Sunday, August 7, 2016

सडक विस्तारले कलङ्की मन्दिर जोखिममा

सडक विस्तारले कलङ्की मन्दिर जोखिममा
राजधानी दैनिक
बिहिवार १४ जेष्ठ २०७३


प्रकाशमान शिपकार

      काठमाणडौ उपत्यका सडक सुधार आयोजनाको कार्यक्रम अन्तर्गत सडक विभागले उपत्यकाको नौउ वटा सडक विस्तार आयोजना गदैछन । उपत्यकाको सडक विस्तार कार्यमा तृपुरेस्वर-कलङ्की- नागढुङ्गा भित्रको १२ किलोमिटर सडकलाई प्राथमिकताका साथ कार्य गर्ने योजना सहित कार्यथालनी गरिन्दैछन यस कार्यबाट यस क्षत्रको सडक किनामारहेका हजारभन्दा घर प्रभावित हुने देखिन्छन । राजमार्ग सिमा तय हुनु भन्दा पहिले याने अघि निर्माण भएका घरलाई क्षेतिपुर्ति दिने तर  अन्य घरलाई कुनै क्षतिपूर्ती नदिने भन्ने सरकारले भनिसकेका छन । सडक विभागको पूर्व व्यवस्था अनुसार राजमार्गको दायाँ-बायाँ ५० मिटर र सहायक राजमार्गको ३० मिटर सिमा तय राखेका छन ।
      त्रीपुरेश्वर-कलङ्की-नागढुङ्गा सडक क्षेत्रभित्र पर्ने सोल्तीमोद देखि कलङ्की चोक सम्मको सडक क्षेत्रलाई चक्र पथ निर्माण हुनु अगादी, मेयर केशब स्थापितको पालामा   समेत पटक पटक  गरि जम्मा दुई पटक सडक किनारामारहेका घरहरु तोडफोड गरि सडक विस्तार गरिसकेका छन । अहिले गरिरहेको तेस्रो पटकको हो । गत २०७२ बैशाख १२ र २९ गते गएको बिनासकारी महाभुकम्पले यश क्षेत्रको एक दुई घर बहेक अन्य घर पूर्णरुपमा क्षेती नदेखिएतापनी घरको जग्ग भने निकै कमजोर अव्स्थामा पुगेका देखिन्छन । २०७२ बैशाख १२ अघि सम्म जतिसुकै ठूला र मालबहक गादी आउँदा पनि गर कम्पन भएको महसुस नहुने घर ,मन्दिर अहिले  महाभुकम्प पश्च्यात ठूलो गादी आउँदा भुकम्पको सानो झत्का आए जस्तै कम्पन भएको यहाँका बासिन्दाले महसुस गर्ने गर्दै आएकाछन । यस्तो कम्जोर अवस्थामा पुगेका घरले अबको सडक विस्तारले दिबे झत्कालाई थेग्न सक्लान भन्ने कुरामा सडक किनारमा घर भएका स्थानुय घर धनिहरु संसकित र त्रसित अवद्थामा छन । यस्तो त्रसित र संसकित अवस्थामा पनि डोजरले आफ्नो घरलाई प्रहार गरेको तुलतुल हेरीरहने अथवा भुकम्पले घरको जग्ग छिया छिया पारी कम्जोर अवस्थामा पुर्याई राखेको आफ्नो घरलाई आफैले अर्को झत्का दिई सडक विस्तारमा परेको भाग भत्काई घरलाई पुन: कम्जोर अवद्थामा पुर्याउने बाहेक घर धनिलाई अर्को बिकल्प छैन ।           काठमाण्डौ उपत्यका बाहिर भन्दा यहाँ शान्ती सुरक्षा लगायत सुबिधारु भएको तथा काठमाब्डौ देशको राजधानी समेत बएकाले पनि बाहिरबाट बाढीसरह भुत्रीने जनसागरके नुरन्तरता पाईनैरहेका जारणले यहाँ जमुनले थेग्नै नसक्ने अवस्थामा पुगीसकेको अवस्था छ भने अर्को तर्फ नयाँ नयाँ सवारी साधनगहरु भौत्र्याउने जार्यले पनि निरन्तरन्ता पाईनै रहेकाके यहाँका सडक सडक गल्ली सवै दिन दिनै साँघुरिन्दै छन । राजधानी भित्रीने जनसागर र नयाँ सवारी साधन भित्रीयाउने कार्यलाई राज्यले नितिनुयम बनाई अब पनि नियन्त्रण नगर्ने हो भने भोलि यहाँ बिकराल स्थितीको सामना गर्नु पर्ने निश्चुत नै छ ।
      त्रीपुरेश्वर-कलङ्की-नाफढुङ्गा सडकको यश सडक क्षेत्रभित्र पर्ने साविक न्हेंपंखा भन्ने हाल कलङ्कीभनी प्रख्यात पाएको क्षेत्रमारहेको कलह र कलङ्क नासिनी भगवती श्री कलङ्की माता ( कल्खु अजिमा, बालकुनारी माता)ले  तस क्षेत्रमा सडक बिभागले गरीएका पटक पटक सडक विस्तारको क्रममा आफ्नो तीन वटा पाटी, आफुले स्नान गर्ने तथा भक्तजनले आफुलाई जल चढाउन जल लिने ईनार र सो ईनार बाट जल झिकेर आफू र बटुवालाई पानी ख्वाउन जल संचय गरीराख्ने बज्रले निर्मित कलात्मक हात्ती आकारको जल भाँडो( पानी ट्याङ्की) गुमाई सकेका छन । अबको सडक विस्तारमा कलङ्की मस्ता र मन्दिरले आफ्नो कुनै भौतिक साधन र जमिन गुमाउनु पर्ने अवस्था नदेखिएतापनी सडक वुस्तार उपरान्त भोलीका दिनमा मन्दिरको दायाँ बस्याँ दुबै तर्फबाट सवारी साधनहरु हुँइकिन्दा आफ्नु मन्दिर र मन्दिरमा श्रध्दाभक्तिका साथ आउने भकतजनह्स्रुको जिउज्यान जोखिममा पर्न सकिने देखिन आउँछ ।
       साँघुरिन्दै गैरहेको सडकको समस्या
सडक विस्तार मात्र हो अन्य कुनै बिकल्प छैन भनी पटक पटक सर्वसाधारनको घर भत्काइ सडक फराकिलो गर्दै सडक विस्तार गर्नु उपयुक्त र न्यायोचित मान्न सकिनन । सडकमा दिनहुँ देखिने ट्राफिक जामलाई निउन्न गर्ने एउटा उपाए भनेको सवारी चाकहरुलाई लेन अनुशासन कढाइका साथ लागू गर्नु , बैकल्पिक मार्गहरु प्रयोगमा ल्याउने , सडक पेटीमा पसल राख्नेहरुलाई कढाई गर्ने लगायत कार्य राज्यले अति कढाईका साथ गर्नु पर्दछन बने सवारी चालकहरु आफैले पनि अनुशासित भै सवारी हाक्नु आवश्यक हुन्छ । विभिन्न उपाएहरु अपनाउँदा पनि समस्या समाधन नभै सडक बिस्तार बाहेक अरु बिकल्प नभएको अवस्थामा सडक विस्तार गर्नै पर्ने भएमा कुनै मठ, मन्दिर लगायतका श्रध्दालुहरुको आस्था र बिस्वासमा आँच नाआउने गरी मठ मन्दिर लगायत भक्तजनहरुको संभावित हुन सक्ने दुरघटनाको दृष्टीलाई पनि मध्यनजर गरि जोखिमलाई निउन्न गरि कार्ययोजना गर्नु उपयुक्त नै हुन्छन । अत:यस तर्फ सरोकारवाला सवैले मनन गर्नै पर्छ ।।

No comments:

Post a Comment