हलिमलिं -लेख संग्रह

Tuesday, January 23, 2018

१९ वडा कामपा परिचय

Skip to conte


Skip to conten



१९ काठमाण्डौ

Posted on January 22, 2018 byshilpakarpm प्रमा
१९ काठमाण्डौ
वडा परिचय
~~~०००~~~
प्रकाशमान शिल्पकार
पृस्थ्भूमि
प्राचिन् नेपालको सभ्यता प्रारम्भको उदगमस्थल मञ्जुपत्तन सहरको तल्लो भेग( क्वने त्वा) र माथिलो भेग (थने त्वा) को मध्य भाग ( दथु त्वा ) भित्र विष्णुमती नदिको पूर्व किनारमा अवस्थित श्री अशोक बिणायक र श्री चामुण्डा ( कंकेश्वरी/ कङ्ग अजिमा) देवीले संरक्षित प्राचिन् वस्तिको वडा नं. १९ एतिहासिक र धार्मिक दृर्ष्टिले अति महत्वपूर्ण रहेका देखिन्छन् ।
परिचय
संघिय गणतन्त्र नेपालको प्रदेश नं ३ मा पर्ने काठमाण्डौ जिल्लाको निर्वाचन क्षेत्र नं. ८ मा परेको काठमाण्डौ महानगर पालिकाको १९ नं. वडा तातकाली काठमाण्डौ नगर पञ्चायत जन्म देखि १४ वडा भएको यस वडा जनमत संग्रह पछि पुन: वडा बिभाज र समायोजन हुँदा १९ वडा कायम भएको यस वडाको क्षेत्रफल नेपाल सरकारको तथ्याङ्क अनुसार ०.१३ बर्ग कि.मि.क्षेत्रफल छन् भने १०७११ जनसंख्या रहेको तथ्याङ्क अभिलेखले देखाएको छ ।
धार्मिकस्थल
कलिगत संम्बत ३८२५ मा लिछिबी राजा गुणकामदेवले प्राचीन नेपाल नेपालमण्डको कान्तिपुर नगर सुरक्षाका लागि स्थापित मात्री शक्तिहरु मध्य यस वडा क्षेत्रमा चामुण्डा देवी( कंकेस्वरी/कङ्ग अजिमा) रहेका छन् । प्रसिध्द चार गणेशमा पर्नुहुने श्री अशोक विणायक , सन्तानेस्वर महादेव, पतांमरी(पताङ्गिनी) गणेश मोहनिको नवरात जाने नवमिको तिर्थ ..भवानी तिर्थ, इन्द्र बिणायक मन्दिर तथा बुध्दको स्तूप चिवाखेल, यटखा बहालर मरु बहिल यटखा बालकुमारी, यतखा क्षेत्रपाल भईरब, यतखा बालगोपाल, चसान गणेश, ढोकाटोल …… कृष्ण, दमाई टोलमा …….. कृष्ण आदि समेतका धार्मिक स्थलहरु यसै क्षेत्रमा रहेका छन् भने भवानी तिर्थको ठिक पश्चिम बिष्णुमती पारी एक समय सुनको बालुवा बगेर आएको पवित्र लखु तिर्थ रहेका छन् भने दक्षिण तर्फ पवित्र राम घात रहेका छन् । त्यस्तै यस वडाको दक्षिण पूर्वमा काष्ठमण्डप( मरु सत:) जहाँ गुरु गोरखनाख विराजमान रहेको छ ।
एतिहासिकत्ता
यस वडा अन्तरगत एतिहाँसिक मरुहिटी, बन्जाहिटी, पाउंचा हिटि, मरुध्वाखा हिटि, चसाण्डो हिटि, ढोकाटोलमा … हिटि र कयता हिटि समेत प्राचिन् ढुङ्गेधाराहरु रहेका छन् ।
अमर सहिद गंगालाको क्रान्तिको सुरुवात कार्य क्षेत्र समेत रहेको यस क्षेत्रमा नेपालको इतिहासमा सबैभन्दा ठूलो हत्याकाण्ड कोत पर्वको प्रमूख कारक बन्न पुगेका काजी गगनसिंको हत्या यसै क्षेत्रको यटखा स्थित आफ्नै निवास प्राचीन भवनमा भएको थियो ।
चन्द्र शमसेरको शासनकालमा यसै १९ वडा क्षेत्रका कङ्ग पाखा ध्वाखा निवासी महाजन भाजु नारां( भाजु नारायण) शाही( खड्गी) ले तातकालिन अवस्थाको सानो दरवार ढाँचामा बज्र बाट नयाँ घर निर्माण गर्दा त्यो समयको दशहजार मोहरु राणा सरकारले जरिवाना तिराएर सर्वसाधारणले घर निर्माण गर्न सरकार संग अनुमती लिनु पर्ने हुकुमी कानून समेत लागू हुन कारक भएको क्षेत्रले चिनिएको क्षेत्र हो यो वडा । यो कुरा धर्म रत्न यमिले आफ्नो ” नेपालका कुरा ” भन्ने पुस्तकको ” चन्द्रशमशेरको कुरा ” भन्ने लेखको पाना नं ९९ मा लेखिएका बाक्यहरु बाट पुस्ति हुन्छन् । सो पंक्तिका बाक्यहरु यस प्रकारका छन : –
दमाईटोल बाट कंकेस्वरी जाने बाटोमा एउटा धनी कसाईले अनेक बुट्टादारी खम्बा, झ्याल, बुर्जा राखी आस्मानी रङ्गले रङ्गाईकन तीन तले खुबै राम्रो घर बनाएका थिए । यो कसाईको घर नजिकै साहिला गूरुजु हेमराज सर्मा र कान्छा गुरुजुका महल पनि आस्मानी रङ्गका नै भएको हुँदा सायद उनिहरुले नै ” कसाई ” भएर हाम्रो देखासिकी गर्‍यो भन्ने उजूर गरे होलानं र चन्द्रशमशेरले दस हजार रुपैँया जरिवाना गरि रुपरङ्ग बदल्न लगाए । ” भनेर लेखिएका छन् ।
लेखक धर्म रत्न यमि यसै वडाको छिमेकी भूरुङ्गखेल निवासिले दमाईटोलको प्रतिस्थित धनी महाजन जसले त्यो घर बनाउने खड्गी (शाहि) वहाँ लेखक कै भाषा र शब्दमा ” कसाई लाई लेखक महोदयले नचिन्ने त प्रस्नै हुँदैन तरपनी के कति कारणले लेखकले घर बनाउने महाजनको स्पस्त परिचय खुलाउन चाहेको देखिएन । तातकालिन समयमा देशको बत्तिस महाजनमा गनिने यतखा दमाइटोलका महाजन भाजु नारां शाही ( खड्गी)लाई नचिन्ने त कुरै हुन्न् । सम्भत लेखकलाई जातिय अहंताले ग्रसित मनोभावना भएको कारन हेपाहा दृष्टिबाट स्पस्त परिचय नखुलाएको हुन सक्छन् ।
चन्द्रशमशेरको शासनकालमा दशहजार मोहरु दण्ड जरिवाना तिर्न सक्ने हैसियत भएका निज महाजन भाजु नारांका त्यस समयमा छिमेकी मूलुक भारतको कलकत्तामा व्यापारिक गद्दी समेत रहेको थियो भन्ने वहाँका (माहिला छोरा जूजूभाई भन्ने शिध्दिनाराणको छोरा.) नाति राजपुतसिंह बिनोद शाही बताउनु हुन्छ ।
राणाकालिन समयमा राणा सरकार समेतलाई ऋण दिन सक्ने हैषियत माहाजन भाजु नारां शाही ( खड्गी)का पुर्खा कुबेर परिवार संग थियो भन्ने समेत लोकको भनाई समेत रहेको शाही ( खड्गी, नाय:) को गौरबता संग गाँसिएको इतिहास रहेको भन्ने भनाई सुन्नमा पाईन्छ ।
सांस्कृति :–
यस वडामा दशैमा कंकेस्वरीको पाय: न्ह्याकिगु ( खड्ग जात्रा), अशोक बिणायकको खत जात्रा, पाहाँ चह्रेमा कंकेस्वरी हात्तिखेलमा लिङ्गो उठाउने र कंकेस्वरीको खतजात्रा, इन्द्रजात्राको प्रथम दिन द्वादसिका दिन मृतकहरुका नाममा दिपप्रजोलन गर्दै नगर परिक्रमा गर्ने जात्रा ” उपाकु वनेगु ” मरु ध्वाखा, चसान्डो, ढोकाटोल , दमाई टोल र सुन्तागल्ली ( सुन्ता गाउँ) हुँदै नगर परिक्रमा, समेत परेको छ । त्यस्तै इन्द्रजात्राको पूर्णेका दिन र …. नानिचाया:कादिन् यस वडाको मरु टोल, प्याफल, र यटखा टोल हुँदै: श्रीकुमारी, श्रीभौरब तथा श्रीगणेशको रथयात्रा गर्ने, बौमत यात्रा, डांकिनी यात्रा एवं गाईजात्राका दिन गाईजात्रा र दशैको फुलपातीका दिन हनुमानढोका दरबारको कडेल्चोक भगवतीमा फूलपाती भित्र्याउने गरी नुवाकोटबाट पुरानो गुह्येश्वरी हुँदै हनुमानढोका ल्याइने यो फूलपातीलाई धोबीचौरमा सेनाको टुकडीले बढाइँ गरी भित्र्याउने विशेष महत्वको फुलपाती लिन र ल्याउन समेत यसै मार्ग बाट लावा लसकर गैइन्छ र ल्याइन्छन् । त्यस्तै मार्ग शुक्ल चतुर्दशी (बालच:ह्रे)का दिन लूती अजिमा समेतको खत जात्रा गर्दै मरुध्वाका, चसान, ढोकाटोल, दमाईटोल र सुन्ता गल्ली हुँदै खत जात्रा गर्दै लगिन्छन् ।
यस वडाको अधिस्थात्री देवीको चामुण्डा (कंकेस्व्ररी)ले परम्परा देखि पिठ परिसरमा रहेको मानन्धर समुदायको एक र शाही ( खड्गी) समुदायको एक समेत दुई चिहान र पीठ परिसर क्षेत्रको मेथुंगा: चिवाखेल परिसरमा रहेको च्यामे समुदायको मुर्दा पोल्ने चिहान समेत तीन चिहानबाट निस्कने नरधुम लिन्दै आएकोमा च्यामे समुदायको चिहान क्षेत्रमा स्वय च्यामे समुदायले ने पाँच दशक अघि नै अतिक्रमण गरि आवादी बनाएकाले हाल मानान्धर र शाही( खड्गी) समुदायका मुर्दा पोल्ने चिहानको मात्र बाट चामुण्डा( कंकेश्वरी- कङ्ग अजिमा)ले नरधुम लिन्दै आउनु भएका छ्न्।
यहाँ कंकेशरी देवीको पनि स्वतयतकाली( ङ्यतमरु अजिमा) को जस्तै देव गंण नचाउने प्राचीन परम्परा रहेकोमा प्राचीन कालको एक समयमा यटखा मजा: देग: (कम्पुकोत व्यारेकको भान्छाघर परीसरभित्र अवस्तित देवल) अगादी देव गंण नचाउने डबलि रहेको र सो डबलिमा( हाल सो डबली नस्त भै बाटो बनी सकि छ ) चामुण्डेस्वरी( कंकेश्वरी) नाँच्दै गर्दा एक तान्त्रीकले देवीलाई तन्त्र शक्ति प्रयोग गर्दै विभिन्न रुप धारन गरेर जिस्काउन खोज्दा देवी रिसाउनु भई तान्त्रीकको भोग( प्व:स) समेत लिनु भई क्रुध्द हुनुभएका देवीलेअव उपरान्त प्रत्यक वर्ष देवी नाँचमा अनिवार्य नरवली दिनु पर्छ भनेर देवीले सवै लोकजनलाई भन्दा लोकजनले क्षमायाचना गर्दै नरवली दिनु उपयुक्त नभएको हुँदा दिन नसक्ने बिन्ती गर्दा त्यसो भए अब उपरान्त म र मेरो देवी गंणले कसैलाई प्रत्यक्ष दर्शन नदिने भन्दै अन्तरध्यान हुनु त्यस समय देखि कंकेश्वरीको देवी गंण नाँच्ने परम्परा बिलाएको हुँदा यस वडामा कंकेश्वरीको देवी नाचको परम्परा छैन ।
अशोक ( मरु गणेश) विनायकको खत जात्रा
आश्विन शुक्ल अष्टमीदेखि एकादशीसम्म मरु गणेशको खट जात्रा गरिन्छ । राजा लक्ष्मीनरसिंह मल्लले मरु सत्तल बनाउनुअघि अशोक नामक रूखमुनि गणेश स्थापना गरेकाले सो गणेशको नाम अशोक विनायक हुन गएको हो ।
राजाको आज्ञामुताबिक तान्त्रिक जामनः गुभाजूले बौद्ध तान्त्रिक पद्धतिअनुसार देवन्यास गरेर गणेशको जात्रा चलाएका हुन् भनिन्छ । असनको अन्नपूर्ण देवीको छोराका रूपमा अशोक विनायकलाई मान्ने गरिन्छ । अष्टमीका दिन बेलुका नाय्खिं बाजा बजाएर थकालीलाई ल्याएपछि देव घरमै गणेशलाई खटमा राखेर थकालीले पूजा गर्छ । ईन्द्र जात्राको कुमारी रथ तान्ने बाटोमा माथिल्लो टोल( थ:ने) र तल्लो ( क्वने) टोलमा अशोक विनायक गणेशको खत जात्रा गरिन्छ । राति ३२ थरी अन्न होम गरेर गणेशलाई राँगोको बली दिइन्छ । नवमीका दिन भक्तजनले रक्सी, जाँड समय बजी राखेर अन्डाको बली दिएर पूजा गर्छन् । दशमीका दिन खट जात्रा गरेर यय्खा कंकेश्वरी, तहबिल थकालीका घरमा धिमे, नायाखिं बाजा बजाएर पूजा थाप्न जाने गर्छन् ।
राजनैतिक
निर्दलिय पञ्चायत शासन बिरुध्दको २०४६ सालको जनाआण्डोलनमा बहुदलिय प्रजातन्त्र पुन: स्थापना गर्न यस वडाका यतखा टोल निवासी निर्गुण स्थापितले २४ चैत ०४६ मा आफ्नो छातिमा गोलि थापेर साहदत प्राप्त गर्नु भएका थिय । सहिद निर्गुण नारायण दासका नाति, कृष्ण दास स्थापितका र माता मैयाँ देवी स्थापित  कान्छो छोरा हुन् ।
” संसारमा सब भन्दा ठुलो हात्ती, हात्ती भन्दा ठुलो छोराको छाती” भनेर आण्डोलनमा होमिएका निर्गुणले प्रहरिले चलाईएको तातो गोलि आफ्नो छातीमा थापेर आफ्नो छाती ठूलो भएको प्रमाणित गर्दै १९ वडाका तर्फ बाट प्रजातन्त्र पुन: स्थिपित गर्न आफ्नो जीवन बलिदान दिएर गए ।
प्रजातन्त्रको पुन: स्थापित भईसक्दा पनि तातकालिन सरकारको कार्यनिती प्रति असन्तोस गर्दै थप जन अधिकारको सुनिश्चितताका लागि गरिएको सडकमा उत्रीएका जनतामाथी डमन गर्ने क्रममा यस वडाका चसान्ण्डो टोलका कृष्ण मानन्धरले …… मा ललितपुरमा आफ्नो छातीमा गोलि थापेर आफ्नो जिवनको आहुती दिएर गए ।
त्यसतै नेकपा माओवादिले चलाएको सस्त्रको बिद्रोहको दोन्दकालको संकतकालिन अवस्थामा हनुमानढोखा गद्दिबैठक अगादी सेनाले चलाएको गोलिबाट अनाहकमा डान बहादुरको नाति हेराकृढ्णका छोरा लायख:गल्ली बस्ने अनोज खड्गी ( शाहि) को र प्याफल निवासी बद्री त्रीपाथी लाई आफ्नै घरको पसलमा बसेर व्यपार गर्दैको अवस्थामा नेकपा माओवादिका कमाण्डरले गोलि हानेर हत्या गरे । यसरी निर्दयी पञ्चायत शासनको अन्त्य गर्दै बहुदलिय प्रजातन्त्रको पुन: स्थापित देखि देश संघिय गणतन्त्र सम्म आईपुग्दा सम्म यस वडाले तिनजना युवाहरु गुमाएको अवस्था छ ।
नेपालको इतिहासमा जनताले चुनेको प्रतितिनिधिले संविधान बनाउने आधिकार पाएको संविधान सभाको पहिलो र दोस्रो सभामा यस वडाका नविनराज जोशी ८ नं. निर्वाचन क्षेत्र कठमाण्डौं बाट प्रतिनिधित्व गर्नु भएका थिए ।
हालै मात्र सम्पन्न भएको संघिय गणतन्त्र नेपालको प्रथम प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा ८ नं क्षेत्र ख बाट यसै वडाका युवा राजेश शाक्य ३ नं प्रदेश सभामा प्रतिनिधित्व गर्न निर्वाचित हुनु भएका छ्न् ।
यस वडामा जातियताको आधारमा शाही( खड्गी ) को मतदाता बधी नै भएको यस वडामा राजनैतिक र दलिए आस्थाका मतदाता हेर्ने हो भने नेपाली कांगेसको बाहुल्यता रहेको यथार्थता ०४६ साल पछिको स्थानिय चुनावमा नेपाली कसंग्रेस पार्टिका शसिलाल श्रेष्ठे अध्यक्षमा लगातार तेस्रो पटक बिजय भए बाट प्रस्त भैइरहेको देखिन आए तापनी पंञ्चायतकालिन स्थानिय अन्तिम चुनाब देखि नै अध्यक्ष पदमा पराजित हुँदै आई छायाँ वडा अध्यक्षको सकृय भूमिका निभाउँदै आउनु भई एमालेका उम्मेदवारका रुपमा प्रस्तुत गर्दै आउनु भएका आनन्द बहादुर शाहिले पाउंदै आएको मत संख्या हेर्ने हो भने यस वडामा एमालेको पनि पकद नराम्रो छ भन्न मिल्दैनन् ।
देवमाला वंशावलिमा समेत आफ्नु प्रतिस्था र कृतिराख्ने कार्यले नाम उल्लेख गराउन सफल सेते दमाई कै कृतिकार्य र प्रतिस्थाकै कारणले यस वडा भित्रमा एउटै मात्र दमाई परिवारको घर रहेको अवस्थामा पनि यटखा पाचो देखि पश्चिम, कङ्ग पाखा ध्वाखा देखि पूर्व, ढोकाटोलको उत्तर शुन्तागाउँको र मूग: गल्लिको दक्षिण भाग अर्थात सेते दमाईको घर रहेको वर परको क्षेत्रको नाम नै “दमाई टोल”को नामले प्रख्यात गाराएका सेते दमाईका नयाँ पुस्ता रन्जिता परियार संघिय गणतन्त्र नेपालको पहिलो स्थानिय चुनावमायस वडाको दलित महिला सदस्यमा नेकापाको तर्फबाट उम्मेदवारिमा निर्विरोध हुनुभई वडा सदस्य हुन सफल हुनु भएको छ ।
अन्य निर्वाचित पदाधिकारिहरुमा वडा अध्यक्ष शसिलाल श्रेष्ठ, सदस्यहरुमा चन्द्रमान डंगोल, मधुसुधन प्रधान महिला सदस्य रेणुककमल शाही, सन्जिता परियार निर्वाचित हुनु भएका छन् । यस १९ वडाको अध्यक्षको कार्यभार सम्हालिसकेका अन्य पूर्व वडा अध्यक्ष्हरुमा क्रमश: शेषराज दल्ली, गोपालेस्वरानन्द वैद्य, बिष्णु बहादुर श्रेष्ठ, हरेन्द्र बहादुर श्रेष्ठ, जनक बहादुर शाहि ( खड्गी, शान्त बहादुर शाही ( खड्गि), गोबिन्दा श्रेष्ठ( शाही सरकारको समयमा) समेत हुन् ।
वडा विकाशमा चुनौति
निर्दलिय पञ्चायत कालमा वडामा वार्षिक के कति बजेत आउछन् भन्ने जानकारी पञ्चहरु बाट वडावासिलाई अनभिज्ञ राख्ने परिस्थितिमा पनि वडामा कुन कुन शिर्षकमा कति कति बजेत आएको छ सो सबैको बिवरण सवै वडावासी समक्ष पुर्‍याएर अन्य वडाका पञ्च अध्यक्षहरु बाट आलोचक हुन पुगेका पञ्चायत कालका तातकालिन अन्तिम वडा अध्यक्ष शान्त बहादुर शाहिले तातकालिन अवस्थामा विष्णुमती किनारामा खुल्ला अवस्थस्थामा नै राङ्गा काटेर बदशालाका रुपमा प्रयोग गर्दै आएका स्थानिय खड्गी समुदायको अस्वभनिय कार्यलाई नियन्त्रण गरेर विष्णुमती किनारलाई हराभरा बानाउन खोज्दा एउटा खड्गी समुदायकै एक खड्गी वडा अध्यक्षले खड्गी समुदायको परम्परागत? पेशामा नै हस्तक्षेप गर्‍यो भनेर यसै वडाका मासु व्यवसायी खड्गी परिवारहरुको उग्र आलोचक बनेको वडामा हाल पनि अव्यवस्थित र दुर्गन्ध अवस्थामा खड्गी समुदायले संचालन गरिन्दै आएको बदशालालाई व्यवस्थित ग नियन्त्रण गर्न लगायत विकाशका कार्यमा वडाका जनप्रतिनिधिहरु्ले ठूलो चुनौतिकै सामना गर्नुपर्ने देखिन्छ ।
१९ वडा भित्रका स्थानिय टोलका प्रमूख प्राचीन मौलिक नामहरु भन्नू पर्दा :–
यटखा, यटखा बहाल( यतखाबा:), कम्पुकोत, प्याफल, आगंचोक, मरु, मरुहिटी, मरुबहिल, मिच्या गल्ली, मिच्यागल्ली बैद्यचोक, मरु क्वाक्चा गल्ली, मरुपाखा, मरुध्वाखा, मरु ध्वाका फल्चा चसान ( चासण्डो), ढोकाटोल, इनाटोल, दोकाध, इन्द्रसभा, देक्व:, चिवाखेल( चिभा: ख्य:, मेथुंगा:, कँङ्ग, हात्तिखेल ( हात्तिख्य:), गा:बूँ, कयताहिटी, कङपाखा( कङ्गपाखा ध्वाखा), दमाइ टोल, छिपाननी, यतखा पाचो, तहागल्ली, क्वथाननी, लायख:गल्ली, क्वँय्गा;, मू गल्ली, सुन्तागल्ली( सुन्तागाँ), तमोगल्ली,बन्जाहिटी, बन्जाजिटी नानिचा, पाँउचा, पाउँचा हिटि, दमाईचा घात आदि हुन् भने यस वडा क्षेत्रमा शाही ( खड्गी) हरुको नाम चलेका तख्खा छें, क:सि छें र न्यापाझ्या: छें समेत रहेकाछन्। वडाका स्थानिय यी मौलिक नामहरुलाई लोप गराउँदै काठमाण्डौ महानगरपालिकाले नयाँ नायाँ नाम दिन्दै मौलिकतालाई ओझेलमा पार्दै आएका छन् ।
"१९ काठमाण्डौ"
Posted by Prakash Man Shilpakar प्रकाशमान शिल्पकार at 1:12 PM
Email ThisBlogThis!Share to TwitterShare to FacebookShare to Pinterest

No comments:

Post a Comment

Newer Post Older Post Home
Subscribe to: Post Comments (Atom)

view

over title

  • ►  2012 (23)
    • ►  April (10)
    • ►  June (1)
    • ►  July (1)
    • ►  August (1)
    • ►  September (6)
    • ►  October (2)
    • ►  November (1)
    • ►  December (1)
  • ►  2013 (3)
    • ►  April (1)
    • ►  July (1)
    • ►  October (1)
  • ►  2016 (16)
    • ►  February (1)
    • ►  July (3)
    • ►  August (6)
    • ►  September (1)
    • ►  October (1)
    • ►  December (4)
  • ►  2017 (7)
    • ►  January (1)
    • ►  February (2)
    • ►  March (3)
    • ►  July (1)
  • ▼  2018 (31)
    • ▼  January (3)
      • पुरानो गुह्यश्वरी र पाशुपट क्षेत्रको गुह्यश्वरीको...
      • १९ वडा कामपा परिचय
      • महिनावारि हुने स्त्रीले बार्नु भनेर धर्मले भनेको न...
    • ►  February (1)
    • ►  July (1)
    • ►  August (1)
    • ►  September (17)
    • ►  October (1)
    • ►  November (5)
    • ►  December (2)
  • ►  2019 (8)
    • ►  February (1)
    • ►  April (3)
    • ►  August (4)
  • ►  2020 (19)
    • ►  February (1)
    • ►  August (5)
    • ►  September (1)
    • ►  October (7)
    • ►  November (4)
    • ►  December (1)
  • ►  2021 (8)
    • ►  January (2)
    • ►  February (4)
    • ►  March (1)
    • ►  April (1)
  • ►  2022 (2)
    • ►  March (1)
    • ►  September (1)
  • ►  2023 (6)
    • ►  January (1)
    • ►  February (3)
    • ►  March (2)

भान्धरको पनाती हाकुसिँहको नाति राम बहादुर र मानकुमारीको छोरा प्रकाशमान शिल्पकार

My photo
Prakash Man Shilpakar प्रकाशमान शिल्पकार
Kathmandu, Nepal
View my complete profile

Visitors

Awesome Inc. theme. Theme images by molotovcoketail. Powered by Blogger.