आखिर भक्तपुरको बिसिका जात्रामा सधै अशान्त किन हुन्छन् त ?

प्राचीन नेपालको समयकालमा नेपालमाण्डलको राजधानी ख्वपमा जगज्योती मल्लको शासन कालमा बिसिका जात्रा हेर्न काशीका विश्वनाथ आउनु भएको र काशिका विश्वनाथलाई यहाँका तान्त्रीकले चिने पछि यसलाई यहिराख्नु पर्छ भन्ने मनसाय बाट राजा सहितको सहमतिले विश्वनाथ काशी फर्केर जान नसकोस भनेर तन्त्रबाट तारण राख्ने प्रयास गर्दै गर्दा विश्वनाथले यसको चाल पाई जहाँ उभिएर जात्रा हेर्दै थिर त्यहिं नै जमिनभित्र बिस्तारै लोप हुँदै गर्दा राजाले आफ्ना तरवारले जमिमनमा पस्दै गरेको जमिन माथिको सरिरको भागमा प्रहार गरेर विश्वनाथको सरिरको माथिलो त्यो सिर भाग यहिं राखेर सम्मानका साथ बिसिका जात्रमा रथमा बिराजमान गराएर भैरबका रुपमा जा्त्रा गराउने परम्परा गराएका थिए । त्यसभन्दा अघि सम्म बिसिका जात्रामा खुसिं अजिमा ( भद्ररकली) को मात्र रथ तान्ने परम्परा थियो
सायद त्यसैले होला भैरब रुपि काशीका विश्वनाथ रिसाएर आफुलाई जबजस्ती सिर शरीर समेत छेदन गरि यहाँ राखेको भएर भैरब रिसाएर यहाँका जनमानसमा भैरबको रथा तान्ने समयमा द्वेषको भावना उत्पन्न गराएर माथिलो र तलोभेगका नगरबासी बिच कलह सिर्जना गराएको हुनु पर्छ भन्ने मेरो अनुमान छ । 
भक्तपुरको बिसिका जात्रामा वर्षै पिच्छे भैरबको रथयात्राको सुरुको दिन र अन्तिम दिन ( द्य: क्वहाँ बिज्याई कुन्हु व द्य: थहाँ निज्याई कुन्हु ) रथ माथिल्लो वा तल्लो (थने र क्वने) भेगमा पहिला कस्ले लाने भन्दै रथ तान्ने विषयमा विवाद उतपन्न भई दुबई पक्षले आ-आफ्नो बल प्रयोअग गर्दै अगादी र पछादी बाट एकै समयमा एकैसाथ रथ तान्ने प्रयास गर्दा दुबई पक्ष बिच एका आपसमा द्वेषको भावना उत्पन्न भई दुबई पक्षले ढुङ्गा हाना हान गर्दै संग्राम नै सुरु हुन्छन् । 
भक्तपुरका चेतनशिल समाज र प्रशासन समेतले भैरबको रथ तान्ने यश जात्रालाई संयित , शान्त, मैत्रीपूरण र मर्यादित रुपमा संम्पन्न गर्ने जतिसुकै प्रयास गर्दा पनि आज सम्म सफल हुन सकिरहेको छैनन् । आखिर किन त त्यसरी बादबिवा, अशान्त र शंग्राम नै हुने गर्दै परम्परा देखि भईरबको रथ तान्ने जात्रा हुने भन्ने विषयमा कसैले यहि नै कारन हो भनेर एकिनका साथ भन्न सकिरहेको अवस्था छैन । 
बिसिका याने बिस्केट् जात्राको एक प्रमूख अङ्ग भैरबको रथ तान्ने ( द्य: क्वहाँ बिज्याई कुन्हु व द्य:थाहाँ निज्याई कुन्हु – काशिका विस्वनाथ रुपि आकाश भईरब तौमढीटोल स्थितको मन्दिर बाट तल आउनु भै रथारोहण हुने दिन र रथबाट तल आउनु भै मन्दिर प्रवेश गर्नुहुने दिन) दिनहरुमा संयित, शान्त, मर्यादित र मैतिपूर्ण वातावरणमा जात्र संम्पन्न गर्ने सवै पक्षबाट अथक प्रयास गर्दा गर्दै पनि हरेक वर्ष जात्रा हिम्सामा परिणत हुनुका कारण दैविक शक्ति बाहेक अन्य कुनै हुन सक्दैनन् । बिस्केट् जात्र हेर्न आउनु भएका काशिका बिस्वनाथालाई भक्तपुरका नगरवासिले जबरजस्ती गरि सिर समेत छेदन गरेर यहाँ राखेकाले बिस्वनाथ रुपि आकाश भैरब रिसाएर आफुलाई रथमा बिराजमान गराएर रथ तान्ने बेलामा जात्रालुहरुको मन मस्तिसमा द्वेष अनि क्रोढको भावना उतपन्न हुने संभत सरापनै दिनु भएको हुनु पर्दछ । त्यसैले नै हरेक वर्ष भैरबको रथ तान्ने बेलामा जात्रा हिंसामा परिनत हुने गरेको देखिन्छ ।

LEAVE A REPLY