Sunday, August 7, 2016

सनातन धार्मिक कार्यमा " गोदान "

सनातन धार्मिक कार्यमा " गोदान "
प्रकशमान शिल्पकार
       याने गाई सनातन धर्ममा महत्वपूर्ण स्थान ओगटेको पाईन्छ । सनातन धर्म भन्नाले पृथ्विको शृष्टिकाल देखि नै मानी आएको धर्मलाई सनातन धर्म भनिन्छन । यो सनातन धर्म अन्य धर्महरु जस्तो कुनै महान व्यक्ती विषेशले प्रतिपादन गरिएको धर्म नभै पृथ्विको सृष्टि संगै चली आएको धर्म हो । ब्रम्हस्वपिणी कामधेनु गाई पनि पृथ्विको शृष्टिकाल देखि नै सृष्टि भएको हो भन्ने बेदको स्लोकहरुमा रहेका छ भनी बेदका ज्ञाताहरु बताउँन्छन । पृथ्विको शृष्टिको धेरै काल पछि क्षिरसागर मन्थन हुँदाका समयमा सागर वाट अ्रितको साथसाथै यी नै कामधेनु गाईका सन्तानहरु - नन्दा, सुभद्रा, सुरभि, सुशिला र बहुला नामक पाँच गाईहरु उत्पन्न भएका थिए । यी पाँच गाईहरु देव दानवको सहमतीमा जमदग्नी, भारद्वाज, बषिष्ठ, असित र गौत्तम ऋषिलाई जिम्मा दिएका थिए । पृथ्विमा जति पनि गाईहरु छ्न ती सवै यिनै पाँच गाईका सन्तती हुन भन्ने शासस्तृय कथन रहेको पाईन्छन ।
      गाईको पूरा शरीरमा तेतिस कोटि देव देवताहरु आशृत हुने भन्ने धार्मिक मान्यताका कारणले यिनको दर्शन मात्रले पनि सवै देव देवताको दर्शन मिल्द छ भन्ने शास्तृय भनाई छ । गाईको दूध र घ्यू जति स्वास्थ्य बर्दक छ त्यति नै धार्मिक तथा पित्री कार्यमा त्यति नै पवित्र र महत्व्पूर्ण मानिन्छन । त्यति मात्र हैन गाईको मल ( गोबर ) र मुत्र ( गौत ) ले अनेकौ रोगका कीटाणु तथा रोग समेत नाश हुन जान्छ । गोबर र गौत धार्मिक तथा पित्री कर्य लगायत सनातन संस्कारहरुमा अती आवश्यक्ताका साथ प्रयोग गर्दै आएको छ । त्यसैले गाईलाई लोकमाता अर्थात गौमाता भनी अति श्रध्दा र भक्तिका साथ पुज्दै आएका छन । हाम्रो देशले त गाईलाई राष्ट्रीय सम्मान नै दिई राष्ट्रीय जनावरका रुपमा सम्मान गरिराखेका छन । लोक परलोकमा अति पुजनिय गाई ब्राम्हणलाई वैदिक निधिपूर्वक दान गरिएमा आफ्नो जिवनमा जानी नजानी भए गरिएका समस्त पाप कर्महरु नाश हुन गै शरीर शुध्दिकरण भै अन्त्यमा बैतरणी समेत पारहुने छ भन्ने सनातन धार्मिक मान्यता र विश्वासका साथ गाईदान अर्थात गोदान गर्ने धार्मिक पम्परा र संस्कृती रहेको पाईन्छन ।
     धार्मिक शास्त्रहरुमा उल्लेखित भएअनुसार दैनिक गरिने पुजा बाहेक अन्य कुनै पनि धार्मिक कार्य गर्नु अगादी र पछादी गरिने गोदान समेत गरि विभिन्न अवस्थामा गोदान गर्ने गरिएको पाईन्छन । धार्मिक कार्य गर्दा सर्व प्रथम जजमानले आफ्नो तन, मन र वचनलाई शुध्दिकरण गरि आफुले गर्न लागिएको धार्मिक कार्य गर्न आफुलाई पवित्र गरि आफुलाई योग्य बनाउन आवश्यक हुन्छ्न । आफुलाई शुध्दिकरण नगरी गरीयका कार्यले पूर्णता पाउन सक्दैनन अर्थात गरीयका कार्य फलदायी हुन सक्दैनन भन्ने शास्तृय कथन रहेको पाईन्छन । त्यसैले आफुले गर्न खोजेको कार्यले पूर्णता पाउन भन्ने उद्देश्यका साथ आफुले जिवनमा जानी नजानी गरीयका गल्ती, त्रुती एवं पापकर्महरुको प्रायश्चित गरि आफ्नु तन , मन र वचनलाई शुध्दिकरण गर्न सनातन धार्मिक मान्यता अनुसार ब्राम्हनलाई विधिपूर्वक गाईदान गर्नु नै " गोदान " हो ।यस कार्यलाई प्रायश्चित गोदान भनिन्छ्न ।
      गोदान गर्ने जजमान नुहाई धुवाई गरि चोखोनित्य भै गोदान गर्न आवश्यक सामाग्रीहरु - गाई अथवा गाईको मूल्य कल्पना गरि रुपैयाँ र सो रुपैयाँ राख्न एउटा दुनो ( बोहोता ) , जौ, कालो तिल, कुश( भाद्र कृष्ण आमावस्यका दिन विशेष मन्त्र उचस्रण गरि काटेर ल्याई राखेको तृणा जातिको एक प्रकारको पवित्र घाँस ) , कर्म पात्र(तामाको पात्र), सामान्य पुजा सामाग्री सहितको थाली र आवश्यक दक्षिना लगायतको व्यवस्था गरि एकजना गोत्रावली समेतको राम्रो ज्ञान भएको कर्मयोगी ब्राम्हण बाट वैदिक मन्त्र उचारन गराई सर्वप्रथम ब्राम्हणले कर्म पात्र ( तामाको पात्रम जल र कुश राख्ने ) बनाएपछी जजमानले कर्म पात्रमा पुजा गरि कुशको औथी लगाउने अनि क्रमस दुनामा पवित्र जल र गाईको मूल्य कल्पना गरि रुपैयाँ राख्ने, गाईको पुजा गर्ने, ब्राम्हणलाई टीका लगाई दिने , गाईको पुच्छर संझेर तरपण गर्ने, गाईको कल्पना गरि राखियको रुपैयाँको दशभागको एक भाग रुपैयाँ भुईमा राखी दान प्रतिस्था गर्ने अनि जलले गाईलाई परिक्रम गरि ब्राम्हणलाई गाई हस्तान्तरण गर्ने( गाईको प्रतिक रुपैयाँ राखेको दुना ब्राम्हण तर्फ सार्ने ) र अन्त्यमा दुनामा रहेको जलले शान्ती वाचन सहित जजमानलाई ब्राम्हणले अभिषेक गरीए पछि गोदान वा प्रायश्चित गोदान गर्ने कार्य समाप्त भएको मानिन्छ्न ।
अघि गोदान गर्दा सजिव गाई नै दान गरीने परम्परा भएता पनि अहिले गाईको सट्टा गाईको मूल्य कल्पना गरि यथासक्य दुनामा रुपैयाँ राखी गाईका रुपमा दान गर्ने चलन चलेको देखिन्छन । अहिले कुनै जजमानले सजिव गाई नै दान गर्न खोजिएता पनि ब्राम्हण सजिव गाई दान लिन अनकनाउन्छन । गाई नै दान लिन्दा गाईलाई पाल्नु पर्ने भएकाले झन्झत बाट       अनुभवी जजमानहरुलाई गोदान किन र केकालागी गरीन्छ भन्ने जानकारी रहेतापनी आजका नयाँ पुस्ताहरुलाई खासै जानकारी भएको देखिन्दैनन । गोदान किनर केकालागी गरेको भनी सोढ्दा व्रत बस्दा गोदान गर्नु पर्छ भन्छ्न सबैले गर्छन त्यसैले हामिलेनी गरेको भन्ने जवाफ बाहेक अन्य जवाफ दिन सकेको देखिन्दैनन । कुनै पनि धार्मिक कार्य वा संस्कार गर्दा त्यस्को महत्व र विषेश्ता बुझेर गर्नु नै उपयुक्त हुन्छ । परम्परा र संस्कृती धान्न मात्र गरीने धार्मिक कार्य वा संस्कारले धर्म संस्कृतिमा पछी बिकृती नल्याउला भन्न सकिँनन ।
      आफ्नो कुल धर्म र संस्कृतिलाई राम्रो संग बुझ्नेहरु दशौ वर्ष सम्म बिदेषमा परधर्मको संगतमा रहेर आफ्नु जन्म भूमिमा फर्कना साथ प्रायश्चित गोदान गरि आत्मा शुध्दी गरी आफ्नो सनातन कुल धर्म र संस्कृतिको रक्षा गर्छन । तर नेपालमै बसि सनातन धर्म संस्कृतिको संरक्षनमा बसेर पनि परधर्ममा बिकेर धर्मान्तर हुनेहरु ले हाम्रो सनातन धर्म संस्कृतिमा बिकृती ल्याउने होडबाजी चलिरहेको वर्तमान अवस्थामा सनातन धर्म संस्कृतीमा आस्था र विश्वास राख्ने हामी जो कोहि नेपालीले आफ्नो धर्म संस्कृति बारे बुझ्ने, अरुलाई पनि बुझाउन प्रयास गर्नु उपयुक्त नै हुने छन । किन र केका लागि भन्ने नबुझिकन परम्परा धान्नलाई मात्र पुर्खाले गर्दै आएको धर्म संस्कारको अनुसरण मात्र गर्दै जाँदा धर्म नाश हुन जान सक्छन । " धर्म एव हातो हन्ती धर्मो रक्षती रक्षित: " अर्थात धर्मको नाश भएमा वा धर्मलाई हानी गरेमा हामीलाई नै हानी गर्दछ । तसर्थ आफ्नो र आफ्नो सनातन धर्म संस्कृती तथा संस्कार रक्षाका लागि महत्व र विषेस्ता बुझेर धार्मिक कार्य गर्नु नै उपयुक्त हुनेछन ।

झन्डा फहराईरहने लक्ष्मीनारायणको अभियान

झन्डा फहराईरहने लक्ष्मीनारायणको अभियान
प्रकशमान शिल्पकार
समाचारप्त्र १९ चैत २०७२
       राजधानिको पुरातात्विक हनुमाढोका दरवार क्षत्र लगायत संम्पदा क्षेत्रमा वर्षौ देखि आफू भन्दा निकै ठूलो चन्द्रसूर्य अंकित नेपालको राष्ट्रीय झन्डा फहराउँदै बस्ने व्यक्ती को हो ? भन्ने धेरैलाई खुड्डुली लागेको हुन सक्छ ।
०१३ सालमा भक्तपुर १३ लाछी टोलमा जन्मनु भएका निज लक्ष्मीनारायण शिल्पकार पिता लक्ष्मीभक्त र माता रत्नमाया शिल्पकारका माहिला छोरा हुन । निजको पुर्खौली पेशा काष्ठ शिल्पिकला हुन ।भक्तपुर बाट बसाईसरी काठ्माण्डौ १४ कालिमाटीमा घरवार हुने निजका दुई छोरा र एक छोरी छन । पत्नी मैयाँ शिल्पकारको सात वर्ष आगादी अल्पाअयुमा नै निधन भैसकेका छन । लक्ष्मीनारायण शिल्पकार भक्तपुर रेडक्रसका उपसभापती सम्म भै रेडक्रस अंतर्गतकै दैवीक प्रकोप उद्वार समिती भक्तपुरका संयोजक समेत भै काम गरिसकेका सच्चा सामाजिक कार्यकर्ता तथा नेकपा एमालेका पूर्वसक्रीय कार्यकर्ता हुन । हाल निज कुनै पार्टिमा लागेको छैन ।
सूर्य शाहि
०६२/६३ को राजनितिक परिवर्तन संगै नयाँ नेपाल बनाई देशको काँचुली फेर्ने भन्ने तातकालिन मुद्दामा चन्द्रसूर्य अंकित झन्डा नै फेरिनु पर्छ भन्ने राजनैतिक पार्टीका केही नेताहरुको भनाइ थियो । यो कुरा चर्चामा आएपछी धेरै स्वाभिमानी नेपालीहरुको चित्त दुखेका थियो । झन्डा फेरीने कुराले अति नै चित्त दुखाउनेमध्यका एक बृध्द व्यक्ती काठमाण्डौको बशन्तपुर नौतले दरवारको अगादी दुई सिह संगै राखिएका " चन्द फ्लायग हाउस " कासंचालक चन्द्र मिलन शाहीका पिता सूर्य शाही पनि एक थिए ।
चन्द फ्लायग हाउस "का संचालक चन्द्र मिलन शाही
चन्द्र मिलन शाहीको झन्डा पसलमा निज लक्ष्मीनारायण शिल्पकार , म पंक्तिकार लगायत अन्य धेरै युवा एवं बृध्दहरुको जमघत भै देशको परिवर्तित राजनितिक अवस्थाका बरेमा चासोका साथ आ-आफ्नो तर्क बितर्क गरि बिष्लेसन सहित कुराकानी हुने गर्दथियो । त्यस ठाउँमा मानिसहरु भेलाहुनुमा एउटा कारण र्हियो पत्र पत्रीका पढ्ने हेर्ने । चन्द फ्ल्याग हाउसका संचालक चन्द्र शाहीले आफ्नै निजि प्रयासमा राष्ट्रीय स्तरका सात आठवटा पत्र पत्रीकाहरु सार्वजनिक रुपमा नै सवैले पढ्न पाउने गरि राखी कुर्सी समेतको व्यवस्था गरेका थिए । हामी दैनिक रुपमा बिहान बेलुका आ-आफ्नो फुर्सदको समयमा त्यस ठाउँमा जमघत हुन्थियौ र पत्र पत्रीकाहरु पढेर प्रकाशित समाचार बारे तथा बदलिन्दो राजनितिक अवस्थाको बारेमा निकै चर्चा परिचर्चा हुने गर्थ्यो ।
      ७० वर्ष नाघेका सूर्य शाही झन्डा किन्न आउने आफ्नो ग्राहक लगायतलाई त्यहाँ पत्रीका हेर्न जमघत भएका सवैलाई राष्ट्रीय झन्डा फेर्ने भन्ने बिषयमा आफुलाई अति नै चित्त दु:खेको र त्यस्को गुनासो पोख्थे । साथै युवाहरुलाई चन्द्रसूर्य अंकित झन्डाको वकालत गरि झन्डा फेर्ने बिषयमा बिरोधको आवाज उठाउन उ टाँसिदिन्थिय ।
लक्ष्मीनारायण शिल्पकार एक चेतनशिल राजनितिक कर्ताका साथै एक सामाजिक कार्यकर्ता समेत थिए । स्वभावत: उनको पनि चन्द्रसूर्य अंकित राष्ट्रीय झन्डा प्रती ठूलो आस्था,विश्वास र सम्नान थियो नै । भरखरै मात्र आफ्नो जीवन संगिनी गुमाएर बिरक्तिरहेका लक्ष्मीनारायण शिल्पकारजीलाई ब्रुध्दा सूर्य शाहीको चित्त दु:खाई र गुनासोले उनलाई पनि मनमा घच घचाई रहेको थियो । त्यसैले पनि उनले झन्डा पसलमारहेको आफू भन्दा ठूलो चन्द्रसूर्य अंकित झन्डा लियर फहराउँदै हनुमानढोका दरवार क्षत्रमा आएका बिदेशी पर्यतक लगायत नेपालीहरुलाई सो झन्डा सहित आफुलाई क्यामरामा कैड गराउन लालायित गराउँछन । पर्यटकलगायत नेपालीहरु पनि झन्डा पहउँदै गरेका लक्ष्मीनारायण शिल्पकारसंगै आफ्नी फोटी खिचाउँन लालायित हुने गर्छ्न ।
मलाई आज पनि संम्झना ताजै छ । त्यो के भने ने.सं. ११३२ को नव वर्षको उपलक्ष्यमा सदाझै बशन्तपुर बाट सुरु हुने शुभकाना( भिंतुना ) । त्यस ससंस्कृतिक र्यालिमा म लेखक पनि सहभागी थिएँ । शिल्पकार समाज नेपाल , कस्ठमाण्डौका संम्पूर्ण सदश्यहरु सहित हामी सवै यसै दुई सिंह रहेको स्थानमा भेला भै सांस्कृतिक र्यालीमा सहभागी हुन जाँदा निज लक्ष्मीनारायण शिल्पकार बिहान ७ बजे देखि नै झन्डा फहराउँदै फोटो खिच्न र खिचाउन बेस्त देखिन्थियो । त्यो दिन वहाँ र्यालीमा समेत सहभागी नभैकन नै साँझ सम्म झन्डा फहराउँदै पर्यतक तथा नेपालीहरुका साथ फोटो खिच्न खिचाउन नै ब्यस्त थियो । त्यस दिन मात्रै वहाँले आफ्नो हजारौ हजार फोटो खिचाए होलान ।
        जीवनसंगिनी गुमाएर बिरक्तिरहेका लक्ष्मीनारायण शिल्पकारलाई चन्द्रसूर्य अंकित झन्डा फराउँदै पर्यतकहरु संग बसेर आफ्नो फोटो खिचाउँन रमाउँदा रमाउँदै बिदेशिहरुले त्यसरीफोटो खिचायर आफुलाई विश्वसामु चिनाउने महत्वकांक्षा जागेको पत्तै भएन । तानमा बुनिएको नेपाली कपडाको दौरा सुरुवाल, इस्तकोट, भादगाउँले टोपीमा सजिएर आफ्नो लुगाको छतीमा चन्द्रसूर्य अंकित सानो झन्डा सवैले देख्न सक्ने गरि सिलाएर आफू भन्दा ठूलो झन्डा फहराउँदै घाम पानी, हावा हूरी केही नभनी दिनहुँ यसरी सम्पदा क्षेत्रमा देखिन्छ्न । यसै क्रममा राष्ट्रीय झन्डा नचिन्ने नेपालीहरु पनि फेला पर्दा ज्यादै दु:ख मान्दै उनले एउटा अठोट गरे - " म सवै नेपालीलाई राष्ट्रीय झन्डा चिनाउने काम गर्छु " । यसै अठोट र भावनाका साथ दत्तचित भएर लक्ष्मीनारायण शिल्पकार आफ्नो ज्ञान र क्षमताले भ्याए सम्म चन्द्रसूर्य अंकित देशको राष्ट्रीय झन्डा समस्त नेपालीलाई मात्र चिनाउने होइन कि राष्ट्र र नेपालको राष्ट्रीय झन्डालाई विश्वसामु चिनाउने जमर्कोका साथ देशव्यापी दौडाहामा हुनुहुन्छ । यो अठोट र अभियान बाट एक दिन उनको मह्त्वकांक्षा पुराहुने विश्वास गर्न सकिन्छ ।नेपाल र नेपालको राष्ट्रीय झन्डालाई विश्वसामु चिनाउन सफल हुने नै छ्न । उनको अभियान सफल होस यही नै हामी नेपालीको कामाना छ ।

सडक विस्तार मात्रै समाधान होइन

सडक विस्तार मात्रै समाधान होइन

प्रकाशमान शिल्पकार

नेपाल समाचारपत्र
१२ बैशाख २०७३

काठमाण्डौ बाहिर बाट भित्रीयका केही मानीसहरुले यहाँका प्रति जग्गामा कब्जा गर्दै सुकुम्बासीको प्रभुत्व जमाउँदै जगा धनी पुर्जा माग गर्दै यहँका बासिब्दा बन्दै गएका छन भने अर्को तर्फ यहाँका रैथाने बासिन्दाहरुको घरमा सरकारले बुल्डोजर चलाएर सुकुम्बासी बनाउँदै छन।
महाभुकम्प २०७२ ले थल थल बनाएको सडक, बाटोका जोडियका कुनै घर पुरै त कुनै आंसकिक रुपमा भत्काउँदै सडक विस्तार गर्ने कार्य सरकारले तिब्र बनाएको छ । महाभुकम्पले पुर्यायको चोतको खत निको नहुँदै यहाँका सडक बाटोमा जोदिएका सडक विस्तारले अर्को चोट पुर्यायको छ । उहिले बुढापाकाहरु सडक चेउछाउमा घर बनाउन हुँदैन भन्थे ।साँचै नै आज सडकचेउचाउका घरफ्हनिहरु सधैं त्रसित रहनुपर्ने अवस्था काठ्माण्डौ उपत्यकामा देखिन थालेको छ । सर्स्कारले कुन बेला सडक विस्तारका नाउमा आफ्नो घरइ स्वाहा पार्ला भनेर चिन्ताग्रस्त देखिन थालेका छन यहाँका बासिन्दा ।
नेपालको जनसंख्या लगभग तिनकरोद पुगिसकेका छन । जनसंख्या बृध्दी संसंगै आवासिय जमिनहरु घट्दै छन । आवासिय जमिनको अभावमा कृषि योग्य जमिन आवासियमा परिनत हुँदै छन । देशभरिका जनसागर काअठमाण्डौ उपत्यकामा नै जम्मा हुँदै गैइरहेका छन । यो लेखक सानू छँदा हिन्दी चलचित्रमा दिल्लि र बम्बैको दृस्यमा मानिसहरुको घुइच्व देख्दा अचम्म लग्थियो । आज आफ्नै देसको राजधानिमा देखिन थाली सकेका छन । समयले कोल्टी फेरिसकेका छन । बाहिरी जिल्लाबाट राजधानिमा आउने जनसागरको बाढीलाई अब पनि नियनत्रण गरिएन भने आधारभूत आव्श्यकताको अभव भैइ काठ्माण्डौ उपत्यकामा जटिल समस्या आउनेछ ।
२०३२ सालतिर खेती योग्य जमिन ह्द्पेर काठमाण्डौम चक्र पथ निर्माण गरियो । आज त्यही चक्र पथ मात्र्स नभएयर अन्य सडक पनि साँघुरो हुदै अपुग भैसकेकको अवस्थालाई सवैले स्विकार गरिसकेका छन । यसलाई मनन गर्दै सरकारले पनि दोस्रो चक्र पथको निर्माणको योजना अघिसारिसके छ । अन्य सडक गल्ली बाटोमा परेका घरहरु भत्काउँदै बाटो फराकिलो गर्ने काम गरिसकेको छ । अहिले सरकार्ले गर्न लागेको सडक विस्तारको आयु पनि १५-२० वर्षबन्दा बढी हुनेछैन । त्यो समयमा सडक पुन: साँघुरिनेछ । फेरि जनताले दु:ख गरि बनाएको घर भत्काएर बाटो फराकिलो गर्नुपर्ने अवस्था आउनेछ ।
कुनै पनि समस्याको समाधान गर्दा यो समस्या के कति कारणबाट उत्पन्न भयो भन्ने तर्फ गहिरेर सोच विचार गरी मूल जडमा नै सुधार हुने गरी समाधान गर्नु बुध्दिमानी हुनेछन । ताकी भविष्यमा त्यस्ता समस्याको पुनरावृती हुने अवस्था उत्पन्न नै नहोस ।
काठमाण्डौ उपत्यकामा बिजुली, खाने पानी, सडक, बाटो तथा आवासको बिकराल समस्या हुँदा हुँदै पनि बाहिरी जिल्ला बाट आउने जनसागरको बाढीले निरन्तरता पाई नै रहेका छन । नयाँ,, नयाँ मोडेलका सवारी साधन भित्रीरहेका छन । उपत्यकाबासि आफैले आफ्नो घर आगन, गल्लि बाटो सडक गल्लिमा सवारी साधनहरु हुँक्यायेर बाटो साघुरो गर्दै खुम्चाउँ दै छन । यहाँका रैथानेहरु धमाधम बिस्थपित हुन थालेका छन भने बाहिर बाट आई यहाँ घर बनाई बस्ने नयाँ बासिन्दाले यहाँका परम्परा र संसकृती माथी धावा बोल्दै सनातन देखि पुज्दै आएको देव वृक्ष पिपल र मथ मन्दिरहरु हताई बाटो फराकिलो गर्ने योजना बनाउँ छन । यहाँका परम्परागत रितिरिवाजहरु परिवर्तन गराई आफ्नो संस्कृती लादन खोज्दछन ।
यहाँका कला, संस्कृती, र परम्परा , रितिरिवाज यहाँका रैथाने नेवारहरुको पहिचान हो । यहाँको संस्कृतिको संरक्षण तथा सडक बाटो साँघुरिन्दै गैरहेको गतिलाई रोक्ने नै हो भने सर्वप्रथम त बाहिरी जिल्ला बाट खोलाको बाढीसरह भितृरहेको जनसागरलाई नियन्त्रण गर्न सक्नुपर्छ । साथै केही दशक सम्मका लागि सवारिसधनहरु आयात गर्ने कार्य रोकिनु आवश्यक छ । अन्यथा काठमाण्डौ महानगर सवारिसाधनहरुको ग्यारेजमा परिनत नहोला भन्न सकिन्न । अत: सडक विस्तारले दीर्घकालीन समस्या समाधान हुन सक्दैन । यस तर्फ सरोकारवाला सवैले मनन गर्नै पर्दछ ।
Prakash Man Shilpakar's photo.
LikeShow more reactionsCommen

सडक विस्तारले कलङ्की मन्दिर जोखिममा

सडक विस्तारले कलङ्की मन्दिर जोखिममा
राजधानी दैनिक
बिहिवार १४ जेष्ठ २०७३


प्रकाशमान शिपकार

      काठमाणडौ उपत्यका सडक सुधार आयोजनाको कार्यक्रम अन्तर्गत सडक विभागले उपत्यकाको नौउ वटा सडक विस्तार आयोजना गदैछन । उपत्यकाको सडक विस्तार कार्यमा तृपुरेस्वर-कलङ्की- नागढुङ्गा भित्रको १२ किलोमिटर सडकलाई प्राथमिकताका साथ कार्य गर्ने योजना सहित कार्यथालनी गरिन्दैछन यस कार्यबाट यस क्षत्रको सडक किनामारहेका हजारभन्दा घर प्रभावित हुने देखिन्छन । राजमार्ग सिमा तय हुनु भन्दा पहिले याने अघि निर्माण भएका घरलाई क्षेतिपुर्ति दिने तर  अन्य घरलाई कुनै क्षतिपूर्ती नदिने भन्ने सरकारले भनिसकेका छन । सडक विभागको पूर्व व्यवस्था अनुसार राजमार्गको दायाँ-बायाँ ५० मिटर र सहायक राजमार्गको ३० मिटर सिमा तय राखेका छन ।
      त्रीपुरेश्वर-कलङ्की-नागढुङ्गा सडक क्षेत्रभित्र पर्ने सोल्तीमोद देखि कलङ्की चोक सम्मको सडक क्षेत्रलाई चक्र पथ निर्माण हुनु अगादी, मेयर केशब स्थापितको पालामा   समेत पटक पटक  गरि जम्मा दुई पटक सडक किनारामारहेका घरहरु तोडफोड गरि सडक विस्तार गरिसकेका छन । अहिले गरिरहेको तेस्रो पटकको हो । गत २०७२ बैशाख १२ र २९ गते गएको बिनासकारी महाभुकम्पले यश क्षेत्रको एक दुई घर बहेक अन्य घर पूर्णरुपमा क्षेती नदेखिएतापनी घरको जग्ग भने निकै कमजोर अव्स्थामा पुगेका देखिन्छन । २०७२ बैशाख १२ अघि सम्म जतिसुकै ठूला र मालबहक गादी आउँदा पनि गर कम्पन भएको महसुस नहुने घर ,मन्दिर अहिले  महाभुकम्प पश्च्यात ठूलो गादी आउँदा भुकम्पको सानो झत्का आए जस्तै कम्पन भएको यहाँका बासिन्दाले महसुस गर्ने गर्दै आएकाछन । यस्तो कम्जोर अवस्थामा पुगेका घरले अबको सडक विस्तारले दिबे झत्कालाई थेग्न सक्लान भन्ने कुरामा सडक किनारमा घर भएका स्थानुय घर धनिहरु संसकित र त्रसित अवद्थामा छन । यस्तो त्रसित र संसकित अवस्थामा पनि डोजरले आफ्नो घरलाई प्रहार गरेको तुलतुल हेरीरहने अथवा भुकम्पले घरको जग्ग छिया छिया पारी कम्जोर अवस्थामा पुर्याई राखेको आफ्नो घरलाई आफैले अर्को झत्का दिई सडक विस्तारमा परेको भाग भत्काई घरलाई पुन: कम्जोर अवद्थामा पुर्याउने बाहेक घर धनिलाई अर्को बिकल्प छैन ।           काठमाण्डौ उपत्यका बाहिर भन्दा यहाँ शान्ती सुरक्षा लगायत सुबिधारु भएको तथा काठमाब्डौ देशको राजधानी समेत बएकाले पनि बाहिरबाट बाढीसरह भुत्रीने जनसागरके नुरन्तरता पाईनैरहेका जारणले यहाँ जमुनले थेग्नै नसक्ने अवस्थामा पुगीसकेको अवस्था छ भने अर्को तर्फ नयाँ नयाँ सवारी साधनगहरु भौत्र्याउने जार्यले पनि निरन्तरन्ता पाईनै रहेकाके यहाँका सडक सडक गल्ली सवै दिन दिनै साँघुरिन्दै छन । राजधानी भित्रीने जनसागर र नयाँ सवारी साधन भित्रीयाउने कार्यलाई राज्यले नितिनुयम बनाई अब पनि नियन्त्रण नगर्ने हो भने भोलि यहाँ बिकराल स्थितीको सामना गर्नु पर्ने निश्चुत नै छ ।
      त्रीपुरेश्वर-कलङ्की-नाफढुङ्गा सडकको यश सडक क्षेत्रभित्र पर्ने साविक न्हेंपंखा भन्ने हाल कलङ्कीभनी प्रख्यात पाएको क्षेत्रमारहेको कलह र कलङ्क नासिनी भगवती श्री कलङ्की माता ( कल्खु अजिमा, बालकुनारी माता)ले  तस क्षेत्रमा सडक बिभागले गरीएका पटक पटक सडक विस्तारको क्रममा आफ्नो तीन वटा पाटी, आफुले स्नान गर्ने तथा भक्तजनले आफुलाई जल चढाउन जल लिने ईनार र सो ईनार बाट जल झिकेर आफू र बटुवालाई पानी ख्वाउन जल संचय गरीराख्ने बज्रले निर्मित कलात्मक हात्ती आकारको जल भाँडो( पानी ट्याङ्की) गुमाई सकेका छन । अबको सडक विस्तारमा कलङ्की मस्ता र मन्दिरले आफ्नो कुनै भौतिक साधन र जमिन गुमाउनु पर्ने अवस्था नदेखिएतापनी सडक वुस्तार उपरान्त भोलीका दिनमा मन्दिरको दायाँ बस्याँ दुबै तर्फबाट सवारी साधनहरु हुँइकिन्दा आफ्नु मन्दिर र मन्दिरमा श्रध्दाभक्तिका साथ आउने भकतजनह्स्रुको जिउज्यान जोखिममा पर्न सकिने देखिन आउँछ ।
       साँघुरिन्दै गैरहेको सडकको समस्या
सडक विस्तार मात्र हो अन्य कुनै बिकल्प छैन भनी पटक पटक सर्वसाधारनको घर भत्काइ सडक फराकिलो गर्दै सडक विस्तार गर्नु उपयुक्त र न्यायोचित मान्न सकिनन । सडकमा दिनहुँ देखिने ट्राफिक जामलाई निउन्न गर्ने एउटा उपाए भनेको सवारी चाकहरुलाई लेन अनुशासन कढाइका साथ लागू गर्नु , बैकल्पिक मार्गहरु प्रयोगमा ल्याउने , सडक पेटीमा पसल राख्नेहरुलाई कढाई गर्ने लगायत कार्य राज्यले अति कढाईका साथ गर्नु पर्दछन बने सवारी चालकहरु आफैले पनि अनुशासित भै सवारी हाक्नु आवश्यक हुन्छ । विभिन्न उपाएहरु अपनाउँदा पनि समस्या समाधन नभै सडक बिस्तार बाहेक अरु बिकल्प नभएको अवस्थामा सडक विस्तार गर्नै पर्ने भएमा कुनै मठ, मन्दिर लगायतका श्रध्दालुहरुको आस्था र बिस्वासमा आँच नाआउने गरी मठ मन्दिर लगायत भक्तजनहरुको संभावित हुन सक्ने दुरघटनाको दृष्टीलाई पनि मध्यनजर गरि जोखिमलाई निउन्न गरि कार्ययोजना गर्नु उपयुक्त नै हुन्छन । अत:यस तर्फ सरोकारवाला सवैले मनन गर्नै पर्छ ।।

ऐतिहासिक औजार परिचय "" चन्द्रहास ख्ड्ग

नेपाल निर्माणमा प्रयोग भएको मूल औजार "" चन्द्रहास ख्ड्ग
ऐतिहासिक औजार परिचय

प्रकाशमान शिल्पकार
         आदिकालमा प्राचीन नेपाल उत्पती अथवा नेपाल निर्माण हुनू पूर्व प्राचीनकालमा उपत्यका एउटा ठूलो दहको रूपमा रहेका बेला विपस्वी नामका बुद्ध आई कमलको फूल रोेपेर गएका रहेछन् । त्यही कमलको फूल फुलेपछि त्यही फुलमाथि धर्मधातु ज्योतिका रूपमा स्वयम्भू उत्पत्ति भएको हो । कालीदहमा रहेको पानीको बिच भागमा उत्पन्न भैरहेको त्यो अलौकिक ज्योतिरुप श्री स्वयम्भू धर्मधातु दर्शन गर्ने अभिलासा लिएर पञ्चशील पर्वत ( चिन)बाट आफ्ना दुईवटी शक्तिस्वरुपी बरदा र मोक्षदा सहित कान्तिपुरको दक्षिण ( अहिलेको भक्तपुर जिल्लाको (महामञ्जुश्री-) चाङ्गुनारायण नगरपालीका वडा नं ८ सुडाल थाकलमाठ अर्थात् महामण्डप गिरि (ल्हासा पाक्व/निस्यांङ गुरथाङ) स्थित  भूगर्भ: मार्ग (सो भूगर्भ: मार्गको द्वारलाई हाल ल्हासापा सरस्वती भन्नी मान्दै पुज्दै आएकाछन ) हुंदै महामञ्जुश्री नेपाल आई महामञ्जुश्रीले दुवै हात जोडी नमस्कार गर्दै “ॐ मणि पद्मे हुँ” भनी मन्त्र उचारणगरी श्रीस्वयम्भू ज्योती दर्शण गरीसके पछि स्वयम्भूको टाकुरामा बसी कालीदह अवलोकन गर्दा यदी यो दहको सबै पानी हताउन सकेको खण्डमा यो उपत्यका एउटा मानव वस्ती निर्माण गर्न अनुकुल र उपयुक्त हुन सक्छन भन्ने गहण मनन गरेर उपत्यकाको चारैतर्फ घेराहाली बसेको डाँडाहरुमा गएर अती गहण दृश्यावलोकन गरि सकेपछी क्रमश:क्वदुवा: न्हसिकाप(गल्छी)(...............................), गोकर्ण न्हसिकाप गोकर्ण, आर्यघाट न्हसिकाप पशुपती र अन्तमा विशेष गरी क्वयना न्हसिकाप चोभार गल्छीको दायाँ बायाँ रहेको पहाडमा बरदा र मोक्षदा लाई राखी चोभार गल्छीलाई मामञ्जुश्रीले आफ्नो अस्त्र " चन्द्रहास खड्ग "ले प्रहारगरि पानी बाहिर जाने मार्गा खोली दिई प्राचीन नेपाल निर्माणमा श्रीगणेश गरी महामञ्जुश्रीले प्रयोग गरेको ऐतिहासिक औजार हो " चन्द्रहास खड्ग " । पछि वरदालाई राखेको पहाड फुच्वः र मोक्षदालाई राखेको पहाड धिलाच्वःका साथै अन्य दुई पहाडहरु जामाचो र सिधिफुचोका नामले प्रख्यात भएको हो भनिन्छ यी डाँडाहरुलाई क्रमश: नागार्जुन(जामाचो),फुलचोकी(फुचो), चम्पादेवी-चन्द्रगिरी( घ्यानचो) र शिवपुरी( सिधिफुचो) पनि भनिन्छन । यो कुरा श्रीस्वयम्भू पूराणमा वर्णन गरेको पाइन्छ ।
        नेपालको सृष्टि गर्ने क्रममा याने नेपाल निर्माण गर्ने क्रममा योजनाकारका रुपमा महामञ्जुश्री बोधिसत्वलाई महान शिल्पिकार विश्वकर्मा रुपमा पनि मानि आएका छन यहाँ । आजको आधुनिक भाषामा भन्ने हो भन्ने नेपाल निर्माणका महान इन्जिनियर नै हो ।
प्राचिनकालकमा ओभरसियर, इन्जिनियरलाई चाहिने जति पनि चाहिने आवश्यक औजारहरु अविस्कार भए वा बनाए ती सवै औजारहरुको प्रतिनिधिकारुपमा प्राचिन नेपाल सृष्टिका समयमा चाहिएको स्थानमा आवश्यक्ता अनुसारको विभिन्न किसिमले विश्वकर्मारुपी महामञ्जुश्रीको मूल औजार स्वरुप भै प्रयोग भएको औजारहरुको मूलरुप हो " चन्द्रहास खड्ग " । यही औजारले विभिन्न स्थानको पहाड पर्वत डाँडाहरुलाई फोर्दै यहाँको कालीदहको पानी सवै बाहिर पठाई यहाँ मानववस्तीको उपयुक्त वास्थान निर्माण गरेर प्राचीन नेपालको पहिलो मानववस्ती
काठमाडौँमा मञ्जुपत्तन नामक एक नगर स्थापना गरी धर्माकारलाई त्यस नगरको राजा बनाएर आफू चीनतर्फ लागे । वर्तमान काठमाडौंको महानगरको २१ वडा अन्तर्गतमा पद्म सुगन्ध मार्गमा पर्ने मञ्जुश्री टोलको मजिपाः मञ्जुपत्तनको अपभ्रंश रहेको । मञ्जुश्री टोलमारहेको मञ्जुश्रीको मन्दिरलाई सो प्रथम सभ्यताको केन्द्रको रुपमा सांस्कृतिक रुपमा लिइने गरिन्छ।


       संस्कृत र नेपालभाषामा लिखित नेपालको राजवंशावली 'गोपाल राजवंशावली'अनुसार तत्कालिन नेपालमण्डलमा अर्थात उपत्यका लगायत उपत्यका वरिपरिका क्षेत्रमा गोपाल, महिषपाल, आभीर, किरात, सोमवंशी, लिच्छवि आदि वंशहरुले शासन गरेका तथ्य देखिन्छ । मञ्जुपतन शहर निर्माण गरी मानवनस्ति बसालेर धर्माकरलाई राजा बनाई लोकजनहरुलाई शिल्पकला र शात्रबिद्या लगायत मनुश्यलाई चाहिने आवश्यक विद्या प्रदान गरेर जानू हुने विश्वकर्मारुपी महामञ्जुश्री हो । तथापी नेवार समाजभित्रपरेको आदिवासी शिल्पी जाती शिल्पकार जातिले भने महामञ्जुश्रीलाई बिद्याकी देवी(ससुमाजु) र बिश्वकर्मालाई भैरब शक्तिका रुपमा आफ्नो कुलगुरुका रुपमा मानी आएका छन ।
        चन्द्रहास खड्गको धारको दुबै तर्फ अग्निज्वालाधार, टुप्पोमामा अर्धबज्र चिन्ह, खड्गको बिचमा कहीं कहीं चट्याङ( मल:)ले घेरीएको देखिन्छन । यस खड्गलाई महामञ्जुश्रीले आफ्नो दाईने हातले मजबुतका साथ समाति ताकेर प्रहार गर्न तमतयार अवस्थामा आफ्नो शिरको अलि।माथीनीर बाट उठाईरहेका अवस्थाको देखाईरहेको महामञ्जुश्रीको तस्वीरमा हामी देख्न सक्छौ । यही खड्गले नेपालको स्वरुप निर्माण गरेको हो भन्ने नेपालको प्राचीन इतिहासमा लेखेको पाईन्छ । तथापी भौतिकवादी तथा संस्थापक नेपाल कम्यूनिस्त नेता क.पुष्पलाजीले महामञ्जुश्रीले आफ्नो खड्ग प्रहारबाट चोभार(क्वयना)को डाँडा कातेर यहाँको पानी बाहिर पठायको भन्ने कुरा र महामञ्जुश्रीलाई पारलौकिक (दैविक) शक्ति प्राप्त असाधारण व्यक्तिका रुपमा नलिएर मञ्जुश्री ततकालीन नेपाल निर्माण अवस्थामा एक साधारण हामी सरहका तर निपूर्ण इन्जिनियरका रुपमा मात्र स्वीकार गरेको देखिन्छ्न ।
यसरी नेपाल निर्माणमा प्रयोग भै गएको ऐतिहासिक औजार " चन्द्रहास खड्ग " आज पनि काठमाण्डौ महानगर २३ वडा अन्तर्गतरहेको ॐबहाल जोरगणेश स्थित मञ्जुश्रीनक(विश्वकर्मा-विकमा बा:हा:) बिहारमा ससमानका साथ राखिएका छन भन्ने यहाँ कथन रहेकोपाईन्छन ।



LikeShow more reactions
Comment