Thursday, August 1, 2019

तात्ततातो कुराउनी खान्दा

तात्ततातो कुराउनी  खान्दा
प्रकाशमान शिल्पकार
      गएको गुरु पूर्णेमाका दिन अर्थात यहि गएको ३१ असारका दिन म र नुवाकोट घर भई हाल स्यूचाटार बस्नु हुने ८३ वर्षिय बयोबृध्द हरी प्रशाद खनालजी संग भक्तपुर चाङ्गुनारायण नगरपालिका वडा नं ७ स्थित एतिहासिक पूण्य तिर्थस्थ बागेश्वरी माहादेब र बिरा त्रिबेणि धाममा जाने अवसर पाएका थियौ । गुरु पूर्णेको एकदिन अगादि नै भोलि  बिहान ६ बजे नै जाने भन्ने हामी दुईको सल्लाह भएकाले ३१ गते मङ्गरवार बिहान ४;३० बजे उठेर तयार भए । बिहानको नित्य कर्म सकाए ५ बजे एक कप कालो चिया खाए । मलाई हाम्रो देशको राष्ट्रिय रोग ग्यास्तिक भएकाले बिहान उठ्नासाथ तत्काल थर्मसमारहेको एक गिलास तातो पानी bed hot watter खाने र नित्यकर्म पश्चयात एक कप कालो चिया खाने बानी नै परिसकेको थियो । चिया खायर एटा सानो छाता साथमा लिएर ५:३० बजे घरबाट निस्केर श्री कलङ्की माई/ कल्खु अजिमा दर्शन गरेंर बृध्द खनालको प्रतिक्षामा रहे । 
        खनालजी समयको निकै ख्याल राख्नु हुदो रहेछ ठीक ६:०० बजे कलङ्की मन्दिरमा अाईपुग्नुभो र वहाँले कलङ्की माता दर्शन गर्नु भए पछि हामी दुबै जना संयुक्त यातायातको सार्वजनिक बसमा बसेर गोङ्गबुँ बसपार्क बाट भक्तपुर बागेश्वरी हेल्ठपोष्ट सम्मको रुत गाडी पाउने अासमा नयाँ बसपार्क तर्फ हुईकियौ । बसपार्कमा बसबाट अोर्लेर भक्तपुुर बागेश्वरी हेल्थपोष्ट सम्म जाने रुट बस खोजि गर्दा बस अाएको छैन भन्ने थाहापाए पछि हामी भक्तपुर कमलबिनणायक रुट गाडीमा बसेर गयौ । बस कमफबिणायक रोके पछि हामी दुबई बस बाट ओर्लेर नगरकोट जाने बाटो तर्फ लागेर त्यहाँबाट बागेश्वरी हेल्थ पोष्ट जान बस खोज्यौ तर दुर्भाग्य बागेश्वरी हेल्थ पोष्ठको सडक बिग्रेकाले बस नचलेको भन्ने हामिले जानकारि पायौ । बस चल्या छैनन् रे त के गर्ने भनरे मईले खनाल जीलाई सोधे । तिर्थमा जाने भनेर अाए पछि हिडेरै भए पनि जाने भन्दै थियो म भने  सरस्वति थान जितपुरको गाडीबाट बागेश्वरी जान बाटो छ छैन बुज्दै थिएँ । नभन्दै जितपुरको गाडि बाट पनि जान सकिन्छ भन्न थाहा पाएँ र हामी सरस्वति थान र जितपुर जाने बसमा चढ्यौ ।
      बसमा चढेर सिटमा बसे पछि चालकलाई बागेश्वरी महादेब मन्दिर सम्म जाने अनुकुल ठाउँमा हामीलाई वरालिदिन अनुरोध  गर्दा बसमा पहिला नै बस्दै गरेका भद्र महिला रूषको एक जोडिले हामी पनि त्यतै नै जान लागेको हो भनेकाले हामी ढुक्क भयौ किनकि हामिलाई  जितपुरबाट बागेश्वरी जाने बाटो धाहा थिएनन् । उक्त भद्र महिला पूरुष संग बागेश्वरी महादेबका पौराणिक महत्वका बारेमा कुरा गर्दै मईले गुरु पूर्ण्यमा दिन त्यहा मेला लाग्ने भनेर प्रचलित पञ्चाङगमा पनि लेखे छ भन्दा पात्रमा समेत लेखेको छ भन्ने वाहाँरुलाई जानकारि रहेन छ ।
       मईले अाफुलाई थाहा भएनुसार बागेश्वरी महादेब र त्यहाको बिरा, भद्रा र तमसा नदि तथा त्यस्को धार्मिक तथा ऐतिहासिक महत्वका वारेमा छोटकरीमा परिचयात्मक जानकारि दिन्दै भन्दै गए -
       ॐ नमः बागिश्वरायका पूण्य भूमि प्राचीन नेपाल निर्माता महामञ्जुश्री तातकालिन तिबतको राज्य ल्हासा बाट भूमिगत मार्ग हुँदै थाकलमथको एउटा अोदार बाट यहाँ अागमन भएको ऐतिहासिक स्थल रहेको हिमवत्खण्ड नेपालमण्डलको महमण्डलेस्वर पहाड( रत्नचुड पर्वत )को काखमा अवस्थि अति तपोभूमि  पर्वत जहाँ पौराणिक कालका एक खतरनाक दस्यु रत्नाकर जस्को प्रमूख पेशा नै मानिसको हत्या गर्नु र लुत्नु रहेका थिए । उनै रत्नाकर डाका देवऋषि नारदमूनिको कृपाले सत्मार्गमा अाउनु भई नारदमुनिले दिनु भएको बिपरित राम नाम मन्त्र अर्थात " मरा " मन्त्र जपेर घोर तपस्या गरि तपसिध्द हुन गई वाल्मीकि नामबाट पौराणिकालमा अति ख्याति हुनु भई  रामायण रचयिताको वाल्मीकि ऋषिको सिध्दभूमि हो।
        नेपाल महात्मेमा उल्लेख भए अनुसार  दोलागिरी पर्वतको आग्ने कोणमा विरा नदि र भद्रा नदि नामक दुई नदिहरुको संगम स्थलको दोभानमा तेजस्वी ऋषिमुनिहरु बाट नदिहरुमा सर्वश्रेष्ठ भएकी तमसा नदिलाई तपशक्ती बाट आह्वान गरि गुप्तरुपमा गंगा बहण हुने गरि त्रीवेणि धामको रुप दिनु भएको र पछि यश त्रीवेणि धाममा घटोत्कच, आदि जस्ता तपोवलका हजारौ ऋषिमुनिहरु आई तपस्या गति सिध्दी प्राप्त गरेको भन्दै बागेस्वरी महादेव र विरा घाट त्रीवेणी धामको महिमा उल्लेखित गरेको पाईन्छन् । 
         वैदिक सनातनी धर्म संस्कार अनुसार गुरुलाई सम्मान प्रदान गर्ने पर्वकारुपमा सनातन देखि चल्दै आएको आषाद गुरु पूर्णिमा ( दिला पून्ही) मा यस बागेस्वरी विरा घाट त्रीवेणी धाममा स्नान गरि बागेस्वरी महादेवको दर्शन गरेमा  ( वाल्मीकि ऋषिले स्थापना गरिएको शिवलिङ्ग भएर बागीस्व महादेव भनेका हुन् । बागीस्वर महादेवको दर्धन गर्नाले वाणीको ऐस्वर्य बढ्ने छ । आषाद पूर्णिमा ( गुरु पूर्णेमा) कादिन दर्शन गर्नाले अक्षय स्वर्ग प्राप्ती हुनेछ ।
नेपालमहात्मय् तृतिय अध्याय्   स्लोक नं ।। १९-२० ।।)
 अक्षय फल प्राप्त हुन्छ भन्ने धार्मिक आस्था र विस्वास रहि आएको पाईन्छ न् । सायद यसैले नै पञ्चाङ्ग ( पात्रमा ) गुरु पूर्णिमाका दिन भक्तपुरको विरा नदिमा स्नान गर्ने भन्ने समेत चाद पर्व विवरणमा उल्लेखित गर्दै आएको पाईन्छन् । प्रचार प्रसारको अभाभमा यस तिर्थस्थलको महिमा र महत्व धर्म शास्त्रहरुमा मात्र  सिमित हुँदै गई पूण्य तिर्थस्थल नै ओझलमा पर्दै लोप नै हुने स्थितिमा पुगेको अवस्था छ । यस तिर्थस्थलको र यहाँको महिमाका बारेमा व्यापक प्रचार प्रसार गर्न सकियमा आन्तरिक तथा बाहिय धार्मिक पर्यतकहरुलाई आकर्षित गर्न सकिन्छन् । 
         यस बागेस्वरी विरा घाट त्रीवेणी धामको पूर्व तर्फ यसै पर्वतको काखमा विद्या शुभारम्भ गर्दा गुरु बाट प्रदान गरिने पहिलो वाक्य " ॐ नम: बागिस्वराय " का बिज्ञ गुरु तथा  प्राचीन नेपालका निर्माता महामञ्जुश्री तिवतको ल्हासाबाट भूमिगत मार्ग हुँदै आगमन हुनु भएको भूमिगत मार्गको गुफाको द्वार ( पाक्व) रहेको छ । जसलाई स्थानियहरुले ल्हासा पाक्व ससुद्य: (सस्युुुुद्यः) भनि अति सम्मानका साथ पुज्दै आएको पावन स्थल रहेको छ । त्यस्तै यस पर्वतमा बागेस्वरीको अलि माथी उतर पश्विममा बागेहिटी रहेको छ । यो बागेहिटी माछाको मुखको आकारको धुङ्गे धाराबाट पानी अविरल आईरहेको छ भने यस बागेहिटी परिसरमा करिव १४ सय वर्ष अगावैको त्रीशिवलिङ्ग छ जुन एक शिवलिङ्ग माथी अर्को शिवलिङ्ग र त्यसमाथी अर्को शिवलिङ्ग खप्टिएयर रहेको त्रीशिवलिङ्ग हेर्न देख्न सक्छौ ।
          म बागेशेवरी महादेबका बारेमा अजै थप कुराहरु भन्दै थिएँ त्यतिकैमा गाडी चालकले जितपुरको एक ठाउँमा गाडी रोक्दै    सडकको उत्तर तर्फको धान रोपिराखेको खेतको डिल बाटो देखाउदै तपाईहरु यता बाट खेतको डिलैयिलबाट जानुस भनेर बागेश्वरी महादेब मन्दिर जाने हामी चारजना  वरालेर गाडि सरस्वतिथान तर्फ अगि बढे । त्यति बेला सम्म घडीमा ९:०० बजी सकेका थिए ।
        महीला पूरुष  खेतको डिल बाटो देखेर अलमलिन्दै यो बाटो हैन जस्तो छ चालकले हामीलाई निकै तल वरालेर गए जस्तो छ भन्दै बस गए तर्फ नै पैदल गयो हामी दुई भने सडकबाट तल लाग्दै त्यही धानखेतको अालि बाटो बाटै बागेश्वर महादेब तर्फ लाग्यौ । अालि बाटो हिलाम्मे थियो दुईतिन पाइला तः हिलाम्मेमा पुरै धसिहाल्यो । करिब पन्ध्र मिनेट जति हिडे पछि बागेश्वरी हेल्थपोष्ट अगादिको सडकमा पुग्यौ । बागेश्वरी सडक बस चलाउन नहुने अवस्थामा रहेको पाइयो ।
         हेल्थपोष्ट बाट कच्चि सडक हुँदै हामी उकालो चढ्दै गयौ बाटामा हामीले बागेश्वरी महादेब पूजा गरेर फर्केका भक्तजनहरु देख्यौ । करिब पन्ध्र मिनेटको उकालो चढे पछि हामी बाटो बाट दायाँ तर्फ अलि भित्र गोरेटो बाटो भित्र रहेको बागेश्वरी महादेब मन्दिर प्राङ्गणमा पुग्यौ । मईले अाफ्नो नाडी घडीमा  त्यतिबेला १०:०० ुबजेको पाएँ ।मन्दिर प्राङ्गणमा भक्तजनहरुको भिड थियो । मन्दिर प्राङ्गणमा मै रहेको हल जस्तो ठाउमा केही भक्तजनहरु धार्मिक प्रवचन गर्दै गरेको देखिन्थ्यो । हामी अमूर्त बागेश्वरी महादेब सामु समुपस्थित श्रध्दा र भक्तिका साथ नतमस्तक भई सिरझुकायौ त्यहि मन्दिर परिसरमै रहेको बिरा, भद्रा र तमसा नदिको त्रिवेणी तर्फ जान केहि खुत्किलाहरुबाट तल झरेर त्रिवेणीमा हातमुख धोइ अाचमन गरेर पुनः माथि गयर म  अमूर्त बागेश्वरी महादेब अगालि घुँडा टेकेर दूईहात जोडेर मनमनले महायोगि श्रीश्रीश्री मुरु गोरखनाथ, निखिलेश्वरानन्द, कुलगुरु बिश्वकर्मा र गुर बाल्मिकिलाई स्मरण गर्ददै महादेबलाई नमनगर्दै ढोक गरें । खनालजी भने झोला बाट पूजाका सामाग्री निकालेर पूजा अर्चना गरे अनि एक ठाउमा बसेर जप पाठ गर्न थाल्नुभो म चाहिं प्रवचन गर्दै गरेको हलमा हेर्न गएँ त्यहा प्रवचन कार्क्रमा रहनु भएका भक्तवनहरुको हुलमा मईले परिचित दुईजना सजनहरु युवा संस्कृतिबिद ॐ धौवदेल र स्थानिय प्रेम प्रशाद काफ्लेजीलाई देखे । धौबडेलजीले मलाई देख्नासाथ हात उठाउनु भो मईले दुईहात जोडेर अभीवादन फर्काए । धौबडेललजी संग मेरो सामाजिक संजाल फेशबुकमा मात्र सिमित परिचय थियो तर अाज हाम्रो प्रत्यक्ष परिचित हुने अवस्था गुरु पूर्णेमाले सृजना गरेको देखिन्थ्यो ।  प्रवचन चल्दै नै थियो म पुनः त्यहाँ बाट बाहिरिएर अाफ्नो मोबाइलको क्यामराले मन्दिर, त्रिवेणी र प्रवचनको केही चलछाया कैद गरें करिब १०:३० बजेतिर बागेश्वरी महादेब मन्दिर प्राङ्ण भन्दा माथि ६४ शिवलिङ् भएको उकालोको गोरेटो बाट हुँदै अघि बसमा अाउदा भेटेका महिला पूरुष तल झर्दै गरेको देखें । वहाँहरु लाई मईले ए.... तपाईहरु भरखर अाईपुग्नु भो ? भने अनि वहाँहरुले अँ गाडि तल रोके छ समथर बाटो अलि माथि रहेछ हामी त्यहि बाटो हुँदै अाएकाले ढिलाइ भयो ,हिड्न नसक्नेलाई लाई चालकले गर्दा झन बढि हिडेर अाउनु पर्यो भन्दै मन्दिर प्राङ्गणमा अाई पुग्नु भयो । खनालजीको जपपाठ अझै चल्दै नै थियो म पुनः प्रवचन सुन्न कार्यक्रम स्थलमा गएर बसें ।
       केही बेर पछि प्रवचन सके पश्च्यात सामुहिकरुपमा वाल्मीकि गुरुध्वजा पुजन भयो म प,नि त्यसमा समावेस भएर ध्वजा पूजन र धोक  गरें । त्यस पश्च्यात पुनः त्रि-लेखकले लेख्नु भएको साँखु देखि बागेश्वरी हनुमान घाट सम्मको नामको पुस्तकको पाण्डुलिपि त्रि-लेखक अा-अाफुले बागेश्वर महादेब संरक्षण समितिका अध्यक्ष....... लाई हस्तान्तरण गरेका थिए । साँखुका बारेमा प्रकाशमान श्रेष्ठ, बागेश्वर महादेबका बारेमा प्रेम प्रशाद काफ्लेफे र भक्तपुर हनुमान घाट सम्मका बारेमा युवा  संस्कृतिबिद ॐ धौबदेलजीले लेख्नु भएका थिए । सम्पूर्ण कार्यक्रम सकेपछि धौबदेलजी संग मेरो प्रत्यक्ष पहिलो पटक भेटभएर सानो कुराकानी भएका थिए । साउन महिनाको अन्तिम दिन भएकाले अाफ्नो कार्यालयको अाफु जिम्मामा रहेका हिसाब किताब क्लोजिन गर्नु पर्ने भन्दै हतार मान्दै बिदालिन्दै जानू भयो । घडिको सूईले ११:०० देखाई सकेका थिए । खनालजीले पनि अाफ्नो जपपाठ सिध्याईको सकेर उठिसकेका रहेछन्। खनालजी लाई भोक लाग्न थालेकाले होलान् अब यता कतातिर दूध दहि पाउला भन्न थाले ।  तलतिर पाईन्छन् होला भन्दै हामी त्यहाँ बाट फर्कन तयार भयौ ।
      पुनः एक पटक बागेश्वर महादेबलाई धोकेर हामी मन्दिर प्राङणबाहिर अायौ । अघि धान खेतबाट अाउदा हिलाम्मेमा टेकेर अाउनु परेकाले भए सम्म हिलोमा टेक्न नपरोस भनी अघि हामी संगै बसमा अाएका तर धान खेतको अालि बाटो बाट नअाई जितपुरको माथिलो कचि बाटो बाट महिलापूरुष अाएको बाटो बाट जान ६४ शिवलिङ तर्फ लाग्यौ सबै शिवलिङकको परिक्रमा गरि कच्चि बाटो हुँदै जितपुर पानी ट्याङ्की घुम्ती सडक तर्फ गयौ । बाटोमा भेटिएका र खेतमा काम गर्दै गरेका मानिस लाई यता लुध दही कता पाउँछन् भन्दै खनालजी सोधखोज गर्दै अघि बढ्दै थियो करिब पन्ध्र मिनट हिडे पश्च्यात मूल सडकमा पुग्यो । मूलसडक बाट माथि उकालो गयो भने ल्हासापाक्व सःस्यु द्यः / सरस्वतिथान पुग्ने भएकाले हामी तल वरालो झर्दै गयो । खनालजी त्यहा देखापरेका पसलहरुमा दूध दही खोज्दै थिए ।
     हामी वरालो झर्दैजादा करिब दस मिनट पछि अघि हामी बसबाट वर्लेको थाउ नाघि घुम्ति चौतारा र सानो मनदिर नाघे पछि सडकको दायाँ छेउमा एउटा सानो सूचना पाटीमा खुवा यता पाईन्छ भनेर लेखिएको देखियो । हामी त्यतै लाग्यौ सडक भन्दा भित्रको एक घरको छिँढीमा खुवा बनाउदै गरेको कारखाना देखियो । खुवा कारखानामा दूईजना खुवा मिस्त्रि पाँच वटा अागो दन्किरहेको चुलोमाथि राखिएको ठूलो कराईमा
हरुमा  कुराउनि घोट्दै थिए । खनालजी कुराउनी घोट्दै गरेका मिस्त्रिलाई यहाँ तात्ततातो दूध पाईन्छ भन्दै त्यहाँ रहेको मुडामा बसे । खुवा मिस्त्रिले पनि पान्छ भन्दै हामीलाई स्वागत गरेर बसालेर अर्को भित्रको छिँढीमा बसेका महीलालाई दुई गिलास तातो वहाँहरूलाई दिनु तः भन्दै अादेशसूचकमा अावाज लगाए । मईले भनृ कुराउनि घोट्दै गरेको दृश्यलाई अाफ्नो मोबाइलमा कैद गर्ने मनसायले खल्तिबाट मोबाइल निकाल्दै भिडयो खिच्न मिल्छ भन्दै प्रश्न गरें खुवामिस्त्रिले पनि हुन्छ किन नहुनु र भन्ने जवाफ पाए पछि करिब   मिनटको कुराउनि बनाउदै गरेको चलचित्रछाया याने भिडियो लिए ।
    भित्रको छिँढी बाट एक अधबैसे महिला स्तिलको दुई चियाग्लासमा भरि तातो लुध लिएर बाहिर अाएर हाम्रो अगाडि राखे। खनालजी भने हैन दुई दुई गिलास नै ल्याउनु भन्नू भो । मईले भने हैन मत एक गिलास मात्र खान्छु भने तरखनालजी चाहिँ हैन दुई गिलास नै पिउनु पर्छ भन्दै कामदार र गरे । दूध ल्याउने महीला योनि खानुस न म पछि एक एक गिलास थपिहाल्छुनि भन्नू भो तर खनालजी भने है न अहिले नै ल्याउनुि भन्नू भो र महीलाले पनि हामी दुबैजनाको अगाडि भरिएको तात्ततातो दुई दुई गिलास दूध राखि दिए । मईले अनकनाई अनकनाई दूध खानथाले । एउटा गिलासको दूध रित्तिया छैन खुवा पनि खानु पर्छ भनी खनालजी भन्नू भो  मईले म खान्न बरु घरको लागि एक पाउ लाने भने तर खनालजी हैन खानै पर्छ भन्नथाले खुवामिस्त्र पनि खुवा कारखानामा अाए पछि खुवा खानु पर्छ सय् सय् खानुस भन्दै भित्रको छिँढिमा रहेका महीलाई दुईथाममा सय सय ग्राम ताताो खुवा रादेर लिनु भने र महिलाले पनि तात्ततातो खसवा रिकापिमा राखेर एउटा काठको चम्चा सहित लिए । रित्तो गिलास भुईमा राखेर खुवाभएको स्तिलको रिकापी हातमा लिएर भिनिस्ता काठको चम्चाले तात्ततातो कुराउनी फु फु गर्दै मुखमा हाले । तातत्ततातो कुराउनी कहिले नखाएको र एक गिलास तातो लुध खाएको लगत्तै खाएकोले होकि मलाई कुराउनि खासै स्वादिलो लागेन तै पनि फु फु गर्दै बिस्तारै खान सकाएर पुनः अगादि राखेको एक गिलास दूध पनि खाएर गिलास रित्याए । त्यति बेला सम्म हामी दुब‌लाई घरकोलागि एक एक पाउ कुराउनी पोलिथिन झोलामा हालेर दिए । दूध र खुवाको पैसा दिएर हामी तल झर्दै गयौ बस कुर्नुको सत्ता बिस्तारै हिडडै गयौ। नाडी घडीले मध्यानको १२:०० देखाईसकेको थियो । केहिबेर हिडे पछि पछादि बाट बस अाएको अावाज अाएकाले हामीले बस रोकेर चढ्यौ ।
    बसले अन्तिम बिसाउनि कमलबिणायकमा हामीलाई वराले पछि हामी कमलबिणनयक बसपार्क बाट रत्नपार्क जाने अर्को बसमा चढेर काठमाण्डौ तर्फ अायौ ।  बस कोटेश्वर नपुग्दै मेरो पेटले हल्का हल्का अावाज दिन थालिसकेका थिए । मईले खनालजी तपाईं सिधा सहित गेतमा वर्लिनुस म बबरमहलमा वर्लनछु मेरो काठमाण्डौ जिल्ला अदालतमा मेरो मित्र कपिल तुलाधारको अाज मुदा पेशि भएकाले म जानू पर्छ भने । कोटेश्वर अाईपुगे पछि खनालजी यहीं बाट कलंकी जाने बागमती यातायतको माईक्रोमा बसेर जान्छु भन्दै त्यहि कोटेश्वरमा वर्ले म भने त्यहि बसमा ने बसेर बबरमहलमा वर्लेर अदातमा गए । अदातको खाजा समय भएकाले कपिललाई मईले अदालतको चमेना गृहमा मलाई कुरेर बसेको भेटाए । मुदाको बहस सकिसकेको अब निर्णय सुनाउन र सुन्न बाकि छ भनी कपिले भनेकाले म पनि त्यहि प्रतिक्षामा बसें । मेरो पेटमा गुर गुर  कुर कुर अावाज अाउदै थियो । केही छिन पछि तः मलाई ट्वाईलेट जान हतार भईसकेकाले ट्याईलेट गएर अाफुलाई हल्का गरे यो क्रम दोहोरिन्दै गयो । बेन्चले मुदाको निर्णय सुनाएको थिएन। समय अपरान्हको ४ः३० बजि सकेका थिए ४:४५ मा मुदाको निर्णय बाहिर अायो बादि दाबि पुग्ने निर्णय भए छ याने हामी जिते छ । हामी दुबईको अनुहारमा मुदा जितेको खुसिछाएको थियो । खुसिको खबर लिएर मुस्कान सहित म मित्र कपिलको बाईकमा बसेर हामी अदालत बाटबाहिरियर फिब्व ख्यः/ माईति मण्डला तर्फ लाग्यौ मण्डलामा लोकसेवा अायोगको असमाबेसी बिग्यापन बिरुध्द धर्नामा अान्दोलनकारि बसिरहेका थिए मलाई पनि त्यो धर्नामा एक छिन भए पनि जान मन थियो तर मेरो पेटले त्यो गर्न दिएन त्यसैले मलाई घरमा पु्र्याउनु भनी कपिललाई भने उनले पनि मलाई सिधा कलङ्कीमा पुर्याए फर्के म घर भित्र पुग्नासाध ट्वाईलेटमा गए घरमा पनि करिब रातिको ८:०० सम्म तीन चार पटक दोहराायर तेहरायर ट्वाईलेट गए । धन्न ८ बजे पश्च्यात त्यो क्रम रोकियो ।
     मलई मेरो मनमा कुरा खेल्दै थियो मलाई त: तात्ततातो कुराउनी खाँदा पेटले यस्तो समस्या दियो भने हरी प्रशाद खनाल तः ८३ वर्षका बृध्द झन् उनलाई के भयो होला भन्ने मनमा अनेक कुरा खेल्न थालेका थिए । वहाँको खबर बुझ्न वहाँको मोबाइलमा फोन गरें उताबा सम्पर्क हुन नसकेको मोबाइल बम्पनिको रेडिमेद जवाफ फर्कियो । मनमा अनेक कुरा खेलाउदै हल्का खाना खाएर सुते ।
    साउन ३१ गते बिहान उठेर नित्यकर्म सकाई अाफ्नो नियमित काममा लागे । कलङ्की मन्दिरमा असार ३१ अर्थात गुरुपूर्णेबाट चतुरमाष कथा सुरुभएकाले खनालजि पनि कथा स्रवन गर्न अाउनु पर्ने त्यो दिन अाएन  कलङ्की मन्दिरमा हुने प्रत्या एकादशि महात्म्य कथा नियमितरुपमा स्रवन गर्न अाउनुने खनलाजी चतुरमाश कथा स्रवन गर्न अाउानु भएन मईले पुनः मोबाइलमा फोन गरे् सम्पर्क हुन सकेन भन्नेउहि रेडिमेड जवाफअाईरह्यो । खनालजी चार पाँच दिन सम्म पनि चतुरमाष कथा स्रवन गर्नै अाउनु भएन न मोबाइलमा नै सम्पर्क नै भयो । छ दिन पछि खनालजी कथा स्रवन गर्न अाउनु भयो । मईले वहाझलाई भेट्ना साथ क्याहो तात्ततातो कुराउनीले लाग्योकि क्याहो भन्दै प्रश्न गरें । जवाफमा खनालजीले केही नभएको जपाफ दिनुभो । अनि यति दिन सम्म किन नअाउनु भएकोनि ? अनि मोबाइल के भएको जति फोन गरेनि सम्पर्क हुन सकेन भन्छ भने । वहाँ बाहिर गएकाले कथा स्रवन गर्न अाउन नपाएको मोबाईल नं. परिवर्तन भएको भन्ने जवाफले म तः जिल्ल नै परें ! म ५८ वर्षका व्यक्तिलाई तात्ततातो कुराउनी  नपच्ने ८३ वर्षिय वृध्दालाई चाहिँ पच्ने ? अचम्च भएन तः ?
      तात्ततातो कुराउनी  खान्दा
      गएको गुरु पूर्णेमाका दिन अर्थात यहि गएको ३१ असारका दिन म र नुवाकोट घर भई हाल स्यूचाटार बस्नु हुने ८३ वर्षिय बयोबृध्द हरी प्रशाद खनालजी संग भक्तपुर चाङ्गुनारायण नगरपालिका वडा नं ७ स्थित एतिहासिक पूण्य तिर्थस्थ बागेश्वरी माहादेब र बिरा त्रिबेणि धाममा जने खवसर पाएका थियौ । गुरु पूर्णेको एकदिन अगादि नै भोलि  बिहान ६ बजे नै जाने भन्ने हामी दुईको सल्लाह भएकाले ३१ गते मङ्गरवार बिहान ४;३० बजे उठेर तयार भए । बिहानको नित्य कर्म सकाए ५ बजे एक कप कालो चिया खाए । मलाई हाम्रो देशको राष्ट्रिय रोग ग्यास्तिक भएकाले बिहान उठ्नासाथ तत्काल थर्मसमारहेको एक गिलास तातो पानी bed hot watter खाने र नित्यकर्म पश्चयात एक कप कालो चिया खाने बानी नै परिसकेको थियो । चिया खायर एटा सानो छाता साथमा लिएर ५:३० बजे घरबाट निस्केर श्री कलङ्की माई/ कल्खु अजिमा दर्शन गरेंर बृध्द खनालको प्रतिक्षामा रहे । 
        खनालजी समयको निकै ख्याल राख्नु हुदो रहेछ ठीक ६:०० बजे कलङ्की मन्दिरमा अाईपुग्नुभो र वहाँले कलङ्की माता दर्शन गर्नु भए पछि हामी दुबै जना संयुक्त यातायातको सार्वजनिक बसमा बसेर गोङ्गबुँ बसपार्क बाट भक्तपुर बागेश्वरी हेल्ठपोष्ट सम्मको रुत गाडी पाउने अासमा नयाँ बसपार्क तर्फ हुईकियौ । बसपार्कमा बसबाट अोर्लेर भक्तपुुर बागेश्वरी हेल्थपोष्ट सम्म जाने रुट बस खोजि गर्दा बस अाएको छैन भन्ने थाहापाए पछि हामी भक्तपुर कमलबिनणायक रुट गाडीमा बसेर गयौ । बस कमफबिणायक रोके पछि हामी दुबई बस बाट ओर्लेर नगरकोट जाने बाटो तर्फ लागेर त्यहाँबाट बागेश्वरी हेल्थ पोष्ट जान बस खोज्यौ तर दुर्भाग्य बागेश्वरी हेल्थ पोष्ठको सडक बिग्रेकाले बस नचलेको भन्ने हामिले जानकारि पायौ । बस चल्या छैनन् रे त के गर्ने भनरे मईले खनाल जीलाई सोधे । तिर्थमा जाने भनेर अाए पछि हिडेरै भए पनि जाने भन्दै थियो म भने  सरस्वति थान जितपुरको गाडीबाट बागेश्वरी जान बाटो छ छैन बुज्दै थिएँ । नभन्दै जितपुरको गाडि बाट पनि जान सकिन्छ भन्न थाहा पाएँ र हामी सरस्वति थान र जितपुर जाने बसमा चढ्यौ ।
      बसमा चढेर सिटमा बसे पछि चालकलाई बागेश्वरी महादेब मन्दिर सम्म जाने अनुकुल ठाउँमा हामीलाई वरालिदिन अनुरोध  गर्दा बसमा पहिला नै बस्दै गरेका भद्र महिला रूषको एक जोडिले हामी पनि त्यतै नै जान लागेको हो भनेकाले हामी ढुक्क भयौ किनकि हामिलाई  जितपुरबाट बागेश्वरी जाने बाटो धाहा थिएनन् । उक्त भद्र महिला पूरुष संग बागेश्वरी महादेबका पौराणिक महत्वका बारेमा कुरा गर्दै मईले गुरु पूर्ण्यमा दिन त्यहा मेला लाग्ने भनेर प्रचलित पञ्चाङगमा पनि लेखे छ भन्दा पात्रमा समेत लेखेको छ भन्ने वाहाँरुलाई जानकारि रहेन छ ।
       मईले अाफुलाई थाहा भएनुसार बागेश्वरी महादेब र त्यहाको बिरा, भद्रा र तमसा नदि तथा त्यस्को धार्मिक तथा ऐतिहासिक महत्वका वारेमा छोटकरीमा परिचयात्मक जानकारि दिन्दै भन्दै गए - 
       ॐ नमः बागिश्वरायका पूण्य भूमि प्राचीन नेपाल निर्माता महामञ्जुश्री तातकालिन तिबतको राज्य ल्हासा बाट भूमिगत मार्ग हुँदै थाकलमथको एउटा अोदार बाट यहाँ अागमन भएको ऐतिहासिक स्थल रहेको हिमवत्खण्ड नेपालमण्डलको महमण्डलेस्वर पहाड( रत्नचुड पर्वत )को काखमा अवस्थि अति तपोभूमि  पर्वत जहाँ पौराणिक कालका एक खतरनाक दस्यु रत्नाकर जस्को प्रमूख पेशा नै मानिसको हत्या गर्नु र लुत्नु रहेका थिए । उनै रत्नाकर डाका देवऋषि नारदमूनिको कृपाले सत्मार्गमा अाउनु भई नारदमुनिले दिनु भएको बिपरित राम नाम मन्त्र अर्थात " मरा " मन्त्र जपेर घोर तपस्या गरि तपसिध्द हुन गई वाल्मीकि नामबाट पौराणिकालमा अति ख्याति हुनु भई  रामायण रचयिताको वाल्मीकि ऋषिको सिध्दभूमि हो।
        नेपाल महात्मेमा उल्लेख भए अनुसार  दोलागिरी पर्वतको आग्ने कोणमा विरा नदि र भद्रा नदि नामक दुई नदिहरुको संगम स्थलको दोभानमा तेजस्वी ऋषिमुनिहरु बाट नदिहरुमा सर्वश्रेष्ठ भएकी तमसा नदिलाई तपशक्ती बाट आह्वान गरि गुप्तरुपमा गंगा बहण हुने गरि त्रीवेणि धामको रुप दिनु भएको र पछि यश त्रीवेणि धाममा घटोत्कच, आदि जस्ता तपोवलका हजारौ ऋषिमुनिहरु आई तपस्या गति सिध्दी प्राप्त गरेको भन्दै बागेस्वरी महादेव र विरा घाट त्रीवेणी धामको महिमा उल्लेखित गरेको पाईन्छन् । 
         वैदिक सनातनी धर्म संस्कार अनुसार गुरुलाई सम्मान प्रदान गर्ने पर्वकारुपमा सनातन देखि चल्दै आएको आषाद गुरु पूर्णिमा ( दिला पून्ही) मा यस बागेस्वरी विरा घाट त्रीवेणी धाममा स्नान गरि बागेस्वरी महादेवको दर्शन गरेमा  ( वाल्मीकि ऋषिले स्थापना गरिएको शिवलिङ्ग भएर बागीस्व महादेव भनेका हुन् । बागीस्वर महादेवको दर्धन गर्नाले वाणीको ऐस्वर्य बढ्ने छ । आषाद पूर्णिमा ( गुरु पूर्णेमा) कादिन दर्शन गर्नाले अक्षय स्वर्ग प्राप्ती हुनेछ ।
नेपालमहात्मय् तृतिय अध्याय्   स्लोक नं ।। १९-२० ।।)
 अक्षय फल प्राप्त हुन्छ भन्ने धार्मिक आस्था र विस्वास रहि आएको पाईन्छ न् । सायद यसैले नै पञ्चाङ्ग ( पात्रमा ) गुरु पूर्णिमाका दिन भक्तपुरको विरा नदिमा स्नान गर्ने भन्ने समेत चाद पर्व विवरणमा उल्लेखित गर्दै आएको पाईन्छन् । प्रचार प्रसारको अभाभमा यस तिर्थस्थलको महिमा र महत्व धर्म शास्त्रहरुमा मात्र  सिमित हुँदै गई पूण्य तिर्थस्थल नै ओझलमा पर्दै लोप नै हुने स्थितिमा पुगेको अवस्था छ । यस तिर्थस्थलको र यहाँको महिमाका बारेमा व्यापक प्रचार प्रसार गर्न सकियमा आन्तरिक तथा बाहिय धार्मिक पर्यतकहरुलाई आकर्षित गर्न सकिन्छन् । 
         यस बागेस्वरी विरा घाट त्रीवेणी धामको पूर्व तर्फ यसै पर्वतको काखमा विद्या शुभारम्भ गर्दा गुरु बाट प्रदान गरिने पहिलो वाक्य " ॐ नम: बागिस्वराय " का बिज्ञ गुरु तथा  प्राचीन नेपालका निर्माता महामञ्जुश्री तिवतको ल्हासाबाट भूमिगत मार्ग हुँदै आगमन हुनु भएको भूमिगत मार्गको गुफाको द्वार ( पाक्व) रहेको छ । जसलाई स्थानियहरुले ल्हासा पाक्व ससुद्य: (सस्युुुुद्यः) भनि अति सम्मानका साथ पुज्दै आएको पावन स्थल रहेको छ । त्यस्तै यस पर्वतमा बागेस्वरीको अलि माथी उतर पश्विममा बागेहिटी रहेको छ । यो बागेहिटी माछाको मुखको आकारको धुङ्गे धाराबाट पानी अविरल आईरहेको छ भने यस बागेहिटी परिसरमा करिव १४ सय वर्ष अगावैको त्रीशिवलिङ्ग छ जुन एक शिवलिङ्ग माथी अर्को शिवलिङ्ग र त्यसमाथी अर्को शिवलिङ्ग खप्टिएयर रहेको त्रीशिवलिङ्ग हेर्न देख्न सक्छौ । 
          म बागेशेवरी महादेबका बारेमा अजै थप कुराहरु भन्दै थिएँ त्यतिकैमा गाडी चालकले जितपुरको एक ठाउँमा गाडी रोक्दै    सडकको उत्तर तर्फको धान रोपिराखेको खेतको डिल बाटो देखाउदै तपाईहरु यता बाट खेतको डिलैयिलबाट जानुस भनेर बागेश्वरी महादेब मन्दिर जाने हामी चारजना  वरालेर गाडि सरस्वतिथान तर्फ अगि बढे । त्यति बेला सम्म घडीमा ९:०० बजी सकेका थिए ।
        महीला पूरुष  खेतको डिल बाटो देखेर अलमलिन्दै यो बाटो हैन जस्तो छ चालकले हामीलाई निकै तल वरालेर गए जस्तो छ भन्दै बस गए तर्फ नै पैदल गयो हामी दुई भने सडकबाट तल लाग्दै त्यही धानखेतको अालि बाटो बाटै बागेश्वर महादेब तर्फ लाग्यौ । अालि बाटो हिलाम्मे थियो दुईतिन पाइला तः हिलाम्मेमा पुरै धसिहाल्यो । करिब पन्ध्र मिनेट जति हिडे पछि बागेश्वरी हेल्थपोष्ट अगादिको सडकमा पुग्यौ । बागेश्वरी सडक बस चलाउन नहुने अवस्थामा रहेको पाइयो ।
         हेल्थपोष्ट बाट कच्चि सडक हुँदै हामी उकालो चढ्दै गयौ बाटामा हामीले बागेश्वरी महादेब पूजा गरेर फर्केका भक्तजनहरु देख्यौ । करिब पन्ध्र मिनेटको उकालो चढे पछि हामी बाटो बाट दायाँ तर्फ अलि भित्र गोरेटो बाटो भित्र रहेको बागेश्वरी महादेब मन्दिर प्राङ्गणमा पुग्यौ । मईले अाफ्नो नाडी घडीमा  त्यतिबेला १०:०० बजेको पाएँ ।मन्दिर प्राङ्गणमा भक्तजनहरुको भिड थियो । मन्दिर प्राङ्गणमा मै रहेको हल जस्तो ठाउमा केही भक्तजनहरु धार्मिक प्रवचन गर्दै गरेको देखिन्थ्यो । हामी अमूर्त बागेश्वरी महालेब सामु समुपस्थित श्रध्दा र भक्तिका साथ नतमस्तक भई सिरझुकायौ त्यहि मन्दिर परिसरमै रहेको बिरा, भद्रा र तमसा नदिको त्रिवेणी तर्फ जान केहि खुत्किलाहरुबाट तल झरेर त्रिवेणीमा हातमुख धोइ अाचमन गरेर पुनः माथि गयर म  अमूर्त बागेश्वरी महादेब अगालि घुँडा टेकेर दूईहात जोडेर मनमनले महायोगि श्रीश्रीश्री मुरु गोरखनाथ, निखिलेश्वरानन्द, कुलगुरु बिश्वकर्मा र गुर बाल्मिकिलाई स्मरण महादेबलाई गर्दै ढोक गरें । खनालजी भने झोला बाट पूजाका सामाग्री निकालेर पूजा अर्चना गरे अनि एक ठाउमा बसेर जप पाठ गर्न थाल्नुभो म चाहिं प्रवचन गर्दै गरेको हलमा हेर्न गएँ त्यहा प्रवचन कार्क्रमा रहनु भएका भक्तवनहरुको हुलमा मईले परिचित दुईजना सजनहरु युवा संस्कृतिबिद ॐ धौवदेल र स्थानिय प्रेम प्रशाद काफ्लेजीलाई देखे । धौबलेजीले मलाई देख्नासाथ हात उठाउनु भो मईले दुईहात जोडेर अभीवादन फर्काए । धौबलेलजी संग मेरो सामाजिक संजाल फेशबुकमा मात्र सिमित परिचय थियो तर अाज हाम्रो प्रत्यक्ष परिचित हुने अवस्था गुरु पूर्णेमाले सृजना गरेको देखिन्थ्यो ।  प्रवचन चल्दै नै थियो म पुनः त्यहाँ बाट बाहिरिएर अाफ्नो मोबाइलको क्यामराले मन्दिर, त्रिवेणी र प्रवचनको केही चलछाया कैद गरें करिब १०:३० बजेतिर बागेश्वरी महादेब मन्दिर प्राङ्ण भन्दा माथि ६४ शिवलिङ् भएको उकालोको गोरेटो बाट हुँदै अघि बसमा अाउदा भेटेका महिला पूरुष तल झर्दै गरेको देखें । वहाँहरु लाई मईले ए.... तपाईहरु भरखर अाईपुग्नु भो ? भने अनि वहाँहरुले अँ गाडि तल रोके छ समथर बाटो अलि माथि रहेछ हामी त्यहि बाटो हुँदै अाएकाले ढिलाइ भयो ,हिड्न नसक्नेलाई लाई चालकले गर्दा झन बढि हिडेर अाउनु पर्यो भन्दै मन्दिर प्राङ्गणमा अाई पुग्नु भयो । खनालजीको जपपाठ अझै चल्दै नै थियो म पुनः प्रवचन सुन्न कार्यक्रम स्थलमा गएर बसें । 
       केही बेर पछि प्रवचन सके पश्च्यात सामुहिकरुपमा वाल्मीकि गुरुध्वजा पुजन भयो म प,नि त्यसमा समावेस भएर ध्वजा पूजन र धोक  गरें । त्यस पश्च्यात पुनः त्रिलेखकले लेख्नु भएको साँखु देखि बागेश्वरी हनुमान घाट सम्मको नामको पुस्तकको पाण्लिपि त्रिलेखक अा-अाफुले बागेश्वर महादेब संरक्षण समितिका अध्यक्ष....... लाई हस्तान्तरण गरेका थिए । साँखुका बारेमा प्रकाशमान श्रेष्ठ, बागेश्वर महादेबका बारेमा प्रेम प्रशाद काफ्लेफे र भक्तपुर हनुमान घाट सम्मका बारेमा युवा  संस्कृतिबिद ॐ धौबदेलजीले लेख्नु भएका थिए । सम्पूर्ण कार्यक्रम सकेपछि धौबदेलजी संग मेरो प्रत्यक्ष पहिलो पटक भेटभएर सानो कुराकानी भएका थिए । साउन महिनाको अन्तिम दिन भएकाले अाफ्नो कार्यालयको अाफु जिम्मामा रहेका हिसाब किताब क्लोजिन गर्नु पर्ने भन्दै हतार मान्दै बिदालिन्दै जानू भयो । घडिको सूईले ११:०० देखाई सकेका थिए । खनालजीले पनि अाफ्नो जपपाठ सिध्याईको सकेर उठिसकेका रहेछन्। खनालजी लाई भोक लाग्न थालेकाले होलान् अब यता कतातिर दूध दहि पाउला भन्न थाले ।  तलतिर पाईन्छन् होला भन्दै हामी त्यहाँ बाट फर्कन तयार भयौ ।
      पुनः एक पटक बागेश्वर महादेबलाई धोकेर हामी मन्दिर प्राङणबाहिर अायौ । अघि धान खेतबाट अाउदा हिलाम्मेमा टेकेर अाउनु परेकाले भए सम्म हिलोमा टेक्न नपरोस भनी अघि हामी संगै बसमा अाएका तर धान खेतको अालि बाटो बाट नअाई जितपुरको माथिलो कचि बाटो बाट महिलापूरुष अाएको बाटो बाट जान ६४ शिवलिङ तर्फ लाग्यौ सबै शिवलिङकको परिक्रमा गरि कच्चि बाटो हुँदै जितपुर पानी ट्याङ्की घुम्ती सडक तर्फ गयौ । बाटोमा भेटिएका र खेतमा काम गर्दै गरेका मानिस लाई यता लुध दही कता पाउँछन् भन्दै खनालजी सोधखोज गर्दै अघि बढ्दै थियो करिब पन्ध्र मिनट हिडे पश्च्यात मूल सडकमा पुग्यो । मूलसडक बाट माथि उकालो गयो भने ल्हासापाक्व सःस्यु द्यः / सरस्वतिथान पुग्ने भएकाले हामी तल वरालो झर्दै गयो । खनालजी त्यहा देखापरेका पसलहरुमा दूध दही खोज्दै थिए ।
     हामी वरालो झर्दैजादा करिब दस मिनट पछि अघि हामी बसबाट वर्लेको थाउ नाघि घुम्ति चौतारा र सानो मनदिर नाघे पछि सडकको दायाँ छेउमा एउटा सानो सूचना पाटीमा खुवा यता पाईन्छ भनेर लेखिएको देखियो । हामी त्यतै लाग्यौ सडक भन्दा भित्रको एक घरको छिँढीमा खुवा बनाउदै गरेको कारखाना देखियो । खुवा कारखानामा दूईजना खुवा मिस्त्रि पाँच वटा अागो दन्किरहेको चुलोमाथि राखिएको ठूलो कराईमा
हरुमा  कुराउनि घोट्दै थिए । खनालजी कुराउनी घोट्दै गरेका मिस्त्रिलाई यहाँ तात्ततातो दूध पाईन्छ भन्दै त्यहाँ रहेको मुडामा बसे । खुवा मिस्त्रिले पनि पान्छ भन्दै हामीलाई स्वागत गरेर बसालेर अर्को भित्रको छिँढीमा बसेका महीलालाई दुई गिलास तातो वहाँहरूलाई दिनु तः भन्दै अादेशसूचकमा अावाज लगाए । मईले भने कुराउनि घोट्दै गरेको दृश्यलाई अाफ्नो मोबाइलमा कैद गर्ने मनसायले खल्तिबाट मोबाइल निकाल्दै भिडयो खिच्न मिल्छ भन्दै प्रश्न गरें खुवामिस्त्रिले पनि हुन्छ किन नहुनु र भन्ने जवाफ पाए पछि करिब  २ मिनटको कुराउनि बनाउदै गरेको चलचित्रछाया याने भिडियो लिए ।
    भित्रको छिँदी बाट एक अधबैसे महिला स्तिलको दुई चियाग्लासमा भरि तातो दुध लिएर बाहिर अाएर हाम्रो अगाडि राखे। खनालजी भने हैन दुई दुई गिलास नै ल्याउनु भन्नू भो । मईले भने हैन मत एक गिलास मात्र खान्छु भने तर खनालजी चाहिँ हैन दुई गिलास नै पिउनु पर्छ भन्दै कर गरे । दूध ल्याउने महीला यो नि खानुस न म पछि एक एक गिलास थपिहाल्छुनि भन्नू भो तर खनालजी भने है न अहिले नै ल्याउनुि भन्नू भो र महीलाले पनि हामी दुबैजनाको अगाडि भरिएको तात्ततातो दुई दुई गिलास दूध राखि दिए । मईले अनकनाई अनकनाई दूध खानथाले । एउटा गिलासको दूध रित्तिया छैन खुवा पनि खानु पर्छ भनी खनालजी भन्नू भो  मईले म खान्न बरु घरको लागि एक पाउ लाने भने तर खनालजी हैन खानै पर्छ भन्नथाले खुवामिस्त्र पनि खुवा कारखानामा अाए पछि खुवा खानु पर्छ सय् सय् ग्राम खानुस भन्दै भित्रको छिँदीमा रहेका महीलालाई दुईथाममा सय सय ग्राम ताताो खुवा राखेर दिनु भने र महिलाले पनि तात्ततातो खुवा रिकापिमा राखेर एउटा काठको चम्चा सहित लिए । रित्तो गिलास भुईमा राखेर खुवाभएको स्तिलको रिकापी हातमा लिएर भिनिस्ता काठको चम्चाले तात्ततातो कुराउनी फु फु गर्दै मुखमा हाले । तातत्ततातो कुराउनी कहिले नखाएको र एक गिलास तातो दुध खाएको लगत्तै खाएकोले होकि मलाई कुराउनि खासै स्वादिलो लागेन तै पनि फु फु गर्दै बिस्तारै खान सकाएर पुनः अगादि राखेको एक गिलास दूध पनि खाएर गिलास रित्याए । त्यति बेला सम्म हामी दुबैलाई घरकोलागि एक एक पाउ कुराउनी पोलिथिन झोलामा हालेर दिए । दूध र खुवाको पैसा दिएर हामी तल झर्दै गयौ बस कुर्नुको सत्ता बिस्तारै हिडडै गयौ। नाडी घडीले मध्यानको १२:०० देखाईसकेको थियो । केहिबेर हिडे पछि पछादि बाट बस अाएको अावाज अाएकाले हामीले बस रोकेर चढ्यौ ।
    बसले अन्तिम बिसाउनि कमलबिणायकमा हामीलाई वराले पछि हामी कमलबिणनयक बसपार्क बाट रत्नपार्क जाने अर्को बसमा चढेर काठमाण्डौ तर्फ अायौ ।  बस कोटेश्वर नपुग्दै मेरो पेटले हल्का हल्का अावाज दिन थालिसकेका थिए । मईले खनालजी तपाईं सिधा सहित गेतमा वर्लिनुस म बबरमहलमा वर्लनछु मेरो काठमाण्डौ जिल्ला अदालतमा मेरो मित्र कपिल तुलाधारको अाज मुदा पेशि भएकाले म जानू पर्छ भने । कोटेश्वर अाईपुगे पछि खनालजी यहीं बाट कलंकी जाने बागमती यातायतको माईक्रोमा बसेर जान्छु भन्दै त्यहि कोटेश्वरमा वर्ले म भने त्यहि बसमा ने बसेर बबरमहलमा वर्लेर अदातमा गए । अदातको खाजा समय भएकाले कपिललाई मईले अदालतको चमेना गृहमा मलाई कुरेर बसेको भेटाए । मुदाको बहस सकिसकेको अब निर्णय सुनाउन र सुन्न बाकि छ भनी कपिले भनेकाले म पनि त्यहि प्रतिक्षामा बसें । मेरो पेटमा गुर गुर  कुर कुर अावाज अाउदै थियो । केही छिन पछि तः मलाई ट्वाईलेट जान हतार भईसकेकाले ट्याईलेट गएर अाफुलाई हल्का गरे यो क्रम दोहोरिन्दै गयो । बेन्चले मुदाको निर्णय सुनाएको थिएन। समय अपरान्हको ४ः३० बजि सकेका थिए ४:४५ मा मुदाको निर्णय बाहिर अायो बादि दाबि पुग्ने निर्णय भए छ याने हामी जिते छ । हामी दुबईको अनुहारमा मुदा जितेको खुसिछाएको थियो । खुसिको खबर लिएर मुस्कान सहित म मित्र कपिलको बाईकमा बसेर हामी अदालत बाटबाहिरियर फिब्व ख्यः/ माईति मण्डला तर्फ लाग्यौ मण्डलामा लोकसेवा अायोगको असमाबेसी बिग्यापन बिरुध्द धर्नामा अान्दोलनकारि बसिरहेका थिए मलाई पनि त्यो धर्नामा एक छिन भए पनि जान मन थियो तर मेरो पेटले त्यो गर्न दिएन त्यसैले मलाई घरमा पु्र्याउनु भनी कपिललाई भने उनले पनि मलाई सिधा कलङ्कीमा पुर्याए फर्के म घर भित्र पुग्नासाध ट्वाईलेटमा गए घरमा पनि करिब रातिको ८:०० सम्म तीन चार पटक दोहराायर तेहरायर ट्वाईलेट गए । धन्न ८ बजे पश्च्यात त्यो क्रम रोकियो । 
     मलई मेरो मनमा कुरा खेल्दै थियो मलाई त: तात्ततातो कुराउनी खाँदा पेटले यस्तो समस्या दियो भने हरी प्रशाद खनाल तः ८३ वर्षका बृध्द झन् उनलाई के भयो होला भन्ने मनमा अनेक कुरा खेल्न थालेका थिए । वहाँको खबर बुझ्न वहाँको मोबाइलमा फोन गरें उताबा सम्पर्क हुन नसकेको मोबाइल बम्पनिको रेडिमेद जवाफ फर्कियो । मनमा अनेक कुरा खेलाउदै हल्का खाना खाएर सुते ।
    साउन ३१ गते बिहान उठेर नित्यकर्म सकाई अाफ्नो नियमित काममा लागे । कलङ्की मन्दिरमा असार ३१ अर्थात गुरुपूर्णेबाट चतुरमाष कथा सुरुभएकाले खनालजि पनि कथा स्रवन गर्न अाउनु पर्ने त्यो दिन अाएन  कलङ्की मन्दिरमा हुने प्रत्या एकादशि महात्म्य कथा नियमितरुपमा स्रवन गर्न अाउनुने खनलाजी चतुरमाश कथा स्रवन गर्न अाउानु भएन मईले पुनः मोबाइलमा फोन गरे् सम्पर्क हुन सकेन भन्नेउहि रेडिमेड जवाफअाईरह्यो । खनालजी चार पाँच दिन सम्म पनि चतुरमाष कथा स्रवन गर्नै अाउनु भएन न मोबाइलमा नै सम्पर्क नै भयो । छ दिन पछि खनालजी कथा स्रवन गर्न अाउनु भयो । मईले वहाझलाई भेट्ना साथ क्याहो तात्ततातो कुराउनीले लाग्योकि क्याहो भन्दै प्रश्न गरें । जवाफमा खनालजीले केही नभएको जपाफ दिनुभो । अनि यति दिन सम्म किन नअाउनु भएकोनि ? अनि मोबाइल के भएको जति फोन गरेनि सम्पर्क हुन सकेन भन्छ भने । वहाँ बाहिर गएकाले कथा स्रवन गर्न अाउन नपाएको मोबाईल नं. परिवर्तन भएको भन्ने जवाफले म तः जिल्ल नै परें ! म ५८ वर्षका व्यक्तिलाई तात्ततातो कुराउनी  नपच्ने ८३ वर्षिय वृध्दालाई चाहिँ पच्ने ? अचम्च भएन तः ?

No comments:

Post a Comment