Monday, April 15, 2019

सन्दर्भ पृथ्वी जयन्ती

                               गोरखाका खस राजाले यहाँ आक्रमण गरेर नेवार राज्य शासन नस्त गरेकोमा यहाँका समस्त नेवारहरुको मनमस्तिसको एउटा कुनै कुनामा पृथ्वी नारायण शाह प्रती  आक्रोसको स्थान रहनु स्वभाविक नै हो । तर आक्रोश हुदा हुँदै पनि एउटा तितो सत्य यो पनि छ कि - आज हामी नेपाली भनेर विश्व सामु जुन गौरबताका साथ भन्न पाईरहेका छौ सायाद  पृथ्वी नारायणाले त्यो बेलामा हामिलाई पराजित नगरेको भए आज हामी नेपाली भनेर गौरब गर्न सक्ने अवस्था रहथ्यो वा रहनन् होला ।
          युध्दका बिजयी शासकले पराजित राज्यका   जनताका राजनैतिक, सामाजिक संस्कारमा आफ्नो प्रभुत्व जमाउनु र आफ्नो नीति निएयम लगायत लाड्नु पनि स्वभाबिक नै मान्नु पर्छ ।  तर पनि बिजयी राजाले पराजित राज्यको राजा र जनताका जिबित देवी श्री कुमारीको पाउमा नै ढोग गरेर पराजित राज्यको रितिरिवाज बिजयी शासक पृथ्वी नारायण शाहले स्विकारेको जिवन्त ईतिहास पनि बिर्सनु हुन्न ।
         २७ पुस लाई  एउटा नेपाली बहुसंख्यक समुहले पृथ्वी जयन्ती एवं राष्ट्रीय एकटा दिवसका रुपमा मनाउने गर्दै आएका छन् भने अर्को एउटा जनजाती समुहले  पृथ्वी नारायणलाई अपराधिकारुपमा मान्दै कालो दिनका रुपमा लिन्दै आएका छन् । यसै क्रममा २७ पुषमा किर्तिपुरका केही जनताले पृथ्वी नारायण शाह कामै नलाग्ने व्यक्तिका रुपमा लिन्दै किर्तिपुरको एउटा छिया छिया परेर कामै नलाग्ने  ढुङ्गा (छ्याक लोहं) लाई पृथ्वी नारायण शाहको प्रतिकमा लिन्दै त्यसलाई सामुहिकरुपमा थुक्ने परम्परा चलाउँदै आएका छन् । गोरखाका राजा पृथ्वी नारायणले आफुहरुलाई दिएको त्यो घाउलाई सम्झदै छ्याक लोहंमा आक्रोश पोखेर राजालाई थुक्ने किर्तिपुरवासिले किर्तिपुर राज्यलाई बचाउन युध्दमा साहदत प्राप्त गर्ने वीर योध्दाहरु प्रती एक शब्द श्रध्दाँञ्जली दिएर स्मरण गरेको देखिनदैनन्।

                               सन्दर्भ
पृथ्वी जयन्ती

No comments:

Post a Comment