Friday, September 21, 2018

शिवलिंगको आधा परिक्रमा आस्था, निस्था र बिधिवत हुने

शिवलिंगको आधा परिक्रमा आस्था, निस्था र                      बिधिवत हुने

शिवलिंगको आधा परिक्रमा आस्था, निस्था र
बिधिवत हुने




प्रकाशमान शिल्पकार
भगवानको आराधना विभिन्न माध्यम तथा तरीकाबाट गर्न सकिन्छ । ती तरीकाहरु मध्य एक हुन् भगवानको स्मरण गर्दै कुनै धार्मिक स्थल वा मठ मन्दिरको परिक्रमा गर्दै सकारत्म्क उर्जा प्राप्त गर्नु पनि हुन् । परिक्रमालाई संस्कृतिमा प्रदक्षिणा भनिन्छ । प्रदक्षिणा भगवानको उपासना गरि सकारात्मक उर्जा प्राप्त गर्ने गरिन्छन् । सनातन धर्मका मूल ग्रंथहरु मध्यका महत्वपूर्ण वैदिक ग्रंथ ऋग्वेद अनुसार प्रदक्षिणा शब्दलाई दुई भाग (प्रा+दक्षिणा)मा बिभाजन गरिएका छन् । यस शब्दको प्रा को अर्थ अगादी बद्नु हो भने दक्षिणाको अर्थ हो चार दिशा मध्य दक्षिण दिशा हो । अर्थात ऋग्वेद अनुसार प्रदक्षिणाको अर्थ हो दक्षिण दिशामा अघि बढ्दै देवी देवता याने भगवानको उपासना गर्नु हो । यसरी परीक्रमा गर्दा भगवान हाम्रो दायाँ तर्फको गर्भगृहमा बिराजमान रहेका हुन्छन् ।
सनातनी मान्यता अनुसार मठ-मन्दिर,चैत्य-गुम्बा, तीर्थस्थल, देवीदेवताको मूर्ती, जज्ञ्, गुरु, आमा, बुबा, साधुसन्त, पूजनीय एवं आदरणीय महानुभावहरुलाई आफ्नो दाहिने बनाएर प्रदक्षिणा गर्ने परम्परा र संस्कार रहि आएको छ । पृथ्वी आफ्नो कक्षमा पश्चिम्बाट पूर्वतर्फ वा बायाँ बनाएर घुम्दछ । लहराहरु रुख आदिमा चढ्दा पृथ्वीकै घुम्ने नियमलाई पालना गर्दै देब्रे बनाएर उकालो लाग्दछन् । पृथ्वीले सूर्यलाई दाहिने बनाएर घुम्दछ । पृथ्वीको त्यही घुम्ने नियमानुसार नै मानिसहरुले पनि मठ मन्दिर लगायत सम्मानीत स्थल र महानुभावहरुको परीक्रमा गर्दा दाहिने बनायर हुम्ने सनातनी धार्मिक मान्यता र परम्परा रहि आयकोछ । मठ मन्दिर र भगवानको प्रदक्षिणा गर्नुको व्यबहारिक र बैज्ञानिक कारण तथा आधार भनेको बास्तु र वातवरणमा फैलिरहेको सकारात्मक उर्जा संग सम्बन्ध रहेको पाईन्छन् । पूजा अर्चना गरि आरती गर्ने गरिएको पबित्र स्थलहरुको चारै तर्फको वातावरणमा सकरात्मक उर्जाहरु फैलिएका हुन्छन् । यस उर्जाभित्रको घेरामा परीक्रमा गर्दा हामिमा सकारात्मक उर्जाको बिकास हुन गैइ नकरात्मकता छिन्न्न हुँदै मनमा आत्म बिस्वासको बिकास हुने गर्दछन् । परीक्रमा गर्दा जहाँबाट सुरु गरेको हो सोही स्थानमा पुगेर अन्त्य गर्नु पर्दछ । परिक्रमाको क्रममा कसै संग बोल्न र परिक्रमालाई बिचैमा रोक्न हुँदैन । परिक्रमालाई आस्था र निस्थाका साथ बिधिवत नै पूरा गर्नु पर्दछ ।
यानी कानी च पापानी जन्मान्तर कृतानी । तानी सर्वाणी नष्यन्ति प्रदक्षिण पदे पदे ।। अर्थात जन्म जन्मान्तरमा जुनसुकै किसिमका पाप गरे पनि ती सबै पापहरु मैले गरेको प्रदक्षिणा ( परिक्रमा )का प्रत्येक पाइलाबाट सबै नाश हुन । प्रदक्षिणन्तु य: पद्यात् पापं हन्ती पदे पदे । अर्थात प्रदक्षिणा गर्दा पाइला पाइलामा पाप नाश हुन्छ । शास्त्रहरुमा उल्लेखित भएअनुसार देवी देवताको परिक्रमा गर्नुमा विशेष महत्व रहेको देखिन्छ। शास्त्रमा भनिएका छन् कि देवी देवताको आस्था र निस्थाका साथ गरिने परिक्रमाको संख्या र विधि अलग अलग छन् ।
वैदिक सनातनी धर्मका देवी देवताको पुरा परिक्रमा गर्नु पर्ने बिधिबिधान भएतापनी शिवलिंगको आधा मात्र परिक्रमा गर्नु पर्ने शास्त्रीय मान्यतारहेका छन् । एका चण्ड्य खे: सप्त तिस्र: कार्या विनायके । हरेश्चतस्र: कर्तव्या: शिवस्यार्ध प्रदक्षिणा ।। अर्थात देवीलाई एक पटक, सूर्यलाई सात पटक, विनायकलाई ( गणपती गणेश )लाई तीन पटक, विष्णु भगवानलाई चार पटक र शिवलाई आधा मात्र घुम्नु । याने शास्त्रीय मान्यता अनुसार अग्रज पूजाका अधिकारी गणनायक गणेशको तीन परिक्रमा, देवीको एक, बिष्णु भगवानको चार र सूर्यलाई सात पटक परिक्रमा गर्नु पर्ने विधि देखिन्छ तर शिव लिंगको भने आधा मात्र परिक्रमा गर्नु पर्ने मान्यता रहेकाछन्। शिवलिंगलाई पूरा पूरा प्रदक्षिणा याने परिक्रमा गरिदैन । यसै मुताबिक शिवलिंगको परिक्रमा गर्ने विधि पनि अलग नै छन् । र परिक्रमा गर्दा विशेष ध्यान दिनु पर्ने समेत शास्त्रमा भनिएका छन् । शिवलिंग परिक्रमा बिधिको ज्ञानको अभाबका कारण श्रध्दालु भक्तजनहरु अनजानमा नै पापको भागिदार बनिरहेका हुन्छन् ।
शिवको उपासना हामी आफ्नो सुख समृद्धिका निमित्त गर्दछौ तर बिधिको ज्ञानको अभाबमा हामी पुण्य कार्य नभई पाप कार्य गरिरहेका हुन्छौ । सुख समृध्दि हैन अघोनती तर्फ लागिरहेका हुन्छौ । अनि भन्छौ हामी सुख समृध्दी पाउँ भन्दा भन्दै पनि दुख:कष्ट मात्र भोग्न पर्यो । त्यसैले शिव पूजा उपसना गर्दा शास्त्रीय बिधिबिधान आनुसार गर्न र गर्न ज्ञान हुन अति आवस्यक छन् ।
शिवलिंगको पूजा उपासना गरि प्रदक्षिणा गर्दा जलधाराको बायाँ भागबाट प्रदक्षिणा प्रारम्भ गर्दै जलधाराको दायाँ भाग जहाँ शिवजीलाई चढायको जलधारा खस्छ त्यहाँ सम्म पुगेर पुन: पर्केर याने बिपरि तर्फ परिक्रमा गर्दै जहाँबाट प्रारम्भ गरेको हो त्यहिं सम्म नै पुगि परिक्रमा पूरा गर्नु पर्ने हुन्छ । प्रदक्षिणाको समयमा पंचाक्षरी मंत्र, ॐ नम: शिवाय वा अन्य कुनै शिव मन्त्र स्मरण गर्नु आवस्यक हुन्छ । यसरि शिवलिंगको परिक्रमा पूरा गरिन्छ र यसैलाई शिवलिंगको आधा प्रदक्षिणा याने परिक्रमा मानिन्छ ।
भनिन्छ कि शिवलिंगको जलधारा अदभुत देवी शक्तिकी उर्जाको भण्डार एवं अलौकिक शक्तिको केन्द्र मानिन्छन् । त्यसैकारण जलधारा नाघ्न हुन्न भनेर नै जलधारको बायाँ तर्फ देखि दायाँ तर्फ सम्म मात्रको प्रदक्षिणा गरि पुन: फर्की सुरु स्थानमा नै पुगि आधा परिक्रमा गरिने गरिन्छ । शास्त्रीय मान्यता अनुसार साधरण व्यक्तिले यो जलधारा नाघ्न सक्ने क्षमता नै हुँदैनन् । यदि भुलबाट नाघियमा उसको शरिरको कुनै भाग बिकलांक हुनसक्ने संभावना रहन्छन् भन्ने समेत मान्यता रहेको पाइन्छन् । भनिन्छन् अध्यत्मिक शक्तिका स्वामि बाहेकले त्यो जलधारा नाघ्न सक्ने हैसियत तथा क्षमता नै हुँदैनन् । आध्यात्मिक एवं शास्त्रीय मान्याता अनुसार शिवलिंग सृजनको प्रतीक तथा मनुष्यको उर्जा प्राप्तस्थलको मुहान नै हुन् । त्यसैले शिवको पूजा उपासना गरि प्रदक्षिणा( परिक्रमा) गर्दा आधा मात्र गरि आस्था र निष्ठाले पूरा विधि बिधान पालना गर्नु आवस्यक्ता छ ।

No comments:

Post a Comment