भुइँदेवता
✡ पृष्ठभूमि
तान्त्रिक देवी श्री कुमारीको राज्य भनेर राजनैतिक मान्यता पाएको प्राचीन नेपाल नेपालमण्डल तान्त्रिक देवीदेवताहरुले भरिपूर्ण छ । त्यसैल पनि शैवतन्त्र र बौद्धतन्त्रका अनुयायीहरुको यो नेपाल मण्डलका हरेक घर घरमा, गाउँ गाउँमा टोल टोलमा तान्त्रिक देवीदेवताहरुले भरिपूर्ण रहेको मान्यता छ यहाँ । नेपालमणडमा पौराणिक देवीदेवता भन्दा पनि तान्त्रिक देवीदेवताको बढीनै महत्व भएकाले पनि यहाँका प्राचीन नेवाः वस्ति गाउँ शहरका एक ईलाका गणेश( थान गणेश) एक अषणटमातृका पिथ(पिगं) तथा केही भुइँदेवताहरु अनिवार्य रहेका हुन्छन् । बाटोहरुमा भुइँदेवताका रुपमा पुज्दै आएका विभिन्न देवदेवीका प्रतिकका रुपमा विभिन्न आकार प्रकारका ढुङ्गाहरु देख्न सकिन्छ । यसरी भुइँमारहेका ढुङ्गालाई पुज्दै आएका भुईदेवदेवीहरुमा - ✡ क्षेत्रपाल,✡ भैरब, ✡ बेताल भैरब,✡ कलःगाः, ✡ च्छास अजिमा , ✡ लुकुमहाद्यः, ✡आकाशबाट खसेको माछा देवता र ✡ पिखालखु द्यःहरु हुन् । भुइँदेवताहरु मध्यका पिखालखु द्यः बाहेक अन्य सबै भुईदेवताहरु सार्वजनिक देवदेवीका रुपमा यहाँका रैथानेहरुले सर्वमान्यका रुपमै पुज्दै आएका छन् ।
सबै भुइँदेवताहरु मानिस आवटजावट गर्ने बाटैमा परेका हुन्छन् । यी भुइँदेवताहरुले नेवाः समाजको रक्षा गर्नुका साथै पारिवारिक तथा सामाजिक संस्कार समेतको रेखदेख गर्दै आएको भन्ने आस्था र विस्वासका साथ मान्यता दिई आएको देखिन्छ । नेवाः भाषामा देवतालाई द्यः भन्ने गरिन्छ । कान्तिपुर नगरको माथिलो एक टोलमा भेडाको टाउकोको रुपमा एक तान्त्रिक देवता समेत सडकै भुईमा रहेको छ त्यसैले त्यो टोलको नामकरणनै भेडासिं वा भ्याँचात्वा रहेको छ । भुइँदेवताका रुपमा रहेका यहाँका ती देववताहरुको नेवाः समाजमा आ-आफ्नै विशेष भुमिका रहेको छ । यहाँको सामाजिक र सांस्कृतिक मान्यता तथा धार्मिक आस्था र विस्वास अनुसार भुईदेवताहरु मान्यता निम्न अनुसार रहेका देखिन्छन् ।
✡ इलाका क्षेत्रपाल भैरब
भुइँदेवताहरु मध्यका क्षेत्रपाल ईलाका टोल रक्षक देवता । यश भैरबले आफ्नो ईलाका भित्रका टोलहरुका बासिन्दाहरुको रक्षा गर्ने गर्छन् भन्ने यहाँ आस्था र विस्वास रहेको पाईन्छ ।
✡ भैरब
यश भैरबले टोल भित्रका आफ्ना श्रध्दालु भक्तजनहरुको रक्षा गर्छन् भन्ने धार्मिक मान्यतारहेको छ ।
✡ बेताल भैरब
यश भैरबले पनि टोल भित्रका आफ्ना श्रध्दालु भक्तजनहरुको रक्षा गर्छन् भन्ने धार्मिक मान्यतारहेको छ ।
✡ कलःगाः
यहाँका परम्परागत वस्तिहरुको आ-आफ्नो ईलाकाको एक एक वटा कलःगाः देवता रहेको हुन्छ ।
कलःगाः देवताको काम -
१.यश कलःगाःको देवताको काम आफ्नो ईलाका भित्रका नेवाःहरुको घर परिवारमा भौमचा( दुलही) भित्रिएको लेखाजोखा राख्ने, २-१. आफ्ना ईलाका भित्रका घर परिवारले पिगं(पिथ) लगायत देवस्थलहरुमा पशुपंछिको बलि पुजागरीएको लेखाजोखा राख्ने, २-२. पितृहरुको वार्षिक पुण्य तिथि लगायत विशेष भोजखाएको लेखाजोखा राख्ने लगायतको लेखाजोखा राख्ने गरेको यहाँका संस्कार र संस्कृतिदे देखाउछ । हाल कलःगाःको अस्तित्व समाप्त हुँदै गएकाले परम्परागत नेवाः बस्तीमा कलःगाः नदेखिकै कारण कलःगाःमा गरिने नेवाः संस्कारहरु च्छ्वासमा गर्ने गरेको छ ।
️✴️ १. कलःगाःमा थायेभु वाय गर्ने -
नेवाः समाजमा नयाँ दुलही भित्र्याए पछि नेवाः रिति थिति अनुसार भौमचा ( दुलही ) घरमा भित्रिय पछि ह्वङ्के( दुलहि अनमाउने) संस्कार सम्पन्न गर्दै थाँय्भू (दुलाहा दुलहि समेतलाई एकै थाली( भु)मा ख्वाएको जुठो सहितको थालीमा विशेष बत्ती बालेर खानेकुरा) कलःगाःमा लगेर विसर्जन गरिन्छ । यसलाई नेवाः भाषामा "थायभु वायेगु" भन्छ । यसरी थायभु वायेगुको अर्थ हाम्रो घरमा दुलहिका रुपमा नयाँ सदश्य थिपियो भनेर स्थान देवतालाई जानकारी दिने र जानकारी लिने स्थान देवताका रुपमा रहेको परम्परागत संस्कार रुपमा मानिन्छ ।
️✴️ २. कलःगाःमा कलःवाये गर्ने -
२-१. आफ्ना ईलाका भित्रका घर परिवारले वर्ष दिन भित्रका विभिन्न साना ठूला चाडपर्वहरुमा अष्टमातृका पिगं(पिथ) लगायत देवस्थलहरुमा पशुपंछिको बलि पुजागरी सिकाःभू भोज खाए पछि सिकाःभू भोजको उचेष्ठ ( खाएर बाँकि भएको जुठो खानेकुरा सहित सबैलप्तेहरु एउटै बाटामा राखी विशेष तान्त्रिक विधि अपनाई बाटामा बलेको बत्ती राखी कलःगाःमा लगेर विसर्जन ( कलःवाये )गरिन्छ । यसरी कुन कुन घर वरिवारले बली पुजागरी सिकाःभु गरीएको छ छैन सोको लेखाजोखा राख्न समेत कलःगाः द्यःले गर्ने गर्छ ।
[ सिकाःभू के हो ? - अहिंसा परम धर्म भनी हिंसालाई पाप कर्म भनीए तापनि तन्त्र शक्ति उपासक प्रधान नेपालमण्डलमा देवी देवतालाई पशुपन्छि बलि दिने कार्यलाई पाप कर्म नभनि धर्म नै मान्यता दिईराखेको छ । तन्त्र प्रधान नेपालमण्डलमा शक्ति र सिद्धि प्राप्तिका लागि तान्त्रिक विधि सहितको बलिपूजा गर्नै पर्छ । अनि देवीदेवता पूजा गर्दा तान्त्रिक विधिबाट थापिराखेको कालोमोसो जसलाई नेवाः भाषामा याने नेपाल भाषामा मोहनी सिन्हः भनिन्छ र बलि दिएको पशु पन्छि( नेवाः भाषमा बलि दिएको पशु पन्छिलाई बाहाँ )को रक्त तिलक लगाएर चढाएको रातो कपडाको लामो बाला( क्वखा) गलामा लगाएर फुल प्रशाद ग्रहण गरि सम्हय् खाई राती भोज खान्दा सी( प्राणीको पञ्चज्ञानेन्द्रिय अङ्गहरु- १.दुई आँखा, २.दुई कान, ३.थुतुनो, ४. जिब्रो र ५. दुई बङ्गरा समेत गरि बलि दिएका पशुको शरिरको आठ अङ्गहरुलाई जेष्ठता क्रम अनुसार थकालीलाई दायाँ आँखा, त्यसपछि क्रमशः बायाँ आँखा, दायाँ कान, बायाँ कान, थुतुनो, जिब्रो, दायाँ बङ्गरा र अन्त्यको आठौ जेष्ठलाई बायाँ बङ्गरा हस्तान्तरण गरिने पशुका अङ्गहरु) लिएर सिकाःभू गर्नु पर्ने नेवाः संस्कार र संस्कृति रहेको छ । यश भोजलाई मूःभ्वय् वा सिकाःभू भनिन्छ ।
नेपालमण्डलमा बलि पूजा गरिने विभिन्न मन्दिरहरुमा बलीदिएका पशुपन्छिको टाउको नेवाः समुदायलाई घर लान दिनुको कारण पनि यहिनै हो । नेवाः बाहेक अन्य कुनै पनि समुदायका व्यक्तिलाई बलि दिएको पशुपन्छीको टाउको दिने चलन यहाँ छैनन् । यसरी बलि दिएको पशुपन्छिको टाउको गैह्र नेवारलाई नदिनु मुख्य बारणनै उनिहरुको सिकाःभू गर्ने परम्परा र संस्कार नभएरनै हो ।
तान्त्रिक विधिवत् बलिपूजा गरीए पछि सिकाःभू गर्नै पर्ने नेवाः संसकार र संस्कृति रहेको छ । यसरी सिकाःभू गर्दा बलिदिएका पशु पन्छि(बाहाँ) पशुपन्छि जन्मबाट मुक्त भै स्वर्गलोकमा जान्छन् भन्ने धार्मिक आस्थ र विस्वास रहेको छ । ]
२-२. घर परिवार सदश्यहरुको मृत्यु भएको वार्षिक पुण्य तिथिमा गरि श्राद्ध भोजमा खाएको उचेष्ठिको कलःगाःमा विसर्जन(कलःवाये) गर्ने । यसरी पितृहरुको वार्षिक पुण्य तिथि लगायत विशेष भोजखाएको लेखाजोखा राख्ने लगायत कार्यहरुको कलःगाःले लेखाजोखा राख्ने गरेको यहाँका संस्कार र संस्कृतिदे देखाउछ । कलःगाः द्यः छुट्टै नभएको ईलाकामा भने उलेखित थायेभु वाये गर्ने र कलः वाये गर्ने कार्य ईलाका च्छ्वास अजिमा कहाँ गर्ने गरेको छ ।
✡ च्छ्वास देवता( च्छ्वास अजिमा )
हेरक परम्परागत नेवाः बस्तीहरुमा एउटा एउटा ईलाकाको छुट्टाछुट्टै एउटा एउटा च्छ्वास देवता हुने गर्छ । च्छ्वास देवीलाई च्छवास अजिमा पनि भनिन्छ । च्छ्वास अजिमालाई कसै कसैले यहाँ मातङ्की वा धुमावती महादेवीका रुपमा समेत लिएको देखिन्छ । ईलाका भित्रका मानिसहरुको घरपरिवार भित्रमा कुनै नवजात शिशु जन्मिएको र परिवार सदस्यको मृत्यु भएको लेखाजोखा राख्ने देवी च्छ्वास अजिमाका रुपमा रहने गरेको देखिन्छ । शिशु जन्मन्दा शालनाल र धरको सदश्य मर्दा मृतकको लुगा, काँचो इटा र सानो सुकुल सहित च्छ्वासमा च्छ्वास वाये गरिन्छन्। यसो गर्दा कुन घरमा शिशु जन्म्यो र कुन घरमा को मृत्यु भयो भन्ने स्थान देवीलाई जानकारी दिएको र देवीले पनि सोको लेखाजोखा गर्ने गर्छन भन्ने सामाजिक मान्यता रहेको छ ।
✡ लुकुमहाद्यः
काठमाण्डौ उपत्यकाको कान्तिपुर र ललितपुर नगरमा चैत्रकृष्ण चतुर्दशी(चिल्लागा चःह्रे)का दिन सध्याकालमा सडक चोकको जमिनमुनि लुकेर बसेका महादेव "लुकुमाहाद्यः"लाई वहस्वाँ(.....) र लुस्वाँ (तोरीको फुल)ले सजाएर मध्यमास समेत चढाई पुजा गरिन्छ । फोहरकसिंगर भएको जमिनमुनि लुकेर बसेको लुकुमहाद्यः पुजा गर्न बिहानै खनेर सफागरी महादेव देखिने गरि राखेको हुन्छ । यसरी पाहाँचःह्रेको पहिलो दिन साँझ लुकुमहाद्यःको भ्वयेब्व, माछा, मासु जाँड रक्सि समेत चढाइ पुजागरी पाहाँचःह्रेको पहिलो भोज खाईन्छ ।
✡ आकाशबाट खसेको माछा
कान्तिपुर शहरको असन चोकमा कुनै समयमा आकाशबाट ज्योतिषाचार्यले निश्चित तोकिएकै समयमा खसेको माछालाई समेत भुई देवताका रुपमा यहाँका बासिन्दाले पुज्दै आएका छन् ।
✡ पिखालखु
अधिकांश नेवाःहरुको घरको मूल ढोका अगाडि भुईमा मण्ड आकारको एउटा ढुंगा गाडिएको हुन्छ । सामान्यत यश ढुंगामा फुल बुट्टा( कमलको फुल -पलस्वाँ बुट्टा) कुदिएको हुन्छ । कसै कसैको घरको ढोका अगाडि राखीएको फुल बुट्टा नकुदिएको ढुंगा पनि देख्न सकिन्छ । नेवाःहरुको घरको ढोका अगाडि रहेको कलात्मक मण्डकार वा सामान्य गोलाकार ढुंगालाई नेवाः समाजले अग्रजपूजा अधिकारी श्री गणेश पछि दोस्रो अग्रज पूजाअधिकारीका रुपमा श्रीकुमार, गंगा तथा क्षेत्रपाल भैरबका प्रतिकका रुपमा समेत पुज्ने गर्दछन् । ढोका अगाडिको यो पूजनिय देवतालाई पिखालखु वा पिखालाखी भनिन्छ । नेवाः संस्कृति अनुसार नयाँ घर बनाउदा ढोका अगाडि पिखालखु द्यःकारुपमा मण्डकार ढुंगाराख्नु अघि केही तामाका सिक्का राख्ने परम्पर रहेतापनि यश ढुंगाको प्राणप्रतिस्था गर्ने संस्कृति भने देखिन्दैनन् ।
️✴️ पिखालखुको परिभाषा
पिखालखु वा पिखालाखी शब्द नेवाः( नेपाल भाषा)को भाषिक शब्द हो । पिखा + लखु = पिखालखु वा पिखा + लाछी = पिखालाखी हुन्छ । नेवाः शब्द ( नेपाल भाषा) मा "लखु" भन्नाले लाछि( सार्वजनिक स्थल, बाहिर वा चोक) भन्ने जनाउछ। "खु" शब्दले नेवाःभाषा शैली( नेपाल भाषा) मा नदी खोला समेत जनाउछन्। त्यस्तै नै नेवाः भाषा शैली (नेपालभाषा) मा लुखा, पिखा तथा ध्वाखा इत्यादि सबै शब्दको मूल अर्थ ध्वाखा( ढोका) नै हुन् । यसरी "पिखालखु" नेवाः शब्द पिखा(ढोखा) र लखु ( सार्वजनिक स्थल वा नदी खोला याने गंगा) समायोजन भएर बनेको शब्द हो भने पिखालाखी भक्तपुरका स्थानिय नेवाः भाषा शैलीमा भनिने पिखालखुकै पर्यावाचि शब्द हुन् । यसर्थ पिखालखुको अर्थ घर( निजि) र सार्वजनिक स्थल छुत्याउने सिमाना समेत दर्शाउछन् । त्यसैले होला घर परिवारमा वा घरबाहिरका कुनै मानिस घरमा आएर कुनै विवाद गर्न आएमा पिखालखुइ च्वना खँ ल्हायेनु भन्ने गरेको नेवाः समाजमा रहेका देखिन्छन ।
अपवादका रुपमा केही नेवाः प्रोहितको पिखालखुको परिभाषा फरक रहेको पनि देखिन्छन् । फरक मत विचार राख्ने नेवाः प्रोहितको भनाई हनुसार यथार्थमा पिखालखु द्यः घरको ढोका अगाडि नभएर मूल ढोकाको माथिल्लो चौकोसमा जहाँ त्रिकोणाकार किल्ला ठोकिएको हुन्छ त्यहि नै वास्तवमा पिखालखु द्यः बिराजमान रहेको भने मत रहेको समेत देखिन्छ । नेवाः संस्कृतिमा घरबाट पूजा बाहिर गएको बेलामा घरको मूल ढोकाको माथिल्लो चौकोसको बिच भाग जहाँ त्रिकोणाकार किल्ला ठोकिएको स्थानमा पूजा गरेर पूजा बाहिर जाने परम्परा नदेखिए तापनि बाहि अन्यत्र पूजा सकाएर पूजाथाली, कोतः वा कलः(कलाली) लिएर घरको ढोका प्रवेश गर्नु अघि त्यहाँ पूजा गरेर मात्र प्रवेश गर्ने परम्परा भने छ । फरक मत मध्यमा 👉️ # पनि संस्कृतिविद् महेश्वर जुजु राजोपाध्यायको भनाईमा पिखालखु द्यः र कुमार द्यः अलग अलग देवता भएको भनाइ समेतर रहेको छ। # 👈️।
️✴️ पिखालु रहने स्थान
नेवाः समुदायको अधिकांश घरको मूल ढोका देखि एक हात देखि झन्दै २० हात परसम्म पनि पिखालखु द्यःका रुपमा भुईमा मण्डकार ढुंगा वा कुनै मण्डकार ढुंगा नभए तापनि पिखालखु द्यःका रुपमा पुजा स्थल रहे कै हुन्छ । त्यस्तै नै हरेक मन्दिर को मूलढोमा अगाडि समेत रहेको देखिन्छन् ।
️✴️ पिखालखु त्रिदेव देवीका रुपमा
(क) श्री कुमार देवता
पिखालखुलाई सनातनी धर्ममा अग्रज पूजाधिकारी देवता मध्यका शिव र गंगा पुत्र श्रीकुमार(कार्तिके) देवताका रुपमा समेत पुज्ने गरिन्छ । अग्रज पूजाधिकारी मानेर नै सनातनी नेवाः समाजले घरबाट साधारण पूजा बाहिर जाँदा यश कुमार देवता रुपि पिखालखु द्यः लाई पूजा गरेर मात्र अन्य कुनै मन्दिरमा पूजा गर्न जाने गरिन्छ । तर कुनै विशेष पूजा घरबाट निस्कन्दा भने श्री कुमार देवता रुपि पिखालखूलाई छुट्टै पूजाभाग सानो द्वना वा सानो तपरीमा राखेर चढाए पछि मात्र मूल विशेष पूजा(क्वतः तथा कलः ) बाहिन्छन् ।
(ख) घरको रखवाला क्षेत्रपाल देवता
पिखालखुलाई नेवाः समाजले घरको रखवाला देवता क्षेत्रपालका रुपमा समेत पुज्ने गरेको समेत पाइन्छ । क्षेत्रपाल कडा स्वभावका हुन्छन् । उनलाई रिसाउन दिनु हुन्न। धर परिवारमा कुनै अनिष्ट, विपत्ति आईपर्यो भने पिखालखुको क्षेत्रपाल पुज्ने क्रममा वा भाग पन्छाउने क्रममा कुनै तलमाथि परेको हुन सक्छ भन्ने नेवाः समाजमा विस्वास रहेको पाईन्छ । क्षेत्रपाललाई शिवको अनुचर तथा बिघ्नपाद भैरबका रुपमा मान्ने तान्त्रिक पद्धति समेत रहेको छ ।
(ग) घर अगाडिको नदी वा गंगामाता
पिखलखुलाई नेवाः समुदायले घर अगाडि रहेको जलासय, नदी वा श्री गंगामाताका रुपमा पनि पुज्ने संस्कार रहेको देखिन्छ । सायद त्यहि कारणले हुन सक्छन् म्वःनी(मोहनी) नखःमा दस दिन सम्म नव दुर्गाकारुपमा साधना गरि पूजागरीएको जमरा सहित घटस तथा अन्य फुलपाटीहरु म्वःनीको अन्तिम दिन कतिंपुन्हि(सिघःपुन्हि/ कोजाग्रत पूर्णेका दिन जलासय, नदी सम्झेर पिखालखुमा विसर्जन गरेर सेलाउने संस्कृति रहेको देखिन्छ ।
नेवाः समुदायले म्वःनी नखः मनाएकै तिथि मितिमा पृथक पूजा विधि तथा मान्यता अनुसार दशदिन सम्म नव दुर्गा भवानीमाताको पूजा आराधना गरिएको जमरा सहितको दशैको घटस तथा फुलपाटी सबै गैह्र नेवाः समुदायले कुलो वा नदीमा नै गएर विसर्जन गरि सेलाउने परम्परागत संस्कृति देखिन्छ ।
️✴️ पिखालखुमा कुँदिएका कमलफुल पत्र तथा बुट्टाको अर्थ-
कतिपय पिखालखु ढुंगामा कुँदिएका कमलपत्रको संख्या तथा बुट्टाहरु भिन्न भिन्न किसिमका देखिएका छन् । कतिपयमात कुनै धर्को वा बिन्दू समेत पनि भेटिन्दैन । कतिपय नेवाःको घरको ढोका अगाडि भुईमा पिखालखु द्यःको कुनै निशान सम्म पनि देखिन्दैनन् । तापनि पिखालखु द्यः हुनुपर्ने स्थानमा इनार, कुवा वा धाराबाट चोखो पानी लिएर घर प्रवेश गर्दा पानी चढाउने, पुजा बाहिर जाँदा पुजा गर्ने तथा नेवाः तजिलजि अनुसार पिखालखुमा गर्नु पर्ने विभिन्न संस्कारहरु भने यथावटै गर्दै आएको भने देखिन्छ नै ।
पिखालखुमा कुँदिएका कमलफुलका पत्र( पलस्वाँहःया ल्याः)को स्ख्या र अन्य बुट्टाहरुका बारेमा शिल्पी शिलाकारहरु (लोहँकःमि) को भनाईमा ६ वटा कमलको फूलको पत्रले श्रीकार्तिकेय कुमार, ७ वटा कमलको फूलको पत्रले सप्तऋषि, ८ वटा कमलफुल पत्रले अष्टमातृका, ९ वटा कमलफुल पत्रले नव दसर्गा, १२ वटा कमलफुल पत्रले 👉️#सूर्यदेवता तथा १६ वटा कमलफुल पत्रले चन्द्रमा प्रतिपदा देखि पुर्णे र अौसी गरी चन्द्रमाको कला भन्ने # 👈️ बुझाउछन् । त्यस्तै नै विखालखुको मण्ड भित्र कुँदिएको षट्कोणले शिवशक्ति, अष्टकोणले अष्टमाततृका एवं षट्कोणको यन्त्र भित्रको पाँच बिन्दूले पञ्चपाण्डव भन्ने दर्शाउन्छन्।
️✴️ पिखालखु द्यः र नेवाः संस्कार
नेवाः संसकारमा पिखालखु द्यः संग निकै घनिष्ठ सम्बन्ध रहेका देखिन्छ । नेवाः समुदायको जिवनको जन्म देखि मृत्यु र मृत्यु उपरान्त सम्मको विभिन्न संस्कारहरु सम्म पनि जति छ्वास अजिमा संग सम्बन्ध छ त्यसरी नै पिखालखु द्यः संग पनि जन्म मरण दैनिक देखि विभिन्न संस्कार तथा चाड पर्व देखि लिएर विशेष पूजाआजामा समेत त्यति घनिष्ठ सम्बन्ध रहेका छन् ।
️✴️ नेवाः समुदाय्ले पिखालखुमा गरिन्दै आएका
संस्कारहरु :-
१. नवजात शिशुको च्वख्याउने(मचाबु ब्यङ्के गर्दा) कार्य गर्दा पिखालखुमा चिःपालु पन्छाउने,
२. छोरी चेलीको इहि गर्दा इहि यज्ञमा काम सक्यार घर प्रबेष गर्दा घरको ढोका अगादी बिराजमान पिखालखु द्य: को अगादी कन्यालाई उभ्याई सल:पा: समाउन लगाई त्यसमा घरको मूलीबाट भिक्षा दिइन्छ । यस भिक्षा दिने कार्यलाई फँ बारा छुयेगु भन्छ । यसरी इही संस्कर कार्य सम्पूर्ण हुन्छ ।
३. कन्यालाई इहिपा(बिबाह) गरि बिदाई गर्ने कार्य यसै पिखालखु अगाडि बसेर बिदाई कार्य सम्पन्न गरिन्छ ।
४.छोराको इहिपा(बिवाह) पनि दुलही (भौमचा दुकायेगु) भित्र्याउने कार्य पनि यसै पिखालखुमा बसेर घरको नकिंले भोटेताल्चाको साँचो एकातर्फ र अर्कोतर्फ दुलहिलाई समाउन लगाएर दुलहीलाई सुस्वागत(लसकुस) गरी भित्र्याइन्छ ।
५. घर परिवार सदश्यको मृत्यु हुँदा मृतकलाई कुतः(बाँसको खट)मा राखेर सबयात्रा( सिथँयङ्केगु) गर्ने कार्य पिखालखु अगाडि नै गरिन्छ ।
६. मृतक आफन्तलाई दागबत्ती दिएर फर्कने र मलामी गएर फर्कने आफन्त समेतलाई यसै पिखालखु अगाडि बसेर घरका बिबाहित चेलीले निल:(चोखोपानी) छर्केर पहिला च्छास वाये गर्ने र पिच्चा वाये गर्नलाई, लासबोक्ने( सिम्ह कोबिउपिंत), आफन्तजनलाई र अन्त्यमा दागबत्ती दिनेलाई समेत हात धुनलगाई बलिंपि गरि मसिनुचिउरा (च्वकाबजी) दायाँ बायाँ छर्कने, सर्स्यू(ईकापःका) बालेर त्यसको धुंवाँ फिजाएर त्यसपछि क्रमशः एकले अर्कोलाई नछोइकन भोटे टाल्चा हस्तान्तरण गरेर बलिंपिगु संस्कार सम्पन्न गरेर लसकुस गरी घरमा प्रवेश गर्ने गर्छ । यश संस्कारलाई बलिंपिगु संस्कार भन्ने गरिन्छ । अन्य नेवाः संस्कार जस्तै यो बलिंपिइगु संसकार पनि नेवाः समुदाय भित्र पनि जातिय समूह र ठाउँ अनुसार केही केही फरक पनि हुन सक्छन्
७. न्हेन्हुमा वा पेन्हुमा दिने - घरको सदस्य मृत्यु भएको सात वा चार दिनमा गरीने संस्कार घरको छोरीचेलीले चोखोनित्य भई मृतकका नाममा पकाएको विशेष भात भुइँदेवताका रुपमा रहेको पिखालखुमा राखेर न्हेन्हुमा वा पेन्हुमा दिने संस्कार सम्पन्न गरिन्छ ।
७. दैनिक रुपमा पानी चढाउने - पहिला पहिला अहिले जस्तो घर घरमा धाराको व्यवस्था नहुँदा घर बाहिरको ईनार वा सार्वजनिक धारा, ढुंगेधाराबाट पानी लिएर आउँदा पिखालाखुलाई चोखो पानी ( निलः/ निनाः) चढाएर मात्र घर भित्र प्रवेश गर्ने चलन रहेको छ ।
८. घरबाट दैनिकरुपमा नजिकको मन्दिरहरुमा पूजा गर्न जाँदा पिखालखुलाई पुजा गरेर बाहिर पुजा गर्न जाने ।
९. चाड पर्वहरुमा विभिन्न मन्दिरहरुमा पूजा गर्न जाँदा पिखालखुको पूजाभागाका रुपमा दुनामा राखेर पिखालखुलाई चढाएर मात्र पूजा बाहिर गइन्छ ।
१०. विशेष पूजा जस्तै पञ्चली पूजा, लक्षबत्ती दिप प्रजोलन पूजा वा अन्य कुनै विशेष पिठ पूजाहरु बाहिरिन्दा समेत पहिला थान गणेशको पूजा जाँदा पिखालखु द्यःलाई छुट्टै पुजाभाग राखेर थान गणेश पूजा सम्पन्न गरि घर फर्केपछि विशेष पूजा बाहिरिन्दा पहिला घरका एक व्यक्ति पिखालखुमा पानी भएको करुवा लिएर बसी विशेष पूजाका लागि मूल पूजा कोतः लिएर तथा अन्य पुजाका सरसामान लिएर जाने सबैलाई घरको ढोकाबाट निस्कने क्रममा सबैलाई क्रमशः हातमा निलः(निनाः) दिएर चोख्याउदै पिठ पूजा तथा अन्य मन्दिरको गन्तव्यमा पूजामा प्रस्थान गर्नु पर्ने संस्कार रहेको छ ।
११. नेवाः समुदायमा गुरूबाट तन्त्र दीक्षा लिने क्रममा सर्व प्रथम गुरु र दीक्षा लिने चेला पिखालखुमा बसेर द्वारमा बसेर दियो कलश स्थपना गरि द्वार पूजा गरि पहिलो दीक्षा लिने दिने संस्कार समेत रहेको कुरा सुन्नमा आउछन् ।
️✴️ पिखालखुमा चाड पर्वको मृतकको भाग ( सिकेब्व)भ्वयेब्व पन्छाउने ।
नेवाः समुदायले हरेक चाडपर्वमा पर्व अनुसारको पुजा सम्पन्न गरिसके पछि आफुले प्रशादका रुपमा वा सम्हे तथा भ्वय् खानु अघि आफ्ना पितृहरुका नाममा एक भाग पन्छाउने संस्कार रहि आएको छ । यसरी पितृका नाममा पन्छाएको भागलाई सिकेब्व भनिन्छन् । सिकेब्वलाई छेंभाग पनि भन्ने गरेको देखिन्छ । सिकेब्वलाई एकरात त्यसै राखि भोलि झिसमिसे बिहान पिखालखुमा लगेर राख्ने परम्परगात संस्कार रहि आएको छ।
️✴️ पिखालखुमा सुन्ति(स्वन्ति) नखःमा/ तिहार पर्व मनाउने -
सुन्ति नखःमा यमपञ्चक अवधिभरी नसंचामा र साँझ बेलुका (बिहान र बेलुका) पिखालखुमा रातो माटोले पोटेर बत्ती बालेर दिपावली गर्ने संस्कृति रहेको छ । लक्ष्मी पूजाका दिन पिखालखुमा मण्ड बनाएर पूजा गरि नेवाः संस्कारको ख्याक्क, कुबेर सहितको श्री लक्ष्मीमातालाई स्वागत पूजा गरिन्छ । त्यस्तै नै म्हपूजाको दिन पनि मण्ड बनाई मण्डमा पूजा गर्ने संस्कृति रहेको छ ।
यसरी नेवाः समुदायमा नेवाः संस्कार तथा संस्कृतमा पिखालखु द्यः( देवता)को ठूलो महत्व रहेको देखिन्छ । गैह्र नेवाः समुदायमा पिखालखु द्यः घरको दैलोमा रहने संस्कार र संस्कृत नदेखिए तापनि दैलोमा र घरको मूल ढोकाका चौकोसमाथि पूजा गर्ने संस्कृति भने रहेको देखिन्छन् ।
💎अन्त्यमा
यहाँका अन्य सम्पदाहरु जस्तै विभिन्न आकार प्रकारका ढुङ्गाका भुईदेवताहरु पनि सम्पदा नै हन् । ती भुईदेवताहरुलाई यहाँका नेवाःहरुको आस्था र विस्वासको धरोहर हुन् । यहाँका प्राचीन बस्तीका गल्ली बाटो र सडकमा नयाँ ढुङ्गा बिच्छ्याउने तथा अलकत्रा पिच गर्ने क्रममा कयन स्थानका कयन भुईदेवताहरु छोपीएका छन् भने केही स्थानमा भने भुईदेवताहरुको संरक्षण गरि सम्पदाहरु बचाएको पनि छ । यहाँका सभ्यता र संस्कार संस्कृतिका पहिचानका रुपमा रहेका ती भुईदेवताहरुलाई संरक्षण तथा सम्पदाहरुका बारेमा नयाँ पुस्तालाई जानकारी सहित नासोका रुपमन सुम्पिनु सबैको दायित्वनै हो ।
#प्रकाशमानशिल्पकार
No comments:
Post a Comment