Thursday, October 27, 2016

चन्द्र सूर्य अंङ्कित झण्डा

आकाश र धर्ती यो ब्रम्हाण्डमा रहेसम्म ,
मेरो देश नेपालको चन्द्र सूर्य अङ्कीत यो राट्रीय ध्वजा ,
अतुतरुपमा यसरी नै सधैं सधैं फहराई रहोस ,
यसै ध्वजा मुनि तिन कोटि नेपाली सधैं हाँसिखुसी बाँच्न सकोस ,
विश्व सामु नेपाल र  नेपालीलाई यसै ध्वजाले ससम्मान परिचित गराई रहोस् ,
फुलका ठुङ्गा सरिका हामी नेपाली नेपालीलाई यसै राष्ट्रीय ध्वजाले एकसूत्रमा बाँधी रहोस् बाँधी रहोस् ... ।
                                           मानकुमारी शिल्पकार( श्रेष्ठ)
                                            जन्म बी.सं. १९७८ माघ १