Tuesday, July 2, 2013

अजिमायुक्त कलंकी शक्तिपीठ Kalanki shakti pith

अजिमायुक्त कलंकी शक्तिपीठ


हिमाली  गुराँस  दोइमासीक 

आसोज -कार्तिक २०७० 

शक्ति पीठ परिचय 
                                                                                                                     प्रकाशमान शिल्पकार

कल्खु अजिमा (कलंकी माई)


      नेपाललाई विश्वसामु परीचित गराई आइरहेको बिभिन्न श्रृङखलाहरुमा यहाँको भाषा, विधि व्यवहार जात्रा, पर्व, कला र संस्कृति हो । हामी नेपालीहरुको बिभिन्न संस्कृतिहरु मध्य हामीले मानिआएका एक अजिमाहरु एवं अजिमायुक्त शक्ति पीठहरु पनि एक हो । अजिमा शब्द अजि र मा शब्दको योगले पुरा भएको हो । अजिमा शब्द प्राचिन नेपालको नेपालमण्डलको तत्कालीन राष्ट्रिय भाषा नेवार भाषा बाट आएको हो । नेवार भाषामा बज्यैलाई अजि र आमालाई मा भनिन्छ । यानेकीनेवार शब्द अजिमाको नेपाली शाब्दीक अर्थ बुढी बज्यै हुन् । नेपालमण्डलका रैथानेहरुले परम्परा देखी मानी आएको शक्तिहरुको अजिमा नेपालमण्डलका सनातन धर्मालम्बीहरु शैब मार्गी र बैश्णबी यानेकी हिन्दूका साथै बौध्दमार्गीहरुले समानरुपलेमानि आएका मातृदेवी हुन् । हामी घर परिवार र देशको सुरक्षाका लागि भैरब शक्ति र अष्टमातृका गणकारुपमा आठजना अजिमाहरु मान्दै आएका छौ । अष्टमातृका अजिमाहरु भन्नाले १) ब्रम्हायणी २) महालक्ष्मी ३) रुद्रायणी ४) कुमारी ५) नारायणी ६) बाराही ७) इन्द्रायणी र ८) महाकाली हुन् ।
    

बालकुमारी

   हामी नेपालीले अष्टमातृका अजिमालाई आफ्नै कुलको पुर्खाैली बुढी बज्यैकारुपमा मानदिइ पुजा गरी मानी आएका छौ । अष्टमातृकाको बास भएको स्थानलाई हामीले शक्ति पीठको रुपमा मानि आएका छौ । शक्ति पीठको परीभाषा नेपाली परम्परागत मान्यता अनुसार आसपासमा मसान घाट, भैरब, खोलानाला, कुनै जलासय्, नाग, खरिबोट, पिपलबोट, कङकाल भएको दोबाटो, चौबाटोमा अवस्थित देव देवी बिराजमान रहेको पवित्र स्थान नै पीठ एवं शक्ति पिठ
हो । यसरी दोबाटो चौबाटोमा रहेको खरीको बोट, पीपलको बोट मुनी वा आसपासमा मसान घाट, खोलानाला नजिक अवस्थित भएको अष्टमातृका बास भईरहेको पवित्र देवी स्थलमै शक्ति पीठ हो । त्यस्तै पौराणीक र सनातन धार्मीक मान्यतामा देवाधि देब महादेबको शक्ति स्वरुप पत्नी श्री सतीदेवीको अंग पतन भएको पवित्र स्थलनै शक्ति पीठ हो ।
             कुनै पनि अष्टमातृकाको शक्ति पीठमा पूर्ण गण सहित देव देवीहरु बिराज मान रहेका हुन्छन् अथवा रहेका पाइन्छन् । पूर्ण गण भन्नाले क्षेत्रपाल र कुमार सहित १४ देव देवीहरु हुन्छन् । जस्तै १) गणेश २) सिहिनी ३) ब्याधिनी ४) भैरब तथा आठ अजिमाहरु (मातृशक्तिहरु) ५) ब्रम्हायणी अजिमा ६) महालक्ष्मी अजिमा ७) रुद्रायणी ८) कुमारी अजिमा ९) नारायणी अजिमा १०) बाराही ११) इन्द्रयाणी १२) काली (महाकाली) एवं १३) क्षेत्रपाल र १४) कुमार आदि देव देवीहरुरहेको हामी अधिकासं अजिमायुक्त अष्टमातृका शक्ति पीठहरुमा देख्न सक्छौ । अजिमायुक्त शक्ति पीठहरुमा बिराजमान हुनुभएकी आठ मातृका देवीहरु (अजिमाहरु) मध्यमा एकजना मूल मातृका (अजिमा) हुन्छन् र मूल अजिमाको नाम बाटनै शक्ति पीठको नाम रहि प्रख्यात रहेका हुन्छन् । अष्टमातृका शक्ति पीठका मूल अजिमाहरुलाई आ आफ्नो ठाँउ र भाषा अनुसार छुटा छुट्टै बिभिन्न नामले पुजा अर्चना गरी मानी आएका हामी देख्न सक्छौ ।

 दशमााबिद्या
             काठमाण्डौ उपत्यकाबासीहरु श्री कुमारी, तुलजा (तलेजु) भवानी र अष्टमातृकालाई अन्य देवी हरु भन्दा विशेषरुपमा पुजा अर्जना गरी मान्दै आएका छन् । हिन्दु धर्मालम्बीहरुले मानी आएका अन्य प्रमुख देवीहरुमा दशमााबिद्या र नवदुर्गा हुन् । पौराणीक कालमा दक्षप्रजापतिको यज्ञमा हठात जान लागेकी सतीदेवीलाई उनका श्वामी देवाधि देव महादेवलाई आफ्नो आन्तरीक दशरुप दर्शन दिएका थिए । भगवति सतीदेवीले लिएको सो दश अवतार याने दश रुपनै दशमहाविद्या हुन् । दश महाविद्याका शक्तिदाहिनी देवीहरु हुन् १) काली (महाकाली) २) तारा ३) षोडशी (त्रिपुरासुन्दरी) ४) भुवनेश्वरी ५) छिन्नमस्ता ६) त्रिपुरा भैरबी ७) घुमावती ८) बंगलामुखी ९) मातङगी र १०) कमला (लक्ष्मी) हुन् । त्यस्तै भगवती दुर्गाको नौरुप हुन् १) शैलपुत्री २) बम्हाचारीणी ३) चन्द्रघण्टा ४) कुशमान्दा ५) स्कन्दमाता ६)
कात्यायनी ७) कालरात्री ८) महागौरी र ९) सिद्धिदात्री हुन् । यि सबै शक्तिदाहिनी भगवतीहरु लाई नेवारहरुले तान्त्रिक पुजा अर्चना गर्दै आएका छन् भने अन्य हिन्दुसमुदायकाले बैदिक विधिबाट पुजा अर्चना गरी आएका छन् ।
             कान्तिपूर नगर भित्रका अजिमायुक्त शक्ति पीठहरुको स्थापनाको लिखित इतिहास खोजि गर्दा आदि कालमा प्राचिन नेपाल निर्माण हुनु अघि यहाँ भईरहेको कालीदहको पानी महामञ्जुश्रीले आफ्नो चन्द्रहास खडग ले क्वदुवा न्हसिकाप गोकर्ण न्हसिकाप, आर्यघाट न्हसिकाप र क्वयना (चोभार) न्हसिकाप  पर्वतलाई क्रमशः प्रहारगरी यहाँको पानी बाहिर जाने बाटो
(निकास) बनाई दिएर यहाँ मानव बस्ती योग्य बनाई मानव बस्ती बसाली प्राचिन नेपाल निर्माण गरीसके पछि मंजुपतन सहर (हालको मजिपात) बसाली कालन्तरमा कालगत सम्वत ३८२७ मा लिच्छवी राजा गुणकामदेवले प्राचिन नेपाल (नेपालमण्डल)को कान्तिपूर नगरको दक्षिण मंजुपतन यंगाल कोलिग्राम बस्ती, उत्तर यंगु कोलिग्राम बस्ती नामका दुई बस्तीलाई समायोजन गरी एउटा खड्गाकारको रुपमा रहेको भूमिलाई बाग्मती नदी, इछुमती (तुकुचा) खोला, बिष्णुमती नदी र रुद्रमती (धोविखोला) नदीका किनारमा कान्तिपूर नगरका रुपमा नयाँ देश प्रतिस्थापना गरी नगरको चारैतर्फ खड्गा आकारमानै अष्टमातृकाका अजिमायुक्त अजिमाहरु र अष्टभैरव शक्तिहरु तान्त्रिक विधिबाट स्थापना गरेर दुर्ग (नगर सुरक्षा घेरा) निर्माण गरेर शक्तिपीठहरु स्थापना गरीएको भन्ने नेपालको भाषा वंशावलीमा उल्लेखित गरीएका छन् । भाषा वंशावलीमा उल्लेखित गरीराखेको अजिमायुक्त (अष्टमातृका) शक्ति पीठहरु हुन् १) कंग अजिमा (कंकेश्वरी) २) न्यतमरु अजिमा (स्वेतकाली, नरदेवी) ३) लूति अजिमा (इन्द्रायणी, ढल्को) ४) म्हैयपि अजिमा (ज्ञानेश्वरी, म्हैयपि) ५) मैति अजिमा (पञ्चकुमारी, बालकुमारी) ६)
विष्णु भगवानको प्रमुख दश अवतारहरु 
टकती अजिमा (निलबाराही, कालीमाटी) ७) बसला अजिमा (बसलादेवी, पशूपति) र ८) लूमढी अजिमा (भद्रकाली, टुडिखेल) शक्ति पीठहरु हुन् । भाषा वशाँवली उल्लेखित नगरीएका नगरभित्रका अन्य विभिन्न अजिमायुक्त शक्ति पीठहरु पनि धेरै विद्यमान रहेका छन् । जस्तै १) नई अजिमा (नकिनि अजिमा, पचली, टेकु) २) ख्वना अजिमा (सिकाली पचली, टेकु) ३) पासिक्व अजिमा (महालक्ष्मी, तिनधारा पाठशाला, कमलादी) ४) फिसः (फिब्व अजिमा, टुकुचा, माइतिघर) ५) मनमैजु अजिमा (मनमैजु) ६) असंभुलु अजिमा (अन्नपूर्ण देवी, असन) ७) लुचुलुभुलु अजिमा (केलटोल) ८) कुलांभुलु अजिमा (रक्तकाली, त्यङ्गल) ९) सख्वना माजु (निलसरस्वती, लइन, लाजिम्पात) १०) तुसिमरु अजिमा (स्वेतकली, बालुवाटार) ११) कुलेश्वर अजिमा (कुलेश्वर) १२) प्राचिन बौद्ध अजिमा (बौद्ध) १३) त्वरद्यः अजिमा (तुदालदेवी, विशालनगर) १४) वटु अजिमा (भद्रकाली, वटु) १५) पोर्पा अजिमा (रानी देवी, रानीबारी, लाजिम्पाट) १६) प्याथ्व अजिमा (बाइसधारा, बालाजु) १७) दोलब्व (दोला) अजिमा (कुमारी) राष्ट्रबैक गेट सँगै, थापाथली) १८) न्हेकंतलाअजिमा (उग्रतारा, न्हेकंतला) १९) चन्द्र अजिमा (नारायणहीटी दरबार भित्र) २०) अरीं अजिमा (चिकंमूगल) २१) दुई अजिमा (रत्नपार्क, खुल्लामंच गेट) २२) भमलु अजिमा (कमलादी, असन) २३) हारती अजिमा (स्वय्मभु) २४) बिजेश्वरी अजिमा (बिजेश्वरी) २५) ममता अजिमा (भातभटेनी) र २६) महालक्ष्मी (जनसेवा) आदि अजिमाहरु हुन् । त्यस्तै कान्तिपूर नगर भित्र परम्परागत नेवार बस्तीहरुमा आ आफ्नो क्षेत्रको छवास अजिमाहरु तथा अधिकांस बस्तीहरुमा कुमारी थान रहेको समेत देख्न सकिन्छन् । कान्तिपूर नगर भित्रका अन्य शक्तिपीठहरु हुन पुरानो गुह्ेश्वरी, गोलढुङ्गा, नयाँ गुह्ेश्वरी, स्वभागवती, नक्साल भगवती तथा कालीका थान, डिल्ली बजार आदि ।
         कल्खु अजिमा कलंकी माई

कल्खु अजिमा (कलंकी माई) मन्दिर
अजिमायुक्त कलंकी शक्तिपीठ Kalanki shakti pith
             कान्तिपूर नगर र नगरबासीहरुको सुरक्षाका लागि बिराजमा रहनु भएका माथि उल्लेखित अजिमायुक्त शक्ति पीठहरु जस्तै विष्णुमति पारी हाइत साविक न्हेपंखाको हाल कलंकी भन्ने ठाउँमा बिराजमान रहनु भएका अजिमायुक्त कलंकी शक्ति पीठ पनि एक हुन् । विष्णुमती पारी बल्खु खोला (इन्द्रमती) र करखुसी (कालीमाटी खोला, मन्यमती नदी) बिच हाइत साविक न्हेपंखा भन्ने स्थानमा बिराजमान रहनु भएका एक अजिमा हो कल्खु अजिमा । यि अजिमा अष्टमातृका गण अजिमाहरु मध्यका कुमारी (बालकुमारी) अजिमा हुन् । यो कल्खु अजिमा (कलंकी माई) न्हेपँखा क्षेत्र, पूरानो कालीमाटी क्षेत्र, रविभवन क्षेत्र, सुनार गाँउ क्षेत्र तथा ढुङ्गा अड्डा र स्यूचाटार क्षेत्रका  बासिन्दाहरुको अधिस्थात्री देवी हुन् ।
             कल्खु अजिमा (कलंकी माई) को पूर्वमा बाग्मती, उत्तर पूर्वमा विष्णुमती, उत्तरमा करखुसी (कालीमाटी खोला) र दक्षिणमा बल्खु खोला (इन्द्रमती) नदीहरु इलाका अवस्थितरहेका छन् । यो कल्खु अजिमाको पीठ पनि एक शक्ति पीठ नै हो । बुढापाकाहरुको भनाई अनुसार यो शक्ति पीठ पौराणीक कालमा श्री सतीदेवीको अंग पतन भई उत्पति भएका शक्ति पीठहरु मध्य यो पनि एक हो । सतीदेवीको कुन अंग यहाँ पतन भएको स्थान हो भन्ने चाहि एकिन छैनन् ।
             अष्टमातृकाको कुनै पनि शक्ति पीठमा क्षेत्रपाल र कुमार देवता बाहेक बाह्रजना देव देवीहरु हुने भएको भएतापनि यस अजिमायुक्त कलंकी शक्ति पीठमा भने क्षेत्रपालर कुमार बाहेक पचपन्न देव देवी गणहरुका अमूर्त देव देवीको मूर्तिहरु रहेको देखिन्छन् । यस पीठमा बिराजमा रहनु भएका अमूर्त पचपन्न देव देवीहरुको मूर्ति मध्य पीठको मूलदेखी कल्खु बालकुमारी अजिमा (कलंकी माई) र गणेश बाहेक अन्य के के देव देवीहरु हुन भन्ने प्रष्ट छैनन ।  तैपनि यस कल्खु अजिमालाई आफ्नो कुल देवीको रुपमा परम्परादेखी नै मानि आई गुठी समेत चलाई आउनु भएकाश्री कलंकी मन्दिर संरक्षण तथा समाज सुधार संस्थाका कोषाबध्यक्ष श्री लक्ष्मण अधिकारी ज्यूका भनाई अनुसार मूलदेवी कल्खु अजिमा (कलंकी माई) को ठीक पछाडी बिराजमान रहनुभएका र पछाडी तर्फबाट दाहिना अलिताधा बिराजमान रहनु भएका दुईजना र
बाँया पछाडी तर्फ को अलिताधा लहरी बिराजमान रहनु भएकाहरु मध्यका पहिलो अमूर्त देव समेत गरी चारजना भैरबहरु हुन् । त्यसोत अजिमाको दाँया लहरी बिराजमान भइरहेका तेइसजना अमूर्त देव देवीहरुको मूर्ति मध्य पन्द्रौमा संकटा (पाला द्यः) सोह्रौमा माहाँकाल त्यस्तै नै बाँया लहरी बिराजमान रहनु भएका तेइसौ देव देवीहरु मध्य सातौ (अजिमाको पछाडी बायाँ तर्फबाट ताघारहनु भएका भैरब, आठौ मनकामना देवी, बा¥हौ दक्षिणकाली र एकाइसौमा गणेशलगायतका अमूर्त मूर्तिहरु हुन्न भन्ने अधिकारीज्यूको भनाई पाइन्छ । त्यसोत सम्पूर्ण अमूर्त देव देवीहरुको तालिका रहेकोमा आफ्नो घर आगलागि हुदाँ सो लिस्ट जलेर नष्ट भएको कुरा बताउनु हुन्छ ।
             कल्खु अजिमा (कलंकी माई) मन्दिर क्षेत्रको पूर्व दक्षिणमा शनि अवतारको रुपमा मानि आएका पिपलको बृक्षको एउटा हाँगाले अजिमालाई क्षेत्र बढाइरहेको देखिन्छ (सो हाँगाले मन्दिरको द्धारमा बोझ पर्न गई द्धारलाई असर पर्न सक्ने देखिन आएकाले मन्दिर संरक्षण समितिले हालैमात्र पिपलको सो हाँगालाइ हटाई दिएका छन्) । दक्षिणतर्फ शिवलिङ्ग, पारीजातको बृक्ष, सुर्यनारायण, तुलसीको मठ, विश्वस्वरुप मूर्ति लक्ष्मीनारायण र सरस्वतीको प्रस्तर मूर्ति त्यस्तै सप्तऋषिको अमूर्त मूर्ति रहेका छन् । अजिमाको यस मन्दिरमा छाना छैनन् । खुल्ला आकाश मुनि पूर्व दिशा तर्फ दृष्टि गरी अमूर्तरुपमाअजिमा बिराजमान रहनु भएकी छिन् । यस शक्ति पीठका मूख्य अजिमा कल्खु बालकुमारी अजिमा (कलंकी माई) लाई सातवटा सिर भएका पित्तलका नागको छत्र वडाई स्वाभायमान गरी सजावट गरीएका छन् । त्यस्तै मन्दिरको माथि चार कुनामा चार नागपासले छत्र बडाई त्यस्को तल पित्तल, चाँदी स्वर्णको चण्डुवा राखी मन्दिरको सजावट गरीराखेको छ । मन्दिरको यो नागपासले गर्दा यस मन्दिरको बारेमा थाहा नहुनेहरुले यस मन्दिरलाई नाग मन्दिर भनि भ्रममा रहेको पाइन्छ । तर यो नाग मन्दिर नभई अजिमायुक्त कल्खु (कलंकी) शक्ति पीठ हो । यानेकी बालकुमारी देवीको मन्दिर हो ।
             यस बालकुमारी अजिमाको नाम कल्खु अजिमा हुदै कलंकी माई भनि कसरी प्रख्यात हुन गयो भन्ने विषयमा अध्ययन गर्दा करखुसी र बल्खु खुसीको विच भागमा बिराजमानरहेकी यस देवी भगवती (अजिमा) लाई पुजा अर्चना गरीएमा व्यक्ति विशेषको


घर परिवारमा कुनै किसिमको कलह भई अशान्ति भईरहेको भए सो कलह समाप्त भई घर परिवारमा शान्ति कायम हुने भन्ने बुढापाकाहरुको विश्वास र आस्था रहेको पाइन्छ । यसरी घर रिवारको कलह समाप्त गर्ने अजिमा भएका कारण र दुई खोलाको बिच मध्य भागमा बिराजमान रहनु भएका अजिमा भएकै हुनाले प्राचिन नेपालको तत्कालीन राष्ट्रभाषा नेवार भाषा मा खोला (नदी) लाई खुसी भन्ने भई कलह र खु समायोजन भई अजिमाको नाम कल्खु अजिमा रहन गएको र पछि “कल्खु” शब्दबाट अपभ्रंस हुदै कलंखु भई कालान्तारमा कलंखु शब्द बाट पनि अपभ्रंश भई कलंकी हुन गई कलंकी माईका नामले प्रख्यात हुन गएको र पछि अजिमा बिराजमान रहेको यस न्हेपंखा भन्ने ठाउँको नामनै कलंकी रहन गएको हो भन्ने प्रस्ट देखिन आउँछ । यस कुराको पुस्टि यस अजिमाको मन्दिर भित्र वि.सं. १९६४ वैशाख जेष्ठ २ गते अक्षेय तृतियका मिति उल्लेखित गरी न्हेपंखा बस्ने डिठ्ठा मान बहादुर अधिकारीजीले २२ धार्नीको ठूलो घण्टा एक, १७ धार्नीबराबरको ढलौटको ४८ वटा डल्लु र ढलौटकै दुईवटासिंह अजिमालाई चढाएको भन्ने उल्लेखित ठूलो घण्टाको खम्बाको निदालमा उल्लेखित गरिएको शिलापत्रमा श्री कलंखु बालकुमारी लेखि शिलापत्र लेखनी गरीएबाट प्रमाणीत हुन आउँछ । १९६४ साल वैशाख सम्
म यस अजिमालाई कलंखु बालकुमारी नामबाटै सम्बोधन र प्राथना गरीने गरीएबाट त्यस उपरान्त बाट मात्रै अजिमालाई कलंकी माई भन्ने गरिएको प्रस्ट हुन आँउछ ।
             कुनै व्यक्ति विशेषलाई अनाहकमा कुनै दोष लागि कलंक लाग्न गई समाजमा अपमानित हुन गएमा स्वचित तन मनले यस अजिमालाई पुजा अर्चना गरीएमा दोष मुक्त हुन गई आफुलाई लागेका कलंक मेटिने जनविश्वास र आस्था भए बाटनै यस अजिमाको नाम कालान्तरमा कलंकी माई अथवा  कलंकी देवी हुन 
गएको हुन सक्ने देखिन्छन् ।
             यस कल्खु बालकुमारी अजिमाको प्रचलित प्रख्यात नाम श्री कलंकी देवी भएबाट यस देवीलाई कसै कसैले विष्णु भगवानको प्रमुख दश अवतारहरु मध्य अन्तिम अवतार मानिने भगवान कल्की को शक्तिस्वरुपमा भगवतीका रुपमा पनि माानि आएको समेत देखिन्छन् । कल्की पुराण हेर्ने हो भने भगवान कल्कीमा पद्दमा (लक्ष्मी) स्वरुपमा शक्ति र रमा (वैष्णवी) संहारिणी शक्ति गरी दुई स्त्रि शक्तिहरु (पत्नीहरु) मात्र रहेका देखिन्छन् । यसरी कल्की पुराणमा कल्की भगवानको कलंकी देवी नामको कुनै स्त्रि शक्ति देखिन्दैनन् । त्यस्तै हिन्दु धर्मका देवीहरुको बारेमा विविध पुराणमा कतै कलंकी देवीको बारेमा उल्लेखित गरेको समेत पाइदैनन् । ०५७ सालमा प्रकाशित श्री कलंकी माई प्रवाहमा वाशुपासाले
श्री कलंकी माईको स्थापना भन्ने लेखमा भगवानको दश अवतार रहे जस्तै भगवतीका पनि दश अवतार छन् । भगवतीका दश अवतारहरुमा शक्ति स्वरुपिणिहरु मध्य कलंकी देवी पनि एक देवी हुन भनि भगवतीका दश अवतारका देवी हरुको नामावलीमा क्रमशः १) ब्राहमणी २) माहेश्वरी ३) कुमारी ४) भद्रकाली ५) बाराही ६) महाकाली ७) त्रिपुरासुन्दरी ८) दुर्गा ९) भैरवी र १०) कलंकी देवी लेखिएको तर्क सान्दर्भिक देखिन्दैनन् । भगवतीका दश अवतार भनेको दशमाहाविद्या भित्र पर्ने वा दशमाहाविद्या भित्रका शक्तिस्वरुपिणी देवीहरु हुन् । दशमाहाविद्या भित्रका शक्तिस्वरुपिणीको नामावलीमा कलंकी देवी पर्दैनन् । यसरी हिन्दु धर्मका कुनै पनि कि
सिमको पुराणमा कतै उल्लेखित गरिएको नदेखिएको तर कलंकी  देवी वा कलंकी माई भनि अष्टमातृकामा पर्ने यहाँ न्हेपंखाका बालकुमारी (कुमारी) माता (अजिमा) श्री कलंकी माई का नामले कसरी प्रख्यात हुन गयो त भनि विचार गर्ने नै हो भने यी शक्तिस्वरुपिणि कुमारी माता कलहनासिनि एवं कलंक हरणी साक्षात देवी भएकाले नै कल्खु बालकुमारी बाट अपभ्रंश भई कलखु हुदै कलंकी माई रहन गएको अनुमान गर्न सकिन्छ ।
             कल्खु अजिमा ( कलंकी  माई) का बारेमा विभिन्न किम्बदन्तीहरु सुन्न पाइन्छ । बासु पासाको भनाई अनुसार यो कल्खु अजिमा कुनै समयमा एक ठाउँ बाटल्याई कान्तिपूरको असनमा रहनु पर्नेबाचागराई बिराजमान गराई राखेको तर अजिमालाई भने
असनमा रहीरहन इच्छा नभएकाले एकजना तान्त्रिक निपूर्ण गथु (मालाकार) लाई सपनामा आई आफ्नो परीचय दिई आफु असनमा बस्न नचाहेको हुँदा आफुलाई र आफ्ना सम्पूर्ण गणहरुसमेत तन्त्रशक्तिे विष्
णुमती पारी लैजान आज्ञा भईअजिमाको आज्ञामुताविकगथुले आफ्नो तन्त्र शक्तिले असनमा बिराजमान भइरहनु भएका बालकुमारी अजिमा र अजिमाका सबै गणहरुलाई बोकी विष्णुमती पारी बल्खु खोला र करखुसी (कालीमाटी खोला को बिच घना जङ्गलको बाटो हुदै जादाँ हाल अजिमा रहेको मन्दिर रहेको न्हेपंखा (न्हेपँकछि नरकट) को झाङ्गरहेका ठाँउमा पुगेपछि अजिमाले मलाई यहि राख्नु भनि आज्ञा भई आज्ञामुताविक त्यसै ठाँउमा अजिमा र देवगणहरुलाई बिराजमान गराईएको भन्ने भनाई रहेको देखिन्छ ( श्री कलंकी माई प्रवाह २०५७ र भगवतीका सहस्र नाम चन्द्र बहादुर थापा) ।
यस कल्खु अजिमा ( कलंकी  माई) र असन केलटोलको बालकुमारी अजिमा सँग एवं मध्यपूर थिमीको बालकुमारी अजिमा सँग पनि परम्परागत
सम्बन्धरहेका विभिन्न किम्बदन्तिहरु पनि यहाँ सुन्न पाइन्छन् । यहाँ न्हेपंखा कलंकीका बयोवृद्धहरुको भनाई अनुसार यो कल्खु अजिमा यहीँ नै उत्पति भएको हो । परापूर्वकालमा नेपालमण्डल कान्तिपूरको पूर्वभेगका मध्यपूर थिमिका केहि मानिसहरुबाट यस बालकुमारी अजिमा र अजिमाका गणहरुलाई तन्त्रसाधना गरी स्थानान्तर गरी थिमिमा लाने कार्य गर्दा कारणबश असन केलटोलमा एकरात बास बस्न परेको र बास बसी भोली पल्ट त्यहाँबाट थिमि जाने क्रममा यस बालकुमारी अजिमाको एक प्रतिबिम्ब त्यही बास बसेको ठाँउमा नै शिद्ध भइगएको र अजिमा सहित अन्य देवदेवीहरु थिमिमा लगी प्रतिस्थापन गराई बिराजमान गराइएको किम्बदन्ति सुन्न पाइन्छ । त्यस्तै अर्को किम्बदन्ति अनुसार थिमिमा बिराजमान रहनु भएका बालकुमारी अजिमा खलकहरु वर्षका एकपटक अक्षेतृतियाका दिन गुप्तरुपमा यस न्हेपंखाको कल्खु बालकुमारी अजिमालाई पुजा गर्न आउने परम्परा रहेको र यहाँ अजिमालाई पुजागरी असन केलटोल स्थित हाल बालकुमारी अजिमारहेको स्थान अगाडी पार्टी भएकोठाँउमा बसी समयबजी खाने परम्परा गरी आएको अवस्थामा एकसाल मानिसहरु (थिमिबाट आउने खलकहरु)बिचमा एउटा    के बिचार उत्पन्न भएछ भने हामी वर्षमा एक पटक न्हेपंखा पुगी कल्खु बालकुमारीअजिमालाई पुजागरी यसरी यहाँ आई बसी समयबजी खानु पर्छ । किन यहाँ कल्खु बालकुमारी अजिमाको प्रति बिम्बको रुपमा एक बालकुमारी अजिमा प्रतिस्थापन नगर्ने भन्ने विचार उत्पन्न भई सो बिचारमाथी सबैले सहमती जनाई तन्त्र विधा पुरा गरी एक बालकुमारी त्यही प्रतिस्थापना गरी समयबजी एक भाग (द्यःब्वः) चढाई समयबजी खाने परम्परा चलाएका थिए भन्ने किम्बदन्ति सुन्न पाइन्छन् । सायद त्यही किम्बदन्तिकै आधारमा न्हेपंखा कलंकीमा यस कल्खु बालकुमारी अजिमालाई केलटोलको  बालकुमारीको आमा भन्ने गरेको पनि एदाकदा सुन्नमा पाइन्छन् । यसरी यस कल्खु बालकुमारी (कलंकी माई) को असन केलटोलको बालकुमारी र थिमिको बालकुमारीसँग परम्परागत सम्बन्ध रहेको किम्बदन्तिहरु सुन्न पाइन्छन् । थिमिका बालकुमारी प्रख्यात चार बालकुमारी मध्यका एक हुन् ।



             राणा प्रधानमन्त्री विर शम्सेरका शासनकालमा काठमाण्डौको थानकोट जाने मुलसडक बनेपछि राणाकालको अन्तसम्म शासकहरु र उच्च वहदामारहेका व्यक्तिहरु देश बाहिर जाँदा र फर्कदा यस अजिमाको मन्दिर परीसरमा भाई भाइदारहरु लाई उर्दी भई भेला हुने र स्वागत तथा बिदाई गर्ने परम्परारहेको थियो भन्ने कुरा स्वः सदार भिम बहादुर पाण्डेज्यूको नेपाल ग्रन्थमा उल्लेखित गरेको छ भन्ने सुनिन्छ । यस अजिमायुक्त कलंकी शक्ति पीठ कल्खु बालकुमारी अजिमा (कलंकी माई) लाई न्हेपंखा (कलंकी) मा अधिकारी परीवार, खत्री परीवार, सुनार गाँउका सुनार परीवार र किर्तिपूरका केहि मिजार परीवारहरुले आ आफ्नो कुलदेवीकारुपमा वार्षिकरुपमा कुलदेवता (कुलायन पुजा) गरी आएका छन् । अन्य स्थानीय हिन्दु र बौद्ध धर्मालम्बीहरुले आ आफ्नो तवरले दैनिक तथा वार्षिक पुजा गरी हाँस, कुखुरा,बोका, राँगा, भेडा (पंचबली) बली चढाई आएका छन्

             साविक कलंकी गा.वि.स. वडा नं ५(ख) को हाल काठमाण्डौ महानगरपालिका वडा नं १४ भित्र पर्ने यस अजिमायुक्त कलंकी शक्ति पीठ २०४६ सालमा जिर्णोद्धार गरी मन्दिर परीसर सर सजावट गर्नु भन्दा पूर्व यस शक्ति पीठ (मन्दिर) को स्वरुप अहिलेको जस्तो थिएन । मन्दिरको रेखदेख कार्य गरी अजिमाको सेवा सुसारे गर्दै आउनु भएका श्री मचाकाजी भहर्जनज्यूका भनाई अनुसार यो शक्ति पीठ साक्षत शक्तिस्वरुपमा देवीस्थल हुदाँ हुदै पनि उपेक्षित र संरक्षण रहित अवस्थामा रहेको थियो । सडक भन्दा ६ फिट तल खोविल्टो परेको स्थानमा अवस्थित यस मन्दिरको स्वरुप हेर्दा खेतमारहेको एउटा साधारण कुवाको स्वरुप अवस्थामा रहेको थियो । मन्दिरभित्र साविक देखि हाल सम्म प्राकृतिक अवस्थारुपमा अवस्थित अजिमा लगायत सबै देव देवी
हरुको अमूर्त मूर्तिहरु र ठूलो घण्टा रहेका खम्बा साविक देखि हालसम्म यथावत अवस्थामारहेको भएता पनि अजिमाको अमूर्त मूर्तिकोअगाडि बिचभागमा गोलाकार अमूर्त क्षेत्रपालदेवको मूर्तिको रुपमा (हाल ठूलो घण्टा मूनी रहेको) गोलाकार शिलारहेको थियो । श्री कलंकी मन्दिर संरक्षण तथा समाज सुधार संस्थाका कोषाध्यक्ष श्री लक्ष्मण अधिकारी ज्यूको भनाई अनुसार हाल मन्दिरको ढोकारहेको स्थानबाट खुत्किलाहरु झर्दै तल झर्दा अन्तिम खुड्किलाको दायाँ बायाँ आफ्नो स्व. पिता डिठ्ठा मान बहादुर अधिकारी ज्यूले १९६४ सालमा अजिमामा सम्पूर्ण गरीएको अजिमा तर्फ मुखादृष्टि गरीबसीरहेका ढलोटका दुईसिंह, २२ धार्निका काँशका ठूलो घण्टा, चतुरभूज आकार मन्दिरको खोबिल्टोमा काठको खटराखी जडान गरीराखेको जम्मा १७ धार्निका ४८ गोता ठूलो डल्लुचाहरु मध्य ४३ गोता पहीला नै चोरी भइसकेको । यस अजिमायुक्त शक्ति पीठमा टाढा टाढाबाट पुर्जा गर्न आउनेहरुले समेतको सुव्यवस्थाका लागि मन्दिर परिसर क्षेत्रमा पहिला पहिला दुईवटा पाटी दाताहरुबाट सर्मपण गरी व्यवस्था गरी राखेकोमा हाल सबै पाटी सडक विस्तारमा परी पाटी मासिसकेका छन् ।
         सनातन देखिनै अजिमाहरुले हामीलाई र देशलाई संरक्षण र सुरक्षा गरी आइरहेको भएतापनि समय र परीस्थितिले गर्दा अहिले मठ मन्दिरलाई मात्र होइन देव देवीहरुको मूर्तिका समेत हामी श्रदालु भक्तजनहरुले सरंक्षण एवं सुरक्षादिनु पर्ने अवस्था भईरहेको यर्थाथतालाई न्हेपंखा कलंकी क्षेत्रका बासिन्दा र यस अजिमायुक्त कलंकी शक्ति पीठका श्रदालु भक्तनहरुले चिन्तन मनन गरी आफ्नो अधिस्थात्रि देवी कल्खु बालकुमारी अजिमा (कलंकी माई) र मन्दिरलाई संरक्षण, सुरक्षा र संभार गर्न संगठित र एक जुट भई श्री गज बहादुर खत्रीज्यूको अध्यक्षतामा  श्री कलंकी मन्दिरस्थान जिणोद्धार तथा सर सजावट समिति २०४६ को नाम बाट एक कमिटि गठन गरी १४ नं वडा कार्यालय का.म.पा. र श्रदालु भक्तजनहरुबाट आर्थिक संकलन गरी श्री बम बहादुर रायमाझीज्यूको विशेष रेखदेखमा यस शक्ति पीठ र शक्ति पीठ परीसर क्षेत्रको जिर्णोदार एवं सरसजावट गरीयो । १९६४ सालमा अजिमालाई ठूलो घण्टा समर्पण गर्नुहुने दाता स्व. डिठ्ठा मान बहादुर अधिकारी ज्यूका नयाँ पुस्ता श्री गोपाल अधिकारी समेत बाट पुर्खाका कृर्तिलाई जिवन्त पार्न चोरी भई खाली भएको २२ धार्निको काँशको घण्टाको रिक्त स्थानमा ०५०सालमा ३० के. जि.को काँशको नयाँ घण्टा समर्पण गरी मन्दिर भित्रको स्वभालाई कायम गरिएको छ ।
         २०५४ सालबाट यस मन्दिरको संरक्षणको दाइत्व बहन गर्न श्री कलंकी मन्दिर संरक्षण तथा समाज सुधार संस्था गठन गरी कानुन बमोजिम विधिवत दर्ता गरी श्री चन्द्र बहादुर थापा ज्यूको नेतृत्वमा संस्थाले मन्दिरको संरक्षणको जिम्मेवारी लिएपछि दाताहरुको सहयोग बाट समय समयमा मन्दिर भित्र र मन्दिर परीसरक्षेत्र विभिन्न किसिमले सर सजावट गरी मन्दिरको अहिले स्वरुप ल्याएको हो । संस्थाले मन्दिरको संरक्षणको जिम्मेवारी लिए पछि अजिमाको नियमित नित्य पुजा, सन्ध्यााका लीन आरती गर्न एकजना पुजारीको र मन् दिरको रेखदेख तथा अजिमाको सेवा सुसार गर्न संस्थाले एकजना रेखदेख कर्ता व्यवस्था गरी नियमित नित्य पुजा, सन्ध्यााकालीन आरती र मन्दिरको रेखदेख एवं सरसफाई भई आएको छ । त्यस्तै अजिमालाई श्रदालु भक्तजनहरुबाट समर्पण गरीएको बहुमुल्य गरगहनाहरुको व्यवस्थित गर्न संस्थाले एउटा छुटै गरगहना जिन्सि खाताको व्यवस्था गरीएको छ । संस्थाको तर्फ बाट वार्षिक पुजा गर्ने व्यवस्था समेत गरीएको छ । यस अजिमायुक्त कलंकी शक्ति पीठमा पहिला श्रीकोमल प्रसाद रिमालजीले नियमित पुजाकोजिम्मा लिइ आएकोमा २०६९ असार देखी श्री विष्णु प्रसाद सुवेदीजीले नियमित पुजा गर्ने जिम्मा लिइ पुजारीको कार्य गरिदै आएको छ । मन्दिरको रेखदेखमा पहिला श्री श्याम महर्जनले र निजको मृत्यु पश्चात श्री मचाकाजी महर्जनले जिम्मा लिई मन्दिरको रेखदेख तथा अजिमाको सेवा सुसारको जिम्मेवारी बहन गर्दै आएका छन् । मन्दिर परिसरमा मोटर साइकल पार्किङ्ग गर्न निषेधितको बोर्ड राख्दा राख्दै पनि चालकहरुले पार्किङ्ग गरी मन्दिरलाई बाधा पु¥याउने गरेकाले  पार्किङ्ग हटाउन मन्दिर र मन्दिर परीसर क्षेत्रमा डिस्को महा राज (शेर बहादुर क्षेत्री) सेवारत छन् ।
             काठमाण्डौ महानगर भित्रर महानगर बाहिर रहेका धेरै अजिमायुक्त र अन्य विभिन्न धार्मिक स्थलहरु संरक्षण र संभारको अभावमा उपेक्षितर लथालिङ्ग भईरहेका छन् । संरक्षण र संभारका अभावमा उपेक्षित र लथालिङ्ग भईरहेका त्यस्ता शक्ति पीठ र धार्मिक स्थलहरु एवं त्यहाँका श्रदालु भक्तजनहरुका लागि यो अजिमायुक्त कलंकी शक्ति पीठ एउटा राम्रो उदारण हुनसक्छ ।
भगवान कल्की

श्री कल्खु बालकुमारी अजिमा( श्री कलंकी माई ) का पाउमा मूल चन्दुवा ( अजिमाको शिरमाथी राखिने चन्दुवा - इलाँ ) चन्दुवा चढाउने

August 6, 2013 at 9:37am
श्री कल्खु बालकुमारी अजिमा ( श्री कलंकी माई) को मन्दिरमा दशैमा मूल चन्दुवा ( इलाँ ) चढाउन वर्षदिन अगावै श्रदालु भक्तजनले श्री कलंकी मन्दिर संरक्षन समितिमा आफ्नु नाम दर्ता गराउनु आवश्यक छ । तर साधारण चन्दुवा ( इलाँ ) भने श्रध्दालु भक्तजनले चाहेकै समयमा चढाउन सकिँन्छ । मूल चन्दुवा चढाउँदा चन्दुवाको साथमा तपसिल अनुसारको मन्दिर . मन्दिरको गेट . पिपल वोट र जमरा घर समेतका लागि झल्लरी समेत चढाउनु अनिवार्य छ । चाहिने चन्दुवा र झल्लरी : -

1 . चन्दुवा थान एक

2 . मन्दिरको
ढोकाकालागि झल्लर 5 .50 फितको 6 वटा तुना सहीतको झल्लर थान -1

3. मन्दिरको ढोका माथीको छतको चारैतर्फको लागी 28 फित झलर रप सो झलरमा 1 फित फरक पारी टुना राखिएको झल्लर थान - 1

4 .मन्दिरको चारै तर्फका लागि 93 फित झल्लर र सो झल्लरमा 1 फित फरक पारी टुना भएको झल्लर थान - 1

( नोत - झल्लरमा टुनाराख्दा 10 ईन्चको टुनालाई ठिक आधाभागमा याने 5 ईन्चमा झल्लरमा ज्वाइनगरी सीलाई गरी राख्ने । यसरीराख्दा झल्लरको टुना बाढ्न सजीलो हुन्छ । )
 श्री त्रयक्व नारायण मानन्धर तथा श्रीमती चन्द्रकुमारी मानन्धर

5 .पिपल वोटका लागि 10 फित को झल्ळर दुई तुना भएको झल्लर थान - 1


6 . जमरा घरको लागि 3 फितको झल्लल दुई तुना भएको झल्लर थान 1 - समेत ।

2070 सालको बिजया दशमी तथा मोहनी नखः 1133 मा श्री कलंकी माई ( कल्खु बालकुमारी अजिमा )का पाउमा सभक्ति चदुवा , झल्लर तथा रु 1 को 24 वटा डबल सहीतको चादीको माला चढाउने परीवार श्री त्रयक्व नारायण मानन्धर तथा श्रीमती चन्द्रकुमारी मानन्धर
<img src="http://www.majheri.com/sites/default/files/1073695_630068477006375_1131618266_o.jpg" align="right" hspace="5">





1 comment:

  1. HENRY (guest) wrote 5 years ago
    This Tample was constructed by Ditha Man Bahadur Adhikari a hundred years back. The tample at present looks modern due to reconstruction. The tample is look after by the Adhikari family of Kalanki. This tample is crowded by the Devotees from through out the country on the special cultural occasions. Dittha Man Bahadur Adhikari was one of the powerful Land Lord of the west Kathmandu appointed by the King to make decisions on the public conflicts. He was one of the top contractors of the whole country and has built many palaces and the ancient tamples including some of the bridges of the Kathmandu which still exists. He had the largest brick factory in the Kathmandu. The whole singhadurbar was constructed by the bricks of his factory. Later the Rana Prime Minister seized all the property of the self made millionar (Dittha Man Bahadur) and made him bankrupt. Dittha Adhikari died after months of sickness following the unexpected seizure of his property.

    wnet to the site of wikimapia

    ReplyDelete