Wednesday, November 25, 2020

सामाखुसिको ऐतिहासिकता र किम्बदन्ति

 सामाखुसिको ऐतिहासिकता र किम्बदन्ति

✡ परिचयात्मक पृष्ठभूमि 

      संघिय गणतान्त्रिक नेपालको केन्द्रीय राजधानी काठमाणडौ तथा काठमाण्डौ महानगरको २६ नं. वडा भित्रको एउटा सानो तर वर्षायाममा ठुलै रुप लिएर बेलाबेलामा उग्ररुप लिने खोला हुन सामाखुसि । यश को मौलिक तथा ऐतिहासिक नाम सावाःखुसिबाट अपभ्रंश भएर सामाखुसि भएको हो भन्ने जानकारहरु बताउने गर्छन् ।

       यश खोलाको भौगोलिक अवस्था हेर्ने हो भने गल्कोपाखा, मनमैजु, तोखा, बसुन्धरा, फुसिंख्यः, महादेवतार र तिलिङ्तार लगायत उच्चभूभागको तल परेको बेसि भूभाग देखिन्छ । 

       यो खोलाको मुहान टोखा नगरपालिकामा पर्छ । मूल भने शिवपुरी राष्ट्रिय निकुञ्जबाट रसाउने स्थानीय बताउँछन् । उक्त नगरको ४ र ५ नं. वडाका साथै बूढानीलकण्ठ नगरपालिकामा पनि केही हिस्सा पर्छ । अहिले त पूरै ढल भइसक्यो पानी नै छैन । अहिले यो खोलाको जन्म हुन्छ न्युरो अस्पताल नजिकबाट । 

      शिवपुरी राष्ट्रिय निकुञ्ज रसिएर बग्ने खोला बिष्णु पादुका उद्गमस्थल भएको बिष्णुमती नदीको सहायक नदी हुन् । २६ वडा अन्तर्गभित्रको सामाखुीम माथि म्हैपि पवित्रनगर गेट देखि प्रहरी तालिम केन्द्रको घोडा बस्ने अस्तबल पछाडि सम्मको खोला छोपेर करिब ५ सय् मिटरभन्दा बधिनै क्षेत्रमा ढलान गरिएकाले सरसर्ति हेर्दा खोला नै भेटिन्न । यसरी खोला आफ्नो वास्तविक आकारभन्दा साँघुरिन पुग्दा वर्षायाममा महानगरभित्रका विभिन्न क्षेत्रमा डुबान हुने गरेको छ । वडा नं. ३ का केही बासिन्दाले पनि खोला छोपिँदा घरआँगनमा भेल पसेको भन्दै वडामा निवेदन दिएका छन् । 

✡ सामाखुसीको वास्तविक मौलिक क्षेत्र

      शिवपुरी ( सिधिफुचो) डाडोबाट खोलाको मुहान सुरु भई बिष्मुती नदीमा बिलाउने यो खोलाको समग्र भागलाई नै सामाखुसी नदी भनिएता पनि यश खोलाको नामबाट नाकरण भएको  वास्तवविक स्थान वा ठाउँको परम्परागत सामाखुसी  नाम र  यसको क्षेत्र भने २६ वडाको यश क्षेत्रमा बनेको चिलद्रेन पार्क( थुसाःख्यः) देखि उत्तर सामाखुसी खोला क्षेत्र सम्म मात्र हो । तर पनि अहिले भने सामाखुसी स्थान बिस्तार हुँदै ..... तथा रानीबारी....... समेत सम्मको क्षेत्र सम्मलाई सामाखुसी भन्ने गरेको पाईन्छ । 

✡ खोलाको नामकरण र ऐतिहासिकता 

      प्राचीन नेपाल निर्माण हुनु भन्दा अगाडि यहाँ रहेको कालीदहको पानी महामञ्जुश्रीले   गोकर्ण न्हसिकाप गोकर्ण, आर्यघाट न्हसिकाप पशुपती र अन्तमा विशेष गरी क्वयना न्हसिकाप चोभार गल्छीको दायाँ बायाँ रहेको पहाडमा बरदा र मोक्षदा लाई राखी चोभार गल्छीलाई मामञ्जुश्रीले आफ्नो अस्त्र " चन्द्रहास खड्ग "ले प्रहारगरि पानी बाहिर जाने मार्गा खोली दिई प्राचीन नेपाल निर्माण गरेको ईतिहास छ । ईतिहास अनुसार यहाँको पानी बाहि पठाइ सकेपछि प्राचीन नेपालको पहिलो मानववस्ती

काठमाडौँमा मञ्जुपत्तन नामक एक नगर स्थापना गरी धर्माकारलाई त्यस नगरको राजा बनाएबो भन्ने समेत छ ।

      यसरी महामञ्जुश्रीले मञ्जुपत शहर बसालेर मानव वस्ति वसाले पछि । याहाँका बासिन्दाका लागि उपयुक्त खेति योग्य जमिनको खोजि गर्दा । गल्कोपाखा, मनमैजु, तोखा, बसुन्धरा, फुसिंख्यः, महादेवतार र तिलिङ्तार लगायत उच्चभूभागको तल परेको बेसि भूभाग अति उपयुकत भएको देखिएकाले मञ्जुश्रीले आफ्ना दुई स्त्रि शक्ति मध्य एक स्त्रि शक्ति तथा एक जोडि हलगोरु सहित हालको सामाखुसीको चिलद्रेन पार्क( थुसाखयः) रहेको स्थानमा आई  सावाःय् ( हलो जोतेर) गरेर बेसिमा जमेर रहेको पानी बिष्णुमती नदीमा जाने मार्ग याने खोलो तयारगर्ने कार्य थालेको ऐतिहासिक किम्बदन्ति रहेको छ ।

       महाँमञजुश्रीले याहाँ सावाःय् गरेको किम्बदन्तिका बारेमा यश सामाखुसीमा समेत घर भएका तर ध्वाःखाबाःमा स्थायी बसोबास गर्नु हुने बुद्धराम महर्जनज्यू भन्नू हन्छ :-  मञ्जुश्री आफ्नु दुई पत्नी मध्यका एक पत्नी र एक जोर थुसा (हलगोरु) सहित यहाँ आई यहीबाट सावाःय् गर्दै बिष्णुमती खोलामा यहाँ जमेर रहेको पानी बगेर जान सक्ने  खोला मार्ग निर्माणको शुभारम्भ गरेको हो । बिष्णुमती देखि शिवपुरी ( सिधिफुचो) डाँडा तल सम्म खोला निर्माण गर्दा धेरै दिन लाग्ने भएकाले राति उहाँहरु यसै क्षेत्रमा यउटा सानो चपाः बनाएर त्यसैमा बाँस बस्ने गरेको । सावाःय् गरि खोला निर्माण गर्न धैरैदिन लागेकाले मञ्जुश्री आफ्नो स्वस्थानमा फर्किन सकिरहेको थिएन । 

       उता मञ्जुश्रीका अर्की स्त्रि शक्तिपत्नीलाई भने मञ्जुश्री र अर्कि पत्नि लिएर कहाँ गएर के गर्दैछन् जानकारी समेत थिएन । धेरै दिन सम्म पनि दुबै जना नफर्किए पछि आफ्नो ध्यान दृष्टिले हेरेर पत्ता लागाए पछि , अहो ! यीनहरुतः मलाई यहाँ एक्लै छाडेर उनिहरु त्याहाँ मस्ति गर्दै गरेको भन्ने  मनमा इर्ष्याउत्पन्न गर्दै अहिलेको सामाखुसी जहाँ मञ्जुश्री ले सावाःय् गर्दै गरेको स्थानमा मञ्जुश्री र उहाँकी अर्कि स्त्रिशक्ती सहित थुसा त्यहि छाडेर  अन्यत्र कहिं कतै गएको समयमा आउनु भएछ ।  र ईर्ष्या र रिसले गर्दा मञ्जुश्रीको एकजोर थुसा( गोरु) मध्य एक थुसा नक्शाल हाल महबिद्या तारा( निल सरस्वती रहेको) स्थानमा लगेर लुकाईदिनु भए छ । 

✡ साकुना माजु ( निल सरसंवती)       

     मञ्जुश्रीको एउटी स्त्रिशक्तिले मञ्जुश्रीको थुसा लुकाएको नक्शाल स्थित स्थानमा बिराजमान भएकी महाबिद्या तारा सस्यूद्यः( निल सरस्वती) लाई नेवाःसमाजे साकुना माजु भन्दै आएको हो । साकुना माजुको प्रस्तर मूर्ति हेर्ने हो भने बिणा पुस्तक धारिणि सरस्वती देखिन्छ । मन्दिरको ठीक अगाडि एक छेफको मुनि एकजोडी पादुका रहेको छ । मन्दिरर मन्दिर आसपास कतै पनि बसाहा("थुसा) रहेको भने देखिन्दैनन्।    



       ✡ महाँमञ्जुश्री आफैले खेत जोतेको सावाः भूमि -

      महाँमञजुश्रीले बेसीमा जमेर रहेको पानी बिय्णुमती खोलामा मिसिन जाने सहायक खोलाका रुपमा सावाःखुसी निर्माण गरिएको । र  खेती योग्य भूमि  बनाई सके पछि यहाँको मानिसलाई कृषि गर्न सिकाएका थिए। सोही क्रममा मञ्जुश्री आफै मानिसको भेषमा, आफैंले खेत जोतेको ठाउँलाई नै सावाःभूमी मानिन्छ। 

✡ उपत्यकाका नेवाः  समुदायले गोरु नारेर हलो जोत्ने कार्य नगर्नुको कारण -

      महाँमञ्जुश्रीले सो समयमा यसै सावाःखुसी क्षेत्रमा आफैंले खेत खनी काम सिकाइ, पशुलाई जोताइ दु:ख नदिनु भनी आज्ञा दिएको मानिन्छ र त्यसैले हालसम्म पनि उपत्यकाको नेवा: समुदायमा गोरु नारेर हलो जोत्ने गरिँदैन। यस सामाभूमी क्षेत्रलाई स्थानियहरु छोटकरीमा साम: वा सामले भन्ने गर्दछन् ।

✡ सावाःचपाः


महामञ्श्रीले सावाःय् गर्न बास बसेको चपाःलाई स्थानिय नेवाः भाषामा सावाःचपा भन्ने गरेको पछि गएर मात्र सावाःसतः र सामा सतःभन्न थालेका हुन् । नेवाः भाषामा चपाःको शाब्दिक अर्थ निजी वा निजि  गुठि अधीनस्थ रहेको कुनै फल्चा वा सतः भन्ने बुझिन्छ भने सतः भन्नाले दूईतल्ला सहितको सार्वजनिक प्रयोजनको सतः( सतल) भन्ने बुझिन्छ त्यस्तै फल्चा भन्नाले एक तल्लाको सार्वजनिक प्रयोजन सतः( सतल) भन्ने बुझिन्छ । नेपाल प्रज्ञा - प्रतिष्ठानबाट प्रकाशित नेवार - नेपाली - अङ्गेजी शब्दकोषमा सतः शाब्दिक अर्थमा - गुठी चलाउने घर, बतुवाहरुलाई बाँस दिने घर, सत्तल, पाटी पौवा(सतःफले) धरमशाला आदि भन्ने बुझिनछ । यसरी महाँमञ्जुश्रीले खेत जोतेको( सावाःय् गरेको) स्थानमा महाँमञ्जुश्री आफु बाँस बस्न बनाएको वहाँको सतः वहाँ पछि निजि गुठी तथा सार्वजनिक  कायम हुन गएको सावाःचपा पछि सामासतः हुन गएको भन्ने समेत देखिन्छ ।


✡ पुरातात्त्विक तथा ऐतिहासिक सावाःचपाः हालको स्थिति 

       

      सामाखुसी स्थित कपुरधारा चोकमै रहेको पसल कवल सहित तीन तल्लाको सानो भवन जुन पसलमा " याङिखेम फर्मा " नाम गरेको अौषधि पसल राखिएका छन्   सोही भवन नै सावाःचपाः हुन् । यो सावाःचपाः( सामा चपाः) भवन हाल सामाखुसी युवा क्लबको अधिनमा रहेको छ ।

✡ सावाःखुसी / सामाखुसी

        महाँमञ्जुश्रीले सावाःय् गरि( गोरुजोतेर) निर्माण गरेको खोला भएर नै  त्यस खोलाको नाम नेवाः भाषा अनुसार सावाःखुसी रहन गएको हो ।  पछि कालान्तरमा आएर सावाःखुसीको अपभ्रंश हुँदै सामाखुसी रहन गएको । मञ्जुश्रीले सावाःय् गर्दै गरेको अवस्थाकै अवस्थामा किसानको भेषमा केही मानिसलाई मञ्जुश्रीले दर्शन समेत दिएको किम्बदन्ति समेत रहेको छन् यहाँ । त्यसोत सामाको नेवाः भाषामा शाब्दिक अर्थ नेपाल प्रज्ञा- प्रतिष्ठानले प्रकाशित नेवार- नेपाली - अङ्ग्रेजी शब्दकोशमा लेखिए अनुसार लँखर्च(बाटो खर्च), थया तःगु ज्याः पुसा(पन्छायएर राखेको), र कुनै लाभा, वा तरकारी पीत ज्यानातःगु बुँ कुचा(करेसो बारी) आदि समेत हुन्छ । सायद यसै कारण पनि सामाखुसी क्षेत्रमा लाभाझु भन्ने फाँट (हाल कुमारी मार्ग ) समेत रहेको देखिन्छ ।

✡सावाःचपाःमा महामञ्जुश्रीको पुरातात्त्विक  पादुका 

     


 महाँमञ्जुश्रीले सावाःय् गर्दा बास बसेको ऐतिहासिक सावाःचपाः अगाडि मञ्जुश्रीको पादुका निसान रहेको छ । सामाखुसीको सामासतः अगाडि रहेको पुरातात्त्विक  तथा ऐतिहासिक सम्पदाका रुपमा रहेको महाँमञ्जुश्री पादुका चलाउन हुन्न भन्दा भन्दै पनि सडक  विस्तारको अतिक्रमणमा परी त्यहाँबाट उखालेर अन्यत्र कतै लगेर राख्ने नियत र योजना सहित उखाल्ने कार्य गर्दा पादुका उखाल्ने ज्यामीलाई  सपनामा केही नराम्रो देखेको र  त्यसैकारण उक्त पुरातात्त्विक पादुकालाई सामाचपाःकै दायाँ तर्फको बाहिरि सडक तर्फको निस्किरहेको किलास(भित्ता)को तल भुइमा अव्यवस्थित र लापरबाही तरिकाले राखिएको छ । प्राचीन नेपाल निर्माण  तथा यहाँका प्राचिन नेवाः बासिन्दालाई कृषि गर्न योग्य भूमि  तयार गरि खेति गर्न  समेत महाँमञ्जुश्रीले  सिकाएको प्रमाणका रुपमा रहेको पुरातात्विक सम्पदा " महाँमञ्जुश्रीको पादुका " लाई सहि धङ्गबाट संरक्षण गरेर राख्नु २६ वडा कार्यालय कामपा लगायत सरोकारवाला सबैको दायितव नै हो । तर पनि त्यस तर्फ २६ वडा लगायत कसैको दृष्टि आज सम्म पुगेको भने देखिन्न ।

✡ श्रीमित्र महाबिहर ( सामाखुसी बिहार)

      महाँमञ्जुश्रीले सावाःय् गरेर खोला निर्माण गर्ने क्रममा बास बस्ने गरेको पुरातात्त्विक तथा ऐतिहासिक सावाः चपाः एवं महाँमञ्जुश्रीको पादुका चिन्ह भएको स्थलको पछाडि दक्षिण तर्फ हाल चिलद्रेन पाकर्क निर्माण भएको पार्ककै मध्यभागमा एक्लै बसाहा(थुसा) बसेको चौर (ख्यः)मा प्राचिन कालमा  बिहार रहेको थियो भन्ने मान्यता समेत रहेको थियो भन्ने मान्यता रहेको छ । श्री मित्र महाबिहारका बारेमा नेपाः देया बिहारया ताःचा प्रज्ञापूरी महानगर नामको पुस्तकमा लेखिएको छ भन्ने  बुद्धराम महर्जनको भनाई   रहेको छ ।

✡ थुसाख्यः

      प्राचीन कालमा सावाःखुसी(सामाखुसी) मा बौद्ध बिहार रहेको थियो भन्ने  सावाः चपाःको पछाडि  दक्षिण तर्फ हाल चिल्द्रेन पार्क रहेको सथानमा कुनै समय बिहार थियो भन्न सकिने कुनै प्रमाण नदेखिएको ठाउँमा ढुंगाको एक बहर रहेको देख्न सकिन्छ  नेवाः भाषामा बहरलाई थुसा भन्ने र खाली मैदानलाई ख्यः भन्ने समेत गरेकाले थुसा रहेको सो मैदानलाई थुसाख्यः भन्ने गरेको छ । हाल सो थुसाख्यःमा बालबालिकाहरु खेल्ने पार्कका रुपमा बिकाश गरेको छ ।  बुद्धराम महर्जले दिनु भएको जानकारी अनुसार सो बहर पहिला पहिला राति राति कराउने गरेको ।  पहिला पहिला दिपङ्खा यात्रामा यश बहरलाई  पनि लिएको आफुले देखेको तर  पछिलो पटकको दिपङ्खा यात्रामा भने यश बहरलाई नसमेतिएको भनाई समेत रहेको छ ।

      बहर महादेवका बाहन भएकाले हरेक शिव मन्दिर , शिवालय तथा अपवादका रुपमा कहिं कतै गणेशको मन्दिर रहेको स्थानमा मात्र मन्दिरको रखवालाका रुपमा बस्ने गरेको  हामी देख्न सक्छौै । तथापि  शिवालय र अन्य कुनै मन्दिर नभएको स्थानहरुमा एकलो बहर ढुकिएर वा धर्ना बसिरहेका  पनि हामी देख्न सक्छौं । 

      शिवालय र गणेशको मन्दिर नभएको स्थानमा पनि एक्लो बहर(थुसा) धुकेर बसेको देखिएका अन्य स्थानहरुमा ललितपुरको नागबहाल स्थित हिरण्यवर्ण महाविहार ( यश )मा, काठमाण्डौको चिकमूगल(चिकंमू) को थुसाननी, ढल्को ईन्द्रयाणी मन्दिर(लुतिमरु अजिमा)को प्रवेश द्वार जाने बाटोमा, क्षेत्रपाटी(चाकला दबु) बाट जेपि स्कुल जानने बाटो छेउ - डिडिसि दूध डिपो अगाडि र यश सामाखुसीको हालको चिल्द्रेन पार्कमा रहेको स्थानमा समेत बहर/बसाहा( थसा) एक्लै धुकेर बसेको देख्न सक्छौ ।

✡ थुसा(बहर) दिपंखा यात्रा संग सम्बन्ध -

     ज्योतिष शास्त्र अनुसार दुर्लभ योग मानिने सौरमासको संक्रान्ति, चन्द्रमासको पूर्णिमा, रेवती नक्षत्र, हर्षण योग र आदित्यवार। यी पाँचवटै अतिदुर्लभ योगहरूको समागमन एकै दिन भएको खण्डमा  मनाउने धार्मिक तथा ऐतिहासिक पर्व " दिपङ्खा" यात्रामा ललितपुरको महाबिहरमा रहेको बसहा/बहर(थुसा)लाई सर्व प्रथम पुजा गरी दिपंखा यात्रा ललितपुरको नागबहालस्थित हिरण्यवर्ण महाविहारबाट सुरु भएर महालक्ष्मीस्थानलगनखेलमा पुगेर सम्पन्न हुने बसहा(थुसा) पुजा गरेर शुभारम्भ हने धार्मिक यात्रा हो ।

     एक रात एक दिन र आधा दिन यात्रा समय लाग्ने यो दिपङ्खा यात्रा क्रममा दसौं हजार भक्तजन पैदलै यात्रा तय गर्छन्। सहभागी भक्तजनले यात्रा हुनु एक दिनअघि किसली (सुपारीसहित अक्षता) अर्पण गर्ने चलन छ। यो यात्रामा हिँड्ने भक्तजनले प्रत्येक पाइला बराबर एक तोला सुन दान गरेबराबर पुण्य पाइन्छ भन्ने मान्यता रहेको छ। 

✡ सामलेको पोर्पा अजिमा

काठमाडौको प्राचीन मूल येँबु कोलिग्राम बस्तीबाट पश्चिम तर्फ सानो डाँडामा अवस्थित पोर्पा अजिमालाई एक प्राचीन शक्तिपीठ मानिन्छ। यस देवीलाई सामाभूमी वा सामाखुसी क्षेत्रको मूलदेवीको रुपमा पनि लिइन्छ। कुनै समय धान रोप्ने खेत रहेको सामाभूमी क्षेत्र, विशेष गरी थँबही: ( ठमेल), त्यौड, इनबहाल, कमलाछी, थँहिटी आदि क्षेत्रका नेवा:हरुको खेत हुने गर्दथ्यो। तर पोर्पा अजिमा रहेको जङ्गलमा पोर्पा लाखे बस्ने गर्दछन भनी जनविश्वास गरिन्छ। पोर्पा लाखे बस्ने जङ्गल सामले क्षेत्रमा रहेको छ । काठमाडौको सबैभन्दा ठूलो तथा भयंकर लाखे मानिने पोर्पा लाखे र इन्द्रजात्रा बेला निकालिने मजिपा लाखेलाई दाजुभाइ मानिन्छ। कसैले हालसम्म नदेखेता पनि, बुढापाकाका भनाई अनुसार , नीलो कपाल भएको डरलाग्दो रुप भएको पोर्पा लाखेले सो जङ्गलको रक्षा गर्ने गर्दछन्। सोही जङ्गलमा बस्ने भएकोले पोर्पा अजिमा कहाँ पूजा जाँदा, लाखेलाई पनि अलग्गै भाग राखी निश्चित स्थानमा राख्न पर्ने प्रचलन रहेको छ। 

✡ पोर्पा अजिमा नै सामा( साम्हा) अजिमा हुन सक्ने -

    कान्तिपुर नगर सुरक्षा गर्न बसेका तान्त्रिक सुरक्षा घेरा भित्रमा रहेका अजिमा शक्ति पिठहरुको नामावलीमा कतै कतै सामा वा साम्हा अजिमा समेतको नाम उल्लेख भएको देखियता पनि । कसैले पनि यो सामा वा साम्हा नाम गरेको अजिमा यहिं छ वा यहि पिठ नै हो भन्न नसकिरहि लुप्त अवस्थामा रहेको देखिएको । कान्तिपुरनगरको उत्तर दिशामा रहेकी भनी अनुमान सम्म गरिएकि सामा वा साम्हा अजिमा सम्भवतः । सामले क्षेत्रको पोर्पा जङ्गलमा रहेकै अजिमा जसलाई हामीले पोर्पा अजिमा भन्ने सम्बोधन गर्दै आएका छौ त्यहि नै सामा वा साम्हा अजिमा नै हुन सक्ने सम्भावनालाई लाई नकार्न सकिने अवस्था छैन । प्राचीन कान्तिपुनगरको उत्तर दिशामा सामा नाम संग जोडिएको देखिएको समालेको यो पोर्पा जङ्गलमा बिराजमान भएकी अजिमा बाहेक अन्य त्यस क्षेत्र कतै कुनै अजिमा पिठ देखिन्दैनन । सामलेको पश्चिम तर्फको सानो म्हैपि जङ्गलमा बिराजमान रहेकी अजिमा ज्ञानेश्वी हुन जसलाई हामी म्हैपि अजिमा भनेर सम्बोधन गर्दै आएका छौ । म्हैपि अजिमा ज्ञानेश्वरी देवी हो भन्ने प्रस्त नै छ। कान्तिपुर नगर भित्र बिराजमान रहेका अजिमा शक्तिपिठहरु तथा शक्ति पिठ भित्र नपरेका अजिमाहरु समेत गरि  जम्मा अजिमाहरुको नाममा अहिले सम्मको  संकलनमा ३८ अजिमाहरुको नाम संकलन भएका छन् । मेरो खोज कार्यले विश्राम भने लिएको छैन । #प्रकाशमानशिल्पकार


Monday, November 23, 2020

पिखालखु द्यः

 पिखालखु द्यः


 ✡ पृष्ठभूमि 

      अधिकांश नेवाःहरुको घरको मूल ढोका अगाडि  मण्ड आकारको एउटा ढुंगा गाडिएको हुन्छ । सामान्यत यश ढुंगामा फुल बुट्टा( कमलको फुल -पलस्वाँ बुट्टा) कुदिएको हुन्छ । कसै कसैको घरको ढोका अगाडि राखीएको फुल बुट्टा नकुदिएको ढुंगा पनि देख्न सकिन्छ । नेवाःहरुको घरको ढोका अगाडि  रहेको कलात्मक मण्डकार वा सामान्य गोलाकार ढुंगालाई नेवाः समाजले अग्रजपूजा अधिकारी श्री गणेश पछि दोस्रो अग्रज पूजाअधिकारीका रुपमा श्रीकुमार, गंगा तथा क्षेत्रपाल भैरबका प्रतिकका रुपमा समेत पुज्ने गर्दछन् ।  ढोका अगाडिको यो पूजनिय देवतालाई पिखालखु वा पिखालाखी भनिन्छ । नेवाः संस्कृति अनुसार नयाँ घर बनाउदा ढोका अगाडि पिखालखु द्यःकारुपमा मण्डकार ढुंगाराख्नु अघि केही तामाका सिक्का राख्ने परम्पर रहेतापनि यश ढुंगाको प्राणप्रतिस्था गर्ने संस्कृति भने देखिन्दैनन् । 

✡ पिखालखुको परिभाषा

      पिखालखु वा पिखालाखी शब्द नेवाः( नेपाल भाषा)को भाषिक शब्द हो । पिखा + लखु = पिखालखु वा पिखा + लाछी = पिखालाखी हुन्छ । नेवाः शब्द ( नेपाल भाषा) मा लखु भन्नाले लाछि( सार्वजनिक स्थल, बाहिर वा चोक) भन्ने जनाउछ। लखु शब्दले  नेवाःभाषा शैली( नेपाल भाषा) मा नदी खोला समेत जनाउछन्। त्यस्तै नै नेवाः भाषा शैली (नेपालभाषा) मा लुखा, पिखा तथा ध्वाखा इत्यादि सबै शब्दको मूल अर्थ ध्वाखा( ढोका) नै हुन् । यसरी "पिखालखु" नेवाः शब्द पिखा(ढोखा) र लखु ( सार्वजनिक स्थल वा नदी खोला याने गंगा) समायोजन भएर बनेको शब्द हो भने पिखालाखी भक्तपुरका स्थानिय नेवाः भाषा शैलीमा भनिने पिखालखुकै पर्यावाचि शब्द हुन् । यसर्थ पिखालखु अर्थ घर( निजि) र सार्वजनिक स्थल छुत्याउने सिमाना समेत दर्शाउछन् ।  त्यसैले होला घर परिवारमा वा घरबाहिरका कुनै मानिस घरमा आएर कुनै विवाद गर्न आएमा पिखालखुइ च्वना खँ ल्हायेनु भन्ने गरेको नेवाः समाजमा रहेका देखिन्छन । 

      अपवादका रुपमा केही नेवाः प्रोहितको पिखालखुको परिभाषा फरक रहेको पनि देखिन्छन् । फरक मत विचार राख्ने नेवाः प्रोहितको भनाई हनुसार यथार्थमा पिखालखु द्यः घरको ढोका अगाडि नभएर मूल ढोकाको माथिल्लो चौकोसमा जहाँ त्रिकोणाकार किल्ला ठोकिएको हुन्छ त्यहि नै वास्तवमा पिखालखु द्यः बिराजमान रहेको भने मत रहेको समेत देखिन्छ । फरक मत मध्यमा 👉️ # पनि संस्कृतिविद् महेश्वर जुजु राजोपाध्यायको भनाईमा पिखालखु द्यः र कुमार द्यः अलग अलग देवता भएको भन्ने भनाइ समेत रहेको छ # 👈️। नेवाः संस्कृतिमा घरबाट पूजा बाहिर गएको बेलामा घरको मूल ढोकाको माथिल्लो चौकोसको बिच भाग जहाँ त्रिकोणाकार किल्ला ठोकिएको स्थानमा पूजा गरेर पूजा बाहिर जाने परम्परा नदेखिए तापनि  बाहि अन्यत्र पूजा सकाएर  पूजाथाली, कोतः वा कलः(कलाली) लिएर घरको ढोका प्रवेश गर्नु अघि त्यहाँ पूजा गरेर मात्र प्रवेश गर्ने परम्परा भने छ ।

✡ पिखालु रहने स्थान

       नेवाः समुदायको अधिकांश घरको मूल ढोका देखि एक हात देखि झन्दै २० हात परसम्म पनि पिखालखु द्यःका रुपमा मण्डकार ढुंगा वा कुनै मण्डकार ढुंगा नभए तापनि पिखालखु द्यःका रुपमा पुजा स्थल रहे कै हुन्छ । त्यस्तै नै हरेक मन्दिर को मूलढोमा अगाडि समेत रहेको देखिन्छन् ।

✡ पिखालखु त्रिदेव देवीका रुपमा

(क) श्री कुमार देवता

     पिखालखुलाई सनातनी धर्ममा अग्रज पूजाधिकारी देवता मध्यका शिव र गंगा पुत्र श्रीकुमार(कार्तिके) देवताका रुपमा समेत पुज्ने गरिन्छ । अग्रज पूजाधिकारी मानेर नै सनातनी नेवाः समाजले घरबाट  साधारण पूजा बाहिर जाँदा यश कुमार देवता रुपि पिखालखु  द्यः लाई पूजा गरेर मात्र अन्य कुनै मन्दिरमा पूजा गर्न जाने गरिन्छ । तर कुनै विशेष पूजा घरबाट निस्कन्दा भने श्री कुमार देवता रुपि पिखालखूलाई छुट्टै पूजाभाग सानो द्वना वा सानो तपरीमा राखेर चढाए पछि मात्र मूल विशेष पूजा(क्वतः तथा कलः ) बाहिन्छन् ।

(ख) घरको रखवाला क्षेत्रपाल देवता

      पिखालखुलाई नेवाः समाजले घरको रखवाला देवता क्षेत्रपालका रुपमा समेत पुज्ने गरेको समेत पाइन्छ । क्षेत्रपाल कडा स्वभावका हुन्छन् । उनलाई रिसाउन दिनु हुन्न। धर परिवारमा कुनै अनिष्ट, विपत्ति  आईपर्यो भने पिखालखुको क्षेत्रपाल पुज्ने क्रममा वा भाग पन्छाउने क्रममा कुनै तलमाथि परेको हुन सक्छ भन्ने नेवाः समाजमा विस्वास रहेको पाईन्छ । क्षेत्रपाललाई शिवको अनुचर तथा बिघ्नपाद भैरबका रुपमा मान्ने तान्त्रिक पद्धति समेत रहेको छ ।

(ग) घर अगाडिको नदी वा गंगामाता

      पिखलखुलाई नेवाः समुदायले घर अगाडि रहेको जलासय, नदी वा श्री गंगामाताका रुपमा पनि पुज्ने संस्कार रहेको देखिन्छ । सायद त्यहि कारणले हुन सक्छन् म्वःनी(मोहनी) नखःमा दस दिन सम्म नव दुर्गाकारुपमा साधना गरि पूजागरीएको जमरा सहित घटस तथा अन्य फुलपाटीहरु म्वःनीको अन्तिम दिन कतिंपुन्हि(सिघःपुन्ह/ कोजाग्रत पूर्णेका दिन जलासय, नदी सम्झेर पिखालखुमा विसर्जन गरेर सेलाउने संसकृति रहेको देखिन्छ ।

      नेवाः समुदायले म्वःनी नखः मनाएकै तिथि मितिमा पृथक पूजा विधि तथा मान्यता अनुसार दशदिन सम्म नव दुर्गा भवानीमाताको पूजा आर्धना गरिएको जमरा सहितको दशैको घटस तथा फुलपाटी सबै  गैह्र नेवाः समुदायले कुलो वा नदीमा नै गएर विसर्जन गरि सेलाउने परम्परागत संस्कृति देखिन्छ ।

✡ पिखालखुमा कुँदिएका कमलफुल पत्र तथा बुट्टाको अर्थ-

     कतिपय पिखालखु ढुंगामा कुँदिएका कमलपत्रको संख्या तथा बुट्टाहरु भिन्न भिन्न किसिमका देखिएका छन् । कतिपयमात कुनै धर्को वा बिन्दू समेत पनि भेटिन्दैन । कतिपय नेवाःको घरको ढोका अगाडि पिखालखु द्यःको कुनै निशान सम्म पनि देखिन्दैनन् । तापनि पिखालखु द्यः हुनुपर्ने स्थानमा इनार, कुवा वा धाराबाट चोखो पानी लिएर घर प्रवेश गर्दा पानी चढाउने, पुजा बाहिर जाँदा पुजा गर्ने तथा नेवाः तजिलजि अनुसार पिखालखुमा गर्नु पर्ने विभिन्न संस्कारहरु भने यथावटै गर्दै आएको भने देखिन्छ नै ।

       पिखालखुमा कुँदिएका कमलफुलका पत्र( पलस्वाँहःया ल्याः)को स्ख्या र अन्य बुट्टाहरुका बारेमा शिल्पी शिलाकारहरु (लोहँकःमि) को भनाईमा ६ वटा कमलको फूलको पत्रले श्रीकार्तिकेय कुमार, ७ वटा कमलको फूलको पत्रले सप्तऋषि, ८ वटा कमलफुल पत्रले अष्टमातृका, ९ वटा कमलफुल पत्रले नव दसर्गा, १२ वटा कमलफुल पत्रले 👉️#सूर्यदेवता तथा १६ वटा कमलफुल पत्रले चन्द्रमा प्रतिपदा देखि पुर्णे र अौसी गरी चन्द्रमाको कला भन्ने # 👈️ बुझाउछन् । त्यस्तै नै विखालखुको मण्ड भित्र कुँदिएको षट्कोणले शिवशक्ति, अष्टकोणले अष्टमाततृका एवं षट्कोणको यन्त्र भित्रको पाँच बिन्दूले पञ्चपाण्डव भन्ने दर्शाउन्छन्।

✡ पिखालखु द्यः र नेवाः संसकार

      नेवाः संसकारमा पिखालखु द्यः संग निकै घनिष्ठ सम्बन्ध रहेका देखिन्छ । नेवाः समुदनयको जिवनको जन्म देखि मृत्यु र मृत्यु उपरान्त सम्मको विभिन्न संस्कारहरु सम्म पनि जति छ्वास अजिमा संग सम्बन्ध छ त्यसरी नै पिखालखु द्यः संग पनि जन्म मरण दैनिक देखि विभिन्न संस्कार तथा चाड पर्व देखि लिएर  विशेष पूजाआजामा समेत त्यति घनिष्ठ सम्बन्ध रहेका छन् । 

✡ नेवाः समुदाय्ले पिखालखुमा गरिन्दै आएका  

     संसकारहरु :-

१. नवजात शिशुको च्वख्याउने(मचाबु ब्यङ्के गर्दा) कार्य गर्दा पिखालखुमा चिःपालु पन्छाउने,

२. छोरी चेलीको इहि गर्दा इहि यज्ञमा काम सक्यार घर प्रबेष गर्दा घरको ढोका अगादी बिराजमान पिखालखु द्य: को अगादी कन्यालाई उभ्याई सल:पा: समाउन लगाई त्यसमा घरको मूलीबाट भिक्षा दिइन्छ । यस भिक्षा दिने कार्यलाई   फँ बारा छुयेगु भन्छ । यसरी इही ससंकार कार्य सम्पूर्ण  हुन्छ । 

३. कन्यालाई इहिपा(बिबाह) गरि बिदाई गर्ने कार्य यसै  पिखालखु अगाडि बसेर बिदाई कार्य सम्पन्न गरिन्छ ।

४.छोराको इहिपा(बिवाह) पनि दुलही (भौमचा दुकायेगु) भित्र्याउने कार्उ पनि यसै पिखालखुमा बसेर घरको नकिंले  भोटेताल्चाको साँचो एकातर्फ र अर्कोतर्फ दुलहिलाई समाउन लगाएर दुलहीलाई सुस्वागत(लसुकुस) गरी भित्र्याइन्छ ।

५. घर परिवार सदश्यको मृत्यु हुँदा मृतकलाई कुतः(बाँसको खट)मा राखेर सबयात्रा( सिथँयङ्केगु) गर्ने बार्य पिखालखु अगाडि नै गरिन्छ ।

६. मृतक आफन्तलाई दागबत्ती दिएर फर्कने र मलामी गएर  फर्कने आफन्त समेतलाई यसै पिखालखु अगाडि बसेर  घरका बिबाहित चेलीले निल:(चोखोपानी) छर्केर पहिला च्छास वाये गर्ने र पिच्चा वाये गर्नलाई, लासबोक्ने( सिम्ह    कोबिउपिंत), आफन्तजनलाई र अन्त्यमा दागबत्ती   दिनेलाई समेत हात धुनलगाई बलिंपि गरि मसिनुचिउरा  (च्वकाबजी)  दायाँ बायाँ छर्कने, सर्स्यू(ईकापःका) बालेर  त्यसको धुंवाँ  फिजाएर त्यसपछि क्रमशः एकले अर्कोलाई नछोइकन भोटे टाल्चा हस्तान्तरण गरेर बलिंपिगु संसकार सम्पन्न गरेर लसकुस गरी घरमा प्रवेश गर्न गर्छ । यश  संस्कारलाई बलिंपिगु संस्कार भन्ने गरिन्छ ।  अन्य नेवाः संस्कार जस्तै यो बलिंपिइगु संसकार पनि नेवाः  समुदाय  भित्र पनि जातिय समूह र ठाउँ  अनुसार केही केही फरक  पनि हुन सक्छन् ।

७.दैनिक रुपमा पहिला पहिला अहिले जस्तो घर घरमा

धाराको व्यवस्था नहुँदा घर बाहिरको ईनार वा सार्वजनिक  धारा, ढुंगेधाराबाट पानी लिएर आउँदा पिखालाखुलाई चोखो पानी ( निलः/ निनाः) चढाएर मात्र घर भित्र प्रवेश गर्ने चलन रहेको छ ।

८. घरबाट दैनिकरुपमा नजिकको मन्दिरहरुमा पूजा गर्न जाँदा पिखालखुलाई पुजा गरेर बाहिर पुजा गर्न जाने ।

९. चाड पर्वहरुमा विभिन्न मन्दिरहरुमा पूजा गर्न जाँदा पिखालखुको पूजाभागाका रुपमा दुनामा राखेर पिखालखुलाई चढाएर मात्र पूजा बाहिर गइन्छ ।


१०. विशेष पूजा जस्तै पञ्चली पूजा, लक्षबत्ती दिप  प्रजोलन पूजा वा अन्य कुनै विशेष पिठ पूजाहरु   बाहिरिन्दा समेत पहिला थान गणेशको पूजा जादँ पिखालखु द्यःलाई छुट्टै पुजाभाग राखेर थान गणेश पूजा सम्पन्न गरि घर फर्केपछि विशेष पूजा बाहिरिन्दा पहिला घरका एक व्यक्ति पिखालखुमा पानी भएको करुवा लिएर बसी विशेष पूजाका लागि मूल पूजा कोतः लिएर तथा अन्य पुजाका सरसामान लिएर जाने सबैलाई घरको ढोकाबाट निस्कने क्रममा सबैलाई क्रमशः हातमा निलः(निनाः) दिएर चोख्याउदै पिठ पूजा तथा अन्य मन्दिरको गन्तव्यमा पूजामा प्रस्थान गर्नु पर्ने संस्कार रहेको छ । 

११. नेवाः समुदायमा गुरूबाट तन्त्र दीक्षा लिने क्रममा सर्व प्रथम गुरु र दीक्षा लिने चेला पिखालखुमा बसेर द्वारमा बसेर दियो कलश स्थपना गरि द्वार पूजा गरि पहिलो दीक्षा लिन दिने संस्कार समेत रहेको कुरा सुन्नमा आउछन् ।

✡ पिखालखुमा चाड पर्वको मृतकको भाग ( सिकेब्व)भ्वयेब्व पन्छाउने -               


                   
नेवाः समुदायले हरेक चाडपर्वमा पर्व अनुसारको पुजा सम्पन्न गरिसके पछि आफुले प्रशादका रुपमा वा सम्हे तथा भ्वय् खानु अघि आफ्ना पितृहरुका नाममा एक भाग पन्छाउने संस्कार रहि आएको छ । यसरी पितृका नाममा पन्छाएको भागलाई सिकेब्व भनिन्छन् । सिकेब्वलाई एकरात तयसै राखि भोलि झिसमिसे बिहान पिखालखुमा लगेर राख्ने परम्परगात संस्कार रहि आएको छ।

✡ पिखालखुमा सुन्ति(स्वन्ति) नखःमा/ तिहार पर्व मनाउने -


        सुन्ति नखःमा यमपञ्चक अवधिभरी  नसंचामा र साँझ बेलुका (बिहान र बेलुका) पिखालखुमा रातो माटोले पोटेर बत्ती बालेर दिपावली गर्ने संस्कृति रहेको छ । लक्ष्मी पूजाका दिन पिखालखुमा मण्ड बनाएर पूजा गरि नेवाः संस्कारको ख्याक्क, कुबेर सहितको श्री लक्ष्मीमातालाई स्वागत पूजा गरिन्छ । त्यस्तै नै म्हपूजाको दिन पनि मण्ड बनाई मण्डमा पूजा गर्ने संस्कृति रहेको छ ।

      यसरी नेवाः समुदायमा  नेवाः संस्कार तथा संस्कृतमा पिखालखु द्यः( देवता)को ठूलो महत्व रहेको देखिन्छ । गैह्र नेवाः समुदायमा पिखालखु द्यः घरको दैलोमा रहने संस्कार र संस्कृत नदेखिए तापनि दैलोमा र घरको मूल ढोकाका चौकोसमाथि पूजा गर्ने संस्कृति भने रहेको देखिन्छन् ।

✡अन्त्यमा

      काठमाण्डौ उपत्यका भित्रका गैह्र नेवाःहरु यहाँका रैथाने वासिन्दा भएकाले वहाँहरुलाई प्रत्येक नेवाः समुदायको घरको मूल ढोका अगाडि मण्डकार पिखालखु भए पनि वा नभए पनि नेवाः समुदायको संस्कार  र संस्कृति तथा चाड पर्वहरु लगायतको विभिन्न समयमा पिखालखुमा वा पिखलखु रहने स्थानमा सिकेब्व लगायत म्वःनीमा कतिं (सिघः) पुन्हि/कोजाग्रत पूर्णेका दिन म्वःनी नखःको  नलास्वाँ तथा अन्य फुलपाटीहरु विसर्जन गर्ने संस्कृतिका बारेमा जानकारी रहेकै हुन्छ नै त्यसैले रैथाने गैह्र नेवाःहरुबाट त्यस्तो कार्यमा विरोध गर्ने गरेको नभए तापनि अन्यत्रबाट बसाई सरी आउने र बहालमा बस्ने गैह्र नेवाःहरुबाट समय समयमा घरको दैलोमा फोहर गर्ने असभ्य नेवाः भन्दै नानाथरी कुरा काट्ने अपशब्द प्रयोग गर्ने गरेको समेत हाल देखिन थालेका छन् । बाहिरबाट आएर अरुको वासस्थानमा बस्न आउनेहरुले यहाँका नेवाः समुदायको संस्कृति र संस्कारका बारेमा बुझ्नु सुझ्नु नगरी तथानाम बोल्नु  गलत हो । 

       नेवाः समुदायमा एउटा उखान छ "बाहुनले च्याउ खाएपो च्याउको स्वाद थाहा पाउछ " । हुन पनि हो ! बाहिरका गैह्र नेवाःहरुलाई यहाँका नेवाः समुदायको घरको मूल ढोका अगाडि रहेका पिखालखु द्यःलगायतका संस्कृति र संस्कारका बारेमा के थाहा होलान् ।  यहाँका संस्कार संस्कृतिलाई नबुझी सामाजिक सञ्जाल लगायतमा नानाथरी बीष बमन नगर्नु नै आप्रवासी लगायत सबैको कल्याण हुनेछ ।


#प्रकाशमानशिल्पकार

~~~०००~~~




Saturday, November 14, 2020

पर्वसमय सुधार राष्ट्रिय कार्यदलको संक्षिप्त्त परिचय

 पर्वसमय सुधार राष्ट्रिय कार्यदलको संक्षिप्त्त परिचय

        

         हामीले  मनाउँदै आएका पर्वहरु शास्त्रनिर्दिष्ट शुद्ध समयमा मात्र मनाउनु पर्छ भन्ने शास्त्रप्रवर्तक ऋषिमुनिहरुको दृढ रहेको छ । तर हामीले अहिले मनाउने गरेका चाडपर्वहरु शुद्ध समयमा मानाउन पाएका छैनौं । समयको अशुद्धताले गर्दा मनाइएका अंमस्त्त चाडपर्वहरु निष्फल भइरहेका छन् । अनुष्ठित कर्मबाट आफ्नो जुन कामना वा उद्देश्य पूर्ति हुनुपर्ने  हो त्यो निश्चितरुपमा भइरशेको छैन । 

          अयन चयनले गर्दा हामीले मनाउने विभिन्न पर्व मनाउने दिन ठ्याक्कै २४ दिन वर सरिसकेको छ ।शास्त्रीयमर्यादा एवं आकाशीय ग्रहस्थिति अनुसार सबै भन्दा छोटो हुने लिनमा माघेसंक्रान्ति( घ्यःचाकु सन्हु) र सबैभन्दा लामो हुने दिनमा मनाउने साउनेसंक्रान्ति हुन्छ । तर अहिले सबभन्दा छोटो दिन पौष ७ हुन्छ भने सबभन्दा लामो दिन असार ७ गते हुन्छ । त्यसै दिन क्रमशः सूर्य उत्तरायन तथा दक्षिणायन हुन्छन् । यो शास्त्र तथा विज्ञानले प्रमाणित गरेको  र कसैले कुनै तथ्य प्रमाणले पनि काट्न नसक्ने प्राकृतिक नियम हो । अहिले हामीले  प्रचलित पात्रमा लेखिए अनुसार मनाउँदै गरेका माघेसंक्रान्ति र साउनेसंक्रान्ति सूर्य उत्तरायन तथा दक्षिणायन प्रारम्भ हुँदैनन् । त्यस्तो अशुद्ध दिन र समयमाहामी सनमतनीले सूर्य उत्तरायण प्रारम्भ एवं दक्षिणायन प्रारमम्भ भएको दिनमा गर्नु पर्ने शास्त्रलत् स्नान, दान, पाठपूजा र लूतोफाल्ने कर्म लगायत गरिरहेका छौं।

           त्यस्तैनै दिन र रात बराबरी भएको दिन बैशाख संक्रान्ति(मेषसंक्रान्ति)(खायूसन्हु) र कार्तिकसंक्रान्ति ( तुलासंक्रान्ति)  विषुवत् संक्रान्तिका रुपमा मान्दै आएका छौ ।  जबकि त्यस्तो दिन चैत ७ र असोज ७ गते पर्ने गरेको प्रचलित पात्रले देखाउने गरेको छ । पात्रले अहिलेको अवस्थामा बैशाख संक्रान्ति र कार्तिक सक्रान्ति भनी जुन तोकिएको छ , त्यस दिनमा त्यो संक्रान्ति पर्दैन , सो यथार्थ पात्रले नै देखाइरहेका अवस्था छ ।  तर पनि हामी सनातनीलाई  यस्तो संक्रान्ति नै पर्ने अशुद्ध दिन समयमा संक्रान्ति मनाउन प्रचलित पात्रले बाध्य बनाउदै आऐको छ ।सनातनी जनता पात्रलाई ब्रम्ह वाक्य सरह नै मान्दछन् र कालसमयको अशुद्धिका कारण सर्वथा निष्फल हुने कर्म उनीहरुले गर्न बाध्य पारिरहेका छन् । 

        त्यसैले पञ्चाङ्गमा शीघ्र पर्व समय सुधार गरि गर्न लगाई अशुद्ध समयमा कर्म गर्न  बाध्य भएका सनातनीलाई फलदात्मक शास्त्रवत् शुद्ध समयमा गर्न पाउने व्यवस्था सरकारको तर्फबाट पहल हुनु पर्छ भन्ने  विज्ञहरुबाट आज भन्दा झन्दै छ दशक अघि देखिनै चर्चा परिचर्चा गर्दै बहसमा ल्याईरहेको जनसरोका विषयलाई दृष्टिगत गरी   पञ्चाङ्ग निर्णायक समितिका तात्कालिन अध्यक्ष्य प्रा. डा.मंगलराज  जोशीज्यू समेतको सल्लाहमा बि.सं. २०६१ साल पौष महिनामा तीन उपसमिति सहित स्थायी अयन वर्षारम्भ तथा पर्व सुधार गर्न अभियान प्रारम्भ भएको थियो फलस्वरुप वि. सं. २०६२ आषाढ १६ गते महेन्द्र संस्कृत बिश्वबिद्यालयको सहयोगमा राष्ट्रिय गोष्ठी प्रज्ञाभवन काठमाण्डौमा सम्पन्न भयो  र तत्पश्चात वि.सं. २०६२ पौष  ४ गते ज्योतिष ग‍ोष्ठी ।४० ज्योतिषी सहभागी जुद्धोदय मा. बि. परिसरमा सम्पन्न भई पर्व सुधार गर्ने सम्बन्धमा निर्णय गरिएको थियो ।

         ती गोष्ठीमा पारित भएका निर्णयबमोजिम पञ्चाङ्ग निर्णयाक समितिले मात्र आवस्यक कदम उठाउन नसकेको देखिएकाले २०६३/३/८ मा संस्कृति पर्यटन तगा नागरिक उड्यया मन्त्रालयमा एक राष्ट्रिय आयोग गठन गरि उपयुक्त  निर्णयमा पुग्न आग्रह गरिएबमोजिम  नेपाल सरकार, संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालय बाट  मन्त्रिस्तरको मिति २०६३/८/२६ को निर्णय अनुसार प्रा. श्री कृष्ण आचार्य , पूर्व उपकुलपति,म.स.वि.वि.को अ्धयक्ष्यतामा ई. श्री हरिनारायण मल्ल सदस्य सचिव रहने गरि पर्व सुधार राष्ट्रि कार्यदल तथा सो  अन्तर्गत कार्य गर्न    धार्मिक, ज्यौतिष, बैज्ञानिक र वैदेशिक  समिति समेत गरि चारवटा उपसमिति समेत गठन गर्ने गरीगठन गरिएका थिए ।

        गठीत पर्व सुधार राष्ट्रिय कार्यदललाई तपसिलका बुँदाहरुमा अति गमभिरतापूर्वक अध्यन गरि पहिलो वैठक वसेको मितिले पैतीस दिन भित्र प्रतिवेदन गर्न गराउने सहित समय तथा कार्प क्षेत्र टोकिएका थिए ।

       गठीत कार्यदलले पनि आफुलाई दिएको जिम्मेवारी लाई गहन अध्ययन तथा अनुसन्धान गरि  टोकिएकै समयावधि भित्र नै सरकारलाई  पञ्चाङ्गमा पर्व समय सुधार गर्न र पर्व समय सुधार राष्ट्रिय कार्यान्वयन समिति समेत गठन गर्न नेपाल सकारलाई " पर्वसुधार राष्ट्रिय कार्यदलको प्रतिवेदन, २०६४ पेशगरि सकेका छन् ।

        गठीत पर्वसमय सुधार राष्ट्रिय कार्यदलमा नेपाल पञ्चाङ्ग निरणायक समितिका हालका बहालवाला अध्यक्ष्य प्रा. डा. श्री रामचन्द्र गौत्तम सदस्य तथा   नेपाल पञ्चाङ्ग निर्णायक समितिका हालका बहालवाला सदस्य सचिव श्री सूर्य प्रशाद ढङ्गेल समेत ज्योतिष उप-समितिका सदस्य हुनु हुन्छन्।  तर पनि आजका मिति सम्म पनि हामी सनातानी नेपालीले  पर्वसमय सुधार राष्ट्रिय कार्यदलको प्रतिबेदन अनुसार शुद्ध समयमा पर्व मनाउन र कर्म गर्न पाएका छैनौ ।


                             तपशिल 

पर्वसमय सुधार राष्ट्रिय कार्यदलले  गम्भीरतापूर्वक अध्ययन गर्ने बुँधाहरु :-

१. वर्षारम्भ तथा पर्व सुधार गर्न आवस्यक छ कि छैन ?

२. प्रस्तावित समन्वयात्मक बालमुकुन्दीय पर्व सुधार पद्धति

    प्रचलित धार्मिक तथा ज्योतिष पद्धति अनुसार मिल्छ,

    मिल्दैन ? यसमा गर्न सकिने सुधार के के हुन ?

३. प्रस्ताव अनुसार २०६४ साल देखि नेपाल विक्रम सम्वत

     घोषणा गर्दा तत्कालमा के के लागू गर्न सकिन्छ, पछि

     कुन कुन धार्मिक तथा ज्योतिष पक्षहरु कहिले सम्ममा

     लागु गर्न उचित हुन्छ ?


                    पर्वसमय सुधार राष्ट्रिय कार्यदल :-

१. प्रा. श्री कृष्ण आचार्य, पूर्व उपकुलपति, म.स.वि.वि.  -------------------------------------------------------अध्यक्ष्य

२. ई.श्री हरीनारायण मल्ल ----------------------सदस्य सचिव

३. प्रा. डा. श्री रामचन्द्र गौत्तम, अध्यक्ष्य, धर्म शास्त्र विभाग,

    वाल्मीकि क्याम्पस ----------------------------------सदस्य

४. प्रा. डा. श्री शाम्बराज आचार्य, सदस्य पञ्चाङ्ग निर्णायक 

    समिति, अध्यक्ष्य, ज्योतिष शास्त्र विभाग, वाल्मीकि

    क्याम्पस------------------------------------- सदस्य

५. डा. केशवराम जोशी, सदस्य, पञ्चाङ्ग निर्णायक समिति

     ------------------------------------------------------- सदस्य

६. डा. खिलनाथ वस्ताकोटी, अध्यक्ष्य, एशियाली ज्योतिष 

     संघ --------------------------------------------------- सदस्य

७. श्री जलकृष्ण श्रेष्ठ, सह सचिव -------------------- संयोवक


                     उप= समितिहरु

धार्मिक उप-समिति (पदाधिकारी  मन्त्रालयको पत्र अनुसार)

ज्योचिष उप-समिति   (   "    )

वैज्ञानिक  उप-समिति  (  "     )

वैदेशिक उप- समिति   (   "    )


लेखन सामाग्री सोत :-पर्वसुधार राष्ट्रिय कार्यदलको प्रतिवेदन,२०६४, प्रा. डा. श्री रामचन्द्र गौत्तमको " पर्वसुधार- शास्त्रीय चिन्तन लेख( पर्वसुधारका आधारहरु पुस्तक- पर्वसुधार राष्ट्रिय कार्यान्वयन समितिबाट प्रकाशित ) तथा संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको च..नं ३४६ मिति १३ पीष २०६३ को राष्ट्रिय कार्दल गठन सम्बन्धमा को पत्र समेत ।



#प्रकाशमानशिल्पकार

✡ सावाःचपाः/ सामा सतःया ऐतिहासिकता ✡

 ✡   सावाःचपाः/ सामा सतःया ऐतिहासिकता    ✡

      येँ देयेया उत्तर दिशाय् लागू थौकनय् झिसं सामाखुसी धायेगु याना वयाच्वनागु थायेया कपुर धारा चोकय् हे आ याङिखेम फर्मानांया वासःपसः तयातगु निताजागु (पसःकवनापंयाना स्वता) छें न्हापा सतः जुया च्वंगु जुया च्वन । अले व सतःयानां सावाःचपाः खःसानं लिपा लिपा सामा सतः धायेगु यानतगु जुया च्वन खनि । वहे सतःया जवपाखे छेँ क्वय् बँय् महामञ्जुश्री पाली दु । थ्व सतःया नां सामा छाय् गथे जुल खः अलय् अन मञ्जुश्रीया पाली गथेदुगुखः धईगुखँय् अन जखः छेँ दुम्ह तर ध्वाखाबाःया मूबासिन्दा बुद्धराम  महर्जन दाजु नापं थौ सामा( साम्हाः) अजिमाया बारे  घौच्छिति खँ ल्हाना बलय्  वयेकनं सिउगु खँ थुकथं कनादिल ।

      सामा वाय् साम्हाः अजिमाया नां आतकं ङ्यनेमननी तर सतः व अनया खुसीया नां सामा सतः व सामाखुसी छाय् वाय् गथे जुल धईकथं विस्तारी कनादिल । 

      प्राचीन नेपालमण्डलय् च्वगु कालीदहया लः पिनय् च्छ्वयत महामञ्जुश्रीं थःगु चन्द्रह्रास खड्गं थिथि थासेया डाडाय्या नापं क्वयनाय् न्हसिकाप् पाला लः पिहाँ वनेगु लँ दयके धुङ्का । थन स्वनिगलय् वस्ति दयेके लायकयाना न्हापागु नगर मञ्जुपतन नगर पलिस्थायाना यागुजुल । थन मनुतत बसोवास याके धुङ्का  मनुतयत बुँज्याःयाय्गु थाय् दयेकेगु कथं आया सामाखुसी लागाय् भच्चा गाःजुया मुना च्वंगु लँ पित च्छ्वयत थःपिनि निम्ह शक्तिस्वरुपा मिसापिं मध्य छम्ह शक्तिस्वरुपा मिसा व मञ्जुश्री  निम्ह थुसा ज्वना अन सावाःवाना( गोरु जोतेयाना) लः वनेगु लँ दयेकगु जुया च्वन । मञ्जुश्रीं सावाःना लँ पिने वनेगु लँ दयकगु खुसीइत हे सावाःखुसी धायेगु यानातगु । सावाःयायेगु ज्याःक्वमचातले मञ्जुश्री अन छगु चपाः( बल्चा/फल्चा) दयका अनहे बाय् च्वनिगु जुया च्वन ।


       मञ्जुश्रीया निम्ह शक्तिस्वरुपा मिसापि मध्य छम्ह स्वयभूइ वाय् गनखः मञ्जुश्री च्वनीथाय् हे च्वना च्वन तर मञ्जुश्री व मेम्हशक्ति मिसान तन्हुतक लिहाँ मवगुलि निम्ह गनवना च्वन धया ध्यानदृष्टि स्वया लुइका । अहो थुपिं निम्हला जित त्वता मोजमजा यानाच्वनका धईकथं भचा मनयवंका तँवया च्वन  । मनय् दाहायाना मञ्जुश्री सावाःयेगु ज्याः त्वता थुसा अनहे त्वता मञ्जुश्री व मिसा उखे थुखय् गनं वना च्वंबलेलाक अन वना छम्ह थुसा नक्साल आ थौ कने साकुना माजु(निल सरस्वती) दुथाय् येङ्का थुसा कुना बिउगु जुया च्वनखनी । अथेजुया अन बिज्याना च्वम्ह महाबिद्या ताराइत साकुना माजु धायेगु यानातगु धया खँ बुद्धराम दाजुं  कनादिल । मञ्जुश्रीं सावाःयत बाय् च्वंगु चपाः( बल्चा/ सतः जुया व थाययात सावाचपाः धायेगु यागु खः । लिपा जुजुं सामा सतः धायेगु यागु खनेदु । अथे जुया व सामा सतःया न्ह्यनय् मञ्जुश्रीया पाली चिं दुगु खने दुगु जुया च्वन ।  

       निम्ह थुसा मध्य छम्ह थुसा आन अन थुसाख्यलय् हे खनेदु ।  न्हापा न्हापा दिपंर चाहुवइबलय्  थ्व थुसा न कायेगु यागु स्यूपिं यक्व ज्याथःजिथित न दु ।

      न्हापा सामा सतः लिउनय् छगु बिहार न दुगु खँ नेपाः देया बिहारया ताःचा प्रज्ञापूरी महानगर नांया छगु सफुति च्वयातगु  खँ न कनादिल । व सफुलय् च्वयात कथं सामा सतः लिउनयया बिहारया नां श्री मीत्र महाबिहार( सामाखुसि बिहार) धया च्वयातगु न खँ कनादिल । अन आ स्वय्बले बिहार दु धईगु छुं चिंतक न खने मदु ।

    बुद्धराम दाजुं धयादि कथं सामा सतःनापं छें दुम्ह छम्हेसिन थ्व ऐतिहासिक सतः थःगु छेंया कित्ता दुनयहे लाका कथु मथाक नयेत्यङ्गु अवस्थाय् स्थानिय सम्पदा प्रेमि मनुतयसं कानूनी प्रकृया कथं मुद्दा ल्वाना त्याका सतः कायम यागु जुयाच्वन ।  न्हापा थ्व सतःलय छगु शिलापत्र न दुगु खः तर सतः नयतस्वम्हस्या शिलापत्र म्हासेयागु जुया आ छुं शिलापत्र खनेमदुगु । वासः पसःतयातगु सामा सतः आ स्थानिय छगु क्लबया जिम्मा दुगु खँ दु ।

       सावाचपाः / सावाःसत / सामा सतः या न्ह्यनय हे दुगु मञ्जश्रीया पालीचिं सडक विस्तारयाबले लँ सिथय बँय् चिका तगु दु । जलाहार उत्तर दिशा स्वकि माथाय् पूर्वय स्वकातगु खनेदुु । 

       प्राचीन नेपाः निर्माण नापं स्वापुदुगु अले मञ्जुीश्री बाय् च्वङ्गु चिं कथया सतः व मञ्जुश्रीया पाली नेपाः देया ऐतिहासिक सम्पदा खयान गुलि संरक्षण यायमागु खः आतकं सुनान संरक्षण यागु खने मदु । शिवलिङ्ग खनेमदुगु जलाहारय् मञ्जुश्रीया पाली चिै छाय् च्वन अथेहे अन दुगु पिखालखु थजागु स्वङ्गु मण्डया थथेहे खः धया धाययेत सस्यूपिंसं दुवाला स्वयमागु न खनेदु ।

#प्रकाशमानशिल्पकार

ध्वाखाबाःलय् च्वंम्ह बुद्धराम दाजु नापं छपा सेल्फि