Tuesday, February 2, 2021

लुप्त अवस्थामा रहेकी एक पिगंः अजिमा थँबहिको साम्हाः अजिमा

 लुप्त अवस्थामा रहेकी एक पिगंः अजिमा

थँबहिको साम्हाः अजिमा

      नेवाः समाजमा पिगंः भन्नाले गणपूरक देवगण रहेको देवदेवीको पिठ हुन् ।  पिगंःहरुलाई काठमाण्डौ उपत्पकाबासिले शक्ति पीठका रुपमा परम्परा देखिनै मान्दै आएका छन् ।  पिगंःको गणपूरक देवगण भन्नाले १. श्री गणेश, २. सिंगिनी(सिम्बा द्यः), ३. ब्यागिनी(धुम्बाद्यः), ४. भैरब, ५. कुमार, ६. ब्रम्हायणी, ७. माहेश्वरी, ८. कुमारी, ९. वैष्णवी, १०. बाराही, ११. चामुण्डा(महाकाली) र १४. महाकाली लगायत देवदेवी विराजमान रहेको पिठ हुन् । यस्तो पिगंः नेवाः बस्ति भन्दा बाहिर नदी, खोला तथा शमशान घाट नजिक रहने मान्यता रहेका छन् । जनसंख्या बृद्धि र शहरीकरणको तिब्रताले गर्दा शमशान घाट पनि शहरीकरणको चपेटामा पर्दै कयौं परम्परागत दिप मसानघाट विस्थापित भईसकेको छ भने केही शमशान घाटहरु नयाँबस्तीको घेराबन्दीमा पर्दै शमशान घाट दिप संग सम्बन्धित समुदायका ब्यक्तिको मृत्यु हुँदा  आफनो कुल परम्परागत दिपमा अन्तिम संस्कार गर्न समेत पटक पटक संघर्ष गर्नु परेको  घट्नाहरु हामी संग छ । 

      शहरीकरणका कारण शमशान घाट क्षेत्रमा रहेकी पिगंःहरु अहिले बस्तीको घेरामा परिसकेकाले अब पिगंःहरु बस्तीको बाहिर शमशान घाट नजिक हुने गर्छ भनेर परिभाषित गर्न समेत पनि अहिलेको अष्टमातृकाहरुको पिगंःको स्थितिले अमिल्दो देखिएको अवस्था छ । 

     शहरीकरण र कोलाहलमय बस्ती विकासको चपेटामा परेर धेरै अगावै देखि नै यहाँका लोकजनको मन मस्तिष्कमा लुप्त अवस्थामै पुगिसकेकी एक पिगंः अजिमा हुन् प्राचीन कान्तिपुर नगरको उत्तर तर्फरहेको येँम्बु लागाः सिंहकल्पनगर  भगवान बहालको पश्चिम थँबहि क्षेत्र हालको ठमेल मार्गमा रहेकी संकटमोचन भगवती मन्दिर र लेखनाथ मार्ग गलक्वपाखा चोकको ठीक बिच सडकको बायाँ तर्फ अलि भित्र समसारा बुटिकको  प्रवेश द्वारभित्र कम्पाउण्ड मै परेको अवस्थामा रहेकी यहाँका प्रमुख अष्टमातृहरु मध्यकी एक चामुण्डेश्वरी मातृका साम्हाः अजिमा हुन् । 

       थँबहिकी यश अजिमालाई केही स्थानियहरु पिगंः अजिमा, चुलीं अजिमा  भन्ने गरेको पाईन्छ भने केही संस्कृतिविदहरुले आफ्नो लेख तथा पुस्तहरुमा यश अजिमालालाई कहिं थँबही अजिमात कहिं थँबही पासान चामुण्डात कहिं साम्हाः अजिमा भनी उल्लेखित गरेको पाईन्छ । तर संस्कृति विदहरुको कुनै पनि लेख र पुरानो थ्यासफुमा थँबहीको कुन स्थानमा थँबही अजिमा वा साम्हाः अजिमा रहेको छ भन्ने स्पष्ट देखाएको देखिन्दैनन् ।

       थँबही क्षैत्रमा मात्र तीन अजिमाहरु रहेको छ । थँबही क्षेत्रमा रहेकी अजिमाहरु हुन् - १.सिंहकल्पनगर बिक्रमशील महाविहार,  भगवान बहालको मुख्य प्रवेश द्वारैमा द्वारको बायाँ तर्फ रहेको सानू मन्दिरको जातिका अजिमा , २.  भगवान बहाल जातिका अजिमा भन्दा अलि पर उत्तर पश्चिम तर्फ सडक भन्दा अलि भित्र बायाँ रहेकी फुसिंख्यः ( मनमैजु) अजिमा रहेकी छिन् भने ३. तेस्रो अजिमा हालको ठमेल मार्गमा रहेको हरिनाग रहेको स्थान भन्दा ठीक अगाडि सडक पारी भित्र रहेकी यश साम्हाः अजिमा समेत तीन अजिमाहरु रहेकी छीन् । धेरैको मानसपटलमा थँबहीको अजिमा भन्नाले भगवान बहालको प्रवेश द्वारमा रहेको जातिका अजिमा मात्र सम्झिने गरेको पाईन्छन् । 

      ठमेल जस्तो घना आवास क्षेत्रमा रहेको यश साम्हाः अजिमा अहिलेको समयमा लुप्त अवस्थाको स्थितिमा पुग्नुको मुख्य कारण भनेको  यश अजिमा रहेको क्षेत्रमा गैह्र नेवाःहरुको बाहुल्यता हुँदै गई यहाँका नयाँ गैह्र नेवाःहरुले यश अजिमालाई नेवाःहरुको अजिमा भन्दै बेवास्ता गर्दै जानू हो भने यहाँ रहेका रैथाने नेवाःहरुले समेत नियमित रुपमा पुजा नगरी जन्मदिन र चाडपर्वमा मात्र पुजा गर्न जानू पनि हो । नयाँ नयाँ बस्ति बिस्तार संगै नयाँ नयाँ मन्दिरहरु स्थापना हुँदै साना ठूला मन्दिरहरु थपदै गएको आजको परिपेक्षमा पनि प्राचीन सम्पदाका रुपमा रहेको थँबहिको यश साम्हाः  अजिमा लुप्त अवस्थामा पुग्नु धार्मिक र सामाजिकरुपमा नै खेदपूर्ण छ । #प्रकाशमानशिल्पकार


No comments:

Post a Comment