Thursday, March 11, 2021

सिल्लाचःह्रे


     सिल्लाचःह्रे

     सनातनी नेपालीले वर्षको विभिन्न तिथि मितिमा विभिन्न सानाठूला चाडपर्वहरु मनाउँदै आएको छ । अधिकांश चाडपर्वहरु तिथिमा मनाउने गर्दछन् भने केही पर्वहरु संक्रान्ति अर्थात १ गते मनाउने गर्दछन् । मिति अनुसार संक्रान्तिमा मनाउँदै आएका पर्वमा बिक्रम संवतको वर्षको पहिलो दिन बैशाख १ गते कर्कत संक्रान्तिका दिन नव वर्ष पर्व र माघ १ गते मकर संक्रान्तिका दिन मकर संक्रान्ति पर्व हुन् । सौरवर्षमा ३६५ दिन हुन्छ भने चान्द्रवर्षमा ३५४ दिन रहेका हुन्छन् । मिति सौरमान अनुसार गणना पर्ने दिनत तिथि:  चान्द्रमानका गणना अनुसार आउने तथा घटबढ हुने शृुक्लपक्ष र कृष्णपक्षका कुनै पनि दिन; परेवादेखि औँसी वा पूर्णिमासम्मका दिन हुन् । यसरी सौरवर्ष सौरमान अनुसारत तिथि चा्द्रवर्ष चान्द्रमान अनुसार दिन, घडि,पला र विवपला गणना गरि निकालीएको वर्ष हो ।

     चान्द्रमान अनुसार गणना गरिने चान्द्रवर्षका विभिन्न तिथिहरुमा शास्त्रगत तथा परम्परागत रुपमा मान्दै आएका चाड पर्वहरु वर्षेनी फरक फरक मितिमा अघि वा पछि पर्नुका कारण पनि सौरवर्ष तथा चान्द्र  वर्षमा दिन गणनामा  फरक भएकै कारण हुन् ।

     सनातनी व्रत उपासनाहरु मध्ये सर्वोत्तम मानिएको महाशिवरात्रि पर्व परेको दिन फागुन कृष्ण चतुर्दशीको (सिल्लागा चःह्रेको) रातलाई " आशुतोष भगवान शिवको उत्पत्ति भएको रात्रिकारुपमा पौराणिक कथाहरुले मान्यत दिई आएको छ । वर्षदिनमा आउने रात्रिहरु मध्यमा  कालरात्रि, मोहरात्रि, सुखरात्रि र शिवरात्रिलाई  पवित्र पर्वका रूपमा पुराणहरूमा वर्णित छ । आश्विन शुक्ल सप्तमीको (कौलाथ्व सप्तमीको) रात्रिलाई "कालरात्रि", भाद्र  कृष्णअष्टमीको कृष्णजन्माष्टमीको रातलाई " मोहरात्रि", कार्तिक कृष्ण अौसी(कौलागा आमै) / लक्ष्मी पूजाको रातलाई "सुखःरात्रि"  र फागुन कृष्ण चतुर्दशीको(सिल्लागा चःह्रेको) रातलाई " महाशिवरात्रि" पर्वका रुपमा सनातनीहरुले मान्दै आएका छन् । 

महाशिवरात्रिलाई नेवाः समाजले सिल्लाचःह्रे पर्वका रुपमा मनाउँदै आएको छ ।

      नेवाः समाजले वर्षदिन भित्रमा विभिन्न तिथिमा मान्दै आएका साना ठूला चाडपर्वहरु मध्य केही तिथिका पर्वहरु सन्ध्याकालमा मनाउने गर्दै आफ्नो जाति मौलिक पहिचान दिदै आएको छ । नेवाः समुदायले सन्ध्याकालमा मनाउने गर्दै आएका तिथि चाडपर्वहरु मध्यमा पाहाँचःह्रे तिथिमा सन्ध्याकालमा लुकुमाद्यः पूजा गरेर पर्व मनाएर भोज खाने, सानो म्वहनी नखःका रुपमा रहेको चथाः पर्वमा राती आकाशमा चन्द्रमा उदय भए पश्च्यात मात्र चथाः पूजा गरि चथाः पर्व मान्ने । त्यस्तै नै लक्ष्मी पूजा र म्हपूजा पनि बेलुका मात्र गर्ने परम्परा रही आएको छ ।  यसरी नै बेलुकी मनाउने एउटा पर्व शिवरात्रि( सिल्ला चःह्रे) तिथि पनि एक हुन्  । 

     चान्द्रमान अनुसारको नेपाल संवतको पञ्चाङ्गको बाह्रमासमा अर्थात वर्षभरीमा बाह्र चःह्रे( चतुर्दशी) तिथि पर्व रहेका हुन्छन् । बाह्र चःह्रे तिथिहरु यश प्रकार रहेका छन्  :- १. बालाचःह्रे, २. दिशीचःह्रे, ३. लैचःह्रे, ४. सिलाचःह्रे, ५. पाहाँचःह्रे , ६. मातातिचःह्रे, ७. सिथिचःह्रे, ८. दिल्लाचःह्रे, ९. गथांमुगःचःह्रे, १०. जुगःचःह्रे, ११. नलास्वनेचःह्रे र १२. स्वन्तिचःह्रे तथा अधिकमास(मलमास/ पूरुषोत्तम महिना)को अनलाचःह्रे । यी बाह्र चःह्रे तिथिहरु मध्यमा मंसीर कृष्ण चतुर्दशी (बछलागा )को बालाचःह्रे, चैत्र कृष्ण चतुर्दशी( चिल्लागा)को पाहांचःह्रे र फागुण कृष्ण चतुर्दशी(सिल्लागा ) को सिल्ला चःह्रे समेतका तिन तिथिहरुलाई विशेष पर्वका रुपमा नेवाः समुदायले मान्दै आएको छ ।

     निलकण्ठ भोलेबाबा उत्पत्ति भएको दिन भनेर सनातनीहरुले विस्वास गरेको दिन नेपाल संवत् अनुसारको सिला महिनाको चःह्रे( सिल्लाचःह्रे) याने बिक्रसम्वत अनुसारको फागुण कृष्ण चतुर्दशी परेको  दिनलाई /  नेवाः समुदायले  सिलाचाः ’ च्वनेगु" पनि भन्ने गरेको देखिन्छ । "सिलाचा" शब्दलाई खोतलेर हेर्ने हो भने "ला" को अर्थ महिना र "चाः " को अर्थ रात्रि अथवा रातमा जाग्राम बस्ने भन्ने देखिन्छ । सम्भवत नेपालमण्डलमा शिवरात्रि सिलाचाःको संस्कृतिकरण भई आएको हो वा सिलाचाःको अपभ्रंश भई  शिवरात्री हुन गएको हो यो अध्यनको एउटा विषय हुन सक्छ ।

       सिलाचःह्रेको ठीक एक महिना पछि आउने चैत्र कृष्ण चतुर्दशी( चिल्लागा)को पाहांचःह्रेमा भुमिगतमारुपमा जमिनमुनि  लुकेर बसेका देवादिदेव महादेवलाई(लुकुमाद्यः लाई) मध्यमास समेत चढाई पूजाआजा गरी  पाहाँचःह्रे मनाउने सांस्कृतिक परम्परा भएका नेपालमण्डलवासी नेवाःहरुले शिव उत्पत्ति भएको पवित्ररातमा धुनीसमेत जगाई सिलाचाः याने जाग्राम बसेर महादेवको उपासना समेत गर्न यश दिन बिहान देखि नै युवाहरु चोक चोकमा बसी  बाटोमा आवतजावत गर्ने सबै बटुवाहरुलाई बाटो छेकेर जगाः याने सिल्लाचःह्रेको  कर लिने गर्छन् । त्यस्तै  नै  सानासाना नानीहरु पनि पसल पसल र घर घर गएर नेवाः भाषामा गाउदै "महाद्यःया इकुल, गणेद्यःया चिकुल, धर्म दुसा सिँ छका फ्वने हिँ त्यस्तै  सिल्ला चःह्रे .... सिलाचा च्वनेत सिँ निका हिँ, मब्यूसा खवः सिँ तय्, सिलाचा पनेत सिँ निका हिँ, महाद्यःया चिकुल, मब्यूसा खवः स्वाय् काःयने ।"  भन्दै घर घरमा गएर काठ दाउरा माग्न जाने परम्परा रहेको छ । दिनभरी उठाएका जगाःको पैसा राति ठूलठूल्ला मूडा काठहरु ल्याई धुनी जगाए धुनीमा शिव पूजा गरि भुटेको मकै भटमास चढाएर सबैले प्रशाद ग्रहन गर्ने गर्छन् । शिवरात्रिको धुनीमा उखु पोलेर पट्काएर प्रशादका रुपमा खाएमा रोग लागदैनन् भन्ने आस्था र विस्वास समेत रहेको छ । तर आजभोली भने सिल्लाचःह्रे याने शिवरात्रिमा नेवाःहरु भन्दा गैह्रनेवाः युवा तथा नानीहरु बाटो छेक्दै " शिवरात्रि, महादेव पार्वति, शिवरात्रि, महादेव पार्वति," भन्दै सिलाचःह्रेका नाममा को जगाः उठाउने नाममा सडक बाटो अवरोध गर्दै बटुवा र सवारी चालकहरुलाई हैरानी  दिन्दै बलजफ्ती पैसा उठाएर खाने र नेवाः पर्व संस्कृतिको बदनाम गराउने कार्य गरेको समेत देखिन थालेको छ । सिल्लाचःह्रे नभई शिवरात्री मनाउने पर्व संस्कृति रहेका गैह्र नेवाःहरुमा शिवरात्रिमा बाटो छेकेर जग्गाः उठाउने परम्परा समेत छैनन्

     नेपालमा  राष्ट्रिय सांस्कृतिक पर्वका रुपमा मान्दै आएको यस दिन  पशुपतिनाथमा रातको चार प्रहरमा चार प्रकारका पूजाका अतिरिक्त महादीप, अखण्डदीप, लक्ष्यबत्ती तथा दीपोत्सवका साथै लक्ष्य विल्लपत्र अर्पण गरिन्छ । कैलाशकूट र किराँतेश्वर सङ्गीत आश्रममा शास्त्रीय नाचगान गरिन्छ । महादेवको दर्शन गर्न र शिवरात्रि पर्वको मेला भर्न यश दिन देशभरका विभिन्न भागलगायत छिमेकी राष्ट्र भारतका तीर्थयात्रीको पशुपतिनाथ मन्दिरमा घुइँचो लाग्छ ।

     यसै दिन शैनिक मञ्च टुँडिखेलमा  सैनिक दिवसका रुपमा बन्दुक पड्काएर  शिवरात्रि बधाई गर्दै शैनिक कौसलताको खेल प्रदर्शन समेत गर्ने सांस्कृति परम्परा रहि आएको छ । हरेक वर्ष महाशिवरात्रिका दिन नेपालमा सेना दिवस मनाउने पर्व रहि आएको छ ।  महाशिवरात्रिका दिन सैनिक दिवस मनाउने शुरुवात सन् १९३५ बाट भएको भन्ने रहेको छ । यश दिन टुँडिखेलमा सेनाले विषेश कार्यक्रम र परेड प्रदर्शन गर्दछ । उच्च आहोदाका सैनिक अधिकारी तथा राष्ट्राध्यक्ष समेतको उपस्थित हुने गर्दछ ।

     नेपालमा  राष्ट्रिय सांस्कृतिक पर्वका रुपमा मान्दै आएको यस दिन  पशुपतिनाथमा रातको चार प्रहरमा चार प्रकारका पूजाका अतिरिक्त महादीप, अखण्डदीप, लक्ष्यबत्ती तथा दीपोत्सवका साथै लक्ष्य विल्लपत्र अर्पण गरिन्छ । कैलाशकूट र किराँतेश्वर सङ्गीत आश्रममा शास्त्रीय नाचगान गरिन्छ । महादेवको दर्शन गर्न र  पर्वको मेला भर्न यश दिन देशभरका विभिन्न भागलगायत छिमेकी राष्ट्र भारतका तीर्थयात्रीको पशुपतिनाथ मन्दिरमा घुइँचो लाग्छ ।

     यसै दिन शैनिक मञ्च टुँडिखेलमा  सैनिक दिवसका रुपमा बन्दुक पड्काएर  शिवरात्रि बधाई गर्दै शैनिक कौसलताको खेल प्रदर्शन समेत गर्ने सांस्कृति परम्परा रहि आएको छ । हरेक वर्ष महाशिवरात्रिका दिन नेपालमा सेना दिवस मनाउने पर्व रहि आएको छ ।  महाशिवरात्रिका दिन सैनिक दिवस मनाउने शुरुवात सन् १९३५ बाट भएको भन्ने रहेको छ । यश दिन टुँडिखेलमा सेनाले विषेश कार्यक्रम र परेड प्रदर्शन गर्दछ । उच्च आहोदाका सैनिक अधिकारी तथा राष्ट्राध्यक्ष समेतको उपस्थित हुने गर्दछ ।                                            मिति फागुन २७ महाशिवरात्रीका दिन गोपमा  सिल्लाचःह्रे अर्थात शिवरात्रि शिर्षकमा प्रकाशि भएको


 #प्रकाशमानशिल्पकार