Friday, September 21, 2018

य:मह्री पुन्ही देखि दिन लामो हुने

य:मह्री पुन्ही देखि दिन लामो हुने


प्रकाशमान शिल्पकार

      सौर्यमासको गणितिय गणना अनुसार मकर संक्रान्ती देखि सूर्य धनु राशिबाट मकर संक्रान्ती प्रवेश गरीन्छन् । सामान्यतया सूर्यले सवै राशिहरुलाई प्रभावित गरीने गरेतापनी सूर्य करकट राशी (साउने संक्रान्ती) र मकर राशी( माघे संक्रान्ती) प्रवेशलाई शास्त्रीय र सनातनी धार्मिक दृष्टिले अति महत्वपूर्ण दिन मानिन्छन् । सूर्य मकर राशिमा प्रवेश गरेको दिन देखि सूर्यको पृथ्वी परिक्रमा यात्रा दक्षिण ध्रुव याने दक्षिण गोलार्ध बाट उत्तरी ध्रुव (उत्तरी गोलार्ध) मा प्रवेश गर्ने काल भएकाले सो दिन बाट क्रमश: दिन लामो र रात छोटो हुँदै जाने बिस्वास गर्दै आएका मात्र हैनन् अनुभव नै गर्दै आएका छन् ।
      सनातनी नेपालीले ब्रम्ह वाक्य सरह नै सम्मान गर्दै मान्दै आएको प्रचलित नेपाल पञ्चाङ्ग अनुसार माघ १ लाई मकर संक्रान्ति मान्दै सो दिन देखि मात्र क्रमश: दिन लामो र रात  छोटो हुँदै जाने भनी बिस्वास गर्दै आएता पनि नेवा: समुदायले भने बिगत चार सय वर्षयता देखि नै मङ्गशिर पूर्णे ( य:मह्री पुन्ही/धान्यपुर्णे) देखि नै य:मह्रीको टुप्व जति दिन त्यस्तै माघे संक्रान्ती ( घ्य:चाकु सन्हुको ) को टिल जति दिन क्रमश: लामो र रात छोटो हुँदै गई जेष्ठ पूर्णे ( ज्यापुन्हि/ मष्ट्पूर्णे) का दिन सवै भन्दा बधी दिन लामो हुने दिनका रुपमा महसुस गर्दै मान्दै समेत आएका छन् । जबकी अंग्रेजी क्यालेन्दर अनुसार दिसेम्बर २१ को दिनलाई सवै भन्दा छोटो दिनका रुपमा दिन्दै आएका छन् ।
        खगोलिय शास्त्रीय गणना अनुसार  प्रत्यक तीन तीन वर्षमा आउने मलमासका कारणले सयन संक्रान्ती र विषुवत् संक्रान्ती याने प्रचलित संक्रान्तीका दिन र समयहरु परक पर्दै गएको  यथार्थतालाई चारसय वर्ष अघिका नेवा: बिज्ञहरुले महसुस गर्दै पुस पूर्णेमाका दिन मनाउने य:मह्री चाडलाई एक महिना आगादी याने मङ्गसिरको पूर्णेमा सारी पर्व सुधार गरि मनाउँदै आएको भन्ने यहाँ कुनै लिखित दस्ताबेज हाल सम्म फेला नपरे तापनि यहाँ जनस्रुती भने रहेको पाइन्छन् त्यसैले य:मह्री पुन्हिंका दिन देखि दिन लामो हुने भन्ने नेवा: समुदायमा कथन रहेको पाईन्छ जबकी प्रचलित पञ्चाङ्ग अनुसार माघ १ गतेतिर मात्र दिन लामो हुने गर्छन् तर पनि  सयन संक्रान्ती र विषुवत् संक्रान्ती याने प्रचलित संक्रान्तीका दिन र समयहरु पञ्चाङ्गमा उल्लेखित चाड पर्वहरुको तिथिमिती भन्दा झन्दै एक महिना नै अघि सर्दै फरक पर्दै गएको यथार्थतालाई स्विकार्ने नै हो भने सूर्य मकर राशिमा प्रवेश गरेको दिन माघ १ मा नभई पुस१ मा परिसकेको अवस्था छ र सो तथ्य अनुसार हामिले पञ्चाङ्गकमा उल्लेखित तिथि मितिमा मनाउँदै आएको कुनै पनि चाड पर्व तथा अन्य धार्मिक तथा पितृकार्यहरु सवै असमय र अशुध्द समयमा परिरहेको अवस्था निश्चित नै छ ।  यो तितो सत्यलाई सम्बन्धित अधिकाम्स बिज्ञहरुले स्विकार गरिसकेको अवस्था छ ।
    त्यसको मूल प्रमाण भनेको आज भन्दा एक दशक आगादी पञ्चाङ्ग निर्णायक समितिका तातकालिन अध्यक्ष प्रा.डा. श्री मङ्गलराज जोशीजी समेतको सहमती र अग्रसर्तामा २०६१ सालमा विभिन्न समिती र उप समितिहरु गठन गर्दै “स्थायी अयन वर्ष सम्मको अध्ययन तथा पर्व सुधारको अभियानको थालनी भै विभिन्न सरोकारवाला धार्मिक संघ संस्थाका  ६६ जना प्रतिनिधि सहभागितामा भएको विशेष ज्योतिषिय गोष्ठिले “अधिकमासको एक महिने हद पर्वहरुले उलङ्घन गरेको र अयन विषुवत् सिङ्गो एक पूर्णिमा अवधी नै सरिसकेको अवस्थामा पनि प्रचलित पचाङ्ग( पात्र) अनुसार नै हामीले पर्व मनाउनु नहुने र मनाउँदा राम्रो फल प्राप्त नहुँने एवं लक्षित उद्देश्य पूरा समेत गर्न नसकिने ठहर गर्दै  गरेको ज्योतिषिहरुको ठहरलाई तातकालिन नेपाल सरकारले आत्मसाथ गर्दै संस्कृती पर्यटन तथा नागरिक उ्ड्यान मन्त्रालय बाट २०६३ सालमा एउटा छुट्टै राष्ट्रीय मान्यता प्राप्त “पर्व सुधार राष्ट्रीय कार्यदल “नै गठन गरि सर्व साधरण जनमानसमा कुनै अन्यौल नहुने र अन्यौल नगरी प्रचलित सिद्धान्त र ज्योतिष शास्त्र र सनातनी धर्म शास्त्रलाई यथावटै राखी ऋतु बिग्रीयको अयन विषुवत् संक्रान्ती दिन तथा पर्वलाई‍बिग्रीयको हद सम्म परिवर्तन गर्न गराउनु पर्ने सुझाब सहितको प्रतिबेदन  पर्व सुधार राष्ट्रीय कार्यदलले ०६४ सालमा नै नेपाल सरकारलाई बुझायको प्रतिबेदन नै हुन तापनी केही फलादी ज्योतिषिहरुको असहयोगका कारण चाड पर्व संग सम्बधित तिथिमितिहरु नेपाल सरकारले पञ्चाङ्गमा सुधार गर्न सकिरहेका छैन । य:मह्री पुन्हिं देखि दिन क्रमश: लामो हुँदै जाने भने नेवा: समुदायको कथन लाई पर्व सुधारको मूल आधार मानेर सवैले मनन् गरेर अगादी बद्ने हो भने पञ्चाङ्कमा पर्व संग सम्बधित तिथिमितिहरु सुधार गर्न सकिने निश्चितत्ता छ ।

No comments:

Post a Comment