Sunday, August 7, 2016

सनातन धार्मिक कार्यमा " गोदान "

सनातन धार्मिक कार्यमा " गोदान "
प्रकशमान शिल्पकार
       याने गाई सनातन धर्ममा महत्वपूर्ण स्थान ओगटेको पाईन्छ । सनातन धर्म भन्नाले पृथ्विको शृष्टिकाल देखि नै मानी आएको धर्मलाई सनातन धर्म भनिन्छन । यो सनातन धर्म अन्य धर्महरु जस्तो कुनै महान व्यक्ती विषेशले प्रतिपादन गरिएको धर्म नभै पृथ्विको सृष्टि संगै चली आएको धर्म हो । ब्रम्हस्वपिणी कामधेनु गाई पनि पृथ्विको शृष्टिकाल देखि नै सृष्टि भएको हो भन्ने बेदको स्लोकहरुमा रहेका छ भनी बेदका ज्ञाताहरु बताउँन्छन । पृथ्विको शृष्टिको धेरै काल पछि क्षिरसागर मन्थन हुँदाका समयमा सागर वाट अ्रितको साथसाथै यी नै कामधेनु गाईका सन्तानहरु - नन्दा, सुभद्रा, सुरभि, सुशिला र बहुला नामक पाँच गाईहरु उत्पन्न भएका थिए । यी पाँच गाईहरु देव दानवको सहमतीमा जमदग्नी, भारद्वाज, बषिष्ठ, असित र गौत्तम ऋषिलाई जिम्मा दिएका थिए । पृथ्विमा जति पनि गाईहरु छ्न ती सवै यिनै पाँच गाईका सन्तती हुन भन्ने शासस्तृय कथन रहेको पाईन्छन ।
      गाईको पूरा शरीरमा तेतिस कोटि देव देवताहरु आशृत हुने भन्ने धार्मिक मान्यताका कारणले यिनको दर्शन मात्रले पनि सवै देव देवताको दर्शन मिल्द छ भन्ने शास्तृय भनाई छ । गाईको दूध र घ्यू जति स्वास्थ्य बर्दक छ त्यति नै धार्मिक तथा पित्री कार्यमा त्यति नै पवित्र र महत्व्पूर्ण मानिन्छन । त्यति मात्र हैन गाईको मल ( गोबर ) र मुत्र ( गौत ) ले अनेकौ रोगका कीटाणु तथा रोग समेत नाश हुन जान्छ । गोबर र गौत धार्मिक तथा पित्री कर्य लगायत सनातन संस्कारहरुमा अती आवश्यक्ताका साथ प्रयोग गर्दै आएको छ । त्यसैले गाईलाई लोकमाता अर्थात गौमाता भनी अति श्रध्दा र भक्तिका साथ पुज्दै आएका छन । हाम्रो देशले त गाईलाई राष्ट्रीय सम्मान नै दिई राष्ट्रीय जनावरका रुपमा सम्मान गरिराखेका छन । लोक परलोकमा अति पुजनिय गाई ब्राम्हणलाई वैदिक निधिपूर्वक दान गरिएमा आफ्नो जिवनमा जानी नजानी भए गरिएका समस्त पाप कर्महरु नाश हुन गै शरीर शुध्दिकरण भै अन्त्यमा बैतरणी समेत पारहुने छ भन्ने सनातन धार्मिक मान्यता र विश्वासका साथ गाईदान अर्थात गोदान गर्ने धार्मिक पम्परा र संस्कृती रहेको पाईन्छन ।
     धार्मिक शास्त्रहरुमा उल्लेखित भएअनुसार दैनिक गरिने पुजा बाहेक अन्य कुनै पनि धार्मिक कार्य गर्नु अगादी र पछादी गरिने गोदान समेत गरि विभिन्न अवस्थामा गोदान गर्ने गरिएको पाईन्छन । धार्मिक कार्य गर्दा सर्व प्रथम जजमानले आफ्नो तन, मन र वचनलाई शुध्दिकरण गरि आफुले गर्न लागिएको धार्मिक कार्य गर्न आफुलाई पवित्र गरि आफुलाई योग्य बनाउन आवश्यक हुन्छ्न । आफुलाई शुध्दिकरण नगरी गरीयका कार्यले पूर्णता पाउन सक्दैनन अर्थात गरीयका कार्य फलदायी हुन सक्दैनन भन्ने शास्तृय कथन रहेको पाईन्छन । त्यसैले आफुले गर्न खोजेको कार्यले पूर्णता पाउन भन्ने उद्देश्यका साथ आफुले जिवनमा जानी नजानी गरीयका गल्ती, त्रुती एवं पापकर्महरुको प्रायश्चित गरि आफ्नु तन , मन र वचनलाई शुध्दिकरण गर्न सनातन धार्मिक मान्यता अनुसार ब्राम्हनलाई विधिपूर्वक गाईदान गर्नु नै " गोदान " हो ।यस कार्यलाई प्रायश्चित गोदान भनिन्छ्न ।
      गोदान गर्ने जजमान नुहाई धुवाई गरि चोखोनित्य भै गोदान गर्न आवश्यक सामाग्रीहरु - गाई अथवा गाईको मूल्य कल्पना गरि रुपैयाँ र सो रुपैयाँ राख्न एउटा दुनो ( बोहोता ) , जौ, कालो तिल, कुश( भाद्र कृष्ण आमावस्यका दिन विशेष मन्त्र उचस्रण गरि काटेर ल्याई राखेको तृणा जातिको एक प्रकारको पवित्र घाँस ) , कर्म पात्र(तामाको पात्र), सामान्य पुजा सामाग्री सहितको थाली र आवश्यक दक्षिना लगायतको व्यवस्था गरि एकजना गोत्रावली समेतको राम्रो ज्ञान भएको कर्मयोगी ब्राम्हण बाट वैदिक मन्त्र उचारन गराई सर्वप्रथम ब्राम्हणले कर्म पात्र ( तामाको पात्रम जल र कुश राख्ने ) बनाएपछी जजमानले कर्म पात्रमा पुजा गरि कुशको औथी लगाउने अनि क्रमस दुनामा पवित्र जल र गाईको मूल्य कल्पना गरि रुपैयाँ राख्ने, गाईको पुजा गर्ने, ब्राम्हणलाई टीका लगाई दिने , गाईको पुच्छर संझेर तरपण गर्ने, गाईको कल्पना गरि राखियको रुपैयाँको दशभागको एक भाग रुपैयाँ भुईमा राखी दान प्रतिस्था गर्ने अनि जलले गाईलाई परिक्रम गरि ब्राम्हणलाई गाई हस्तान्तरण गर्ने( गाईको प्रतिक रुपैयाँ राखेको दुना ब्राम्हण तर्फ सार्ने ) र अन्त्यमा दुनामा रहेको जलले शान्ती वाचन सहित जजमानलाई ब्राम्हणले अभिषेक गरीए पछि गोदान वा प्रायश्चित गोदान गर्ने कार्य समाप्त भएको मानिन्छ्न ।
अघि गोदान गर्दा सजिव गाई नै दान गरीने परम्परा भएता पनि अहिले गाईको सट्टा गाईको मूल्य कल्पना गरि यथासक्य दुनामा रुपैयाँ राखी गाईका रुपमा दान गर्ने चलन चलेको देखिन्छन । अहिले कुनै जजमानले सजिव गाई नै दान गर्न खोजिएता पनि ब्राम्हण सजिव गाई दान लिन अनकनाउन्छन । गाई नै दान लिन्दा गाईलाई पाल्नु पर्ने भएकाले झन्झत बाट       अनुभवी जजमानहरुलाई गोदान किन र केकालागी गरीन्छ भन्ने जानकारी रहेतापनी आजका नयाँ पुस्ताहरुलाई खासै जानकारी भएको देखिन्दैनन । गोदान किनर केकालागी गरेको भनी सोढ्दा व्रत बस्दा गोदान गर्नु पर्छ भन्छ्न सबैले गर्छन त्यसैले हामिलेनी गरेको भन्ने जवाफ बाहेक अन्य जवाफ दिन सकेको देखिन्दैनन । कुनै पनि धार्मिक कार्य वा संस्कार गर्दा त्यस्को महत्व र विषेश्ता बुझेर गर्नु नै उपयुक्त हुन्छ । परम्परा र संस्कृती धान्न मात्र गरीने धार्मिक कार्य वा संस्कारले धर्म संस्कृतिमा पछी बिकृती नल्याउला भन्न सकिँनन ।
      आफ्नो कुल धर्म र संस्कृतिलाई राम्रो संग बुझ्नेहरु दशौ वर्ष सम्म बिदेषमा परधर्मको संगतमा रहेर आफ्नु जन्म भूमिमा फर्कना साथ प्रायश्चित गोदान गरि आत्मा शुध्दी गरी आफ्नो सनातन कुल धर्म र संस्कृतिको रक्षा गर्छन । तर नेपालमै बसि सनातन धर्म संस्कृतिको संरक्षनमा बसेर पनि परधर्ममा बिकेर धर्मान्तर हुनेहरु ले हाम्रो सनातन धर्म संस्कृतिमा बिकृती ल्याउने होडबाजी चलिरहेको वर्तमान अवस्थामा सनातन धर्म संस्कृतीमा आस्था र विश्वास राख्ने हामी जो कोहि नेपालीले आफ्नो धर्म संस्कृति बारे बुझ्ने, अरुलाई पनि बुझाउन प्रयास गर्नु उपयुक्त नै हुने छन । किन र केका लागि भन्ने नबुझिकन परम्परा धान्नलाई मात्र पुर्खाले गर्दै आएको धर्म संस्कारको अनुसरण मात्र गर्दै जाँदा धर्म नाश हुन जान सक्छन । " धर्म एव हातो हन्ती धर्मो रक्षती रक्षित: " अर्थात धर्मको नाश भएमा वा धर्मलाई हानी गरेमा हामीलाई नै हानी गर्दछ । तसर्थ आफ्नो र आफ्नो सनातन धर्म संस्कृती तथा संस्कार रक्षाका लागि महत्व र विषेस्ता बुझेर धार्मिक कार्य गर्नु नै उपयुक्त हुनेछन ।

झन्डा फहराईरहने लक्ष्मीनारायणको अभियान

झन्डा फहराईरहने लक्ष्मीनारायणको अभियान
प्रकशमान शिल्पकार
समाचारप्त्र १९ चैत २०७२
       राजधानिको पुरातात्विक हनुमाढोका दरवार क्षत्र लगायत संम्पदा क्षेत्रमा वर्षौ देखि आफू भन्दा निकै ठूलो चन्द्रसूर्य अंकित नेपालको राष्ट्रीय झन्डा फहराउँदै बस्ने व्यक्ती को हो ? भन्ने धेरैलाई खुड्डुली लागेको हुन सक्छ ।
०१३ सालमा भक्तपुर १३ लाछी टोलमा जन्मनु भएका निज लक्ष्मीनारायण शिल्पकार पिता लक्ष्मीभक्त र माता रत्नमाया शिल्पकारका माहिला छोरा हुन । निजको पुर्खौली पेशा काष्ठ शिल्पिकला हुन ।भक्तपुर बाट बसाईसरी काठ्माण्डौ १४ कालिमाटीमा घरवार हुने निजका दुई छोरा र एक छोरी छन । पत्नी मैयाँ शिल्पकारको सात वर्ष आगादी अल्पाअयुमा नै निधन भैसकेका छन । लक्ष्मीनारायण शिल्पकार भक्तपुर रेडक्रसका उपसभापती सम्म भै रेडक्रस अंतर्गतकै दैवीक प्रकोप उद्वार समिती भक्तपुरका संयोजक समेत भै काम गरिसकेका सच्चा सामाजिक कार्यकर्ता तथा नेकपा एमालेका पूर्वसक्रीय कार्यकर्ता हुन । हाल निज कुनै पार्टिमा लागेको छैन ।
सूर्य शाहि
०६२/६३ को राजनितिक परिवर्तन संगै नयाँ नेपाल बनाई देशको काँचुली फेर्ने भन्ने तातकालिन मुद्दामा चन्द्रसूर्य अंकित झन्डा नै फेरिनु पर्छ भन्ने राजनैतिक पार्टीका केही नेताहरुको भनाइ थियो । यो कुरा चर्चामा आएपछी धेरै स्वाभिमानी नेपालीहरुको चित्त दुखेका थियो । झन्डा फेरीने कुराले अति नै चित्त दुखाउनेमध्यका एक बृध्द व्यक्ती काठमाण्डौको बशन्तपुर नौतले दरवारको अगादी दुई सिह संगै राखिएका " चन्द फ्लायग हाउस " कासंचालक चन्द्र मिलन शाहीका पिता सूर्य शाही पनि एक थिए ।
चन्द फ्लायग हाउस "का संचालक चन्द्र मिलन शाही
चन्द्र मिलन शाहीको झन्डा पसलमा निज लक्ष्मीनारायण शिल्पकार , म पंक्तिकार लगायत अन्य धेरै युवा एवं बृध्दहरुको जमघत भै देशको परिवर्तित राजनितिक अवस्थाका बरेमा चासोका साथ आ-आफ्नो तर्क बितर्क गरि बिष्लेसन सहित कुराकानी हुने गर्दथियो । त्यस ठाउँमा मानिसहरु भेलाहुनुमा एउटा कारण र्हियो पत्र पत्रीका पढ्ने हेर्ने । चन्द फ्ल्याग हाउसका संचालक चन्द्र शाहीले आफ्नै निजि प्रयासमा राष्ट्रीय स्तरका सात आठवटा पत्र पत्रीकाहरु सार्वजनिक रुपमा नै सवैले पढ्न पाउने गरि राखी कुर्सी समेतको व्यवस्था गरेका थिए । हामी दैनिक रुपमा बिहान बेलुका आ-आफ्नो फुर्सदको समयमा त्यस ठाउँमा जमघत हुन्थियौ र पत्र पत्रीकाहरु पढेर प्रकाशित समाचार बारे तथा बदलिन्दो राजनितिक अवस्थाको बारेमा निकै चर्चा परिचर्चा हुने गर्थ्यो ।
      ७० वर्ष नाघेका सूर्य शाही झन्डा किन्न आउने आफ्नो ग्राहक लगायतलाई त्यहाँ पत्रीका हेर्न जमघत भएका सवैलाई राष्ट्रीय झन्डा फेर्ने भन्ने बिषयमा आफुलाई अति नै चित्त दु:खेको र त्यस्को गुनासो पोख्थे । साथै युवाहरुलाई चन्द्रसूर्य अंकित झन्डाको वकालत गरि झन्डा फेर्ने बिषयमा बिरोधको आवाज उठाउन उ टाँसिदिन्थिय ।
लक्ष्मीनारायण शिल्पकार एक चेतनशिल राजनितिक कर्ताका साथै एक सामाजिक कार्यकर्ता समेत थिए । स्वभावत: उनको पनि चन्द्रसूर्य अंकित राष्ट्रीय झन्डा प्रती ठूलो आस्था,विश्वास र सम्नान थियो नै । भरखरै मात्र आफ्नो जीवन संगिनी गुमाएर बिरक्तिरहेका लक्ष्मीनारायण शिल्पकारजीलाई ब्रुध्दा सूर्य शाहीको चित्त दु:खाई र गुनासोले उनलाई पनि मनमा घच घचाई रहेको थियो । त्यसैले पनि उनले झन्डा पसलमारहेको आफू भन्दा ठूलो चन्द्रसूर्य अंकित झन्डा लियर फहराउँदै हनुमानढोका दरवार क्षत्रमा आएका बिदेशी पर्यतक लगायत नेपालीहरुलाई सो झन्डा सहित आफुलाई क्यामरामा कैड गराउन लालायित गराउँछन । पर्यटकलगायत नेपालीहरु पनि झन्डा पहउँदै गरेका लक्ष्मीनारायण शिल्पकारसंगै आफ्नी फोटी खिचाउँन लालायित हुने गर्छ्न ।
मलाई आज पनि संम्झना ताजै छ । त्यो के भने ने.सं. ११३२ को नव वर्षको उपलक्ष्यमा सदाझै बशन्तपुर बाट सुरु हुने शुभकाना( भिंतुना ) । त्यस ससंस्कृतिक र्यालिमा म लेखक पनि सहभागी थिएँ । शिल्पकार समाज नेपाल , कस्ठमाण्डौका संम्पूर्ण सदश्यहरु सहित हामी सवै यसै दुई सिंह रहेको स्थानमा भेला भै सांस्कृतिक र्यालीमा सहभागी हुन जाँदा निज लक्ष्मीनारायण शिल्पकार बिहान ७ बजे देखि नै झन्डा फहराउँदै फोटो खिच्न र खिचाउन बेस्त देखिन्थियो । त्यो दिन वहाँ र्यालीमा समेत सहभागी नभैकन नै साँझ सम्म झन्डा फहराउँदै पर्यतक तथा नेपालीहरुका साथ फोटो खिच्न खिचाउन नै ब्यस्त थियो । त्यस दिन मात्रै वहाँले आफ्नो हजारौ हजार फोटो खिचाए होलान ।
        जीवनसंगिनी गुमाएर बिरक्तिरहेका लक्ष्मीनारायण शिल्पकारलाई चन्द्रसूर्य अंकित झन्डा फराउँदै पर्यतकहरु संग बसेर आफ्नो फोटो खिचाउँन रमाउँदा रमाउँदै बिदेशिहरुले त्यसरीफोटो खिचायर आफुलाई विश्वसामु चिनाउने महत्वकांक्षा जागेको पत्तै भएन । तानमा बुनिएको नेपाली कपडाको दौरा सुरुवाल, इस्तकोट, भादगाउँले टोपीमा सजिएर आफ्नो लुगाको छतीमा चन्द्रसूर्य अंकित सानो झन्डा सवैले देख्न सक्ने गरि सिलाएर आफू भन्दा ठूलो झन्डा फहराउँदै घाम पानी, हावा हूरी केही नभनी दिनहुँ यसरी सम्पदा क्षेत्रमा देखिन्छ्न । यसै क्रममा राष्ट्रीय झन्डा नचिन्ने नेपालीहरु पनि फेला पर्दा ज्यादै दु:ख मान्दै उनले एउटा अठोट गरे - " म सवै नेपालीलाई राष्ट्रीय झन्डा चिनाउने काम गर्छु " । यसै अठोट र भावनाका साथ दत्तचित भएर लक्ष्मीनारायण शिल्पकार आफ्नो ज्ञान र क्षमताले भ्याए सम्म चन्द्रसूर्य अंकित देशको राष्ट्रीय झन्डा समस्त नेपालीलाई मात्र चिनाउने होइन कि राष्ट्र र नेपालको राष्ट्रीय झन्डालाई विश्वसामु चिनाउने जमर्कोका साथ देशव्यापी दौडाहामा हुनुहुन्छ । यो अठोट र अभियान बाट एक दिन उनको मह्त्वकांक्षा पुराहुने विश्वास गर्न सकिन्छ ।नेपाल र नेपालको राष्ट्रीय झन्डालाई विश्वसामु चिनाउन सफल हुने नै छ्न । उनको अभियान सफल होस यही नै हामी नेपालीको कामाना छ ।

सडक विस्तार मात्रै समाधान होइन

सडक विस्तार मात्रै समाधान होइन

प्रकाशमान शिल्पकार

नेपाल समाचारपत्र
१२ बैशाख २०७३

काठमाण्डौ बाहिर बाट भित्रीयका केही मानीसहरुले यहाँका प्रति जग्गामा कब्जा गर्दै सुकुम्बासीको प्रभुत्व जमाउँदै जगा धनी पुर्जा माग गर्दै यहँका बासिब्दा बन्दै गएका छन भने अर्को तर्फ यहाँका रैथाने बासिन्दाहरुको घरमा सरकारले बुल्डोजर चलाएर सुकुम्बासी बनाउँदै छन।
महाभुकम्प २०७२ ले थल थल बनाएको सडक, बाटोका जोडियका कुनै घर पुरै त कुनै आंसकिक रुपमा भत्काउँदै सडक विस्तार गर्ने कार्य सरकारले तिब्र बनाएको छ । महाभुकम्पले पुर्यायको चोतको खत निको नहुँदै यहाँका सडक बाटोमा जोदिएका सडक विस्तारले अर्को चोट पुर्यायको छ । उहिले बुढापाकाहरु सडक चेउछाउमा घर बनाउन हुँदैन भन्थे ।साँचै नै आज सडकचेउचाउका घरफ्हनिहरु सधैं त्रसित रहनुपर्ने अवस्था काठ्माण्डौ उपत्यकामा देखिन थालेको छ । सर्स्कारले कुन बेला सडक विस्तारका नाउमा आफ्नो घरइ स्वाहा पार्ला भनेर चिन्ताग्रस्त देखिन थालेका छन यहाँका बासिन्दा ।
नेपालको जनसंख्या लगभग तिनकरोद पुगिसकेका छन । जनसंख्या बृध्दी संसंगै आवासिय जमिनहरु घट्दै छन । आवासिय जमिनको अभावमा कृषि योग्य जमिन आवासियमा परिनत हुँदै छन । देशभरिका जनसागर काअठमाण्डौ उपत्यकामा नै जम्मा हुँदै गैइरहेका छन । यो लेखक सानू छँदा हिन्दी चलचित्रमा दिल्लि र बम्बैको दृस्यमा मानिसहरुको घुइच्व देख्दा अचम्म लग्थियो । आज आफ्नै देसको राजधानिमा देखिन थाली सकेका छन । समयले कोल्टी फेरिसकेका छन । बाहिरी जिल्लाबाट राजधानिमा आउने जनसागरको बाढीलाई अब पनि नियनत्रण गरिएन भने आधारभूत आव्श्यकताको अभव भैइ काठ्माण्डौ उपत्यकामा जटिल समस्या आउनेछ ।
२०३२ सालतिर खेती योग्य जमिन ह्द्पेर काठमाण्डौम चक्र पथ निर्माण गरियो । आज त्यही चक्र पथ मात्र्स नभएयर अन्य सडक पनि साँघुरो हुदै अपुग भैसकेकको अवस्थालाई सवैले स्विकार गरिसकेका छन । यसलाई मनन गर्दै सरकारले पनि दोस्रो चक्र पथको निर्माणको योजना अघिसारिसके छ । अन्य सडक गल्ली बाटोमा परेका घरहरु भत्काउँदै बाटो फराकिलो गर्ने काम गरिसकेको छ । अहिले सरकार्ले गर्न लागेको सडक विस्तारको आयु पनि १५-२० वर्षबन्दा बढी हुनेछैन । त्यो समयमा सडक पुन: साँघुरिनेछ । फेरि जनताले दु:ख गरि बनाएको घर भत्काएर बाटो फराकिलो गर्नुपर्ने अवस्था आउनेछ ।
कुनै पनि समस्याको समाधान गर्दा यो समस्या के कति कारणबाट उत्पन्न भयो भन्ने तर्फ गहिरेर सोच विचार गरी मूल जडमा नै सुधार हुने गरी समाधान गर्नु बुध्दिमानी हुनेछन । ताकी भविष्यमा त्यस्ता समस्याको पुनरावृती हुने अवस्था उत्पन्न नै नहोस ।
काठमाण्डौ उपत्यकामा बिजुली, खाने पानी, सडक, बाटो तथा आवासको बिकराल समस्या हुँदा हुँदै पनि बाहिरी जिल्ला बाट आउने जनसागरको बाढीले निरन्तरता पाई नै रहेका छन । नयाँ,, नयाँ मोडेलका सवारी साधन भित्रीरहेका छन । उपत्यकाबासि आफैले आफ्नो घर आगन, गल्लि बाटो सडक गल्लिमा सवारी साधनहरु हुँक्यायेर बाटो साघुरो गर्दै खुम्चाउँ दै छन । यहाँका रैथानेहरु धमाधम बिस्थपित हुन थालेका छन भने बाहिर बाट आई यहाँ घर बनाई बस्ने नयाँ बासिन्दाले यहाँका परम्परा र संसकृती माथी धावा बोल्दै सनातन देखि पुज्दै आएको देव वृक्ष पिपल र मथ मन्दिरहरु हताई बाटो फराकिलो गर्ने योजना बनाउँ छन । यहाँका परम्परागत रितिरिवाजहरु परिवर्तन गराई आफ्नो संस्कृती लादन खोज्दछन ।
यहाँका कला, संस्कृती, र परम्परा , रितिरिवाज यहाँका रैथाने नेवारहरुको पहिचान हो । यहाँको संस्कृतिको संरक्षण तथा सडक बाटो साँघुरिन्दै गैरहेको गतिलाई रोक्ने नै हो भने सर्वप्रथम त बाहिरी जिल्ला बाट खोलाको बाढीसरह भितृरहेको जनसागरलाई नियन्त्रण गर्न सक्नुपर्छ । साथै केही दशक सम्मका लागि सवारिसधनहरु आयात गर्ने कार्य रोकिनु आवश्यक छ । अन्यथा काठमाण्डौ महानगर सवारिसाधनहरुको ग्यारेजमा परिनत नहोला भन्न सकिन्न । अत: सडक विस्तारले दीर्घकालीन समस्या समाधान हुन सक्दैन । यस तर्फ सरोकारवाला सवैले मनन गर्नै पर्दछ ।
Prakash Man Shilpakar's photo.
LikeShow more reactionsCommen

सडक विस्तारले कलङ्की मन्दिर जोखिममा

सडक विस्तारले कलङ्की मन्दिर जोखिममा
राजधानी दैनिक
बिहिवार १४ जेष्ठ २०७३


प्रकाशमान शिपकार

      काठमाणडौ उपत्यका सडक सुधार आयोजनाको कार्यक्रम अन्तर्गत सडक विभागले उपत्यकाको नौउ वटा सडक विस्तार आयोजना गदैछन । उपत्यकाको सडक विस्तार कार्यमा तृपुरेस्वर-कलङ्की- नागढुङ्गा भित्रको १२ किलोमिटर सडकलाई प्राथमिकताका साथ कार्य गर्ने योजना सहित कार्यथालनी गरिन्दैछन यस कार्यबाट यस क्षत्रको सडक किनामारहेका हजारभन्दा घर प्रभावित हुने देखिन्छन । राजमार्ग सिमा तय हुनु भन्दा पहिले याने अघि निर्माण भएका घरलाई क्षेतिपुर्ति दिने तर  अन्य घरलाई कुनै क्षतिपूर्ती नदिने भन्ने सरकारले भनिसकेका छन । सडक विभागको पूर्व व्यवस्था अनुसार राजमार्गको दायाँ-बायाँ ५० मिटर र सहायक राजमार्गको ३० मिटर सिमा तय राखेका छन ।
      त्रीपुरेश्वर-कलङ्की-नागढुङ्गा सडक क्षेत्रभित्र पर्ने सोल्तीमोद देखि कलङ्की चोक सम्मको सडक क्षेत्रलाई चक्र पथ निर्माण हुनु अगादी, मेयर केशब स्थापितको पालामा   समेत पटक पटक  गरि जम्मा दुई पटक सडक किनारामारहेका घरहरु तोडफोड गरि सडक विस्तार गरिसकेका छन । अहिले गरिरहेको तेस्रो पटकको हो । गत २०७२ बैशाख १२ र २९ गते गएको बिनासकारी महाभुकम्पले यश क्षेत्रको एक दुई घर बहेक अन्य घर पूर्णरुपमा क्षेती नदेखिएतापनी घरको जग्ग भने निकै कमजोर अव्स्थामा पुगेका देखिन्छन । २०७२ बैशाख १२ अघि सम्म जतिसुकै ठूला र मालबहक गादी आउँदा पनि गर कम्पन भएको महसुस नहुने घर ,मन्दिर अहिले  महाभुकम्प पश्च्यात ठूलो गादी आउँदा भुकम्पको सानो झत्का आए जस्तै कम्पन भएको यहाँका बासिन्दाले महसुस गर्ने गर्दै आएकाछन । यस्तो कम्जोर अवस्थामा पुगेका घरले अबको सडक विस्तारले दिबे झत्कालाई थेग्न सक्लान भन्ने कुरामा सडक किनारमा घर भएका स्थानुय घर धनिहरु संसकित र त्रसित अवद्थामा छन । यस्तो त्रसित र संसकित अवस्थामा पनि डोजरले आफ्नो घरलाई प्रहार गरेको तुलतुल हेरीरहने अथवा भुकम्पले घरको जग्ग छिया छिया पारी कम्जोर अवस्थामा पुर्याई राखेको आफ्नो घरलाई आफैले अर्को झत्का दिई सडक विस्तारमा परेको भाग भत्काई घरलाई पुन: कम्जोर अवद्थामा पुर्याउने बाहेक घर धनिलाई अर्को बिकल्प छैन ।           काठमाण्डौ उपत्यका बाहिर भन्दा यहाँ शान्ती सुरक्षा लगायत सुबिधारु भएको तथा काठमाब्डौ देशको राजधानी समेत बएकाले पनि बाहिरबाट बाढीसरह भुत्रीने जनसागरके नुरन्तरता पाईनैरहेका जारणले यहाँ जमुनले थेग्नै नसक्ने अवस्थामा पुगीसकेको अवस्था छ भने अर्को तर्फ नयाँ नयाँ सवारी साधनगहरु भौत्र्याउने जार्यले पनि निरन्तरन्ता पाईनै रहेकाके यहाँका सडक सडक गल्ली सवै दिन दिनै साँघुरिन्दै छन । राजधानी भित्रीने जनसागर र नयाँ सवारी साधन भित्रीयाउने कार्यलाई राज्यले नितिनुयम बनाई अब पनि नियन्त्रण नगर्ने हो भने भोलि यहाँ बिकराल स्थितीको सामना गर्नु पर्ने निश्चुत नै छ ।
      त्रीपुरेश्वर-कलङ्की-नाफढुङ्गा सडकको यश सडक क्षेत्रभित्र पर्ने साविक न्हेंपंखा भन्ने हाल कलङ्कीभनी प्रख्यात पाएको क्षेत्रमारहेको कलह र कलङ्क नासिनी भगवती श्री कलङ्की माता ( कल्खु अजिमा, बालकुनारी माता)ले  तस क्षेत्रमा सडक बिभागले गरीएका पटक पटक सडक विस्तारको क्रममा आफ्नो तीन वटा पाटी, आफुले स्नान गर्ने तथा भक्तजनले आफुलाई जल चढाउन जल लिने ईनार र सो ईनार बाट जल झिकेर आफू र बटुवालाई पानी ख्वाउन जल संचय गरीराख्ने बज्रले निर्मित कलात्मक हात्ती आकारको जल भाँडो( पानी ट्याङ्की) गुमाई सकेका छन । अबको सडक विस्तारमा कलङ्की मस्ता र मन्दिरले आफ्नो कुनै भौतिक साधन र जमिन गुमाउनु पर्ने अवस्था नदेखिएतापनी सडक वुस्तार उपरान्त भोलीका दिनमा मन्दिरको दायाँ बस्याँ दुबै तर्फबाट सवारी साधनहरु हुँइकिन्दा आफ्नु मन्दिर र मन्दिरमा श्रध्दाभक्तिका साथ आउने भकतजनह्स्रुको जिउज्यान जोखिममा पर्न सकिने देखिन आउँछ ।
       साँघुरिन्दै गैरहेको सडकको समस्या
सडक विस्तार मात्र हो अन्य कुनै बिकल्प छैन भनी पटक पटक सर्वसाधारनको घर भत्काइ सडक फराकिलो गर्दै सडक विस्तार गर्नु उपयुक्त र न्यायोचित मान्न सकिनन । सडकमा दिनहुँ देखिने ट्राफिक जामलाई निउन्न गर्ने एउटा उपाए भनेको सवारी चाकहरुलाई लेन अनुशासन कढाइका साथ लागू गर्नु , बैकल्पिक मार्गहरु प्रयोगमा ल्याउने , सडक पेटीमा पसल राख्नेहरुलाई कढाई गर्ने लगायत कार्य राज्यले अति कढाईका साथ गर्नु पर्दछन बने सवारी चालकहरु आफैले पनि अनुशासित भै सवारी हाक्नु आवश्यक हुन्छ । विभिन्न उपाएहरु अपनाउँदा पनि समस्या समाधन नभै सडक बिस्तार बाहेक अरु बिकल्प नभएको अवस्थामा सडक विस्तार गर्नै पर्ने भएमा कुनै मठ, मन्दिर लगायतका श्रध्दालुहरुको आस्था र बिस्वासमा आँच नाआउने गरी मठ मन्दिर लगायत भक्तजनहरुको संभावित हुन सक्ने दुरघटनाको दृष्टीलाई पनि मध्यनजर गरि जोखिमलाई निउन्न गरि कार्ययोजना गर्नु उपयुक्त नै हुन्छन । अत:यस तर्फ सरोकारवाला सवैले मनन गर्नै पर्छ ।।

ऐतिहासिक औजार परिचय "" चन्द्रहास ख्ड्ग

नेपाल निर्माणमा प्रयोग भएको मूल औजार "" चन्द्रहास ख्ड्ग
ऐतिहासिक औजार परिचय

प्रकाशमान शिल्पकार
         आदिकालमा प्राचीन नेपाल उत्पती अथवा नेपाल निर्माण हुनू पूर्व प्राचीनकालमा उपत्यका एउटा ठूलो दहको रूपमा रहेका बेला विपस्वी नामका बुद्ध आई कमलको फूल रोेपेर गएका रहेछन् । त्यही कमलको फूल फुलेपछि त्यही फुलमाथि धर्मधातु ज्योतिका रूपमा स्वयम्भू उत्पत्ति भएको हो । कालीदहमा रहेको पानीको बिच भागमा उत्पन्न भैरहेको त्यो अलौकिक ज्योतिरुप श्री स्वयम्भू धर्मधातु दर्शन गर्ने अभिलासा लिएर पञ्चशील पर्वत ( चिन)बाट आफ्ना दुईवटी शक्तिस्वरुपी बरदा र मोक्षदा सहित कान्तिपुरको दक्षिण ( अहिलेको भक्तपुर जिल्लाको (महामञ्जुश्री-) चाङ्गुनारायण नगरपालीका वडा नं ८ सुडाल थाकलमाठ अर्थात् महामण्डप गिरि (ल्हासा पाक्व/निस्यांङ गुरथाङ) स्थित  भूगर्भ: मार्ग (सो भूगर्भ: मार्गको द्वारलाई हाल ल्हासापा सरस्वती भन्नी मान्दै पुज्दै आएकाछन ) हुंदै महामञ्जुश्री नेपाल आई महामञ्जुश्रीले दुवै हात जोडी नमस्कार गर्दै “ॐ मणि पद्मे हुँ” भनी मन्त्र उचारणगरी श्रीस्वयम्भू ज्योती दर्शण गरीसके पछि स्वयम्भूको टाकुरामा बसी कालीदह अवलोकन गर्दा यदी यो दहको सबै पानी हताउन सकेको खण्डमा यो उपत्यका एउटा मानव वस्ती निर्माण गर्न अनुकुल र उपयुक्त हुन सक्छन भन्ने गहण मनन गरेर उपत्यकाको चारैतर्फ घेराहाली बसेको डाँडाहरुमा गएर अती गहण दृश्यावलोकन गरि सकेपछी क्रमश:क्वदुवा: न्हसिकाप(गल्छी)(...............................), गोकर्ण न्हसिकाप गोकर्ण, आर्यघाट न्हसिकाप पशुपती र अन्तमा विशेष गरी क्वयना न्हसिकाप चोभार गल्छीको दायाँ बायाँ रहेको पहाडमा बरदा र मोक्षदा लाई राखी चोभार गल्छीलाई मामञ्जुश्रीले आफ्नो अस्त्र " चन्द्रहास खड्ग "ले प्रहारगरि पानी बाहिर जाने मार्गा खोली दिई प्राचीन नेपाल निर्माणमा श्रीगणेश गरी महामञ्जुश्रीले प्रयोग गरेको ऐतिहासिक औजार हो " चन्द्रहास खड्ग " । पछि वरदालाई राखेको पहाड फुच्वः र मोक्षदालाई राखेको पहाड धिलाच्वःका साथै अन्य दुई पहाडहरु जामाचो र सिधिफुचोका नामले प्रख्यात भएको हो भनिन्छ यी डाँडाहरुलाई क्रमश: नागार्जुन(जामाचो),फुलचोकी(फुचो), चम्पादेवी-चन्द्रगिरी( घ्यानचो) र शिवपुरी( सिधिफुचो) पनि भनिन्छन । यो कुरा श्रीस्वयम्भू पूराणमा वर्णन गरेको पाइन्छ ।
        नेपालको सृष्टि गर्ने क्रममा याने नेपाल निर्माण गर्ने क्रममा योजनाकारका रुपमा महामञ्जुश्री बोधिसत्वलाई महान शिल्पिकार विश्वकर्मा रुपमा पनि मानि आएका छन यहाँ । आजको आधुनिक भाषामा भन्ने हो भन्ने नेपाल निर्माणका महान इन्जिनियर नै हो ।
प्राचिनकालकमा ओभरसियर, इन्जिनियरलाई चाहिने जति पनि चाहिने आवश्यक औजारहरु अविस्कार भए वा बनाए ती सवै औजारहरुको प्रतिनिधिकारुपमा प्राचिन नेपाल सृष्टिका समयमा चाहिएको स्थानमा आवश्यक्ता अनुसारको विभिन्न किसिमले विश्वकर्मारुपी महामञ्जुश्रीको मूल औजार स्वरुप भै प्रयोग भएको औजारहरुको मूलरुप हो " चन्द्रहास खड्ग " । यही औजारले विभिन्न स्थानको पहाड पर्वत डाँडाहरुलाई फोर्दै यहाँको कालीदहको पानी सवै बाहिर पठाई यहाँ मानववस्तीको उपयुक्त वास्थान निर्माण गरेर प्राचीन नेपालको पहिलो मानववस्ती
काठमाडौँमा मञ्जुपत्तन नामक एक नगर स्थापना गरी धर्माकारलाई त्यस नगरको राजा बनाएर आफू चीनतर्फ लागे । वर्तमान काठमाडौंको महानगरको २१ वडा अन्तर्गतमा पद्म सुगन्ध मार्गमा पर्ने मञ्जुश्री टोलको मजिपाः मञ्जुपत्तनको अपभ्रंश रहेको । मञ्जुश्री टोलमारहेको मञ्जुश्रीको मन्दिरलाई सो प्रथम सभ्यताको केन्द्रको रुपमा सांस्कृतिक रुपमा लिइने गरिन्छ।


       संस्कृत र नेपालभाषामा लिखित नेपालको राजवंशावली 'गोपाल राजवंशावली'अनुसार तत्कालिन नेपालमण्डलमा अर्थात उपत्यका लगायत उपत्यका वरिपरिका क्षेत्रमा गोपाल, महिषपाल, आभीर, किरात, सोमवंशी, लिच्छवि आदि वंशहरुले शासन गरेका तथ्य देखिन्छ । मञ्जुपतन शहर निर्माण गरी मानवनस्ति बसालेर धर्माकरलाई राजा बनाई लोकजनहरुलाई शिल्पकला र शात्रबिद्या लगायत मनुश्यलाई चाहिने आवश्यक विद्या प्रदान गरेर जानू हुने विश्वकर्मारुपी महामञ्जुश्री हो । तथापी नेवार समाजभित्रपरेको आदिवासी शिल्पी जाती शिल्पकार जातिले भने महामञ्जुश्रीलाई बिद्याकी देवी(ससुमाजु) र बिश्वकर्मालाई भैरब शक्तिका रुपमा आफ्नो कुलगुरुका रुपमा मानी आएका छन ।
        चन्द्रहास खड्गको धारको दुबै तर्फ अग्निज्वालाधार, टुप्पोमामा अर्धबज्र चिन्ह, खड्गको बिचमा कहीं कहीं चट्याङ( मल:)ले घेरीएको देखिन्छन । यस खड्गलाई महामञ्जुश्रीले आफ्नो दाईने हातले मजबुतका साथ समाति ताकेर प्रहार गर्न तमतयार अवस्थामा आफ्नो शिरको अलि।माथीनीर बाट उठाईरहेका अवस्थाको देखाईरहेको महामञ्जुश्रीको तस्वीरमा हामी देख्न सक्छौ । यही खड्गले नेपालको स्वरुप निर्माण गरेको हो भन्ने नेपालको प्राचीन इतिहासमा लेखेको पाईन्छ । तथापी भौतिकवादी तथा संस्थापक नेपाल कम्यूनिस्त नेता क.पुष्पलाजीले महामञ्जुश्रीले आफ्नो खड्ग प्रहारबाट चोभार(क्वयना)को डाँडा कातेर यहाँको पानी बाहिर पठायको भन्ने कुरा र महामञ्जुश्रीलाई पारलौकिक (दैविक) शक्ति प्राप्त असाधारण व्यक्तिका रुपमा नलिएर मञ्जुश्री ततकालीन नेपाल निर्माण अवस्थामा एक साधारण हामी सरहका तर निपूर्ण इन्जिनियरका रुपमा मात्र स्वीकार गरेको देखिन्छ्न ।
यसरी नेपाल निर्माणमा प्रयोग भै गएको ऐतिहासिक औजार " चन्द्रहास खड्ग " आज पनि काठमाण्डौ महानगर २३ वडा अन्तर्गतरहेको ॐबहाल जोरगणेश स्थित मञ्जुश्रीनक(विश्वकर्मा-विकमा बा:हा:) बिहारमा ससमानका साथ राखिएका छन भन्ने यहाँ कथन रहेकोपाईन्छन ।



LikeShow more reactions
Comment

Sunday, July 17, 2016

साउन महिना, साउने सोमवारको व्रत र शिवको महिमा

साउन महीना, साउने सोमवारको ब्रतर शिवको महिमा

प्रकाशमान शिल्पकार
प्रकाशमान शिल्पकार

   सनातन धर्मको पौराणिक मान्यता अनुसार साउन महिना देवताका पनि देवता महादेव भगवान शंकरको महिना मानीन्छन । यस सम्बन्धमा पौराणिक कथामा भनिएका छन कि - ब्रम्हाका मानस पुत्र सनतकुमारल देवादीदेव महादेव संग साउन महिना अत प्रीय हुनुको कारण सोढ्दा शंकर भगवानले बताउनु भयो कि - सतीदेवीले आफ्नो बाबू दक्षप्रजापतिको घरमा आफ्नो योगशक्तिले देह त्याग गर्नु पुर्व सतीले भगवान शिवलाई हरजन्ममा पतिका रुपमा पाउने संकल्प गरेका थिए र देवी सतीले दोस्रो जन्ममा हिमालय पर्वतमा रानी मेनकाको गर्भ बाट पार्वतीका रुपमा जन्म लिनु भएपछी देवी पार्वतीले बाल्य अवस्था देखि नै यसै साउन महिनामा निराहार रहेर कठोर तपस्या गरेर आशुतोष भगवान शंकरलाई खुसीपारी विवाह गर्नु भइ पुनरमिलन भएका थिए यसै कारणले शिव संकरलाई यो महिना अबिस्रमरणीय भै पृय हुन गयो । त्यसैले जसले यस साउनन महीनामा शिवजीको पूजा आराधना तथा अभिषेक गर्दछ र उसले भगवान शंकर वाट मनोवांछित फल प्राप्त गर्दछन । त्यसो त शिवजीको पूजा आराधना गर्न सोमवारको दिन पुराणहरुमा निधारण गरीएका छन । तर पौराणिक मान्यतामा शंकरको पूजा आराधनाका लागि सर्वश्रेष्ठ दिन महाशिवरात्री त्यसपछी साउन महिनामा आउने प्रत्यक सोमवार र हरेक महिनामा आउने सोमवारको महत्व छ । तर देवादिदेव महादेवलाई साउन महिना अति पृय रहीको छ । त्यसैले यस महीनामा जस्ले श्रध्दाभक्ती गरि पूजा आराधना तथा अभिषेक गर्दछ त्यस भक्तप्रति अतिसिघ्र कृपा राख्नु हुन्छन । यसै मान्यता अनुसार श्रध्दालु भक्तजनहरु यस महिना खास गरेर सोमवारको व्रत-उपवास तथा पूजा अस्राधना एवं रुद्राभिषेक , कवच पाठ, जप आदि गरि शिवजीको विशेष कृपा प्राप्त गर्दछन । त्यसैले सनातन धर्ममा यो साउन महीना अति पवित्र मानी आएका छन । त्यसै कारण श्रध्दालु भक्तजनहरु मांसाहार गर्ने भएता पनी यो महीना भरी माछा मासु परित्याग गर्ने गर्दछन ।
   
  साउनको महीनामा सवै भन्दा बढी नै वर्षा हुने गर्द्छन जसले भगवान सदाशिवको गर्भ शरीरमा शितल्ता प्रदान गर्दछन । भगवान शंकर आफैले सतन कुमारलाई साउन महीनाको महीमाका बारेमा बताउनु भए अनुसार शिवको तृनेत्रमा सूर्य दाहिने, चन्द्र बायाँ र मध्यमा रहेको नेत्र अग्नि हो । जब सूर्य कर्कत राशिमा गौचर गर्दछन तब साउनको महीना शुरु हुन्छ । सूर्य गर्म हुन्छ जस्ले बाफ( इष्मा ) दिन्छ भने चन्द्रमा शितल हुन्छ जस्ले शितलता प्रदान गर्छ त्यसैले सूर्य कर्कत राशिमा आउँनाले वर्षा हुन्छन । जसले गर्दा लोक कल्याणका लागि कालकुट बीष हलाहल गर्नुहुने भगवान संकरलाई शितलता मिल्छ । त्यसैले पनि भोला शंकरलाई साउन महीना गहीरो सम्बन्धरहेको हो ।
        शंकर भगवान आराधना बाट प्रसन्न हुनु हुन्छन तर पनि साउनमहीनामा निलकण्ठ भगवानलाई जलाभिषेक तथा रुद्राभिषेकको ठूलो महत्वरहेको पाइछन । बेद मन्त्र उच्चारणको साथमा शंकर भगवानलाई जल अर्पित गर्नु साधकको अध्यात्मिक जीवनको लागि महाऔषधिको रुपमा काम गर्दछ । पन्च तत्वहरु ………मध्यमा जल तत्व अति महत्व्पूर्ण रहेकाछन । पुराणमा शिवको अभिषेकको ठूलो अति पवित्र र मह्त्वरहेको बताएको पाईन्छन ।

        जलमा विष्णु भगवानको बास गर्नु हुन्छन । जललाई " नार " पनि भनिन्छन । जल याने नारमा बास गर्नु हुने भगवान भएकाले विष्णुलाई नारायण भनिएको हो भन्ने यहाँ कथनरहेको पाईन्छन । जलले नै धर्तीको तापलाई शान्त गर्दछन । जुन भक्तले आशुतोष निलकण्ठ भगवानलाई जल चढाउछ उसको रोग,शोक,दु:ख, कस्त , दरिद्रता सवै नष्ट हुने धार्मिक विश्वास रहेको पाईन्छन । शंकर भगवानलाई महादेव यस कारण भनिन्छ की उहाँ देव, दानव, यक्ष किन्नर, नाग तथा मनुष्य सवै बाट पुज्ने गर्दछन ।
     
शिवपुराणमा उल्लेखित भए अनुसार यसै साउन महीनामा नै पौराणिक कालमा देव दानवले समुन्द्र मंथन गरीयका थिय । समुन्द्र मंथनबाट जुन कालकुट महाबिष निस्केर संसार भष्म हुनलागी देव दानव सवै त्राही त्राही भएका थिए । सो देखेर ततकाल नै त्यस प्रलयकारी कालकुट बिषलाई आशुतोष भगवान शिव शंकरले ग्रहण गरि आफ्नो कण्ठमा समाहीत गरि समष्ट सृष्टिको रक्षा गरेका थिए । तर विषपाना बाट शंकर भगवान नीलवर्ण हुन गई उनको नाम नै नीलकण्ठ रहन गए । कालकुट विषको प्रभाबका कारण नीलकण्ठलाई डाहा भएकाले डाहा शान्त गर्न देवगणहरुले शिवजीलाई जल अर्पण गरियो । यसै कारणले शिवलिंगमा जल अभिषेक गर्नुको मूल महत्व हो । यही कारणले साउन महीनामा शिवजीलाई जल चढाउँदा मनोवांछित फल प्राप्त हुने भएकाले जल अभिषेक गरि आराधना गर्नु उत्तम हुने पुराणमा उल्लेगरीएका छन ।
       आशुतोष शिव शंकर भगवानलाई जलले अभिषेक गर्दा जलमा विभिन्न अन्य पदारथहरु पनि मिश्रीत गरि श्रेष्ठ द्रव्य जल बनाई अभिषेक गर्दा विभिन्न छुट्टा छुट्टै फल प्राप्त हुन्छन भन्ने पुराणमा बाताएका छन । जस्तै- जलले अभिषेक गर्दा वर्षा तथा शान्ती फल पाप्ती हुन्छ त्यस्तै कुशको जलले अभिषेक गर्दा शान्ती, दहि मिशृतले अभिषेक गर्दा पशु, ……..( ईखा) को रसले लक्ष्मी, महले अभिषेक गर्दा धन, दुधले पुत्र तथा मनोकामना पुर्ती, एकहजार मन्त्र उच्चारण सहीत घ्यूको धाराले अभिषेक गर्दा वंशको बृद्वी, सखर मिशृत दुधले अभिषेक गर्दा बुद्वी निर्मल, तोरी या तिलको तेलले अभिषेक गर्दा शत्रु नाश हुन्छ र शखर पर्पण गर्दा समस्त पाप कर्मको क्षय भई रोगव्यादी बाट मुक्त भक्त भई रक्षा समेत हुन्छन । उपरोक्त दृव्यहरुले अभिषेक बाट सदाशिव अत्यन्त प्रसन्न हुनु भई आफ्नो भक्तहरुको मनोकामना पूरा गरीदिन्छ । यस्तै शंकर भोलेनाथलाई कमल-पत्र, बेलपत्र तथा शंख्पुष्पले चढाई पूजा अर्चणा गर्दा धन-धान्य प्राप्ती हुन्छ भने आँकको फूल चढाउँदा मान-सम्मान प्राप्ती हुन्छ, जवा पुष्प चढाँदा शत्रु नाश हुन्छ …...कनेरको फुल चढाउँदा रोग व्यग्दी बाट मुक्ती ,...... ( हरसिंगारको फुल) पुल अर्पण गर्दा धन सम्म्पती प्राप्ती एवं भांग र धतुरोको फुल चढाउँदा ज्वर तथा बीष भय बाट मुक्ती मिल्दछन । सदाशिव्लाई चंपा र केतकीको फूल बाहेक अन्य सबै प्रकारको फूल चढाई पूजा अर्चणा गर्न मिल्छ । आशुतोष शंकर भोलेबाबालाई पूजा अर्चना तथा आराधना गर्दा शिवलिङ्गको जलधारा तर्फ बस्न नहुने र परीक्रमा गरीन्दा शिवलिङ्गको आधामात्र परीक्रमा गर्नु पर्ने भन्ने यहाँ धार्मिक मान्य रहेको समेत पाईन्छन । देवादी देव महादेवलाई सनातन धर्मालम्बीहरु सवैले श्रध्दाभक्ती गर्दै पुज्दै आएको भएता पनि साउने सोमवारको व्रत उपासना भने ब्राम्हण र कस्तरी महीलाहरुले बढी संख्यामा गर्दै आएका देखिन्छन भने जनजातीहरुले खासै व्रत उपासना गरेको पअरम्परा देखिन्दैनन तर पनि आज भोलि जनजाती महीलाहरुले पनि ब्राम्हण कस्तरी मअहीलाहरुको सिको गर्दै रातो बस्त्रलगाई व्रत उपासना गर्न थालेका छन ।
     
साउने सोमबारको यो व्रत महीला तथा पूरुषले श्रध्दाभक्तिका साथ बस्न सकीन्छ । पहीला देखि नै यो व्रत बस्दै आएका श्रध्दालु भक्तजनहरुले नियमित रुपमा बस्न साउनको पहीलो सोमवार एउटा प्रायस्चित गोदान गरि व्रत बस्दा उत्तम हुन्छन । गत वर्षहरुमा व्रत नबसेका नयाँ भक्तजनले साउनको पहीलो सोमवार आउनु भन्दा तीन दिन अघि देखि नै सुध्द र पवित्र रही मध्यमास खानेले नखाई साउने सोमवारको व्रत बस्दै छु भनेर मनले शिव पार्वती सम्जेर बस्ने र पहीलो सोमवारका दिन प्रायस्चित गोदान गरि आत्मा सुधिकरण गरि म ….. वर्ष सम्म व्रत उपासना गर्द्छु भनी संकल्प गरि अवीर, केशरी, जौ,तिल, श्रीख्ण्ड, बेलपत्र, जनै,सुपारी, फलफूल, धतुरो, भाङ, नरिवल, आकको फूल, धतुरोको फूल, पिताम्बर कपडा, रातो कपडा, शौभाग्य, पक्वान, नैबैदे, भेटी, अर्घ,दूध तथा एघारसुते बत्ती र नौसुते बत्ति लगायत पूजा सामग्रीका साथ बिघ्न हर्णकर्ता श्री गणेश, माता पर्वती र आशुतोश भगवान शिव शम्भोलाई पूजा अर्चना तथा आराधना गरि व्रत उपासना गरि चोखो र साधा भोजन गरि शिवजीको जपध्यान गरि व्रत उपासना गर्दा फलदाई हुने कुरा श्री कलङ्की माताका पुजारी श्री बिष्णु प्रशाद सुवेदीगुरु बताउनु हुन्छन । अन्तिम सोमवार ब्राम्हण बाट गोदान, पूर्ण पात्र गराई जानी नजानी जे जस्तो अवस्थामा यथासक्य श्र्ध्दा भक्तिका साथ गरिएको मेरो ब्रत अपूर्ण नै भएता पनि ब्रतले पूर्णता पावस भन्दै दयामयी आशुतोष भोलेनाथ बाबालाई मन बचनले सहस्र प्राथनाका साथ कायण बाचा गरि व्रत समाप्त गरीन्छन ।

प्रकाशमान शिल्पकार

Wednesday, July 13, 2016

नेवार जातिको मौलिक पहिचानको संस्कार " इहि "

नेवार जातिको मौलिक पहिचानको संस्कार " इहि "


प्रकाशमान शिल्पकार


         महीला कहिले पनि विधवा नहुने र सदैव सौभाग्यवती रहीरहने परम्परागत धार्मिक र समाजिक मान्यता रहेको नेवार समुदायको " इहि " संस्कार गैर नेवार ( अन्य जातजातिको ) समुदायको भन्दा भिन्न विधि व्यवहार हो । सनातन हिन्दू संस्कारमा सोर्ह संस्कार छन तर पनि नेवार समुदायभित्र हिन्दू नै भएतापनी दशकर्म संस्कार मात्र हुने गर्दछन । दशकर्म संस्कारहरु मध्य छोरीलाई गर्ने संस्कारहरु मध्यका एक संस्कार इहि हुन । सामान्यतया नेवार समुदायमा छोरी पाँचदेखी सात,वर्ष भित्र इहि संस्कार गर्दा उत्तम मानिन्छन । यो संस्कार सनातन धर्मले निर्देशित विधि हो भन्ने प्रमान आदित्य पुराणमा उल्लेखित पंक्ती " पिपलाम्बु सुवर्ण वा श्रीफलै:सार्धमुव्दहत । एभि: समुध्द हे बृषलीत्वात प्रमुच्यते ।। अर्थात - पिपल, जल, सुन वा बेल यी मध्य कुनै एकसंग कन्याको बिवाह गरिंदा ती कन्या बृषली( चणडालिनी) हुनबाट जोगिन्छे ।
       सनातन हिन्दू धर्म अनुसार कन्यालाई बार्ह वर्षभित्र कन्यादान गरिएन भने ती कन्या रजपूर्ण हुन्छे । आफ्ना कन्याहरु विवाह पूर्व रजपूर्ण याने रजस्वला भयो भने तिनका बुवाआमा र दाजुभाई नरक जाने छन भन्ने कथन रहेका छन । आफ्ना छोरी चेलीको रज-दोषबाट मुक्तरही नरक जानबाट वच्न नै गैर नेवार हिन्दूहरु आफ्ना छोरीचेलीलाई सानैमा कन्यादान गरि बालविवाह गराई कन्यादानको पून्य लिने चेष्टा गरेको देखिन्छ्न । यसै कारणले गैर नेवारहरुमा बालविवाह जस्तो कुप्रथाले जडा गाडेको हुनसक्दछ्न । धर्म शास्त्रले निर्देशित गरीए अनुसार आफ्ना छोरीचेलिको रज-दोशकारण नरक जानू पर्ने सन्त्रासले पनि आफ्नु समुदायमा बालविवाह जस्तो कुप्रथाले प्रवेश पाउन सक्ने  संभावनालाई  निषेधित गर्न नेवार समुदायका पूरर्खौली बिद्वानहरुले चलाखीपूर्ण तरीकाले सनातन धर्मशास्त्रले निर्देशित गरीएअनुसार नै नितिगतरुपमा नै यो संस्कार र प्रथा प्रतिपादनगरि एउटा प्रतीशील तथा कार्न्तिकारी संस्कृतिको बिकाश गरि दिए ।
       नेवार समुदायमा इहि गर्ने यो संस्कार कहिले देखि सुरुभयो भन्ने लिखित आधार कहिँ कतै देखिन्दैनन । तथापि यो संस्कार सनात देखि नै चलीआएको मानिन्छन । यो इहि संस्कार नेवार समुदायको छुट्टै पहीचान भएतापनी नेवार समुदाय भित्रकै शाही(खड्गी),द्य:ला(पोडे च्यामे),कपाली(जोगी, दर्सनधारी) र धोवी(कनौजी, मघैया) लगायत केही नेवार जाती उपजातीले यो संस्कार लाई अंगाली आएको देखिन्दैनन । किन यो संकारलाई अंगालेन  भन्ने विषयमा एउटा खोजको विषय हो । तर आजभोली केहीले यस संस्कारलाई देखासिखी रुपमा अंगालेको पनि देखिन्छ । तर पनि शाही( खड्गीक, नाय:,सिंह) समुदायले आज सम्म पनि यस संस्कारलाई अंगालेको छैनन । कीन अंगालेन त भन्ने विषयमा शाही जातिको पहिचानको सवालमा चिन्तशिलरहनु हुने बामान शाही र बिनोद शाहीको भनाईमा  " हामी शाही( खड्गी,नाय: सिंह) नेवार सूचिकरण भित्र परेतापनी वास्तवमा हामी नेवार हैनन , राजपुत सिंह हो । शाही जाती भित्र पनि  विभिन्न उप-जातीहरु भएको "भनाई रहेकाछन ।
     पौराणीक स्वस्थानी कथामा उल्लेखित भएअनुसार - विष्णुले दक्षप्रजापतीले आफुलाई माघेको दिनेछु भन्ने सत्यवाचा गराई सतीदेवी माघी कन्यादान दिने दिन दक्षप्रजापतिको घरमा यज्ञशालामा कन्यादान दिन आमा मेनकाले कमलण्डल लिइ, पिता दक्षप्रजापतिले छोरी सतिदेविको हात समाई कन्यादान दिन तमतयाररहेको समयमा एकजना अति बृध्द जोगिको रुपमा भेषधारी महादेव पुगी , मलाई भिक्षा नदिकन कन्यादान दिन र लिन पाउँदैन यदि दिए लिएमा दुबैलाई सराप दिनेछु भन्दै तरसाई , पूर्व सल्लाह साहुती मुत्ताबिक विष्णुले भेषधारी जोगीलाई बोलाई कन्यानदान सिधिनासाथ भिक्षा दिइने छ भनी फकाई आफुसंगै दायाँतर्फ बसाई , बिष्णु मायाले छोपी (प्रभावपारी)आमा बाबुको दृष्टि छलेर त्यही भेषधारी जोगिरुपी महादेवको हातमा कन्याको हात तलमाथी गरि दिए ।यस प्रकार विष्णुले सतीदेवी र महादेवको बैवाहीक सम्बन्ध गाँसिदिनु भयो ।
       यसरी नै सतीदेवीले पार्वतीकारुपमा हिमालय पर्वतमा जन्म लिनु भए पछि महादेव पति पाउन अन्यक व्रत धर्म गरे पश्चात् विष्णुको उपदेश अनुसार श्री स्वस्थानी व्रत बसी , स्वस्थानीको व्रत प्रभावले पार्वती र महादेवको पुन: विवाह भयो । यस प्रकार विष्णुको माध्यम वाट माहादेवले कन्या प्राप्त गरेका कारणले नै सोही अनुसार भगवान बिष्णुका प्रतीक सु वर्णकुमार(हिरण्य गर्भ:)संग  भगवान शिवको प्रतीक वेल साक्षी राखी भावी पतिका रुपमा भनी वैदिक तन्त्रविधिले निर्देशित गरीए अनुसार बिधिवतरुपमा कन्याको विवाह गराईन्छ । यसै विवाहलाई नेवार संस्कारमा " इहि " संस्कार भनिनछन । गैर नेवारहरु यो इहि संस्कारलाई " वेलविवाह " भन्ने गर्दै आएकाछन । अर्थको अनर्थ लाग्ने गरि बेलविवाह भन्नू गलत हो ।
       इहि संस्कारमा कन्याको विवाह बिष्णु भगवान संग अथवा भगवान शिव संग भएको हो भन्ने विषयमा नेवारहरु आफैमा मत मतान्तर समेत रहेको पनि देखिन्छ तापनी श्रध्दाका साथ आफ्न्नो कन्याको विवाह विष्णु भगवान संग होस अथवा महादेव संग गराई इहि संस्कार सम्पन्न गर्दा श्रध्दा र आस्थामा चोत पुग्ने गरि व्याख्या अप व्याख्या गलत हुने छ । तर वेल संग नै कन्याको विवाह भएको भने पक्कै पनि हैन बेल त मात्र महादेवका प्रतिकका रुपमा मात्र उपस्थित गराएका हुन ।
      पार्वतीले श्री स्वस्थानीको व्रत प्रभाववाट महादेव पति पाए पछी पार्वतीले आफ्नो माईती घरको चेलीले आफुसरह अखण्ड शौभाग्यती हुन पाउन वर माग्दा - "सुवर्णकुमार(हिरण्य गर्भ:) संग कन्याको विवाह भयो भने सदा सर्वदा हिमालय पर्वतका महीलाहरु शौभागवती हुनेछन" भन्ने महादेवले पार्वतीलाई दिनुभएको वरदान अनुसार नेवार महीलाहरु कहिले पनि विधवा नहुन र सदा सर्वदा शौभाग्यती नै हुने छन भन्ने धार्मिक नितिनियम बमोजिम पूर्वजले पछिका आफ्ना सन्तानहरुको कल्याणका लागि देवादीदेव महादेवको प्रतिकका रुपमा बेल फललाई उपस्थितिमा राखी याने साक्षी राखी बिष्णु भगवानको प्रतिकका रुपमा सुवर्ण कुमार(हिरण्य गर्भ:)संग वैदिक तन्त्रनिर्देशन अनुसार इहि याने इहिपा गराई यो इहि संस्कार थिति चलाई गएको रितिथिती संस्कार त्यसैबेला देखि हिमाली पर्वत क्षत्र नेपालमण्डलका नेवारहरुमा चलेको हुनु पर्दछ । यही सनातान धार्मिक मान्यता अनुसार नेवारहरुको शुध्द नेवार रितिथिती अनुसार याने मौलिक रितिथिती अनुसार विवाह गर्ने अवसरमा ज्वाइँ हुने व्यक्ती याने दुलाहा हुने व्यक्ती जन्तिसंग जाने चलन छैनन । यसै कारणले पनि नेवारहरुको विवाह कार्यमा बाबुले कन्यादान गर्नु पर्ने चलन छैइन ।

       पौरानिक कथामा जे जस्तो लेखिराखेको भएतापनी अथवा धार्मिक बिचारका मानिसलाई बोध गराउनका लागि धार्मिक रंग वा उपमा दिइराखेको हुनसक्ने भएतापनी यो " इहि " संस्कार गर्ने चलन एक चतुर बिद्वानको देन मान्नु पर्दछ । बिधवा भै प्रकृतिले उपहार  दिएको जीवन काम कृडा, आदि लाई तिताँजली दिई मन बाँधी बस्नु कम गार्होकाम हैनन । अन्य देश र अन्य जातजातियामा भरखरै मात्रै बिधवा विवाह गर्न र गर्ने चलन चलाई प्रत्सोहान दिन थाकेका छन भने नेवारहरुको पुर्खाले अघिनै यसलाई सामाजिक रुपमा नै मान्यता दिएर बिधवा भन्ने नै समाजमा नहुने गरि सदा सर्वदा सौभाग्यवती भैरहने धार्मिक र सामाजिक बिधिबिधान प्रतिपादन र व्यवस्थागरी उध्दारणीय काम गरि गए । आफू खुसी वा देखासिखी म बिधवा भनेर बस्ने नेवारहरुको कुरो अर्कै नै हो  तर सनातन नेवार परम्परामा चाहिँ छैनन ।
      नेवार समाजमा कन्याको वास्तविक दाम्पत्य जिवनका लागि गरीने विवाह ( इहिपा) आफनै मूल्य मान्यता रहेको भएतापनी सम्बन्ध बिच्छेदन गर्ने अर्थात पारपाचुकेको सरल प्रकृया, सामाजिक र सांस्कृतिक मान्यताका रुपमा नै छन र यस्को अधिकार महिलामा नै निहित छ । यस बाट महिलाहरुले आफ्नो पतिलाई सुपारी(ग्वय) फिर्ता दिएको कारणले सम्बन्ध(पारपाचुके) गर्ने कार्य पति जिवित अवस्थामा मात्र होइन जीवनको अन्तिम क्षणको अवस्थामा वा ब्रन्हनालमा पुगिसक्दाको अथवा मृत्यु भै सवयात्रा कै अवस्थामा वा चितामा आगो दन्कीरहन्दाका अवस्था समयमा समेत पनि सम्भव छ । हुनत यस विषयमा नेवार समाजभित्रमा नै अली फरक फरक मत रहेको पाइन्छन । कसैको यो सुविधा चितामा दागवती दिन्दा सम्म मात्र हुने छ भने कसैको दागवती दिई सकेपछी पनि सम्भव छ भन्ने गरीन्छन । र यति गरि सकेपछी महिलाले आसोच वार्नु पर्दैनन । त्यस पछि महिलाले एकल जीवन यापन गर्ने वा अन्य कुनै पूरुष संग विवाहगरी जाने वा नजाने भन्ने विषयमा निर्णय गर्न महिला आफै स्वतन्त्र हुनेछन भन्ने सामाजिक र सांस्कृतिक मान्यता रहेको छ । यो नेपालमा अघि मात्री सत्तात्मक राज्य प्रणालीको रहेको थियो भन्ने प्रमाणको अवशेष हो भन्ने सकिन्छ ।
      नेवार समाजभित्र आज कालन्तरमा आएर आफ्नो जातिय मूल्य मान्यातालाई जोगाई राख्ने अथवा मासी पथाउने क्रममा बिधवाको को मान्यता लिने पनि सूरु हुन्दै आयो । पति मरेको महिला बिधवा हो भन्दै खस ब्राम्हनको जस्तै सेतो कपडा लगाएर वर्खी बस्ने गर्दछन र गैर नेवार सरह एकल र अपहेलित जीवनयापन गर्ने सिको गर्दै आएका छन । तर पनि यस सिकोलाई नेवार समाजमा बाहीरीय गैर नेवार समाजको संगतको परीणामका रुपमा लिने गर्दछन । परम्परा र संस्कारका नाउँमा " इहि " संस्कार आज पनि अनिवार्य रुपमा गर्ने गर्दै आएकै छन । तर पनि अन्य समाजको नक्कल गर्ने कार्य पनि भएका छन । यस बाट नयाँ पुस्तालाई इहि संस्कार भित्रको गुह्य अर्थ(कुरा) आज पनि आश्चर्यको विषय रहीरहे कै छ । नेवार समाजभित्र हिन्दू र बुध्दिस्त धर्ममा प्रभाव पर्ने क्रममा आफ्नो आफ्नो जातिय मौलिक्ता र जातिय पहीचान बिरसने सुरु भयो वा अर्थ नबुझेपनि यस्को निरन्तरन्तारही नै रहेका छन । सहज र आदिवासी जीवन शैलीमा नेवार समाजभित्र बाह्य प्रभावलाई रोकलगाई(निषेधित्त गराई) बालविवाह र बिधवाको मान्यता नदिन " इहि " संस्कार चलाई आएको हो ।
       यो इहि संस्कार अन्य धार्मिक पुजा धर्म कार्य गर्ने जस्तो मनमा आएका समयमा यसो गरेपनी हुन्छ त्यसो गरे पनि हुन्छ भनी अर्थात आफुले चाहेको समयमा गर्ने कार्य होइनन । उमेर पुगेका जेष्ठहरुको भीमरथारोहण(जंक्व) कार्य, मूर्ती प्राण प्रतिस्था जस्तो पवित्र धर्मिक कार्यमा तथा दसकर्म संस्कारको अन्तर्गत धार्मिक यज्ञ सहितको पुजा कार्यमा बालकार्यक्रम अन्तरगत गरीने कार्य हो । त्यस्तो धार्मिक तथा सासंकृतिक कार्यमा कुनै बालीकालाई अनिर्वायरुपमा इही संस्कारका रुपमा पनि पुजा गर्नै पर्ने हुन्छन । अथवा इहि यज्ञ बनाई सानुहिक इहि कार्य गर्नेस्थानमा मात्र यो इहि संस्कार संम्पन्न हुन्छन । इहि गर्ने समय (पाँच देखि सात वर्षका) भएका र इहि दीन(ज्योतिसलाई जन्मकुण्ड्ली-चिना देखाएर इहि गर्ने दिन छ छैन हेरेर) भएका बालीकाहरुलाई त्यस्ता धार्मिक तथा सांस्कृतिक एवं सामुहीक इहि कार्यमा लगेर इहि संस्कार गर्ने गरीन्छन । हुने खाने अर्थात आर्थिक सम्पन्न व्यक्ती विषेशले इहि यज्ञ गरि कन्याहरु भ्यला गराई सामुहीक इहि गराई पुन्य संचय गर्न चाहनेहर्ले र कुनै सामाजिक संस्थाले श-शुल्क सामुहीक इहि यज्ञ कार्य पनि गरौने गर्दै आएकाछन । पुण्य संचय गर्ने उद्देष्यले कन्याहरु भेला गराइ सामुहिक इहि यज्ञको आयोजना गर्ने आयोजकलाई स्थानिय भाषामा " नोकु " भनिछन ।
       सामुहीक इही गरीन्दा वा इहि संस्कार गरीन्दा हिन्दू धर्म सम्प्रदाएकाको ब्राम्हण राजोउपाध्याय(नेवार ब्राम्हण,द्य:ब्रम्हु) र बौध्द सम्प्रदायमा गुभाजुले पुरोहीतका रुपमा कार्य गर्ने गरीन्छन ।
इहि संस्कारको विधि -
      इहि संस्कार गरिन्दा एउटा भिन्नै बिधिरहेको देखिन्छ । सर्व प्रथम त: इहि गर्ने उमेर पुगेको  कन्याको चिना देखाई त्यस वर्ष इहि गर्ने दिन भए नभएको टुंगो लगाइन्छ । यसरी साइत जुरे पछि इहि गरीने कन्यालाई चार दिन अगाडि नै घरको नकिं( घरको मुलि महिला)ले सगुन( ............. ) दिएर पिब्वने कार्य गरीन्छन । कन्यालाई नुहाई धुआई गराई चोखो नित्य गराई सगुन दिइसके पछि इहि गर्ने कन्यालाई जन्म घरमा  भात ख्वाउनु नहुने बिधिरहेकाले इहि संस्कार भित्रको बिधिमा कन्याका आफन्तहरुको घर घरमा सगुन र भोजनका लागि आफन्तहरुले कन्यालाई निम्तो दिई घर घरमा लगि सगुन दिई मिथो मिथो परिकारहरु बनाई कन्यालाई भोजन गराइन्छ । इहि गर्ने कन्यालाई आफन्तले भोजन गराउने कार्यलाई स्थानिय भाषामा इहि मचा नकेगु भनिन्छन । इहि मचा ख्वाउने चलन कुनै थाउँमा भने चलन चलेको देखिन्दैनन । इहि संस्कारा गर्दा इहि मचा ख्वाउन पिब्वय गर्न नपर्नेहरुले कन्या ठूलो भै  विवाहको पूर्व संन्ध्यामा वा विवाह पछि आफन्तहर्ले पैइनजा ख्वाउने गरिन्छ ।  इहि संस्कार कार्यक्रम दुई दिन सम्म चल्दछ । पहिलो दिनलाई दुसो र दोस्रो तथा अन्तिम दिनलाई जज्ञ  .भनिन्छ ।
       इहि संस्कार कार्यमा आठ जना  व्यक्ती विशेषको प्रमूख भूमिका रहेको देखिन्छन भने एकजना सहयोगि हुन्छन जस्तै -
१. जोशी- इहि गर्ने दिनको साइत हेर्ने लगायत,
२. नापित-कन्याको खुट्टाको नङ्ग काटी रातो अल: लगाई दिने,
३. प्रजापती-इही कार्यका लागि आवश्यक माटाका मूर्ती,कलश तथा सल:पा: लगायत सामान बनाउने,
४. चित्रकार-प्रजापतिले बनाएका माटाका सामानमा विशेष प्रकारले रङ्ग रोगन गर्ने,
५. दिक्षित राजोउपाध्याय ब्राम्हण( नेवार ब्राम्हण-द्य:ब्रम्हु)-इहि यज्ञ गर्ने,
६. शिवाचार्य-शुवर्णकुमार(हिरण्य गर्भ:)को पूजा गर्ने,
७. कर्माचार्य(आचाजु)-अष्टमातृका पूजा गर्ने र
८. राजोउपाधयाय नकिं(गुरुआमा)-पाथीबाट लावा, फुल, अविर आदि राखी सिफँलुइ(अभिषेक)गर्ने, सिन्दूर आरोहण लगायत कार्य गर्ने आदिले यज्ञ कार्यमा प्रमुख भूमिका निभाउछ तथा इहि यज्ञ कार्य गर्न आवस्यक सरसामानको चाँजो पाँजो मिलाउन एकजना सहयोगिको व्यवस्था गरिएका हुन्छन जसलाई म्ह्य नाय: भनिन्छन । कार्यक्रम आयोजक " नोकू " समेतको एउटा टोली नै खडा भएको देखिन्छ । साथै इहि गर्ने कन्याहर्को पनि एउटा पाँच वा नौजनाको इहि गर्ने कन्याहरुको एउटा नेत्रुत्व तोली पनि अनिवार्य व्यवस्था हुन्छ । कन्याहरुको यस तोलीले इहि यज्ञ कार्यमा कन्याहरुको अगुवाई गर्द्छ । कन्याहरुको यस तोलीको नेतृत्व आयोजकको कन्याले गर्दछन जसलाई नोकू भनिन्छन भने बाकी कन्याहरु आयोजकले तोकेका कन्याहरु तोलीमा समाबेस हुन्छन । इहि गर्न आउने अन्य कन्याहरुलाई भन्दा कन्याहरुको यस तोलीलाई यज्ञ कार्यमा विशेष समान साथ व्यवहार गरिन्छ । विशेष समानका साथ व्यवहार गरीए बापत  यस तोली संग यज्ञ कार्य तोलीले अन्य कन्याहरु संग भन्दा बढी याने दोबर दक्षिणा लिने गरीन्छ्न ।
       इहि संस्कार कार्यको पहिलो दिन(दुसो)- दुसो विधि अन्तरगत कन्याहरु(इहि मचा)लाई इहि यज्ञस्थलम प्रबेष गराई स्वागत(लसकुस)कार्य गरि सर्वप्रथम बिघ्नहरण कर्ता श्री गणेषको बोका बली पूजागरी कार्यशुभारम्भ गरिन्छन, इहि यज्ञका प्रमुख देवता त्र्यम्वकेश्वर महादेव-शिव(स्थानिय भाषामा अलिद्य:)लाई प्रजापतिको बाट साधेर(........) इही यज्ञमा ल्याई कन्याहरु बाट पुजा गराइ यज्ञस्थलको ईशान कोणमा राख्ने काम  गरिन्छ । त्यस पछि गंगामाताको आव्हानगरी सुतक निवारकका रुपमा ( इहि कार्य संम्पन्न नभए सम्म त्यस अवधिमा कुनै सुतक परीहालेमा पनि कन्यालाई सुतक नपर्ने बिधिबिधान अन्तरगतको तान्तृक कार्य अनुसार बयलको पिण्ड दान गराई बृध्दी श्राध्द गराई पितृवंश, मातृवंश,गुरुजन आदि सबै स्वजनहरुलाई पिण्ड तर्पण गराएर बृध्दी श्राध्द संम्पन्न गराई शतबृन्दी दोरा(का: वायके विधि)लगाई दिने कार्य गरिन्छन । त्यस उपरान्त कन्याहरुको आ-आफ्नो कुलदेवता, इष्टदेवता(आगंद्य:), तलेजु भवानी लगायतको आव्हानगरी पुजा गरीन्छन । राजोउपाध्याय नकिंले काठको पाथीभित्र लावा,फूल आदि राखी कन्याहरुलाई अभिषेक्स(सिफँलुइगु)गरि कर्माचार्य बाट  कन्याहरुलाई प्रशाद बित्तरण गरि पहिलो दिनको पूजा कार्य समाप्त गरि  कन्याहरुलाई  दुसो जा नकेगु भनी  तन्त्र बिधिबाट भात ख्वाउने कार्य हुन्छ । यस क्रममा अघि सुरुमा गणेषलाई पूजा गर्दा बलि दिएको बोकाको टाउकोको अंगलाई आठ बिभिन्न भागमा तान्तृक बिधिवत बिभाजन गरिएनुसारको मासु प्रशाद जेष्ठ क्रम अनुसार कन्याहरुलाई(इहि यज्ञ आयोजकले उहि यज्ञमा कन्याहरुलाई तोकिराखेको जेष्ठ्ता अनुसार (पाँच जना अथवा नौजना ) बिधिवत क्रमश बितरण गरि सिकाभू ( नेवार समाजमा कुनै देव देविलाई बलिसहितको पुजा गर्दा बलिदिएको कुखुरा,हाँस वा बोका आदि जे बलिदिएको छ त्यसको प्रशाद सोरुप बलिको टाउको याने सिर जो कोहीले ग्रहण गर्ने(खाने) अधिकार दिएको छैन  । त्यसको अधिकार घर परीवारमा भए घरको मूली देखि क्रमश:जेष्ठता अनुसार बिधिवत ग्रहण गर्छन । तर यो अधिकार महिलाहरुलाई भने दिएकी पाईदैनन , कुल समूह वा गुठी समाज भए नाय:(नाईके) र सो पछि जेष्ठता क्रम  अनुसार ग्रहन गरिन्छ । सिकाभु ग्रहण गर्ने महिलाहरुलाई अधिकार नभए पनि इही संस्कार गर्दा भने इही गर्ने कन्याहरुलाई नै  बलिको सिकाभू(सिऊ) ग्रहण गराईन्छ ।( सिकाभुको अर्थ-.............) सिकाभु प्रशाद ग्रहण पश्च्यात कल:वाय बिधि अपनाई मातङ्गी देवीलाई पुजेर सिकाभुको उचिष्ठ(जुठो)सिकाभु स्थलको संम्बन्धित इलाकाको  च्छ्वास अजिमाकहाँ लगेर बिधिवत विसर्जन गरि दुसो दिनको संम्पूर्ण कार्य समाप्त गरि सबै आ-आफ्नो घरमा जान्छन ।
दोस्रो दिन "जज्ञ"
       यसदिन पनि कन्याहरुलाई यज्ञ मण्डलमा स्वागत(लसकुश) गरि नापित बाट कन्याहरुको खुट्टाको नङ कात्ने कातेको नङ कन्याको फुपुहरुले काँसको थालमा थाप्ने कार्यगरी दोस्रो फिनको कार्य सुरु हुन्छ । त्यस पछि सर्वखौ ( पिना) द्वारा सूक्ष्म स्नान गराई पंचगब्यले अभिसिञ्चन  गरिन्छ । यसदिन अघिलो दिनको दुसो कार्यमा कुनै विशेष कारण बंस सहभागी नभएका कन्याहरु समेत सहभागी भएका हुन्छन । .
। आज सहभागी हुने सबै कन्याहरुलाई अघिलो दिन झै पुन: बृध्दी श्राध्द गराइन्छ । श्राध्द गरिसकेपछी जोशी द्वारा सिन्दूरको पूजा सम्पन्न गरि राजोउपाध्याय नकिंले कन्याहरुको सिउँडोमा फुस्रेसिन्दूर(.......) लगाई दिई कन्याहरुलाई आशीर्वाद दिइन्छ ।  
      त्यसपछी योजकाग्नी (.सम्बन्ध जोड्ने..)यज्ञ आरम्भ गरि यज्ञमा बेललाई दस कर्मद्वारा सुसंस्कृत पारिन्छ । सुसंस्कृत बेललाई कन्याहरुको हात हातमा राखी बितरण गरिन्छ ततपश्च्यात कन्याका बाबुले पश्चिम तर्फ फर्केर कन्यालाई आफ्नो काखमा बसाई कन्याको दायाँ बुढी औला समाई कालो तिल कुश लिई कन्यादानको संकल्प गरि सुवर्न कुमार(हिरण्य गर्भ:) सहितको बेलमा कन्यालाई समर्पण गरिन्छ । त्यस पछि कन्याका आफन्तजनहरुले कन्यस्लाई भिक्षा दिने कस्र्य गरिन्छ यश कार्यलाई बार्हा छुइ भन्ने गरिन्छ । भिक्षामा चामल, पैसा तथा शौभाग्यको सामाग्री सहित दिइन्छ । त्यस पछि कन्याहरुलाई बेलसंगै कुशको डोरीले स्थीर्स्दाम्पत्यको निमित बाँध्ने कार्य संम्पन्न गरिन्छ पछि यसबन्धनलाई शिवाचार्यले झिक्ने कार्य गरिन्छ । त्यस पछि राजोउपाध्या ब्राम्हणले प्र्शाद बितरण गरि ब्राम्हण नकिं ( ब्राम्हणी ) बाट काठको पाथीबाट लवा, फुल, अबिर इत्यादी राखी अभिषेक ( सिफँलुइ ) गरि कन्याका माताबाट दक्षिणस थाप्ने काम हुन्छ ।
      त्यस पछि इही संद्कार कर्मको पूर्णफल प्राप्तिका लागि गौदान गरेर  लं, पने (इहि संस्कार भित्रको एक विधि) कार्य गरि कन्याहरुलाई क्रमश: पालै पालो गरि खुट्टाले सिलौटामा कुल्चिन लगाई मास पिँध्न लगसिइन्छ (खुट्टाले सिलौटामा कुल्चिन लगाई ( इहि संस्कार भित्र एक विधि) सो कार्य सकिना साथ यज्ञको विसर्जित ब्रम्हा स्वर्ग प्रस्थान हुन्र बेलाको जल प्रशाद दिई भोजन कक्षमा लागि भोजन गराई उचिष्ठ(जुठो)लाई पूर्वव्स्त मातङ्गी देवी पुजेर च्छास अजिमा कहाँ बिधिवत कल:वाय सम्पन्न गरि इहि कार्यको सबै काम समाप्त गरिन्छ ।इहि यज्ञमा काम सक्यार घर प्रबेष गर्दा घरको ढोका अगादी बिराजमान कुमार ( पिखालखु द्य: )को अगादी कन्यालाई उभ्याई सल:पा: समाउन लगाई त्यसमा घरको मूलीबाट भिक्षा दिइन्छ । यस भिक्षा दिने कार्यलाई फँ बारा छुयेगु भन्छ । यसरी इही ससंकार कार्य सम्पूर्ण हुन्छ ।
इहि संस्कार जोगाई राख्न चुनौती  :-
       यो इहि संस्कार इहिपा(विवाह)कै एउटा रुप भएतापनी यस संस्कारमा इहिपा(विवाह)मा गरीने विधिहरु भन्दा पृथक बुधिहरु अपनाएको छ ।यसमा गरीने अधिकांस विधिहरु गैर नेवारहरुको भन्दा पृथक वैदिक-तन्त्रनिर्देशित भिधिहरु गरि आफ्नो जातिय मौकिक्ता दर्साई पहिचान दिइरहेका हुन्छन । वास्तविक जिवनमा गरीने इहिपा(विवाह) जे जस्तै बिधिहरु jastai- कानूनी विवाह,माघी विवाह, प्रेम विवह गरीएतापनी जातिए पहिचान र मौलिक्ताको प्रश्न उठदैनन तर इहिपा(विवाह) संस्कार भित्रको एक प्रमुख विधि " ग्वय सायके(ग्वयसा: भ्वय) र वाल्यावस्थामा गरीने इहि संस्कार तथा बार्हा: संस्कार गरीएन वा गराएन भने त्यो नेवार नै हुनसक्दैनन । अर्थात त्यस्ता व्यक्तिले आफुलाई नेवार हुँ भनी नभनेनी हुन्छ । किन भने नेवार रितिरिवाज तथा संस्कारको गर्भ:भित्रको परिधिवाट आयकी व्यक्तिले आफ्नु मूल गर्भको संस्कारलाई स्वीकार गरि विधि बिधान पालना नगर्ने नेवार कासरी हुन सक्छ ?   
       नेवार नेपालको एउटा जाती समुदाय मात्र हैन , नेपालकै पहिचान हो । नेवार शब्द बाटै प्राचीन नेपालको नाम नेपालमन्डल भएको पनि हुन सक्छ । त्यसैले नेवार आफै एउटा जात मात्र हैन, एउटा राष्ट्रीयता नै हो । अनि आफ्नो पहिचान र राष्ट्रीयता बिर्सने व्यक्ती आखिर नेवार कसरी हुन सक्ला त ?
      नेवार संस्क्रुती तथा संस्कारलाई नबिर्सने अनि आफ्नो राष्ट्रीयता र पहिचानलाई कायम गरि राख्न चाहने तर कारबंश आफ्नो परम्परागत बास्थाबाट बसाईसरी नेवार बस्ती र नेवार समाज बाट धेरै ताधारहन बाध्य भएका वा रहने केही नेवारहरुलाई आफ्नो स्स्कार एवं संस्कृती जोगाई राख्न कथिन पर्दै गएको पनि यहाँ देख्न र सुन्नमा आएका छन । पहाडी र तराई क्षत्रमा बसोबास गर्ने  नेवारहरुले " नेवार संस्कार तथा संस्कार बिधिबिधानको ज्ञान भएका राजोपाध्याय ब्राम्हण( द्य:ब्रम्हु, नेवार ब्राम्हण)को अभाबमा आफ्ना चेली, कन्याहरुको इहि संस्कार गर्न गराउअन समस्या परेको " जस्ले गर्दा गैर नेवार ब्राम्हण बाट जस्लाई इहि संस्कार बिधिबिधानका बारेमा जेही जानकारी नै छैन त्यस्ता ब्राम्हण बाट गैर नेवारहरुले गर्ने वैदिक बिधिबाट भएतापनी इहि संस्कार गराई आफ्नो जातिय पहिचान दिनु परेको " भन्ने कुरा धेरै वर्ष अगावै काठमाण्डौ बाट सल्याण जिल्लामा बसाईसरी घरवारगरी आई हाल काठमाब्डौको कलङ्की क्ष्त्रमा डेरागरी बस्नुहुने राजकुमार श्रेष्ठ बताउनु हुन्छन । राजकुमारजीको भनाई बाट नेवार बस्ती र समाज बस्ट ताधारहनेहरुमा आफ्नो जातिय पहिचान र संस्कार जोगाई राख्न चुनौती रहेको प्रस्त नै देखिन्छन ।
     अत: नेवार जातिको मौलिक पहिचानको " इहि संस्कार " लगायत नेवार संस्कारहरु जोगाई देशको पहिचान जोगाई राख्न नेवार बस्ती र नेवार समाजदेखी ताधारहने पहाड र तराई क्षत्रमा बसोबास गर्ने नेवारहरुलाई लक्षित गरेर " इहि संस्कार " तथा नेवार संस्कारहरुको वैदिक- तन्त्रनिर्देशित सरल निर्देशिका सम्प्रेशन गर्न नेवार संस्कारका ज्ञाता प्रबुद्वबर्ग राजोपाध्याय ब्राम्हण( द्य:ब्रम्हु, नेवार ब्राम्हण), जोशी, कर्माचार्य तथा शिवाचार्य लगायत नेवार समाजका अगुवाहरुले ध्यान दिनु आवश्यक नै  छ । 
http://shilpakarpm.blogspot.com/2016/07/blog-post.html?m=1
प्रकाशशमान शिल्पकार
..