Wednesday, September 12, 2018

बागेस्वरी महादेव तथा बिरा घाट त्रीवेणी धाम तिर्थ परिचय

बागेस्वरी महादेव तथा बिरा घाट त्रीवेणी धाम
तिर्थ परिचय


~ प्रकाशमान शिल्पकार

      सिता, जनक अनि बुध्द जस्ता अति पुजनिय महान व्यक्तिहरु जन्मेको यो पावन भूमी हिमवत्खण्ड नेपालमण्डलमा धार्मिक महत्वका अन्यकौं तिर्थस्थलहरु रहेको वैदिक सनातनी धर्म शास्त्रहरुमा उल्लेखित गरेको पाईन्छन् । यस पावन भूमिमा रहेका धार्मिक दृष्टिले अति मत्वपूर्ण रहेका कतिपय तिर्थस्थलहरु प्रचार प्रसारका अभावमा ओझेलमा पर्दै लोप नै हुने स्थितिमा पुगेका छन् । ओझलमा पर्दै लोप हुने अवस्थामा पुगेका धार्मिक पूण्य तिर्थस्थलहरु मध्यका एक तिर्थस्थल बागिस्वरीको विरा घाट त्रीवेणी धाम पनि एक थिर्थ हुन् ।
       बिरा घाट त्रीवेणी तिर्थ हिमवत्खण्ड नेपालमण्डलको महमण्डलेस्वर पहाड( रत्नचुड पर्वत )को काखमा अवस्थित अनि आजको संघिय गणतान्त्रीक नेपालको  ३ नं प्रदेश बागमती अंचल भक्तपुर जिल्ला चांगुनारायण नगरपालिका वडा नं ७ मा रहेको छ । यस बिरा घाट त्रीवेणि पूण्य तिर्थमा बागेस्वरी महादेव तथा बिरा घाट त्रीबेणी तिर्थस्थल रहेको छ । आज भोलि यस स्थानलाई बागेस्वरीले नामले चिनीन् छ्न् ।
      यसै विरा घाट त्रीवेणी तिर्थमा प्राचीन कालमा कुख्यात रत्नाकार डाँकु नारदमूनिले दिनु भएको " राम" मन्त्र जप्दै तपस्या गरेर शिध्दी प्राप्त गर्नु  भई रत्नाकार डाँकु बाट बाल्मिकि ऋषिमा रुपान्तरित हुनु भई भक्तपुरकै हनुमान घाट( ख्वरे) हनुमन्ते खोलामा ( यो हनुमन्ते खोला बागेस्वरी बिरा घाट त्रीवेणिको खोला बाट बगेको हो  यश हनुमान घाटमा पनि बागेस्वरीमा जस्तै एउटा छुट्टै धार्मिक महत्व रकेको विरा, भद्रा र तमसा नदि रहेका छन् )मा बसेर दशरथ नन्दन् राम जन्मिनु अगावै दिव्य दुरदसिताले रामायणको रचणा गर्नु भएका कुरा नेपाल महात्मेमा उल्लेखित गरेको पाइन्छन्
       नेपाल महात्मेमा उल्लेख भए अनुसार  दोलागिरी पर्वतको आग्ने कोणमा विरा नदि र भद्रा नदि नामक दुई नदिहरुको संगम स्थलको दोभानमा तेजस्वी ऋषिमुनिहरु बाट नदिहरुमा सर्वश्रेष्ठ भएकी तमसा नदिलाई तपशक्ती बाट आह्वान गरि गुप्तरुपमा गंगा बहण हुने गरि त्रीवेणि धामको रुप दिनु भएको र पछि यश त्रीवेणि धाममा घटोत्कच, आदि जस्ता तपोवलका हजारौ ऋषिमुनिहरु आई तपस्या गति सिध्दी प्राप्त गरेको भन्दै बागेस्वरी महादेव र विरा घाट त्रीवेणी धामको महिमा उल्लेखित गरेको पाईन्छन् ।
       विद्या शुभारम्भ गर्दा गुरु बाट प्रदान गरिने पहिलो वाक्य " ॐ नम: बागिस्वराय " का बिज्ञ गुरु महामञ्जुश्री तिवतको ल्हासा बाट भूमिगत मार्ग हुदै नेपालमण्डलमा आगमन हुँदाका मूलद्वार गुफा यसै पर्वतमा रहेकाले र प्राचिन कालमा कुख्यात रत्नाकर डाँकुले व्रम्हा पुत्र नारदमुनी बाट पाएको  " राम " नामको गुरु मन्त्र जप गर्दै तपस्या गरेर सिध्दी प्राप्त गर्नु भएर महर्षी वाल्मिकिका रुपमा सिध्द हुनु भएको स्थल भएर समेत पनि यश पावन स्थलको नाम बागेस्वरी हुन गएको सम्भाभना देखिन्छ ।
        वैदिक सनातनी धर्म संस्कार अनुसार गुरुलाई सम्मान प्रदान गर्ने पर्वकारुपमा सनातन देखि चल्दै आएको आषाद गुरु पूर्णिमा ( दिला पून्ही) मा यस बागेस्वरी विरा घाट त्रीवेणी धाममा स्नान गरि बागेस्वरी महादेवको दर्शन गरेमा  ( वाल्मीकि ऋषिले स्थापना गरिएको शिवलिङ्ग भएर बागीस्व महादेव भनेका हुन् । बागीस्वर महादेवको दर्धन गर्नाले वाणीको ऐस्वर्य बढ्ने छ । आषाद पूर्णिमा ( गुरु पूर्णेमा) कादिन दर्शन गर्नाले अक्षय स्वर्ग प्राप्ती हुनेछ ।
नेपालमहात्मय् तृतिय अध्याय्   स्लोक नं ।। १९-२० ।।)
अक्षय फल प्राप्त हुन्छ भन्ने धार्मिक आस्था र विस्वास रहि आएको पाईन्छ न् । सायद यसैले नै पञ्चाङ्ग ( पात्रमा ) गुरु पूर्णिमाका दिन भक्तपुरको विरा नदिमा स्नान गर्ने भन्ने समेत चाद पर्व विवरणमा उल्लेखित गर्दै आएको पाईन्छन् । प्रचार प्रसारको अभाभमा यस तिर्थस्थलको महिमा र महत्व धर्म शास्त्रहरुमा मात्र  सिमित हुँदै गई पूण्य तिर्थस्थल नै ओझलमा पर्दै लोप नै हुने स्थितिमा पुगेको अवस्था छ । यस तिर्थस्थलको र यहाँको महिमाका बारेमा व्यापक प्रचार प्रसार गर्न सकियमा आन्तरिक तथा बाहिय धार्मिक पर्यतकहरुलाई आकर्षित गर्न सकिन्छन् ।
        यस बागेस्वरी विरा घाट त्रीवेणी धामको पूर्व तर्फ यसै पर्वतको काखमा विद्या शुभारम्भ गर्दा गुरु बाट प्रदान गरिने पहिलो वाक्य " ॐ नम: बागिस्वराय " का बिज्ञ गुरु तथा प्राचीन नेपालका निर्माता महामञ्जुश्री तिवतको ल्हासाबाट भूमिगत मार्ग हुँदै आगमन हुनु भएको भूमिगत मार्गको गुफाको द्वार ( पाक्व) रहेको छ । जसलाई स्थानियहरुले ल्हासा पाक्व ससुद्य: (सस्युुुुद्यः) भनि अति सम्मानका साथ पुज्दै आएको पावन स्थल रहेको छ । त्यस्तै यस पर्वतमा बागेस्वरीको अलि माथी उतर पश्विममा बागेहिटी रहेको छ । यो बागेहिटी माछाको मुखको आकारको धुङ्गे धाराबाट पानी अविरल आईरहेको छ भने यस बागेहिटी परिसरमा करिव १४ सय वर्ष अगावैको त्रीशिवलिङ्ग छ जुन एक शिवलिङ्ग माथी अर्को शिवलिङ्ग र त्यसमाथी अर्को शिवलिङ्ग खप्टिएयर रहेको त्रीशिवलिङ्ग हेर्न देख्न सक्छौ ।
      बागेस्वरी विरा घाट त्रीवेणी धाम जानका लागि काठमाण्डौको गोङ्गबुँ नयाँ बसपार्क बाट चाबहिल भक्तपुर, कमल बिणायक भएर बागेस्वरी हेल्पोष्ट सम्म जाने रुट बस पाईन्छन् । बागेस्वरी हेल्थपोष्ट बाट करिव पाँच मिनट उकालो चरे पछि यो धाममा सहजै पुग्न सकिन्छन् । निजि सवारी साधन हुने हरुका लागि भक्तपुर कमल बिणायक हुँदै नगरकोट जाने ( मुलाँलाये) बाटो हुँदै बाँसवारी खाने पानी पोखरी बाट ठिक दक्षिण तर्फको सानो सडक बाट दसमिनटमा नै सहजै पुगेर यस बागिस्वरी विरा त्रीवेण धाम र बागेस्वरी महादेव लगायत यश क्षेत्रमा रहेका अन्य मन्दिरहरुको दर्शन तथा अवलोकन गर्न सकिन्छ ।

No comments:

Post a Comment