हलिमलिं -लेख संग्रह
Monday, January 23, 2023
Wednesday, September 21, 2022
सुधार र विकाशका कार्य गर्दा !
Wednesday, March 23, 2022
अतिथि सत्कारको पर्व पाहाँचःह्रे नखः
Wednesday, April 28, 2021
सुन्दरताकी देवी मनमैजु र भोटो देखाउने जात्रा
सुन्दरताकी देवी मनमैजु र भोटो देखाउने जात्रा
संघियगणतन्त्र नेपालको केन्द्रिय राजजधानी काठमाणडौंको उत्तर पश्चिम तारकेश्वर नगरपालीकामा केही अग्लो सथान पायेगोडा शैलीको एउटा प्राचीन प्रशिद्ध मन्दिर रहेको छ । त्यो मन्दिर हो मनमैंजुको मन्दिर । नेपालमण्डललाई अष्टमातृकाहरुको तान्त्रिक सुरक्षा चक्रघेराहरुका पिठचक्रहरु मध्यको प्रथम चित्त- चक्रमा परेका अष्टमातृकाहरु मध्यका एक देवी इनद्रायणी देवी हुन् । यश मनमैंजु देवीलाई काशीनाथ तमोटको नेपामण्डल पुस्तकको लितँसा -६ को पीठस्थानमा मनमैंजु पीठलाई माहेश्वरी भनी उल्लेख गरिएको छ । नेपालमण्डलका बासिन्दाले प्रत्येक वर्ष मनाउने म्वःहनी नखःको छैठौं दिन अर्थात षष्ठीका दिन टोखाको नवरथ तिर्थमा स्नान गरि यश पीठमा पूजा गरी नवदुर्गा मध्य एक दुर्गाका रुपमा पुजिने यहाँको धार्मिक परम्परा रहेको छ । स्थानियहरुको भनाई अनुसार यश दिन मनमैंजु अजिमालाई मनोरथ तिर्थमा स्नान गराइन्छन् । दाग, पोतो र अन्य प्रकारका चर्मरोग लागेमा यिनको पूजा–उपासना गर्नाले ठीक हुन्छ भन्ने जनविश्वास छ । तसर्थ यिनलाई सुन्दरताकी देवी पनि भनिन्छ । त्यसोत मनमैंजु दवीको उत्पत्तिका सम्बन्धको किंवदन्ती कथाले भने यी देवीमा सुन्दर्ता नभएको भन्ने देखाउछ ।
मनमैजु देवीको उत्पत्ति सम्बन्धमा किंवदन्ती
किंवदन्ती कथा अनुसार, परापूर्व कालमा काठमाडौंको जितपुर गाउँमा मन नाम गरेकी एक कुरुप रुपकी कन्या थिइन् । तिनी निरन्तर रूपमा विष्णुमती र केशुमती(साङ्गला) खोलाको दोभानमा बसी इन्द्रको तपस्या गर्दी रहिछन् । एक दिन सधैं झै मन नाम गरेकी ती कन्या दोभानमा स्नान गरि इन्द्रदेवको आरधना गर्ने क्रममा कन्याको आरधनाबाट प्रसन्न हुुनुभई इन्द्र आफैं त्यस स्थानमा उपस्थित भएछन् र ती कन्यालाई वर माग्न भनेछन् । ती कन्याले पनि इन्द्रलाई नै पतिका रूपमा पाउनुपर्ने वर मागिछन् । इन्द्रले उक्त कुरा स्वीकार गरी ती कन्यासँग विवाह गरेछन् । तर तिनको अनुहारमा कालो पातो र दागहरू रहेकाले त्यस्ती नराम्री कन्या स्वर्गमा सुहाउँदिनन् भनी तिनलाई त्यहीँ छाडेर इन्द्र स्वर्गतिर फर्किएछन् । उनलाई इन्द्रले नै मनमैजु नामले बस्नू अनि अनुहारमा दाग र पोतो हुने मानिसहरूलाई सुन्दर बनाउनू भन्ने वरदान दिएछन् । यसै आधारमा मनमैजुलाई अनुहार सुन्दर बनाउने देवीका रूपमा पूजाआजा गर्ने गरिएको हो भन्ने जनविश्वास छ ।
अर्काे किम्वदन्ती यश प्रकार रहेको छ -
पहिला मनमैजु, टोखा र गोङगबुँ क्षेत्र घना जङगली क्षेत्र भएको । एक दिन एक शिकारी मृगको सिकार गर्ने ताकमा मृगको पछ्याउँदै आउँदा , हतास मृग मनोरथ तिर्थमा पुगेर प्राण त्यागेछ । मृगले मर्नु अगाडि मैले व्यर्थमा मृत्युवरण गर्नुपर्यो , अर्को जुनीमा मैले व्याधासँग बदला लिन पाउँ भनी भगवान संग याचना गरेछ । पवित्रमा बसेर अन्तिम क्षेणमा गरेको प्राथना स्वरुप नभन्दै त्यो मृग अर्को जुनीमा बाघ र व्याधा चाहिँ बँदेलको रुपमा जन्मन पुगेछन्। एकदिन अचानक ती दुबैको भेट त्यही मनोहर तीर्थमा भएछ । दुबै जनाको जमकाभेट पछि बदेँल र बाघको घमासान लडाइँ गर्दागर्दै नै दुबैले त्यहिं तिर्थमै मृत्युवरण गरेछन् र स्वर्गमा पुगेछन्। तिदुबै लड्दा लड्दा दुबैले मृत्युवरण गरेर स्वर्गमा आएको देखेर देवेन्द्र आश्चर्य मान्दै के कस्तो पूण्यको प्रभावबाट तिमीहरू स्वर्गमा आयौं भन्दै सोधपुछ गर्दा दुबैले मनोरथ तिर्थको प्रभाव भएको बताएको देखेर इन्द्रलाई पनि मत्र्यमण्डलको त्यो मनोहर तिर्थ हेर्ने लालायित भएर तीर्थ हेर्न जान्छु भनी इन्द्र मनोहर तीर्थ आएछन्। संयोगबस इन्द्रले तीर्थबाट स्नान गरी निस्किएकी मनमैँजुलाई देखेछन्। मनमैंजु शारीरिक सौन्दर्यले कुरुप र नराम्री देखिएतापनि शारीरिक बनावट भने राम्रो थियो । सधैं स्वर्गको अप्सराहरुको रासलीलामा रहने इन्द्रलाई सुन्दरताले कुरुप भए पनि मनमैंजुको शारिक बनावटमा मोहित भई उनी संग एकरात सुखःभोग गरि बिताएछन्। भोलि पल्ट इन्द्र स्वर्गलोक फर्किन लाग्दा मनमैँजुले नजान बिन्ति गरिन्। म तिमीलाई यो जुनीमा इन्द्रलोक लान सक्दिनँ तर अर्को जुनीमा भने तिमी मेरी इन्द्रायणी बन्नेछ्यौ’ भनी मनमैंजुलाई केही वर तथा उपहार दिएर इन्द्र त्यहाँबाट इन्द्रपुरी प्रस्थान गरेछन्।
मनैमैंजु मन्दिरको इतिहास :
मनोरथ तिर्थको किनारमा अवस्थित यश मनमैंजु अजिमा रुपि इनद्रायणी पिठलाई पौराणिक कथा उल्लेखित भए अनुसारको सतीदेवीको दाहिने तिघ्रा पतन भई उत्पत्ति भएको शक्ति पिठ हुन् भनेर स्थानीयहरु आस्थार विस्वास गर्दै आएको छ । वंशावलीमा लेखिए अनुसार भने राजा गुणकामदेवको पालामा यस मन्दिरको स्थापना गरिएको भन्ने उल्लेख छ । यहाँ नेपाल सम्वत् १०३५ भन्दा पुरानो शिलापत्र भेटिएको छ भने राणा प्रधानमन्त्री चन्द्रशमशेर र तत्कालीन राजा महेन्द्रले यस मन्दिरको जीर्णोद्धार गरिएको देखिन्छ । पित्तलको छाना र आकर्षक मन्दिर रहेको यस मन्दिरमा रहेका टुँडाल र तोरणमा यौनकलाका आकृति पनि देख्न सकिन्छ ।
नेपाल संवत् ७८६ मा प्रताप मल्लले यस मन्दिरको स्थापना गराएको देखिन्छ । सो कुरा मन्दिरको बाहिरी मूल ढोकाको उत्तरपट्टि पूर्व फर्काएर राखिएको शिलालेखमा उल्लेख छ । वि.सं. २०३१ सालमा सञ्चार मन्त्रालयबाट प्रकाशित मेचीदेखि महाकाली नामक पुस्तकको दोस्रो भागमा मनमैजु मन्दिरको स्थापना वि.सं. १७४८ मा भएको कुरा उल्लेख छ । मन्दिरमा भएको अर्काे शिलालेखमा राजा गिर्वाणयुद्ध वीरविक्रम शाहदेवले आफ्नी जेठी महारानीको नाममा यस मन्दिरको नित्य पूजालाई भनी वि.सं. १८५८ मा गुठी स्थापना गरिएको देखिन्छ । वि.सं. २०१७ सालमा तत्कालीन राजा महेन्द्रबाट मन्दिरको जीर्णाेद्वारका लागि केही रकम उपलब्ध गराएको पाइन्छ । इतिहासअनुसार राजा गुणकामदेवले कान्तिपुर देशको स्थापनासँगै मनमैँजु मन्दिर, लुमडी, पचली भैरव ङ्यमरु अजिमा आदिको मन्दिर बनाएको भन्ने वंशावलीमा लेखिएको छ भन्ने जानकारहरु बताउँछन् ।
मनमैंजुको जात्रा पर्व :
लिङ्गो उठाउने
........
खत जात्रा -
राजा गुणकामदेव नागार्जुन जङ्गलमा शिकार खेल्दै जाँदा एकपटक जङ्गलमा बास बस्दा । राजाले राति सपनामा मनमैँजु देवी इन्द्रायणीको दर्शन पाएछन्। देवीले चैत्र शुक्ल पूर्णिमाको दिन पूजा अर्चना गरी जात्रा चलाएमा मनोकाङ्क्षा पूरा हुनेछ भनी आज्ञा भई अन्तध्र्यान हुनु भइछन्। भोलिपल्ट बिहान राजा बिउँझिएर भोलिपल्ट राजाले त्यहाँ चारैतिर हेर्दा एउटा सुन्दर मन्दिर र स–साना बस्तीहरु देखेछन्। पछि राजा गुणकामदेवले उक्त मन्दिरसम्म पुग्ने बाटो निर्माण गरी स्थानीय बासिन्दालाई जागृत गराई इन्द्रायणीको नित्य पूजाअर्चना गरि जात्रा चलाउन लगाएको भन्ने छ ।
प्रत्येक वर्ष चैत्र शुक्ल चतर्दशीका दिनदेखि पाँचदिनसम्म परम्परागत रूपमा मनमैँजुको जात्रा मनाउँदै आएको छ । जात्राको पहिलो दिन चैत्र शुक्ल चतर्दशीका दिन तारकेश्वर महादेवको जङ्गलम रहेको सल्लाको रुखलाई विधिपूर्वक पूजा गरी काटेर ल्याइएको रुखकोलाई लिंगोका रुपमा मन्दिर अगाडि ठड्याइ मनमैज्ञु अजिमाको जात्रा सुरुहुन्छ । पाँचदिनसम्म विविध तरिकाले मनमैँजुको पूजा आजा गरि जात्रा हुने गर्छ । यसै जात्राको क्रममा मनमैजु अजिमालाई खतमा विराजमान गराई टोल टोलमा लगेर स्थानियहरुको पूजा लिने गरिन्छ । पूजामा अलिबलि सहित पूजागरी सिन्दूर जात्रा गर्दै गाउँ घुमाईन्छ । पाँचौ दिनमा लिङ्गो ढालेर जात्रा समाप्त गरि देवीलाई विधिवत लसकुस पूजागरी भित्र्याइन्छ ।
भोटो जात्रा :
खत जात्रा समाप्त गरि लिङ्गो समेत ढालेर अजिमा लसकुस गरि भित्र्याई सकेपछि भोटो जात्रा सुरु हन्छ । नेपालमा भोटो देखाउने जात्रा भन्दासाथ सबैको मानसपटलमा पाटनको बुङ्गद्य:( रातोमच्छिन्द्रनाथको) जावलाखेलमा देखाउने जात्रा नै झझल्को आउछ । तर मनमैंजुमा देखाउने भोटो जात्रा भने कसैेलाई पनि सम्झनामा आउँदैनन् । हुन पनि हो यहाँको भोटो देखाउने जात्राका बारेमा धेरैलाई थाहानै छैनत । यहाँको यो भोटो देखाउने जात्रा अनौठो र रोचक छ । देवेन्द्रले मनमैंजुलाई आफ्नो मायाको चिनो सुरुप दिएर गएको हीरामोती जडित भोटो मनमैजु अजिमा गुठीका मूलधामी र गुठीका थकालीले त्यहाँ उपस्थित भक्तजनलाई देखाउने चलन रहेको छ । मनमैंजु अजिमाका मूलधामी र गुठीका थकालीले त्यहाँ उपस्थित भक्तजनलाई देखाउने चलन रहेको छ । यस प्रकारको अनौठो र रोचक भोटो देखाउने जात्रा परम्परा देखी देवगृहभित्रमात्र सीमित हुन्छ । अन्य सर्वसाधारणका लागि भोटो देखाइँदैन ।
मनमैंजु मनोरथ तिर्थ प्रसिद्ध द्वादश तिर्थहरु मध्य एक प्रमुख तिर्थ :
दशै / म्वःहनी नखःको षस्थिकादिन नवरथ यात्रिहरुले लीईने मनोरथ तिर्थ बौद्ध वज्रयान परम्परा अनुसार यस तीर्थलाई महत्वपूर्ण तीर्थका रुपमा लिइने गरिन्छ । बौद्ध वज्रयान तन्त्र परम्पराका १२ तीर्थमध्ये यो तीर्थ पनि एक प्रमुख तीर्थ मानिन्छ । स्वयम्भू पूराणमा प्राचिन नेपालमण्डलको केन्द्रको रुपमा रहेको कान्तिपुर नगर र यसको वरिपरि पवित्र १२ तीर्थ रहेको उल्लेख गरिएको छ । ‘यसलाई द्वादस तीर्थ ’नाम दिइएको छ । द्वादस तीर्थको महिमा र यसको धार्मिक ऐतिहासिक महत्व बारे विकास रत्न बज्राचार्य द्वारा सम्पादित द्वादस तीर्थ महात्म्य ग्रन्थमा पनि उल्लेख गरिएको छ । ‘द्वादस तीर्थ महात्म्य’ ग्रन्थका सम्पादक बौद्ध विद्धान विकाश रत्न बज्राचार्यका अनुसार नेपाल मण्डलको द्वादस तीर्थ धार्मिक, सांस्कृतिक दृष्टिकोणले मात्र हैन आयुर्विज्ञानको दृष्टिकोणले पनि अति महत्वपूर्ण रहेको उल्लेख गरेका छन् । द्वादस तीर्थमा परेका यश मनोरथ तीर्थ बाहेक अन्य ११ तीर्थहरुमा - १. पूण्य तीर्थ–गोकर्ण,२. शान्त तीर्थ– गुहेश्वरी, ३. शंकर तीर्थ– शंखमोल, ४. राजतीर्थ– सानेपा टेकु, ५. निर्मल तीर्थ– भचाखुसी शोभा भगवती, ६. निधान तीर्थ–लखु तीर्थ, ७. ज्ञान तीर्थ कह्रखुसी विष्णुमती दोभान,८. चिन्तामणि तीर्थ – टेकुदोभान, ९. प्रमोद तीर्थ – दाङ्ग्रा खुसि, १०. सुलक्षण तीर्थ–भाजंगाः र ११. जय तीर्थ–ङेखु – अादि तीर्थहरु हुन् ।
मनमैजु अजिमा नागमाता मनसाका रुप पनि :
नाग, स्कन्द, अग्नि, ब्रह्म, विष्णु तथा शिव पुराणहरुमा चर्चित शिवपुत्रि नागमाता मनसानै मनमैंजु अजिमा रहेको भन्ने समेत मान्यता रहेको छ । महाभारत कालपछि मनसाबाट अपभ्रंश भएर मनमैंजु रहन गएको हो र मनसाको रुप अघोर भएका कारण मनमैंजु अजिमालाई बली दिने चलन चलेको हो भन्ने समेत रहेको छ । मनमैंजु अजिमाको बज्राचार्य पुजारी बाट तान्त्रिक पुजा हुने गर्छ ।
सन्दर्भ सामाग्रि :- तारकेश्वर नगरपालीकाको वेभशाईत र काशीनाथ तमोटको नेपामण्डल पुस्तकको लितँसा -६ र पूण्यभूमि नेपालमण्डलको पवित्र द्वादस तीर्थका कुराहरू !-हिसी ज्यापु समेत ।
#प्रकाशमानशिल्पकार
#कल्खुअजिमाशरण_लेखसंग्रहThursday, March 11, 2021
सिल्लाचःह्रे
सिल्लाचःह्रे
सनातनी नेपालीले वर्षको विभिन्न तिथि मितिमा विभिन्न सानाठूला चाडपर्वहरु मनाउँदै आएको छ । अधिकांश चाडपर्वहरु तिथिमा मनाउने गर्दछन् भने केही पर्वहरु संक्रान्ति अर्थात १ गते मनाउने गर्दछन् । मिति अनुसार संक्रान्तिमा मनाउँदै आएका पर्वमा बिक्रम संवतको वर्षको पहिलो दिन बैशाख १ गते कर्कत संक्रान्तिका दिन नव वर्ष पर्व र माघ १ गते मकर संक्रान्तिका दिन मकर संक्रान्ति पर्व हुन् । सौरवर्षमा ३६५ दिन हुन्छ भने चान्द्रवर्षमा ३५४ दिन रहेका हुन्छन् । मिति सौरमान अनुसार गणना पर्ने दिनत तिथि: चान्द्रमानका गणना अनुसार आउने तथा घटबढ हुने शृुक्लपक्ष र कृष्णपक्षका कुनै पनि दिन; परेवादेखि औँसी वा पूर्णिमासम्मका दिन हुन् । यसरी सौरवर्ष सौरमान अनुसारत तिथि चा्द्रवर्ष चान्द्रमान अनुसार दिन, घडि,पला र विवपला गणना गरि निकालीएको वर्ष हो ।
चान्द्रमान अनुसार गणना गरिने चान्द्रवर्षका विभिन्न तिथिहरुमा शास्त्रगत तथा परम्परागत रुपमा मान्दै आएका चाड पर्वहरु वर्षेनी फरक फरक मितिमा अघि वा पछि पर्नुका कारण पनि सौरवर्ष तथा चान्द्र वर्षमा दिन गणनामा फरक भएकै कारण हुन् ।
सनातनी व्रत उपासनाहरु मध्ये सर्वोत्तम मानिएको महाशिवरात्रि पर्व परेको दिन फागुन कृष्ण चतुर्दशीको (सिल्लागा चःह्रेको) रातलाई " आशुतोष भगवान शिवको उत्पत्ति भएको रात्रिकारुपमा पौराणिक कथाहरुले मान्यत दिई आएको छ । वर्षदिनमा आउने रात्रिहरु मध्यमा कालरात्रि, मोहरात्रि, सुखरात्रि र शिवरात्रिलाई पवित्र पर्वका रूपमा पुराणहरूमा वर्णित छ । आश्विन शुक्ल सप्तमीको (कौलाथ्व सप्तमीको) रात्रिलाई "कालरात्रि", भाद्र कृष्णअष्टमीको कृष्णजन्माष्टमीको रातलाई " मोहरात्रि", कार्तिक कृष्ण अौसी(कौलागा आमै) / लक्ष्मी पूजाको रातलाई "सुखःरात्रि" र फागुन कृष्ण चतुर्दशीको(सिल्लागा चःह्रेको) रातलाई " महाशिवरात्रि" पर्वका रुपमा सनातनीहरुले मान्दै आएका छन् ।
महाशिवरात्रिलाई नेवाः समाजले सिल्लाचःह्रे पर्वका रुपमा मनाउँदै आएको छ ।
नेवाः समाजले वर्षदिन भित्रमा विभिन्न तिथिमा मान्दै आएका साना ठूला चाडपर्वहरु मध्य केही तिथिका पर्वहरु सन्ध्याकालमा मनाउने गर्दै आफ्नो जाति मौलिक पहिचान दिदै आएको छ । नेवाः समुदायले सन्ध्याकालमा मनाउने गर्दै आएका तिथि चाडपर्वहरु मध्यमा पाहाँचःह्रे तिथिमा सन्ध्याकालमा लुकुमाद्यः पूजा गरेर पर्व मनाएर भोज खाने, सानो म्वहनी नखःका रुपमा रहेको चथाः पर्वमा राती आकाशमा चन्द्रमा उदय भए पश्च्यात मात्र चथाः पूजा गरि चथाः पर्व मान्ने । त्यस्तै नै लक्ष्मी पूजा र म्हपूजा पनि बेलुका मात्र गर्ने परम्परा रही आएको छ । यसरी नै बेलुकी मनाउने एउटा पर्व शिवरात्रि( सिल्ला चःह्रे) तिथि पनि एक हुन् ।
चान्द्रमान अनुसारको नेपाल संवतको पञ्चाङ्गको बाह्रमासमा अर्थात वर्षभरीमा बाह्र चःह्रे( चतुर्दशी) तिथि पर्व रहेका हुन्छन् । बाह्र चःह्रे तिथिहरु यश प्रकार रहेका छन् :- १. बालाचःह्रे, २. दिशीचःह्रे, ३. लैचःह्रे, ४. सिलाचःह्रे, ५. पाहाँचःह्रे , ६. मातातिचःह्रे, ७. सिथिचःह्रे, ८. दिल्लाचःह्रे, ९. गथांमुगःचःह्रे, १०. जुगःचःह्रे, ११. नलास्वनेचःह्रे र १२. स्वन्तिचःह्रे तथा अधिकमास(मलमास/ पूरुषोत्तम महिना)को अनलाचःह्रे । यी बाह्र चःह्रे तिथिहरु मध्यमा मंसीर कृष्ण चतुर्दशी (बछलागा )को बालाचःह्रे, चैत्र कृष्ण चतुर्दशी( चिल्लागा)को पाहांचःह्रे र फागुण कृष्ण चतुर्दशी(सिल्लागा ) को सिल्ला चःह्रे समेतका तिन तिथिहरुलाई विशेष पर्वका रुपमा नेवाः समुदायले मान्दै आएको छ ।
निलकण्ठ भोलेबाबा उत्पत्ति भएको दिन भनेर सनातनीहरुले विस्वास गरेको दिन नेपाल संवत् अनुसारको सिला महिनाको चःह्रे( सिल्लाचःह्रे) याने बिक्रसम्वत अनुसारको फागुण कृष्ण चतुर्दशी परेको दिनलाई / नेवाः समुदायले सिलाचाः ’ च्वनेगु" पनि भन्ने गरेको देखिन्छ । "सिलाचा" शब्दलाई खोतलेर हेर्ने हो भने "ला" को अर्थ महिना र "चाः " को अर्थ रात्रि अथवा रातमा जाग्राम बस्ने भन्ने देखिन्छ । सम्भवत नेपालमण्डलमा शिवरात्रि सिलाचाःको संस्कृतिकरण भई आएको हो वा सिलाचाःको अपभ्रंश भई शिवरात्री हुन गएको हो यो अध्यनको एउटा विषय हुन सक्छ ।
सिलाचःह्रेको ठीक एक महिना पछि आउने चैत्र कृष्ण चतुर्दशी( चिल्लागा)को पाहांचःह्रेमा भुमिगतमारुपमा जमिनमुनि लुकेर बसेका देवादिदेव महादेवलाई(लुकुमाद्यः लाई) मध्यमास समेत चढाई पूजाआजा गरी पाहाँचःह्रे मनाउने सांस्कृतिक परम्परा भएका नेपालमण्डलवासी नेवाःहरुले शिव उत्पत्ति भएको पवित्ररातमा धुनीसमेत जगाई सिलाचाः याने जाग्राम बसेर महादेवको उपासना समेत गर्न यश दिन बिहान देखि नै युवाहरु चोक चोकमा बसी बाटोमा आवतजावत गर्ने सबै बटुवाहरुलाई बाटो छेकेर जगाः याने सिल्लाचःह्रेको कर लिने गर्छन् । त्यस्तै नै सानासाना नानीहरु पनि पसल पसल र घर घर गएर नेवाः भाषामा गाउदै "महाद्यःया इकुल, गणेद्यःया चिकुल, धर्म दुसा सिँ छका फ्वने हिँ त्यस्तै सिल्ला चःह्रे .... सिलाचा च्वनेत सिँ निका हिँ, मब्यूसा खवः सिँ तय्, सिलाचा पनेत सिँ निका हिँ, महाद्यःया चिकुल, मब्यूसा खवः स्वाय् काःयने ।" भन्दै घर घरमा गएर काठ दाउरा माग्न जाने परम्परा रहेको छ । दिनभरी उठाएका जगाःको पैसा राति ठूलठूल्ला मूडा काठहरु ल्याई धुनी जगाए धुनीमा शिव पूजा गरि भुटेको मकै भटमास चढाएर सबैले प्रशाद ग्रहन गर्ने गर्छन् । शिवरात्रिको धुनीमा उखु पोलेर पट्काएर प्रशादका रुपमा खाएमा रोग लागदैनन् भन्ने आस्था र विस्वास समेत रहेको छ । तर आजभोली भने सिल्लाचःह्रे याने शिवरात्रिमा नेवाःहरु भन्दा गैह्रनेवाः युवा तथा नानीहरु बाटो छेक्दै " शिवरात्रि, महादेव पार्वति, शिवरात्रि, महादेव पार्वति," भन्दै सिलाचःह्रेका नाममा को जगाः उठाउने नाममा सडक बाटो अवरोध गर्दै बटुवा र सवारी चालकहरुलाई हैरानी दिन्दै बलजफ्ती पैसा उठाएर खाने र नेवाः पर्व संस्कृतिको बदनाम गराउने कार्य गरेको समेत देखिन थालेको छ । सिल्लाचःह्रे नभई शिवरात्री मनाउने पर्व संस्कृति रहेका गैह्र नेवाःहरुमा शिवरात्रिमा बाटो छेकेर जग्गाः उठाउने परम्परा समेत छैनन्
नेपालमा राष्ट्रिय सांस्कृतिक पर्वका रुपमा मान्दै आएको यस दिन पशुपतिनाथमा रातको चार प्रहरमा चार प्रकारका पूजाका अतिरिक्त महादीप, अखण्डदीप, लक्ष्यबत्ती तथा दीपोत्सवका साथै लक्ष्य विल्लपत्र अर्पण गरिन्छ । कैलाशकूट र किराँतेश्वर सङ्गीत आश्रममा शास्त्रीय नाचगान गरिन्छ । महादेवको दर्शन गर्न र शिवरात्रि पर्वको मेला भर्न यश दिन देशभरका विभिन्न भागलगायत छिमेकी राष्ट्र भारतका तीर्थयात्रीको पशुपतिनाथ मन्दिरमा घुइँचो लाग्छ ।
यसै दिन शैनिक मञ्च टुँडिखेलमा सैनिक दिवसका रुपमा बन्दुक पड्काएर शिवरात्रि बधाई गर्दै शैनिक कौसलताको खेल प्रदर्शन समेत गर्ने सांस्कृति परम्परा रहि आएको छ । हरेक वर्ष महाशिवरात्रिका दिन नेपालमा सेना दिवस मनाउने पर्व रहि आएको छ । महाशिवरात्रिका दिन सैनिक दिवस मनाउने शुरुवात सन् १९३५ बाट भएको भन्ने रहेको छ । यश दिन टुँडिखेलमा सेनाले विषेश कार्यक्रम र परेड प्रदर्शन गर्दछ । उच्च आहोदाका सैनिक अधिकारी तथा राष्ट्राध्यक्ष समेतको उपस्थित हुने गर्दछ ।
नेपालमा राष्ट्रिय सांस्कृतिक पर्वका रुपमा मान्दै आएको यस दिन पशुपतिनाथमा रातको चार प्रहरमा चार प्रकारका पूजाका अतिरिक्त महादीप, अखण्डदीप, लक्ष्यबत्ती तथा दीपोत्सवका साथै लक्ष्य विल्लपत्र अर्पण गरिन्छ । कैलाशकूट र किराँतेश्वर सङ्गीत आश्रममा शास्त्रीय नाचगान गरिन्छ । महादेवको दर्शन गर्न र पर्वको मेला भर्न यश दिन देशभरका विभिन्न भागलगायत छिमेकी राष्ट्र भारतका तीर्थयात्रीको पशुपतिनाथ मन्दिरमा घुइँचो लाग्छ ।
यसै दिन शैनिक मञ्च टुँडिखेलमा सैनिक दिवसका रुपमा बन्दुक पड्काएर शिवरात्रि बधाई गर्दै शैनिक कौसलताको खेल प्रदर्शन समेत गर्ने सांस्कृति परम्परा रहि आएको छ । हरेक वर्ष महाशिवरात्रिका दिन नेपालमा सेना दिवस मनाउने पर्व रहि आएको छ । महाशिवरात्रिका दिन सैनिक दिवस मनाउने शुरुवात सन् १९३५ बाट भएको भन्ने रहेको छ । यश दिन टुँडिखेलमा सेनाले विषेश कार्यक्रम र परेड प्रदर्शन गर्दछ । उच्च आहोदाका सैनिक अधिकारी तथा राष्ट्राध्यक्ष समेतको उपस्थित हुने गर्दछ । मिति फागुन २७ महाशिवरात्रीका दिन गोपमा सिल्लाचःह्रे अर्थात शिवरात्रि शिर्षकमा प्रकाशि भएको
#प्रकाशमानशिल्पकार
Thursday, February 11, 2021
Friday, February 5, 2021
चामुण्डेश्वरी मातृका कङ्ग अजिमा
चामुण्डेश्वरी मातृका कङ्ग अजिमा
पृष्ठभूमि
शक्ति प्रधान नेपालमण्डल भित्रको काठमाण्डौ उपत्यका र त्यसका वरपरका प्राचीन शहर तथा गाउँहरुमा रहेका अष्टमातृका प्रधान देवीहरुको समुहलाई ग्रहण गर्ने परम्परा रहेका तान्त्रिक समुदायमा श्री कुमारी र श्री तलेजु भवानीको अन्य देवीदेवता भन्दा विशिष्ट स्थान अोगटेको छ । त्यसै कारण पनि यहाँका नेवाःहरुको जनजीवनमा अष्टमातृका, दस महाविद्या तथा नवदुर्गाहरु अरु देवीदेवताहरुको तुलनामा बढी नै चर्चित रहेको यहाँ स्पष्ट देखिन्छन् ।
मातृशक्तिहरुमा प्रमुख त्रिशक्ति अथवा त्रिमातृकाहरुमा महादेवी श्री सरस्वती, महादेवी श्री लक्ष्मी र महादेवी श्री रुद्रायणीका रुपमा पुजिने गरिन्छन् । यिनै त्रिमातृकाहरुमा श्री माहेश्वरी, श्री कुमारी(कौमारी), श्री बाराही, , श्री काली( चामुण्डा) थपेर सप्तमातृका र त्यसमा महालक्ष्मी थपेर अष्टमातृका अनि अर्को एका मातृका त्रिपुरासुन्दरी थपेर नवमातृका अर्थात नवदुर्गा पुज्ने गरेको यहाँका शक्तिपुजक लोकजनको शाक्तनिति रहेका छन् । त्यस्तै नै शाक्त परम्पराका शक्ति पुजक लोकजनहरुले दस महाबिद्या सम्बन्धमा शक्तिसङ्गम तन्त्र अनुसारका दस महाबिद्या देवीहरु पुज्दै आएका छन् । शक्तिसङ्गम तन्त्र अनुसारका दस महाबिद्या देवीहरुमा क्रमशः १.कालीका (महाकाल), २. तारा(अक्षोभ्य) ३.त्रिपुरासुन्दी(ललितेश्वर, त्रिपुरभैरव), ४. छिन्नमस्ता (विकराल-क्रोधभैरब), ५. भुवनेश्वरी,६. घूमावती, ७. महालक्ष्मी ( कमला), ८. भैरबी, ९. मातङ्की , र १०. बगलामुखि आदि महाशक्ति देवीहरु हुन् ।
त्यस्तैनै बज्रयान र महायान तन्त्रका अनुयायी बुद्धिष्टहरुले बिजेश्वरी, संकटा लगायतका योगिनी देवीहरुलाई अति सम्मानका साथ पुज्दै आएका छन् । बज्रयानीहरु गुह्यश्वरी शक्तिस्वरुपा गुह्यकाली समेतलाई पनि नैरात्मा योगिनीका रुपमा पुज्ने गरेको छ । जसरी शैव र शाक्तधर्मका देवीदेवतालाई बुद्धिष्टहरुले सम्मानका साथ पुज्छन त्यसरी नै बौद्ध धर्मका देवदेवीहरुलाई पनि शैब र शाक्त धर्म सम्प्रदायले पनि त्यतिनै सम्मानका यहाँ पुज्दै आएका छन् । यसरी हेर्ने हो भने नेपालमण्डको धर्म संस्कृति धार्मिक सहिष्णुताको स्वर्ण नमुना नै हो भन्दा सायद फरक नहोला ।
बुद्धको जन्म भूमिका हामी नेपालमण्डल उपत्यकाबासी आफू , आफनो परिवार , गाउँटोल र देशलाई रक्षा गर्ने देवीहलाई अति आत्मियका साथ अजिमाको पदवीका साथ पुज्ने परम्परा अंगाली आएको छ । नेपालमण्डलको हरेक प्राचीन बस्तिहरुको बाहिर नजिक शमसान घाट क्षेत्रमा एउटा पिगंःद्यः रहेका हुन्छन् । पिगंःद्यःलाई यहाँका लोकजनले शक्ति पीठका रुपमा लिने गरेको छ । पिगंःद्यः भन्नाले देवीदेवताको गणपूरक देवीदेवतागण रहेको पिठ हुन् । गणपूरक देवीदेवता भन्नाले कम्तीमा तेह्र वा चौध देवीदेवताका गणहरु रहेका हुन्छन् । गणपूरक देवीदेवतागणहरुमा -१. श्री गणेश, २. सिंहिनी, ३. ब्याघिनी, ४. भैरब, ५. कुमार, ६. क्षेत्रपाल, र आठ मातृका जस्तै ७. ब्रम्हायणी, ८. माहेश्वरी, ९. कुमारी, १०.बैष्णवी, ११. बाराही, १२. इन्द्रायणी, १३. चामुण्डा र १४. महालक्ष्मी समेत हुन् । पिगंःमा सामान्यत १३ वा १४ देवीदेवता गणहरु हुने गरेका छन् । पीठ गणका देवीदेवता गणहरुमा १३ वन १४ हुने भएतापनि कान्तिपुर नगर भित्रको इनबहालमा रहेको मूल देवी थाहा हुन नसकेको पिगंःमा लगभग ३३ वटा अमूर्तमूर्तिका देवीदेवगणहरु रहेको देखिन्छ भने प्राचीन कान्तिपुर नगर बाहिर बिष्णुमति खोलाको पश्चिम भेग न्हेपंखा/ कलङ्कीमा विराजमान कल्खु बालकुमारी अजिमा ( कलङ्की माता) को पिगंःमा भने ५५ वटा अमूर्त मूर्तिहरुको देवीदेवताको गणहरु रहेका देखिन्छ । एउटा पिगंःमा एउटा मूल अजिमा(मातृका) याने मूलदेवी हुन्छन् । यिनै मूल देवीका नामबाट पिंगःद्यः(पिठ) को नाम रहेका हुन्छन् । कान्तिपुरनगरका केही पिगंःहरुका मूल देवीको नाम यहाँका नेवाःहरुले बिर्सिसकेकोले कुनै कुनै पिगंः(पिठ)को नाम त्यहाँ पिगंःद्यःका मूलदेवीका नामबाट सम्बोधन नगरि खाली पिगंः अजिमा वा पिगंः मात्र पनि भनिने गरेको समेत देखिएका छन् ।
कङ्ग अजिमा
गुणकामदेवले कलिगत सम्बत् ३८२५ मा नेपालमण्डलको राजधानी प्रचािन नेपाल कान्तिपुर देश निमार्ण गर्दा देशलाई सुरक्षा दिन बास्तिका बाहिरि आठ कुनामा अष्टमातृका पिंगःहरु स्थापना गरीएका भनिएका अष्टमातृका पीठहरु १) लुँमधि अजिमा २) कंगः अजिमा ३) म्हेपि अजिमा ४) तकति अजिमा वा टंकेश्वर अजिमा ५) मैति अजिमा ६) ङ्यतमरु अजिमा ७) बछला अजिमा र ८) लुतिमरु अजिमाहरु हुन् भनी बंशाबलीमा उल्लेखित छ ( मैति अजिमा र बछला अजिमा कान्तिपुर देश भन्दा बाहिर छिमेकि ग्वलँ देशमा परेको देखिनछन् )। बंशाबलमा उल्लेखित अष्टमातृकाहरु मध्यका एक अष्टमातृका पीठ हुन् नगरको पश्चिम दक्षिण तर्फ बिष्णुमती खोला छेउमा अवस्थित चामुण्डेश्वरी मातृका कङ्ग अजिमाको पिगंः । यो पीठ नगरको तल्लो र माथिलो भेगको ठीक बिचमा अवस्थितर रहेको छ । यश पीठ संगै कंकेश्वरी घाट, दमईचा घाट, बिष्णुमति पारी लखुतिर्थ, दक्षिण तर्फ भवानी तिर्थ र रामघाट समेत रहेको छ भने पीठ संगै महर्जन, मानन्धर तथा खड्गी समुदायको श्मशान रहेको छ । कंग अजिमा पीठ क्षेत्रका घाटहरु सबै विकाशका नाममा भएका सडकविस्तारको अतिक्रमणमा पर्दै घाटको अस्तित्व नै समाप्त भईसकेका छन् । यश कङ्ग अजिमाको पूर्व दक्षिण तर्फ हाल चिवाख्यःक्षेत्रमा पहिला पोडेहरुको श्मशान रहेको थियो पछि मात्र त्यहाँ श्मशान क्षेत्रमै बस्ति बसालेको हो भन्ने भनाईरहेको छ।
चामुण्डेश्वरी कङ्ग अजिमाको मन्दिर तिन तल्लाको पागोडा शैलीमा रहेको छ । १९९० सालको महाभुकम्पले क्षेति नगरेको यश मन्दिर गएको २०७२ सालको महाभुकम्पले क्षेति पुरेयाएकाले हाल पुनःरनिर्माण गरिएको छ । सूर्यबंशी लिच्छवी राजा गुणकामदेवलाई श्री महालक्ष्मीबाट सपनामा दर्शन दिई आज्ञाभए बमोजिम कलिगत सम्वत ३८२५ मा खड्गकार कान्तिपुर भूमिको नगर निर्माण गरि नगरको सुरक्षाका लागि नगरको चारै तर्फको विभिन्न दिशाविदिशाका आठ कुनाहरुमा अष्टमातृकाहरु स्थापना गर्ने क्रममा पश्चिम तर्फको सिमाना सुरक्षाका निमित्त चामुण्डेश्वरी मातृकालाई आह्वान गरी स्थापना गरिएको हो भन्ने बंशाबलीमा लेखिएका छन् । बंशाबलीमा राजा गुणकामदेवले नगर सुरक्षाका लागि तान्त्रिक सुरक्षाघेराका रुपमा स्थापना गरिएको भनिए तापनि यो पीठ काठमाण्डौ उपत्यका उत्पतिकाल देखिनै रहेको थियो भन्ने लोकमान्यता समेत यहाँ रहेको पाईन्छन् । . लोकजनको भनाई अनुसार कङ्ग अजिमालाई प्याफल टोलको मानिन्छ । अजिमाको सम्पूर्ण कार्यविधि तथा निर्त्यकर्महरु मरु टोलका मरु किसानीहरुले गर्ने गर्दथ्यो ।त्यति बेला मरु किसानी नाइके (नाय:) को एक्ली छोरी मात्र रहेको र उक्त छोरीको सन्तानको बिबाह यतखा टोलको छोरा (यटखामि) संग भएकोले बुढो नाइके (मरु किसानी नाइके) अजिमाको दिनहुँ गर्नु पर्ने कार्यविधि तथा निर्त्यकर्महरु गर्न आफ्नो एक्ली छोरी बिना गर्न नसक्ने भएकोले आफैले आफैलाई छोरीलाई दाइजो स्वरूप पठाएको कथन पनि पाइन्छ ! यसै कारणले मरु क्वाक्चा र प्याफल दुवै टोलमा चामुण्डेश्वरी मातृका कङ्ग अजिमाको सानो मन्दिर समेत रहेको भनाई रहेको पाइन्छ ।
चामुण्डेश्वरी मातृकालाई कंकेश्वरी मातृका समेत भन्ने गरेको छ । यहाँका देश तथा नगर सुरक्षाका लागि स्थापना गरीएका अथवा नगर निर्माण हुनु अघिनै स्थापना भईरहेका मातृकाहरुलाई यहाँ अजिमाको पदवीको लोकमान्यता रहेको भए तापनि चामुण्डेश्वरी मातृकालाई " कङ्ग अजिमा " नै किन भनियो भन्ने एउटा खोजको विषय हुन सक्छ । नगरको पश्चिम सिमानाको विष्णुमती किनारामा अवस्थित यश चामुण्डेश्वरी कङ्ग अजिमाको पीठको देवगृह(द्यःछें) भने यटखाटोलमा रहेको छ । यश कङ्ग अजिमा पीठ चण्डेश्वरी मातृकाको हो भन्ने लोकमान्य रहेको भएता पनि केही संस्कृति विदहरुले भने कान्तिपुरको प्रमुख अष्टमातृका लिने क्रममा यश पीठको मूल मातृका चामुण्डेश्वरीलाई नलिईकन यश पीठमा रहेका मातृकाहरु मध्यका बाराही मातृका लिने गरेको पनि देखिन्छन् ।
कङ्ग अजिमाको जात्रा -
पाहाँचःह्रे जात्रा-
ने.सं. ५८० मा राजा अमर मल्ले पिशाच चतुर्दशीका (चिल्लागा पाहाँचःह्रेका) दिन यश चामुण्डेश्वरी कङ्ग अजिमालाई रथारोहण गरी खतजात्रा सहितको देश परिक्रमा गर्ने पाहाँचःह्रे जात्रा चलाई १२ वर्षमा एक पटक देवीगण नाच समेत चलाउने व्यवस्था गरि दिएको भन्ने समेत बंशाबलीमा उल्लेखित गरिएको छ । चैत कृष्णपक्षिय चतुरदशि .चिल्लागा.. पाहाँचःह्रेका दिन हुने खत जात्रा आजसम्म निरन्तरता रहेको भए तापनि १२ वर्षमा हुने भनिएका देवीगण नाच भने धेरै अगावै देखिनै स्थगन भईसकेको छ । . बुढापाकाहरुको भनाइ अनुसार उहिले उहिले ङयतमरु(ङ्यतभुलु) अजिमा (स्वेतकाली)को नृत्य जस्तै चामुण्डेश्वरी कङ्ग अजिमाको पनि नृत्य (गछिं प्याखं) देखाउने परम्परा थियो रे ! यटखाको मजाःदेगः (हाल कम्पुकोत .......व्यारेकको भान्छाघर रहेको ठाउँ कङ्ग अजिमा नृत्य गर्ने दबुली रहेको थियो रे । बुढापाकाहरुको भनाइ अनुसार उहिले परम्परा अनुसार एक दिन नृत्य चलिरहेको बेला एक तान्त्रिक आएर अजिमालाई पशुको विभिन्न रुप धारणगरी छल गर्दै दु:ख दिएर हायलकायल गरेकोले उक्त तान्त्रिकको बली नै लिएका थिए रे । यसरी भेषधारी तान्त्रिक देखि कङ्ग अजिमा सार्है नै रिसाएर तान्त्रिकको भोग लिनु भए पछि अब उपरान्त हरेक बर्ष एक जना मान्छेको नरबली नै दिनु पर्ने र अन्यथा शर्त पुरा गर्न नसक्ने भए आइन्दा दर्शन दिन नसक्ने आज्ञा दिए अनुसार त्यसबेला देखि उक्त नृत्य बन्द भएको भनिन्छ । त्यसै अनुरुप त्यस नृत्यसंग सम्बन्धित सबै सर-सामंग्रीहरु सोहि दबली मुनि छोपेर तत्पश्चात उक्त स्थानको देवगृह( द्यःछें)को मूल ढोका सधैको लागि बन्द गरि देवगृहमा आवट जावट गर्न अर्को छुट्टै ढोकाको ब्यवस्था गरेको भनाइ पाइन्छ । कथंकदाचित उक्त ढोका खोलेमा नरबली दिनुपर्ने विश्वास रहेको समते पाइन्छ ।
चैत्रकृष्ण चतुर्दशि पिशाच चतुर्दशि / चिल्लागा पाहाँचःह्रेका दिन सन्ध्याकालमा यटखा टोलमा रहेको देबगृह( द्यःछें) बाट अजिमाको मूर्तिलाई खतमा विराजमान गराई बाजागाजा सहित बिष्णुमती किनारा स्थित आफ्नो कंकेश्वरी पीठ( गमय) मा लगेर राखिन्छ । अौसिका दिन राति शैनिक मञ्च टुंडिेेखेलमा र त्यसको भोलिपल्ट असनमा वतु र तेबहाौका भद्रकाली अजिमा संग खत परिक्रमा गर्दै चिलाख( मसाल)सातासात गर्ने जात्रा गरि पाहाँचःह्रे जात्रा सम्पन्न गर्ने गर्छ।
खड्ग जात्रा( पायः न्ह्याकेगु जात्रा)
प्रत्यक वर्षको आश्विन शुक्ल बिजयादशमी/ कौलाथ्व दशमी / चालंका दिन अपरान्ह पछि कङ्ग अजिमाको देबगृहबाट खड्ग जात्रा/ पायः न्ह्याकेगु जात्रा निकालि खड्ग जात्रा गर्ने परम्परा रहि आएको छ ।
पीठ मन्दिरमा शिलाका अमूर्त मूर्तिहरु मात्र रहेको भए तापनि चाडपर्व तथा शनिवार शनिवारका दिनमा मात्र राख्न भनी दाताहरुले कृतिकारुपमा राखेका सुनको प्रस्तर मूर्तिमा मूर्ति तस्करहरुको कूदृष्टिपरी मूर्ति तस्करहरुकै सहयोगमा यात्रामा निस्किएका चामुण्डेश्वी कङ्ग अजिमाको स्वर्ण मूर्ति आज सम्म फिर्ता हुन सकेको छैनन् भने प्रहरी प्रशासन समेत चोरीएको मूर्तिपत्तालगाउन असफल भएको प्रमाणित भईरहेको अवस्था समेत छ ।
चामुण्डेश्वरी(कंकेश्वरी) कङ्ग अजिमाको दैनिक नियम पूजाको जिम्मेवारी पहिलादेखिनै द्यःपाला स्वयमले गर्ने गरेको छ । अन्य अष्टमातृका पीठमा जस्तै यहाँ पनि अष्टमातृका गणकारुपमा मानिने पोडे ( द्यःला) नै द्यः पालाको व्यवस्था भई आएको छ ।
देवमाला वंशावलीमा लेखिए अनुसार चामुण्डेश्वरी (कंकेश्वरी) कङ्ग अजिमाको मन्दिर सजावट गरीतात्कालिक विभिन्न समयमा कृति कायम गर्नु हुने दाताहरु र दाताको कृतिहरुमा - १.बि.सं. १७८३ मा कमाण्डर इन्चिफ जनरल कुवंरले देवालय भित्र सुनको मोलम्बा चंदुवन बनाएर चढाएको,
२. बि.सं. १८९६ आश्विनमा जनरल नजर(अमर)सिंहले देवलयको माथिलो सुनको मोलम्बा छाना बनाई दिएको ,
३. बि.सं. १९०९ कार्तिक ८ रोज ५ मा जनरल गगनसिंहले माझ तलणलामा सुनको छाना बदाईदिएको ,
४.बि.सं. १९ सालमा जिवनारायण मानन्धरले माथिलो पूर्व दक्षिण पश्चितिर सुनको झलर बाएर राखेको,
५. बि. सं. १९ सालमै बिलं शाहीले माझ तल्ला पूर्व तर्फ सुनको झलर बनाइदिएको ,
६. बि.सं. १९ सालमै सेते दमाईले माझ तल्ला उत्तरतिर सुनको झलर बनाईदिएको,
७. बि.सं. १९ सालमै उजीर शाहीले माझ तल्लाको दक्षिणमा सुनको झलर बानाइदिएको,
८. बि.सं.१९ सालमै ज्योचा भन्ने सिंहबिर मानन्धरले माझ तल्लाको पश्चिममा सुनको झलर बनाई दिएको र
९. बि.सं. १९९६ मा देवराज मानन्धरले तल्लो तल्लामा टाइले मोडी सोभा बनाइदिएको भन्ने समेत उल्लेखित गरेको छ ।
#प्रकाशमानशिल्पकार
फोटो साभार-श्ययाम मानन्धरकोो फेशबुक बाटकल्खु अजिमा लेख संग्रह बाट