनको दर्शन गर्ने मेरो खासबानी छैनन् । त्यसैले मईले पाँच वर्ष अघि सम्म दोलखा भिमसेनको दर्शन गर्न पाएका थिएन तर म आवद्ध शिल्पकार समाज काठमाण्डोका आयोजनामा पाँच वर्ष अघि दोलखा भिमसेन लर्शन यात्रामा सहभागी भई दोलखा भ्रमण तथा दोलखा भिमसेन(भिमेस्वर )को  दर्शन गर्ने अवसरपाई सकेकाले हाल म आवद्ध शिल्पकार कल्याण कोष बाट गत वर्ष देखि नै दोलखा यात्रा गरि दोलखा भिमसेनको दर्शन गर्न जाने कार्यक्रम गर्ने विषयमा कुरा हुँदा म सहभागी हुने विषयमा मईले त्यति चासो राखेको थिएन, हो कालिङ्चोक भ्रमण गरे भने निंश्चित रुपमा भ्रमणमा सहभागी हुने मनस्थितिमा  म थिएँ ।
         केही वर्ष देखि सामाजिक सञ्जालमा विभिन्न धार्मिक तथा  नेपालका रमणीय स्थलहरुको बारेमा फोटो सहित देखिन्दै आएका रमणीय स्थलहरु मध्यका जनकपुर अञ्चल दोलखा जिल्लामा पर्ने कालिञ्चोक भगवती र त्यहाँका रमणीय स्थलहरुले मलाई आकर्षित गरिरहेका थिए  । हाम्रो शिल्पकार कल्याण कोषको नियमित मासिक बैठकको माघ महिनामा बसेको बैठबले २०७५ माघ १८ गते कालिञ्चोक भगवती र दोलखा भिमसेनको दर्शन गर्न जाने निर्णय भए पछि म कालिञ्चोक भगवती र त्यहाँका रमणिय स्थलको अवलोकन गर्न अवसर पाउने देखेर म रोमाञ्चित भएको थिएँ ।   यात्रामा मेरा आदरनीय दाजु न्हुक्षेभक्त शिल्पकार, आदरनिय दाजु किरण शिल्पकार, बिकाश,उत्तम, दिपेन्द्र, कृष्णसुन्दर, राजाराम, लक्ष्मीप्रसाद , कृष्णराम, रमेश र म समेत ११ जना जाने निश्चित भयो अनि यात्राको सम्पूर्ण तयारि गर्ने जिम्मा उत्तम शिल्पकार र दिपेन्द्र शिल्पकारलाई जिम्मा दिइयो र यात्राका लागि गाडी  पनि बुकिङ गरियो । माघ महीहनाको मौसम भएकाले कालिञ्चोकको मौसम संग आफुलाई यात्रामा अनुकुल बनाउनमा म यात्राको पूर्व तयारीमा जुटें । कालिञ्चोक यात्रा कै लागि भनेर हेर्दा राम्रो देखिने एउटा स्पोर्टस जुत्ता पनि किने । चिसो मौसमा आन्तरिकरुपमा जिउ तताउनका लागि मरिच, ल्वाँङ्, सम्भावित अौलो बाट बच्न लसुन आदि खान लानु पर्छ भन्ने अनुभवीहरुको कुरा मईले सुनेकाले सोही अनुसार तयार पनि गरे । मौसम अनुसार न्यानो लुगा, रेङ्कोट,  एउटा टर्चको व्वस्था सहित यात्राको पूर्व तयारि गरें र यात्राको दिनको प्रतिक्षामा बसे ।
          सामाजिक सञ्जालमा कालिञ्चोकमा अधिक मात्रामा हिउँ वर्षा भएका खबर सहित फोटो र भिडियो  देखापर्न थालेका थिए । त्यस्तैमा कालिञ्चोक यात्रामा गएको एउटा गाडी कुरिबजार नजिक माथि हिउँमा चिप्लेर तल खसेकाो भिडियो सामाजिक सञ्जालमा देखिए पछि मौसम सुधार पश्चात् जाने गरि तत्कालका लागि  हाम्रो कालिञ्चोक यात्रा स्थगित हुन पुग्यो । यात्राका लागि तयारिगरिएको योजना सबै भताभुङ हुन गयो । हाम्रो यात्रा स्थगित हुनको कारण बाटो जोखिमपूर्ण समेत भएको भन्ने मेरो ९८ वर्षिय बृध्द आामाले थाहा पाउनु भए पछि अब रात बस्ने गरि लामो कुनै पनि यात्रामा मलाई नपठाउने भन्दै अडान लिनु भएककाले मेरो मनमा म कालिञ्चोक जान नपाउला कि भन्ने मनमा चिसो  पसिरहेको थियो । बृध्द आमाले रोक्दा रोक्दै लामो यात्रामा जानू पनि उचित मान्न सकिने अवस्था पनि तः थिएननी ।
          यात्रा स्थगित भएको दुई महीना पश्चात् स्थगित  हाम्रो यात्रा २०७६ बैशाखमा जाने भन्ने निर्णय बैशाख महीनाको नियमित मासिक  बैठमा निर्णय भयो तर दिन भने न तोकिएकोले यात्राको पूर्व तयारीमा ध्यान गएन । बैशाख ६ गते  कालिञ्चोक र दोलखा यात्रा गर्ने तथा बैशाख महीनाको नियमित मासिक बैठक समेत कालिञ्चोकमै बस्ने भनेर बैशाख ४ गते बुधबार  शिल्पकार कल्याण कोषको गुरुप मेसन्जर बक्स फेशबुकमा सन्देश आए पनि को को जाने भन्ने बिहीबार बिहान सम्म पनि कुनै निंश्चित न भएकाले र बृध्द आमाले मलाई लामो  यात्रामा जान अनुमति देला न देला भन्ने समेतको आसङ्कामा यो पटक पनि कालिञ्ङचोक यात्रा होला कि न होला भन्ने आसङ्का भएकाले मईले यात्राको पूर्व तयारिको खासै ध्यान दिएन। बिहिवार  साँझ मात्र ८ जना भोलि जाने भयो भनेर खबर आए पछि अब भने यात्रा निश्चित भयो भनी विचारले आमालाई भोलि हामी कालिञ्ङचोक जाँदै छौं भन्दा आमाले नजानु भन्नू भएकाले मेरो दिदिले आमालाई सम्झाउनु भए पछि अनुमति दिनु भएकाले निश्चय नै अब भोलि  हामी कालिञ्चोकमा पुग्ने छौं भन्ने खुसी र रोकाञ्चका साथ बेलुका एउटा झोलामा न्यानो हुनु हुने खालको एउटा ताउजर, एउटा मोजा सुरुवाल र एक हलुका जाकेत, टर्च एउटा नोटबुक कलम मोबाइल चार्जर, दाँत माझ्ने बुरुस र एउटा रुमाल कोचेर राखें । आमाले रेनकोट र पन्जा पनि राख्नु भन्दै हुनुहुन्थ्यो तर मैले  त्यो खासै आवस्यक नपर्ला भनेर राखेन । आमाले को को जाने भन्दै संकालु दृष्टिले मलाई हेर्दै सोध्दा सबैको नाम भने पछि ए सबै आफन्तै रहेछन् भन्दै धुक्क हुनु भयो ।
       ६ गते शुक्रबार  बिहान ४ बजे नै आमा उठेर कालिञ्चोक भगवती र दोलखा भिमसेनलाई पुजा गर्न र चढाउनु भन्दै धुप, बत्ती, फूल अक्षेता तथा केही दक्षिणा  एउटा सानो झोलामा राखेर मलाई दिनु भयो । कालिञ्चोक जाने हामीहरु मध्यमा दुईजना बानेस्वरमा, एक जना नयाँबजारमा, एकजना गोगबुँचोकमा, एकजना पैयुतार, तथा  एकजना चण्डोल, एकजना ताहाचल , म कलङ्कीमा बस्ने भएकाले यात्राको गाडी बानेस्वर, कालिमाटि, नयाँबजार हुँदै बशुन्धरा समेत बाट हामीलाई गाडीमा चढाउने योजना सहित बिहान ६:३० बजे बाट गाडी बानेस्वरबाट आउने योजना भएकाले म बिहान ६:१५ बजे ताहाचल स्थित दिपेन्द्रको घरबाट संगै जाने गरि दुबै जना ताहाचल बिष्णमति पुलमा बसेर गाडीको प्रतिक्षामा रह्यौं गाडी प्रतीक्षा गर्दा गर्दा घडीले ८ बजे देखाई सक्यो गाडी आईपुगेन  दिपेन्द्र र मलाई अत्यास नै लागिसकेको थियो उत्तमजीलाई फोन गरेर गाडी समयमा नआउनु कारण सोध्दा गाडी बिग्रेकाले समय लागेको हो आउदै छ भने पछि अझै गाडी आउन केही समय लाग्ने देखेर हामी दुबै सामान रहेको सानो बाकस बोकेर नयाँबजार तर्फ लाग्यौ जहाँ न्हुक्षे दाई, कृष्णाराम दाइ र लक्ष्मिप्रशाद पनि गाडीको प्रतिक्षामा बस्दा बस्दै थकित अवस्थामा रहेको भेट्यौ । बल्ल बफ्ल ९;०० बजे स्कोपिअो गाडी आईपुग्यो गाडीमा उत्तम र कृष्णसुन्दर थियो । हामी पनि गाडीमा बसेर गाडीमा हामी सातजना बसेर बिकाशलाई लिन भनी चण्डोल तर्फ जान लैनचौर हुँदै गयौ समय धेरै भईसकेकाले उत्तमजीले बिकाशलाई फोन गरेर नक्साल सम्म आईपुग्न अनुरोध गरेकाले वहाँ नक्साल बालमन्दीर अगादि आएर हामीलाई पर्खिरहेको  अवस्थामा भेटेर गाडीमा चढाएर कालिञ्चोक यात्राका लागि अर्निको राजमार्ग तर्फ गाडी तिब्र गतिले हुईकियो । गाडी सातजना सम्मका लागि मात्र आरामकासाथ बस्न मिल्ने रहेछ तर पनि पछाडि तिनजना र बिचको सिटमा चारजना र अलि असजिलो स्थितिमा बस्दै र अगाडिको सितमा एकजना समेत हामी चालक बाहेक आठजनाको यात्रा धुलिखेल सम्म पुग्दा सबैको पेट खसखस हुन थालिसकेकाले गाडी चालकलाई चिया चमेना गर्न उपयुक्त होटलमा रोक्न भने पछि धुलिखेल नाघेर पाचखाल झर्ने नीर चालकले गाडी रोकेपछि हामी सबैले चना र चिया खायौ र ततपश्चात पुनः गाडी गन्तव्य तर्फ हुइकियो ।
       करिब १२ बजेतिर गाडी सिम्ले भन्ने स्थानमा पुगे पछि चालकले त्यहाको त्रिशक्ती पपुलर भान्सा घरको अगाडि गाडी रोकेर त्यस भान्साघरमा खाना ख्वायो । हामी कालिञ्चोकको Fireside होटलको पाकेजमा गएकाले साधा खानाको व्यवस्था पाकेजमा नै थियो । हामीले खसिको मासु अदर दिएर खायौ । खाना खाए पछि हाम्रो गाडी गन्तव्य तर्फ हुईकियो। खाडी चौउर सम्मको बाटो खासै नराम्रो नभएकाले त्यहाँ सम्म हाम्रो यात्रामा कुनै कठिनताको महसुस भएन । खाडीचौउर बाट उकालो लागे पछि भने धुलो र सडकको खाल्डाखुल्डीले निकै कठिनता व्यहोरदै हामी मुडेमा पुगेर केही बेर गाडी रोकेर त्यहाँ पसलबाट एकबोटल जुस किनेर अगाडि  बद्दै गयौ र खरिढुङ्गा पुगे पछि गाडी रोकेर हामी सबैले आलुचिफको स्वाद चाख्दै लिन्दै अलि अलि मापसे गर्यौ हामी मध्यका बिकाश र कृष्णसुदर तथा चालकले जुस सेवन गरे । त्यस पछि फेरि हम्रो गाडी आफ्नो गन्तव्यमा लाग्यो करिब ३ बजेतिर हाम्रो गाडी चरिकोट नपुग्दै सडकको बायाँ तर्फको मकैबारि चिहान डाँडा भएर कालिञ्चोकको बाटो हुँदै लम्कियो । त्यहाँ बाट कालिञ्चोकको कुरिया सम्म १७ किमिको दूरि रहेको हामिले जानकारि पाएका थियौ । उक्त दूरिको आधि बाटो नपुग्दै मुसलधारे पानी र असिना वर्षा भयो । बाटो भरि असिना नै असिना देखिन थालेका थिए।
      कुरिया पुग्दा नपुग्दै हिउँ झरेको देखियो । लगभग ५ बजेतिर हामी समुन्द्र सतह भन्दा  ३२४२ मि. उचाइमा रहेको कालिञ्चोकको कुरिया बजारमा पुग्यौ। अधिक हिमपाट भएमा चिसिएर भोलि गाडी ईस्तार नहोलान् भन्दै चालकले हामीलाई Fireside होटलमा पुराई गाडी कुरिया बजार भन्दा माथि लगेर राख्न लग्यो । हामी सबै चिसो महसुस गर्दै सबैले आफुले झोलामा राखेर ल्याएका  न्यानो कपडा निकालेर लगाए । होटलका एकजना भाईले हामीलाई माथि कोठामा लगेर दुई वटा कोठा खोलेर साँचो जिम्मा लगायर तल हलमा “ Welcome tea” का लागि तल हलमा आउनुस भनेर तल झरे । हामी पनि सबै आ-आफ्ना झोलाहरु कोठामा ठन्काएर तल झर्दा सम्म हिउँको वर्षाले आफ्नो तिब्र गति लिईसके रहेछ । सबै Welcome tea नलिईकन नै  होटल बाहिर निस्केर हिउँमा रुझेर आआफ्नो मोबाइल बाट फोटो, सेल्फि र भिडियो लिनमा व्यस्त भए । एक छिन हिउँमा रमाए पश्चात् हल भित्र गएर तातो तातो कालो चियाको चुस्कि लिन्दै झ्याल र ढोकाबाट हिउँको वर्षाको आनन्द लिए । चियाको स्वादले शरीर ताते पछि सबैले आ-आफ्ना घर परिवारलाई सम्झन्दै आफू सकुसल कुरिया बजार कालिञ्चोक पुगेर हिउँको आनान्दको रसस्वाद लिईरहेको जानकारी दिन मोबाइल बाट सम्पर्क गर्न प्रयास गर्दा कसैको मोबाइलमा पनि टावर देखाएन । मोबाइलमा फोन गर्ने प्रयास गरेको देखेर होटका भाईले कुरियामा तीन दिन देखि बिद्दुत सप्लाई बन्द रहेकाले मोबाइल नचल्ने बताएकाले सबैको अनुहार अलि खिन्न भएको देखिए ।
     मईले पाएको जानकारि अनुसार कालिञ्चोक क्षेत्र संसारको सबैभन्दा बढी  चट्याङ पर्ने क्षेत्र रहेको भन्ने सुनेको छु त्यसैले त्यहाँ हुरि बतासचलि आकाश गड्याङ गुडुङ हुँदा सुरक्षाका लागि मोबाइल अफ गर्नु वा फ्लाईट मोडमा राख्नु पर्ने अन्यथा चट्याङ मोबाइलको टावर कनेक्शन हुन गई चट्याङको दुर्घटनामा पर्न सक्ने सम्भावना बढि नै हुन्छ । त्यसकाण कालिञ्चोक यात्रामा जाने सबैले यसकुरामा ध्यान पुराई सावधानी अपनाउनु  नै उचित हुन्छ ।
      चिसो हटाउन होटलका भाईले आगो बाले आगो बालेपछि सबैलाई आगोतर्फ आकर्षित गर्दै आगोको वरिपरि मेचमा बसेर सबैले जिउ तताउन थाले । चिसोका कारण मापसे गर्ने बानी भएकालाई सकसक हुन थालेको थियो । हामीले बाटोमा सेवन गर्न ल्याएको बोटल मध्य एउटा सिलपाय्क फुल बोटल र एउटा बोटलमा केही सोमरस😐️😐️बाकि नै थियो तर पनि हामी त्यो निकालेनौ किनकि त्यहाँको होटलको नियम अनुसार आगन्तुकले सोमरस होटलमा लान नमिल्ने यदि ल्याएको भेटाएमा एकहजार रुपियाँ होटललाई पेनाल्टी दिनु पर्ने भन्ने नियम रहेको जानकरी पाकेज लिन्दानै दिईका थिए । त्यसैले होटलकै हलमा रहेको बार बाट सोमरस मगाएर सुकुटी र सेकुवा समेत अदरगरेर बनाउन लगाई तयार भएपछि आगो ताप्दै सितल चाख्दै सोमरसको स्वाद लिन्दै गयौ ।
      हामी बसेको त्यो होटलमा टेबहाल काठमाण्डौका केही महिला पुरुष यात्रीगण पनि बसेका थिए । तिनिहरु मध्यका देबेन्द्र महर्जन भाईले संगितको तालमा गित गायर त्यहा हलमा रहेका सबैलाई रमाइलो साँझको रसस्वाद चखाउदै हामीलाई पनि माईक समाएर गाउन आमन्त्रित गर्दै थियो । उसको आमन्त्रणलाई स्विकार गर्दै हाम्रो लक्ष्मीप्रसादले पनि दुई लाईन भए पनि  गित गाए । मईले दुई पायेग सोमरस आफ्नु घाँटी बाट तल झारिसकेकाले म पनि माईक समाउ समाउ जस्तै भईरहेको थियो तर गाउने क्षमता आफुमा नभएकाले म अगाडि बढ्न सकिरहेको थिएन तर पनि मईले माईक हातमा लिएर
“” हे कालिङ्चोक भगवती माँ
जिपिं वया च्ववना छङ्गु हे शरण माँ
छपिंगु कृपां जिमिगु जक मखु , सकल नेपामिया जय जुईमा
छपिंगु दर्शण सदा सदां याय् फयेमा हे भगवती माँ
बाये च्पना जिपिं होटल फायरसाइडय्  छपिंगु दर्शनयायत हे माँ
बहनियया ई न्हयईपुका मे हाला दिगुलिं देबेन्द्र भाजुयात यक्व यक्व सुभाये बियाँ जि हे भगवती माँ
जय् जय् जय् कालिङ्गचोक भगवती माँ
जय् जय् जय् कालिङ्गचोक भगवती माँ “” भनेर नेपाल भाषामा बोल्दै गायकार भाइ देबेन्द्रलाई धन्यवाद दिएँ । होटलका एक भाईले आगोमा दाउरा  थप्दै थियो हामीले नाचेर रमाईलो गर्दै गर्दा ८ बजिसकेको रहेछ । सबैलाई खाना खान भान्छा कोठामा जान भने पछि सबै हल बाहिरको भान्छा कोठामा गएर खाना खायौ । बिहानको खाना साधा भएता पनि बेलुकाको खानमा मासुको पनि व्यवस्था गरेको रहेछ, खाना सबेलाई राम्रै लाग्यो ।
      खाना खान सकायर माथि कोठामा गयौ हामी ८ जनालाई सुत्न सिङ्गल बेदको दुई र एक डबल बेदको भएको दुई कोठाले नपुग्ने भएकाले तल काउन्तरमा गएर थप एक कोठ माग गर्दा होटलबाट पनि ततकाल अर्को एक कोठा पनि खोलि दिए । सबैजना कोठामा सुत्नु अघि भोलि बिहानै ४ बजे नै उकालो चढेर वा केबुल कारमा कालिञ्चोक भगवती दर्शन गर्न जाने धन्ने विषयमा छलफल गर्दा लक्ष्मीप्रसादले आफू र मामा कृष्णराम उकालो चढ्न शारीरिक  समस्या उत्पन्न हुन सक्ने भएकाले केबुलकारमा नै जाने उपउक्त हुने भन्ने विचार राख्दा केबुलकार बिहान ७ बजे मात्र चल्ने भएकोले भगवतीको दर्शन गरि फर्कन्दा दोलखा भिमसेन दर्शन गर्न समय लाग्ने भई समस्या हुन्छ अर्को बिद्दुत लाईन नभएको तीन दिन भएकाले भोलि केबुलकार चल्ने नचल्ने समेत एकिन थाहा नभएका समेतले बिहानै हिडेरै उकालो चढ्नु पर्ने सबैको बिचार भए पश्चात् भोलि सम्ममा बिचार गरौला अहिले सुतौ भने पछि तीन वटा कोठामा सुत्न गयौ । हामी सबैको मनमस्तिकमा मोबाइलको टावर नभएर आआफ्नो घर परिवारमा सम्पर्क गर्न नपाएकोमा मनमा कुरा खेलाउँदै सुत्न तयार भए ।
      मईले पाएको जानकारि अनुसार कालिञ्चोक क्षेत्र संसारको सबैभन्दा बढी  चट्याङ पर्ने क्षेत्र रहेको भन्ने सुनेको छु त्यसैले त्यहाँ हुरि बतासचलि आकाश गड्याङ गुडुङ हुँदा सुरक्षाका लागि मोबाइल अफ गर्नु वा फ्लाईट मोडमा राख्नु पर्ने अन्यथा चट्याङ मोबाइलको टावर कनेक्शन हुन गई चट्याङको दुर्घटनामा पर्न सक्ने सम्भावना बढि नै हुन्छ । त्यसकाण कालिञ्चोक यात्रामा जाने सबैले यसकुरामा ध्यान पुराई सावधानी अपनाउनु  नै उचित हुन्छ ।
      एउटा कोठामा म बिकाश र गाडी चालक भाई सुत्न गयौ । बोठामा तीन वटा बेद र प्रत्येक बेदमा दुई दुई वटा ब्लायङकेट राखेको रहेछ। हामी सुत्ने प्रयास गर्यौ यकछिन पछि राति  पानी खान पर्लान् भनी पानी तातो रहने स्तिलको जगमा तातो पानी र तीन वटा स्तिलकै कप होटको एक भाईले कोठामा राखेर गए । जब म सुत्न प्रयास गरें मेरो छाती भारि भएको महसुस गर्दै निदाउन नै सकिएन । कहिले यता त कहिले उता पल्तदै निदाउने प्रयास गरे तै पनि म निदाउन नै सकिएन ।  मोबाइलमा यसो घडी हरेको तः कोल्टे फेर्दा फेर्दै बिहानको ३ बजिसकेछ । उठेर जगमा रहेको मन् तातो अवस्थाको दुई कप पानी खाए । अनि एउट ब्लायङकेत बेरेर पलङमा अडेस लगायर बसें ३;१५ बजे सौचालयमा गयर ताजा भएर आएँ अनि झोला बाट तूठब्रस निकालेर ब्रस गर्दै तातो पानीले नै मुख धोएँ । त्यति बेला सम्म सबै उठी सकेका थिए सबै रातभरि निन्द्रा नपरेको भन्दै थिय । सबै जना फ्रेश हुँदा सम्म ४:१५ बजिसकेका थिए ।  सबे एक ठाउँमा बसेर अब के गर्ने केबुलकारमा बसेर जाने कि पैदल यात्रा गरेर उकालो चढ्ने भन्दा लक्ष्मीप्रसादले पैदल नै उकालो चढ्न तयार भएको भने पछि सबै कुरिया बाट माथि भगवतीको मन्दिरमा जान उकालो चढ्न तयार भए । न्हुक्षेदाई एक एक कप तातो चिया खाएर उकालो चढ्न पाए हुन्थ्यो भन्नुभयो तर होटलका कोहि कर्मचारि उठीसकेको अवस्था थिएन र उनिहरु कतासुतेका छन् भन्ने सम्म हामी कसैलाई थाहा नभएकाले तातो चिया खाने इक्ष्यालाई त्यसै त्यागेर म सुतेको कोठामा गाडी  चालक भाइ माथि नजाने भनेकाले उसलाई सुत्न नै दिइ दुई कोठामा ताल्चा लगाएर हामी होटलबाट बाहिरियौ ।
          पूर्णिमाको रात परेकाले पूर्ण चन्द्ररमाको तेजले कुरिया बजार मधुरो प्रकाशमा चाँदी झै टल्क टल्कीएर मुस्कान छरिरहेका थिए ।  हामी सबेले कुरिया बजारको त्यो मुस्कानलाई एक मधुरो मुस्कानले अभिवादन गर्दै चारै तर्फ नियाल्दै अघि बढ्ने तर्फ जमर्को गर्यौ । हामी बाहेक कोहि पनि होटलबाट बाहिर आएका थिएन त्यसैले कुरिया बजार पूरा सुनसान नै थियो।  बाहिर ढुङ्गा बिछ्याइएको बाटोमारहेको हिउँ जमेर बरफको रुप धारण गरिसकेकाले त्यसमा पाइला टेक्दा क्वार क्वार आवाज निस्केको आावाजलाई निरन्तरता दिदै हामी पूर्व तर्फ अगादि बढ्दै गयौ । र हामी ८ जना मध्यमा कृष्णसुन्दर बाहेक अन्य सबैको यो कालिञ्चोक पहलिलो यात्रा भएकाले हामी सातजनालाई माथि उकालो चढ्ने बाटो कतातिर भन्ने सम्म ज्ञ्यान थिएन । त्यसैले उकालो चढ्ने हाम्रो पैदल यात्रामा कृष्णसुन्दरलाई पथ प्रदशकका रुपमा अघि सार्यौ ।  हाम्रो अगुवाका रुपमा कृय्णसुन्दर र लक्ष्मीप्रसाद अघि अघि अरु सबै पछि पछि क्वार क्वार आाज निकालेदै पाईला चाल्दै बिस्तारै समथर बाट उकालो चढ्दै गयौं । हाम्रो पथ प्रदर्शक कृष्णसुन्दर पहिलो पटक यहाँ आएको लगभग तीन वर्ष नाघि सकेको त्यसमाथि चारै तर्फ हिउँले धाकेर सेतामेरहेकाले बाटो ठम्याउन मुस्किल परिरहेकाले हामी संसकित हुँदै पाईला चाल्दै तियौ । अगुवा कृष्णसुन्दर यहाँ कतै ढ्ङ्गा बिछ्यायको खुत्किलहरु / हुनु पर्छ भन्दै हिउँले ढाकेको जमिनमा नियालेर हेर्दै उकालो चढ्ने मार्ग खोज्दै जाँदा खुत्किलो भेताए पछि सबै धुक्ककासाथ अघि बढ्दै स्वाँस्वा गर्दै उकालो चढ्दै गयौ । खुत्किलामा टेक्दै उकालो चढ्न सुरु भए पछि हिउँ नजमेकाले पाईला टेक्दा क्वार क्वार आउनुको सट्टामा फुस फुसको मधुरो आवाज निकाल्दै उकालो चढ्दै गयौं । जति जति उकालो चढ्दै गयौ त्यति नै स्वा स्वा आउने बढ्दै गएकाले छिन् छिन्मा एक छिन उभिएर नै आराम गर्दै अघि बर्दै गयौ ।
       उकालोमा रहेका ससाना र अलि अलि ठूला झुप्पा परेका रुखहरु सबै हिउँको फूल फुलेको जस्तै रुखमा हिउँका झुप्पाहरु लतरम्म झुन्दिरहेको मनोरम दृष्यहरु अवलोकन गर्दै बिस्तारै मन्द गतिमा उकालो चढ्दै गयौ । उकालो चढ्ने क्रमा कृष्णसुन्दर र लक्ष्मीप्रसाद धेरै माथि हामीले नदेखिने गरि अघि गईसकेका थिए म र दिपेन्द्र संग संगै तथा हाम्रो पछाडि अलि तल न्हुक्षेदाई, कृष्णराम दाइ, बिकाश र उत्तम सुस्त गतिमा उकालो चढ्दै थियो त्यसैले न्हुक्षेदाईले अघि जानेहरुलाई एकछिन रोक भने पछि मईले माथि उकालोतिर हेरेर “” अगादि जाने जवानहरु बिश्रा;म गर “” भन्दै ठटेउली शैलीमा आावाज दिएँ , माथि पुगेकाले मेरो आवाज नसुनेर होला कुनै जवाफ आएन । मईले  तल आउदै गरेका न्हुक्षेदाई समेतको दूरिको अन्तराललाई टाधा नराखि बिस्तारै बिस्तारै उकालो चढ्दै गयौ । जति जति उकालो चढ्दै गयो मेरो मुख सुक्दै गएको र थुक्दा कालो मिसिएको अलि सामान्य भन्दा फरक प्रकारको धुक आईरहेको थियो । दिपेन्द्रले पनि उचाई चढनेमा गति लिन्दै अगाडि बढ्दै गईसकेका थिए ।
      निकै उज्यालो भए पछि हामिले अन्य यात्रिहरुलाई पनि तल बाट उकालो चढ्दै गरेको माथि बाट देख्यौं । हाम्रो चढाईको गति भन्दा तल बाट पछि चढ्दै गरेका यात्रिहरुको गति अलि तिब्र भएकाले उनिहरु मध्य केहिले तः हामीलाई पछाडि पार्दै उकालो चढ्दै गयो । सुस्त गतिमा उकालो उक्लदै गरेको उत्तमको अनुहारमा मेरो दृष्टि पर्दा उनलाई अलि बढी नै सकस भएको मईले महसुस गर्दै थिएँ । सकस अवस्थामा मुख बाट स्वाँ स्वा गर्दा श्वास लिईरहेको देखेर तलबाट आउँदै गरेका एक ठाडो उकालो चढ्न र अनुभवि एक सजनले सकस परेको अवस्थाम मुखले श्वास नलिइ नाकबाट बिस्तारै श्वास लिनु पर्छ भन्दै अघि बदे उक्त सजनले भनेअनुसार उत्तमले पनि मुखबाट श्वास नलिकन नाकबाट बिस्तारै श्वास लिएको र त्यसबाट उत्तमले आफुलाई हलुका र आराम महसुस गर्दै उकालो चढेको मईले महसुस गरें । ठाडो उकालो र लेक चढ्दा निकै स्वाँस्वा भएमा अाराम गर्नु पर्ने र आराम गरेको अवस्थामा पनि स्वास्वा आउने नरोकेमा जबरजस्ति उकालो चढ्नु हुन्न त्यस्तो अवस्थामा तल झर्नु नै उपयुक्त हुन्छ ।आाराम गरेको समयमा समेत स्वास्वा नरोकिएमा जबरजस्ति उकालो चढ्ने प्रयास गरिएमा शरिरलाई ठूलो हानि हुन सक्छ । लेक चढ्नेहरुले यो कुरालाई अति संवेदनशिल भएर अघि बढ्नु आवस्यक छ ।
         घाम नलागेको समयमा र पानी परेको समयमा उकालो चढ्दा खासै लेक लागेको महसुस हुँदैन जति कडा घामलागेको समयमा उकालो(लेक) चढ्ने अभ्यास नभएका यात्रिले लेक लाग्ने समस्याको सामना गर्नु परेको हुन्छ । हामी बिहानै उकालो चढिरहेकाले हामीलाई लेक लाग्ने समस्या नभए पनि बढी उचाइमा प्राण वायु( अक्सिजन) कम हुने भएकाले त्यसबाट केही समस्या हुन सक्ने सम्भावना पकै थियो । हामी बिस्तारै सुस्त गतिमा हिउँमा छ्वास टेक्दै उकालो चढ्दै हिमालि क्षेत्रलाई स्मरण गराउने कुरियाको चारै तर्फको चाँदी जस्तै टल्किरहेको मनोरम दृष्यहरुलाई आफ्नो मन मस्तिस र मोबाइल क्यामरामा कैद गर्दै उकालो चढ्दै थियौ । मोबाइलमा टावर आाएको देखिएकाले खुसि हुँदै कराएर मोबाइलमा टावर देखियो भन्दै मईले घरको लाईनलाईनमा सम्पर्क गर्न प्रयास गरें । त्यस्तै अरुले पनि घर घरमा मोबाइल बाट सम्पर्क गर्ने प्रयास गरे तर न्हुक्षेदाईले बाहेक हामी कसैले पनि  घरमा मोबाइलको घण्टी पठाउन सफल भएनौ । न्हुक्षेदाईको घरबाट फोन उठाए पछि सायद उताबाट पहिलो प्रश्न नै “” हिजो देखि किन फोन नगरेको ? अनि मोबाइल किन स्विच अफ गरेर राखेको भन्दै चिच्यायको अनुमान सहजरूपमा लगाउन सकिन्थ्यो । किन भने न्हुक्षेदाई “” हिजो कुरिया बजारमा बिद्दुत लाइन नभएकोले कसैको मोबाइलमा टावर देखाएन त्यसैले फोन गर्न नपाएको अहिले भरखरै मात्र मोबाइलमा टावर आएकाले फोन गरेको भन्दै “” जवाफ दिएर हामि अहिले कालिञ्चोक भगवती दर्शन गर्न कुरिया बाट माथि उकालो चढदै छौ भन्दै आफ्नो भक्तपुरे लोकल मातृभाषामा कुरा गरेको प्रस्तै सुनिन्थ्यो । हामी भने आफ्नो मोबाइलको घण्टी नगएकाले सबै खिन्न भएका थियौ ।
      न्हुक्षेदाईले मोबाइलमा कुरा गर्न सकाए पछि उत्तम,बिकाश र कृष्णराम दाईले पनि दाईकै मोबाइलबाट घरमा सम्पर्क राखे आफ्नु स्थितिबारे जानकारि दिए । मईले आफ्नो मोबाइल बाट धेरै पटक घरमा सम्पर्क गर्न खोज्दा असफल भए पछि मईले पनि न्हुक्षेदाईकै मोबाइलबाट घरमा सम्पर्क गर्न खोज्दा मोबाइलमा टावर हराएकोले ततकाल मेरो घरमा सम्पर्क हुन सकेन र हामीले आफ्नो यात्रालाई निरन्तरता  दियौ । हामी भन्दा पछि उकालो चढ्न्हरुले हामीलाई पछाडि पार्दै गईरहेका थिए ।
        उकालोको ठाउँ ठाउँमा यात्रिहरुलाई आराम गर्न राखेको काठको बेन्चमा हिउँ नै हिउँ थियो । उकालो चढ्दा थाकेर लखतरान भएको अवस्थामा सकेसम्म बसेर आराम गर्नु हुन्न  उभिएरै आाराम गर्नु पर्छ । बसेरै आराम गर्दा समय बढी लाग्न सक्ने मात्र हैन  शरिरले पनि बढी नै आराम खोज्छन् र अनि यात्रामा बाधा पर्न सक्छन् ।  हामी कहिै बसेर आाराम नगरि बिस्तारै बिस्तारै हिउँमा पाईला टेक्दै थाक्दा यसो एकछिन उभिएरै आराम गर्दै उकालो चढ्दै गयौं । करिब आधा उकालो चढे पछि पहाडको भित्र बाट बग्दै गरेको पानीलाई पाटन बस्ने एक नेवार श्रेष्ठ थर गरेका सजनले यात्रिहरूको तिर्खा  मेटाउन एउटा सानो धाराको व्यवस्था गरि दिएका रहे छन् । मईले सोही धारामा पानी लिएर मुख कुला गरें त्यस पछि मईले आफुलाई अलिई फ्रेश भए जस्तै महसुस गरें । मोबाइलमा टावर देखिएकोले मईले घरमा फोन गरें धेरै बेरको प्रयास पछि घण्टी गयो उता बाट फोन उठाए मईले आफू उकालो चडडै गरेको भनी कुरा गर्न खोज्दा टावरको खराबिले आावाज प्रस्त नसुन्दा फोन काटें ।
       करिब ५:३० बजे हमाी केबुलकारको स्तेशन नजिक पुग्यौ त्यति बेला सम्म केबुलकार संचालन भएको थिएनन् । त्यो स्तेशनलाई दायाँ पार्दै हामी माथिको उकालो चढ्दै गयौ । यहाँको उकालोमा भिरालो तर्फ फलामे बार राखेको रहेछ । हामी विस्तारै विस्ता रै सावधानिका साथ हिउँले छोपेको खुत्किला टेक्दै उकालो चड्डै गयौं । करिब पन्द्र मिनट पछि हामीले समुन्द्र सतह भन्दा ३८४२ मिटरको उचाईमा रहेको  कालिञ्चोक भगवतीको मन्दिरको फलामे मूल ढोकामा पुग्यौं । ढोकाको बायाँ तर्फ श्री गणेश र दायाँ तर्फ कालिञ्चोक भगवती भनी अक्षेर कुदिएको प्रस्तर मूर्तिको दर्शन पायौं । मईले झोला बाट धूप र दियो अनि सलाई निकालेर सलाई कोर्दै धूप र लियो बाल्ने प्रयास गरें सिर सिर हावा चलिरहेकाले धेरै बेर पछि बल्ल बालेर गणेश र भगवतीलाई अर्पण गर्दै दण्डवत गरि ढोका प्रवेश गरेर फलाको भरेङ चढेर जब कालिञचोक भगवतीको मादिरमा प्रवेश  गर्यौं । त्यतिबेला केबुलकार संचालन भएको भन्ने हामीले थाहा पायौ ।
         भरेङ चढेर बायाँ तर्फको बाटो हुँदै मन्दिरको अगाडि पुग्दा दायाँ तर्फ पुनः गणेश र भगवतीको प्रस्तर मूर्तिको दर्शन गर्न पायौं । त्यहाँ बाट करिब दस बाह्र कदमको सिधा अगाडि दायाँ तर्फ नै कालिञचोक थुम्कोमा रहेको सानो कुवा जहाँ हजारौं वर्ष देखि दैनिकरुपमा  जति जल /पानी निकाले पनि कहिले जल/ पानी रितिएको वा सुकेको अवस्था नदेखिएको सनातनी धर्मालब्मीहरुको आस्था र विस्वासको स्थल अनि शक्तिदायनी काली कालिञ्चोक भगवती विराजमान रहेको अतल विस्वास रहेको पवित्र पूण्य स्थलको अहोभाग्य दर्शन गर्ने  अवसर पायौं । आमाले पठाएको पुजासामाग्रि झोला बाट निकालेर धुप, बत्ती, दियो निकालेर सलाई कोर्दै बाल्न प्रयास गरें , सिर सिर हावा चलेकाले मुस्किलले धुप, बत्ती र दियो बालेर काली कालिञ्चोक भगवती मातालाई अर्पण गर्दै फूल अक्षेता र दक्षिणा समेत कुवाको मुखैनेर चढाएर ॐ श्री श्री श्री काली कालिञ्चोक मातेस्वरी नमः भन्दै सिर झुक्याएर ढोके । त्यहाँका सेर्पा भाइ कुवा भित्र पर्ने गरि पुजा नगर्न र कुवाको फोटो नखिच्न भन्दै थियो । दर्शन गरिसकेका तिर्थालु भक्तजनहरूलाई त्यहाँबाट नफर्किकन नै सिधा जानू भन्दै एउटा लामो लठ्ठीमा बाँधेर राखेको दूध मापकले   कुवाबाट जल निकालेर जलप्रशादले अभिषेक गर्दै सबैलाई आशिर्वाद दिएर बिदा दिन्दै थिए । केबुलकार स्तेशन क्षेत्रबाट बाट कालिञ्भोक भगवती मन्दिरको उकालो चढेर जाने बाटो र फर्किने बाटो अलगै बाटो रहे छ।
         कालिञ्चोक भगवती दर्शन गरेर हामी दायाँ तर्फ पार्दै मन्दिर घुमेर मन्दिरको ठिक अगाडि पुगेर केही सेल्फि फोटोहरु समेत लियौं र तयाहाँबाट तल झरेर मन्दिर कै ढोकामा बेचेर राखेको छुर्पि हेर्न र किन्नमा हामी लाग्यौ । मईले रु सयमा लामो र नरम खालको एउटा छुर्पि किनेर झोलामा हाले । मन्दिरकै तल रहेको सानो टहराको पसलमा थर्मसमा राखेको एक एक कप कालो चिया हामी सातै जनाले खायौ । चिया खाँदै घरमा फोन गरे् फोन उठ्यो अहिले भने टावर ठीक भएकाले कालिञ्चोक भगवती दर्शन गरि चिया खाँदै गरेको अब तल झर्दैछौ भनेर भने ।  लक्ष्मीप्रसाद पहिला नै केबुलकार चढेर तल कुरिबजार पुगिसकेको थियो । हामी पनि अब केबुलकार बाटै जानू उपयुक्त हुन्छ किन कि हिउँका कारण उकालो बाट तल झर्न धेरै कथिनाई हुन्छ भन्दै बेबुलकार चढ्न स्तेशन तर्फ गयौ र सातजनाका लागि प्रति व्यक्तिको रु ३००/- तिरेर हामी केबुलकार चडेर करिब पाँच मिनट नपुग्दै चल पुगेर केबुलकार बाट वर्लेर होटल तर्फ लम्क्यौ ।
        होटलका पुग्नासाथ कोठामा गएर सबैले आ-आफ्ना झोला सामान लिन गए मईले आफ्नो झोला बोकेरै उकालो चढेकाले कोठामा मेरो सामान केही बाकी  नभएकाले म माथि कोठमा गएन तल नै बसें होटलको भाईले बाहिर घाममा बस्ने गरि भान्छा कोठा अगाडि टेबुल र कुर्सिको व्यवस्था गरि दिए । हामी सबैजना कुर्सिमा बसेपछि बिहानको नास्तारुपमा आलु तरकारि, अण्डा जाम पाउरोटी  र चिया आयो सबैले नास्ता खानथाल्यौ । नास्ता खाँदै उकालो चढ्दाको आ-आफ्नो अनुभवहरु सबैले सुनाए । चिया नास्ता सकाएर हाम्रो शिल्पकार कल्याण कोषको बेशाख महिनाको नियमित मासिक बैठ बस्ने तर्फ तयारि गर्दै उत्तमभाईको झोला बाट माइनत बुक निकालेर अलमल नगरी कोषका खध्यक्ष श्री बिकाश शिल्पकारजीको अध्यक्षतामा ३२०० मिटरको उचाइमा रहेको कुरिया कालिञचोकमा बैठक बसि बिबिध विषहरुमा छलफाल तथा निर्णया गरियो ।
       निर्णयको पहिलो  बुँदामा काली कालिञ्चोक भगवतीको कृपा र हाम्रो अहोभाग्यले काली माताको दर्शन पाएकोमा गदगद भई माताको कृपाबाट नेपाल र नेपालीको कलल्याण होस भन्ने प्राथना सहित  मातालाई सहस्र धन्यवाद चढायौ । दोस्रो बुँदामा कालिञ्चोक दर्शनयात्रामा लागेको पाकेज यात्रा खर्च सबै कोषले नै व्यहोर्ने निर्णय सहित बिक्रम सम्बतको नव वर्ष २०७६ उपलक्ष्यमा शुभकमना समेत आदान प्रदान गरि बैठक सम्पन्न गरि त्यहाँबाट दोलखा भिमसेनको दर्शनमा जान यात्राका लागि  सबै तयार भयौं । त्यतिबेला सम्म ड्राइभरले माथि बाट गाडी ल्याउन ढिलाइ गरेकाले एकछिन कुर्न पर्यो । एकैछिनका गाडी आईपुगेकाले सबैजना गाडीमा बसेर एकैस्वरमा सबैले कालिञ्चोक भगवती माताकी जय भनेर ठूला स्वरले गुञ्जयमान गर्यौ र हाम्रो गाडीले कुरिया बजारको उकालो चढेर दोलखा यात्राको गन्तव्य तिर गतिलिईयो ।
       उबडखाबडको कष्टदायक बाटो आधिजति पार गरे पछि बाटोमा रोकेर राखेको सिल्भररङ्गको एउटा गाडी चालकले पञ्चत भएको चक्का खोल्न सिलिप भएर खोल्न नसकेको भन्दै हाम्रो गाडी चालक संग सहयोग माग्दै थियो । हाम्रो ड्राइभरले सिलिप भएर नट खोल्न नसकेको भए बालुवा राखेर नटबोल खोल्ने प्रयास गर्नु भन्दै   आफ्नु गाडी अगाडि बदायो । हाम्रो ड्राइभरले भनेकोउपाए बाट वहाँलाई सहयोग भए नभएको हाम्रो गाडी र ड्राइभरले फर्केर हेरेन । उबडखाबडको त्यस्तो कष्टदायक बाटोमा पनि स्कूटरलिएर यात्रामा आएको देखेर हामी अचम्म मान्दै अघि बढ्दै गयौ अलि पर पुगेपछि एउटा मोटरबाईकमा पछाडि बसेर काखमा सानो बच्चा राखेर आईरहेको हामीले देख्यौं । त्यो दृष्य देखेर हामी आश्चर्य मान्दै  कस्तो मूर्ख आमा बाबू होला यस्तो बाटोमा पनि सानो बच्चा काखमा लियर मोटरबाईक बाट कालिञ्चोक यात्रा गर्ने ! कालिञचोकमा हामीलाई त अक्सिजनको कमि भएर समस्या भयो भने बच्चालाई कस्तो होल ? यदि स्थानिय बासिन्दा भएत कुरा अर्कै नत्र उनिहरुले बच्चाको जीवन संग खेलबाड गर्यो भन्दै गाडीमा कराउदै थियो । यतिकैमा हाम्रो गाडी चरिकोट जाने र दोलखा जाने दोबाटो आएकाले हाम्रो गाडी बायाँ तर्फको दोलखा जाने बाटो तर्फबाट हुईकियो ।
    लगभग आधा घण्टा पछि हामी दोलखाको पिच सडक बाट भिमेस्वर मन्दितिर जाँदै थियो । करिब मध्याह्न समयमा हामी तल्लो बाटो बाट भिमेस्वर मन्दिर तर्फ पुग्यो  गाडी बाट वर्लेर गाडीलाई माथिल्लो ्ढोका अगाङि लगेर राख्नु भन्दै हामी मन्दिर प्रवेश गर्यौं । भिमसेन मन्दिरमा भक्तजाको ज्यादै भिड नभए पनि कम भने धिएन ।  हामी जुत्ता फुकालेर हात धुन्दैै घरबाट पुजासामान नल्याउनेहरुले त्याहाँ किनेर खुत्किलो चडेर मन्दिर प्राङ्गणमा गयौ मन्दिर भित्र बोका बलिपुजा भईरहेकाले एकछिन  ढोकाबाहिरै उभिए बस्यौ । भित्र बोका बलि दिने काम सके पछि हामी भित्र प्रवेष गरि दोलखा भिमसेनको सभक्ति यथासके पुजा गरेर बाहिर आएर धुप,बत्ती र दियो बालेर भिमसेनलाइ अर्पण गरि धुप बत्ती राख्ने स्गानमा राखेर मईले आफ्नो पुजा सकाएँ र दायाँ हुँददै  मन्दिर परिक्रमा गर्दै मन्दिर प्राङ्गणबाट तल झरेर जुत्ता लगायर बाबाजी बसेको पाटीको तल एकछिन बसेर आराम गरें सबेै भेला भए पछि मन्दिर अगाडिको तल्लो खुत्किलामा बसेर एउटा सामुहिक फोटो खिच्यौ । हामी सबैको अनुहारले थकान भईरहेको देखाईरहेको थियो । हामी त्यहाँ बाट विस्तरै दोलखा भिमसेन स्वागत द्वाररहेको मूल सडक तर्फ खघि बढ्यौ ।
         पाकेजयात्रा भित्रको खाना खाने व्यवस्था चरिकोट बजारमा भन्ने जानकारि पाएकाले सबैले एक एक कप चिया खाने निधो  गरेर स्वागत द्वार अगादिको सानो चिया पसलमा प्रवेश गरेर चिया खायौ त्यति बेला सम्म घडीमा अपरान्हको एक बजि सकेछ ।  चिया खान सकायर गाडीमा बसेर चरिकोट तर्फ गाडी अगाडि बढ्दै गयो । च्यहाँ बाट माथि जाने मूल पिच सडकमा मर्मत भईरहेकाले बाटो छेकिएको देखेकाले ड्राइभरले गाडीलाई बायाँ तर्फको कच्ची बाटोमा कुदायो । लगभग आधा घण्टाको दूरि पार गरे पश्चात हाम्रो गाडी जिरी सडक खण्डमा गुडिरहेको थियो। अब हाम्रो गाडी जिरी  तर्फबाट चरिकोट बजार तर्फ गईरहेका थिए । चरिकोट बाजारमा रहेको द्यउरालि भोजनालय अगाडि गाडी रोकेर हामीलाई ड्राइभर भाईले द्यउराली भोजाालय भित्र तल दुई तल्ला मुनिको भूमिगत भोजाालयमा पुरायो ।
     भूमिगत भोजनालय भए पनि चितिक्क परेको देखिन्थ्यो । हामी सबैले आ-आफ्ना झोलाहरु  कुर्सिमा बिसायर हात मुख धोएर कुर्सिमा बस्यौ । मईले घरमा फोन गरेर हामी दोलखा भिमसेन दर्शन गरि सकेर चरिकोटमा खाना खान बस्दै छौ भरे ८- ९ बजे सम्म घर आाई पुग्छौ भन्दै फाोन राख्यौ टेबुलमा खाना आाईपुगेकाले सबै खाना खानमा बेस्त भए । खान खायर गाडीमा बस्दा सम्म २ बजिसकेका रहेछन् अब हाम्रो काठमाण्डौ फिर्ती यात्राको गन्तव्य थियो । गाडी आफ्नो गतिमा बढ्दै गयो मुदेमा पुग्दा कतै गाडी रोकेर केही छिन आाराम गर्दै झोलामा बाकिरहेको सोमरसको स्वाद लिने विचार न्हुक्षेदाईले भन्नू भो उत्तमभाईले हैन काका तल खाडी चीउरमा बसौ त्यहाँ भए माछा पनि पाईन्छन् भन्दै गाडीलाई अगाडि बढ्न नै दियो । उबदखाबद सडकलाई पार गर्दै सडकमा गाडीहरु आाउने जाने क्रम निकै थियो ।
         धुलो धुवाँ उदाउँदै हामी खाडी चौउरको पुल पार गर्दै अनुकुल ठाउँमा गाडी  रोक्न लगायर ड्राइभर भाई सहित हामी एउटा सानो होटलमा प्रवेश गर्यौ उत्तम भाइ र लक्ष्मीप्रसादले माछा फ्राई र मःमः अदर गर्दै गर्ददैथिए म लगायत कोहि सौचालय खोज्दै सौच गर्न गयौ । सौच गरि हात मुख धोयर मेचमा बस्दै झोलाबाट सोमरसको बोटल निकालेर गिलास भर्दै बिकाश, ड्राइभर, कृ्ष्णसुन्दर र उत्तमलाई बाहेक सबेले हात हातमा लिए । ऊत्तमले एउटा बियर र बृष्णसुन्दर र ड्राइभरले जुसलिए तर बिकाशले भने
केहि पनि लिएनन् । योग गुरु बनेर माछामासु अनि सोमरस कति दिन त्याग्ने हो भन्दै सबैले बिकाशलाई जिस्काउदै सितल चाख्दै सोमरस लिन्दै गयौ । बिकाश भने अरुले  सोमरस खाएकाले आफुले नखाए पनि खाय सरह नै छु भन्दै मुस्कान दिन्दै बस्यो । मःमः र माछा फ्राई नपुगेकाले लक्ष्मीप्रसादले थप अदर दिए । मईले बिस्तारै दूईपायग सोमरसलाई निलिसकेकाले मलाई पुगिसकेको थियो न्हुक्षेदाईले मेरो गिलासमा एक पायग फेरि थप्नुभयो मईले त्यसमा कोकराखेर पूरा गिलास  बनाए प्लेतमा रहेको माछा खाँदै गिलास रित्याएँ । सबैले गिलास रित्याए पछि उत्तमले पसल साहुजीलाई चाहिने पेमेन्त गरे बाकि रहेको सोमरसको बोटल लिएर हामी पुनः गाडीमा बसेर फिर्ती यात्रामा लाग्यौ ।
      सोमरसले हामीलाई  आफ्नो रङ् देखाउदै थियो त्यसैकै प्रभावमा हामी विभिन्न ख्याल ठट्टा गर्दै गयौ । हाम्रो फिर्ति यात्त्राले काठमण्डौ नजिकिन्दै गएको थियो तर पनि काभ्रेजिल्ला पारभएका भने  थिएनन् । न्हुक्षेदाईले ठट्यौली शैलिमा बोटलमा बाँकी भएको सोमरस लियर घर जानू हुन्न भन्दै फेरि एक अनुकुल स्थानमा गाडी रोक्न सोमरसको सुरमा ड्राइभरलाई नाति सम्बोधन गर्दै गाडी रोक्न लगाउनु धयो ।  गाडीबाट वर्लेर सबै अलि उचाई भएको स्थानमा बस्न गए । मलाई सोमरसको मात्रा अलि बडि नै भईसकेकाले म दाईहरु संग माथि नगईकन आफुलाई सौच लागेकाले यसो ठाउँ हेरेर सौच गरे् र अलि पर एउटा गाडामा केही बेचि राखेको देखेर नजिक गएर पानीको एक बोटल किनेर गाडीनिर आएर ढालेर राखेको सल्लाको रुखमा बसेर पानीले मुख कुल्ला गर्दै एकबोटल सबै पानी खाएर सोमरसको प्रभावलाई कम गर्न प्रयासमा लागें । सूर्य अस्ताईसकेको स्तितिमा थियो । एकै छिन पछि सबै आएर  गाडीमा बसेर काठमाण्डौ फिर्ति यात्राको एसप्रेश गतिमा गाडीले गति लिन्दै अघि बढ्यो ।
       गाडीले काभ्रे, भक्तुर जिल्ला सिमाना पार गर्दै  काठमाण्डौ सिमाना प्रवेश गर्दा सम्म रातिको लगभग ८ बजिसकेका थिए  ८ बजे पश्चात हतपत्ति रुत गाडी नपाउने भएकाले गाडीको रुट सिभिलहस्पित  बानेश्वरमा कृष्णसुा्दरलाई, संखमुल पुलनीर उत्तमलाई वराल्दै गाडी संखमूल बागमती खोलाको लिङ्क रोड हुँदै  कालीमाटी पुल निस्केर म र दिपेन्द्रभाई पुलमा वर्लेर न्हुक्षेदाई, लक्ष्मीप्रसाद, र कृष्णराम दाईलाई नयाँबजार र बिकाशजीलाई चण्डोल सम्म पुराई दिन ड्राइभर भाईलाई अनुरोध गर्दै सकुशल यात्रा सम्प्नन गराई हामीलाई अन्तिम गन्तव्य सम्म पुर्याउनु भएकोमा  ड्राइभर भाईलाई धन्यवाद दिन्दै गाडीमा रहनु हुने न्हुक्षेदाई समेत संग बिदा लिन्दे हामी कालकाटी तर्फ पैदल नै लाग्यौ तरकारी बजार पुगे पछि दिपेन्द्र भाइ बिदालिएर क्लबगल्ली बाट घरतिर लाग्नु भयो भने म सडक पार गर्दै कलङ्की तर्फ जान लागेको सानो माईक्रोभ्यान रोकेर त्यसमा चढेर न्हेपंखा कलङ्की मन्दिरमा / कल्खु अजिमाको मन्दिरमा वर्लेर मन्दिर बाहिर बाटै अजिमाको लर्शन गरे घर प्रवेश गरेर आमा लगायत सबैलाई कालिञ्चोक भगवती र दोलखा भिमसेनको फूलप्रशाद दिएर  रमणिय रोमाञ्चकारि कालिञ्चोक यात्राको बृतान्त कथा सुनाउनमा वेस्त भएँ त्यस पछि एक छिन वर्षदिनको मेरो भान्जि नातीाी आस्ना नानी संग खेलेर यात्राको थकाईमार्दे निन्द्रा देवीको काखमा पुगें।