Monday, September 3, 2018

खोकनाको देय् पुखु जात्रा

खोकनाको देय् पुखु जात्रा

~~~ ००० ~~~

खोकनाको परिचय
    संघिय गणतान्त्रिक नेपालको ३ नं प्रदेश  ललितपुर जिल्लाको प्राचीन बस्ति जितापुरको नाम खोकना कसरी रहन गयो भन्ने संबम्बन्धमा खोतलेदै जाँदा  - देहान्त भई उनकि पत्नि समेत सति जान चितामा बसि दागवति दिएको आगोले ज्वालाकोककक रुप लिन नपाउँदै घनघोर हुरि बतास र मुसल धारे पानी परेकाले  मलामि लगायतका सवै आफन्तहरु चीतालाई त्यसै नै छादेर गए पश्चयात दैवसंजोक मरि सकेका भनिएका लासले पूनरजन्म लिइ जिवित भई उठेको अवस्थामा नदीमा वाद आई मरेर पनि जिलित भएका आफ्ना पति परमेस्वरलाई बादिले बगाएर लगे पछि नदीको किनारै किनार रुन्दै( ख्व ख्वं) पछि पछि लाग्गै जाँदा हाल सिकाली ख्य: रहेको क्षेत्रमा पुनः दुबै दम्पतिको पूनर मिलन भई  त्यसै क्षेत्रको अलि तल आफ्नो आवास बनाएर जीवन निर्वाह गर्दै गएको । जुन ठाउँलाई स्थानियहरु मानिस मर्यो भनेर अन्तिम संस्कार समेत संम्पन्न भईसकेका मनु( मनुवा) जिवित भएकाले ती दुबै दम्पतिलाई मनु नभनि कु=मनु भन्ने गरेको र कुमनुको आवास क्षेत्रलाई कुगां भन्ने गरेको र पछि त्यहि परिवार जितापुर देमा आएर वसोवास गरे पछि ख्व ख्वं ( रुनदै आएका)  आएका महिलाका परिवार वस्ने जितापुर दे क्षेत्रलाई सबैले ख्वना र ख्वनाबाट पछि खोकना भन्न थालेको जनस्रुति रहेको स्थानियहरुको भनाई रहेका छन् ।
      त्यस्तै अर्को एउटा  जनस्रुति अनुसार काठमाण्डौको पचलिभैरब संग गांसिएको जनस्रुति र किम्बदन्ति  अनुसार फर्पिंका तंन्त्र शक्तिका राजा काशिनाथका दर्शन गएका आफ्ना राजा फर्केर नआए पछि खोज्दै जाँदा टेकु पचलिको नकिं ( नई अजिमा )अजिमाको पीठमा शिला भई सिध्द भएर बसेको देखेर विलाप गर्दै तंन्त्रशक्तिका रानी बागमति खोलाको किनारै किनार रुन्दै गएर जितापुर देश देशमा वसोवास गरेकाले सो जितापुर देशलाई पछि ख्वना वा खोकना भनेके भन्ने समेतका यहाँ जनस्रुति तथा किम्बदन्ति रहेको पाईन्छन् ।

देय् पुखु -
     जितापुर (खोकना ) देको ठीक मध्य भागमा अवस्थित पुखु( पोखरी) नै खोकनाको प्रसिध्द दे पुखु हुन् । यसै पोखरीलाई खोकना वासिले ऐतिहासिक  पोखरी मान्दै आएका देखिन्छन् । त्यसो तः जितापुर दे ( खोकना) वासिको अधिस्थात्रि देवी रुद्रयणी देवस्थलको परिसर क्षेत्रमा मै रहेको यस  पोखरीको ऐतिहासिक्ताका बारे यहि नै हो भनेर भन्न सक्ने कोहि छ जस्तो देखिन्दैनन् । तर पनि खोकना वासिको कथन अनुसार प्राचीन कालमा रुद्रायणीको देवस्थल( मन्दिर) बनाउन आवस्यक माटो लिएको ठाउँ नै पछि पोखरि बनेको हो ।

 देय् पुखुको जात्रा
       दे पुखुमा रुद्रायणी देवस्थल बाट वा देब गणबट  पोखरीमा रहेको भनिएका मान्छे खाने तन्त्र शक्तिका भ्यागुता  वा अन्य कुनै नरभक्ष जन्तु लाई मानिसलाई कुनै नोक्सान नगर्नु बरु वर्षको एउटा पाठि  दिने छौ भनी पोखरी भित्र बस्ने मान्छे खाने तन्त्र शक्तिका जन्तुलाई रिझाई सन्तुस्त पारि मान्छे नखाने कबुल गराई खोकना वासि र रुद्रायणी देवस्थल बाट पनि बर्षेनि गुंलागाः दुतियाका दिन अर्थात रुद्रायणी देबगणको ख्वापा: ( मुखौता) लाई तन्त्र सिध्द गर्नु पूर्व  पोखरीमा एउटा पाठि खसालेर दिने कबुल गरिएको र कबुल गरे अनुसार सायः जात्रा / गाई जात्राका दिन साँझ ( स्मरन रहोस उपत्यका वासिले गुंलागा पारु/ श्रावण शुल्कपक्ष पारु/ परेवाका दिन गाई जात्रा गरिने परम्परा छ तर खोकना वासिले दुतियाका दिन मात्र गाई जात्रा गर्ने परम्परा रहेको छ। ) रुद्रायणी देवस्थल बाट एउटा पाठी पोखरिमा खसाल्ने कार्य गर्दै आएको र कालान्तरमा आएर सो कार्यले खोकनाको सांस्कृतिक जात्राका कै रुपमा रुपान्तरित भई  परम्परा वस्दै आएको हुन सक्छन् भनेर अनुमान गर्दा अन्यथा नपर्ला ।
देय् पुखु जात्रामा फर्सी र काँक्रो महत्व  -
          अहिलेको अवस्थामा दे पुखुमा पाठी खसाल्ने त्यो जात्रा ह्रेर्दा पौदिबाज युवाहरुले पोखरिमा पाठी खसाल्नु अघि रुद्रायणी देवस्थल बाट पठाएको फर्सी र काँक्रो( फसि व तुसि) खसालेको केही छिनमा पाठी खसालेको देख्दा अहिलेको अवस्थामा सोसरिरको पाठी पोखरीमा खसाल्ने सम्बन्धमा रुद्रायणी देवस्थल वा रुद्रायणी देवगण संग कुनै सम्बन्ध अथवा सरोकार छ जस्तो देखिन्दैनन् ।
      प्राचिन कालका हाम्रा नेवाः अाचार्य तथा देबगण बन्नेहरु तन्त्र सिध्दिमा निपूर्ण हुन्थिए भन्ने धेरै नै आख्यानहरु हामिले सुन्दै आएका छौ । तन्त्र शक्तिका पुजक पुर्खाहरुले तातकालिन अवस्थामा  आफ्ना मनोकामना पूरा गर्न आफनो तन्त्र विद्याले कालो भतमास, कालो तिल, तथा मूला फर्सी लगायतलाई आफुले वा जसलाई भोग ख्वाउने हो उस्को इछ्याा अनुसारको जीव स्रृस्ति गर्दै शक्तिसाली देवीदेवता तथा भूत, प्रेत, वीर, महाविरहरुलाई पशु पन्छिको भोग  चढाउथे वा बलि दिन्थे भन्ने किम्बदन्ति सहितका आख्यान सुन्दै आएका छौ । हुन सक्छन् तत्कालिन प्राचीन कालमा खोकना वासिले वा रुद्रायणी देवस्थल बाट पनि आफ्नो तन्त्र शक्तिले फर्सी र काँक्रोलाई पाठि/बाख्रिका रुपमा स्रृस्ति गरि त्यो देय् पुखुमा खसालल्ने परम्परा बसाल्दै आएकोमा समयको अन्तराल संगै तन्त्र शक्ति पुजकहरुमा तन्त्र शक्ति ह्रास हुँदै गएका कारणले काँक्रो र फर्सिलााई बाख्रिमा सृस्ति गर्ने क्षमता नभएकाले रुद्रायणी देवस्थल बाट पोखरिमा खसालिएको फर्सी कै रुपमा सवैले देख्ने र त्यस फर्सिलाई फोर्न लगाएर रुद्रायणी देवस्लबाट दे पुखु भित्र रहेका भनिएका कुनै राक्षसि जन्तुलााई गरिएको कबुल पूरा गर्दै परम्परालाई निरंन्तता दिएर परम्परा चलाउँदै आएको देखिन्छ। देय् पुखु भित्र रहेको भनिएका मान्छे खाने जन्तुलाई कुनै समयमा प्रत्यक वर्षको गुंलागाः दुतियाका दिन पोखरिमा बाख्रिका प्रतीक काँक्रो र फर्सी खसाल्दै खोकना बाँसिले आाफुले गरेका कबुल पूरा गर्दै सांस्कृतिक रुपमा मनाउदै आएको देखिन्छ । फर्सिलाई सजिव प्राणी सरह  आज एकाइसौ शताब्दिमा सम्ममा पनि हाम्रो समाजले मान्दै आएकै छ । यो कुरा महिलाले फर्सी चिर्नु वा कात्नु हुन्न भन्ने हाम्रो समाजको अधिकांस घर घरमा आज पनि रहेको तथ्य बाट प्रष्ट हुन्छ ।
दे पुखु जात्रा बाख्री डुबाउने जात्राका रुपमा परिभाषित किन भए ?
          तात्कालिन कुनै काल समयका सामन्ति स्वभावका ठूलाबदाले आफ्नो  खर्चमा बाख्रि नै व्यवस्था गरेर पोखरिको पानीमा खसाल्ने र ( पोखरिमा रहेका भनीएका राक्षसि जन्तु पनि समयको अन्तराल संगै लोप भई सकेको अवस्थामा पोखरिमा खसालिएको बाख्रि स्वभाव तः पानीमा  दुब्दा आफ्नो जीवन रक्षाका लागि संघर्ष गर्दा हुन अनि त्यो सामन्ति स्वभाका ठूलाबदाले युवाहरुलाई उक्साएर जीवन रक्षाका लागि संघर्सिल बख्रिलाई जस्ले पानी भित्रै मारि लान सक्छ उसले नै खान पाउछ भन्ने उर्दि बाट पानीमा रहेको बाख्रिलई मार्ने हो होडबाजी चलेको र त्यसलाई  सामन्ति स्वभावका मानिसले मनोरन्जनका रुपमा लिन्दै परम्परागत संस्कृतिमा विकृति समावेसण हुन गई त्यसलाई खोकनाासिले अनजानमा नै जात्राका रुपमा अंगालि आएको हुन सक्ने देखिन्छ । यसरी दे पुखुको सांस्कृतिक जात्रामा विकृति छाय पछि जात्रा हेर्न आउने खोकना बाहिरका जात्रालुहरुका मन मस्तिसमा दे पुखुको त्यो जात्रा बाख्री डुबाउने जात्राका रुपमा परिभाषित गर्दै गए । नेवाःको सामाजिक संरचना तथा संस्कार अनुसार  हरेक जात्रा पर्वहरुमा अनिवार्य जाँड रक्सि हुने हुनाले स्वभावत जात्रामा अधिकांस सवैले जाँड रक्सि सेवन गरि जात्रामा सहभागी हुने भएकाले जाँड रक्सि रुपि जङ्ग बहादुरको घोडा चदेका मताहा अनि मदहोस भएका युवा समुहले दे पुखु जात्रामा पोखरिमा खसालिएको बाख्रिलाई सवैले तानातान तथा लुछाचुद गर्ने क्रममा खोकनाको दे पुखु जात्रा हेर्न जाने खोकना बाहिरका जात्रालुहरुको दृष्टिमा नराम्रो छाप पर्दै गएको यथारथता अहिलेको सामाजिक संजालहरुमा छताछुल अवस्थामा देखिन थालेका छन् ।  

कुनै पनि चाडपर्रव तथा संस्कारहरुमा बाहिरिया समाजले हस्तछेप गर्नु हुन्न
          हरेक जात जाति तथा ठाउँका आ-आफ्नै मौलिक्ता सहितका चाडपर्व तथा संस्कार रहेका हुन्छन् । जितापुर खोकनाका नेवार समाजको पनि आफ्नै किसिमको अन्य स्थानका नेवाः समाजको भन्दा फरक किसिमको चाडपर्व रहेका छन् । नेपालका समग्र नेवाःको सवै भन्दा प्रमूख तथा ठूलो चाड भनेको मोहनि नखः चाड हो । खोकना प्राचीन नेवाः वस्ति हुन तर पनि यहाँका वासिन्दाले नेवाः समुदायको प्रमूख ठूलो चाडका रुपमा सर्व मान्य रहेको मोहनि नखः  मान्न नपर्ने आफ्नै किसिमको फरक मोलिक पहिचान राख्दै आएको छ । त्यस्तै समग्र नेवाः समुदायले गुंलागा पारु/ श्रावण शुल्कपक्ष परेवाका दिन गाई जात्रा मनाउँदै आएका छन् भने खोकनाका नेवाः समुदायले भने त्यसको भोलिपल्त अर्थात दुतिका दिन मात्र गाई जात्रा मनाउने मौलिक संस्कृति प्रस्तुत गर्दै आएका छन् । त्यस्तै नै फरक मौलिक पहिचान प्रस्तुत गर्दै आएक एक साैस्कृतिक जात्रा खोकनाको दे पुखु जात्रा हो । यस  जात्रामा विकृतिका रुपमा समाबेस भई चल्दै आएको बाख्री डुबाउने भन्ने जात्रामा अमानविय तरिकाले बाख्रिको बध गरि जात्रा गरियो यस्तो जात्रामा प्रशासनले नै बन्देज लगाउनु पर्छ भन्दै खोकना बाहिरका कुनै व्यक्ति   अथवा सुहले सामाजिक संजाल तथा सडकमा नै विरोध प्रदर्शन गर्ने गरेको देख्न पाईन्छ ।
         यदि एउटा जातिय समुदायको परम्परागत जात्रापर्व वा संस्कार अन्य समुदायलाई चित्त बुझेन भन्दै अथवा एकठाउँका केही व्यक्ति विशेष वा समुहहरुलाई चित्त बुझेन त्यस्तो जात्रापर्व अथवा संस्कारमा रोक लगाउनु पर्छ भन्दै एक समुहले अर्को समुहको   चाडपर्व तथा संस्कारमा हस्तक्षेप गर्ने नयाँ परम्परा बस्दै गएमा हाम्रो गाउँ समाज अनि देशको परिस्थितिले कस्तो बिकराल रुप लिन ससक्छन् भन्ने तर्फ पनि सवैको ध्यान जान आवश्यक छ ।

खोकना वासिले पनि आफ्नो देय् पुखु जात्रा परम्पागत सांस्कृतिक जात्रा भन्दा बाहिर  त: गएको छैन भन्नेमा ध्यान दिनु आवश्यक छ
     खोकना वासिले आफ्नो देय् पुखुको जात्रामा रुद्रायणी देवस्थल बाट पोखरिमा खसाल्न लगाएको फर्सी र काँक्रो गुह्यता बारेमा बुझ्न सकेमा सोसरिरको बाख्रि/ पाठि पोखरिमा  खसालि जबरजस्ति डुबाएर वध गरि परम्परागत सांस्कृतिक देय् पुखुको जात्रा बारे खोकना वासिले आलोचनाको सामना गर्नु पर्ने थिएन ।
वध गर्नु र बलि दिनुमा   अन्तर छ
    शब्दकोश अुसार बध गर्नु र बलि दिनुको शाब्दिक अर्थ एउटै भएता पनि फरक फरक अवस्थामा फरक दृस्तिकोणमा प्रयोग भई आएको  छ । जस्तो कि कुनै व्यक्तिलाई संबोधन तँ, तिमी, तपाईं र हजुर आदि शब्द प्रयोग एउटै व्यक्तिलाई संबोधन गर्न सकिने भएता पनि साधारण व्यक्तिलाई हेपाहा दृस्ति बाट " तँ " सामान्य सिस्त भाषा र शैलिमा " तिमि " अलि सम्मानका साथ भन्नू पर्दा " तपाई "  अज अलि उच्च ससम्मानका साथ भन्नू पर्दा " हजुर " भन्दै संबोधन गर्ने चलन भए जस्तै जीव जन्तु बध गर्दा पनि सामान्य अवस्थामा जिवको हत्यालाई बध भनिन्छन् भने बलि दिने जीव जन्तुको पुनर जन्म नहोस धर्म शास्त्रले देखाएको स्वर्गलोकमा बाँस होस भन्ने सहितको कामना सहित बैदिक वा वैदिक तन्त्रविधि पुजा गरि देवीदेवताका नाममा भोग चढाउन गरिने वधलाई बलि भन्ने गर्दै आएको छ ।
       निश्चय नै " बलि " प्रथालाई  केही बैदिक सनातनि जो तः सतिदेवीले  आफुलाई दक्षको यज्ञमा आहूति दिएर प्राण त्यागे पछि महारुद्र क्रोधित भएर दक्षको सिर काटि दक्षले नै यज्ञमा बलि दिनका लागि राखिएका बोकालाई बध गरि त्यस्को टाउको दक्षको सरिरमा प्रत्यारोपन गरि दक्षलाई छागः मुख बनाएको  शिव पुराणलाई स्विकार गर्ने तर पनि धर्म शास्त्रले बलि स्विकार गरेको छैन भन्दै बलि प्रथा बिरुध्द फलाक्दै हिड्ने तथा डलर पचाउन पशुअधिकार वादि भन्दै बलि प्रथा बिरुध्दमा लागेका अभियन्ता मित्रहरुले बलि पुजा र बलि प्रथा स्विकार गर्दैन र मईले माथि " वध गर्नु र बलि दिनुमा   अन्तर छ " भनिएका वाक्य पनि  स्विकार्ने छैनन् । खोकनाको देय् पुखुमा जात्राका नाममा पोखरिमा दुबाएर बाख्रि/ पाठि लाई  बध गरिएको हो तर बलि दिएको भने हैन ।
      देय् पुखुको जात्रामा परमपरा देखि चल्दै आएको रूद्रायणी देवस्थल बाट  पोखरिमा फर्सी र काँक्रो खसाल्ने संस्कृतिको रहस्य खोकनावासिले अलि गहिरिय हेरेर जात्रा गरेमा देय् पुखुको जात्रा र खोकना वासिले कसैको आलोचनाको  सामना गर्न नपर्ला कि ?

                              ~ ~ ~ अस्तु ~ ~ ~

      



   
       

2 comments:

  1. थाहा नहुने किन लेख्नु पर्यो रे ! रे !....आउनुस् खोकना बारे बुज्न अनि इतिहास थाहा पौने खोकनाका बुजुरक अजै धेरै हुनुहुन्छ खाली रे !

    ReplyDelete
  2. राम्राे लेखका लागि धन्यवाद । तर पनि नयाँ युगमा लैजाने शिक्षालाई डलर पचाउनलाई गरेको भन्ने हो भने अहिले पनि खोकनामा सती प्रथा नै चल्नु पर्ने होइन र? शिक्षाले मानिसलाई सभ्यता तिर डोर्याउँछ अनि असल र खराब छुट्याउन सिसकाउँछ । यदि त्यति पनि सिकाउन सकेन भने त्यो शिक्षा दिने व्यक्तिकाे कमजोरी हाे वा शिक्षा व्यवस्थाकै असफलता ।

    ReplyDelete