हलिमलिं -लेख संग्रह

Friday, January 26, 2018

महिनावारि हुने स्त्रीले बार्नु भनेर धर्मले भनेको नै छैन

Skip to content







महिनावारि हुने स्त्रीले बार्नु भनेर धर्मले भनेको नै छैन  

Posted on January 25, 2018 byshilpakarpm प्रमा
महिनावारि हुने स्त्रीले बार्नु भनेर धर्मले भनेको नै छैन
~ ~~ ००० ~~~
प्रकाशमान शिल्पकार
मातृ देवो भव: अर्थात आमा देवता भन्दा पनि ठूलो हुनुहुन्छ । जननी जन्मभूमुश्च स्वर्गादपि गरीयसी अर्थात जन्म दिने आमा र जन्मभूमी स्वर्ग भन्दा पनि उच्च छ । पृथ्वीलाई माता भन्ने संस्कार हामिलाई हाम्रो धर्मले सिकाएका छन् । पृथ्वीले प्राणी जिउनलाई चाहिने आवस्यक अन्नपात , औषध उपचारका लागि आवस्यक जडिबुती लगायत सवै उत्पादन गरि दिन्छ । जन्म दिन सक्ने क्षमताबान् नै माता हुन् । जन्म दिने क्षमता प्रकर्तिले स्त्रीजातिलाई दिएको छ । प्रजलन शक्ति बर्दान पाएका स्त्रीजातिमा हुने अनि प्रजलन प्रकृया संग प्रमूख सम्बन्ध रहेको एउटा प्रकृया हो ” महिनावारी ” यसलाई मासिक स्राव वा रजक भएको भन्ने पनि गरिन्छ। महिनवारी नारिहरुका साथ माषिक श्रृंखलाबद्ध हुने प्राकृतिक शारीरिक प्रक्रिया हो । मानव सृस्तिकालागि नारिलाई पूर्णता दिन प्रकर्तिले अनिवार्य व्यवस्थ गरिएका मासिक रुपमा शृंखलाबध्द हुने शारीरिक प्रकृया नै महिनावारी हो भन्ने सबैलाई ज्ञात हुँद हुँदै पनि यसलाई महिला पर सर्ने र नछुने हुने भन्दै नारिको त्यो मासिक स्रावको अवस्थाई पुरातन सोचको समाजले अनादर गर्दै घृनित रुपमा लिएर संस्कार कै रुपमा मान्यता लिन्दै आएका छन् ।
सामान्यतयाः महिनावारी र नछुनेलाई एउटै मान्ने गरिए तापनि यी दुई भिन्न हुन् । महिनावारी जैविक विषय हो, जुन महिलालाई जन्मजात नै प्राप्त हुन्छ । नछुने चाहिँ समाज निर्मित विषय हो, जसलाई पितृसत्तात्मक समाजले महिलामाथि थोपरेको एउटा कुसंस्कार हो । महिनावारी महिलाको प्रजनन् क्षमतासँग जोडिएको हुन्छ र यो महिलाको शारीरिक परिपक्वताको मानक पनि हो । अनि यो महिलाको प्रजनन् क्षमता र सुस्वास्थ्यको संकेत पनि हो । । प्रजनन् सम्बन्धी आवस्यक रासायनले महिलाको गर्भाशयलाई हरेक महिना गर्भाधानका लागि योग्य बनाइदिन्छ । यस अवधिमा महिलाले गर्भाधान गरिनन् भने यी रसायन रगतमा मिसिएर योनी हुँदै शरीरबाट बाहिरिन्छ । महिलाको शारीरिक यहि प्रकर्तिक प्रकृया नै रजसोला याने महिनावरी अथवा रजस्वला हो ।
स्त्रीजाती मानव सृस्तिका मूल आधारभूमि अनि प्रजन क्षमताका शारीरिक मानक नै महिनावारी याने रजस्वला हो भन्ने यथार्थता हुँदा हुँदै पनि सनातनी धर्म ग्रन्थ लगायत संसारका सबै धर्म ग्रन्थहरुमा महिनावारीलाई धार्मिक, संस्कृतिक लगायत दैनिकिए जीवनमा वर्जित गरिएको छ । सनातन धर्मको मूल आधार चारै बेदमा भने महिलाको महिनावरिलाई छुन नहुने भनेर भनेको छ भनेर बेद ज्ञाताहरु कसैले यहाँ भन्न सकिरहेको छैन । तर पनि सनातनी समाजमा महिनावरिले महिलाहरुमा आततयिक संस्कारका रुपमा जडा गादेका छन् । त्यसोत नेपालमा किराँत, बोनपो लगायत धर्म मान्ने जनजाति तथा सनातनी शैब संप्रदायका जनजाती नेवार समुदायमा महिनावारी बार्ने परम्परागत चलन छैन । तर आधुनिक जनजाती समाजमा महिनावारिलाई छुननहुने संस्कारका रुपमा चलन चलाई आएको यहाँ देख्न पाईन्छ । यस्को मूल कारण हो गैर सनातनी जनजातिहरुको संस्कारको प्रभाब ।
महिलामा हुने आततायी संस्कारको रुपमा चली आएको महिनावारी छुन नहुने संस्कारका रुपमा अन्यत्र जिल्लामा भन्दा पनि नेपालको पश्चिम, मध्यपश्चिम तथा सुदूरपश्चिमका अधिकांश जिल्लामा बढी नराम्रो संग जडा गादेको पाइन्छन् । यस क्षेत्रका महिलाहरु पहिलोपटक महिनावारी हुने किशोरीले ११ देखि १५ दिनसम्म, अन्य युवतीहरूले पाँचदेखि सात दिनसम्म र विवाहिताले चार दिनसम्म छाउपडी गोठमा बस्नुपर्ने हुन्छ । यहाँको स्थानीय भाषामा महिनावारी हुनुलाई छाउ अथवा छुई भन्ने चलन छ ।
त्यसरी महिनावारी भएकी महिलालाई घरभन्दा टाढा बनाइएको सानो झुपडी वा गाईवस्तु बाँध्ने गोठमा राख्ने गरिन्छ । त्यसरी राखिएका वा बस्न विवश महिला ‘छाउपडी’ हुन्छन् । छाउपडी गोठको ढाँचा/स्वरूप जिल्ला, गाउँ तथा स्थानअनुसार फरक–फरक हुने गर्छ । छाउ भएको समयमा सार्वजनिक स्थान (धारो, बाटो, विद्यालय, मन्दिर आदि) प्रयोग गर्न नपाउनुका अतिरिक्त कसैलाई नछोइकन अलग्गै बस्नुपर्छ । सरसफाईको अत्यन्त आवश्यक हुने यस बेलामा किशोरी तथा महिलाहरूलाई साबिकको पँधेरो, धारा तथा कुवा छुन दिइँदैन । साथै पोषणयुक्त खाने कुरा (दूध, दही, घ्यू आदि) खान नहुने मान्यता पनि छ । छाउ भएकी महिलालाई घरभित्रको आन्तरिक काम गर्न प्रतिबन्ध छ तर घरबाहिर भारी काम गर्न (घाँस, दाउरा, खेतबारी खन्न, ओखल तथा ढिकी कुट्न) लगाइन्छ । यस अवस्थामा पौष्टिक पदार्थको सेवनलाई वञ्चित गरिएको छ भने कामको बोझलाई कम गर्ने बारेमा केही सोचिएको छैन । छाउपडी गोठमा बसेका बेला किशोरी तथा महिलाहरू कोही जाडोका कारण, कोही सर्पले टोकेर तथा कोही धुँवाबाट निस्सासिएर मर्ने गरेका समाचारहरु अहिले पनि हेर्न र सुन्न पाईछन् । यसैगरी छाउगोठमा बसेका महिला तथा किशोरीहरू बलात्कृत पनि भएका छन् । एउटा निश्चित उमेरसम्म प्रजननका लागि प्रकृतिले दिएको स्वाभाविक प्रक्रियाका कारण प्रत्येक महिना सुदूरपश्चिमी भेगका लाखौँ किशोरी तथा महिलाको जीवन कष्टकर तथा अस्वस्थ बनेको छ ।ब
यदि महिलाहरुमा हुने महिनावारी छुननहुने संस्कार नै हो वा सनातनी धर्मका ग्रन्थ मनुस्रुती लागायतका ग्रन्थाका आधारलाई स्विकारर्ने हो भने स्त्रीजातिमा हुने शारिरिक प्रकृतिक बनोत अनुसार हुने प्रकृया अन्तरगतका यो मासिक स्राव याने महिनावारी हुँदाका अवस्थामा सनातनिहरुले सनातन देखि श्रध्दा र भक्तिले पुज्दै आएका महाशक्तिदायिनी महादेवीहरु पार्वती, लक्ष्मी र सरस्वती लगायतका कुनै देवी सात दिन सम्म पर सरेको, आफ्ना स्वामी र आफ्ना धामको ( घरको ) केही सरसामान नछुन छौगोठमा बसेको थियो भनेर कुनै धार्मिक ग्रन्थ तथा कथाहरुमा उल्लेख भएको देखिन्दैनन् । यस्को अर्थ हो सनतनी धर्मले महिनावरी भएको स्त्रीलाई छुन नहुने भनेर भनेको नै छैन वा बार्नु पर्छ भनेको छैन। माहादेवीहरुमा पनि मासिक स्राव हुन्थ्यो त्यस्को एउटा प्रमाण नागार्जुनको तल गोल्ढुङ्गा स्थित पुरानो गुह्यस्वरी पिठलाई लिन सकिन्छ :–
पौराणिक कथा अनुसार समुन्द्र मन्थान बाट निस्केको कालकुट बीष देवादी देव महादेवले सेवन गरे पछि छटपटाउँदै चिसो ठाउँ खोज्दै जाने क्रममा सातीदेवी पनि संगै जाँदा नागार्जुन पर्वतको फेद रमणिय फुलवारीमा आईपुग्दा सतीदेवीलाई रजस्वला भएको र रजस्वला भएको अवस्थामा यात्रा गर्न उचित नभएकाले सतीदेवी यहाँ चारदिन विश्राम लिनु भएको र शिवजि गोसाइँकुण्ड जानुभयको भन्ने छ । सतीदेवी रजस्वला भएको त्यहिं स्थान तथा चार दिन विस्राम लिनु भएको त्यो स्थल नै कालन्तरमा गुह्यस्वरी पिठको नामले सवैले पुज्न थाले । सतीदेवी रजस्वला भएको स्थल पवित्र र पुण्यभूमी हुने अनि रजस्वला भएकी नारी चाहिँ अपवित्र हुने ? त्यस्तै अर्को एउटा प्रामाण भारातको कामरुप कामाख्या शाक्ती पिठ हुन् । कामाख्या देवी रजस्वला भएकी देवी हुन् । त्यस शक्ति पिठमा देवीको मासिक स्राव भई रहेकै अवस्थाको योनिलाई नै पुजा गर्ने गरिन्छन् । धर्मले रजस्वला भएकी नारी अपवित्र मान्छ भने कामख्या रजस्वला देवी र त्यसस्थलाई किन पुजा गर्छन् अनि किन शक्तिपीठ मान्छन् ?
हुनत केही पौराणिक कथा अनुसार देवराज इन्द्रले विस्वरुपको शिरलाई तीन टुक्रा पारेर ब्रम्ह हत्याको पाप भोग्न परेकाले चतुरमुखी ब्रम्हा कहाँ पुगि सबै बृतान्त सुनाउनु भयो । तब ब्रम्हाजीले इन्द्रको ब्रम्ह हत्यापाप निवारण गराउनका निमित्त ब्रम्ह हत्याको दोषको पाप मध्यको एक वर्ष सम्म इन्द्रले भोग गरि बाँकी दोष पृथ्वी, वृक्ष, जल र स्त्री गरि चार भाग लगाई चार स्थानमा फ्याकी दिनु भयो । पछि त्यही नै उषरभूमी वृक्ष बाट निस्केको खोटो बुदबुद फेन जल र स्त्रीको रजमा त्यो पाप देखिन्छन । यसै कारण महीनै पिच्छे रजस्वला हुने रजोवती महीलालाई तीन दिन सम्म छुनै हुन्न भन्ने शास्त्रीय मान्यता रहेका पनि छन । केही शास्त्रमा त्यस्तो उल्लेख हुँदैमा इन्द्रको ब्रम्ह हत्यापाप सर्व नारीजातिले भोग्नु नै पर्ने छ भनेर बेद लगायत कुनै धर्म शास्त्रमा नत भनेको छ नत निर्देशित नै छ ।
” यत्र नार्य सु–पुज्यन्ते, रमन्ते तत्र देवता” अर्थात् जहाँ नारीहरुको पूजा हुन्छ, त्यहाँ देवताहरु पनि रमाउँछन् भनेर सनातनी धर्म शास्त्रहरुले नारीको महिमा गाईरहेको अवस्था पनि मातृशतात्मक राज्य शासनको अन्त्य सगै समाज विकाशको क्रममा मध्ययुग सम्मम आई पुग्दा सामन्ती प्रथाको उद्भव भएसँगै जसरी छुवाछुत प्रथाको शुरुवात भयो, त्यसैगरी नारी प्रति पनि विभेद गरिन थालियो । धर्मशास्त्रको गलत व्याख्या गरी महिलाहरु प्रति भेदभाव गरिएको महिनावरिको यो छुननहुने प्रथा आजको आधुनिक युग सम्म आईपुग्दा असिछित समाजमा मात्र पनि हैन सिछित समाज भित्र पनि यस प्रथाले पूर्ण मुक्ती पाउन सकिरहेका छैनन् ।
आफ्ना जातिय समुदायको संरचनाको परम्परागत संस्कारमा महिलाको महिनावारी लाई सहजरुपमा लिई छुननहुने भन्ने प्रथालाई मान्यता नदिएका जाती समुदायका आधुनिक सिछित महिलाहरु पनि छुननहुने प्रथा अङ्गालदै आएका समुदायको महिनावारी हुँदा जानी नजानी हुने गरेका छुवाछुतको प्रायश्चित गर्न गरिने व्रत उपसनाको पर्व ऋषि पञ्चमीमा व्रत बसेर नाच्दै महिनाबारि हुँदा महिला पर सर्नु पर्ने अनि छौपदी प्रथा जस्ता कुप्रथालाई मान्यता दिन समाजलाई हौसला दिन स्वयम् महिलाहरु नै अगादी बाधिरहेको देखिन्छ ।
shilpkarpm@hotmail.com प्रकाशमान शिल्पकार
Edit"महिनावारि हुने स्त्रीले बार्नु भनेर धर्मले भनेको नै छैन  "
WORDPRESS.COM.
Posted by Prakash Man Shilpakar प्रकाशमान शिल्पकार at 1:12 AM
Email ThisBlogThis!Share to TwitterShare to FacebookShare to Pinterest

No comments:

Post a Comment

Newer Post Older Post Home
Subscribe to: Post Comments (Atom)

view

over title

  • ►  2012 (23)
    • ►  April (10)
    • ►  June (1)
    • ►  July (1)
    • ►  August (1)
    • ►  September (6)
    • ►  October (2)
    • ►  November (1)
    • ►  December (1)
  • ►  2013 (3)
    • ►  April (1)
    • ►  July (1)
    • ►  October (1)
  • ►  2016 (16)
    • ►  February (1)
    • ►  July (3)
    • ►  August (6)
    • ►  September (1)
    • ►  October (1)
    • ►  December (4)
  • ►  2017 (7)
    • ►  January (1)
    • ►  February (2)
    • ►  March (3)
    • ►  July (1)
  • ▼  2018 (31)
    • ▼  January (3)
      • पुरानो गुह्यश्वरी र पाशुपट क्षेत्रको गुह्यश्वरीको...
      • १९ वडा कामपा परिचय
      • महिनावारि हुने स्त्रीले बार्नु भनेर धर्मले भनेको न...
    • ►  February (1)
    • ►  July (1)
    • ►  August (1)
    • ►  September (17)
    • ►  October (1)
    • ►  November (5)
    • ►  December (2)
  • ►  2019 (8)
    • ►  February (1)
    • ►  April (3)
    • ►  August (4)
  • ►  2020 (19)
    • ►  February (1)
    • ►  August (5)
    • ►  September (1)
    • ►  October (7)
    • ►  November (4)
    • ►  December (1)
  • ►  2021 (8)
    • ►  January (2)
    • ►  February (4)
    • ►  March (1)
    • ►  April (1)
  • ►  2022 (2)
    • ►  March (1)
    • ►  September (1)
  • ►  2023 (6)
    • ►  January (1)
    • ►  February (3)
    • ►  March (2)

भान्धरको पनाती हाकुसिँहको नाति राम बहादुर र मानकुमारीको छोरा प्रकाशमान शिल्पकार

My photo
Prakash Man Shilpakar प्रकाशमान शिल्पकार
Kathmandu, Nepal
View my complete profile

Visitors

Awesome Inc. theme. Theme images by molotovcoketail. Powered by Blogger.