राधाकृष्ण झुला अागन्तुक संस्कृतिका रुपमा विकसित हुदै
प्रकाशमान शिल्पकार
भाद्र कृष्णजन्माअष्टमी पछि मात्र कृष्ण झुला गर्ने हामी सनातनी नेपाली संस्कृति हो तर कृष्ण जन्मिनु अगावै साउन महिलानामा ..वर्षा ऋतुको अभिनयका रुपमा... राधा कृष्ण झुला गर्ने नेपाली परम्परा छैन । तथापि केही वर्ष यता देखि काठमाण्डौ वासी भारतिय संस्कृति अनुसारको साउन महिनामा हुने... राधा कृष्ण झुला महोत्सव गर्दै भक्ति रसस्वालमा चुर्लुम्म दुब्दै गएको छ ।
भारतको बृन्दावनमा शास्त्र पढेर अाउनु भएका खास गरेर वैष्णवी दीक्षा लिएर अाएका अाधुनिक पण्डित गुरूहरुबाट भित्र्याएको बृन्दावनमा वर्षेनी अाउने वर्षा ऋतुको अभिनयका रुपमा महोत्सवकै रुपमा मनाउदै अाएको राधाकृष्ण झुला संस्कृति वैष्णवी गुरूहरुको प्रभावमा पर्दै काठमाण्डौको घर घरमा साउन महिनामा छाउन थालेको प्रष्ट नै देख्न सकिन्छ । बृन्दावनमा बाहेक भारतको सबै ठाउँमा राधाकृष्ण झुला संस्कृति नभएका अवस्था पनि अाज काठमाण्डौको नयाँ संस्कृतिका रुपमा छाउदै गएको छ ।
नयाँ अागंतुक राधाकृष्ण झुला संस्कृतिले नेपाल र नेपालीको संस्कृतिमा खासै नकारात्मक असर परेको नदेखिए तापनि यसले महिलाहरुमा साउन भरी हरियो चुरा, हरियो पहिरन र हरियो टीका लगाउने फेसन अाएको छ जसले गर्दा सम्बन्धित व्यापारिहरुलाई लाभ हुँदै गएको छ । त्यस्तै गुरु पण्डिहरको लागि पनि एउटा अाम्दानीको राम्रै स्रोतका रुपमा विकसित हुँदै गएको देख्न सकिन्छन् । साउन महिनामा प्रभावकारि वैष्णवी गुरुको राधाकृष्ण झुला गर्न भ्याई नभ्याई हुन्छ । कहिलेकाहिं तः एकै दिनमा पनि तीन तीन ठाउँमा पनि एकै गुरूले राधाकृष्ण झुला गरेको पाईन्छ ।
साउनको महिना, वृन्दावनको मनोरम वातावरण, कलकल खोला बगिरहेछ, चराहरूको चिरबिर सङ्गीत बजिरहेछ, बाटिकामा थरीथरी पुष्पहरूको सुगन्धित वायु बहिरहेको छ । यही अनुपम आनन्ददायक परिवेशमा कदमको रूखको हाँगामा टाँगिएको झुला (पिङ)मा कुनै बेला श्री राधाजी बस्नुहुन्छ, श्रीकृष्णले पिङ हल्लाउनु हुन्छ अनि राधाजी मन्द मुस्कानसहित पिङको मजा लिनुहुन्छ । कुनै बेला दुवै पिङमा बसेर झुल्छन् । यो दिव्य दृश्य हेरेर भाग्यवानी गोपगोपी पशुपन्छी सबै अनुपम आनन्द, आह्लादमा विभोर हुन्छन् । द्वापरयुगको अवतारकालमा भगवान् श्रीकृष्ण र श्रीराधाजी बीचको यही लीलाको स्मरणमा प्रत्येक वर्ष साउन महिनामा बृन्दावनमा श्री राधाकृष्णको झुला महोत्सव गर्छन् ।
राधाकृष्ण झुलामा भक्तिमय भजनकृतन र नाचगान तः हुन्छ नै थप विशेष रमाइलो भनेको गोपिनिहरुको अभिनयमा महिलाहरुले चुराले भरिएको टोकरी सिरमा राखेर नृत्य गर्दै अन्य भक्तिनी महिलाहरुलाई राधिकाको प्रशाद स्वरुप चुरा वितरण दृष्य तथा दही चोर कृष्णको दहीलिला झल्काउने दृष्य स्वरुप दहीको छ्यापाछ्याप दृष्य अति रमाइला दृष्यहरुले धेरैलाई अाकर्षित गरेको देखिन्छन् । त्यसैले पनि भारतिय संस्कृति राधा कृष्ण झुला महोत्सव काठमाण्डौ वासीको अागन्तुक संस्कृतिका रुपमा विकसित हुदै गएको छ ।
No comments:
Post a Comment