चरम दण्ड जरिवाना भोगेको एतिहासिक घर
प्रकाशमान शिल्पकार
इतिहासको कुनै पानामा नकोरिएको तर चरम दण्ड जरीवना भोगेको एउटा एतिहासिक घर हो, आजको संघिय गाणतान्रीक नेपालको ३ न प्रदेशको काठमाण्डौ किल्लाको ८ नं निर्वाचन क्षेत्रमा पर्ने काठमाण्डौ महानगरपालिका १९ वडा अन्तर्गतको कंकेश्वरी ध्वाखा पाखा , यटखा दमाई टोलको अहिलेको अवस्थाको भगनावशेष घर । हो ! सो भगनासशेष घरले आफुलाई भूतकालको इत्तिहासले चरम दण्ड जरिवाना तिराएर अन्याय गरेर पनि इतिहासले बिर्सेको भन्दै दुखेसो पोख्दै आजको संघिय गणतान्त्रीक सरकार र सवै सरोकारवालाहरु संग आफ्नो पहिचान खोज्दै, याचना गरिरहेका छन् । जहानिया राणा शासन कालको त्यो कालखण्डमा तल्लो स्तरको जात भनेर सोसित एउटा जातिय समुदायका व्यक्तिको स्वाममित्वको जग्गामा सुन्दर घरका रुपमा खडा हुनु के मेरो गल्ती थियो ? भन्दै मौन चीत्कार गर्दै छन् ।
कानुनी राज्यमा सर्व साधारणले सम्बन्धित निकाय वा राज्यको प्रचलित कानुनले तोके भन्दा बाहिर गएर कसैले कुनै कार्य वा निर्माण गरेमा आरोपितलाई सफाईको मौका दिएर आफ्नो भनाई राख्न लगाएर पुरपक्ष गर्दा आरोप वा उजुरी दावी प्रमाणित ठहर भएमा कानुनमा तोके अनुसार कसुरदार प्रतिवादिलाई हदै सम्मको दण्ड जरिवाना गर्न सक्ने छ । नेपालमा शासन गरेर गएका विभिन्न शासकहरुको शासन कालको दण्ड जरिवानाको व्यबस्था हेरेमा सवै शासन कालको तात्कालिन सयमयको जनताको वार्सिक औसत आम्दानी हेरेर नै व्यवस्था गरिएको देखिन्छ ।
आफ्ना दाजू देव शमशेरलाई सत्ताबाट च्यूत गरी राणा शासनका पाचौं श्री ३ महाराज तथा नेपालका १३ औं प्रधानमन्त्री बनेर २८ वर्ष लामो अवधी सम्म शासन गरेर राणाकालिन केही सुधारक शासकका रुपमा ईतिहास कायम गरेका श्री ३ चन्द्र शमशेरले नेपालमा सनातन देखि जरो गाददै आएको महिला सोसनको आततायी सतिप्रथाको नेपालमा कानुनीरूपमै यो प्रथा नेपालमा बन्द गराएर एउटा एतिहासिक समाज सुधारको कार्य गरेका थिए ।
यिनको शासन कालमा नेपालीको प्रती व्यक्तिको वार्षिक औसत आम्दानि भनेको कति नै हुन्छ र ? बिगत ०७३ सालमा केन्द्रिय तथ्यांक विभागले सार्वजनिक गरेको आर्थिक वर्षको तथ्यांक अनुसार नेपालीको प्रतिव्यक्ति आम्दानी ८० हजार नौं सय २१ रुपैयाँ मात्र पुगेको थियो भने । चन्द्र शमशेरको शासन कार्यकाक वि.सं. १९५८ साउन १३ देखि वि.सं. १९८६ मंसिर ११सम्मको अवधिमा नेपालीको औसत वार्षिक आम्दानी हदै सम्म भयो भने रु १०००/- भन्दा बधी के होला र ? त्यो पनि दरवारिया उच्च पदमा बसेका र धनाध्य साहु महाजन सम्मको हुन सक्छन् । २००३ सालमा सिपाहिं पदमा पल्तनको जागिर खानु भएका श्रीकलङ्की मन्दिर संरक्षण तथा समाज सुधार संस्थाका वर्तमान् अध्यक्ष वर्ष ८८ को श्री वीर बहादुर थापाजी आफनो तलब बाह्ररुपैंयाँ मात्र थियो भन्नू हुन्छ । वहाँ भन्नू हुन्छ त्यो समयमा महिला ज्यामी मजदूरी बीस पैसा र पूरुषको पचिस पैसा मात्र हुन्थियो । वहाँ बयोबृध्द थापाजीको कथनमा त: राणाकालमा सर्वसाधारणको सामान्य जिवोपार्जन बाहेक आम्दानिनै हुँदैनन् । त्यस्तै एकहजार रुपैया चलाउन सक्ने व्यक्तिलाई हजारिया भन्ने गर्द्थ्यो रे । चन्द्र शमशेरको शासन काल त: १९८६ सम्म पनि सर्वसाधारणको आम्दानी त्यस्तै हुन्छ नै । त्यस्तो समयमा पनि देशकै बत्तिस महाजनको गणनामा परेका एक धनाध्य र समाज कै एक प्रतिस्थित व्यक्ती हुँदा हुँदै पनि
समाज र राज्य बाटै तल्लो जातमा वर्ण बिभाजनमा पारेर सोसित खडगी( शाही ) समुदायका व्यक्ति भए कै कारण आफ्नो सामित्वको जमिनमा आफ्नो हैसियत अनुसारको एउटा सुन्दर घर खडा गर्दा उपल्लो जातमा वर्ण बिभाजनमा परेका अनि दरवारको नजिकका एक व्यक्तिको उजूरीकै आधारमा
त्यो समयको दशहजार मोहरु चन्द्र शशमशेरले दण्ड जरिवाना गराउनु भनेको एउटा एतिहासिक दण्ड नै मान्नु पर्छ र चरम दण्ड जरिवाना तिरेको तात्कालिन त्यो घर पनि एतिहासिक नै मान्नु पर्छ । त्यो समयको दशहजार मोरु भनेको आजको समयको नगद संग तुलना गरेर मूल्याङ्कन गर्ने हो भने करोदौ हुने छ ।
हालको काठमाण्डौ महानगर १९ वडा भित्र पर्ने यट्खा दमाई टोलका तात्कालिन अवस्थामा देशको बत्तिस महाजनमा गनिने भाजु नारा ( भाजु नारायण)ं शाही खड्गी नाम गरेका तात्कालिन जातिय संरचना र सममाजले तल्लो दर्जाको जाती उपनाम दिएर शोसित एक खड्गी समुदाएका एक महाजनले आफ्नो स्वामित्वको जग्गामा अनेक बुट्टादारी खम्बा, झ्याल, बुर्जा राखी आस्मानी रङ्गले रङ्गाईकन तीन तले खुबै राम्रो घर बनाएकोमा कसैले उजुरी ग‍¥यो भन्दैमा अकलपनिय चरम दण्ड जरिवान गर्नु निरंकुसता मात्र हैन जातिय शोसित एउटा एतिहासिक घट्ना नै मान्नु पर्छ । यस्ता एतिहासिक घट्नालाई बर्तमान संघिय गणतान्त्रीक नेपाल सरकारले अभिलेख राख्नै पर्छ । बिगतका शासकहरुले नेपाल तथा नेपाली जनता र जनताको गाँस बासमाथी गरिएका राम्रा नराम्रा एतिहासिक घटनाहरुको अभिलेख राख्दै इतिहासमा कोरेर राख्नु राज्यको दायित्व नै हो । तर पनि हाल सम्म राज्यको कुनै निकाएको कुनै अभिलेखमा त्यस राणाकालिन एतिहासिक घटनाको कहिं कतै एक शब्द सम्म लेखेको पाइदैन ।
चरम दण्ड जरिवानाको यातना भोगेको त्यो घर अहिले ०७२ बैशाख १२ मा आएको महाभूकम्पकको मारमा परि पूर्ण क्षेतिग्रस्त भई भगनाअबसेसमा परिणत भएको छ । राणाकालिन एउटा सुधारक शासक चन्द्र शमशेरको चरम यातनाको भुक्त भोगी त्यो एतिहासिक घरका बारेमा धर्म रत्न यमिले आफ्नो नेपालको कुरा नामक पुस्तकको ‘चन्द्र शमशेरको कुरा’ भन्ने आख्यानको लेखमा पाना नं ९९ मा नलेखिएका भए सायद त्यो एतिहासिक घट्नाका बारेमा भुक्त भोगी भाजु नारा ( भाजु नारायण ) शाही खड्गी र निजका परिवार तथा त्यो घरको भित्ताहरुमा मात्र सिमित हुन्थयो होला ।
चन्द्र शमशेरले त्यो घरलाई दशजार मोहरु दण्ड जरिवाना गरेको थियो भनेर राज्यको कुनै अभिलेखमा आज सम्म फेला नपरेको अवस्थामा लेखक धर्म रत्न यमिको ” नेपालको कुरा ” पुस्तकको ” चन्द्र शमशेरको कुरा “का पानामा लेखिएका पंक्तिको भनाई र चरम दण्ड जरिकाना भुक्त भोगी त्यो घरका स्वामी भाजु नारां ( भाजु नारयण ) शाही खड्गिका परिवाजनका गुनासा सहितको भनाईमा कहिं कतै समयकाल तथा दण्ड जरिवानाको अंङ्कमा तल माथी त: भएको छैन ? भन्ने प्रस्न पनि न उथला भन्न सकिन्न
यदि त्यसो भएको हुन सक्ने भनेर मान्ने हो भने २०१४ सालमा प्रकासित त्यस पुस्तकमा लेखिएको त्यो पंक्तिको भनाई लाई कसैले खण्डन गरिएको आज सम्म भेतिएको छैनन् र भाजु नारां ( भाजु नारायण )शाहि खड्गिका जिवित जेष्ठहरुले त्यस चरम दण्ड हरिवानाको लिखित दस्ताबेज आफुहरु संग नभए तापनी त्यो सत्य नै थियो भन्ने गरेको पाईन्छ । भाजु नारायणका (कान्छा छोरा जूजूभाई भन्ने शिध्दि नारायण तर्फका) नाति राजपुतसिह बिनोद शाही आफ्ना बाजेले जिवननको अन्तिम क्षणमा पनि श्री ३ चन्द्र शमशेरले आफ्नो त्यो घर खडा गर्दा आफुलाई तत्कालिन अवस्थाको दशहजार मोहरु दण्ड जरिवाना गराएको थियो भन्दै २०२२ सालमा अन्दाजी ७५ वर्षको उमेरमा यो संसार बाट विदा भएको स्मरण गर्दै बताउनु हुन्छ ।
धर्म रत्न यमिको नेपालको कुरा भन्ने त्यो पुस्तकको त्यस पानामा लेखकले लेखिएका छन् :–
दमाईटोल बाट कंकेस्वरी जाने बाटोमा एउटा धनी कसाईले अनेक बुट्टादारी खम्बा, झ्याल, बुर्जा राखी आस्मानी pरङ्गले रङ्गाईकन तीन तले खुबै राम्रो घर बनाएका थिए । यो कसाईको घर नजिकै साहिला गूरुजु हेमराज सर्मा र कान्छा गुरुजुका महल पनि आस्मानी रङ्गका नै भएको हुँदा सायद उनिहरुले नै ‘कसाई’ भएर हाम्रो देखासिकी ग‍¥यो भन्ने उजूर गरे होलानं र चन्द्रशमशेरले दस हजार रुपैँया जरिवाना गरि रुपरङ्ग बदल्न लगाए ।
हुन त: लेखकले आफ्नो पुस्तकको त्यो पंक्तिमा एतिहासिक दण्डयुक्त घट्नका पिदितको स्पष्ट परिचय नदिएर लेखकले पनि जातिय संकुचित ग्रस्त मानसिक्ताका कारणले एउटा ईतिहासकारको धर्मलाई बिर्सेको पनि देखिन्छ । जे होस इतिहाकारले कमसेकम त्यो एतिहासिक दण्ड जरिना भोगेको घरका बारेमा आफ्नो त्यो पुस्तकमा केही पंक्ती कोरेर आफ्नो दायित्व पूरा गरेर सवैको संझनामा राख्ने प्रयास गरेकोमा लेखक धर्म रत्न यमिलाई साधुबाद ।