Sunday, August 18, 2019

२५ आषाढ नारी मुक्ति र सती प्रथाको अन्त्यको दिन

२५ आषाढ नारी  मुक्ति र सती प्रथाको अन्त्यको दिन

प्रकाशमान शिल्पकार

      सती’को अर्थ ‘आफ्ना पतिबाहेक परपुरुषको कामना नगर्ने स्त्री; पतिव्रता; साध्वी हो, अर्थात् पतिको शवसँगै चितामा जलेर मर्ने स्त्री ।’ पतिको मृत्यृपछि उसको पार्थिव शरीरसँगै चितामा बसेर देहत्याग गर्ने चलनलाई सती–प्रथा भनिन्थ्यो ।
      वैदिक सनातनी समाजमा पतिको मृत्यु पछि महिलाहरुले बांकी जीवन आ-आफ्नो परम्परागत सामाजिक मान्यता अनुसार सामान्य जीवन भन्दा बेग्लै कष्टकर जीवन यापन गर्नु पर्ने परम्परागत संस्कार रहेको छ । विधवा जीवन वैदिक सनातनी याने हिन्दू " इही संस्कार " अंगाली आएका नेवार समुदायका महीलाहरु बाहेकका अन्य महिलाहरुका लागि एउटा कष्टकर चुनौती हो भने  सती–प्रथा विवाहित लोग्ने मरेपछि जिउँदी स्वास्नीलाई लोग्नेको लाससँगै जलाउने वा जल्न दिने आततायी प्रथा हो ।
     
  1.         सती शब्द मुख्यत हिन्दु देवी सतीबाट आएको हो, जसले आफ्ना पिता दक्ष प्रजापतिले पति शिवको अपमान गरेका कारण आगोमा फालहालेर आत्मदाह गरेकी थिइन् । तर सतीले यो निर्णय पति भगवान शिव जिवित छंदै लिएर आत्मदाह गरेका थिए । जबकी सती प्रथामा पतिको मृत्यु पश्चात् दनदन बलिरहेको चितामा पत्निलाई उनको इच्छा बिपरित बलझफ्ती बस्नलगाईन्थिय ।     सती  शब्दको शाब्दिक अर्थ "असल पत्नी" हुन्छ । महिला हिंसाको सबैभन्दा चरमरुप को  यो सती प्रथा अमानविय कु-प्रथाको हो ।

      वैदिक सनातनी समाजमा  विवाहित लोग्ने मरे पछि पत्निहरुले पतिको शवसँगै चितामा जलेर  सह-गमन गर्नु पर्ने अथवा सतिब्रत( पतिब्रतामा)रहनु पर्ने  वैदिक धर्म शास्त्रका ग्रन्थहरुमा उल्लेखित गरियकाले भनियता पनि  मृतक पतिको शवसँगै जिउँदै पन्तिहरुले आत्मदाह गर्नु पर्ने बाध्यत्मक आदेश नारीलाई दिएको भन्ने सनातनी बैदिक धर्माका चार मूल आधारहरु ऋगबेद, यजुर्बेद, सामबेद, र अर्थबेद मध्य कुनै पनि बेदमा लेखेको छ भनेर कुनै बिद्वानले प्रमानित गरिएको समेत देखिन्दैनन् । तरपनि वैदिक प्राचिनकालदेखी नै आफ्ना लोग्ने मरे पछि पत्निहरु कोहि सति गै सह- गमन गर्थिय भने कोहि सती धर्ममा रहन्थे । यसै कारणले नेपाल र भारतीय हिन्दू समाजमा महिला हिंसाका सब भन्दा चरमरुपमा रहेको सती प्रथा  प्रथाले जडा गाडियकाले यस समाजमा बिधवा जीवन एउटा अभिसापका रुपमा कायम भै आएको देखिन्छ ।  महिलाले विवाहित लोग्ने मरे पछि  लोग्नेको लास सँगै जिउँदै जलेर सती गएर सह-गमन गर्नु पर्ने अथवा सतीब्रत याने पतिब्रतामा रहि नरकिय जीवन यापन गर्नु पर्ने भनेर शास्त्रीय मान्यता रहेको भन्दै धर्म शास्त्रको अपव्याख्या गरेका कारण नै प्राचीनकाल देखि नै समाजिक मान्यता रही आएको देखिन्छन् ।
         नारीले चितामा जिउँदै डढ्नुपर्ने जस्तो अमानवीय कार्य प्राचीनकालदेखिको सतीविषयक कुराको विचार गर्दा कोही सती जान्थे, कोही सतीधर्ममा रहन्थे भन्ने स्पष्ट हुन्छ । आफ्नो अनुकुल नभएकालाई खत्तम गर्न सतीप्रथाको प्रयोग हुन्थ्यो भन्ने कुरा पनि तात्कालिक समाजको अध्यन   गर्दा स्पष्ट हुन्छ । जिउँदो मानिसले शवसँगै डढ्नुपर्ने हुनाले सतीहरु चिच्याउँदा सुनिने आवाजलाई मत्थर पार्न ठुलोठुलो स्वरमा बाजा बजाइन्थ्यो । भनिन्छन् आगोको राप सहन नसकेर सतीहरु भाग्ने पनि गर्थे ।
        नेपालमा प्राचिनकाल देखि  अन्धविश्वासी धारणाले जरा गाड्दै चल्दै आएको महीला हिंसाको चरम रुपको अमानविय र आततायी यो क्रू प्रथा २५ आषाढ १९७७ सम्म कायम थियो ।
         निरंकुस र जहानिया शासनले कुख्यात भएका नेपालका राणा शासकका प्रण्यता तथा प्रथम राणा प्रधानमत्री जङ्गबहादुर राणाले वि.स १९१० मा सती–प्रथालाई निरुत्साहित गर्न केही सुधारात्मक ऐन बनाए । जसनुसार १६ वर्षभन्दा कम उमेरका सती जान नपाउने, ५ वर्षभन्दा कम उमेरका छोराछोरी हुनेले सती जान नपाउने, दुई जीउ भएकाले सती जान नपाउने, दासीहरु सती जान नपाउने आदि । त्यसबाट नेपाली विधवा महिलाहरुले केही राहत त पाए तर यी बाहेक अरु विधवा सती जाने प्रचलन चाहिँ जस्ताको तस्तै बस्यो । ततपश्चात पनि महिलाहरु चितामा जल्नुपर्ने बाध्यता रहिरह्यो र सती–प्रथाको अन्त्य हुन सकेन यो आततायी प्रथाले निरतरन्ता  पाईनै रह्य ।
         आततायी सती प्रथालाई निरुत्साहित गर्न केही सुधारात्मक ऐन बनेको ६० वर्ष पश्च्यात राजा त्रिभुवनको राज्यकालमा  श्री ३ प्रधानमन्त्री चन्द्रशम्शेरले वि.सं. १९७७ आसाढ २५ गते( ८ जुलाई १९२० ) देखि लागु हुने गरी सतीप्रथा बन्द गरिदिएपछि कानूनीरुपमै यो प्रथा नेपालमा बन्द भयो । यसरी नारीले चितामा जिउँदै डढ्नुपर्ने जस्तो अमानवीय कार्यबाट उन्मुक्ति पाएको दिन आसाढ २५ गते हुन
           आततायी सती–प्रथाको कारण कैयौं निर्दोष महिलाहरुले नचाहँदा नचाहंदै  पनि  लोग्नेको  शबसंगै जिउँदै चितामा जलेर आत्मदाह गर्दै महिला हिंसाको चरम यातनाको सिकारमा आफ्नो जिवनको आहुती दिएर गए । ती निर्दोष महिलाहरु जबरजस्ती जिउँदै आगोमा जल्न बाध्य भए । जुन आततायी महिला हिंसाको प्रथाको अन्त्य  भएको दिनलाई नेपाली महिला मुक्तिको रुपमा मनाउनु पर्दछ तर दुरभाग्य सती–प्रथाको अन्त्य भएको र महिलाले मुक्ति पाएको  दिन भने हामीले बिर्सिएका छौं । राज्यले पनि यसदिनलाई कुनै औपचारिक मान्यता दिएको पाईदैनन् । नारी उन्मुक्तिको दृष्टिले यस दिनको विशेष महत्व छ भन्ने स्पष्ट हुँदा हुँदै पनि यस दिनलाई ऐतिहासिक दिनकारुपमा आत्मासाथ गरि सती प्रथा उन्न्मुलनका प्रण्यता तातकालीन श्री ३ प्रधानमत्री चन्द्र शमशेरलाई ससम्मान संझन नसक्नु भनेको नेपाली नारी उन्न्मुक्ती र नारी रस्वतन्त्रताको अपमान गरेको हो भन्दा अन्यथा नठहरला ।
          सती प्रथाका उन्नमुलनदाता एक निरंकुस जहानिया राणा शासक मध्य कै भएका कारण सती जानू पर्ने प्रथाको अन्त्य भई नेपाली नारिले उन्न्मुक्ति पाएको र नारी स्वतन्त्रताको यस ऐतिहासिक माहानदिनलाई राज्यले ससम्मान संझना नगरी मौन् बस्नु भनेको बर्तमान लोकतान्त्रीक राज्यले पूर्वाग्रह राख्नु हो र यो न्यायोचित मान्न सकिनन् ।
          अत: २५ आषाढको  यस महानदिनलाई विशेष रुपमा मनाउँदै नारी मुक्ती दिनको रुपमा मनाउनेतिर सम्वद्ध सबैको ध्यान जाने कामना गर्नु अन्यथा ठहरिनेछैन ।

प्रकाशमान शिल्पकार

Friday, August 16, 2019

पर्वसमय सुधारको आवस्यक्ता किन छ ?

पर्वसमय सुधारको आवस्यक्ता किन छ ?
        - प्रकाशमान शिल्पकार    
  सनातनी धर्म संस्कृति अनुसार हामीले वर्षदिन भित्रको विभिन्न तिथि मितिमा पर्ने साना ठूला चाडपर्व, जात्रा, तथा जन्मदिनको शुभकार्य, विवाहको लगन, अन्नप्रासन, हवनका लागि शुभ साइत        एवं मृतक परिवारजनउका नाममा गरिने पूण्यतिथिका श्रद्धा र सद्भावका पितृकार्य लगायत समस्त सनातनी आस्था र विस्वासका बिबिध सबै कार्यहरु चन्द्रमासको गतिका गणितीय आधारमा तोकिएका तिथिमा नै गर्नुपर्ने र सोही अाधारमा तोकिएकै  दिनमा गर्नु पर्ने अन्यथा त्यस्ता शुभकार्य तथा पितृकार्य कुनै फलदायी नहुने शास्त्रीय मानेता रहेको पाईन्छ ।
      वर्ष दिनको गणना सूर्यको गति र चन्द्रमाको गतिका आधारमा कायम हुने संसारभरको मान्यता रहिआएको  छ । सूर्यको गतिको आधारमा कायम हुने वर्षलाई सौर्यवर्ष तथा चन्द्रमाको गतिको आधारमा कायम हुने वर्षलाई चन्द्रवर्ष भन्ने गरेको छ । सौर्य वर्षमा ३६५ दिन हुन्छ भने चन्द्र वर्षमा ३५४   दिन हुन्छन् । सौर्य वर्षको मास( महिना ) पूरा एक मास हुन्छ तर चन्द्र वर्षको मास अर्थात चन्द्रमासको प्रतिपदादेखि अौंसी तथा पूर्णिमासम्मका कृ्ष्णपक्ष र शुक्लपक्ष समेत गरि पन्द्र पन्द्र दिनको गरि दुई पक्षको एक मास हुन्छ ।
      हामी सनातनी नेपालीले मान्दै आएका वर्षदिन भित्रका विभिन्न चाड पर्वहरु मध्यका भक्तपुरको विस्का जात्रा पर्व बैशाख संक्रन्ति (खाइसन्हु)  र माघे संक्रान्ति( हाम्वसन्हु) चाड बाहेक अन्य अधिकांस चाड पर्वहरु चन्द्रमासको कृष्णपक्ष र शुक्लपक्ष भित्रका तिथिमा मनाउने सनातनी संस्कार रहि आएको छ । सौर्यमासको दिनलाई सूर्य एक राशिबाट अर्को राशिमा सरेको दिनलाई एक गते  मानी त्यस राशिमा सूर्य रहुन्जेल बढ्दै जाने प्रत्येक दिनलाई गते, दिनाङ्क वा मिति भन्न्छ भने चन्द्रमास भित्रको चन्द्रमानका गणना अनुसार आउने तथा घटबढ हुने शुक्लपक्ष र कृष्णपक्षका दिन परेवा(पारु)देखि अौंसी वा पूर्णिमासम्मका दिनदाई तिथि भनिन्छन् । चन्द्रमा र सूर्यबिचको देशान्तरिय कोणको १२ डिग्रीको वृद्धी हुने समय मापलाई तिथी भनिन्छ, सामान्यतया १९ देखि २६ घण्टासम्मको एउटा तिथी हुन्छ ।पक्ष भन्नाले १५ वटा तिथीहरु हुन र कृष्ण र शुक्ल पक्ष गरि दुईवटा पक्षहरु हुन्छन् ।दुईवटा पक्षहरु मिलेर लगभग २९ दशमलव ५ तिथीको एउटा मास हुन्छ । नयाँ चन्द्र उदाएपछी कृष्ण पक्षको अध्यारो निष्पट्ट समय सम्म पक्ष एक मास हो ।    यी नै तिथिहरुमा सनातनीहरुको चाड पर्वसमय दिन परेका हुन्छन् । त्यस्तै नै सोही तिथि गणना अनुसार नै विभिन्न धर्म, कर्म कार्यको शुभ साइतहरु पनि देखाइन्छ ।
       सनातनि नेपालीले पञ्चाङ्गमा उल्लेखित वाक्य र निर्देशित कुराहरुलाई  नै ब्रम्हबाक्य सरह मन्ने परम्परागत संस्कार रहिआएको छ । नेपालीले ब्रम्ह वाक्य सरह नै मान्दै आएको प्रचलित बिक्रम सम्बतको पात्र बिगत २ हजार बर्ष देखि सुधार नगरिएको र अयन चयनको प्रभाव बाट ६४० बर्ष देखि नै पञ्चाङ्ग(पात्र)को तिथिमिती बिग्रदै आएको र हरेक ७२ बर्ष पछि १ दिन घट्ने भन्ने खगोलिय शास्त्रीय गणना  अनुसार अहिले सम्म २४ दिन पछि पर्न गै एक पूर्णिमा पर सरि पञ्चाङ्गमा उल्लेखित पर्वहरुको तिथिमिती फरक परिरहेको छ भन्ने यथार्थता बारे खगोलिय शात्रबिद लगायत सबै ज्योतिषिहरु एवं नेपालको पञ्चाङ्ग निर्णायक समिती तथा राज्यले समेत स्विकार गरि प्रचलित पञ्चाङ्गमा पर्वका तिथिमिती सुधार गर्नु पर्ने खड्किरहेको आजको अवस्थामा सुधार गर्दा हुन सक्ने संभावित समस्याहरु बाट डराएर पञ्चाङ्गमा सुधार नगरि अशुद्ध  तिथि समयमा चाड पर्व, धर्म कर्म, जन्म कर्म तथा पितृकार्य कर्म गर्न सनातनी नेपालीलाई बाध्यता पार्नु भनेको पञ्चाङ्ग निर्माण कर्ताहरु, पञ्चाङ्ग निर्णायक समिति र नेपाल सरकारले सर्वसाधारण जनतालाई झुक्याउनु नै हो ।
          तीन तीन वर्षमा ( २ वर्ष ८ महिना १६ दिन ४ घडीमा ) आउने मलमासका कारणले सयन संक्रान्ती र विषुवत् संक्रान्ती याने प्रचलित संक्रान्तीका दिन र समयहरु परक पर्दै गएको  यथार्थतालाई चारसय वर्ष अघिका नेवा: बिज्ञहरुले महसुस गर्दै पुस पूर्णेमाका दिन मनाउने य:मह्री चाडलाई एक महिना आगादी याने मङ्गसिरको पूर्णेमा सारी पर्व सुधार गरि मनाउँदै आएको भन्ने यहाँ कुनै लिखित दस्ताबेज हाल सम्म फेला नपरे तापनि यहाँ जनस्रुती भने रहेको पाइन्छन् त्यसैले य:मह्री पुन्हिंका दिन देखि दिन लामो हुने भन्ने नेवा: समुदायमा कथन रहेको पाईन्छ जबकी प्रचलित पञ्चाङ्ग अनुसार माघ १ गतेतिर मात्र दिन लामो हुने गर्छन्  ।
        य:मह्री पुन्हिं देखि दिन क्रमश: लामो हुँदै जाने भने नेवा: समुदायको कथन लाई पर्व सुधारको मूल आधार मानेर  सवैले मनन् गरेर अगादी बद्ने हो भने पञ्चाङ्कमा पर्व संग सम्बधित तिथिमितिहरु सुधार गर्न सकिने निश्चितत्ता छ ।
      यसर्थ सौरमान र चन्द्रमान अनुसारको गणितीय गणनाको वास्तविक समयमा गर्नु पर्ने सनातनी धर्म,कर्म, जन्म कर्म तथा मृत्यु कर्म संस्कार र चाडपर्वहरु न मनाउँदा त्यसबाट पाउनु पर्ने फल नपाउनेे मात्र नभै  कर्ता, कर्ताका घर परिवार तथा देश र जनतामा नकारात्मक प्रभाव पर्ने नै हुँदा पर्व सुधार राष्ट्रीय कार्यदलले ०६४ सालमा नै नेपाल सरकारलाई बुझायको प्रतिबेदनलाई कार्यान्वयन गरि पञ्चाङ्गमा पर्वसमय सुधारको आवस्यक छ ।

प्रकाशमान शिल्पकार
शुभ मुहूर्त पूर्णाङ्क २ अाषाद २०७६

Tuesday, August 6, 2019

राधाकृष्ण झुला अागन्तुक संस्कृतिका रुपमा विकसित हुदै

राधाकृष्ण झुला   अागन्तुक संस्कृतिका रुपमा विकसित हुदै
प्रकाशमान शिल्पकार
         भाद्र कृष्णजन्माअष्टमी पछि मात्र कृष्ण  झुला गर्ने हामी सनातनी नेपाली संस्कृति हो तर कृष्ण जन्मिनु अगावै साउन महिलानामा ..वर्षा ऋतुको अभिनयका रुपमा... राधा कृष्ण झुला गर्ने नेपाली परम्परा छैन । तथापि केही वर्ष यता देखि काठमाण्डौ वासी भारतिय संस्कृति अनुसारको साउन महिनामा हुने... राधा कृष्ण झुला महोत्सव गर्दै भक्ति रसस्वालमा चुर्लुम्म दुब्दै गएको छ ।
        भारतको बृन्दावनमा शास्त्र पढेर अाउनु भएका खास गरेर वैष्णवी  दीक्षा लिएर अाएका अाधुनिक पण्डित गुरूहरुबाट भित्र्याएको बृन्दावनमा वर्षेनी अाउने वर्षा ऋतुको अभिनयका रुपमा महोत्सवकै रुपमा मनाउदै अाएको राधाकृष्ण झुला संस्कृति वैष्णवी    गुरूहरुको प्रभावमा पर्दै काठमाण्डौको घर घरमा साउन महिनामा छाउन थालेको प्रष्ट नै देख्न सकिन्छ । बृन्दावनमा बाहेक भारतको सबै ठाउँमा राधाकृष्ण झुला संस्कृति नभएका अवस्था पनि अाज काठमाण्डौको नयाँ संस्कृतिका रुपमा  छाउदै गएको छ ।
         नयाँ अागंतुक राधाकृष्ण झुला संस्कृतिले नेपाल र नेपालीको संस्कृतिमा  खासै नकारात्मक असर परेको नदेखिए तापनि यसले महिलाहरुमा साउन भरी हरियो चुरा, हरियो पहिरन र हरियो टीका लगाउने फेसन अाएको छ जसले गर्दा सम्बन्धित व्यापारिहरुलाई लाभ हुँदै गएको छ । त्यस्तै गुरु पण्डिहरको लागि पनि एउटा अाम्दानीको राम्रै स्रोतका रुपमा विकसित हुँदै गएको देख्न सकिन्छन् । साउन महिनामा प्रभावकारि वैष्णवी गुरुको राधाकृष्ण झुला गर्न भ्याई नभ्याई हुन्छ । कहिलेकाहिं तः एकै दिनमा पनि तीन तीन ठाउँमा पनि एकै गुरूले राधाकृष्ण झुला गरेको पाईन्छ ।
         साउनको महिना, वृन्दावनको मनोरम वातावरण, कलकल खोला बगिरहेछ, चराहरूको चिरबिर सङ्गीत बजिरहेछ, बाटिकामा थरीथरी पुष्पहरूको सुगन्धित वायु बहिरहेको छ । यही अनुपम आनन्ददायक परिवेशमा कदमको रूखको हाँगामा टाँगिएको झुला (पिङ)मा कुनै बेला श्री राधाजी बस्नुहुन्छ, श्रीकृष्णले पिङ हल्लाउनु हुन्छ अनि राधाजी मन्द मुस्कानसहित पिङको मजा लिनुहुन्छ । कुनै बेला दुवै पिङमा बसेर झुल्छन् । यो दिव्य दृश्य हेरेर भाग्यवानी गोपगोपी पशुपन्छी सबै अनुपम आनन्द, आह्लादमा विभोर हुन्छन् । द्वापरयुगको अवतारकालमा भगवान् श्रीकृष्ण र श्रीराधाजी बीचको यही लीलाको स्मरणमा प्रत्येक वर्ष साउन महिनामा  बृन्दावनमा श्री राधाकृष्णको झुला महोत्सव गर्छन् ।
        राधाकृष्ण झुलामा भक्तिमय भजनकृतन र नाचगान तः हुन्छ नै थप विशेष रमाइलो भनेको गोपिनिहरुको अभिनयमा महिलाहरुले चुराले भरिएको टोकरी सिरमा राखेर नृत्य गर्दै अन्य भक्तिनी महिलाहरुलाई राधिकाको प्रशाद स्वरुप चुरा वितरण दृष्य तथा दही चोर कृष्णको दहीलिला झल्काउने दृष्य स्वरुप दहीको छ्यापाछ्याप दृष्य अति रमाइला दृष्यहरुले धेरैलाई अाकर्षित गरेको देखिन्छन्  । त्यसैले पनि भारतिय संस्कृति राधा कृष्ण झुला महोत्सव काठमाण्डौ वासीको अागन्तुक संस्कृतिका रुपमा विकसित हुदै गएको छ ।

Thursday, August 1, 2019

तात्ततातो कुराउनी खान्दा

तात्ततातो कुराउनी  खान्दा
प्रकाशमान शिल्पकार
      गएको गुरु पूर्णेमाका दिन अर्थात यहि गएको ३१ असारका दिन म र नुवाकोट घर भई हाल स्यूचाटार बस्नु हुने ८३ वर्षिय बयोबृध्द हरी प्रशाद खनालजी संग भक्तपुर चाङ्गुनारायण नगरपालिका वडा नं ७ स्थित एतिहासिक पूण्य तिर्थस्थ बागेश्वरी माहादेब र बिरा त्रिबेणि धाममा जाने अवसर पाएका थियौ । गुरु पूर्णेको एकदिन अगादि नै भोलि  बिहान ६ बजे नै जाने भन्ने हामी दुईको सल्लाह भएकाले ३१ गते मङ्गरवार बिहान ४;३० बजे उठेर तयार भए । बिहानको नित्य कर्म सकाए ५ बजे एक कप कालो चिया खाए । मलाई हाम्रो देशको राष्ट्रिय रोग ग्यास्तिक भएकाले बिहान उठ्नासाथ तत्काल थर्मसमारहेको एक गिलास तातो पानी bed hot watter खाने र नित्यकर्म पश्चयात एक कप कालो चिया खाने बानी नै परिसकेको थियो । चिया खायर एटा सानो छाता साथमा लिएर ५:३० बजे घरबाट निस्केर श्री कलङ्की माई/ कल्खु अजिमा दर्शन गरेंर बृध्द खनालको प्रतिक्षामा रहे । 
        खनालजी समयको निकै ख्याल राख्नु हुदो रहेछ ठीक ६:०० बजे कलङ्की मन्दिरमा अाईपुग्नुभो र वहाँले कलङ्की माता दर्शन गर्नु भए पछि हामी दुबै जना संयुक्त यातायातको सार्वजनिक बसमा बसेर गोङ्गबुँ बसपार्क बाट भक्तपुर बागेश्वरी हेल्ठपोष्ट सम्मको रुत गाडी पाउने अासमा नयाँ बसपार्क तर्फ हुईकियौ । बसपार्कमा बसबाट अोर्लेर भक्तपुुर बागेश्वरी हेल्थपोष्ट सम्म जाने रुट बस खोजि गर्दा बस अाएको छैन भन्ने थाहापाए पछि हामी भक्तपुर कमलबिनणायक रुट गाडीमा बसेर गयौ । बस कमफबिणायक रोके पछि हामी दुबई बस बाट ओर्लेर नगरकोट जाने बाटो तर्फ लागेर त्यहाँबाट बागेश्वरी हेल्थ पोष्ट जान बस खोज्यौ तर दुर्भाग्य बागेश्वरी हेल्थ पोष्ठको सडक बिग्रेकाले बस नचलेको भन्ने हामिले जानकारि पायौ । बस चल्या छैनन् रे त के गर्ने भनरे मईले खनाल जीलाई सोधे । तिर्थमा जाने भनेर अाए पछि हिडेरै भए पनि जाने भन्दै थियो म भने  सरस्वति थान जितपुरको गाडीबाट बागेश्वरी जान बाटो छ छैन बुज्दै थिएँ । नभन्दै जितपुरको गाडि बाट पनि जान सकिन्छ भन्न थाहा पाएँ र हामी सरस्वति थान र जितपुर जाने बसमा चढ्यौ ।
      बसमा चढेर सिटमा बसे पछि चालकलाई बागेश्वरी महादेब मन्दिर सम्म जाने अनुकुल ठाउँमा हामीलाई वरालिदिन अनुरोध  गर्दा बसमा पहिला नै बस्दै गरेका भद्र महिला रूषको एक जोडिले हामी पनि त्यतै नै जान लागेको हो भनेकाले हामी ढुक्क भयौ किनकि हामिलाई  जितपुरबाट बागेश्वरी जाने बाटो धाहा थिएनन् । उक्त भद्र महिला पूरुष संग बागेश्वरी महादेबका पौराणिक महत्वका बारेमा कुरा गर्दै मईले गुरु पूर्ण्यमा दिन त्यहा मेला लाग्ने भनेर प्रचलित पञ्चाङगमा पनि लेखे छ भन्दा पात्रमा समेत लेखेको छ भन्ने वाहाँरुलाई जानकारि रहेन छ ।
       मईले अाफुलाई थाहा भएनुसार बागेश्वरी महादेब र त्यहाको बिरा, भद्रा र तमसा नदि तथा त्यस्को धार्मिक तथा ऐतिहासिक महत्वका वारेमा छोटकरीमा परिचयात्मक जानकारि दिन्दै भन्दै गए -
       ॐ नमः बागिश्वरायका पूण्य भूमि प्राचीन नेपाल निर्माता महामञ्जुश्री तातकालिन तिबतको राज्य ल्हासा बाट भूमिगत मार्ग हुँदै थाकलमथको एउटा अोदार बाट यहाँ अागमन भएको ऐतिहासिक स्थल रहेको हिमवत्खण्ड नेपालमण्डलको महमण्डलेस्वर पहाड( रत्नचुड पर्वत )को काखमा अवस्थि अति तपोभूमि  पर्वत जहाँ पौराणिक कालका एक खतरनाक दस्यु रत्नाकर जस्को प्रमूख पेशा नै मानिसको हत्या गर्नु र लुत्नु रहेका थिए । उनै रत्नाकर डाका देवऋषि नारदमूनिको कृपाले सत्मार्गमा अाउनु भई नारदमुनिले दिनु भएको बिपरित राम नाम मन्त्र अर्थात " मरा " मन्त्र जपेर घोर तपस्या गरि तपसिध्द हुन गई वाल्मीकि नामबाट पौराणिकालमा अति ख्याति हुनु भई  रामायण रचयिताको वाल्मीकि ऋषिको सिध्दभूमि हो।
        नेपाल महात्मेमा उल्लेख भए अनुसार  दोलागिरी पर्वतको आग्ने कोणमा विरा नदि र भद्रा नदि नामक दुई नदिहरुको संगम स्थलको दोभानमा तेजस्वी ऋषिमुनिहरु बाट नदिहरुमा सर्वश्रेष्ठ भएकी तमसा नदिलाई तपशक्ती बाट आह्वान गरि गुप्तरुपमा गंगा बहण हुने गरि त्रीवेणि धामको रुप दिनु भएको र पछि यश त्रीवेणि धाममा घटोत्कच, आदि जस्ता तपोवलका हजारौ ऋषिमुनिहरु आई तपस्या गति सिध्दी प्राप्त गरेको भन्दै बागेस्वरी महादेव र विरा घाट त्रीवेणी धामको महिमा उल्लेखित गरेको पाईन्छन् । 
         वैदिक सनातनी धर्म संस्कार अनुसार गुरुलाई सम्मान प्रदान गर्ने पर्वकारुपमा सनातन देखि चल्दै आएको आषाद गुरु पूर्णिमा ( दिला पून्ही) मा यस बागेस्वरी विरा घाट त्रीवेणी धाममा स्नान गरि बागेस्वरी महादेवको दर्शन गरेमा  ( वाल्मीकि ऋषिले स्थापना गरिएको शिवलिङ्ग भएर बागीस्व महादेव भनेका हुन् । बागीस्वर महादेवको दर्धन गर्नाले वाणीको ऐस्वर्य बढ्ने छ । आषाद पूर्णिमा ( गुरु पूर्णेमा) कादिन दर्शन गर्नाले अक्षय स्वर्ग प्राप्ती हुनेछ ।
नेपालमहात्मय् तृतिय अध्याय्   स्लोक नं ।। १९-२० ।।)
 अक्षय फल प्राप्त हुन्छ भन्ने धार्मिक आस्था र विस्वास रहि आएको पाईन्छ न् । सायद यसैले नै पञ्चाङ्ग ( पात्रमा ) गुरु पूर्णिमाका दिन भक्तपुरको विरा नदिमा स्नान गर्ने भन्ने समेत चाद पर्व विवरणमा उल्लेखित गर्दै आएको पाईन्छन् । प्रचार प्रसारको अभाभमा यस तिर्थस्थलको महिमा र महत्व धर्म शास्त्रहरुमा मात्र  सिमित हुँदै गई पूण्य तिर्थस्थल नै ओझलमा पर्दै लोप नै हुने स्थितिमा पुगेको अवस्था छ । यस तिर्थस्थलको र यहाँको महिमाका बारेमा व्यापक प्रचार प्रसार गर्न सकियमा आन्तरिक तथा बाहिय धार्मिक पर्यतकहरुलाई आकर्षित गर्न सकिन्छन् । 
         यस बागेस्वरी विरा घाट त्रीवेणी धामको पूर्व तर्फ यसै पर्वतको काखमा विद्या शुभारम्भ गर्दा गुरु बाट प्रदान गरिने पहिलो वाक्य " ॐ नम: बागिस्वराय " का बिज्ञ गुरु तथा  प्राचीन नेपालका निर्माता महामञ्जुश्री तिवतको ल्हासाबाट भूमिगत मार्ग हुँदै आगमन हुनु भएको भूमिगत मार्गको गुफाको द्वार ( पाक्व) रहेको छ । जसलाई स्थानियहरुले ल्हासा पाक्व ससुद्य: (सस्युुुुद्यः) भनि अति सम्मानका साथ पुज्दै आएको पावन स्थल रहेको छ । त्यस्तै यस पर्वतमा बागेस्वरीको अलि माथी उतर पश्विममा बागेहिटी रहेको छ । यो बागेहिटी माछाको मुखको आकारको धुङ्गे धाराबाट पानी अविरल आईरहेको छ भने यस बागेहिटी परिसरमा करिव १४ सय वर्ष अगावैको त्रीशिवलिङ्ग छ जुन एक शिवलिङ्ग माथी अर्को शिवलिङ्ग र त्यसमाथी अर्को शिवलिङ्ग खप्टिएयर रहेको त्रीशिवलिङ्ग हेर्न देख्न सक्छौ ।
          म बागेशेवरी महादेबका बारेमा अजै थप कुराहरु भन्दै थिएँ त्यतिकैमा गाडी चालकले जितपुरको एक ठाउँमा गाडी रोक्दै    सडकको उत्तर तर्फको धान रोपिराखेको खेतको डिल बाटो देखाउदै तपाईहरु यता बाट खेतको डिलैयिलबाट जानुस भनेर बागेश्वरी महादेब मन्दिर जाने हामी चारजना  वरालेर गाडि सरस्वतिथान तर्फ अगि बढे । त्यति बेला सम्म घडीमा ९:०० बजी सकेका थिए ।
        महीला पूरुष  खेतको डिल बाटो देखेर अलमलिन्दै यो बाटो हैन जस्तो छ चालकले हामीलाई निकै तल वरालेर गए जस्तो छ भन्दै बस गए तर्फ नै पैदल गयो हामी दुई भने सडकबाट तल लाग्दै त्यही धानखेतको अालि बाटो बाटै बागेश्वर महादेब तर्फ लाग्यौ । अालि बाटो हिलाम्मे थियो दुईतिन पाइला तः हिलाम्मेमा पुरै धसिहाल्यो । करिब पन्ध्र मिनेट जति हिडे पछि बागेश्वरी हेल्थपोष्ट अगादिको सडकमा पुग्यौ । बागेश्वरी सडक बस चलाउन नहुने अवस्थामा रहेको पाइयो ।
         हेल्थपोष्ट बाट कच्चि सडक हुँदै हामी उकालो चढ्दै गयौ बाटामा हामीले बागेश्वरी महादेब पूजा गरेर फर्केका भक्तजनहरु देख्यौ । करिब पन्ध्र मिनेटको उकालो चढे पछि हामी बाटो बाट दायाँ तर्फ अलि भित्र गोरेटो बाटो भित्र रहेको बागेश्वरी महादेब मन्दिर प्राङ्गणमा पुग्यौ । मईले अाफ्नो नाडी घडीमा  त्यतिबेला १०:०० ुबजेको पाएँ ।मन्दिर प्राङ्गणमा भक्तजनहरुको भिड थियो । मन्दिर प्राङ्गणमा मै रहेको हल जस्तो ठाउमा केही भक्तजनहरु धार्मिक प्रवचन गर्दै गरेको देखिन्थ्यो । हामी अमूर्त बागेश्वरी महादेब सामु समुपस्थित श्रध्दा र भक्तिका साथ नतमस्तक भई सिरझुकायौ त्यहि मन्दिर परिसरमै रहेको बिरा, भद्रा र तमसा नदिको त्रिवेणी तर्फ जान केहि खुत्किलाहरुबाट तल झरेर त्रिवेणीमा हातमुख धोइ अाचमन गरेर पुनः माथि गयर म  अमूर्त बागेश्वरी महादेब अगालि घुँडा टेकेर दूईहात जोडेर मनमनले महायोगि श्रीश्रीश्री मुरु गोरखनाथ, निखिलेश्वरानन्द, कुलगुरु बिश्वकर्मा र गुर बाल्मिकिलाई स्मरण गर्ददै महादेबलाई नमनगर्दै ढोक गरें । खनालजी भने झोला बाट पूजाका सामाग्री निकालेर पूजा अर्चना गरे अनि एक ठाउमा बसेर जप पाठ गर्न थाल्नुभो म चाहिं प्रवचन गर्दै गरेको हलमा हेर्न गएँ त्यहा प्रवचन कार्क्रमा रहनु भएका भक्तवनहरुको हुलमा मईले परिचित दुईजना सजनहरु युवा संस्कृतिबिद ॐ धौवदेल र स्थानिय प्रेम प्रशाद काफ्लेजीलाई देखे । धौबडेलजीले मलाई देख्नासाथ हात उठाउनु भो मईले दुईहात जोडेर अभीवादन फर्काए । धौबडेललजी संग मेरो सामाजिक संजाल फेशबुकमा मात्र सिमित परिचय थियो तर अाज हाम्रो प्रत्यक्ष परिचित हुने अवस्था गुरु पूर्णेमाले सृजना गरेको देखिन्थ्यो ।  प्रवचन चल्दै नै थियो म पुनः त्यहाँ बाट बाहिरिएर अाफ्नो मोबाइलको क्यामराले मन्दिर, त्रिवेणी र प्रवचनको केही चलछाया कैद गरें करिब १०:३० बजेतिर बागेश्वरी महादेब मन्दिर प्राङ्ण भन्दा माथि ६४ शिवलिङ् भएको उकालोको गोरेटो बाट हुँदै अघि बसमा अाउदा भेटेका महिला पूरुष तल झर्दै गरेको देखें । वहाँहरु लाई मईले ए.... तपाईहरु भरखर अाईपुग्नु भो ? भने अनि वहाँहरुले अँ गाडि तल रोके छ समथर बाटो अलि माथि रहेछ हामी त्यहि बाटो हुँदै अाएकाले ढिलाइ भयो ,हिड्न नसक्नेलाई लाई चालकले गर्दा झन बढि हिडेर अाउनु पर्यो भन्दै मन्दिर प्राङ्गणमा अाई पुग्नु भयो । खनालजीको जपपाठ अझै चल्दै नै थियो म पुनः प्रवचन सुन्न कार्यक्रम स्थलमा गएर बसें ।
       केही बेर पछि प्रवचन सके पश्च्यात सामुहिकरुपमा वाल्मीकि गुरुध्वजा पुजन भयो म प,नि त्यसमा समावेस भएर ध्वजा पूजन र धोक  गरें । त्यस पश्च्यात पुनः त्रि-लेखकले लेख्नु भएको साँखु देखि बागेश्वरी हनुमान घाट सम्मको नामको पुस्तकको पाण्डुलिपि त्रि-लेखक अा-अाफुले बागेश्वर महादेब संरक्षण समितिका अध्यक्ष....... लाई हस्तान्तरण गरेका थिए । साँखुका बारेमा प्रकाशमान श्रेष्ठ, बागेश्वर महादेबका बारेमा प्रेम प्रशाद काफ्लेफे र भक्तपुर हनुमान घाट सम्मका बारेमा युवा  संस्कृतिबिद ॐ धौबदेलजीले लेख्नु भएका थिए । सम्पूर्ण कार्यक्रम सकेपछि धौबदेलजी संग मेरो प्रत्यक्ष पहिलो पटक भेटभएर सानो कुराकानी भएका थिए । साउन महिनाको अन्तिम दिन भएकाले अाफ्नो कार्यालयको अाफु जिम्मामा रहेका हिसाब किताब क्लोजिन गर्नु पर्ने भन्दै हतार मान्दै बिदालिन्दै जानू भयो । घडिको सूईले ११:०० देखाई सकेका थिए । खनालजीले पनि अाफ्नो जपपाठ सिध्याईको सकेर उठिसकेका रहेछन्। खनालजी लाई भोक लाग्न थालेकाले होलान् अब यता कतातिर दूध दहि पाउला भन्न थाले ।  तलतिर पाईन्छन् होला भन्दै हामी त्यहाँ बाट फर्कन तयार भयौ ।
      पुनः एक पटक बागेश्वर महादेबलाई धोकेर हामी मन्दिर प्राङणबाहिर अायौ । अघि धान खेतबाट अाउदा हिलाम्मेमा टेकेर अाउनु परेकाले भए सम्म हिलोमा टेक्न नपरोस भनी अघि हामी संगै बसमा अाएका तर धान खेतको अालि बाटो बाट नअाई जितपुरको माथिलो कचि बाटो बाट महिलापूरुष अाएको बाटो बाट जान ६४ शिवलिङ तर्फ लाग्यौ सबै शिवलिङकको परिक्रमा गरि कच्चि बाटो हुँदै जितपुर पानी ट्याङ्की घुम्ती सडक तर्फ गयौ । बाटोमा भेटिएका र खेतमा काम गर्दै गरेका मानिस लाई यता लुध दही कता पाउँछन् भन्दै खनालजी सोधखोज गर्दै अघि बढ्दै थियो करिब पन्ध्र मिनट हिडे पश्च्यात मूल सडकमा पुग्यो । मूलसडक बाट माथि उकालो गयो भने ल्हासापाक्व सःस्यु द्यः / सरस्वतिथान पुग्ने भएकाले हामी तल वरालो झर्दै गयो । खनालजी त्यहा देखापरेका पसलहरुमा दूध दही खोज्दै थिए ।
     हामी वरालो झर्दैजादा करिब दस मिनट पछि अघि हामी बसबाट वर्लेको थाउ नाघि घुम्ति चौतारा र सानो मनदिर नाघे पछि सडकको दायाँ छेउमा एउटा सानो सूचना पाटीमा खुवा यता पाईन्छ भनेर लेखिएको देखियो । हामी त्यतै लाग्यौ सडक भन्दा भित्रको एक घरको छिँढीमा खुवा बनाउदै गरेको कारखाना देखियो । खुवा कारखानामा दूईजना खुवा मिस्त्रि पाँच वटा अागो दन्किरहेको चुलोमाथि राखिएको ठूलो कराईमा
हरुमा  कुराउनि घोट्दै थिए । खनालजी कुराउनी घोट्दै गरेका मिस्त्रिलाई यहाँ तात्ततातो दूध पाईन्छ भन्दै त्यहाँ रहेको मुडामा बसे । खुवा मिस्त्रिले पनि पान्छ भन्दै हामीलाई स्वागत गरेर बसालेर अर्को भित्रको छिँढीमा बसेका महीलालाई दुई गिलास तातो वहाँहरूलाई दिनु तः भन्दै अादेशसूचकमा अावाज लगाए । मईले भनृ कुराउनि घोट्दै गरेको दृश्यलाई अाफ्नो मोबाइलमा कैद गर्ने मनसायले खल्तिबाट मोबाइल निकाल्दै भिडयो खिच्न मिल्छ भन्दै प्रश्न गरें खुवामिस्त्रिले पनि हुन्छ किन नहुनु र भन्ने जवाफ पाए पछि करिब   मिनटको कुराउनि बनाउदै गरेको चलचित्रछाया याने भिडियो लिए ।
    भित्रको छिँढी बाट एक अधबैसे महिला स्तिलको दुई चियाग्लासमा भरि तातो लुध लिएर बाहिर अाएर हाम्रो अगाडि राखे। खनालजी भने हैन दुई दुई गिलास नै ल्याउनु भन्नू भो । मईले भने हैन मत एक गिलास मात्र खान्छु भने तरखनालजी चाहिँ हैन दुई गिलास नै पिउनु पर्छ भन्दै कामदार र गरे । दूध ल्याउने महीला योनि खानुस न म पछि एक एक गिलास थपिहाल्छुनि भन्नू भो तर खनालजी भने है न अहिले नै ल्याउनुि भन्नू भो र महीलाले पनि हामी दुबैजनाको अगाडि भरिएको तात्ततातो दुई दुई गिलास दूध राखि दिए । मईले अनकनाई अनकनाई दूध खानथाले । एउटा गिलासको दूध रित्तिया छैन खुवा पनि खानु पर्छ भनी खनालजी भन्नू भो  मईले म खान्न बरु घरको लागि एक पाउ लाने भने तर खनालजी हैन खानै पर्छ भन्नथाले खुवामिस्त्र पनि खुवा कारखानामा अाए पछि खुवा खानु पर्छ सय् सय् खानुस भन्दै भित्रको छिँढिमा रहेका महीलाई दुईथाममा सय सय ग्राम ताताो खुवा रादेर लिनु भने र महिलाले पनि तात्ततातो खसवा रिकापिमा राखेर एउटा काठको चम्चा सहित लिए । रित्तो गिलास भुईमा राखेर खुवाभएको स्तिलको रिकापी हातमा लिएर भिनिस्ता काठको चम्चाले तात्ततातो कुराउनी फु फु गर्दै मुखमा हाले । तातत्ततातो कुराउनी कहिले नखाएको र एक गिलास तातो लुध खाएको लगत्तै खाएकोले होकि मलाई कुराउनि खासै स्वादिलो लागेन तै पनि फु फु गर्दै बिस्तारै खान सकाएर पुनः अगादि राखेको एक गिलास दूध पनि खाएर गिलास रित्याए । त्यति बेला सम्म हामी दुब‌लाई घरकोलागि एक एक पाउ कुराउनी पोलिथिन झोलामा हालेर दिए । दूध र खुवाको पैसा दिएर हामी तल झर्दै गयौ बस कुर्नुको सत्ता बिस्तारै हिडडै गयौ। नाडी घडीले मध्यानको १२:०० देखाईसकेको थियो । केहिबेर हिडे पछि पछादि बाट बस अाएको अावाज अाएकाले हामीले बस रोकेर चढ्यौ ।
    बसले अन्तिम बिसाउनि कमलबिणायकमा हामीलाई वराले पछि हामी कमलबिणनयक बसपार्क बाट रत्नपार्क जाने अर्को बसमा चढेर काठमाण्डौ तर्फ अायौ ।  बस कोटेश्वर नपुग्दै मेरो पेटले हल्का हल्का अावाज दिन थालिसकेका थिए । मईले खनालजी तपाईं सिधा सहित गेतमा वर्लिनुस म बबरमहलमा वर्लनछु मेरो काठमाण्डौ जिल्ला अदालतमा मेरो मित्र कपिल तुलाधारको अाज मुदा पेशि भएकाले म जानू पर्छ भने । कोटेश्वर अाईपुगे पछि खनालजी यहीं बाट कलंकी जाने बागमती यातायतको माईक्रोमा बसेर जान्छु भन्दै त्यहि कोटेश्वरमा वर्ले म भने त्यहि बसमा ने बसेर बबरमहलमा वर्लेर अदातमा गए । अदातको खाजा समय भएकाले कपिललाई मईले अदालतको चमेना गृहमा मलाई कुरेर बसेको भेटाए । मुदाको बहस सकिसकेको अब निर्णय सुनाउन र सुन्न बाकि छ भनी कपिले भनेकाले म पनि त्यहि प्रतिक्षामा बसें । मेरो पेटमा गुर गुर  कुर कुर अावाज अाउदै थियो । केही छिन पछि तः मलाई ट्वाईलेट जान हतार भईसकेकाले ट्याईलेट गएर अाफुलाई हल्का गरे यो क्रम दोहोरिन्दै गयो । बेन्चले मुदाको निर्णय सुनाएको थिएन। समय अपरान्हको ४ः३० बजि सकेका थिए ४:४५ मा मुदाको निर्णय बाहिर अायो बादि दाबि पुग्ने निर्णय भए छ याने हामी जिते छ । हामी दुबईको अनुहारमा मुदा जितेको खुसिछाएको थियो । खुसिको खबर लिएर मुस्कान सहित म मित्र कपिलको बाईकमा बसेर हामी अदालत बाटबाहिरियर फिब्व ख्यः/ माईति मण्डला तर्फ लाग्यौ मण्डलामा लोकसेवा अायोगको असमाबेसी बिग्यापन बिरुध्द धर्नामा अान्दोलनकारि बसिरहेका थिए मलाई पनि त्यो धर्नामा एक छिन भए पनि जान मन थियो तर मेरो पेटले त्यो गर्न दिएन त्यसैले मलाई घरमा पु्र्याउनु भनी कपिललाई भने उनले पनि मलाई सिधा कलङ्कीमा पुर्याए फर्के म घर भित्र पुग्नासाध ट्वाईलेटमा गए घरमा पनि करिब रातिको ८:०० सम्म तीन चार पटक दोहराायर तेहरायर ट्वाईलेट गए । धन्न ८ बजे पश्च्यात त्यो क्रम रोकियो ।
     मलई मेरो मनमा कुरा खेल्दै थियो मलाई त: तात्ततातो कुराउनी खाँदा पेटले यस्तो समस्या दियो भने हरी प्रशाद खनाल तः ८३ वर्षका बृध्द झन् उनलाई के भयो होला भन्ने मनमा अनेक कुरा खेल्न थालेका थिए । वहाँको खबर बुझ्न वहाँको मोबाइलमा फोन गरें उताबा सम्पर्क हुन नसकेको मोबाइल बम्पनिको रेडिमेद जवाफ फर्कियो । मनमा अनेक कुरा खेलाउदै हल्का खाना खाएर सुते ।
    साउन ३१ गते बिहान उठेर नित्यकर्म सकाई अाफ्नो नियमित काममा लागे । कलङ्की मन्दिरमा असार ३१ अर्थात गुरुपूर्णेबाट चतुरमाष कथा सुरुभएकाले खनालजि पनि कथा स्रवन गर्न अाउनु पर्ने त्यो दिन अाएन  कलङ्की मन्दिरमा हुने प्रत्या एकादशि महात्म्य कथा नियमितरुपमा स्रवन गर्न अाउनुने खनलाजी चतुरमाश कथा स्रवन गर्न अाउानु भएन मईले पुनः मोबाइलमा फोन गरे् सम्पर्क हुन सकेन भन्नेउहि रेडिमेड जवाफअाईरह्यो । खनालजी चार पाँच दिन सम्म पनि चतुरमाष कथा स्रवन गर्नै अाउनु भएन न मोबाइलमा नै सम्पर्क नै भयो । छ दिन पछि खनालजी कथा स्रवन गर्न अाउनु भयो । मईले वहाझलाई भेट्ना साथ क्याहो तात्ततातो कुराउनीले लाग्योकि क्याहो भन्दै प्रश्न गरें । जवाफमा खनालजीले केही नभएको जपाफ दिनुभो । अनि यति दिन सम्म किन नअाउनु भएकोनि ? अनि मोबाइल के भएको जति फोन गरेनि सम्पर्क हुन सकेन भन्छ भने । वहाँ बाहिर गएकाले कथा स्रवन गर्न अाउन नपाएको मोबाईल नं. परिवर्तन भएको भन्ने जवाफले म तः जिल्ल नै परें ! म ५८ वर्षका व्यक्तिलाई तात्ततातो कुराउनी  नपच्ने ८३ वर्षिय वृध्दालाई चाहिँ पच्ने ? अचम्च भएन तः ?
      तात्ततातो कुराउनी  खान्दा
      गएको गुरु पूर्णेमाका दिन अर्थात यहि गएको ३१ असारका दिन म र नुवाकोट घर भई हाल स्यूचाटार बस्नु हुने ८३ वर्षिय बयोबृध्द हरी प्रशाद खनालजी संग भक्तपुर चाङ्गुनारायण नगरपालिका वडा नं ७ स्थित एतिहासिक पूण्य तिर्थस्थ बागेश्वरी माहादेब र बिरा त्रिबेणि धाममा जने खवसर पाएका थियौ । गुरु पूर्णेको एकदिन अगादि नै भोलि  बिहान ६ बजे नै जाने भन्ने हामी दुईको सल्लाह भएकाले ३१ गते मङ्गरवार बिहान ४;३० बजे उठेर तयार भए । बिहानको नित्य कर्म सकाए ५ बजे एक कप कालो चिया खाए । मलाई हाम्रो देशको राष्ट्रिय रोग ग्यास्तिक भएकाले बिहान उठ्नासाथ तत्काल थर्मसमारहेको एक गिलास तातो पानी bed hot watter खाने र नित्यकर्म पश्चयात एक कप कालो चिया खाने बानी नै परिसकेको थियो । चिया खायर एटा सानो छाता साथमा लिएर ५:३० बजे घरबाट निस्केर श्री कलङ्की माई/ कल्खु अजिमा दर्शन गरेंर बृध्द खनालको प्रतिक्षामा रहे । 
        खनालजी समयको निकै ख्याल राख्नु हुदो रहेछ ठीक ६:०० बजे कलङ्की मन्दिरमा अाईपुग्नुभो र वहाँले कलङ्की माता दर्शन गर्नु भए पछि हामी दुबै जना संयुक्त यातायातको सार्वजनिक बसमा बसेर गोङ्गबुँ बसपार्क बाट भक्तपुर बागेश्वरी हेल्ठपोष्ट सम्मको रुत गाडी पाउने अासमा नयाँ बसपार्क तर्फ हुईकियौ । बसपार्कमा बसबाट अोर्लेर भक्तपुुर बागेश्वरी हेल्थपोष्ट सम्म जाने रुट बस खोजि गर्दा बस अाएको छैन भन्ने थाहापाए पछि हामी भक्तपुर कमलबिनणायक रुट गाडीमा बसेर गयौ । बस कमफबिणायक रोके पछि हामी दुबई बस बाट ओर्लेर नगरकोट जाने बाटो तर्फ लागेर त्यहाँबाट बागेश्वरी हेल्थ पोष्ट जान बस खोज्यौ तर दुर्भाग्य बागेश्वरी हेल्थ पोष्ठको सडक बिग्रेकाले बस नचलेको भन्ने हामिले जानकारि पायौ । बस चल्या छैनन् रे त के गर्ने भनरे मईले खनाल जीलाई सोधे । तिर्थमा जाने भनेर अाए पछि हिडेरै भए पनि जाने भन्दै थियो म भने  सरस्वति थान जितपुरको गाडीबाट बागेश्वरी जान बाटो छ छैन बुज्दै थिएँ । नभन्दै जितपुरको गाडि बाट पनि जान सकिन्छ भन्न थाहा पाएँ र हामी सरस्वति थान र जितपुर जाने बसमा चढ्यौ ।
      बसमा चढेर सिटमा बसे पछि चालकलाई बागेश्वरी महादेब मन्दिर सम्म जाने अनुकुल ठाउँमा हामीलाई वरालिदिन अनुरोध  गर्दा बसमा पहिला नै बस्दै गरेका भद्र महिला रूषको एक जोडिले हामी पनि त्यतै नै जान लागेको हो भनेकाले हामी ढुक्क भयौ किनकि हामिलाई  जितपुरबाट बागेश्वरी जाने बाटो धाहा थिएनन् । उक्त भद्र महिला पूरुष संग बागेश्वरी महादेबका पौराणिक महत्वका बारेमा कुरा गर्दै मईले गुरु पूर्ण्यमा दिन त्यहा मेला लाग्ने भनेर प्रचलित पञ्चाङगमा पनि लेखे छ भन्दा पात्रमा समेत लेखेको छ भन्ने वाहाँरुलाई जानकारि रहेन छ ।
       मईले अाफुलाई थाहा भएनुसार बागेश्वरी महादेब र त्यहाको बिरा, भद्रा र तमसा नदि तथा त्यस्को धार्मिक तथा ऐतिहासिक महत्वका वारेमा छोटकरीमा परिचयात्मक जानकारि दिन्दै भन्दै गए - 
       ॐ नमः बागिश्वरायका पूण्य भूमि प्राचीन नेपाल निर्माता महामञ्जुश्री तातकालिन तिबतको राज्य ल्हासा बाट भूमिगत मार्ग हुँदै थाकलमथको एउटा अोदार बाट यहाँ अागमन भएको ऐतिहासिक स्थल रहेको हिमवत्खण्ड नेपालमण्डलको महमण्डलेस्वर पहाड( रत्नचुड पर्वत )को काखमा अवस्थि अति तपोभूमि  पर्वत जहाँ पौराणिक कालका एक खतरनाक दस्यु रत्नाकर जस्को प्रमूख पेशा नै मानिसको हत्या गर्नु र लुत्नु रहेका थिए । उनै रत्नाकर डाका देवऋषि नारदमूनिको कृपाले सत्मार्गमा अाउनु भई नारदमुनिले दिनु भएको बिपरित राम नाम मन्त्र अर्थात " मरा " मन्त्र जपेर घोर तपस्या गरि तपसिध्द हुन गई वाल्मीकि नामबाट पौराणिकालमा अति ख्याति हुनु भई  रामायण रचयिताको वाल्मीकि ऋषिको सिध्दभूमि हो।
        नेपाल महात्मेमा उल्लेख भए अनुसार  दोलागिरी पर्वतको आग्ने कोणमा विरा नदि र भद्रा नदि नामक दुई नदिहरुको संगम स्थलको दोभानमा तेजस्वी ऋषिमुनिहरु बाट नदिहरुमा सर्वश्रेष्ठ भएकी तमसा नदिलाई तपशक्ती बाट आह्वान गरि गुप्तरुपमा गंगा बहण हुने गरि त्रीवेणि धामको रुप दिनु भएको र पछि यश त्रीवेणि धाममा घटोत्कच, आदि जस्ता तपोवलका हजारौ ऋषिमुनिहरु आई तपस्या गति सिध्दी प्राप्त गरेको भन्दै बागेस्वरी महादेव र विरा घाट त्रीवेणी धामको महिमा उल्लेखित गरेको पाईन्छन् । 
         वैदिक सनातनी धर्म संस्कार अनुसार गुरुलाई सम्मान प्रदान गर्ने पर्वकारुपमा सनातन देखि चल्दै आएको आषाद गुरु पूर्णिमा ( दिला पून्ही) मा यस बागेस्वरी विरा घाट त्रीवेणी धाममा स्नान गरि बागेस्वरी महादेवको दर्शन गरेमा  ( वाल्मीकि ऋषिले स्थापना गरिएको शिवलिङ्ग भएर बागीस्व महादेव भनेका हुन् । बागीस्वर महादेवको दर्धन गर्नाले वाणीको ऐस्वर्य बढ्ने छ । आषाद पूर्णिमा ( गुरु पूर्णेमा) कादिन दर्शन गर्नाले अक्षय स्वर्ग प्राप्ती हुनेछ ।
नेपालमहात्मय् तृतिय अध्याय्   स्लोक नं ।। १९-२० ।।)
 अक्षय फल प्राप्त हुन्छ भन्ने धार्मिक आस्था र विस्वास रहि आएको पाईन्छ न् । सायद यसैले नै पञ्चाङ्ग ( पात्रमा ) गुरु पूर्णिमाका दिन भक्तपुरको विरा नदिमा स्नान गर्ने भन्ने समेत चाद पर्व विवरणमा उल्लेखित गर्दै आएको पाईन्छन् । प्रचार प्रसारको अभाभमा यस तिर्थस्थलको महिमा र महत्व धर्म शास्त्रहरुमा मात्र  सिमित हुँदै गई पूण्य तिर्थस्थल नै ओझलमा पर्दै लोप नै हुने स्थितिमा पुगेको अवस्था छ । यस तिर्थस्थलको र यहाँको महिमाका बारेमा व्यापक प्रचार प्रसार गर्न सकियमा आन्तरिक तथा बाहिय धार्मिक पर्यतकहरुलाई आकर्षित गर्न सकिन्छन् । 
         यस बागेस्वरी विरा घाट त्रीवेणी धामको पूर्व तर्फ यसै पर्वतको काखमा विद्या शुभारम्भ गर्दा गुरु बाट प्रदान गरिने पहिलो वाक्य " ॐ नम: बागिस्वराय " का बिज्ञ गुरु तथा  प्राचीन नेपालका निर्माता महामञ्जुश्री तिवतको ल्हासाबाट भूमिगत मार्ग हुँदै आगमन हुनु भएको भूमिगत मार्गको गुफाको द्वार ( पाक्व) रहेको छ । जसलाई स्थानियहरुले ल्हासा पाक्व ससुद्य: (सस्युुुुद्यः) भनि अति सम्मानका साथ पुज्दै आएको पावन स्थल रहेको छ । त्यस्तै यस पर्वतमा बागेस्वरीको अलि माथी उतर पश्विममा बागेहिटी रहेको छ । यो बागेहिटी माछाको मुखको आकारको धुङ्गे धाराबाट पानी अविरल आईरहेको छ भने यस बागेहिटी परिसरमा करिव १४ सय वर्ष अगावैको त्रीशिवलिङ्ग छ जुन एक शिवलिङ्ग माथी अर्को शिवलिङ्ग र त्यसमाथी अर्को शिवलिङ्ग खप्टिएयर रहेको त्रीशिवलिङ्ग हेर्न देख्न सक्छौ । 
          म बागेशेवरी महादेबका बारेमा अजै थप कुराहरु भन्दै थिएँ त्यतिकैमा गाडी चालकले जितपुरको एक ठाउँमा गाडी रोक्दै    सडकको उत्तर तर्फको धान रोपिराखेको खेतको डिल बाटो देखाउदै तपाईहरु यता बाट खेतको डिलैयिलबाट जानुस भनेर बागेश्वरी महादेब मन्दिर जाने हामी चारजना  वरालेर गाडि सरस्वतिथान तर्फ अगि बढे । त्यति बेला सम्म घडीमा ९:०० बजी सकेका थिए ।
        महीला पूरुष  खेतको डिल बाटो देखेर अलमलिन्दै यो बाटो हैन जस्तो छ चालकले हामीलाई निकै तल वरालेर गए जस्तो छ भन्दै बस गए तर्फ नै पैदल गयो हामी दुई भने सडकबाट तल लाग्दै त्यही धानखेतको अालि बाटो बाटै बागेश्वर महादेब तर्फ लाग्यौ । अालि बाटो हिलाम्मे थियो दुईतिन पाइला तः हिलाम्मेमा पुरै धसिहाल्यो । करिब पन्ध्र मिनेट जति हिडे पछि बागेश्वरी हेल्थपोष्ट अगादिको सडकमा पुग्यौ । बागेश्वरी सडक बस चलाउन नहुने अवस्थामा रहेको पाइयो ।
         हेल्थपोष्ट बाट कच्चि सडक हुँदै हामी उकालो चढ्दै गयौ बाटामा हामीले बागेश्वरी महादेब पूजा गरेर फर्केका भक्तजनहरु देख्यौ । करिब पन्ध्र मिनेटको उकालो चढे पछि हामी बाटो बाट दायाँ तर्फ अलि भित्र गोरेटो बाटो भित्र रहेको बागेश्वरी महादेब मन्दिर प्राङ्गणमा पुग्यौ । मईले अाफ्नो नाडी घडीमा  त्यतिबेला १०:०० बजेको पाएँ ।मन्दिर प्राङ्गणमा भक्तजनहरुको भिड थियो । मन्दिर प्राङ्गणमा मै रहेको हल जस्तो ठाउमा केही भक्तजनहरु धार्मिक प्रवचन गर्दै गरेको देखिन्थ्यो । हामी अमूर्त बागेश्वरी महालेब सामु समुपस्थित श्रध्दा र भक्तिका साथ नतमस्तक भई सिरझुकायौ त्यहि मन्दिर परिसरमै रहेको बिरा, भद्रा र तमसा नदिको त्रिवेणी तर्फ जान केहि खुत्किलाहरुबाट तल झरेर त्रिवेणीमा हातमुख धोइ अाचमन गरेर पुनः माथि गयर म  अमूर्त बागेश्वरी महादेब अगालि घुँडा टेकेर दूईहात जोडेर मनमनले महायोगि श्रीश्रीश्री मुरु गोरखनाथ, निखिलेश्वरानन्द, कुलगुरु बिश्वकर्मा र गुर बाल्मिकिलाई स्मरण महादेबलाई गर्दै ढोक गरें । खनालजी भने झोला बाट पूजाका सामाग्री निकालेर पूजा अर्चना गरे अनि एक ठाउमा बसेर जप पाठ गर्न थाल्नुभो म चाहिं प्रवचन गर्दै गरेको हलमा हेर्न गएँ त्यहा प्रवचन कार्क्रमा रहनु भएका भक्तवनहरुको हुलमा मईले परिचित दुईजना सजनहरु युवा संस्कृतिबिद ॐ धौवदेल र स्थानिय प्रेम प्रशाद काफ्लेजीलाई देखे । धौबलेजीले मलाई देख्नासाथ हात उठाउनु भो मईले दुईहात जोडेर अभीवादन फर्काए । धौबलेलजी संग मेरो सामाजिक संजाल फेशबुकमा मात्र सिमित परिचय थियो तर अाज हाम्रो प्रत्यक्ष परिचित हुने अवस्था गुरु पूर्णेमाले सृजना गरेको देखिन्थ्यो ।  प्रवचन चल्दै नै थियो म पुनः त्यहाँ बाट बाहिरिएर अाफ्नो मोबाइलको क्यामराले मन्दिर, त्रिवेणी र प्रवचनको केही चलछाया कैद गरें करिब १०:३० बजेतिर बागेश्वरी महादेब मन्दिर प्राङ्ण भन्दा माथि ६४ शिवलिङ् भएको उकालोको गोरेटो बाट हुँदै अघि बसमा अाउदा भेटेका महिला पूरुष तल झर्दै गरेको देखें । वहाँहरु लाई मईले ए.... तपाईहरु भरखर अाईपुग्नु भो ? भने अनि वहाँहरुले अँ गाडि तल रोके छ समथर बाटो अलि माथि रहेछ हामी त्यहि बाटो हुँदै अाएकाले ढिलाइ भयो ,हिड्न नसक्नेलाई लाई चालकले गर्दा झन बढि हिडेर अाउनु पर्यो भन्दै मन्दिर प्राङ्गणमा अाई पुग्नु भयो । खनालजीको जपपाठ अझै चल्दै नै थियो म पुनः प्रवचन सुन्न कार्यक्रम स्थलमा गएर बसें । 
       केही बेर पछि प्रवचन सके पश्च्यात सामुहिकरुपमा वाल्मीकि गुरुध्वजा पुजन भयो म प,नि त्यसमा समावेस भएर ध्वजा पूजन र धोक  गरें । त्यस पश्च्यात पुनः त्रिलेखकले लेख्नु भएको साँखु देखि बागेश्वरी हनुमान घाट सम्मको नामको पुस्तकको पाण्लिपि त्रिलेखक अा-अाफुले बागेश्वर महादेब संरक्षण समितिका अध्यक्ष....... लाई हस्तान्तरण गरेका थिए । साँखुका बारेमा प्रकाशमान श्रेष्ठ, बागेश्वर महादेबका बारेमा प्रेम प्रशाद काफ्लेफे र भक्तपुर हनुमान घाट सम्मका बारेमा युवा  संस्कृतिबिद ॐ धौबदेलजीले लेख्नु भएका थिए । सम्पूर्ण कार्यक्रम सकेपछि धौबदेलजी संग मेरो प्रत्यक्ष पहिलो पटक भेटभएर सानो कुराकानी भएका थिए । साउन महिनाको अन्तिम दिन भएकाले अाफ्नो कार्यालयको अाफु जिम्मामा रहेका हिसाब किताब क्लोजिन गर्नु पर्ने भन्दै हतार मान्दै बिदालिन्दै जानू भयो । घडिको सूईले ११:०० देखाई सकेका थिए । खनालजीले पनि अाफ्नो जपपाठ सिध्याईको सकेर उठिसकेका रहेछन्। खनालजी लाई भोक लाग्न थालेकाले होलान् अब यता कतातिर दूध दहि पाउला भन्न थाले ।  तलतिर पाईन्छन् होला भन्दै हामी त्यहाँ बाट फर्कन तयार भयौ ।
      पुनः एक पटक बागेश्वर महादेबलाई धोकेर हामी मन्दिर प्राङणबाहिर अायौ । अघि धान खेतबाट अाउदा हिलाम्मेमा टेकेर अाउनु परेकाले भए सम्म हिलोमा टेक्न नपरोस भनी अघि हामी संगै बसमा अाएका तर धान खेतको अालि बाटो बाट नअाई जितपुरको माथिलो कचि बाटो बाट महिलापूरुष अाएको बाटो बाट जान ६४ शिवलिङ तर्फ लाग्यौ सबै शिवलिङकको परिक्रमा गरि कच्चि बाटो हुँदै जितपुर पानी ट्याङ्की घुम्ती सडक तर्फ गयौ । बाटोमा भेटिएका र खेतमा काम गर्दै गरेका मानिस लाई यता लुध दही कता पाउँछन् भन्दै खनालजी सोधखोज गर्दै अघि बढ्दै थियो करिब पन्ध्र मिनट हिडे पश्च्यात मूल सडकमा पुग्यो । मूलसडक बाट माथि उकालो गयो भने ल्हासापाक्व सःस्यु द्यः / सरस्वतिथान पुग्ने भएकाले हामी तल वरालो झर्दै गयो । खनालजी त्यहा देखापरेका पसलहरुमा दूध दही खोज्दै थिए ।
     हामी वरालो झर्दैजादा करिब दस मिनट पछि अघि हामी बसबाट वर्लेको थाउ नाघि घुम्ति चौतारा र सानो मनदिर नाघे पछि सडकको दायाँ छेउमा एउटा सानो सूचना पाटीमा खुवा यता पाईन्छ भनेर लेखिएको देखियो । हामी त्यतै लाग्यौ सडक भन्दा भित्रको एक घरको छिँढीमा खुवा बनाउदै गरेको कारखाना देखियो । खुवा कारखानामा दूईजना खुवा मिस्त्रि पाँच वटा अागो दन्किरहेको चुलोमाथि राखिएको ठूलो कराईमा
हरुमा  कुराउनि घोट्दै थिए । खनालजी कुराउनी घोट्दै गरेका मिस्त्रिलाई यहाँ तात्ततातो दूध पाईन्छ भन्दै त्यहाँ रहेको मुडामा बसे । खुवा मिस्त्रिले पनि पान्छ भन्दै हामीलाई स्वागत गरेर बसालेर अर्को भित्रको छिँढीमा बसेका महीलालाई दुई गिलास तातो वहाँहरूलाई दिनु तः भन्दै अादेशसूचकमा अावाज लगाए । मईले भने कुराउनि घोट्दै गरेको दृश्यलाई अाफ्नो मोबाइलमा कैद गर्ने मनसायले खल्तिबाट मोबाइल निकाल्दै भिडयो खिच्न मिल्छ भन्दै प्रश्न गरें खुवामिस्त्रिले पनि हुन्छ किन नहुनु र भन्ने जवाफ पाए पछि करिब  २ मिनटको कुराउनि बनाउदै गरेको चलचित्रछाया याने भिडियो लिए ।
    भित्रको छिँदी बाट एक अधबैसे महिला स्तिलको दुई चियाग्लासमा भरि तातो दुध लिएर बाहिर अाएर हाम्रो अगाडि राखे। खनालजी भने हैन दुई दुई गिलास नै ल्याउनु भन्नू भो । मईले भने हैन मत एक गिलास मात्र खान्छु भने तर खनालजी चाहिँ हैन दुई गिलास नै पिउनु पर्छ भन्दै कर गरे । दूध ल्याउने महीला यो नि खानुस न म पछि एक एक गिलास थपिहाल्छुनि भन्नू भो तर खनालजी भने है न अहिले नै ल्याउनुि भन्नू भो र महीलाले पनि हामी दुबैजनाको अगाडि भरिएको तात्ततातो दुई दुई गिलास दूध राखि दिए । मईले अनकनाई अनकनाई दूध खानथाले । एउटा गिलासको दूध रित्तिया छैन खुवा पनि खानु पर्छ भनी खनालजी भन्नू भो  मईले म खान्न बरु घरको लागि एक पाउ लाने भने तर खनालजी हैन खानै पर्छ भन्नथाले खुवामिस्त्र पनि खुवा कारखानामा अाए पछि खुवा खानु पर्छ सय् सय् ग्राम खानुस भन्दै भित्रको छिँदीमा रहेका महीलालाई दुईथाममा सय सय ग्राम ताताो खुवा राखेर दिनु भने र महिलाले पनि तात्ततातो खुवा रिकापिमा राखेर एउटा काठको चम्चा सहित लिए । रित्तो गिलास भुईमा राखेर खुवाभएको स्तिलको रिकापी हातमा लिएर भिनिस्ता काठको चम्चाले तात्ततातो कुराउनी फु फु गर्दै मुखमा हाले । तातत्ततातो कुराउनी कहिले नखाएको र एक गिलास तातो दुध खाएको लगत्तै खाएकोले होकि मलाई कुराउनि खासै स्वादिलो लागेन तै पनि फु फु गर्दै बिस्तारै खान सकाएर पुनः अगादि राखेको एक गिलास दूध पनि खाएर गिलास रित्याए । त्यति बेला सम्म हामी दुबैलाई घरकोलागि एक एक पाउ कुराउनी पोलिथिन झोलामा हालेर दिए । दूध र खुवाको पैसा दिएर हामी तल झर्दै गयौ बस कुर्नुको सत्ता बिस्तारै हिडडै गयौ। नाडी घडीले मध्यानको १२:०० देखाईसकेको थियो । केहिबेर हिडे पछि पछादि बाट बस अाएको अावाज अाएकाले हामीले बस रोकेर चढ्यौ ।