Wednesday, July 18, 2018

ॐ बहाल र जोर गणेश स्थान परिचय

ॐ बहाल  र जोर गणेश
स्थान परिचय


                  ~~~ ००० ~~
       संघिय गणतान्त्रीक नेपालको ३ नं प्रदेश काठमाण्डौ जिल्ला काठमाण्डौ  माझानगर २३ नं वडा अन्तर्गत पर्ने ॐ बहाल तथा जोरगणेश काठमाण्डको प्रसिध्द स्थानहरु  मध्य एक हुन् । महामञ्जुश्रीले स्थापना गरिएलो प्राचीन नेपाल नेपालमण्डलको पहिलो बस्ती मञ्जुपतन शहर सगै जोडिएको यो क्षेत्र बज्रयानी बुध्दिस्तहरुको बाहुल्यता रहेको अनि वहा: नै वहा:ले भरिएको एउटा सानो बस्ती हो ॐ बहाल र जोरगणेश क्षेत्र  ।
    ॐ भन्नाले प्रतक्ष वैदिक सनातना धर्म संग जोडियको गहण पवित्र अक्षेर अनि पवित्र शब्द हो । वैदिक सनातन धर्ममा मन्त्र उचारण, स्वस्तीक पाठ वा अन्य कुनै पवित्र कार्य गर्दा उचारण हुने पहिलो अक्षेर  नै ॐ हो ।
     बा: वा बहा: भनेको बज्रयान बौध्द सम्प्रदाय भित्रका  नेवा: समुदायको आगन घर रहेको चोक हो जहाँ चारै तर्फ बज्रयानी बौध्द सम्प्रदाय नेवा:हरुको मात्र घर आवास हुन्छ । जसलाई नेवा: भाषामा बहा: भनिन्छन् । जहाँ बज्रयानी बुध्दिस्तहरुको चैत्य, तारा तथा बुध्दका मूर्तिहरु रहेका देखिन्छन्  बहा: लाई नेवा: भाषामा बहि पनि भनिन्छन् ।
      ॐ बहाल ॐ र बहा:( बहाल) संयुक्त हुन गई बन्न गएको छ । वैदिक सनातन धर्मका मूल स्रोत ॐ र बज्रयानी बुध्दिस्त धर्म सम्प्रदायहरुको मूल थलो वहा:( बहाल) समिश्रण भई स्थापित हुन गएको ॐ बहाल वैदिक सनातन धर्म र बज्रयानी बुध्दिस्त धर्मको प्रतक्ष सद्भाव स्थलको रुपमा प्रतिनिधित्व गरिर्हेको प्रस्त देखिन्छ ।
       ॐ बहालका बारेमा केही व्यक्तिहरुको भनाईमा यो ॐ बहाल क्षेत्रको भूभाग नै ॐ आकार रहेको छ त्यसैले नै यस क्षेत्रलाई ॐ बहाल  भन्ने गरेको हो भन्ने भनाई पनि यहाँ रहेको पाईन्छन् । त्यस्तै अर्को एउटा कथन अनुसार बिकमा बहालमा धेरै अघि एउटा सुनको ॐ आकारको ढुङ्गा बिछ्याई राखेको थियोरे त्यसैले त्यस बिकमा वहा: नै वास्तविक ॐ वहा: हुनु पर्ने हो र ॐ आकारको सुनको ढुङ्गा बिछ्याई राखे बहाल भएर नै यश क्षेत्रका समग्र बहालरहेको भूभगको नाम नै ॐ बहाल रहन गएको हो भन्ने कथन समेत एदाकादा सुन्नमा पाईन्छन् ।।
😀
        वैदिक सनातन धर्म र बुध्द धर्म ॐ उचारण गर्ने समुदाय भित्रकै दुई परिवार हो भन्दा सम्भब त: फरक नपर्लान् । त्यसो त: बुध्द धर्मका प्रमूख प्रवर्तक गौत्तम बुध्द   विष्णु भगवानको दश अवतार मध्यका नवौ अवतार हो भनेर वैदिक सनातन धर्म शास्त्र्हरुमा उल्लेखित गरिएको छ तर पनि बुध्दिस्तहरु यसलाई स्विकारन भने संकोच गरेको पाईन्छन्  । ओमकार परिवार भित्रका संप्रदाय भनेर मान्दै आएको बुध्दिस्तहरुले सृष्टिका मुहानका रुपमा परिभाषित भैई सनातनिहरुले अति सम्मानका साथ पुज्दै आएको शिवलिङ्गलाई समेत पुज्ने गरेका बज्रयानी बुध्दिस्तहरुको चैत्यमा शिवलिङ्ग आकार समेत रहेको र पुज्दै आएको  धर्म संस्कार रहि आएको भएतापनी बज्रयानि बुध्दिस्तहरुको बाहुल्यताभित्र रहेको वहा: ( बहाल ) भित्र छुट्टै शिवलिङ्ग रहेको भने काठमाण्डौ महानगर भित्रको २३ न वडा अन्तर्गतमा रहेको ॐ वहा: /ओमबहाल सम्भब त: एक मात्र हुन सक्छ । ॐ शक्तिपुंजका केन्द्र शिवलिङ रहेको बहा: ( बहाल )  भएकै कारण यस क्षेत्र ओमबहा: वा ओम बाहाल
नामले प्रख्यात रहि आएका प्रबल कारण हुन सक्नै देखिन् छन् ।
        जोरगणेशको पश्चिम, चिकंमूगलको पूर्व, यङ्गाल मन्जुश्रीको उत्तर बशन्तपुर कुमारी छें को दक्षिण क्षेत्रमा अवस्थित मिममिम वहा: भित्रको मध्य भागमा रहेको ॐ शक्ति पुँञ्जको केन्द्र शिवलिङ रहेको छ । यस २३ नं वडा भित्र
१. मिममिम बहा: (वास्तविक ॐ बा:) कोता लाछी भित्र
२. त्वाकेब बहा: जोर गणेश गल्लि
३. बिकमा बहा:
४. मञ्जुश्रीनक बिहार
५. थानबहा;
६. गवं बहा: - जोरगणेश
७. बाकुं बहा:  इडन होटलको अगादी
८. लोहँ चुक वहाँ:  : जोरगणेस नास: द्य: संगै
९. नबही
१०. सिकंमू बहा:: बशन्तपुर
११. पूण्य वहा: फल्चा सा:
१२. भ्वं बहा: कोत लाछी बाट दक्षिण गंचा ननि
१३. रत्नाकर बहा:
१४. पुन् छें बहा:
लगायत बहालहरु भएको बज्रयानी बुध्दिस्तको बाहुल्यता रहेको क्षेत्रमा  मिममिम (मिमननी)बहालमा शिवलिङ कसरी रहन गयो त: भन्ने बिषयमा त्यहाँका जेष्ठहरुले भने अनुसार धेरै समय अगावै एक ब्राम्हण परिवारका लावारीस शिशु मिनमिन बहालका एक शाक्य बुध्दिस्त परीवारले पालन पोषन गरेर हुर्कायर कयेता पुजा ( ब्रतबन्धन) गर्ने उमेर पुगे पछि शाक्य कुल परम्परा अनुसार बरेछुई गरेर कयता पुजा गर्ने वा बालकको कुल परम्परा अनुसार यज्ञोपवीत (उपनयन, ब्रतबन्ध) संस्कार गर्ने भन्ने निषयमा शाक्य समाजमा कुरा चल्दा    सवैको सल्हा बाट बालकको कुल धर्म वैदिक संस्कार अनुसार नै गर्नु पर्ने निस्कर्ष निकालेपछी शाक्य समाजको संस्कारमा कुनै असर नपर्ने तथा शाक्य समाजको बालकलाई बहाल भित्र नै बरेछुइ गरि संस्कस्र गर्नु पर्ने संस्कार भन्दा बाहिर नजाने गरि मिममिन(मिमननी) वहाँ: भित्र नै शिवलिङ प्रतिस्थापना गरि वैदिक विधि बाट बहाल भित्रै बालकको उपनयनको संस्कार संम्पन्न गरेको भन्ने कथन पाईन्छ । त्यस पछि ॐ शक्ति पुञ्जको केन्द्र सिवलिङ समेत रहेको बहाल भएर त्यस क्षेत्र नै ॐ बहाल हो भन्ने प्रचलन चल्दै गएको हो भन्ने  देखिन्छ ।
      यस ओम बाहाल क्षेत्रमा एकै मन्दिर भित्र संगै जोडेर रहेको जोरगणेश नामले प्रख्यात दुई गणेश रहेका छन् ।  नेवा: परम्परागत बस्तिहरुमा हरेक बस्तिको आ आफ्नो इलाका थान गणेश हुन्छन् र रहि आएका छछन् । सनातनी शैब संम्प्रदाय होस वा बज्रयानी बुध्दिस्त होस नेवा: धर्म संस्कारमा कुनै कर्मकाण्ड संस्कार गर्नु पर्दा अथवा  विशेष पुजा गर्दा आफ्नो इलाका थान गणेशलाई अनिवार्य पुजा अर्चना गर्नु पर्ने धार्मिक परम्परा रहेको तर एउटै मम्दिरमा दुई गणेश याने जोर गणेश भने कहिं कतै नभएको अवस्था पनि यश ओम बहाल क्षेत्रमा एउटै मन्दिरमा गणेशको दुई मूर्ति रहि आएका छन् ।  एउटै मन्दिरमा जोर गणेशका रुपमा एक उभिएको अवस्थाको र अर्को बसेको अवस्थाको जोरगणेश किन र कसरी स्थापना भएको हो भन्ने विषयमा एकिन यसै हो भन्न सक्ने तथ्य तथा कुनै आख्यान आज सम्म नभेतिए तापानी शाक्य परीवारले पालन पोषण गरेको शैव संम्प्रदायका बालकको  उपनयन संस्कार गर्न जसरी जुन अवस्थामा मिनमिन बहालमा शिवलिङ प्रतिस्थापना गरियो
 सोही उपनयन सम्पन्न गर्न बैदिक बिधिबाट वैदिक संस्कारका अग्रज पुजाका अधिकारी श्री गणेश पनि अनिवार्य  आवस्यक भएकाले त्यस क्षेत्रको इलाका थान गणेश संगै जोडेर अर्को एक गणेश बैदिक बिधिबाट प्रतिस्थापन गरेको हुन सक्छन् भनेर अनुमान गर्दा अनुपयुक्त र असान्धर्भिक एवं अन्यथा नहोला कि ?
     ॐ बहाल जोरगणेश क्षेत्रका रैथाने बासिन्दाले आजका दिन सम्म पनि भोग्दै महसुस गरेर आएको एउटा तितो सत्य यो पनि छ कि जोरगणेश क्षेत्रका कोहि एक रैथाने बासिन्दा
कालगती वा अन्य कुनै कारणले मृत्यु बरण गरेमा तेह्रदिन देखि महिना दिन भित्रमा अर्को एक रैथाने बासिन्दाको मृत्यु बरण हुन्दै आएको  छ। यसलाई स्थानिय वासिन्दाले जोरगणेशको नरमाईलो विशेस्ताका रुपमा लिन्दै आएका छन् ।
~~ प्रकाशमान शिल्पकार@@@@

लपुमा पनि ॐ बा: र भक्तपुरक1 तःरी टोलमा न्यातपोल देगल अगाडि पनि जोर गणेश छ।



=========

Thursday, February 15, 2018

शंकराचार्य नेपाली चेली हेमानान्द गिरि






विश्वको अध्यात्मिक इतिहासमा पहिलो पटक महिला
शंकराचार्य नेपाली चेली हेमानान्द गिरि
~~~ ००० ~~
नेपालाको महोत्तरी पथरियामा जन्मनु भएकी पिता निर्मल कुमार ढुङ्गाना र माता ….. ढ्ङ्गानाको सुपुत्री हेमानन्दले १३ वर्षको कलिलो बाल उमेरमा नेपालको ७५ जिल्ला १२१ दिनको अध्यात्मिक यत्रा २०४५ सालमा नेपाली बाबा तेजनाथ शर्माको नेतृत्व्मा आफ्नो आमा संग पछ्याउँदै ३५ जनाको समुहमा सहभागी हुनु भई यात्रा सम्पन्न गरि बाल्य अवस्था देखि नै अध्यात्मिक मनोभावना प्रकत गर्नु हुने हेमानन्द ढुङ्गाना हुन् ।
२०५० सालमा प्रखण्ड भारतिय योग गुरु रामदेबको सतसंगत बाट योगशिक्षिकाका रुपमा अध्यात्मीक जगतमा होमिएर योगि नरहरी नाथको नेतृत्वामा भएका विभिन्न ठाउँमा कोटि होममा सहभागी भई कोटि होम सम्म्पन्न गरिसक्नु भएका हेमानन्द ढुङ्गाना सनातन धर्मको जन्म देखि मृत्यु सम्मको १६ संस्कारहरु सम्पन्न गर्दै अध्यात्मिक जगतको विभिन्न खुड्किलाहरु पार गर्दै आफुलाई जन्मकुल ढुङ्गाना कुलबाट सनातनी धार्मिक विधि बाट संन्यासी गिरि कुलमा रुपान्तरण गर्दै हिमाली क्षेत्रको गुफामा तपस्या अनि ६ महिने अघोर सिध्द तपस्या पूरा गर्दै नागा अघोर परम्परा अनुसार एउटा सन्यासिले अपनाउनु पर्ने बिधि तथा संस्कारहरु संपन्न गर्दै उत्तराक्गण्ड अध्यात्मिक यात्रापार गरेर नागा सन्यासिहरुको छाता संगठन ” जुना अखडा” मा धर्म गुरु शंकराचार्य बाशुदेवानन्द ज्यूको बाहुल्यबाट सम्मनित ” अनन्त श्री विभूषित महामण्डलेश्वर ” पदमा बिभूषित स्वामी हेमानन्दलाई यस वर्ष भारत धर्म महामण्डल एवं काशी विद्वत परिषद्ले ( धर्मसभले)भारत उत्तराखण्डको बद्रीकाश्रम ज्योतिर्पीठको शंकराचार्य नियुक्त गरेको छ । भारत उत्तराखण्डको बद्रीकाश्रम ज्योतिर्पीठ वैदिक सनातन धर्मका प्रमूख चार मठहरु मध्यका एक प्रमुख मठ( पीठ) हुन् ।
वैदिक सनातन हिन्दु धर्मको सर्वोच्च गुरुको इतिहास शंकराचार्यसंग जोडिएको १२०० वर्षको इतिहासमा पहिलो पटक एक महिला साध्वी शंकराचार्य बन्न सफल भएकी छिन् । अधात्मिक इतिहासमा पहिलो पटक पितृशतात्मक सोच र प्रथालाई नै थिचोल्दै सनातन धर्मको सर्वोचो गुरु पद शंकराचार्य पदमा एउटी नेपाली चेली विभूषित हुनू विस्वका समस्त महिलाहरुको मात्र हैन नेपाल र नेपालीका लागि अध्यात्मिक गौरबमय ईतिहास हुन् ।
बैदिक सनातन धर्मले महिला र पूरुषमा तथा जातिय बर्णमा कुनै विभेद नगर्दा नगर्दै पनि बेदब्यासको कालखण्ड पछिका कर्मकाण्डाका निर्माताहरुले निर्मित बिभेदताबाट सिंचित पितृशतात्मक सोच र प्रणालिलाई नै चुनौती दिंद बिभेदपूर्ण परम्परा र संस्कारलाई थिचोल्दै साहसिकरुपमा अध्यात्मिक क्षेत्रमा अघि बढ्दै आज हेमानन्द गिरि सनातन धर्मको सर्वोच्च गुरु शंकराचार्य पदमा विभूषित हुनु भएका छन् । सनतान धर्ममा भएका बिभेदपूर्ण संकिरणताहरुलाई पन्छाउँदै यस सनातन धर्मलाई बाहिरिया धर्मले आक्रमण गरिन्दै आएको वर्तमान परिवेसमा सनातनिहरुलाई उचित र सहि मार्ग दर्शन गरेर बिभेदताले पर धर्मम धरमान्तरण हुँदै सनातन कुल धर्म बाट पलायेन भएर गएकाहरुलाई समेत पुन: आफ्नै जन्मको कुल धर्ममा नै फर्कने मनस्थिती सिर्जनाको आधात्मिक उर्जा सहितको वातवरण निर्माण गर्न सकोस, अध्यात्मक बाट बिमूख भएकाहरुलाई अध्यात्मिक तर्फ नै फरकाउन सफल होस् । नव बिभूषित शंकराचार्य हेमानन्द ज्यूलाई नमन् तथा बधाई एवं शुभकामना ।



Friday, January 26, 2018

महिनावारि हुने स्त्रीले बार्नु भनेर धर्मले भनेको नै छैन






महिनावारि हुने स्त्रीले बार्नु भनेर धर्मले भनेको नै छैन  

महिनावारि हुने स्त्रीले बार्नु भनेर धर्मले भनेको नै छैन
~ ~~ ००० ~~~
प्रकाशमान शिल्पकार
मातृ देवो भव: अर्थात आमा देवता भन्दा पनि ठूलो हुनुहुन्छ । जननी जन्मभूमुश्च स्वर्गादपि गरीयसी अर्थात जन्म दिने आमा र जन्मभूमी स्वर्ग भन्दा पनि उच्च छ । पृथ्वीलाई माता भन्ने संस्कार हामिलाई हाम्रो धर्मले सिकाएका छन् । पृथ्वीले प्राणी जिउनलाई चाहिने आवस्यक अन्नपात , औषध उपचारका लागि आवस्यक जडिबुती लगायत सवै उत्पादन गरि दिन्छ । जन्म दिन सक्ने क्षमताबान् नै माता हुन् । जन्म दिने क्षमता प्रकर्तिले स्त्रीजातिलाई दिएको छ । प्रजलन शक्ति बर्दान पाएका स्त्रीजातिमा हुने अनि प्रजलन प्रकृया संग प्रमूख सम्बन्ध रहेको एउटा प्रकृया हो ” महिनावारी ” यसलाई मासिक स्राव वा रजक भएको भन्ने पनि गरिन्छ। महिनवारी नारिहरुका साथ माषिक श्रृंखलाबद्ध हुने प्राकृतिक शारीरिक प्रक्रिया हो । मानव सृस्तिकालागि नारिलाई पूर्णता दिन प्रकर्तिले अनिवार्य व्यवस्थ गरिएका मासिक रुपमा शृंखलाबध्द हुने शारीरिक प्रकृया नै महिनावारी हो भन्ने सबैलाई ज्ञात हुँद हुँदै पनि यसलाई महिला पर सर्ने र नछुने हुने भन्दै नारिको त्यो मासिक स्रावको अवस्थाई पुरातन सोचको समाजले अनादर गर्दै घृनित रुपमा लिएर संस्कार कै रुपमा मान्यता लिन्दै आएका छन् ।
सामान्यतयाः महिनावारी र नछुनेलाई एउटै मान्ने गरिए तापनि यी दुई भिन्न हुन् । महिनावारी जैविक विषय हो, जुन महिलालाई जन्मजात नै प्राप्त हुन्छ । नछुने चाहिँ समाज निर्मित विषय हो, जसलाई पितृसत्तात्मक समाजले महिलामाथि थोपरेको एउटा कुसंस्कार हो । महिनावारी महिलाको प्रजनन् क्षमतासँग जोडिएको हुन्छ र यो महिलाको शारीरिक परिपक्वताको मानक पनि हो । अनि यो महिलाको प्रजनन् क्षमता र सुस्वास्थ्यको संकेत पनि हो । । प्रजनन् सम्बन्धी आवस्यक रासायनले महिलाको गर्भाशयलाई हरेक महिना गर्भाधानका लागि योग्य बनाइदिन्छ । यस अवधिमा महिलाले गर्भाधान गरिनन् भने यी रसायन रगतमा मिसिएर योनी हुँदै शरीरबाट बाहिरिन्छ । महिलाको शारीरिक यहि प्रकर्तिक प्रकृया नै रजसोला याने महिनावरी अथवा रजस्वला हो ।
स्त्रीजाती मानव सृस्तिका मूल आधारभूमि अनि प्रजन क्षमताका शारीरिक मानक नै महिनावारी याने रजस्वला हो भन्ने यथार्थता हुँदा हुँदै पनि सनातनी धर्म ग्रन्थ लगायत संसारका सबै धर्म ग्रन्थहरुमा महिनावारीलाई धार्मिक, संस्कृतिक लगायत दैनिकिए जीवनमा वर्जित गरिएको छ । सनातन धर्मको मूल आधार चारै बेदमा भने महिलाको महिनावरिलाई छुन नहुने भनेर भनेको छ भनेर बेद ज्ञाताहरु कसैले यहाँ भन्न सकिरहेको छैन । तर पनि सनातनी समाजमा महिनावरिले महिलाहरुमा आततयिक संस्कारका रुपमा जडा गादेका छन् । त्यसोत नेपालमा किराँत, बोनपो लगायत धर्म मान्ने जनजाति तथा सनातनी शैब संप्रदायका जनजाती नेवार समुदायमा महिनावारी बार्ने परम्परागत चलन छैन । तर आधुनिक जनजाती समाजमा महिनावारिलाई छुननहुने संस्कारका रुपमा चलन चलाई आएको यहाँ देख्न पाईन्छ । यस्को मूल कारण हो गैर सनातनी जनजातिहरुको संस्कारको प्रभाब ।
महिलामा हुने आततायी संस्कारको रुपमा चली आएको महिनावारी छुन नहुने संस्कारका रुपमा अन्यत्र जिल्लामा भन्दा पनि नेपालको पश्चिम, मध्यपश्चिम तथा सुदूरपश्चिमका अधिकांश जिल्लामा बढी नराम्रो संग जडा गादेको पाइन्छन् । यस क्षेत्रका महिलाहरु पहिलोपटक महिनावारी हुने किशोरीले ११ देखि १५ दिनसम्म, अन्य युवतीहरूले पाँचदेखि सात दिनसम्म र विवाहिताले चार दिनसम्म छाउपडी गोठमा बस्नुपर्ने हुन्छ । यहाँको स्थानीय भाषामा महिनावारी हुनुलाई छाउ अथवा छुई भन्ने चलन छ ।
त्यसरी महिनावारी भएकी महिलालाई घरभन्दा टाढा बनाइएको सानो झुपडी वा गाईवस्तु बाँध्ने गोठमा राख्ने गरिन्छ । त्यसरी राखिएका वा बस्न विवश महिला ‘छाउपडी’ हुन्छन् । छाउपडी गोठको ढाँचा/स्वरूप जिल्ला, गाउँ तथा स्थानअनुसार फरक–फरक हुने गर्छ । छाउ भएको समयमा सार्वजनिक स्थान (धारो, बाटो, विद्यालय, मन्दिर आदि) प्रयोग गर्न नपाउनुका अतिरिक्त कसैलाई नछोइकन अलग्गै बस्नुपर्छ । सरसफाईको अत्यन्त आवश्यक हुने यस बेलामा किशोरी तथा महिलाहरूलाई साबिकको पँधेरो, धारा तथा कुवा छुन दिइँदैन । साथै पोषणयुक्त खाने कुरा (दूध, दही, घ्यू आदि) खान नहुने मान्यता पनि छ । छाउ भएकी महिलालाई घरभित्रको आन्तरिक काम गर्न प्रतिबन्ध छ तर घरबाहिर भारी काम गर्न (घाँस, दाउरा, खेतबारी खन्न, ओखल तथा ढिकी कुट्न) लगाइन्छ । यस अवस्थामा पौष्टिक पदार्थको सेवनलाई वञ्चित गरिएको छ भने कामको बोझलाई कम गर्ने बारेमा केही सोचिएको छैन । छाउपडी गोठमा बसेका बेला किशोरी तथा महिलाहरू कोही जाडोका कारण, कोही सर्पले टोकेर तथा कोही धुँवाबाट निस्सासिएर मर्ने गरेका समाचारहरु अहिले पनि हेर्न र सुन्न पाईछन् । यसैगरी छाउगोठमा बसेका महिला तथा किशोरीहरू बलात्कृत पनि भएका छन् । एउटा निश्चित उमेरसम्म प्रजननका लागि प्रकृतिले दिएको स्वाभाविक प्रक्रियाका कारण प्रत्येक महिना सुदूरपश्चिमी भेगका लाखौँ किशोरी तथा महिलाको जीवन कष्टकर तथा अस्वस्थ बनेको छ ।ब
यदि महिलाहरुमा हुने महिनावारी छुननहुने संस्कार नै हो वा सनातनी धर्मका ग्रन्थ मनुस्रुती लागायतका ग्रन्थाका आधारलाई स्विकारर्ने हो भने स्त्रीजातिमा हुने शारिरिक प्रकृतिक बनोत अनुसार हुने प्रकृया अन्तरगतका यो मासिक स्राव याने महिनावारी हुँदाका अवस्थामा सनातनिहरुले सनातन देखि श्रध्दा र भक्तिले पुज्दै आएका महाशक्तिदायिनी महादेवीहरु पार्वती, लक्ष्मी र सरस्वती लगायतका कुनै देवी सात दिन सम्म पर सरेको, आफ्ना स्वामी र आफ्ना धामको ( घरको ) केही सरसामान नछुन छौगोठमा बसेको थियो भनेर कुनै धार्मिक ग्रन्थ तथा कथाहरुमा उल्लेख भएको देखिन्दैनन् । यस्को अर्थ हो सनतनी धर्मले महिनावरी भएको स्त्रीलाई छुन नहुने भनेर भनेको नै छैन वा बार्नु पर्छ भनेको छैन। माहादेवीहरुमा पनि मासिक स्राव हुन्थ्यो त्यस्को एउटा प्रमाण नागार्जुनको तल गोल्ढुङ्गा स्थित पुरानो गुह्यस्वरी पिठलाई लिन सकिन्छ :–
पौराणिक कथा अनुसार समुन्द्र मन्थान बाट निस्केको कालकुट बीष देवादी देव महादेवले सेवन गरे पछि छटपटाउँदै चिसो ठाउँ खोज्दै जाने क्रममा सातीदेवी पनि संगै जाँदा नागार्जुन पर्वतको फेद रमणिय फुलवारीमा आईपुग्दा सतीदेवीलाई रजस्वला भएको र रजस्वला भएको अवस्थामा यात्रा गर्न उचित नभएकाले सतीदेवी यहाँ चारदिन विश्राम लिनु भएको र शिवजि गोसाइँकुण्ड जानुभयको भन्ने छ । सतीदेवी रजस्वला भएको त्यहिं स्थान तथा चार दिन विस्राम लिनु भएको त्यो स्थल नै कालन्तरमा गुह्यस्वरी पिठको नामले सवैले पुज्न थाले । सतीदेवी रजस्वला भएको स्थल पवित्र र पुण्यभूमी हुने अनि रजस्वला भएकी नारी चाहिँ अपवित्र हुने ? त्यस्तै अर्को एउटा प्रामाण भारातको कामरुप कामाख्या शाक्ती पिठ हुन् । कामाख्या देवी रजस्वला भएकी देवी हुन् । त्यस शक्ति पिठमा देवीको मासिक स्राव भई रहेकै अवस्थाको योनिलाई नै पुजा गर्ने गरिन्छन् । धर्मले रजस्वला भएकी नारी अपवित्र मान्छ भने कामख्या रजस्वला देवी र त्यसस्थलाई किन पुजा गर्छन् अनि किन शक्तिपीठ मान्छन् ?
हुनत केही पौराणिक कथा अनुसार देवराज इन्द्रले विस्वरुपको शिरलाई तीन टुक्रा पारेर ब्रम्ह हत्याको पाप भोग्न परेकाले चतुरमुखी ब्रम्हा कहाँ पुगि सबै बृतान्त सुनाउनु भयो । तब ब्रम्हाजीले इन्द्रको ब्रम्ह हत्यापाप निवारण गराउनका निमित्त ब्रम्ह हत्याको दोषको पाप मध्यको एक वर्ष सम्म इन्द्रले भोग गरि बाँकी दोष पृथ्वी, वृक्ष, जल र स्त्री गरि चार भाग लगाई चार स्थानमा फ्याकी दिनु भयो । पछि त्यही नै उषरभूमी वृक्ष बाट निस्केको खोटो बुदबुद फेन जल र स्त्रीको रजमा त्यो पाप देखिन्छन । यसै कारण महीनै पिच्छे रजस्वला हुने रजोवती महीलालाई तीन दिन सम्म छुनै हुन्न भन्ने शास्त्रीय मान्यता रहेका पनि छन । केही शास्त्रमा त्यस्तो उल्लेख हुँदैमा इन्द्रको ब्रम्ह हत्यापाप सर्व नारीजातिले भोग्नु नै पर्ने छ भनेर बेद लगायत कुनै धर्म शास्त्रमा नत भनेको छ नत निर्देशित नै छ ।
” यत्र नार्य सु–पुज्यन्ते, रमन्ते तत्र देवता” अर्थात् जहाँ नारीहरुको पूजा हुन्छ, त्यहाँ देवताहरु पनि रमाउँछन् भनेर सनातनी धर्म शास्त्रहरुले नारीको महिमा गाईरहेको अवस्था पनि मातृशतात्मक राज्य शासनको अन्त्य सगै समाज विकाशको क्रममा मध्ययुग सम्मम आई पुग्दा सामन्ती प्रथाको उद्भव भएसँगै जसरी छुवाछुत प्रथाको शुरुवात भयो, त्यसैगरी नारी प्रति पनि विभेद गरिन थालियो । धर्मशास्त्रको गलत व्याख्या गरी महिलाहरु प्रति भेदभाव गरिएको महिनावरिको यो छुननहुने प्रथा आजको आधुनिक युग सम्म आईपुग्दा असिछित समाजमा मात्र पनि हैन सिछित समाज भित्र पनि यस प्रथाले पूर्ण मुक्ती पाउन सकिरहेका छैनन् ।
आफ्ना जातिय समुदायको संरचनाको परम्परागत संस्कारमा महिलाको महिनावारी लाई सहजरुपमा लिई छुननहुने भन्ने प्रथालाई मान्यता नदिएका जाती समुदायका आधुनिक सिछित महिलाहरु पनि छुननहुने प्रथा अङ्गालदै आएका समुदायको महिनावारी हुँदा जानी नजानी हुने गरेका छुवाछुतको प्रायश्चित गर्न गरिने व्रत उपसनाको पर्व ऋषि पञ्चमीमा व्रत बसेर नाच्दै महिनाबारि हुँदा महिला पर सर्नु पर्ने अनि छौपदी प्रथा जस्ता कुप्रथालाई मान्यता दिन समाजलाई हौसला दिन स्वयम् महिलाहरु नै अगादी बाधिरहेको देखिन्छ ।
shilpkarpm@hotmail.com प्रकाशमान शिल्पकार

Tuesday, January 23, 2018

१९ वडा कामपा परिचय




Monday, January 22, 2018

पुरानो गुह्यश्वरी र पाशुपट क्षेत्रको गुह्यश्वरीको महत्वतामा भिन्नता

पुरानो गुह्यश्वरी र पाशुपट क्षेत्रको  गुह्यश्वरीको महत्वतामा भिन्नता
( शक्तिपीठ परिचय)
~~~०००~~

प्रकाशमान शिल्पकार

      नेपालमाहात्म्य, हिमवत्खण्ड, श्रीस्वस्थानी व्रतकथा आदिमा बताइएको  शक्तिपीठ पु‍राणमा वर्णित ५१ शक्तिपीठ हरू मध्य संसारभरका सनातनिहरुको लागि   विशेष पुजनिए  एक शक्तिपीठ गुह्यश्वरी शक्तिपीठ पनि  एक पीठ हुन् । प्राचीन तन्त्रशास्त्र अनुसार नेपाललाई शाक्त-उपासनाका केन्द्र मानेको छ। त्यस्तै, देवी भागवतले नेपाललाई 'गुहृयकाल्या महास्थानं नेपाले यत प्रतिष्ठितम्' भनेर 'शक्तितीर्थ' का महान् स्थल मानेको छ। कुनै  पौराणिक कथा अनुसार यहा सतीदेवीको दुई घुडा पतन भएको वर्णन गरिएको छ भने स्कन्दपुराणको हिमवत्खण्ड -नेपाल महात्म्यमा)मा तथा भाषा वंशावलीमा, सतीदेवीको गुहृयपतन भएको  वर्णन छ भने स्थानीय लोक विश्वास अनुसार सतीदेवीको योनी पतन भएको किम्बदन्ति रहेको छ | त्यसोत सतीदेवीको योनी पतन भएको भारतको नीलांचल पर्वत, गुवाहाटी, असम भन्ने  स्थलमा हो र त्यस पवित्र स्थलमा कामाख्या शक्तिपीठ उत्पती भएको भन्ने  पनि पुराणमा पाईछन् ।  पुराण कथामा उल्ल्र्खित भए अनुसार सतीदेवीको योनी पतन भएको स्थलमा उत्पती भएको शक्तिपीठ नै देखिन्छन् भने नेपालको श्लेष्मान्तक वनको पाशुपाट क्षेत्रमा रहेको गुह्यश्वरी शक्तिपीठ सतीदेवीको दुई घुडा पतन भई उत्पती भएको शक्तिपीठ देखिन्छन् तर पनि सनातनी नेपालीले गरिन्दै आएको लोक विश्वासले सतीदेवीको योनी नै पतन भएको स्थल कै रुपमा श्रध्दाका साथ पुज्दै आएका छन् ।
         तन्त्र र पुराणमा गुहृयश्वरी पीठको निर्वचन बौद्ध एवं हिन्दू परम्पराअनुसार वर्णन गरिएको पाइन्छ। दुवै मत भगवती गुहृयश्वरीलाई नीलवर्णमा, नीलाम्बर स्वरूपमा तथा कलशको प्रतीकात्मक प्रतिबिम्बमा आस्था पोखेको पाइन्छ।
शिव शक्तिदायिनी माता सतीदेवीको गुह्य ( योनी ) पतनी पतन भएको  स्थलमा उत्पती भएको शक्तिपीठ बएर यसलाई गुह्य शक्ति तथा गुह्यकाली नामले पनि प्रसिध्द हुनुहुन्छ । गुह्यकाली दसमहाविद्या मधयकी एक प्रमूख र पहिलो महा शक्तिदायिनीका रुपममा मान्ने गरेको पाईन्छ । दसमहाविद्याका शक्तिदायिनिहरुको नामा लिन्दा क्रमश: काली, तारा, षोडषी, भुवनेश्वरी, भैरवी, छिन्नमस्ता, धूमावती, बंगलामुखी, मातङ्गी र कमला शक्तिदायिनिहरुको नाम आउछन् ।

        नेपालमा काठमाण्डौं नागरजुन जङल( पर्वत)को फेद गोलढुङ्गाको फूलबारीमा हाल तारकेस्वर नगरपालिका. रहेको पुनो गुह्यस्वरी नामले परिचित गुह्यस्वरी  र पाशुपट क्षेत्रमा रहेको गुह्यस्वरी समेत गरि प्रमूख दुई वटा गुह्यश्वरी शक्तिपीठ रहेको पाईछन् ।
        पुरानो गुह्यश्वरीको मन्दिर बालाजुबाट करीब डेढ किलो मिटर उत्तर साविक गोलड्जुङ्गा गा. वि. स. को हालको नयाँ तारकेश्वर नगरपालिकस्को वडा न, ७ मा पर्ने फुलवारि भन्ने  ठाउँमा रहेको छ । पाशुपट क्षेत्रको गुह्यस्वरीको कलश  अलि गहिरो भूतलमा  अवस्थित छ भने  पुरानो गुह्यस्वरीको कलश केही उठाईएको भूभागमा अवस्थित रहेका छन् । कलशारोहणका गुह्यकुण्डहरु दुबैतिरको दुरुस्तै देखिन्छन् ।
         स्वयम्भू पुराणले पुरानो गुहृयश्वरीलाई प्राचीनतम् मानेर स्वयम्भू उत्पत्तिको पुष्पकमलको नाल नै यिनै कुण्डबाट प्रादुर्भाव भएको मान्दछ। नागार्जुनको पर्वत फेदीमा अवस्थित यस कुण्डको महिमा पीठका रूपमा कालान्तरमा महायान बज्रयानी-कर्मकाण्डले महिमा बढाए पनि वास्तविक मूलस्वरूप भू-गर्भमुनिको पानी वा सृष्टिदेखि कै पानी आद्यजलको तर्पण नै विशेष देखिन्छ। पहिला पितलको थियो तर वर्तमानमा यस स्थलमा चाँदी कै अष्टकमलदलको पुष्पकेशरमाथि कलश आकार स्वरूपले छोपिएको कुण्डलाई नै गुहृयश्वरीका प्रतीक मानेर पुज्ने परम्परा छभने किम्बदन्तिमा देव र असुरले समुन्द्र मन्थन गर्दा निस्किएको कालकुट बीष महादेवले सेवन गरेपछी छटपटाउँदै चिसो ठाउँ खोज्दै गोसाइँकुण्ड जानुभयको समयमा सतीदेवी पनि महादेवको खोजिमा नागार्जुनको फेद हुँदै जाने क्रममा रजस्वला हुनु भई   रजस्वला भएको अवस्थामा यात्रा गर्न समस्या हुने भएकाले त्यहिं चार दिन विस्रामा लिनु भएको  स्थल नै कालन्तरमा गुह्यस्वरी पिठको नामले सवैले पुज्न थाले  । यसरी गोलढुंगा फुलवारी स्थितको गुह्यस्वरी शक्तिपीठ सतीदेवी कै पालामा अर्थात सतीदेवी दक्ष प्रजापतिको यज्ञ कुण्डलमा आहुती दिएर आत्मदाह गर्नु पूर्वको प्राचीन मानिन्छन् । पासुपाट क्षेत्रको गुह्यस्वरीका बारेमा जानकरिमा आई राज्य शक्तिले त्यस तर्फ बढी  ध्यान पुराएकाले यश शक्तिपीठ ओझेलमा पर्दै गएको देखिन्छन् । कति नेपालीलाई त बालाजु  गोलढुंगाको फुलवारीमा एउटा यो गुह्यस्वरी शकिपीठ पनि छ भन्ने थाहा जानकारी समेत भएको देखिन्दैनन् ।

         गुह्यस्वरी ( गुह्यकाली)शक्ति पीठको स्मरण गर्दा  दोस्रो स्थानमा आउने तथापी  नेपालको शक्तिपीठहरु मध्यमा प्रसिध्द पाएको गुह्यस्वरी शक्तशक्तिपीठ हुन् पासुपाट क्ष्त्रमा अवस्थित गुह्यस्वरी हुन् । स्कन्दपुराणको हिमवत्खण्ड -नेपाल महात्म्यमा)मा तथा भाषा वंशावलीमा उल्लेखित गरिए अनुसार सतीदेवीको गुह्य पतन भएको स्थलमा उत्पती हुनुभएका नेपालको श्लेष्मान्तक वनको पाशुपाट क्षेत्रमा रहेको गुह्यश्वरी  प्राचीन कालमा जलमग्न रूपमा गुप्त नै थियो पछि मल्लकालिन समयमा   तान्त्रिक नरसिंह ठाकुरले गुहृयदेवीको यस स्थानमा दर्शन पाएर पूजा-उपासना गरेको वर्णन पाइन्छ भने विश्वनाथ उपाध्याय भट्टले गुहृयश्वरीको स्वरूपलाई, कुण्डमय एवं सत्तलयुक्त बनाउने कार्यअभिभारा तस्तकालिन राज्य बाट लम्वकर्ण भट्ट -लक्ष्मीनारायण भट्ट) लाई दिए बमोजिम तयार बनाएको गुह्यस्वरी शक्तिपीठको  अहिलेको  स्वरुप हो भन्ने कथन रहेको यहाँ पाईन्छन् ।
       यस  पीठमा सर्वप्रथम तेत्तीसकोटी देवताहरूले पूजा-आराधना गरेको विश्वास पनि छ । यस विषयमा गुहृयेश्वरीको महिमा नेपालमाहात्म्य, हिमवत्खण्ड, श्रीस्वस्थानी व्रतकथा आदिमा बताइएको छ। यहाँ देवीहरूको कुनै मूर्ति छैन। सतीदेवीको गुहृय पतन भएको स्थानमा मन्दिरको गर्भगृहमा छ। त्यहाँ एउटा सानो दुलो मात्र छ जहा चाँदीको कलशले ढाकिएको मन्दिरभित्रको जलपूर्ण कुण्डलाई श्रद्धालुहरू देवीको रूपमा पूजा गर्ने गर्दछन्। सतीदेवीको गुहृयस्थलको पतनबाट सिद्ध भएको पीठ मान्ने प्रथा रहे पनि तन्त्र परम्परामा आदिम 'गुहृयक' नामक जातिले पूजा गर्ने देवी हुनाले यिनीलाई 'गुहृयश्वरी' भन्ने गरेको अर्को मत पनि छ। हाल कर्माचार्य( आचाजु) हरु बाट नियम पुजा हुँदै आएको छ ।
          स्कन्दपुराणको केदार खण्डमा वर्णन गरिए अनुसारको मध्यकालदेखि हालको भक्तपुरको मध्यपुर थिमि नगरपालिका लोकन्थली स्थित दिव्यश्वरीका रूपमा  तथा काठमाडौँको जनसेवा  विशालबजार परिसर क्षेत्रमा (महालक्ष्मी मन्दिर परिसरको उत्तरपश्चिम कुनामा) न्युरोड समेतमा पनि स्थापना गरि राखेका गुह्यस्वरीहरु पनि हामी याहाँ दर्शन गर्न  पाउछौं  ।