टीका
✡ पृष्ठभूमि
टीकाको शाब्दिक अर्थ शब्दकोषमा हेर्ने हो भने १. कुनै पद, पदावली, वाक्य, अनुच्छेद र ग्रन्थहरूको अर्थ स्पष्ट गरी लेखिएको व्याख्या; अर्थ; भाष्य। २. निधारमा लगाइने चन्दन, अबिर, सिँदूर आदि; टिको; तिलक। ३. थोप्लो, ४. दाग, ५. शीतला माई बिफर आदि रोगका विरुद्ध पहिले नै गरिने खोप भन्ने बुझिन्छ । टीकाको उल्लेखित शाब्दिक अर्थहरु मध्यका एक मानिसले निधारमा लगाइने चन्दन, अबिर, सिँदूर, म्वःनी सन्ह, टिको तथा तिलकका बारेमायहाँ केही भन्ने प्रयत्न गर्दैछु ।
✡ टीका लगाउने संस्कार
सतनातनी नेपाली समाजमा विभिन्न पर्व समयमा तथा सामाजिक संस्कारहरुमा गुलरुजन र मान्यजनहरु बाट टीका लगाईदिने , टीका थाप्ने संस्कार रहेको छ । त्यस्तै मठ मन्दिरमा देवी देवताको पूजा अर्चना तथा दर्शन गरे पश्च्यात प्रशाद तथा आशिर्वाद स्वरुप निधारमा टीका लगाउने संस्कार रहेको छ । त्यस्तै नै विवाहित महिलाहरूले सौभाग्यको प्रतीक स्वरूप सधैँ रातो टीका लगाउने चलन रहेको छ । नेपालमा हिन्दू मात्र नभई बौद्ध, किरात, बोन धर्मावलम्बी तथा आदिवासी जनजातिहरूले समेत टीका लगाउने संस्कार रहेको छ । मन्दिर गएर होस् वा अन्य पूजाआजा तथा पर्वमा होस्, निधारमा टीका लगाउने गर्छन् । चन्दन, केसरी, अवीर आदिको टीका लगाउनुका पछाडि थुप्रै कारण दिने गरिए पनि मुख्य कुरा यो परम्पराको निर्वाह हो । टीका सनातनी संस्कृतको पहिचान हो । “मानिसको आस्था, मर्यादा, पहिचान र संस्कृतिलाई संकेत गर्ने चिह्न हो टीका” ।
✡ टीका निधारको बीच भागमा लगाइन्छ
निधारमा टीका वा चन्दन लगाउनु सनातनी धर्मको विशेषता हो । साधारण टीका निधारको बीच भागको मुख्यत दुई आँखाका बीचमा लगाइन्छ । दुई आँखाको ठिक बिचमा आज्ञाचक्र हुन्छ जसलाई गुरुचक्र पनि भनिन्छन् , ईश्वर गुरु आात्मा याैटै तत्त्व भएकाले देवताकाे ध्यान त्यहीँ हुन्छ। मानिसहरु आ-आफ्नो इच्छा अनुसार निधारको बिच भागको तल, माथि वा बिचमा पनि टीका लगायने गरिन्छ । सनातनी संस्कार अनुसार बिहान जपपूजा गरिसकेपछि निधारमा चन्दन, भस्म, केशर लगाइने गरिन्छ । टीका लगाउने चलन प्राचीनकालदेखि चलिरहेको छ । यात्रा मंगलमय होस् भनेर घरबाहिर निस्कने मानिसलाई चन्दन अथवा अबिर चामल र दहि मुच्छेको सगुण टीका लगाइन्छ ।
सामान्यतया टीका निधारमा लगाउने भएतापनि शरिरको अन्यभागहरु जस्तै सिर, घाँटी, हृदय(छाती), नाईटो, पाखुरा, नाडी लगायतमा समेतमा विशेष टीका लगाईनछन्।
दुई आँखीभौं बीचको भाग (भृकुटी) इडा, पिंगला र सुषुम्ना भनिने तीन वटा मूल नाडीको संगमस्थलमा लगाईने टीकाका बारेमा सनातन धर्म र संस्कृतिबारे अध्ययनकर्ताहरु टीका लगाउने संस्कृति धर्मशास्त्रभन्दा बढी योग र ध्यानसँग जोडिएको मान्छन् । आज्ञाचक्रमा औंला राखेर ऋषिहरूले आफ्ना शिष्यलाई आज्ञा र मन्त्र दिने चलन थियो”, भन्छन् । आज्ञाचक्र एवं गुरुचक्रका रुपमा रहेको दुई आँखीभौं बीचको भृकुटीमा औंला राखेर ऋषिहरूले आफ्ना शिष्यलाई आज्ञा र मन्त्र दिने चलन थियो” भन्ने अध्ययनकर्ताहरु भन्ने गर्छन्।
त्यसरी नै मान्यजनले आफूभन्दा सानालाई आज्ञाचक्रमा औंला राखेर केही आज्ञा दिएमा गुरु मानेर शिरोपर गर्छ भन्ने मान्यताबाट टीका लगाउने संस्कृतिको विकास भएको अध्ययनकर्ताहरु बताउँछन् ।
✡ टीका लगाउनुको वैज्ञानिक कारण
टीका लगाउनुको धार्मिक मात्र नभएर वैज्ञानिक कारण पनि छ । खासमा हाम्रो शरीरमा सातवटा सूक्ष्म ऊर्जा केन्द्रहरू हुन्छन् । तीमध्ये एक आज्ञाचक्र हो । यो निधारको दुई आँखीभौं ठीक बीचको भागमा अवस्थित हुन्छ । यो आज्ञाचक्रमा शरीरका तीन प्रमुख नाडीहरू इडा, पिंगला र सुषुम्ना आएर मिल्छन् । त्यसैले यसलाई त्रिवेणी पनि भनिन्छ ।
आज्ञाचक्रलाई शरीरको सबभन्दा पूजनीय स्थान मानिन्छ । यसलाई गुरुस्थान भनिन्छ किनकि यहीँबाट पूरा शरीर सञ्चालन हुन्छ र यो हाम्रो चेतनाको मुख्य स्थान पनि हो । ध्यान लगाउँदा पनि यही ठाउँमा मन एकाग्र गरिन्छ ।
साधारणतया यही ठाउँमा चन्दन लगाइन्छ । चन्दनको गुण नै शीतल हो । त्यसैले चन्दन लगाउँदा मस्तिष्कमा शान्ति र शीतलता प्राप्त हुन्छ । दिमागमा जोड परेर टाउको दुख्न थाल्दा चन्दन लगाउनुस् । बिहान उठेर नुहाउनेबित्तिकै निधारमा चन्दन लगाउने व्यक्तिलाई टाउको दुख्ने समस्या हुँदैन ।महिलाहरूले थाप्लोमा सिन्दूर लगाउनुका पछाडि पनि एक कारण छ । खासमा रातो रंग ऊर्जा र स्फुर्तिको प्रतीक हो । यसरी तिलक लगाउँदा महिलाको सौन्दर्य बढ्छ ।
✡ टीकाका आकार प्रकार
सनातनी संस्कृतको मौलिकता दर्शाउने टीका लगायने प्रकार ८० प्रकारका रहेको छ भन्ने जानकारहरुको भनाईरहेको पाइन्छन् । सबै भन्दा बढि बैष्णव सम्प्रदायले मात्र ६४ प्रकारको टीका लगाउने गरेको भन्ने गरेको पाइन्छन् ।
✡ वैष्णव सम्प्रदायले लगाउने टीका
वैष्णवी सम्प्रदायले लगाउने ६४ प्रकारका टीका मध्य प्रमुख टीकाहरु मध्य १. रामानन्द(रामावत) तिलक, २. विष्णुस्वामी तिलक, ३. माधवाचार्य तिलक, ४. निम्कार्क तिलक आदि हुन् ।
✡ शैव सम्प्रदायले लगाउने टीका
शैवहरु खास गरेर निधारमा छड्के टीका तथा त्रिपुंड तिलक लगाउने गरिन्छन्।
✡ साधाण टीका
सनातनीहरुले निधारका साधारणत सानो थोप्लो वा अलि लाम्चो टीका लगायने गरिन्छ ।
✡ टीकाका प्रकार तथा रङ्ग
१- अबिरको टीका
२- केशरीको टीका
३- चंदन
४- भस्म (विभूति )
५- चामलको पिठोको
६ - अबिर, चामल र दहि मुच्छेको
७ - भिजाएको चामलको टीका
८ - म्वःनी(तन्त्रसाधाना गरि बालेको बत्तीको ध्वाँसोको)
९ - सप्तरंगी टीका
१० - दहिको टीका / धौ सिन्ह(धौ सगँ)/ धौपति तिकेगु
१११ - पैतालाको कालो टीका
नेपाली समाजमा अधिकांशले रातो रङ्गको टीका लगाउने गर्छन् । तर नेपालको दक्षिणी समथर सिमानामा बसोबास गर्ने आदिबासी थारु र पहाडमा बसोबास गर्ने केही आदिबासीहरुले चाडपर्वमा रङ्गीविरङ्गी टीका ग्रहण गर्दैनन् । प्राकृतिक सेतो रङ्गकै टीका ग्रहण गर्दछन्
पृथ्वीमा कुनै कृतिम रङको उत्पादन नहुँदा सेतो रङ्गकै बर्चस्व थियो । पछि मानवले विभिन्न खोजअनुसन्धान गरेर थरिथरिका कृतिम चिजवस्तुको उत्पदान गरे । अहिले प्राकृतिक सेतो रङ्गभन्दा त्यही कृतिम अन्य रङ्गले रंगाइएका झिलिमिली चिजवस्तुको बजार छ । मान्छेको मन र रोजाई पनि बहुरङ्गी भएको छ । चाडपर्वमा विभिन्न रङ्गीविरङ्गी चिजवस्तुको निर्माण र खपत हुनेगर्छ । यहाँसम्मकी मान्छेले चाडपर्वमा लगाउने टीकाको रङ्ग पनि विभिन्न रङ्ग मिसाएर बनाउने प्रचलन शुरुभएको छ ।
अधिकांस सनातनी नेपालीको ठूलो चाडका रुपमा रहेको दशै तथा म्वःनी(मोहनी)को बिजया दशमीका दिन अबिर र चामल मुछिएको रातो टीका लगाउने गर्छन् भने नेवाः समुदायले भने अबिर र चामल मुछिएको रातो टीका संगै म्वःनी सिन्ह( तान्त्रिक साधना विधि अनुसार बत्तीको ध्वनँसो बाट थापिएको कालो तिलक) समेत लगाउने गर्छन् ।
थारु समुदायले दशैंमा अभिभावकबाट प्रसादकोरुपमा ग्रहण गर्ने टीका सेतो हुन्छ । चामलको पीठोको टीकासहित जमरा, बेबुरी (बाबरी) को फूल दशैंमा थारुले ग्रहण गर्छन् । त्यस्तै नै लामा तथा लिम्बु समुदायले भने दशैमा अबिर नमुछिएको चामलको टीका र जमरा दशैको टीका प्रशाद ग्रहण गर्ने सांस्कृतिक रहि आएको छ ।
नेपालको अधिकांस मन्दिरहरुमा केशरी (पहेँलो), सिम्रिक र अबिर सहितको रातो टीका सहितको प्रशाद टीका रहेता पनि ग्वलँ श्री पशुपतिमा ( ग्वलँ महाद्यः)लगायत शिवमन्दिरहरुमा चन्दन तथा आर्यलोकेश्वर (मच्छिन्द्रनाथ) हरुको मन्दिरमा चामलको पीठोको टीका प्रशाद रहि आएको छ । नाथ सम्प्रदाय लगायत जोगीहरुले भष्मको टीका आफ्ना भक्तजनलाई लगाईदिने गर्दैछन् ।
पितृकार्यमा पहेँलो र भिजाएको चामलको टीका प्रशाद ग्रहण गर्ने गरिन्छन् ।
✡ सेतो टीका
सेतो रङ शान्ति, प्रकाश र ज्ञानको प्रतीक हो । स्वच्छता एवं शान्तिको प्रतीकस्वरूप सेतो टीका ग्रहण गर्ने परिपाटी चलिआएको देखिन्छ ।
✡ रातो टीका
पञ्चोपचार वा षोडषोपचारले पूजा गरेर बलि चढाइसकेपछि रगतले अक्षता रंगिन्छ । त्यही अक्षता शिरमा लगाउने भएकाले रातो अक्षता लगाउने चलन बसेको मान्ने विद्वानहरू पनि छन् । त्यसैले पनि रातो टीकाले काटमार एवं हिंसाको समेत अर्थ वहन गर्ने गर्छ ।
रातो रङ विजय र बहादुरीको प्रतीक तथा उत्साह, प्राण र सुरक्षाको प्रतीक समेत मान्छन् । इन्द्रेणीको सबैभन्दा माथिको रङ मात्रै होइन, सबैभन्दा लामो दूरीसम्म फैलिने भएकाले रातोलाई दीर्घायुको प्रतीक पनि मानिन्छ । त्यसै कारण टीकामा यसको प्रयोग अर्थपूर्ण मानिन्छ ।
✡ पहेँलो केशरी टीका
पहेंलो रङ्गको टीकाले बोध ज्ञान र परमानन्दको प्रतिक हो ।
✡ कालो टीका
कालो रङ्ग बिरोधको सङ्केत भएकाले पनि नेवाः समुदायले म्वःनीमा लगाउने म्वःनी सिन्ह( तान्त्रि विधि साधनाबाट तयार गरिने कालो तिलक)ले नेवाः समाजमा राज्य शक्तिबाट दशै पर्व बलजफ्ती लाद्ने प्रयासको बिरोधको सांस्कृतिक बिरोध समेत हो भन्ने केही जानकारहरुको मत समेत रहेको पाइन्छन् ।
यढ तन्त्रसाधानबाट तयार पारिने म्वःनी सिन्हका रुपमा रहेको कालो तिलक म्वःनी नखःमा मात्र नभएर नेवाःहरुको विशेष पूजा आजामा तथा बुद्धिष्टहरुको पितृकार्यमा समेत टीका प्रशादका रुपमा लगाइन्छन् ।
म्वःनी / माेहनीकाे अर्थ देवता खास गरी शक्ति त्यसमा पनि कालीकाे स्वरूप र उनैमाथिकाे समर्पण हाे, अथवा यसले अाफूलाई अरुका कुदृष्टिबाट बचाउँछ पनि त्यसैले कालो तिलका रक्षा कवचका रुपमा समेत लिने गरिन्छन् ।
✡ सप्तरङ्गी टीका
गैह्र नेवाःहरुले भाईटीकामा सप्तरङ्गी टीका लगाउने संस्कृति रहेको छ तर नेवाः समुदायको भाईटीकामा यो सप्तरङ्गी टीका लगाउने संस्कृति छैन ।
णउ
✡ दहिको टीका/ धौ सिन्ह( धौ सगँ)/ धौपति तिकेगु
गैह्र नेवाःहरुमा दहि चामल र अबिर मुच्छेर टीका लगाउने संस्कृति रहे पनि शुद्ध दहिको टीका लगाउने चलन भने देखिन्दैनन् । तर नेवाः समुदायको विभिन्न संस्कारहरुमा सगुण लिने क्रममा तथा भोजमा अनिवार्य रुपमा अन्य टीका सरह दहिको पनि टीका लगाउनु पर्ने संस्कृति रहेको छ । यसलाई सामान्य बोलीमा धौ सिन्ह भने तापनि यो धौ सगँ हो जसलाई नेपाल भाषामा धौपति तिकेगु भनिन्छ।
दहिको टीका( धौ सिन्ह / धौ सगँ) लगाउँदा पूरुषलाई दाहिने कंचतमात महिलालाई बायाँ कंचतमा लगाइन्छन् । नेवाः झ्वः भ्वयमा (भोजमा) भोजको पूर्व अन्त्यमा दहि राख्नु भन्दा अघि माथि देखि लहरै तल सम्म सबै भोज खाइरहेकालाई दहिको अनिवार्य टीका लगाउनु पर्ने संस्कृति रहेको छ ।
भोजमा यसरि दहिको टीका लगाएर भोज खाने क्रममा एउटा रमाईलो र अलि अफ्यारो स्थिति पनि आउने गर्छन् । त्यो कस्तो परिस्थिति भने सिङ्गो दहिको कतारो बोकेर लहरै दहि राख्दै आउँदा कतारोमा दहि सकिएर अर्को नयाँ दहिको कतारोबाट दहि थाप्ने वा लिने क्रम पालो जस्को पर्छन् उनलाई राम्रो समय सहितको दहिको सगुण परेको मान्यता हुन्छ र धौग्व लनत भन्दै सबैले बधाई दिने गर्छन् ।
यसरी रोल क्रम अनुसार दहिको सगुण पर्ने ब्यक्तिले दहि राख्न आउने सुवा वा भलिंलाई दक्षिणा दिनु पर्ने चलन रहेका हुन्छन् । यस्तो अवस्थामा गोजीमा दाम भएत कुनै अफ्थ्यारो परपस्थिति उत्पन्न हुन्न तर कारणबंश गोजीमा दाम छैन भने अनुहार रातोपिरो हुने अवस्था पनि हुन सक्छन् । दहिको टीका लगाउने यो संस्कृति नेवाःको जातिए पहिचान मध्यमा पनि परेको स्पष्ट देखिन्छन् । (यसरी भोज खाने क्रममा धौग्वलात भन्दै बधाई दिने र दक्षिणा राख्नु पर्नेे चलन ठाउँ र नेवाः भित्रकै समुदायमा पनि फरक फरक हुन पनि सम्छन् । यस्तो चलन खास गरेर भक्तपुरका नेवाःहरुमा चलेको देखिन्छ ।) यसरी रोल क्रम अनुसार दहिको सगुण पर्ने ब्यक्तिले दहिको सगुण टीका लगाईदिने सुवालाई दक्षिणा दिनु पर्ने चलन रहेका हुन्छन् । यस्तो अवस्थामा गोजीमा दाम भएत कुनै अफ्थ्यारो परपस्थिति उत्पन्न हुन्न तर कारणबंश गोजीमा दाम छैन भने अनुहार रातोपिरो हुने अवस्था पनि हुन सक्छन् । दहिको टीका लगाउने यो संस्कृति नेवाःको जातिए पहिचान मध्यमा पनि परेको स्पष्ट देखिन्छन् ।
✡ पैतालाको कालो टीका
नेवाः समाजमा जसरि तन्त्र साधना अनुरुप तयार गरिएको मोहनि सिन्हको निधारमा लगाउदा जति सुरक्षा हुन्छ भन्ने आस्था अनि विस्वास छ त्यस्तै नवजात बालबालिकालाई घरबाट बाहि कहिंकटै लानु पर्दा बालबालिकाको सुरक्षा कवचका रुपमा आमाले आफेनो पाईतलाको टीका लगाई दिने हामी सनातनी नेपालीको चलन छ । बालबालिकाको सुरक्षा कवचका रुपमा लगाई दिने त्यो आमाको पाईतालाको टीका पनि तन्त्र संगै सम्बनिध छ तर हामी त्यसबारेमा अनभिज्ञ छौ ।
✡ विधवा महिलले रातो टिका लगाउन बञ्चित
गैह्र नेवाः समाजमा बिधवा महिलाले रातो टीका र सिन्दुर बाहेक अन्य सबै प्रकारको चन्दन, केशरी तथा कालो तिलक लगायत लगाउन छुत छ । तर नेवाः समाजको विधवा महिलाले भुयु(भ्विइ) सिन्ह / सिन्धुर टीका बाहेक अबिरको रातो टीका लगायत सबै टीका लगाउन छुट रहेको छ ।
✡ केमिकल मिस्रीत टीका हानिकारक
कुनै कृतिम रङको उत्पादन नहुँदा सम्मको प्राकृतिक रङ्गहरुको टीकाले देवी देवताका मूर्तिहरुलाई कुनै असर नगरेतापनि अहिलेका केमिकलबाट उत्पादित अबिरबाट मूर्तिहरु धमाधम कूरुप हुँदै गएका प्राचीन मूर्तिहरुको अवस्थाले देखाइएको छ । मठ मन्दिरहरुमा रहेका प्राचीन प्रस्तर मूर्ति लगायत सबै मूर्तिहरुको सौन्दरियतालाई यथावत राख्ने हो भने अब हामीले देवीदेवताको मूर्तिमा अबिरको टीका लगाएर श्रद्धा देखाईरहनु कुनै आवस्यक छैन । यदि तपाईं हामीमा इश्वर प्रति आस्था र विस्वास छ भने मठ मन्दिरको मूर्तिहरुको सौन्दरियताको रक्षा गर्नै पर्छ र अब हामीले मूर्ति पूजाका नाममा जथाभावी अबिर पोतेर देवी देवताको मूर्ति कुरुप बनाउने आस्थालाई परिवर्तन गर्नै पर्छ । अब हामीले मूर्तिलाई हैन मूर्ति अगाडि कुनै उचित पूजा गर्ने स्थलको व्यवस्था गरि पूजा गर्ने अथवा भनौ मूर्तिलाई टाढैबाट दर्शन गर्ने नयाँ संसकार अँगाल्नु पर्छ अनि मात्र हाम्रा पूर्खाहरुले हामीलाई नासोका रुपमा छाडेर गएका सम्पदाहरुको सुरक्षितका साथ भोलिका नयाँ पूस्तलाई सुम्पिएर जान सक्नेछन् अन्यथा हामीलाई भोलि हाम्रा सन्ततिले सराप्ने छन् ।
✡ केमिकल मिस्रीत टीका मानिसलाई पनि हानिकारक छ
विभिन्न पर्व समयमा तथा सामाजिक संस्कारहरुमा गुलरुजन र मान्यजनहरु बाट टीका लगाईदिने , टीका थाप्ने संस्कार रहेको भए तापनि अब हामी हाम्रो अनुहारको रक्षाका लागि केमिकल मिस्रीत टीकाहरु जथाभावी लगाउन छोड्नु पर्छ अन्यथा देवी देवताको मूर्ति जस्तै अबिरले हाम्रो अनुहार पनि कुरुप बनाउन बेर छैन ।
✡ कुन अौलाले कसलाई टीका लगाउने
टीका त लगाइन्छ तर कुन औंलाले टीका लगाउनुपर्छ भन्ने कुरा टीका लगाउने जति सबैलाई थाहा नहुन सक्छ ।
टीका दाहिने हातको औंलाले मात्र लगाइन्छ । सबैले टीका दाहिने हातको अौंलाले मात्र लगाउने भएता पनि नेवाः संस्कृति र गैह्र नेवाः संसेकृतिमा भने टीका लगाउने अौंला भिन्नता रहेको देखिएको छ ।
✡ नेवाः संस्कृतिमा कुन कुन अौंलाले कस कसलाई टीका लगाइन्छ
नेवाः संस्कृति अनुसार हाम्रो हातको पाँच अौलाहरु मध्य बेग्ला बेग्लै अौलाले देव देवता, ब्राम्हण, पितृलाई टीका लगाउने संस्कति र संस्कार रहि आएको छ । नेवाः संस्कृति र संस्कार अनुसार बुरि पतिं ( म्हाला पतिं ) ( बुढी अौलाले) ब्राम्हण पुजनाका लागि, च्वला पति(चोर औला) पित्रृ पुजनका लागि, दथु पति( माझी औला ) शत्रु पुजाका लागि, अङ्गू पति(साइली औला) आत्म(स्वयम् आफ्नै) पुजाका लागि र सिका पति ( कान्छी औला) देव पुजाका लागि टीका लगाउन अौला प्रयोग गरिन्छ।
✡ गैह्र नेवाः संस्कृति अनुसार कुन अौंलाले कसलाई टीका लगाउने
बूढी औंलाः बूढी औंलालाई संस्कृतमा अंगुष्ठा भनिन्छ । बूढी औंलाले अतिथिलाई टीका लगाइन्छ । आफूबाहेक अरू मानिसलाई टीका लगाउन पनि यही औंलाको प्रयोग गरिन्छ । चोरी औंलाः चोरी औंलालाई संस्कृतमा तर्जनी भनिन्छ । यो औंलाले पितृगण अर्थात् पिण्डपूजा गरिन्छ । माझी औंलाः माझी औंलालाई संस्कृतमा मध्यमा भनिन्छ । यो औंलाले स्वयंलाई टीका लगाइन्छ । साहिँली औंलाः साहिँली औंलालाई संस्कृतमा अनामिका भनिन्छ । भगवान् तथा देवतालाई टीका लगाउन वा पूजा गर्न यो औंलाको प्रयोग गरिन्छ । कान्छी औंलाले टीका लगाइँदैन । तर कसै कसै कसैले आफुलाई टीका लगाउदा साहिंली अौला पनि प्रयोग गरिन्छन् र माझी र कान्छी अौं ला टीका लगाउन , लाउन प्रयोग गरिन्दैनन्।
#प्रकाशमानशिल्पकार