Friday, September 21, 2018

सन्दर्भ क्रान्तीकारि सिकर्मी संघका बारे नबुझेको कुरा..

सन्दर्भ क्रान्तीकारि सिकर्मी संघका बारे नबुझेको कुरा..
~~~ ००० ~~~
एउटा राजनेतिक पार्टीको भातृ संगठनका रुपमा देखिएको एक संगठन ” क्रान्तिकारी सिकर्मी संघ ” कुन बर्ग समुदायको संगठन हो ? बुझ्न गारो भो । यो संगठन सिकर्मी पेशामा लागेका पेशागत बर्गको संगठन हो भने ” क्रान्तिकारी सिकर्मी व्यावसायिक संघ ” हुनु पर्ने हो , हैन यो संघ परम्परागत सिकर्मी पेशामा लागेका जातिय सगठन हो भने त्यस संगठन भित्रका ससदस्यहरु सिकर्मी, कर्मी, स्थापित, बाराही र शिल्पकार आदि जातिय समुदायका व्यक्तिहरु मात्र हुनु पर्ने हो हैन र ?
क्रन्तिकारि सिकर्मी संघ र सिकर्मी संघ भनेको हात्ती र हात्तिछाप चपल उस्तै .. उस्तै हो नानू भनेर एउटा चपल निर्माण व्यावसायिक कम्पनिले बहु मूल्य दाह्रा भएको विशाल जन्तुलाई मानिसको पाउकोष संग तुलना गरेर विशाल हात्तिको पहिचानमा नै प्रहार गरे जस्तै त हैन?
प्राचीन नेपालको नेपालमण्डलमा बस्ने आदिबासी जनजातिहरु मध्यका प्राचीन समय देखि नै काष्ठ सम्बन्धी काम गरि आएका नेवा:हरुले आफ्नो जातिय पहिचान परम्परागतरुपमा सिकर्मी, कर्मी, स्थापित, बाराही, र शिल्पकार आदि थर लेख्दै आएर आफ्नो मौलिक जातिय पहिचान दिंदै आएका छन् । यी सिकर्मी,कर्मी, स्थापित, बाराही वा शिल्पकार आदि थर लेखेर काष्ठ सम्बन्धी कान गर्ने नेवा:हरुले पृथक पृथक थर लेखी आएतापनी वास्तवमा नेवा:भित्रको एउटै जातिए बर्ग समुदाय नै हुन् । त्यस्तै यिन्हरुले आफ्ना कुल बाट आएको काष्ठ सम्बन्धी कार्यलाई पेशाकारुपमा नआङ्गलि अन्य कुनै पेशामा लागि आएतापनी उनिहरुको जातिए समाज र जातिए संघ संग अलग रहन सकिन्दैनन् र अलग रहेका पनि छैनन् ।
प्राचीन काल देखि आफ्ना यी थर राखेर आफ्नो जातिए पहिचान दिंदै आएका समुदाय बाहेक अन्य नेवा: वा गैह्र नेवा:हरु मध्यका केही अन्यले पनि पुस्तौ पुस्ता देखि काष्ठ सम्बन्धी नै काम गर्दै आएको देखिए तापनी उनिहरुले आफ्नो परम्परा कै कुल अनुसार कै जातिए पहिचानको थर उल्लेख गर्दै आएका स्पस्त नै यहाँ हामी देख्न सक्छौ । पेशागत काष्ठ सम्बन्धित कार्य गरि पेशा अपनाई आएकाहारुका आआफनै जातिय समाज तथा संघ रहेका प्रस्तै देखिन्छन् नै । 
कसैले आफ्नो जातिय कुल अनुसार आएको पेशागत काम भन्दा बाहिर गएर अन्य जातिय समुदायको कुल परम्पर बाट आएको पेशालाई अङ्गालदैमा उसको व्यावसायिक पेशागत संघले आफ्ले व्यवसाय गर्दै आएको कार्यको परम्परागत जातिय मौलिक पहिचान्मा नै अतिक्रमण र आक्रमण हुने गरि कुनै संघ गठन गर्नु सामाजिक मर्यादा बिपरी हुन् । त्यस्तै आफ्नो जातिय मौलिक पहिचान बिपरित खडा भएका संघमा आबद हुनु पनि आफ्नो जातिय मौलिक पहिचनको तथा सामाजिक मर्यादा बिपरित नै हुन् । यस्तो अवस्था पनि कुनै राजनेतिक दलले एउटा जातियताको मौलिक पहिचानमा नै अतिक्रमण तथा आक्र्मण हुने किसिम बाट कुनै भातृय संगठनका रुपमा कुनै संघ अगादी ल्याउनु उचित छैनन् । क्रान्तिकारी सिकर्मी संघका वारेमा भन्नू पर्दा वास्तबमा त्यो संघ सुध्द जातिय परम्परा बाट आएका काष्ठ सम्बन्धी पेशा संग सरोकार रहेको देखिन्दैन । त्यस्तो अवस्थाम त्यो संघ ” क्रान्तिकारि सिकर्मी व्यबसायिक संघ ” हुन सक्लान् तर क्रान्तिकारी सिकर्मी संघ हुन सक्दैनन् ।
अत: क्रान्तिकारी सिकर्मी संघ र त्यसका मातृ पार्टीले त्यस तर्फ गहन विचार गरि माथी उलेखित संघको नामकरणमा पुनरविचार गर्नु नै उपयुक्त छ भन्ने देखिन्छन् ।सन्दर्भ क्रान्तीकारि सिकर्मी संघका बारे नबुझेको कुरा..
~~~ ००० ~~~

No comments:

Post a Comment