Friday, September 21, 2018

छाउपडीलाई मान्यता दिने ऋषि पञ्चमी पर्वमा दिइने बिदा कटौती गर्नु पर्छ

छाउपडीलाई मान्यता दिने ऋषि पञ्चमी पर्वमा दिइने बिदा कटौती गर्नु पर्छ
~~~ ००० ~~~

२५ आषाद १९७७ मा सनातनी नेपाली महिलाहरुले उन्मुक्ती पाएको चरम हिंसाको सती प्रथाका नाममा जिउँदै चितामा जलेर आफ्नो देह भष्म गर्नु पर्ने बाध्यता पछिको महिला हिंसाको अर्को चरम हिंसाको एउटा रुप छाउपडी (छौपदि ) प्रथा हो । छौउपदी भन्नाले नारिहरुको महिनावारी हुँदा धार्मिक सङकुचित मानसिक्ताका कारण महिलाहरुले छोइछिटो बाट वच्न खास गरेर सुदुरपश्चिम नेपालका जिल्लाहरुका महिलाहरुले आफ्नो घर बाहिर गोठ वा कटेरोमा बस्नै पर्ने बाध्यतात्मक अवस्था हो । सुदूरपश्चिममा महिला महिनावारी हुने प्रक्रीयालाई छाउ वा छाउन हुने भनिन्छ । मानव सृस्तिकालागि नारिलाई पूर्णता दिन प्रकर्तिले अनिवार्य व्यवस्थ गरिएका मासिक रुपमा शृंखलाबध्द हुने शारीरिक प्रकृया नै महिनावारी हो अर्थात मासिक स्राव हुन् । महिलाको महिनारीलाई पुरातन समाजले नछुने र पर सरेकी तथा छुन नहुने भनेर चित्रणा गर्दै सङ्कीर्ण मनस्थिती बाट पुरातन संस्कारकारुपमा लिईन्दै आएका छन् । सामान्यतयाः महिनावारी र नछुनेलाई एउटै मान्ने गरिए तापनि यी दुई भिन्न हुन् । महिनावारी जैविक विषय हो, जुन महिलालाई जन्मजात नै प्राप्त हुन्छ । नछुने चाहिँ समाज निर्मित विषय हो, जसलाई पितृसत्तात्मक समाजले महिलामाथि थोपरेको एउटा कुसंस्कार हो ।
गाउँ घरमा मात्र हैन देशकै राजधानी काठमाण्डौका शिक्षित र सभ्य घर परिवारमा समेत आज पनि महिलाको महिनावरीमा छोइछिटो बार्ने चलन कायमै छ । यो नछुने बार्ने चलन जनजातिमा भन्दा ब्राम्हण, क्षेत्री, मगर र ठकुरि समाजमा कढाईका साथ धर्म संस्कारका रुपमा अंगाली आएको देखिन्छन् । रज्वाश्ला तथा सुत्केरी भएका बेला छाइछुइ गर्न नहुने, यसो गरे देवता रिसाउने र पाप लाग्ने आदि धार्मिक अन्ध/विश्वास रहदै आएको पाइन्छ । घार्मिक भाषामा महिनावारीलाई मासिक धर्म भनिन्छ । महिलाहरुको मासिक स्रावलाई नछुने वा छुन नहुनेकारुपमा मान्ने चलन अन्य क्षेत्रमा भन्दा सुदूरपश्चिमका अछाम, बाजुरा, बझाङ, डोटी, दार्चुला, बैतडी, डडेलधुराका ग्रामीण क्षेत्रमा चरम हिंसाका रुपमा महिलाहरुले भोग्दै आएका छन् ।
महिलाहरूले रजस्वला र सुत्केरी भएका बेला घरका कुनैपनि सरसामान छुनु हुँदैन भन्ने अन्धविश्वास कायम छ। त्यसैले यस्तो बेलामा सुत्केरी वा रजस्वला भएकी नारीलाई घरभन्दा केहीपर बनाइएको झुपडीमा बस्न लगाइन्छ। यस्तो गोठलाई ‘छाउपडी ‘ भनिन्छ। यस क्षेत्रका महिलाहरुले महिनावारी भएका समयाअ मात्र हैन सुत्केरी भएका समयमा समेत छोइछिटो बार्न घर परिवार भन्दा पर गाई गोठ वा झुपडिमा, कटेरोमा बस्नु पर्ने बाध्यता छन् । छुई अथवा छाउपडी, महिला सुत्केरी भएको अथवा महिनावारीमा उनीहरूलाई कसैले छुन नहुने र घर परिवारदेखि अलग्लिएर बस्नुपर्ने परम्परा हो। यो प्राचीनकालदेखि नै चलिआएको बताइन्छ। मुलुकका अन्य जिल्लाका अतिरिक्त मध्य तथा सुदूरपश्चिम पश्चिम नेपालका विकट पहाडी जिल्ला जुम्ला, कालिकोट, दैलेख, डोल्पा, बझाङ, अछाम र बाजुरालगायतका दुई दर्जनभन्दा बढी जिल्लामा यो प्रथा कायमै छ। छुईका कारण अलग्गै बसेका बेला महिलाहरूमा पटक-पटक अप्रीय घटना हुन थालेपछि यहाँका महिला चिन्तित छन्। विशेषगरी बाहुन, क्षेत्री, मगर, ठकुरी परिवारका महिंला यो परम्पराबाट पीडित छन्। सुत्केरी भएको २२ दिनसम्म र महिनावारी भएको नौ दिनसम्म घरदेखि टाढाको छाप्रोमा बस्नु पर्ने हुन्छ।
छाउपडीमा बसेका महिलाहरु बलाकृत भएको, सर्पले ड्सेर मरेका तथा जङ्गली जनावर बाट आक्रमणमा परेर अकालमा मर्नेको घट्नाहरु यहाँ धेरै छन् । महिला अधिकार कर्मिहरु छाउपडी प्रथाको अन्त्य गर्न छाउगोठ भत्काउने अभियानमा लागि परेका छन् भने सरकारी तर्फ बाट पनि यस प्रथाको अन्त्य गर्न यसको बिरुध्दमा समाजमा जनचेतना जगाउने तर्फ लागेको छन् भने
सर्वोच्च अदालतले २०६३ सालमै छाउपडीलाई कुप्रथा मान्दै त्यसलाई निर्मूल पार्न सरोकारवाला सबैलाई आदेश दिएको भएता पनि अझै महिलाहरु छाउगोठमा बस्न बाध्य छन्।
राजधानी लगायत शहरका शिक्षित महिला तथा महिला अधिकार कर्मिहरु यकातिर छौपडी प्रथा अन्त्य गर्न लागि परेका छन् भने त्यही शिक्षित महिलाहरु भाद्र शुक्ल पक्ष पञ्चमिका ( ऋषि पञ्चमी) दिन सप्तऋषिको ब्रत उपासनस गर्दै मासिक स्रावका समयमा हुने जानी नजानी हुने भए गरेका छुवा छुतको प्रायश्चित गर्दै नाच्दै रमाउँदै ऋषि पञ्चमी पर्व बदो हर्षौल्लासले मनाउँदै आएका छन् भने राज्यले पनि सो दिन महिलाहरुलाई सार्वजनिक बिदा दिंदै आएका छन् । एकातिर छाउपडी प्रथा अन्त्य हुनु पर्छ भन्दै अभियान चलाउने अर्को तर्फ छाउपडीमा बस्नु पर्ने कारकका रुपमा रहि आएको महिलाको मासिक स्राबका समयमा यत्र तत्र छुन नहुने जानि वा नजानि छुएको भएमा प्रायश्चित गर्नै पर्ने भन्ने धर्म र शास्त्र्गत मान्यता रहेको देखाउन राज्यले नै ऋषि पञ्चमी पर्वमनाउन सार्वजनिक बिदा नै दिने कार्य छौपडी प्रथाको अन्त्य हुनु पर्छ भन्ने महिला अधिकार कर्मी र राज्यको छौपडी प्रथामा दोहोरो चरित्र राखेको देखिन्छन् । आधुनिक्ताले प्रबेश पाएका शहरका अधिकांस घर घरमा परिवारका ला!गि छुट्टा छुट्टै बस्ने सुत्ने कोठाहरुको व्यवस्था हुने भएकाले घरका महिलाहरुका महिनावारी याने मासिक स्राव हुँदाका समयमा खासै अफ्त्यारो परिस्थितिको सामना गर्नु पर्दैनन् तर दुर्गम जिल्लाका गाउँघरमा शहरका जस्तै ठूलठूला घर नहुने भएकाले सानो घरको एउटै कोठामा
अन्य परिवार संग महिलाहरु बस्नु पर्ने बाध्यता हुन सक्छन् । घरको त्यस्तो परिस्थितिको अवस्थामा महिलाहरुको महिनावारी हुँदा भएका घरका कोठामा यथास्थितिमा बस्न पक्कै पनि अफ्थ्यारो महसुस भएकै हुन्छन् । गाउँ घरको समाजमा शहरका मानिसमा भन्दा अलि बधिनै पुरातन सोच विचार स्वभाबत रहेकै हुन्छन् । यस्तो अवस्थामा शहरका आधुनिक विचारका शिक्षित र सभ्या समाजका महिलाहरु मासिक स्राव भएको समयमा हुने गरेका छुवाछुतको प्राश्चित गर्न ऋषि पञ्चमिको व्रत उपासना गरेर आफुले पाप कर्म गरेको हुन सक्ने अनुमानका आधारमा पाप मोचन धर्म गर्छन् भने गाउँघरका पुरातन सोच अनि कम शिक्षित समाजका व्यक्तिले त: झननै संम्भावित पाप बाट वच्न प्रयास गर्ने नै भयो।
ऋषि पञ्चमी पर्व तिज ( हरितालिका) पर्व पछिको सनातनि नेपाली नारिहरुको दोस्रो ठूलो महान पर्वका रुपमा खास गरेर बाहुन , क्षेत्री,मगर तथा ठकुरी आदि समुदायकाले अति हर्षौल्लासका साथ मनाउँदै अएका छन् । वास्तवमा भन्ने हो महिनावारि हुने स्त्रीलाई छुन नहुने भनेर धर्मले भनेको नै छैन । जब धर्मले नै महिलाको मासिक स्राबलाई छुन नहुने भनेका छैनन् भने ऋषि पञ्चमिमा सप्त ऋषि को व्रत उपासना गरेर प्रायश्चित नै किन गर्नु पर्‍यो ? जब सम्म ऋषि पञ्चमिमा व्रत उपासना बसेर सत्पऋषि लाई पुजा गरेर मासिक स्रावका समयमा हुने छुयकोलाई पाप सम्झेर प्रायश्चित गर्ने गर्छ अनि त्यसलाई राज्यले नै त्यस दिन महिलाहरुलाई सार्वजनिक बिदा दिएर मान्यता दिन्छ तब सम्म महिलाको महिनाबारी हुँदा छुन नहुने भन्दै महिलाहरुलाई छउपडी ( छौपडी) मा बस्नु पर्ने मान्यत दिइनै रहने छन् र यो छाउपडी प्रथा कायम नै रहने छन् । यदि साँचै नै राज्यले छौपडी प्रथा अन्त्य गर्न नै चाएको हो भने मासिक स्रावको समयमा छोयको पाप मोचन गर्न भनेर गरिने ऋषि पञ्चमिको ब्रतलाई मान्यता दिएर त्यस दिन सार्वजनिक बिदा दिनै हुन्न । हिजो सम्म दिइदै आएको बिदा अब कटौती हुनै पर्छ ।

No comments:

Post a Comment