श्रद्धालु भक्तजनहरु मठ मन्दिरहरुमा अछुत बन्दै ... ?
हाम्रो दृष्टिले देखिने वा नदेखिने अलौकि वा लौकिक शक्तिबाट प्रभावित भई त्यसप्रति तनमनले आदरपूर्ण भाव वा सद्भाव र श्रद्धा भक्तीबाट आएको शब्द हो श्रद्धालु । धार्मिक कार्य वा धर्ममा आस्था अनि विस्वास गर्नेलाई श्रद्धालु भनिन्छ । धार्मिक अर्थमा देवीदवताहरुको वास रहेको स्थल मठ मन्दिरमा आस्था विस्वास राख्ने भक्तलाई श्रद्धालु भनिन्छ । यसरी हेर्ने हो भने देवीदेवता र श्रद्धालु भक्तजनको निकटम सम्वन्ध रहेको हुन्छ । त्यसैकारण पनि प्राचीन काल देखि नै देवीदेवतामा आस्था राख्ने श्रद्भालु भक्तजनहरुले मठ मन्दिरहरुमा स्थापना गरीएका वा अलोकि रुपमा उत्पत्ति भएका भनि किम्बदन्ति संग जोडिएका विभिन्न मूर्त अमूर्त मूर्तिहरुमा अति आस्था र विस्वासले मूर्ति छोएर पूजा अर्चना गरी भक्तिभावका साथ दर्शन गर्ने गरिन्दै आएका छन् । अपवादका रुपमा केहि धर्मुभीरुले र शासक वर्गले मनुष्यजातीमा चार श्रेणी वर्ण विभजान गरि मनुष्यजातीभित्र अछुत समुदाय परिकल्पना गरी लादिएर अछुत भित्र परेका समुदायलाई भने मठ मन्दिर भन्दा पर नै राखि मनुष्यजातीमा असमान व्यवहार गर्दै अन्याए गर्दै आएको सनातनी धर्म समाजको इतिहास छ ।
अछुत भन्नाले सनातनी वर्ण व्यवस्था अनुसार नेपालको हकमा नयाँ मुलुकी ऐन लागु हुनुभन्दा पहिले छुन नहुने वा पानी नचल्ने ; छोइछिटो हाल्नु पर्ने जातिय समुदाय भन्ने रहि आएको छ । सनातनी वर्ण व्यवस्था प्राचीन कालका आदिपुरुष मनु द्वारा रचिएको मानव - धर्म- शास्त्र मनुस्मृति ग्रन्थ विभिन्न कालखण्डमा सम्म आईपुग्दा धर्मुभीरुले आफ्नु अनुकूलता अनुसार परिमार्जन गर्दै मानव मनुष्यजातीमा चार श्रेणी ब्राम्हण, क्षेत्री, वैश्य र शूद्र समेत गरी श्रेणीवर्ण विभजान गरि मनुष्यजातीमा अछुत समुदाय परिकल्पना गरेर लादिएको एक कलंक हो " अछुत" शब्द ।
वर्ण व्यवस्थाले उपल्लो जाती मानिएका श्रद्धालु भक्तजनहरुले भक्तिभावका बहानामा मूर्ति पूजामा लापरबाही गरी आधुनिक केमिकल युक्त अबिर केसरीले मूर्त अमूर्त मूर्तिहरुमा जथाभावी तिलक लगाउने गर्दा मूर्तिहरु छिया छिया पर्द कयौं मूर्तिहरु कुरुप भईसकेको अवस्था छ । त्यस्तै नै भक्तजनले भक्तिभावका बहानामा देवीदेवताको निधारको तिलक लिने क्रममा मूर्तिको निधारमा हातको औँलाको घस्रनबाट निधार प्वाल परिसकेको अवस्था छ । हाम्रो भक्तिभाव यति महान छकि मूर्तिको पाउको तिलक लिएर भक्ति भावले दर्शन गर्नुको सत्ता देवीदेवताको शिरमा रहेको फूल प्रसाद र निधारको तिलक लिएर श्रद्धा भक्ति देखाउछौं । पूजा अर्चा गरी धुप बत्ती बालेर आरति गरी भाव अर्पण गर्नेक्रममा पनि मूर्तिलाई नै छुने गरी आरति गर्ने गर्छौ र बलेको धुप बत्ती जथाभावी राख्ने गर्छौ पनि । कति भक्तजनलेतः मूर्तिकै शिरमा समेत बलेको धूप बत्ती राख्ने गरेको देखिन्छन् । कतिपय भक्तजनहरुत जुत्ता लगाएरै मन्दिर प्रवेश गरी पूजा तथा दर्शन गर्ने गर्छन् । सायद भक्तजनहरुको श्रद्धाभावको मनोवृत्ति बुझेर नै यहाँका श्री पशुपतिनाथमा, भक्तपुरको दत्तात्रि, ईचंगु तथा चाङ्गु नारायण एवं बिजयश्वरी( विज्यास) देवी, बज्रजोगिनि लगायत केहि योगिनि मन्दिरहरुमा पहिला देखि नै पूजारी बाहेक सर्वसाभारण भक्तजनहरुले मूर्ति छोयेर पूजा गर्नमा बन्देज लगाए हुनु पर्छ ।
यहाँका अधिकांश मन्दिरहरुको देवीदेवताको मूर्तिहरु श्रद्धालु भक्तजाहरुकै कारण कुरुप हुँदै गएको यथार्थलाई अब सबैले बुझ्न थालेको छ । यसमा जाग्रुक भक्तजनहरुको चेतना आएर भनौ अथवा स्वयं देवीदेवता स्वयंले नै आफ्नो मुर्ति र मन्दिरको सुरक्षाका लागि आफ्ना श्रद्धालु भक्तजनहरुलाई अब अछुतको दृष्टिले हेर्न थालेर हो, सबै सर्वसाधारण श्रद्धालु भक्तजनलाई मन्दिर प्रवेश प्रवेश गरेर मूर्ति पूजा गर्नमा बन्देज लगाउने क्रम विभिन्न मन्दिरहरुमा धमाधम बढ्दै गएको छ । अब हामीले मन्दिर प्रवेश प्रवेश गरेर मूर्ति पूजा गर्नमा बन्देज लगाएका मन्दिरहरुमा पूजा अर्चना गर्दा मन्दिरको ढोका बाहिरै राखिएको देवीदेवताको प्रतिबिम्ब मूर्ति अथवा मन्दिरको ढोका अगाडि राखिएको गोलाकार भूईदेवता( पिखालाखी) अथा पाउमा आफ्नो श्रद्धाभक्तिले पूजा अर्चना गर्नु पर्ने छ।
साविक देखि मूर्ति छोएर पूजा अर्चना तथा दर्शन गर्दै आईरहेको मन्दिरहरुमा अहिले पूजारी बाहेक अन्य सर्वसाधारण भक्तजनहरुले छोएर पूजा अर्चना तथा दर्शन गर्न बन्देज गरिएका मन्दिरहरुमा क्रमशः श्री अशोक विणायक(मरु गणेश) मरु, श्री गुह्यकाली(गुह्यश्वरी), श्री दक्षिणकाली फर्पिङ, श्री अन्नपूर्ण( असंभुलु अजिमा) असन, श्री हारती अजिमा स्वयम्भू तथा श्री बुढानिलकण्ठ नारायण बुढानिलकण्ठ आदि हुन् ।
~ ० ~
No comments:
Post a Comment