Wednesday, March 23, 2022

अतिथि सत्कारको पर्व पाहाँचःह्रे नखः

अतिथि सत्कारको पर्व पाहाँचःह्रे नखः           नेपालमण्डलवासीले परापूर्वकाल देखि वर्षको विभिन्न तिथि मितिमा विभिन्न पर्व विशेषहरु मनाउँदै आएका छन् । यहाँका नेवाःहरुको पर्व संस्कृति नियालेर हेर्ने हो भने महिनाको हरेक तिथिहरुमा एउटान एउटा सानाठूला चाडपर्व परेकै हुन्छन् । नेपाली समाजले मान्दै आएको प्रचलित पञ्चाङ्ग अनुसार सौरवर्ष र चान्द्रवर्ष हुन्छन् । सौरमान अनुसार सौरवर्षमा ३६५ दिन हुन्छ भने चान्द्रमान अनुसार चान्द्रवर्षमा ३५४ दिन मात्र हुने गर्छन् । मिति सौरमान अनुसार गणनागरी दिनतोकिन्छन् भने तिथि: चान्द्रमानका गणना अनुसार तोकिन्छ । यसर्थ मिति सौरमान अनुसार गणना पर्ने दिनत तिथि: चान्द्रमानका गणना अनुसार आउने तथा घटबढ हुने शृुक्लपक्ष र कृष्णपक्षका कुनै पनि दिन; परेवादेखि औँसी वा पूर्णिमासम्मका दिन हुन् । यसरी सौरवर्ष सौरमान अनुसारत तिथि चा्द्रवर्ष चान्द्रमान अनुसार दिन, घडि,पला र विवपला गणना गरि निकालीएको वर्ष हो । चान्द्रमान अनुसार गणना गरिने चान्द्रवर्षका विभिन्न तिथिहरुमा शास्त्रगत तथा परम्परागत रुपमा मान्दै आएका चाड पर्वहरु वर्षेनी फरक फरक मितिमा अघि वा पछि पर्नुका कारण पनि सौरवर्ष तथा चान्द्र वर्षमा दिन गणनामा फरक भएकै कारण हुन् । नेपाली समाजले मान्दै आएका अधिकांश चाडपर्वहरुमा विक्रम संवतको नव वर्ष तथा भक्तपुरको विस्का पर्व बैशाख संक्रान्ति (खाईसन्हु) र माघे संक्रान्ति( घ्यःचाकुसनहु / हाम्वसन्हु ) बाहेक अन्य सबै चाडपर्वहरु चान्द्रमान अनुसारको दिनमा अर्थात तिथिमा मनाईन्छन् । शक्ति उपासक सनातनी शाक्ततन्त्र र बौद्धतन्त्र परम्पराका अनुयायी नेपालमण्डलवासी नेवाःहरुमा तिथिहरु मध्यमा पून्हि(पुर्णे) र चःह्रे तथा आमै(अौंसी)तिथिको अति विशेष महत्वरहेको छ । चान्द्रमासको (महिनाको) शुक्लपक्ष १५ अौं दिन( तात्कालिक अवस्थामा राष्ट्रिय मान्यता सहित प्रचलनमा रहेको चान्द्रवर्ष अनुसारको नेपाल सम्वतको महिनाको "थ्व" पक्षको अन्तिमदिन)लाई पुन्हि(पूर्णे), तथा महिनाको कृष्णपक्षको १४ दिनलाई याने कृष्णपक्ष चतुर्थिलाई ( नेपाल सम्वतको महिना(ला) को "गा पक्षको १४ अौं दिनलाई)" चःह्रे र चान्द्र महिनाको अन्तिम दिन याने कृष्णपक्ष अौंसीलाई "आमाइ" भनिन्छन् ।                                                      नेवाःहरुले मान्दै आएको पुन्हि र चःह्रेको पर्व संस्कृति अनुसारको छुट्टाछुट्टै नाम समेतरहेका छन् । जस्तोकि - पुन्हि( पूर्णे) १. सकिमनापुन्हि, २. यःमरीपुन्हि, ३. मिला(छ्याला)पुन्हि, ४. सिपुन्हि, ५. होलीपुन्हि, ६. ल्हुतिपुन्हि, ७. स्वाँयापुन्हि (चण्डिपुर्ण), ८. ज्याःपुन्हि, ९. दिल्लापुन्हि (गुरुपुर्णे/ गुरुपुन्हि), १०. गुंपुन्हि((जनैपूर्णे), ११. येँयाःपुन्हि र १२. कतिंपुन्हि/ सिघःपुन्हि(कोजाग्रत पुर्णे) तथा अधिक मासको अनलापुन्हि । चःह्रे (कृष्णपक्ष चतुर्थि) - १. बालाचःह्रे, २. दिशीचःह्रे, ३. लैचःह्रे, ४. सिलाचःह्रे, ५. पाहाँचःह्रे , ६. मातातिचःह्रे, ७. सिथिचःह्रे, ८. दिल्लाचःह्रे, ९. गथांमुगःचःह्रे, १०. जुगःचःह्रे, ११. नलास्वनेचःह्रे र १२. स्वन्तिचःह्रे तथा अधिकमास(मलमास/ पूरुषोत्तम महिना)को अनलाचःह्रे । वर्षको यी बाह्र चःह्रे तिथिहरु मध्यमा मंसीर कृष्ण चतुर्दशी (बछलागा )को बालाचःह्रे, फागुण कृष्ण चतुर्दशी(सिल्लागा ) को सिल्ला चःह्रे र चैत्र कृष्ण चतुर्दशी( चिल्लागा)को पाहाँचःह्रे समेतका तिन तिथिहरुलाई विशेष पर्वका रुपमा नेवाः समुदायले मान्दै आएको छ । चान्द्र वर्षको तिथि क्रम अनुसार चिल्लागा चःह्रे(चैत्रकृष्ण चतुर्दशीको दिनलाई केन्द्रविन्दु मानेर नेपालमण्लको कान्तिपुर नगरवासी नेवाः समाजले मान्दै आएको सांस्कृतिक पर्व हो " पाहाँचःह्रे" नखः । पाहांचःह्रेलाई पासाचःह्रे र लाभाचःह्रे समेत पनि भन्ने गरेको छ । प्राकृतिक अवस्थानुसार वर्षभरिको दुई–दुई महिनाका दरले फेरिने वातावरणिक स्थित बसन्त ऋतु मौसमको धुलोका कणहरु मिस्रित हुरी बतासाका कारण किटाणुहरुबाट हुन सक्ने संक्रमणबाट समाज जोगाउन रोगप्रतिघात्कम शक्ति दिने लसुन सेवन गर्न पर्वका रुपमा समेत चलिआएकाले नै यश पर्वलाई " लाभाचःह्रे" पनि भन्ने गरेको हुनु पर्दछ । मूलत यश पर्वमा अतिथिहरुलाई बोलाएर सत्कार गर्ने भएर नै यो चाडको नाउँ नै पाहांचःह्रे भनेको हुनु पर्छ किनकि पाउनालाई नेवाः भाषामा "पाहां" भनिन्छ । पाहांचःह्रे नखः भन्नासाथ काठमाण्डौको प्राचीन शहर कान्तिपुरभित्रको पर्व भन्ने बुझिन्छ । काठमाण्डौं उपत्यका र उपत्यका बाहिरका सबै नेवाःहरुको वर्षको प्रमुख चाड पर्व म्वहनी नखः भएतापनि स्थानिय प्रमुख नखः भने आआफ्नै रहेका छन् । जस्तै भक्तपुरवासिको स्थानिय प्रमुख पर्व विस्का जात्रात ललितपुरको बुङ्गद्यः खःजात्रात काठमाण्डौ भित्रै पनि किर्तिपुर,पाङ्गा र मच्छेगाउँको "न्हेगांजात्रा", ग्वलँको ( देवपाटन पशुपतिको "दुरु च्याँच्याँजात्रा" नरदे हाडिगाउँको "गहना खोज्ने जात्रा" आदि सबै स्थानिय प्रमुखजात्रा पर्वहरु हुन् । चैत्रकृष्ण चतुर्दशीदेखि चैत्रशुक्ल प्रतिपदासम्म(चिल्लागा चःह्रेदेखि चौलाथ्व पारु सम्म) विभिन्न किसिमले (चिल्लागा) को पाहाँचःह्रेदेखि प्रतिपदासम्म पहाँचःह्रे विभिन्न किसिमले मनाउने यो पर्व नेवाः समुदायका विभिन्न चाडपर्वमध्ये रमाइलो र ठूला चाड हो पाहाँचःह्रे । नेवाः जातिको विशेष संस्कृति भएको पाहाँचःह्रे चाडले धेरै नै रमाइलो वातावरण प्रदर्शन गरेको हुन्छ । नेवाः संस्कृतिमा पाहुनालाई ठूलो स्थान दिइन्छ । पाहुनालाई पनि देवतालाई जस्तै मान्ने नेवाः संस्कार अनुसार पाहाँचःह्रे चाडमा आफन्त र साथीभाइहरूलाई निमन्त्रणा गरी भोज खुवाउने चलन छ । बिल्कुल प्राकृतिक वातावरण, खाद्य सामग्री र रहनसहनसँग सम्बन्ध रहेको र जीवनमा व्यावहारिक अस्तित्व समायोजन गर्ने चाड पनि हो पाहाँचःह्रे नखः। नेपाल भाषामा पाहुनालाई पाहाँ भनिन्छ भने चतुर्दशीलाई चःह्रे भनिन्छ । चाडो सकिने र गर्मी सुरु हुने समयमा हावा हुरी आउने र विभिन्न किसिमले लाग्ने रोगलाई रोक्न धार्मिक तथा सांस्कृतिक उपायअनुसार नेवाः समाजमा पाहाँचःह्रेलाई लिने गरिन्छ । पाहाँचःह्रेमा मकलमा आगो बालेर इकापःका(.....) राखी त्यसको धुँवा घरमा लगाउने परम्परा छ । यसले भूतप्रेत, रोग, शोक र बोक्सीजस्ता नकारात्मक तत्वले छुन सक्दैन भनिन्छ । गाजल ..... यश दिन विहान देखि यहाँका शक्ति पिठ तथा गणेश मन्दिर लगायमा शक्तिउपासकहरुको घुईचो लाग्छ । टोल टोलमा रहेका विभिन्न देवताहरूलाई कुखुरा, हाँस, बोका, राँगा आदिको बली समेत दिएर अलिबलि सहित पूजागरी चाड मनाउने चलन छ पाहाँचःह्रेमा काठमाण्डौको थनेत्वाः(माथिलो टोल) र क्वनेत्वाः( तललो भेगको टोल)मा रहेका विभिन्न देवीदेवताहरु समेतको खत जात्रा हुने भएतापनि जात्राका मूल देवीहरुमा विष्णुमती किनार कंकेश्वर टोलको चामुण्डा कङ्ग अजिमा, वतु टोलको भद्रकाली अजिमा र तेबहाः(टेबहाल)को लुँमरी भद्रकाली अजिमा नै हुन् । त्यस्तै नै जात्रा गरिने अन्य देवीेदेवताहरुमा - टंकेश्वरटोलको निलवाराही तकति अजिमा, जनबहाल बाहिर केलटोलको लुँचुभुलु भ्द्रकाली अजिमा, न्हाय्‌कंतलाको उग्रतारा, अजिमा, न्हाय्कंतला प्यङ्गथांका नारसिंह अजिमा वा नरसिंआजु, गणेश, त्यङ्घःको गणेश लगायतको खत जात्रा हुने गर्दछ । पाहाँचःह्रेको खतजात्रामा नायः(खड्ग) समुदायको नायःखिं बाजा बजाउनै पर्ने परम्परा रही आएको छ ।             पाहाँचःह्रे जात्रा आयो भन्दै पूर्वसूचना दिने "दुदु च्याँय् च्याँय् निमन्त्रणा यात्रा "जात्रा -              ग्वलँदे(देउपाटन)का वत्सलाअजिमा (माजु)(वत्सलेश्वरी) लाई अष्टमातृकाका आमा भनी मान्ने गरिन्छ । वत्सला अजिमा अन्य अष्टमातृका अजिमाहरुको जेष्ठ मातृशक्ती भएकीले वत्सला अजिमाको जात्रा शुभारम्भ गरे पश्चात् मात्र कान्तिपुर नगर र उपत्यकाका अन्य अष्टमातृका अजिमाहरुको जात्रा गर्ने प्रचलन रहेको पाइन्छ । त्यसैले पाहाँचःह्रेको सात दिनअघि चैत्रकृष्ण शितला अष्टमीका दिन वत्सलामाजुले आफ्ना चेलीबेटी छोरीहरूलाई बोलाउन जाने भनी ग्वलँ (देउपाटन)देखि झ्याली बाजा बजाउँदै काठमाडौंमा ") दुदु च्याँय् च्याँय् जात्रा हुन्छ । ") दुदु च्याँय् च्याँय् – जात्रा"को अर्थ च्यान्हु अर्थात् आठ दिन भनेको हो भनिन्छ । झ्यालीको बोल नै ‘) दुदु च्याँय् च्याँय् भएकोले यो जात्राको नाम नै ) दुदु च्याँय् च्याँय् हुन गएको हो । छोरीहरूलाई भोज भन्न (निमन्त्रणा दिन) जाने क्रममा गरीने यो दुदु च्याँय् च्याँय् जात्रा परम्परा अनुसार भुवनेश्वरी गुठीयारले भुवनेश्वरी मातृकालाई तान्त्रिक विधि अनुसार पूजा गरि गरीने यो निमन्त्रणा यात्रामा भुवनेश्वरीको पूजा सम्पन्न गरे पश्चात् भुवनेश्वरी गुठीबाट शुद्धि तयार पारिएको चौरासी व्यञ्जन फलफूल रोटी समेत राखी अराध्यदेव श्री पशुपति महादेवलाई चढाइन्छ । तत्पश्चात पिचा (बाँसको चोयाबाट बनेको शुद्ध भाँडो)जुन मसानघाटमा पालो पर्ने हरिजन टोलका हरिजनहरुले पशुपत मसानघाटमा पालो पर्ने हरिजन टोलका हरिजनहरुले पशुपति मसानघाटशमा दाह संस्कार गर्न लास बोकी ल्याएको हरियो बाँशबाट बुनिएका भाँडाहरु पालोवाला हरिजनले मसानघाटबाट गरेको आम्दानीको कर स्परुप तयार पारीएको पिचामा भोग राखी भगवानलाई चढाइसकेपछि श्री पशुपतिनाथको नेतृत्वमा श्री वत्सला अजिमा( वत्सलेश्वरी)को दुदु च्याँए च्याँए निमन्त्रणा यात्रारुपी जात्रा शुभारम्भ हुन्छ । दुदु च्याँए च्याँए जात्रा श्री पशुपति मन्दिर प्रदक्षिणा पश्चात् पशुपति प्राङ्गण लगनलाछी टोल, भुवनेश्वरी, भकुंटोल, पशुपति बालकुमारी मन्दिरलाई दायाँ पारी प्रदक्षिणा गरि इटापाखा, जयबागेश्वरीलाई प्रदक्षिणा गरि, नवाटोल ताम्रेश्वर महादेव, भण्डारेश्वर कहादेव, चलँपाटोल,(सानो गौचरण), ज्ञानेश्वर महादेव, नक्शालभगवती, नक्शाल चारढुङ्गा, नागपोखरी, हात्तीसार लालदरवार, तीनधारा पाठशाला, जमल,कमलाक्षी स्थित झङ्गठकुहिटीको पूर्वपटिको पाटी अगाडि यात्रा पुग्दा नरदेवीको ङ्यतमरु अजिमा( स्वेतकाली मन्दिर) को कुमारी, भैरवी, वाराही आदि तथा नायःखीं बाजा, धिरमे बाजा, आदि सहितको टोलीले लिन गई शहर भित्र्याउन स्वागत पूजा गरि ( स्वागत पूजा भने दुदु च्याँए च्याँएको नेतृत्व गर्नु हुने भट्टज्यूलेनै गर्ने परम्परा रहेको।छ) कमलाछीबाट सि लँ( मलामी बाटो) हुँदै , अ‌संभुलु अजिमा (अन्नपूर्ण मन्दिर).परिक्रकमा गरि, बालकुमारी, इन्द्रचोक, मखन, हनुमानढोका, कुमारीघर,चिकंमुगल, जैशीदेगल(न्हूघः), लगन, यंगाल, मजिपाट, चिकंमुगल सिंह सतल, मरुसतल परिक्रमा गरि मरु गणेश, प्याफल, यटखा हुँद‌ै नरदेवी पुगेर ङ्यतमरु अजिमाबाट गरिने पूजा भट्टज्यूबाट सम्पन्न गरि केही स्थानीय भक्तजनहरुको समेत पूजा ग्रहण गरीन्छ । तत्पश्चात दुदु च्याँए च्पाँए त्यङ्ल न्ह्यखा, न्ह्याकंतला, असन हुँदै अघि आको बाटो हुँदै श्री पशुपतिनाथाको परिक्रमा गरि वत्सला अजिमा( वत्सलेश्वरी) पिठमा पुगेर यात्रा सम्पनझ गरीन्छ । दुदु च्याँय् च्याँय् जात्रालाई पाहाँचःह्रे आयो, अब पाहाँचःह्रे एकहप्ता मात्र बाँकी छ । पाहाँचःह्रेको लागि आवस्यक जोरजाम गर भनी सूचना दिइने लगायतको जात्राको रूपमा पनि लिइने गरिन्छ । यसरी पहाँचःह्रे अगाडि दुदु च्याँए च्याँए जात्राले कान्तिपुर देश र ग्वलदेशको निकट सम्बन्ध रहेको समेत देखउछन् । यश दुदु च्याँय् च्याँय् जात्राको नेतृत्व पशुपतिनाथ मन्दिरकको भुगर्भमा रहेको सानो सिवलिङ्गले गर्ने मान्यता रहेता पनि सोसरिरमा भने श्री पशुपतिनाथ ज्योतिर्लिंग को पुजारी भट्ट बाजे र राजभन्दारी पूजारीहरुले पैदल हिंडेर यो जात्रा को नेतृत्व गरिने परम्परा रहेको लिच्छवि राजा गुणकामदेवले कलिगत सम्वत् ३८२५ मा कान्तिपुर देशको निर्माण गर्ने क्रममा देशको रक्षा गर्ने उद्देश्यले तन्त्रसाधानाबाट अष्टमातृकाहरुको आह्वानगरी कान्तिपुर देशको चारैतिर १.लुमधी अजिमा (भद्रकाली), २. कंगः अजिमा (कंकेश्वरी), ३. म्ह्येपी अजिमा (ज्ञानेश्वरी), ४. मैती अजिमा (मैतीदेवी), ५. तख्ती अजिमा (नीलबाराही), ६. न्यतमरु अजिमा (नरदेवी), ७. लुँती अजिमा (इन्द्रायणी) र ८. वत्सला अजिमा लगायत अष्टमातृकागण सहित कान्तिपुर देशको खड्गकार सिमाना तथा बस्ति भन्दा अलि पर बाहिर सथापना गरेका अष्टमातृकाहरु मध्यमा कान्तिपुर देश भन्दाको सिमाना क्षेत्र भन्दा अलि धेरै पर ग्वलँदेश(देवपाटन) बागमती नदि किनारमा पिठ रहेका वत्सला अजिमा अन्य सातजना अजिमाहरुको आमा हुन् भन्ने यहाका लोकजनको मान्य रहेको छ । अष्टमातृका अजिमाहरु मध्यका म्हयपि अजिमा, लुति अजिमा, ङ्यत अजिमा, कङ्ग अजिमा,तख्ती अजिमा, र लुँमरी अजिमाका द्यःछें(देवगृह)हरु कान्तिपुर देश भित्रै परिरहेको हामीले देखिनै रहेका छौं । कान्तिपुर देशको सिमाना भन्दा अलि परै रेहको धोवीखोला( हिज्याः/ ध्वब्याखुसी) किनारमा अवस्थित पिठ(पिगं) रहेको मैती अजिमाको हाल हामीले देखिरहेका बिशालनगर मालिगाउँ (माग:) स्थित द्यःछें(देवगृह)रहेको देखिए तापनि मैती अजिमा द्यःजात्रा गुठी खलकका मुनकर्मि(मूः) समुदाय सवै गुठियारहरुको प्राचीन मूल बस्ती भने कान्तिपुर देश भित्रको यटखा दमाईटोलको मूगः गल्ली र भोटाहितीको मागःमा र द्यःपालाहरुको बसोबास आज सम्म पनि ढलकोमा रहेको समेत देखिएको अवस्थामा मैति अजिमाको द्यः छें नै पहिल पहिला यटै भोटाहिती मागतिर नै भएको हुन सक्ने देखिएको छ । त्यस्तैनै हाल जयबागेश्वरीमा द्यःछें रहेका वत्सला अजिमा द्यःखः जात्राका गुठीयारहरुको मूल प्राचीन बस्ती पहिला कान्तिपुर देशको सिमाना भित्रै परी द्यःछें पनि यतै रहेको हुन सक्ने सम्भावना देखिन्छ । त्यसोत बछला अजिमाका गुठियारहरुको प्राचीन मूल बस्ती पहिला पहिला कान्तिपुर देश भित्रै थियो भन्ने आजसम्म कोहि पनि भेटीएको भने छैनन । खड्गाकार सिमानाका कान्तिपुर देशको सुरक्षाका रुपमा गुणकामदेवले स्थापना गरिएका भनी बंशाबलीमा लेखिएका अष्टमातृका अजिमाहरु निश्चयनै आठै अजिमाहरुको पिठ अथवा द्यःछें(देवगृह) देशको सिमाना नजिक वा देश भित्रनै रहेको हुनुपर्ने निश्चित देखिन्छ । यदि त्यसो नभएको भएतापनि मैति अजिमा र बछला अजिमा र अजिमाखलको कान्तिपुर देश र यहाँ अजिमाहरु संग सम्बन्ध थियो र छ प्रमाणित ग्वलँ देश(देवपाटन)को दुदुं च्याँय् च्याँय् जात्राले गरेको छ । पाहाँचःह्रेको ठीक आठ दिन अघि नै कान्तिपुर देश सुरक्षामा बसेका अष्टमातृका अजिमाहरुको आमा मानियका लत्सला अजिमाले दुरु च्याच्या जात्रा गर्दै नखःया पाहाँ ब्वलाउने जात्रा समेत संग यो पाहाँचःह्रे जात्राको सम्बन्ध समेत रहेको देखिन्छ । अलौकिक देवीदेवताहरुलाई मात्र पुज्ने हैनकि , मानव कल्याणकारी उल्लेखनिय कार्य गरि सिद्ध भई गएका आफ्ना पूर्खाहरु समेतलाई आजु र अजिमा सम्बोधन गरी देवीदेवताकै मान्यतादिई पुज्दै मान्दै आगमको शक्ति उपासक सनातनी शाक्ततन्त्र तथा बौद्धतन्त्र अनुयायी नेवाः हुन् । त्यसैले यहाँका लोकजनले मानी आएका अष्टमातृका लगायतका अजिमाहरु पनि पहिला पहिला मानव नै हो वा हुनसक्ने समेत देखिन्छ । र आफ्ना विवाहभई गईसकेका छोरीहरुलाई नातिनातिनी सहित पर्वसमयको नखःत्याः बोलाएर ख्वाउनु पर्ने नेवाः समाजको संस्कृतिरहि आएको छ । पाहाँचःह्रेको यो पर्व र जात्रा त्यसै संस्कृति अन्तरगत नै अजिमा बनी देवीत्व प्रप्तगरी सिद्ध भई गएकाहरुकै समय देखिनै चलिआएको हुनसक्ने समेत देखिन्छ । वंशावलीमा लेखिए अनुसार खड्कार कान्तिपुर भूमिमा सुरक्षाका लागि स्थापना गरीएका माथि उल्लेखित अष्टमातृकाहरुमा १.लुमधी अजिमा (भद्रकाली), २. कंगः अजिमा (कंकेश्वरी), ३. तख्ती अजिमा (नीलबाराही), ४. न्यतमरु अजिमा (नरदेवी - स्वयटकाली) समेत चार अजिमाहरुको जात्रा पाहाँचःह्रेमा, चैत्रशुक्ल चिल्लागा ( चैत कृष्णपक्ष परेवाका दिन चिपालु ( निमन्त्रणा ) पूजाबाट शुभारम्भ भएको वत्सला अजिमाको जात्रा पाहाँचःह्रेको लगतै पछि चैत्रशुक्ल द्वितियन(चौलाथ्व दितिया) का दिन वत्सला अजिमाको( वत्सलेश्वरीको) जात्रा हुन्छ, म्हयपि अजिमाको जात्रा चैतशुक्ल पूर्णे( ल्हूति पुन्हिका )दिन, लूँति अजिमाको जात्रा बालाचःह्रेमा( बालाचतुर्दशिका दिन) र मैति अजिमाको जात्रा कार्तिक कृष्णचतुर्दशि कुकुर तिहारका दिन (स्वन्तिमा) गरिन्छन् ।                                                     पाहाँचःह्रेको पहिलो दिन / लुकुमहाद्यःक पुजा -    चैत्रकृष्ण चतुर्दशी(चिल्लागा चःह्रे)का दिन सध्याकालमा जमिनमुनि लुकेर बसेका महादेव "लुकुमाहाद्यः"लाई वहस्वाँ(.....) र लुस्वाँ (तोरीको फुल)ले सजाएर मध्यमास समेत चढाई पुजा गरिन्छ । फोहरकसिंगर भएको जमिनकुनि लुकेर बसेको लुकुमहाद्यः पुजा गर्न बिहानै खनेर सफागरी महादेव देखिने गरि राखेको हुन्छ । साँझ लुकुमहाद्यःको पुजागरी भोज खाईन्छ ।                         देवगृह(द्यःछें)बाट अजिमाहरु गमय्मा लगेर राख्ने -    चःह्रे( चतुर्दशिकै राती पाहाँचःह्रे जात्राका मूलदेवीहरु जात्राकालागि चामुण्डेश्वरी मातृका कङ्ग अजिमा, वटु भद्रकाली र तेबहाः लुँमरी भद्रकाली अजिमाका लगायतका अजिमाहरु द्यःछें (देबगृह)बाट खतमा राखेर जात्रा गर्ने अजिमाका मूर्तिहरु पिठ( पिगंय्/ गमय्) मा लगेर राखिन्छ । वतु भद्रकाली अजिमाको छुट्टै पिगं भने छैनन् त्यसैले तेबहाः लुमरी भद्रकाली अजिमाको पिगं तुंडिख्यः स्थित पिठमै लगेर राखिन्छ । त्यसोत वतु भद्रकाली अजिमाद्यः खलकहरुले वतु भद्रकालीलाई पनि लुमरी अजिमानै भन्दै आएको छ र यसको पिगं पनि टुंडिखेलकै पिठ हो भन्दै मान्दै आएको छ । वतु भद्रकाली र तेबहाः भद्रकाली अजिमाको पिगं एउटै कसरी हुन गयो ? ती दुवै अजिमा एउटै हो भन्ने हो भने दुवैको छुट्टाछुट्टै खतजात्रा कसरी हुन गयो ? त्यो पनि टुंडिखेल र असनको खत जुडाउने जात्रामा समेत दुबैखत अनिवार्य किन रहन गयो ? यश विषयमा जेष्ठनेवाःहरुको भनाईमा भने पहिला तेबहाःको लुमरी भद्रकाली अजिमा मात्र थियो । कुनै समय पाहाँचःह्रेमा जात्रा गर्ने क्रममा तेबहाःको लूँमरी भद्रकाली अजिमाको खत जात्राकै क्रममा दुर्भाग्य बंश लूँमरी अजिमाको खतमारहेको मूर्ति हराए छ । अजिमाको मूर्ति हराएर फेला नपरे पछि नयाँ मूर्ति बनाएको । र हाराएको अजिमाको मूर्ति वतु टोलका ज्याःपु समुदायले फेला पारेको । आफुहरुले फेलापारेको अजिमाको मूर्ति तेबहालका अजिमा द्यःखललाई जिम्मा नलगाईकन आफ्नै क्षेत्रमा द्यःछें बनाई पाहाँचःह्रे जात्रामा द्यःखत बनाई जात्रामा सहभागी हुनपाउनु पर्ने भन्ने मत राखेर तेबाहा भद्रकाली खल तथा कङ्ग अजिमा खलः समेतको समझदारीमा वतु भद्रकालीलाई समेत धार्मिक तथा सामाजिक मान्यता दिएर जात्रामा सहभागी गराएर खत जुटाउने जात्रामा समेत पहिलो खत जुताउनेमा वतु भद्रकाली खत संगत असनको दोस्रो खत जुटाउने जात्रामा तेबहालको खतसंग बलेको मसाल साटासाट गर्ने परम्परा बसाली आएको हो भन्ने केही लोकमत छ भने केहीको मत अनुसार भने वतु र तेबहाःका ज्यापू खलःले संयुक्तरुपमा जात्रा चलाउने गर्दै आएको थियो । तर पछि कुनै समयमा तेबहाःका अजिमाखलः ज्यापू खलः र वटुका ज्याःपु खलः बिच एक आपसमा मनमुटाव हुन गई वतु खलःले छुट्टै भद्रकाली अजिमा प्रतिस्थापना गरेको भन्ने भनाई रहेका छन् । त्यसैले टुंडिखेल र असनमा लुँमरी भद्रकाली र कङ्ग अजिमाको खत जुटाउने जात्रामा वतु र तेबहाको भद्रकाली अजिमा संगसंगैरहने गरेको र टुंडिखेलमा वतु भद्रकाली संगत असनमा तेबहाः भद्रकाली अजिमा संग कङ्ग अजिमाको खतले मसाल साट्ने गररे पुरानो र प्रतिस्थपित अजिमा दुवैलाई समान व्यवहार गरेको हुनु पर्छ । वतु भद्रकाली र तेबहाल लुँमरी भद्रकाली अजिमाको सम्बन्धका बारेमा यो एउटा अध्ययनको विषय हन सक्छ । दोस्रोदिन मरः जा नकेगु -                                 देवगृहबाट लगेका अजिमाहरुलाई रातभरी पीठमै राखेर त्यससको भोलिअौसी(आमै)का दिन ठाउँठाउँमा ईहि नगरेका कन्या र ब्रतबन्धन नगरेका कुमारहरुलाई मरः जा ख्वाउने परम्परा छ । " मरः जा" का रुपमा रहेको तन्त्रपुजित प्रशाद केटाकेटीलाई ख्वाएमा स्वस्थय हुने आस्था अनि विस्वास रहेको छ ।                                            ङ्यतमरु अजिमा(स्वयतकाली) देवीगणनाच समेत - पाहाँचःह्रेकै दिन नरदेवीको मन्दि, अगाडिको डबलीमा ङ्यतमरु अजिमाको देवीगणनाच हुने गर्दछ । देवीगणनाचमा १. गणेश सेतो मुकुटमा २. सिङ्घिनी सेतो मुकुटमा ३. ब्याङ्घिनी रातो मुकुटमा ४. भैरव निलो मुकुटमा ५. कुमार रातो मुकुटमा ६. चण्डेश्वरी गाडा रातो मुकुटमा ७. सुथः माजु रातो मुकुटमा ८. माहादेव सेतो मुकुटमा ९. दैत्य पहेँलो मुकुटमा १०. ध्वं रातो मुकुटमा ११. खिचा रातो मुकुटमा अष्टमातृका लगायत देवीहरुमा १२.१- श्वेतकाली सेतो मुकुटमा १३.२- कुमारी (कौमारी) गाडा रातो मुकुटमा १४.३- बाराही गाडा रातो मुकुटमा १५.४- महालक्ष्मी गाडा सुन्तलतत मुकुटमा १६.५- नारायणी हरियो मुकुटमा १७.६ - इन्द्रायणी सुन्तलाङग मुकुटमा १८.७- रुद्रायणी सेतो मुकुटमा १९.८- ब्रम्हायणी पहेँलो मुकुटमा                                   तिंख्यलय् द्यः ल्वाकिगु / टुडिंखेलमा देवीखत जुटाउने - पाहाँचःह्रे जात्राकै क्रममा आमै( अौंसी)का दिन राती सैनिक मञ्च टुंडिखेलमा अजिमाहरुको खत जुटाउने सांस्कृतिक परम्परा रहेको छ । अजिमाहरुको खत जुटाउने क्रममा वतु भद्रकाली र तेबहा लुमरी भद्रकाली अजिमा पहिलानै बाजागाजा सहित पुगेर संगै बसेका हुन्छन्। त्यसपछि चामुण्डेश्वरी कङ्ग अजिमा पुगेर दुवै खतलाई कङ्ग अजिमाको खतले परिक्रमा गरी वतु भद्रकाली अजिमाखत संग कङ्ग अजिमा र वतु भद्रकाली अजिमाको खतले एक आपसको मिप्वाः(मसाल) साटासाट गरि द्यःखः ल्वाकेगु( खतजुटाउने) संस्कृति सम्पन्न गरिन्छ । खत जटाउन सकिए पछि तीन वटै अजिमाको खत जात्रा गर्दै आआफ्नै पिठमा लगिन्छन् । असनय् द्यःखः ल्वाकीगु / असनमा खत जुटाउने - चैत्रशुक्ल प्रतिपदा(चौलाथ्व पारु)का दिन अपरानन्ह पछि पाहाँचःह्रे जात्राकै क्रमअनुसार असनमा वतु भद्रकाली, तेबहाः लुँमरी भद्रकाली अजिमा र कङ्ग अजिमाको खत जुटाउने जात्रा हुन्छ । वतु र तेबहाः भद्रकाली अजिमालाई कङ्ग अजिमाले परिक्रमा गरि तेबहाः लुँमरी भद्रकाली अजिमा संग कङ्ग अजिमाले मसाल साटासाट गरि खत जुटाउने जात्रा सम्पन गरि तिनवटै खत अन्य टोल टोल हुँदै राती सवै अजिमाको आआफ्नो देबगृह(द्यःछें) मा प्रवेश गराईन्छ । द्यःछेंमा प्रवेश गराउँदा विशेष पूजा गरि लसकुस गरि प्रवेष गराई पाहाँचःह्रे जात्रा सम्पन्न गरिन्छ । जात्रा सम्पन्न भएतापनि हप्तादिन सम्मनै यहाँ पाँचःह्रेको नखःत्या (पाहुना बोलाएर सत्कार गरि भोज ख्वाउने) बोलाएर सत्कारगरी भोज ख्वाउने संस्कृति रहेको छ । #प्रकाशमानशिल्कार स्रोत -

No comments:

Post a Comment