Wednesday, July 18, 2018

ॐ बहाल र जोर गणेश स्थान परिचय

ॐ बहाल  र जोर गणेश
स्थान परिचय


                  ~~~ ००० ~~
       संघिय गणतान्त्रीक नेपालको ३ नं प्रदेश काठमाण्डौ जिल्ला काठमाण्डौ  माझानगर २३ नं वडा अन्तर्गत पर्ने ॐ बहाल तथा जोरगणेश काठमाण्डको प्रसिध्द स्थानहरु  मध्य एक हुन् । महामञ्जुश्रीले स्थापना गरिएलो प्राचीन नेपाल नेपालमण्डलको पहिलो बस्ती मञ्जुपतन शहर सगै जोडिएको यो क्षेत्र बज्रयानी बुध्दिस्तहरुको बाहुल्यता रहेको अनि वहा: नै वहा:ले भरिएको एउटा सानो बस्ती हो ॐ बहाल र जोरगणेश क्षेत्र  ।
    ॐ भन्नाले प्रतक्ष वैदिक सनातना धर्म संग जोडियको गहण पवित्र अक्षेर अनि पवित्र शब्द हो । वैदिक सनातन धर्ममा मन्त्र उचारण, स्वस्तीक पाठ वा अन्य कुनै पवित्र कार्य गर्दा उचारण हुने पहिलो अक्षेर  नै ॐ हो ।
     बा: वा बहा: भनेको बज्रयान बौध्द सम्प्रदाय भित्रका  नेवा: समुदायको आगन घर रहेको चोक हो जहाँ चारै तर्फ बज्रयानी बौध्द सम्प्रदाय नेवा:हरुको मात्र घर आवास हुन्छ । जसलाई नेवा: भाषामा बहा: भनिन्छन् । जहाँ बज्रयानी बुध्दिस्तहरुको चैत्य, तारा तथा बुध्दका मूर्तिहरु रहेका देखिन्छन्  बहा: लाई नेवा: भाषामा बहि पनि भनिन्छन् ।
      ॐ बहाल ॐ र बहा:( बहाल) संयुक्त हुन गई बन्न गएको छ । वैदिक सनातन धर्मका मूल स्रोत ॐ र बज्रयानी बुध्दिस्त धर्म सम्प्रदायहरुको मूल थलो वहा:( बहाल) समिश्रण भई स्थापित हुन गएको ॐ बहाल वैदिक सनातन धर्म र बज्रयानी बुध्दिस्त धर्मको प्रतक्ष सद्भाव स्थलको रुपमा प्रतिनिधित्व गरिर्हेको प्रस्त देखिन्छ ।
       ॐ बहालका बारेमा केही व्यक्तिहरुको भनाईमा यो ॐ बहाल क्षेत्रको भूभाग नै ॐ आकार रहेको छ त्यसैले नै यस क्षेत्रलाई ॐ बहाल  भन्ने गरेको हो भन्ने भनाई पनि यहाँ रहेको पाईन्छन् । त्यस्तै अर्को एउटा कथन अनुसार बिकमा बहालमा धेरै अघि एउटा सुनको ॐ आकारको ढुङ्गा बिछ्याई राखेको थियोरे त्यसैले त्यस बिकमा वहा: नै वास्तविक ॐ वहा: हुनु पर्ने हो र ॐ आकारको सुनको ढुङ्गा बिछ्याई राखे बहाल भएर नै यश क्षेत्रका समग्र बहालरहेको भूभगको नाम नै ॐ बहाल रहन गएको हो भन्ने कथन समेत एदाकादा सुन्नमा पाईन्छन् ।।
😀
        वैदिक सनातन धर्म र बुध्द धर्म ॐ उचारण गर्ने समुदाय भित्रकै दुई परिवार हो भन्दा सम्भब त: फरक नपर्लान् । त्यसो त: बुध्द धर्मका प्रमूख प्रवर्तक गौत्तम बुध्द   विष्णु भगवानको दश अवतार मध्यका नवौ अवतार हो भनेर वैदिक सनातन धर्म शास्त्र्हरुमा उल्लेखित गरिएको छ तर पनि बुध्दिस्तहरु यसलाई स्विकारन भने संकोच गरेको पाईन्छन्  । ओमकार परिवार भित्रका संप्रदाय भनेर मान्दै आएको बुध्दिस्तहरुले सृष्टिका मुहानका रुपमा परिभाषित भैई सनातनिहरुले अति सम्मानका साथ पुज्दै आएको शिवलिङ्गलाई समेत पुज्ने गरेका बज्रयानी बुध्दिस्तहरुको चैत्यमा शिवलिङ्ग आकार समेत रहेको र पुज्दै आएको  धर्म संस्कार रहि आएको भएतापनी बज्रयानि बुध्दिस्तहरुको बाहुल्यताभित्र रहेको वहा: ( बहाल ) भित्र छुट्टै शिवलिङ्ग रहेको भने काठमाण्डौ महानगर भित्रको २३ न वडा अन्तर्गतमा रहेको ॐ वहा: /ओमबहाल सम्भब त: एक मात्र हुन सक्छ । ॐ शक्तिपुंजका केन्द्र शिवलिङ रहेको बहा: ( बहाल )  भएकै कारण यस क्षेत्र ओमबहा: वा ओम बाहाल
नामले प्रख्यात रहि आएका प्रबल कारण हुन सक्नै देखिन् छन् ।
        जोरगणेशको पश्चिम, चिकंमूगलको पूर्व, यङ्गाल मन्जुश्रीको उत्तर बशन्तपुर कुमारी छें को दक्षिण क्षेत्रमा अवस्थित मिममिम वहा: भित्रको मध्य भागमा रहेको ॐ शक्ति पुँञ्जको केन्द्र शिवलिङ रहेको छ । यस २३ नं वडा भित्र
१. मिममिम बहा: (वास्तविक ॐ बा:) कोता लाछी भित्र
२. त्वाकी बहा: जोर गणेश गल्लि
३. बिकमा बहा:
४. मञ्जुश्रीनक बिहार
५. थानबहा;
६. गवं बहा: - जोरगणेश
७. बाकुं बहा:  इडन होटलको अगादी
८. लोहँ चुक वहाँ:  : जोरगणेस नास: द्य: संगै
९. नबही
१०. सिकंमू बहा:: बशन्तपुर
११. पूण्य वहा: फल्चा सा:
१२. भ्वं बहा: कोत लाछी बाट दक्षिण गंचा ननि
१३. रत्नाकर बहा:
१४. पुन् छें बहा:
लगायत बहालहरु भएको बज्रयानी बुध्दिस्तको बाहुल्यता रहेको क्षेत्रमा  मिममिम (मिमननी)बहालमा शिवलिङ कसरी रहन गयो त: भन्ने बिषयमा त्यहाँका जेष्ठहरुले भने अनुसार धेरै समय अगावै एक ब्राम्हण परिवारका लावारीस शिशु मिनमिन बहालका एक शाक्य बुध्दिस्त परीवारले पालन पोषन गरेर हुर्कायर कयेता पुजा ( ब्रतबन्धन) गर्ने उमेर पुगे पछि शाक्य कुल परम्परा अनुसार बरेछुई गरेर कयता पुजा गर्ने वा बालकको कुल परम्परा अनुसार यज्ञोपवीत (उपनयन, ब्रतबन्ध) संस्कार गर्ने भन्ने निषयमा शाक्य समाजमा कुरा चल्दा    सवैको सल्हा बाट बालकको कुल धर्म वैदिक संस्कार अनुसार नै गर्नु पर्ने निस्कर्ष निकालेपछी शाक्य समाजको संस्कारमा कुनै असर नपर्ने तथा शाक्य समाजको बालकलाई बहाल भित्र नै बरेछुइ गरि संस्कस्र गर्नु पर्ने संस्कार भन्दा बाहिर नजाने गरि मिममिन(मिमननी) वहाँ: भित्र नै शिवलिङ प्रतिस्थापना गरि वैदिक विधि बाट बहाल भित्रै बालकको उपनयनको संस्कार संम्पन्न गरेको भन्ने कथन पाईन्छ । त्यस पछि ॐ शक्ति पुञ्जको केन्द्र सिवलिङ समेत रहेको बहाल भएर त्यस क्षेत्र नै ॐ बहाल हो भन्ने प्रचलन चल्दै गएको हो भन्ने  देखिन्छ ।
      यस ओम बाहाल क्षेत्रमा एकै मन्दिर भित्र संगै जोडेर रहेको जोरगणेश नामले प्रख्यात दुई गणेश रहेका छन् ।  नेवा: परम्परागत बस्तिहरुमा हरेक बस्तिको आ आफ्नो इलाका थान गणेश हुन्छन् र रहि आएका छछन् । सनातनी शैब संम्प्रदाय होस वा बज्रयानी बुध्दिस्त होस नेवा: धर्म संस्कारमा कुनै कर्मकाण्ड संस्कार गर्नु पर्दा अथवा  विशेष पुजा गर्दा आफ्नो इलाका थान गणेशलाई अनिवार्य पुजा अर्चना गर्नु पर्ने धार्मिक परम्परा रहेको तर एउटै मम्दिरमा दुई गणेश याने जोर गणेश भने कहिं कतै नभएको अवस्था पनि यश ओम बहाल क्षेत्रमा एउटै मन्दिरमा गणेशको दुई मूर्ति रहि आएका छन् ।  एउटै मन्दिरमा जोर गणेशका रुपमा एक उभिएको अवस्थाको र अर्को बसेको अवस्थाको जोरगणेश किन र कसरी स्थापना भएको हो भन्ने विषयमा एकिन यसै हो भन्न सक्ने तथ्य तथा कुनै आख्यान आज सम्म नभेतिए तापानी शाक्य परीवारले पालन पोषण गरेको शैव संम्प्रदायका बालकको  उपनयन संस्कार गर्न जसरी जुन अवस्थामा मिनमिन बहालमा शिवलिङ प्रतिस्थापना गरियो
 सोही उपनयन सम्पन्न गर्न बैदिक बिधिबाट वैदिक संस्कारका अग्रज पुजाका अधिकारी श्री गणेश पनि अनिवार्य  आवस्यक भएकाले त्यस क्षेत्रको इलाका थान गणेश संगै जोडेर अर्को एक गणेश बैदिक बिधिबाट प्रतिस्थापन गरेको हुन सक्छन् भनेर अनुमान गर्दा अनुपयुक्त र असान्धर्भिक एवं अन्यथा नहोला कि ?
     ॐ बहाल जोरगणेश क्षेत्रका रैथाने बासिन्दाले आजका दिन सम्म पनि भोग्दै महसुस गरेर आएको एउटा तितो सत्य यो पनि छ कि जोरगणेश क्षेत्रका कोहि एक रैथाने बासिन्दा
कालगती वा अन्य कुनै कारणले मृत्यु बरण गरेमा तेह्रदिन देखि महिना दिन भित्रमा अर्को एक रैथाने बासिन्दाको मृत्यु बरण हुन्दै आएको  छ। यसलाई स्थानिय वासिन्दाले जोरगणेशको नरमाईलो विशेस्ताका रुपमा लिन्दै आएका छन् ।
~~ प्रकाशमान शिल्पकार@@@@

लपुमा पनि ॐ बा: र भक्तपुरक1 तःरी टोलमा न्यातपोल देगल अगाडि पनि जोर गणेश छ।



=========

No comments:

Post a Comment