Saturday, November 14, 2020

पर्वसमय सुधार राष्ट्रिय कार्यदलको संक्षिप्त्त परिचय

 पर्वसमय सुधार राष्ट्रिय कार्यदलको संक्षिप्त्त परिचय

        

         हामीले  मनाउँदै आएका पर्वहरु शास्त्रनिर्दिष्ट शुद्ध समयमा मात्र मनाउनु पर्छ भन्ने शास्त्रप्रवर्तक ऋषिमुनिहरुको दृढ रहेको छ । तर हामीले अहिले मनाउने गरेका चाडपर्वहरु शुद्ध समयमा मानाउन पाएका छैनौं । समयको अशुद्धताले गर्दा मनाइएका अंमस्त्त चाडपर्वहरु निष्फल भइरहेका छन् । अनुष्ठित कर्मबाट आफ्नो जुन कामना वा उद्देश्य पूर्ति हुनुपर्ने  हो त्यो निश्चितरुपमा भइरशेको छैन । 

          अयन चयनले गर्दा हामीले मनाउने विभिन्न पर्व मनाउने दिन ठ्याक्कै २४ दिन वर सरिसकेको छ ।शास्त्रीयमर्यादा एवं आकाशीय ग्रहस्थिति अनुसार सबै भन्दा छोटो हुने लिनमा माघेसंक्रान्ति( घ्यःचाकु सन्हु) र सबैभन्दा लामो हुने दिनमा मनाउने साउनेसंक्रान्ति हुन्छ । तर अहिले सबभन्दा छोटो दिन पौष ७ हुन्छ भने सबभन्दा लामो दिन असार ७ गते हुन्छ । त्यसै दिन क्रमशः सूर्य उत्तरायन तथा दक्षिणायन हुन्छन् । यो शास्त्र तथा विज्ञानले प्रमाणित गरेको  र कसैले कुनै तथ्य प्रमाणले पनि काट्न नसक्ने प्राकृतिक नियम हो । अहिले हामीले  प्रचलित पात्रमा लेखिए अनुसार मनाउँदै गरेका माघेसंक्रान्ति र साउनेसंक्रान्ति सूर्य उत्तरायन तथा दक्षिणायन प्रारम्भ हुँदैनन् । त्यस्तो अशुद्ध दिन र समयमाहामी सनमतनीले सूर्य उत्तरायण प्रारम्भ एवं दक्षिणायन प्रारमम्भ भएको दिनमा गर्नु पर्ने शास्त्रलत् स्नान, दान, पाठपूजा र लूतोफाल्ने कर्म लगायत गरिरहेका छौं।

           त्यस्तैनै दिन र रात बराबरी भएको दिन बैशाख संक्रान्ति(मेषसंक्रान्ति)(खायूसन्हु) र कार्तिकसंक्रान्ति ( तुलासंक्रान्ति)  विषुवत् संक्रान्तिका रुपमा मान्दै आएका छौ ।  जबकि त्यस्तो दिन चैत ७ र असोज ७ गते पर्ने गरेको प्रचलित पात्रले देखाउने गरेको छ । पात्रले अहिलेको अवस्थामा बैशाख संक्रान्ति र कार्तिक सक्रान्ति भनी जुन तोकिएको छ , त्यस दिनमा त्यो संक्रान्ति पर्दैन , सो यथार्थ पात्रले नै देखाइरहेका अवस्था छ ।  तर पनि हामी सनातनीलाई  यस्तो संक्रान्ति नै पर्ने अशुद्ध दिन समयमा संक्रान्ति मनाउन प्रचलित पात्रले बाध्य बनाउदै आऐको छ ।सनातनी जनता पात्रलाई ब्रम्ह वाक्य सरह नै मान्दछन् र कालसमयको अशुद्धिका कारण सर्वथा निष्फल हुने कर्म उनीहरुले गर्न बाध्य पारिरहेका छन् । 

        त्यसैले पञ्चाङ्गमा शीघ्र पर्व समय सुधार गरि गर्न लगाई अशुद्ध समयमा कर्म गर्न  बाध्य भएका सनातनीलाई फलदात्मक शास्त्रवत् शुद्ध समयमा गर्न पाउने व्यवस्था सरकारको तर्फबाट पहल हुनु पर्छ भन्ने  विज्ञहरुबाट आज भन्दा झन्दै छ दशक अघि देखिनै चर्चा परिचर्चा गर्दै बहसमा ल्याईरहेको जनसरोका विषयलाई दृष्टिगत गरी   पञ्चाङ्ग निर्णायक समितिका तात्कालिन अध्यक्ष्य प्रा. डा.मंगलराज  जोशीज्यू समेतको सल्लाहमा बि.सं. २०६१ साल पौष महिनामा तीन उपसमिति सहित स्थायी अयन वर्षारम्भ तथा पर्व सुधार गर्न अभियान प्रारम्भ भएको थियो फलस्वरुप वि. सं. २०६२ आषाढ १६ गते महेन्द्र संस्कृत बिश्वबिद्यालयको सहयोगमा राष्ट्रिय गोष्ठी प्रज्ञाभवन काठमाण्डौमा सम्पन्न भयो  र तत्पश्चात वि.सं. २०६२ पौष  ४ गते ज्योतिष ग‍ोष्ठी ।४० ज्योतिषी सहभागी जुद्धोदय मा. बि. परिसरमा सम्पन्न भई पर्व सुधार गर्ने सम्बन्धमा निर्णय गरिएको थियो ।

         ती गोष्ठीमा पारित भएका निर्णयबमोजिम पञ्चाङ्ग निर्णयाक समितिले मात्र आवस्यक कदम उठाउन नसकेको देखिएकाले २०६३/३/८ मा संस्कृति पर्यटन तगा नागरिक उड्यया मन्त्रालयमा एक राष्ट्रिय आयोग गठन गरि उपयुक्त  निर्णयमा पुग्न आग्रह गरिएबमोजिम  नेपाल सरकार, संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालय बाट  मन्त्रिस्तरको मिति २०६३/८/२६ को निर्णय अनुसार प्रा. श्री कृष्ण आचार्य , पूर्व उपकुलपति,म.स.वि.वि.को अ्धयक्ष्यतामा ई. श्री हरिनारायण मल्ल सदस्य सचिव रहने गरि पर्व सुधार राष्ट्रि कार्यदल तथा सो  अन्तर्गत कार्य गर्न    धार्मिक, ज्यौतिष, बैज्ञानिक र वैदेशिक  समिति समेत गरि चारवटा उपसमिति समेत गठन गर्ने गरीगठन गरिएका थिए ।

        गठीत पर्व सुधार राष्ट्रिय कार्यदललाई तपसिलका बुँदाहरुमा अति गमभिरतापूर्वक अध्यन गरि पहिलो वैठक वसेको मितिले पैतीस दिन भित्र प्रतिवेदन गर्न गराउने सहित समय तथा कार्प क्षेत्र टोकिएका थिए ।

       गठीत कार्यदलले पनि आफुलाई दिएको जिम्मेवारी लाई गहन अध्ययन तथा अनुसन्धान गरि  टोकिएकै समयावधि भित्र नै सरकारलाई  पञ्चाङ्गमा पर्व समय सुधार गर्न र पर्व समय सुधार राष्ट्रिय कार्यान्वयन समिति समेत गठन गर्न नेपाल सकारलाई " पर्वसुधार राष्ट्रिय कार्यदलको प्रतिवेदन, २०६४ पेशगरि सकेका छन् ।

        गठीत पर्वसमय सुधार राष्ट्रिय कार्यदलमा नेपाल पञ्चाङ्ग निरणायक समितिका हालका बहालवाला अध्यक्ष्य प्रा. डा. श्री रामचन्द्र गौत्तम सदस्य तथा   नेपाल पञ्चाङ्ग निर्णायक समितिका हालका बहालवाला सदस्य सचिव श्री सूर्य प्रशाद ढङ्गेल समेत ज्योतिष उप-समितिका सदस्य हुनु हुन्छन्।  तर पनि आजका मिति सम्म पनि हामी सनातानी नेपालीले  पर्वसमय सुधार राष्ट्रिय कार्यदलको प्रतिबेदन अनुसार शुद्ध समयमा पर्व मनाउन र कर्म गर्न पाएका छैनौ ।


                             तपशिल 

पर्वसमय सुधार राष्ट्रिय कार्यदलले  गम्भीरतापूर्वक अध्ययन गर्ने बुँधाहरु :-

१. वर्षारम्भ तथा पर्व सुधार गर्न आवस्यक छ कि छैन ?

२. प्रस्तावित समन्वयात्मक बालमुकुन्दीय पर्व सुधार पद्धति

    प्रचलित धार्मिक तथा ज्योतिष पद्धति अनुसार मिल्छ,

    मिल्दैन ? यसमा गर्न सकिने सुधार के के हुन ?

३. प्रस्ताव अनुसार २०६४ साल देखि नेपाल विक्रम सम्वत

     घोषणा गर्दा तत्कालमा के के लागू गर्न सकिन्छ, पछि

     कुन कुन धार्मिक तथा ज्योतिष पक्षहरु कहिले सम्ममा

     लागु गर्न उचित हुन्छ ?


                    पर्वसमय सुधार राष्ट्रिय कार्यदल :-

१. प्रा. श्री कृष्ण आचार्य, पूर्व उपकुलपति, म.स.वि.वि.  -------------------------------------------------------अध्यक्ष्य

२. ई.श्री हरीनारायण मल्ल ----------------------सदस्य सचिव

३. प्रा. डा. श्री रामचन्द्र गौत्तम, अध्यक्ष्य, धर्म शास्त्र विभाग,

    वाल्मीकि क्याम्पस ----------------------------------सदस्य

४. प्रा. डा. श्री शाम्बराज आचार्य, सदस्य पञ्चाङ्ग निर्णायक 

    समिति, अध्यक्ष्य, ज्योतिष शास्त्र विभाग, वाल्मीकि

    क्याम्पस------------------------------------- सदस्य

५. डा. केशवराम जोशी, सदस्य, पञ्चाङ्ग निर्णायक समिति

     ------------------------------------------------------- सदस्य

६. डा. खिलनाथ वस्ताकोटी, अध्यक्ष्य, एशियाली ज्योतिष 

     संघ --------------------------------------------------- सदस्य

७. श्री जलकृष्ण श्रेष्ठ, सह सचिव -------------------- संयोवक


                     उप= समितिहरु

धार्मिक उप-समिति (पदाधिकारी  मन्त्रालयको पत्र अनुसार)

ज्योचिष उप-समिति   (   "    )

वैज्ञानिक  उप-समिति  (  "     )

वैदेशिक उप- समिति   (   "    )


लेखन सामाग्री सोत :-पर्वसुधार राष्ट्रिय कार्यदलको प्रतिवेदन,२०६४, प्रा. डा. श्री रामचन्द्र गौत्तमको " पर्वसुधार- शास्त्रीय चिन्तन लेख( पर्वसुधारका आधारहरु पुस्तक- पर्वसुधार राष्ट्रिय कार्यान्वयन समितिबाट प्रकाशित ) तथा संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको च..नं ३४६ मिति १३ पीष २०६३ को राष्ट्रिय कार्दल गठन सम्बन्धमा को पत्र समेत ।



#प्रकाशमानशिल्पकार

No comments:

Post a Comment