Monday, January 22, 2018

पुरानो गुह्यश्वरी र पाशुपट क्षेत्रको गुह्यश्वरीको महत्वतामा भिन्नता

पुरानो गुह्यश्वरी र पाशुपट क्षेत्रको  गुह्यश्वरीको महत्वतामा भिन्नता
( शक्तिपीठ परिचय)
~~~०००~~

प्रकाशमान शिल्पकार

      नेपालमाहात्म्य, हिमवत्खण्ड, श्रीस्वस्थानी व्रतकथा आदिमा बताइएको  शक्तिपीठ पु‍राणमा वर्णित ५१ शक्तिपीठ हरू मध्य संसारभरका सनातनिहरुको लागि   विशेष पुजनिए  एक शक्तिपीठ गुह्यश्वरी शक्तिपीठ पनि  एक पीठ हुन् । प्राचीन तन्त्रशास्त्र अनुसार नेपाललाई शाक्त-उपासनाका केन्द्र मानेको छ। त्यस्तै, देवी भागवतले नेपाललाई 'गुहृयकाल्या महास्थानं नेपाले यत प्रतिष्ठितम्' भनेर 'शक्तितीर्थ' का महान् स्थल मानेको छ। कुनै  पौराणिक कथा अनुसार यहा सतीदेवीको दुई घुडा पतन भएको वर्णन गरिएको छ भने स्कन्दपुराणको हिमवत्खण्ड -नेपाल महात्म्यमा)मा तथा भाषा वंशावलीमा, सतीदेवीको गुहृयपतन भएको  वर्णन छ भने स्थानीय लोक विश्वास अनुसार सतीदेवीको योनी पतन भएको किम्बदन्ति रहेको छ | त्यसोत सतीदेवीको योनी पतन भएको भारतको नीलांचल पर्वत, गुवाहाटी, असम भन्ने  स्थलमा हो र त्यस पवित्र स्थलमा कामाख्या शक्तिपीठ उत्पती भएको भन्ने  पनि पुराणमा पाईछन् ।  पुराण कथामा उल्ल्र्खित भए अनुसार सतीदेवीको योनी पतन भएको स्थलमा उत्पती भएको शक्तिपीठ नै देखिन्छन् भने नेपालको श्लेष्मान्तक वनको पाशुपाट क्षेत्रमा रहेको गुह्यश्वरी शक्तिपीठ सतीदेवीको दुई घुडा पतन भई उत्पती भएको शक्तिपीठ देखिन्छन् तर पनि सनातनी नेपालीले गरिन्दै आएको लोक विश्वासले सतीदेवीको योनी नै पतन भएको स्थल कै रुपमा श्रध्दाका साथ पुज्दै आएका छन् ।
         तन्त्र र पुराणमा गुहृयश्वरी पीठको निर्वचन बौद्ध एवं हिन्दू परम्पराअनुसार वर्णन गरिएको पाइन्छ। दुवै मत भगवती गुहृयश्वरीलाई नीलवर्णमा, नीलाम्बर स्वरूपमा तथा कलशको प्रतीकात्मक प्रतिबिम्बमा आस्था पोखेको पाइन्छ।
शिव शक्तिदायिनी माता सतीदेवीको गुह्य ( योनी ) पतनी पतन भएको  स्थलमा उत्पती भएको शक्तिपीठ बएर यसलाई गुह्य शक्ति तथा गुह्यकाली नामले पनि प्रसिध्द हुनुहुन्छ । गुह्यकाली दसमहाविद्या मधयकी एक प्रमूख र पहिलो महा शक्तिदायिनीका रुपममा मान्ने गरेको पाईन्छ । दसमहाविद्याका शक्तिदायिनिहरुको नामा लिन्दा क्रमश: काली, तारा, षोडषी, भुवनेश्वरी, भैरवी, छिन्नमस्ता, धूमावती, बंगलामुखी, मातङ्गी र कमला शक्तिदायिनिहरुको नाम आउछन् ।

        नेपालमा काठमाण्डौं नागरजुन जङल( पर्वत)को फेद गोलढुङ्गाको फूलबारीमा हाल तारकेस्वर नगरपालिका. रहेको पुनो गुह्यस्वरी नामले परिचित गुह्यस्वरी  र पाशुपट क्षेत्रमा रहेको गुह्यस्वरी समेत गरि प्रमूख दुई वटा गुह्यश्वरी शक्तिपीठ रहेको पाईछन् ।
        पुरानो गुह्यश्वरीको मन्दिर बालाजुबाट करीब डेढ किलो मिटर उत्तर साविक गोलड्जुङ्गा गा. वि. स. को हालको नयाँ तारकेश्वर नगरपालिकस्को वडा न, ७ मा पर्ने फुलवारि भन्ने  ठाउँमा रहेको छ । पाशुपट क्षेत्रको गुह्यस्वरीको कलश  अलि गहिरो भूतलमा  अवस्थित छ भने  पुरानो गुह्यस्वरीको कलश केही उठाईएको भूभागमा अवस्थित रहेका छन् । कलशारोहणका गुह्यकुण्डहरु दुबैतिरको दुरुस्तै देखिन्छन् ।
         स्वयम्भू पुराणले पुरानो गुहृयश्वरीलाई प्राचीनतम् मानेर स्वयम्भू उत्पत्तिको पुष्पकमलको नाल नै यिनै कुण्डबाट प्रादुर्भाव भएको मान्दछ। नागार्जुनको पर्वत फेदीमा अवस्थित यस कुण्डको महिमा पीठका रूपमा कालान्तरमा महायान बज्रयानी-कर्मकाण्डले महिमा बढाए पनि वास्तविक मूलस्वरूप भू-गर्भमुनिको पानी वा सृष्टिदेखि कै पानी आद्यजलको तर्पण नै विशेष देखिन्छ। पहिला पितलको थियो तर वर्तमानमा यस स्थलमा चाँदी कै अष्टकमलदलको पुष्पकेशरमाथि कलश आकार स्वरूपले छोपिएको कुण्डलाई नै गुहृयश्वरीका प्रतीक मानेर पुज्ने परम्परा छभने किम्बदन्तिमा देव र असुरले समुन्द्र मन्थन गर्दा निस्किएको कालकुट बीष महादेवले सेवन गरेपछी छटपटाउँदै चिसो ठाउँ खोज्दै गोसाइँकुण्ड जानुभयको समयमा सतीदेवी पनि महादेवको खोजिमा नागार्जुनको फेद हुँदै जाने क्रममा रजस्वला हुनु भई   रजस्वला भएको अवस्थामा यात्रा गर्न समस्या हुने भएकाले त्यहिं चार दिन विस्रामा लिनु भएको  स्थल नै कालन्तरमा गुह्यस्वरी पिठको नामले सवैले पुज्न थाले  । यसरी गोलढुंगा फुलवारी स्थितको गुह्यस्वरी शक्तिपीठ सतीदेवी कै पालामा अर्थात सतीदेवी दक्ष प्रजापतिको यज्ञ कुण्डलमा आहुती दिएर आत्मदाह गर्नु पूर्वको प्राचीन मानिन्छन् । पासुपाट क्षेत्रको गुह्यस्वरीका बारेमा जानकरिमा आई राज्य शक्तिले त्यस तर्फ बढी  ध्यान पुराएकाले यश शक्तिपीठ ओझेलमा पर्दै गएको देखिन्छन् । कति नेपालीलाई त बालाजु  गोलढुंगाको फुलवारीमा एउटा यो गुह्यस्वरी शकिपीठ पनि छ भन्ने थाहा जानकारी समेत भएको देखिन्दैनन् ।

         गुह्यस्वरी ( गुह्यकाली)शक्ति पीठको स्मरण गर्दा  दोस्रो स्थानमा आउने तथापी  नेपालको शक्तिपीठहरु मध्यमा प्रसिध्द पाएको गुह्यस्वरी शक्तशक्तिपीठ हुन् पासुपाट क्ष्त्रमा अवस्थित गुह्यस्वरी हुन् । स्कन्दपुराणको हिमवत्खण्ड -नेपाल महात्म्यमा)मा तथा भाषा वंशावलीमा उल्लेखित गरिए अनुसार सतीदेवीको गुह्य पतन भएको स्थलमा उत्पती हुनुभएका नेपालको श्लेष्मान्तक वनको पाशुपाट क्षेत्रमा रहेको गुह्यश्वरी  प्राचीन कालमा जलमग्न रूपमा गुप्त नै थियो पछि मल्लकालिन समयमा   तान्त्रिक नरसिंह ठाकुरले गुहृयदेवीको यस स्थानमा दर्शन पाएर पूजा-उपासना गरेको वर्णन पाइन्छ भने विश्वनाथ उपाध्याय भट्टले गुहृयश्वरीको स्वरूपलाई, कुण्डमय एवं सत्तलयुक्त बनाउने कार्यअभिभारा तस्तकालिन राज्य बाट लम्वकर्ण भट्ट -लक्ष्मीनारायण भट्ट) लाई दिए बमोजिम तयार बनाएको गुह्यस्वरी शक्तिपीठको  अहिलेको  स्वरुप हो भन्ने कथन रहेको यहाँ पाईन्छन् ।
       यस  पीठमा सर्वप्रथम तेत्तीसकोटी देवताहरूले पूजा-आराधना गरेको विश्वास पनि छ । यस विषयमा गुहृयेश्वरीको महिमा नेपालमाहात्म्य, हिमवत्खण्ड, श्रीस्वस्थानी व्रतकथा आदिमा बताइएको छ। यहाँ देवीहरूको कुनै मूर्ति छैन। सतीदेवीको गुहृय पतन भएको स्थानमा मन्दिरको गर्भगृहमा छ। त्यहाँ एउटा सानो दुलो मात्र छ जहा चाँदीको कलशले ढाकिएको मन्दिरभित्रको जलपूर्ण कुण्डलाई श्रद्धालुहरू देवीको रूपमा पूजा गर्ने गर्दछन्। सतीदेवीको गुहृयस्थलको पतनबाट सिद्ध भएको पीठ मान्ने प्रथा रहे पनि तन्त्र परम्परामा आदिम 'गुहृयक' नामक जातिले पूजा गर्ने देवी हुनाले यिनीलाई 'गुहृयश्वरी' भन्ने गरेको अर्को मत पनि छ। हाल कर्माचार्य( आचाजु) हरु बाट नियम पुजा हुँदै आएको छ ।
          स्कन्दपुराणको केदार खण्डमा वर्णन गरिए अनुसारको मध्यकालदेखि हालको भक्तपुरको मध्यपुर थिमि नगरपालिका लोकन्थली स्थित दिव्यश्वरीका रूपमा  तथा काठमाडौँको जनसेवा  विशालबजार परिसर क्षेत्रमा (महालक्ष्मी मन्दिर परिसरको उत्तरपश्चिम कुनामा) न्युरोड समेतमा पनि स्थापना गरि राखेका गुह्यस्वरीहरु पनि हामी याहाँ दर्शन गर्न  पाउछौं  ।

No comments:

Post a Comment