Friday, September 25, 2020

मलमास र मलमासमै दशै पर्व मनाएको शास्त्रसम्मत नै !

 मलमास र मलमासमै दशै पर्व मनाएको शास्त्रसम्मत नै !

मलमास के हो ?


सामान्य बुझाईमा मलसमास


      हामी सनातनी नेपालीले व्रम्हवाक्य सरह मानदै आएको प्रचलित पञचाङ्ग सौर्यमान र चान्द्रमान गरि दुई प्रकाले चलेको छ । सूर्यको र चन्द्रमाको गति अर्थात अनुसार महिना र वर्ष कायम भई चलेको छ । दैनिक कामकाजका लागि सौर्यमास अनुसार बिक्रम संवत् अनुसार चलिरहेको छ भने अधिकांस धार्मिक, पितृकार्य, जात्रा पर्व आदि सवै चान्द्रमास अनुसारको नेपाल संवतको तिथि अनुसार चलाई आएका छौं । सौर्यमास सूर्यको गति अनुसार र चान्द्रमास चन्द्रमाको गति अनुसार चलेको हुन्छ । सामान्यतया सौर्यमास २९ दिन देखि ३२ दिन सम्मको एकमास कायम हुन्छ भने चान्द्रमास एक पूर्णिमा देखि अर्को एक पूर्णिमा सम्म पञ्चाङ्गकारहरुले देखाएको गणितिय अनुसार २९ दिन १२ घण्टा (घडी)  ४४ मिनेट ( पला) र २४ सकेन्द( विपला) को एक मास कायम हुन्छ ।

       सौर्यमासको गणना ३६५ दिनको एक वर्ष हुन्छ भने चान्द्रमासको गणनामा ३५४ दिनको मात्र एक वर्ष हुन्छ । यसरी सौर्यमासको गणना भन्दा चानेद्रमासको गणनाको वर्षमा ११ दिनको कम दिनको अन्तर हुन्छ । हरेक वर्षमा चान्द्रमानको सौर्यमान भन्दा ११ दिनले पछि पर्दै अन्तर हुँदै ३ वर्षमा ३३ दिनले चान्द्रमास सौर्यमास भन्दा पछि अन्तर पर्दै गएर एक चन्द्रमास बढ्न । सौर्यमासको वर्षको १२ महिना भएतापनि चन्द्रमासको तीन वर्षमा एक पटक १३ महिना कायम हुन आउँछ । यसरी चन्द्रमान अनुसार बढ हुन आएको अधिकमास नै धर्म शास्त्र र समाजको सामान्य बुझाईमा " मलमास " भन्ने बुझिन्छ ।


ज्यतिषिय परिभाषामा मलमास

       पञ्चाङ्गको गणितिय मान्यता तथा ज्योतिषयशास्त्रीय् ग्रन्थ सिद्धान्त शिरोमणिको मान्यता अनुसार चन्द्रमासको आरम्भ एवं अन्त्यसम्ममा दुई पूर्णिमा अथवा दुई अमावस्य( अौंसी) भएको अवधि भित्रको चन्द्रमासमा सूर्य संक्रान्ति परेन भने त्यो मास "अधिकमास" याने अधिकमास हुन्छ । एउटा चन्द्रमासमा दूईवटा सूर्य संक्रान्ति पर्न गएमा " क्षयमास" हुन्छ । क्षयमास घटिमा १९ वर्षमा र बढीमा ४१ वर्षमा एक पटक आउने गर्दछ ।


सूर्य संक्रान्ति


      सूर्यले पृथ्वीलाई परिक्रमा गर्ने क्रममा ग्रहण गर्ने कक्ष(बाटो )मा १२ राशिहरु मध्य कुनै एक  राशिमा स्पर्श गर्नु वा पर्वेश गर्नु अथवा संक्रमण हुनु नै स्पर्श राशि अनुसारको  राशि संक्रान्ति हो  । जसलाई सूर्य संक्रान्त पनि भनिन्छ । सूर्य संक्रान्ति नपरेको चन्द्रमास मलमास हो । मलमास हरेक ३२ महिना १६ दिन १ घण्टा ३६ मिनेट याने समग्हमा ३ वर्षमा आउँछ ।


सौर्यमासमा दुईवटा अमावस्य(अौंसी) परेमा मलमास


      सामान्यतया चन्द्रमाको तिथि घडीपला  बढी भएर बन्ने अतिरिक्त(अधिक)मास(महिना) नै मलमास हो । एउटा सौर्यमासमा दुईवटा अमावस्य(अौंसी) परेमा वा पर्दा त्यो सौर्यमास मलमास हुन्छ । यश वर्ष २०७७ को मलमास हेर्ने हो भने असोज १ गते र ३० गते समेत गरि एउटै सौर्यमास असोज महिनामा ( नेपाल संवत अनुसारक ञलागा र अनलाथ्व समेतको महिनामा समेत गरी)एउटै सौर्यमासमा दुईवटा अमावस्य( अौंसी) परेको छ । असोज २ गते देखि ३० गते( आश्विणकृष्ण(पितृ)पक्ष-ञलागा नलास्वना चःह्रे देखि आश्वणशुक्ल(दुर्गा) पक्षपरेवा- कौलाथ्व पारु नलास्वने) सम्म मलमास परेको छ ।


मलमास पर्ने समय


      सौर्यमास र चन्द्रमासलाई तीन तीन वर्षमा समायोजन गरि बन्ने अधिकमासका रुपमा पर्ने मलमास खासै यसै महिनामा हुन्छ भन्ने हुँदैन । चन्द्रमाको गति अुसार जुनसुकै महिनमा पनि पर्न सक्छ ।


मलमास बारे पौराणिक कथन


      सूर्यमान तथा चन्द्रमान अनुसार हरेक तीन तीन वर्षमा हुन आउने मलमासलाई धर्म शास्त्रहरुले नष्ट हुने "मल" को संज्ञा दिन्दै यसलाई धार्मिक गुण र अवगुणका रुपमा लिन्दै कुनै प्रसङ्गमा अशुद्ध महिना र कुनै प्रसङ्गमा उत्तम महिनाको व्याख्या गर्दै  भगवान विष्णुले मलमासलाई आफ्नै नाम दिएर पूरुषोत्तम महिना नामकरण  समेत गरि दिएका  पौराणिक कथाहरु छन् ।


मलमासलाई धारमिक अवगुण दिएका प्रसङ्हरु


१. अघि कहिले  नगएको तिर्थमा यश मालमासमा

     पहिलोपटक जान र दर्शन नगरेका देविदेवता दर्शन गनु 

     शुभ मानिन्दैन ।

२. मलमास अवधिमा मनृदिर निर्माण गर्न तथा कुनै

    देविदेवताको प्राणप्रतिष्ठन गर्न नमिल्ने ।

३. कुनै पनि किसिमको मनसुवाको(विशेष कामनाले गरिने)

    गरिने धार्मिक कार्य/ पूजा पाठ गर्न नमिल्ने ।

४. नव गृह प्रवेश  गर्न नमिल्ने।

५. नव दम्पतिले पतिपत्नि बीच शारीरिक सम्पर्क राख्न नहुने ।

मलमासमा धार्मिक गुणका प्रसङ्गहरु


१. कुनै मनसुवा नराखिकन(कुनै विशेष कामना नगरिकन)

    निष्काम भावले कुनै पनि किसिमको धार्मिक कार्यहरु गर्न

    बाधा नभएको र यश समयमा झन ठूलो पुण्य आर्जन हने ।

२. पूरुषोत्तम महात्म्य लगाएर मोक्ष प्रप्त गर्न सकने ।

३. मलमासमा नारायणको दस अवतार मध्यका प्रथम

    अवतार मानिने भगवान मत्स्यवताररुपस मत्स्यनाराणको

    पूजा पाठ गरि मन्दिरहरुमा ठूलो मेला लाग्ने ।


मलमास र पर्व समय सुधार


      पृथ्वीको गति, सौर्यमण्डलको गति र चन्द्रमाको लगायतको गणितिय गतिका आधारमा हुने २५८०० वर्षमा अयनांश चक्र पुरा हुने सिद्धान्त अनुसार ७२ वर्षमा एक दिन अगादि सर्दै जाने प्राकृतिक निएम अनुसार सायन संक्रान्ति र गणितिय संक्रान्ति याने प्रचलित संक्रान्तिहरु  २४ दिन सम्मको फरक पर्दै व्यवहारमा एक पूर्णिमा फरक परिसकेको भन्ने प्रकृतिले समेत देखएको अनुभूति सहित सूर्यक‍ो गति अयनलाई सबै विज्ञहरुले स्विकार गरिसकेको अवस्थामा शास्त्र सम्मत शुद्ध समयमा धार्मिक तथा अन्य कर्मकाण्डहरु गर्न गराउन हरेक तीन तीन वर्षमा आउने मलमास (अधिकमास) लाई सदुपयोग गरि एक वर्षको मलमासलाई पूर्ण शुद्ध मासका रुपमा निष्काम भावले अंगाली प्रचलित पञ्चाङ्गमा २४ दिन फरक परि पर्व समय बिग्रिरहेको हक सम्म सुधार गर्न शास्त्रले नै प्रदान गरिएको मलमासको गुण प्रसङ्गमा रहेको निष्काम भावले सर्व कल्याणका लागि धार्मिक कार्य गरेमा बाधा नहुने भन्ने पर्व समय सुधार गर्न धर्म शास्त्रले नै बाधा फुकाउको मलमासको धार्मिक गुणले प्रदान गरिएको छ ।


मलमासमा पर्व समय सुधारको कार्यान्वयनका रुपमा दशै पर्व मनाएको धार्मिक तथा शास्त्रिय शुद्धता


      प्रचलित पञ्चाङ्गमा उल्लेख भएको सवै पर्व समय भन्दा २४ दिन सम्मको फरक पर्दै एक पूर्णिमा अघिसरि  पर्व समय एक महिना अघिसरी सकेको वर्तमान अवस्थामा धर्म शास्त्रहरुले मलमास रुपि अति उत्तम महिनाका रुपमा मान्य पूरुषोत्तम महिनालाई प्रयोग गरी शास्त्र सम्मत सबै सनातनीमा धार्मिक तथा शास्त्रीय शुद्धताको कर्मकाण्ड गर्न प्रेरणा तथा पञ्चाङ्गमा पर्व समय सुधारको अति आवस्यकता   छ भन्ने सन्देश एवं पञ्चाङ्ग निर्माणका सरोकारवालाहरु सबै पक्षलाई नैतिक दबाब दिन समेत पर्व सुधारका देश विदेशका अभियन्ताहरुले पर्व सुधार राष्ट्रिय कार्यदलको प्रतिवेदन, २०६४ अनुसार एक महिना (३०°अंश) सुधार गरिएको पर्व सुधार मुताबिक प्रतिवेदनको कार्यान्वयन कै क्रममा यश वर्षको मलमासमा नै दशै पर्व मनाएको धार्मिक तथा शास्त्रसम्मत नै  छ ।


" सर्वे भवन्तु सुखिनः सर्वे सन्तु निरामया,

सर्वे भद्राणि पश्यन्तु मा कश्चिद् दुख भागभवेत।

ऊँ शांतिः शांतिः शांतिः"

                         -- अस्तु --


#प्रकाशमानशिल्पकार