Thursday, April 25, 2019

कालिञ्चोक यात्रा स्मरण

कालिञ्चोक यात्रा स्मरण


  • प्रकाशमान शिल्पकार

         म सनातनी शैब धर्म मान्ने भएता पनि म समस्त धर्म समप्रदाय र सम्प्रदाय अनुसारका सबै पुजनिय स्थलहरुमा म नतमस्तक नै छु । अन्य धर्म र त्यस अनुसारका पुजनिय स्थलहरुलाई नतमस्तक हुने स्वभावैले आफ्नो कुल धर्म अनुसारका समस्त तिर्थस्थल र देवी देवताका  मन्दिरमा गई दर्शन गर्ने मेरो अभिलाषा हुन्छ नै तर पनि मलाई आफू नगएको स्थानमा रहेका तिर्थस्थल वा देवी देवताको दर्शनको अभिलािसा बाट भन्दा पनि म नगएको स्थानमा भ्रमण गर्नेमा नै मूलतः प्राथमिकता दिने गर्दै आएको छु ।
           म नेवार समुदाय भित्रको काष्ठकला पेशा  कर्मिका सन्तान भएकाले मेरो समाजले आफ्नु व्यवसायीक उन्नतिका लागि भिमसेन देवतालाई व्यवसायीक आराध्यदेवका रुपमा पुज्ने परम्परागत संस्कार लिई आाएकाले दोलखाको भिमसेनलाई पनि अति नै पुज्दै आाएका छन् । त्यसैले पनि मेरो समाजका अधिकांश  व्यक्ति सम्भवतः हरेक वर्ष दोलखा भिमसेनको दर्शन गर्न जाने गर्द छन् ।
            म जन्मसिद्ध काष्ठकलाका सिकर्मी पेशाका सन्तति भएता पनि कुलको पेशामा वा कुनै व्यापारिक पेशामा समेत नलागेकाले होला  भिमसेनको दर्शन गर्ने मेरो खासबानी छैनन् । त्यसैले मईले पाँच वर्ष अघि सम्म दोलखा भिमसेनको दर्शन गर्न पाएका थिएन तर म आवद्ध शिल्पकार समाज काठमाण्डोका आयोजनामा पाँच वर्ष अघि दोलखा भिमसेन लर्शन यात्रामा सहभागी भई दोलखा भ्रमण तथा दोलखा भिमसेन(भिमेस्वर )को  दर्शन गर्ने अवसरपाई सकेकाले हाल म आवद्ध शिल्पकार कल्याण कोष बाट गत वर्ष देखि नै दोलखा यात्रा गरि दोलखा भिमसेनको दर्शन गर्न जाने कार्यक्रम गर्ने विषयमा कुरा हुँदा म सहभागी हुने विषयमा मईले त्यति चासो राखेको थिएन, हो कालिङ्चोक भ्रमण गरे भने निंश्चित रुपमा भ्रमणमा सहभागी हुने मनस्थितिमा  म थिएँ ।
         केही वर्ष देखि सामाजिक सञ्जालमा विभिन्न धार्मिक तथा  नेपालका रमणीय स्थलहरुको बारेमा फोटो सहित देखिन्दै आएका रमणीय स्थलहरु मध्यका जनकपुर अञ्चल दोलखा जिल्लामा पर्ने कालिञ्चोक भगवती र त्यहाँका रमणीय स्थलहरुले मलाई आकर्षित गरिरहेका थिए  । हाम्रो शिल्पकार कल्याण कोषको नियमित मासिक बैठकको माघ महिनामा बसेको बैठबले २०७५ माघ १८ गते कालिञ्चोक भगवती र दोलखा भिमसेनको दर्शन गर्न जाने निर्णय भए पछि म कालिञ्चोक भगवती र त्यहाँका रमणिय स्थलको अवलोकन गर्न अवसर पाउने देखेर म रोमाञ्चित भएको थिएँ ।   यात्रामा मेरा आदरनीय दाजु न्हुक्षेभक्त शिल्पकार, आदरनिय दाजु किरण शिल्पकार, बिकाश,उत्तम, दिपेन्द्र, कृष्णसुन्दर, राजाराम, लक्ष्मीप्रसाद , कृष्णराम, रमेश र म समेत ११ जना जाने निश्चित भयो अनि यात्राको सम्पूर्ण तयारि गर्ने जिम्मा उत्तम शिल्पकार र दिपेन्द्र शिल्पकारलाई जिम्मा दिइयो र यात्राका लागि गाडी  पनि बुकिङ गरियो । माघ महीहनाको मौसम भएकाले कालिञ्चोकको मौसम संग आफुलाई यात्रामा अनुकुल बनाउनमा म यात्राको पूर्व तयारीमा जुटें । कालिञ्चोक यात्रा कै लागि भनेर हेर्दा राम्रो देखिने एउटा स्पोर्टस जुत्ता पनि किने । चिसो मौसमा आन्तरिकरुपमा जिउ तताउनका लागि मरिच, ल्वाँङ्, सम्भावित अौलो बाट बच्न लसुन आदि खान लानु पर्छ भन्ने अनुभवीहरुको कुरा मईले सुनेकाले सोही अनुसार तयार पनि गरे । मौसम अनुसार न्यानो लुगा, रेङ्कोट,  एउटा टर्चको व्वस्था सहित यात्राको पूर्व तयारि गरें र यात्राको दिनको प्रतिक्षामा बसे ।
          सामाजिक सञ्जालमा कालिञ्चोकमा अधिक मात्रामा हिउँ वर्षा भएका खबर सहित फोटो र भिडियो  देखापर्न थालेका थिए । त्यस्तैमा कालिञ्चोक यात्रामा गएको एउटा गाडी कुरिबजार नजिक माथि हिउँमा चिप्लेर तल खसेकाो भिडियो सामाजिक सञ्जालमा देखिए पछि मौसम सुधार पश्चात् जाने गरि तत्कालका लागि  हाम्रो कालिञ्चोक यात्रा स्थगित हुन पुग्यो । यात्राका लागि तयारिगरिएको योजना सबै भताभुङ हुन गयो । हाम्रो यात्रा स्थगित हुनको कारण बाटो जोखिमपूर्ण समेत भएको भन्ने मेरो ९८ वर्षिय बृध्द आामाले थाहा पाउनु भए पछि अब रात बस्ने गरि लामो कुनै पनि यात्रामा मलाई नपठाउने भन्दै अडान लिनु भएककाले मेरो मनमा म कालिञ्चोक जान नपाउला कि भन्ने मनमा चिसो  पसिरहेको थियो । बृध्द आमाले रोक्दा रोक्दै लामो यात्रामा जानू पनि उचित मान्न सकिने अवस्था पनि तः थिएननी ।
          यात्रा स्थगित भएको दुई महीना पश्चात् स्थगित  हाम्रो यात्रा २०७६ बैशाखमा जाने भन्ने निर्णय बैशाख महीनाको नियमित मासिक  बैठमा निर्णय भयो तर दिन भने न तोकिएकोले यात्राको पूर्व तयारीमा ध्यान गएन । बैशाख ६ गते  कालिञ्चोक र दोलखा यात्रा गर्ने तथा बैशाख महीनाको नियमित मासिक बैठक समेत कालिञ्चोकमै बस्ने भनेर बैशाख ४ गते बुधबार  शिल्पकार कल्याण कोषको गुरुप मेसन्जर बक्स फेशबुकमा सन्देश आए पनि को को जाने भन्ने बिहीबार बिहान सम्म पनि कुनै निंश्चित न भएकाले र बृध्द आमाले मलाई लामो  यात्रामा जान अनुमति देला न देला भन्ने समेतको आसङ्कामा यो पटक पनि कालिञ्ङचोक यात्रा होला कि न होला भन्ने आसङ्का भएकाले मईले यात्राको पूर्व तयारिको खासै ध्यान दिएन। बिहिवार  साँझ मात्र ८ जना भोलि जाने भयो भनेर खबर आए पछि अब भने यात्रा निश्चित भयो भनी विचारले आमालाई भोलि हामी कालिञ्ङचोक जाँदै छौं भन्दा आमाले नजानु भन्नू भएकाले मेरो दिदिले आमालाई सम्झाउनु भए पछि अनुमति दिनु भएकाले निश्चय नै अब भोलि  हामी कालिञ्चोकमा पुग्ने छौं भन्ने खुसी र रोकाञ्चका साथ बेलुका एउटा झोलामा न्यानो हुनु हुने खालको एउटा ताउजर, एउटा मोजा सुरुवाल र एक हलुका जाकेत, टर्च एउटा नोटबुक कलम मोबाइल चार्जर, दाँत माझ्ने बुरुस र एउटा रुमाल कोचेर राखें । आमाले रेनकोट र पन्जा पनि राख्नु भन्दै हुनुहुन्थ्यो तर मैले  त्यो खासै आवस्यक नपर्ला भनेर राखेन । आमाले को को जाने भन्दै संकालु दृष्टिले मलाई हेर्दै सोध्दा सबैको नाम भने पछि ए सबै आफन्तै रहेछन् भन्दै धुक्क हुनु भयो ।
       ६ गते शुक्रबार  बिहान ४ बजे नै आमा उठेर कालिञ्चोक भगवती र दोलखा भिमसेनलाई पुजा गर्न र चढाउनु भन्दै धुप, बत्ती, फूल अक्षेता तथा केही दक्षिणा  एउटा सानो झोलामा राखेर मलाई दिनु भयो । कालिञ्चोक जाने हामीहरु मध्यमा दुईजना बानेस्वरमा, एक जना नयाँबजारमा, एकजना गोगबुँचोकमा, एकजना पैयुतार, तथा  एकजना चण्डोल, एकजना ताहाचल , म कलङ्कीमा बस्ने भएकाले यात्राको गाडी बानेस्वर, कालिमाटि, नयाँबजार हुँदै बशुन्धरा समेत बाट हामीलाई गाडीमा चढाउने योजना सहित बिहान ६:३० बजे बाट गाडी बानेस्वरबाट आउने योजना भएकाले म बिहान ६:१५ बजे ताहाचल स्थित दिपेन्द्रको घरबाट संगै जाने गरि दुबै जना ताहाचल बिष्णमति पुलमा बसेर गाडीको प्रतिक्षामा रह्यौं गाडी प्रतीक्षा गर्दा गर्दा घडीले ८ बजे देखाई सक्यो गाडी आईपुगेन  दिपेन्द्र र मलाई अत्यास नै लागिसकेको थियो उत्तमजीलाई फोन गरेर गाडी समयमा नआउनु कारण सोध्दा गाडी बिग्रेकाले समय लागेको हो आउदै छ भने पछि अझै गाडी आउन केही समय लाग्ने देखेर हामी दुबै सामान रहेको सानो बाकस बोकेर नयाँबजार तर्फ लाग्यौ जहाँ न्हुक्षे दाई, कृष्णाराम दाइ र लक्ष्मिप्रशाद पनि गाडीको प्रतिक्षामा बस्दा बस्दै थकित अवस्थामा रहेको भेट्यौ । बल्ल बफ्ल ९;०० बजे स्कोपिअो गाडी आईपुग्यो गाडीमा उत्तम र कृष्णसुन्दर थियो । हामी पनि गाडीमा बसेर गाडीमा हामी सातजना बसेर बिकाशलाई लिन भनी चण्डोल तर्फ जान लैनचौर हुँदै गयौ समय धेरै भईसकेकाले उत्तमजीले बिकाशलाई फोन गरेर नक्साल सम्म आईपुग्न अनुरोध गरेकाले वहाँ नक्साल बालमन्दीर अगादि आएर हामीलाई पर्खिरहेको  अवस्थामा भेटेर गाडीमा चढाएर कालिञ्चोक यात्राका लागि अर्निको राजमार्ग तर्फ गाडी तिब्र गतिले हुईकियो । गाडी सातजना सम्मका लागि मात्र आरामकासाथ बस्न मिल्ने रहेछ तर पनि पछाडि तिनजना र बिचको सिटमा चारजना र अलि असजिलो स्थितिमा बस्दै र अगाडिको सितमा एकजना समेत हामी चालक बाहेक आठजनाको यात्रा धुलिखेल सम्म पुग्दा सबैको पेट खसखस हुन थालिसकेकाले गाडी चालकलाई चिया चमेना गर्न उपयुक्त होटलमा रोक्न भने पछि धुलिखेल नाघेर पाचखाल झर्ने नीर चालकले गाडी रोकेपछि हामी सबैले चना र चिया खायौ र ततपश्चात पुनः गाडी गन्तव्य तर्फ हुइकियो ।
       करिब १२ बजेतिर गाडी सिम्ले भन्ने स्थानमा पुगे पछि चालकले त्यहाको त्रिशक्ती पपुलर भान्सा घरको अगाडि गाडी रोकेर त्यस भान्साघरमा खाना ख्वायो । हामी कालिञ्चोकको Fireside होटलको पाकेजमा गएकाले साधा खानाको व्यवस्था पाकेजमा नै थियो । हामीले खसिको मासु अदर दिएर खायौ । खाना खाए पछि हाम्रो गाडी गन्तव्य तर्फ हुईकियो। खाडी चौउर सम्मको बाटो खासै नराम्रो नभएकाले त्यहाँ सम्म हाम्रो यात्रामा कुनै कठिनताको महसुस भएन । खाडीचौउर बाट उकालो लागे पछि भने धुलो र सडकको खाल्डाखुल्डीले निकै कठिनता व्यहोरदै हामी मुडेमा पुगेर केही बेर गाडी रोकेर त्यहाँ पसलबाट एकबोटल जुस किनेर अगाडि  बद्दै गयौ र खरिढुङ्गा पुगे पछि गाडी रोकेर हामी सबैले आलुचिफको स्वाद चाख्दै लिन्दै अलि अलि मापसे गर्यौ हामी मध्यका बिकाश र कृष्णसुदर तथा चालकले जुस सेवन गरे । त्यस पछि फेरि हम्रो गाडी आफ्नो गन्तव्यमा लाग्यो करिब ३ बजेतिर हाम्रो गाडी चरिकोट नपुग्दै सडकको बायाँ तर्फको मकैबारि चिहान डाँडा भएर बालिञ्चोकको बाटो हुँदै लम्कियो । त्यहाँ बाट कालिञ्चोकको कुरिया सम्म १७ किमिको दूरि रहेको हामिले जानकारि पाएका थियौ । उक्त दूरिको आधि बाटो नपुग्दै मुसलधारे पानी र असिना वर्षा भयो । बाटो भरि असिना नै असिना देखिन थालेका थिए।
      कुरिया पुग्दा नपुग्दै हिउँ झरेको देखियो । लगभग ५ बजेतिर हामी समुन्द्र सतह भन्दा  ३२४२ मि. उचाइमा रहेको कालिञ्चोकको कुरिया बजारमा पुग्यौ। अधिक हिमपाट भएमा चिसिएर भोलि गाडी ईस्तार नहोलान् भन्दै चालकले हामीलाई Fireside होटलमा पुराई गाडी कुरिया बजार भन्दा माथि लगेर राख्न लग्यो । हामी सबै चिसो महसुस गर्दै सबैले आफुले झोलामा राखेर ल्याएका  न्यानो कपडा निकालेर लगाए । होटलका एकजना भाईले हामीलाई माथि कोठामा लगेर दुई वटा कोठा खोलेर साँचो जिम्मा लगायर तल हलमा “ Welcome tea” का लागि तल हलमा आउनुस भनेर तल झरे । हामी पनि सबै आ-आफ्ना छोलाहरु कोठामा ठन्काएर तल झर्दा सम्म हिउँको वर्षाले आफ्नो तिब्र गति लिईसके छ । सबै Welcome tea नलिईकन नै  होटल बाहिर निस्केर हिउँमा रुझेर आआफ्नो मोबाइल बाट फोटो, सेल्फि र भिडियो लिनमा व्यस्त भए । एक छिन हिउँमा रमाए पश्चात् हल भित्र गएर तातो तातो कालो चियाको चुस्कि लिन्दै झ्याल र ढोकाबाट हिउँको वर्षाको आनन्द लिए । चियाको स्वादले शरीर ताते पछि सबैले आ-आफ्ना घर परिवारलाई सम्झन्दै आफू सकुसल कुरिया बजार कालिञ्चोक पुगेर हिउँको आनान्दको रसस्वाद लिईरहेको जानकारी दिन मोबाइल बाट सम्पर्क गर्न प्रयास गर्दा कसैको मोबाइलमा पनि टावर देखाएन । मोबाइलमा फोन गर्ने प्रयास गरेको देखेर होटका भाईले कुरियामा तीन दिन देखि बिद्दुत सप्लाई बन्द रहेकाले मोबाइल नचल्ने बताएकाले सबैको अनुहार अलि खिन्न भएको देखिए ।
     मईले पाएको जानकारि अनुसार कालिञ्चोक क्षेत्र संसारको सबैभन्दा बढी  चट्याङ पर्ने क्षेत्र रहेको भन्ने सुनेको छु त्यसैले त्यहाँ हुरि बतासचलि आकाश गड्याङ गुडुङ हुँदा सुरक्षाका लागि मोबाइल अफ गर्नु वा फ्लाईट मोडमा राख्नु पर्ने अन्यथा चट्याङ मोबाइलको टावर कनेक्शन हुन गई चट्याङको दुर्घटनामा पर्न सक्ने सम्भावना बढि नै हुन्छ । त्यसकाण कालिञ्चोक यात्रामा जाने सबैले यसकुरामा ध्यान पुराई सावधानी अपनाउनु  नै उचित हुन्छ ।
      चिसो हटाउन होटलका भाईले आगो बाले आगो बालेपछि सबैलाई आगोतर्फ आकर्षित गर्दै आगोको वरिपरि मेचमा बसेर सबैले जिउ तताउन थाले । चिसोका कारण मापसे गर्ने बानी भएकालाई सकसक हुन थालेको थियो । हामीले बाटोमा सेवन गर्न ल्याएको बोटल मध्य एउटा सिलपाय्क फुल बोटल र एउटा बोटलमा केही सोमरस😐️😐️बाकि नै थियो तर पनि हामी त्यो निकालेनौ किनकि त्यहाँको होटलको नियम अनुसार आगन्तुकले सोमरस होटलमा लान नमिल्ने यदि ल्याएको भेटाएमा एकहजार रुपियाँ होटललाई पेनाल्टी दिनु पर्ने भन्ने नियम रहेको जानकरी पाकेज लिन्दानै दिईका थिए । त्यसैले होटलकै हलमा रहेको बार बाट सोमरस मगाएर सुकुटी र सेकुवा समेत अदरगरेर बनाउन लगाई तयार भएपछि आगो ताप्दै सितल चाख्दै सोमरसको स्वाद लिन्दै गयौ ।
      हामी बसेको त्यो होटलमा टेबहाल काठमाण्डौका केही महिला पुरुष यात्रीण पनि बसेका थिए । तिनिहरु मध्यका देबेन्द्र महर्जन भाईले संगितको तालमा गित गायर त्यहा हलमा रहेका सबैलाई रमाइलो साँझको रसस्वाद चखाउदै हामीलाई पनि माईक समाएर गाउन आमन्त्रित गर्दै थियो । उसको आमन्त्रणलाई स्विकार गर्दै हाम्रो लक्ष्मीप्रसादले पनि दुई लाईन भए पनि  गित गाए । मईले दुई पायेग सोमरस आफ्नु घाँटी बाट तल झारिसकेकाले म पनि माईक समाउ समाउ जस्तै भईरहेको थियो तर गाउने क्षमता आफुमा नभएकाले म अगाडि बढ्न सकिरहेको थिएन तर पनि मईले माईक हातमा लिएर
“” हे कालिङ्चोक भगवती माँ
जिपिं वया च्पना छङ्गु हे शरण माँ
छपिंगु कृपां जिमिगु जक मखु , सकल नेपामिया जय जुईमा
छपिंगु दर्शण सदा सदां याय् फयेमा हे भगवती माँ
बाये च्पना जिपिं होटल फायरसाइडय्  छपिंगु दर्शनयायत हे माँ
बहनियया ई न्हयईपुका मे हाला दिगुलिं देबेन्द्र भाजुयात यक्व यक्व सुभाये बियाँ जि हे भगवती माँ
जय् जय् जय् कालिङ्गचोक भगवती माँ
जय् जय् जय् कालिङ्गचोक भगवती माँ “” भनेर नेपाल भाषामा बोल्दै गायकार भाइ देबेन्द्रलाई धन्यवाद दिएँ । होटलका एक भाईले आगोमा दाउरा  थप्दै थियो हामीले नाचेर रमाईलो गर्दै गर्दा ८ बजिसकेको रहेछ । सबैलाई खाना खान भान्छा कोठामा जान भने पछि सबै हल बाहिरको भान्छा कोठामा गएर खाना खायौ । बिहानको खाना साधा भएता पनि बेलुकाको खानमा मासुको पनि व्यवस्था गरेको रहेछ, खाना सबेलाई राम्रै लाग्यो ।
      खाना खान सकायर माथि कोठामा गयौ हामी ८ जनालाई सुत्न सिङ्गल बेदको दुई र एक डबल बेदको भएको दुई कोठाले नपुग्ने भएकाले तल काउन्तरमा गएर थप एक कोठ माग गर्दा होटलबाट पनि ततकाल अर्को एक कोठा पनि खोलि दिए । सबैजना कोठामा सुत्नु अघि भोलि बिहानै ४ बजे नै उकालो चढेर वा केबुल कारमा कालिञ्चोक भगवती दर्शन गर्न जाने धन्ने विषयमा छलफल गर्दा लक्ष्मीप्रसादले आफू र मामा कृष्णराम उकालो चढ्न शारीरिक  समस्या उत्पन्न हुन सक्ने भएकाले केबुलकारमा नै जाने उपउक्त हुने भन्ने विचार राख्दा केबुलकार बिहान ७ बजे मात्र चल्ने भएकोले भगवतीको दर्शन गरि फर्कन्दा दोलखा भिमसेन दर्शन गर्न समय लाग्ने भई समस्या हुन्छ अर्को बिद्दुत लाईन नभएको तीन दिन भएकाले भोलि केबुलकार चल्ने नचल्ने समेत एकिन थाहा नभएका समेतले बिहानै हिडेरै उकालो चढ्नु पर्ने सबैको बिचार भए पश्चात् भोलि सम्ममा बिचार गरौला अहिले सुतौ भने पछि तीन वटा कोठामा सुत्न गयौ । हामी सबैको मनमस्तिकमा मोबाइलको टावर नभएर आआफ्नो घर परिवारमा सम्पर्क गर्न नपाएकोमा मनमा कुरा खेलाउँदै सुत्न तयार भए ।
      मईले पाएको जानकारि अनुसार कालिञ्चोक क्षेत्र संसारको सबैभन्दा बढी  चट्याङ पर्ने क्षेत्र रहेको भन्ने सुनेको छु त्यसैले त्यहाँ हुरि बतासचलि आकाश गड्याङ गुडुङ हुँदा सुरक्षाका लागि मोबाइल अफ गर्नु वा फ्लाईट मोडमा राख्नु पर्ने अन्यथा चट्याङ मोबाइलको टावर कनेक्शन हुन गई चट्याङको दुर्घटनामा पर्न सक्ने सम्भावना बढि नै हुन्छ । त्यसकाण कालिञ्चोक यात्रामा जाने सबैले यसकुरामा ध्यान पुराई सावधानी अपनाउनु  नै उचित हुन्छ ।
      एउटा कोठामा म बिकाश र गाडी चालक भाई सुत्न गयौ । बोठामा तीन वटा बेद र प्रत्येक बेदमा दुई दुई वटा ब्लायङकेट राखेको रहेछ। हामी सुत्ने प्रयास गर्यौ यकछिन पछि राति  पानी खान पर्लान् भनी पानी तातो रहने स्तिलको जगमा तातो पानी र तीन वटा स्तिलकै कप होटको एक भाईले कोठामा राखेर गए । जब म सुत्न प्रयास गरें मेरो छाती भारि भएको महसुस गर्दै निदाउन नै सकिएन । कहिले यता त कहिले उता पल्तदै निदाउने प्रयास गरे तै पनि म निदाउन नै सकिएन ।  मोबाइलमा यसो घडी हरेको तः कोल्टे फेर्दा फेर्दै बिहानको ३ बजिरकेछ । उठेर जगमा रहेको मन् तातो अवस्थाको दुई कप पानी खाए । अनि एउट ब्लायङकेत बेरेर पलङमा अडेस लगायर बसें ३;१५ बजे सौचालयमा गयर ताजा भएर आएँ अनि झोला बाट तूठब्रस निकालेर ब्रस गर्दै तातो पानीले नै मुख धोएँ । त्यति बेला सम्म सबै उठी सकेका थिए सबै रातभरि निन्द्रा नपरेको भन्दै थिय । सबै जना फ्रेश हुँदा सम्म ४:१५ बजिसकेका थिए ।  सबे एक ठाउँमा बसेर अब के गर्ने केबुलकारमा बसेर जाने कि पैदल यात्रा गरेर उकालो चढ्ने भन्दा लक्ष्मीप्रसादले पैदल नै उकालो चढ्न तयार भएको भने पछि सबै कुरिया बाट माथि भगवतीको मन्दिरमा जान उकालो चढ्न तयार भए । न्शुक्षेदाईले एक एक कप तातो चिया खाएर उकालो चढ्न पाए हुन्थ्यो भन्नुभयो तर होटलका कोहि कर्मचारि उठीसकेको अवस्था थिएन र उनिहरु कतासुतेका छन् भन्ने सम्म हामी कसैलाई थाहा नभएकाले तातो चिया खाने इक्ष्यालाई त्यसै त्यागेर म सुतेको कोठामा गाडी  चालक भाइ माथि नजने भनेकाले उसलाई सुत्न नै दिइ दुई कोठामा ताल्चा लगाएर हमी होटलबाट बाहिरियौ ।
          पूर्णिमाको रात परेकाले पूर्ण चन्द्ररमाको तेजले कुरिया बजार मधुरो प्रकाशमा चाँदी झै टल्क टल्कीएर मुस्कान छरिरहेका थिए ।  हामी सबेले कुरिया बजारको त्यो मुस्कानलाई एक मधुरो मुस्कानले अभिवादन गर्दै चारै तर्फ नियाल्दै अघि बढ्ने तर्फ जमर्को गर्यौ । हामी बाहेक कोहि पनि होटलबाट बाहिर आएका थिएन त्यसैले कुरिया बजार पूरा सुनसान नै थियो।  बाहिर ढुङ्गा बिछ्याइएको बाटोमारहेको हिउँ जमेर बरफको रुप धारण गरिसकेकाले त्यसमा पाइला टेक्दा क्वार क्वार आवाज निस्केको आावाजलाई निरन्तरता दिदै हामी पूर्व तर्फ अगादि बढ्दै गयौ । र हामी ८ जना मध्यमा कृष्णसुन्दर बाहेक अन्य सबैको यो कालिञ्चोक पहलिलो यात्रा भएकाले हामी सातजनालाई माथि उकालो चढ्ने बाटो कतातिर भन्ने सम्म ज्ञ्यान थिएन । त्यसैले उकालो चढ्ने हाम्रो पैदल यात्रामा कृष्णसुन्दरलाई पथ दर्शकका रुपमा अघि सार्यौ ।  हाम्रो अगुवाका रुपमा कृय्णसुन्दर र लक्ष्मीप्रसाद अघि अघि अरु सबै पछि पछि क्वार क्वार आाज निकालेदै पाईला चाल्दै बिस्तारै समथर बाट उकालो चढ्दै गयौं । हाम्रो पथ प्रदर्शक कृष्णसुन्दर पहिलो पटक यहाँ आएको लगभग तीन वर्ष नाघि सकेको त्यसमाथि चारै तर्फ हिउँले धाकेर सेतामेरहेकाले बाटो ठम्याउन मुस्किल परिरहेकाले हामी संसकित हुँदै पाईला चाल्दै तियौ । अगुवा कृष्णसुन्दर यहाँ कतै ढ्ङ्गा बिछ्यायको खुत्किलहरु / हुनु पर्छ भन्दै हिउँले ढाकेको जमिनमा नियालेर हेर्दै उकालो चढ्ने मार्ग खोज्दै जाँदा खुत्किलो भेताए पछि सबै धुक्ककासाथ अघि बढ्दै स्वाँस्वा गर्दै उकालो चढ्दै गयौ । खुत्किलामा टेक्दै उकालो चढ्न सुरु भए पछि हिउँ नजमेकाले पाईला टेक्दा क्वार क्वार आउनुको सट्टामा फुस फुसको मधुरो आवाज निकाल्दै उकालो चढ्दै गयौं । जति जति उकालो चढ्दै गयौ त्यति नै स्वा स्वा आउने बढ्दै गएकाले छिन् छिन्मा एक छिन उभिएर नै आराम गर्दै अघि बर्दै गयौ ।
       उकालोमा रहेका ससाना र अलि अलि ठूला झुप्पा परेका रुखहरु सबै हिउँको फूल फुलेको जस्तै रुखमा हिउँका झुप्पाहरु लतरम्म झुन्दिरहेको मनोरम दृष्यहरु अवलोकन गर्दै बिस्तारै मन्द गतिमा उकालो चढ्दै गयौ । उकालो चढ्ने क्रमा कृष्णसुन्दर र लक्ष्मीप्रसाद धेरै माथि हामीले नदेखिने गरि अघि गईसकेका थिए म र दिपेन्द्र संग संगै तथा हाम्रो पछाडि अलि तल न्हुक्षेदाई, कृष्णराम दाइ, बिकाश र उत्तम सुस्त गतिमा उकालो चढ्दै थियो त्यसैले न्हुक्षेदाईले अघि जानेहरुलाई एकछिन रोक भने पछि मईले माथि उकालोतिर हेरेर “” अगादि जाने जवानहरु बिश्रा;म गर “” भन्दै ठटेउली शैलीमा आावाज दिएँ , माथि पुगेकाले मेरो आवाज नसुनेर होला कुनै जवाफ आएन । मईले  तल आउदै गरेका न्हुक्षेदाई समेतको दूरिको अन्तराललाई टाधा नराखि बिस्तारै बिस्तारै उकालो चढ्दै गयौ । जति जति उकालो चढ्दै गयो मेरो मुख सुक्दै गएको र थुक्दा कालो मिसिएको अलि सामान्य भन्दा फरक प्रकारको धुक आईरहेको थियो । दिपेन्द्रले पनि उचाई चढनेमा गति लिन्दै अगाडि बढ्दै गईसकेका थिए ।
      निकै उज्यालो भए पछि हामिले अन्य यात्रिहरुलाई पनि तल बाट उकालो चढ्दै गरेको माथि बाट देख्यौं । हाम्रो चढाईको गति भन्दा तल बाट पछि चढ्दै गरेका यात्रिहरुको गति अलि तिब्र भएकाले उनिहरु मध्य केहिले तः हामीलाई पछाडि पार्दै उकालो चढ्दै गयो । सुस्त गतिमा उकालो उक्लदै गरेको उत्तमको अनुहारमा मेरो दृष्टि पर्दा उनलाई अलि बढी नै सकस भएको मईले महसुस गर्दै थिएँ । सकस अवस्थामा मुख बाट स्वाँ स्वा गर्दा श्वास लिईरहेको देखेर तलबाट आउँदै गरेका एक ठाडो उकालो चढ्न र अनुभवि एक सजनले सकस परेको अवस्थाम मुखले श्वास नलिइ नाकबाट बिस्तारै श्वास लिनु पर्छ भन्दै अघि बदे उक्त सजनले भनेअनुसार उत्तमले पनि मुखबाट श्वास नलिकन नाकबाट बिस्तारै श्वास लिएको र त्यसबाट उत्तमले आफुलाई हलुका र आराम महसुस गर्दै उकालो चढेको मईले महसुस गरें । ठाडो उकालो र लेक चढ्दा निकै स्वाँस्वा भएमा अाराम गर्नु पर्ने र आराम गरेको अवस्थामा पनि स्वास्वा आउने नरोकेमा जबरजस्ति उकालो चढ्नु हुन्न त्यस्तो अवस्थामा तल झर्नु नै उपयुक्त हुन्छ ।आाराम गरेको समयमा समेत स्वास्वा नरोकिएमा जबरजस्ति उकालो चढ्ने प्रयास गरिएमा शरिरलाई ठूलो हानि हुन सक्छ । लेक चढ्नेहरुले यो कुरालाई अति संवेदनशिल भएर अघि बढ्नु आवस्यक छ ।
         घाम नलागेको समयमा र पानी परेको समयमा उकालो चढ्दा खासै लेक लागेको महसुस हुँदैन जति कडा घामलागेको समयमा उकालो(लेक) चढ्ने अभ्यास नभएका यात्रिले लेक लाग्ने समस्याको सामना गर्नु परेको हुन्छ । हामी बिहानै उकालो चढिरहेकाले हामीलाई लेक लाग्ने समस्या नभए पनि बढी उचाइमा प्राण वायु( अक्सिजन) कम हुने भएकाले त्यसबाट केही समस्या हुन सक्ने सम्भावना पकै थियो । हामी बिस्तारै सुस्त गतिमा हिउँमा छ्वास टेक्दै उकालो चढ्दै हिमालि क्षेत्रलाई स्मरण गराउने कुरियाको चारै तर्फको चाँदी जस्तै टल्किरहेको मनोरम दृष्यहरुलाई आफ्नो मन मस्तिस र मोबाइल क्यामरामा कैद गर्दै उकालो चढ्दै थियौ । मोबाइलमा टावर आाएको देखिएकाले खुसि हुँदै कराएर मोबाइलमा टावर देखियो भन्दै मईले घरको लाईनलाईनमा सम्पर्क गर्न प्रयास गरें । त्यस्तै अरुले पनि घर घरमा मोबाइल बाट सम्पर्क गर्ने प्रयास गरे तर न्हुक्षेदाईले बाहेक हामी कसैले पनि  घरमा मोबाइलको घण्टी पठाउन सफल भएनौ । न्हुक्षेदाईको घरबाट फोन उठाए पछि सायद उताबाट पहिलो प्रश्न नै “” हिजो देखि किन फोन नगरेको ? अनि मोबाइल किन स्विच अफ गरेर राखेको भन्दै चिच्यायको अनुमान सहजरूपमा लगाउन सकिन्थ्यो । किन भने न्हुक्षेदाई “” हिजो कुरिया बजारमा बिद्दुत लाइन नभएकोले कसैको मोबाइलमा टावर देखाएन त्यसैले फोन गर्न नपाएको अहिले भरखरै मात्र मोबाइलमा टावर आएकाले फोन गरेको भन्दै “” जवाफ दिएर हामि अहिले कालिञ्चोक भगवती दर्शन गर्न कुरिया बाट माथि उकालो चढदै छौ भन्दै आफ्नो भक्तपुरे लोकल मातृभाषामा कुरा गरेको प्रस्तै सुनिन्थ्यो । हामी भने आफ्नो मोबाइलको घण्टी नगएकाले सबै खिन्न भएका थियौ ।
      न्हुक्षेदाईले मोबाइलमा कुरा गर्न सकाए पछि उत्तम,बिकाश र कृष्णराम दाईले पनि दाईकै मोबाइलबाट घरमा सम्पर्क राखे आफ्नु स्थितिबारे जानकारि दिए । मईले आफ्नो मोबाइल बाट धेरै पटक घरमा सम्पर्क गर्न खोज्दा असफल भए पछि मईले पनि न्हुक्षेदाईकै मोबाइलबाट घरमा सम्पर्क गर्न खोज्दा मोबाइलमा टावर हराएकोले ततकाल मेरो घरमा सम्पर्क हुन सकेन र हामीले आफ्नो यात्रालाई निरन्तरता  दियौ । हामी भन्दा पछि उकालो चढ्न्हरुले हामीलाई पछाडि पार्दै गईरहेका थिए ।
        उकालोको ठाउँ ठाउँमा यात्रिहरुलाई आराम गर्न राखेको काठको बेन्चमा हिउँ नै हिउँ थियो । उकालो चढ्दा थाकेर लखतरान भएको अवस्थामा सकेसम्म बसेर आराम गर्नु हुन्न  उभिएरै आाराम गर्नु पर्छ । बसेरै आराम गर्दा समय बढी लाग्न सक्ने मात्र हैन  शरिरले पनि बढी नै आराम खोज्छन् र अनि यात्रामा बाधा पर्न सक्छन् ।  हामी कहिै बसेर आाराम नगरि बिस्तारै बिस्तारै हिउँमा पाईला टेक्दै थाक्दा यसो एकछिन उभिएरै आराम गर्दै उकालो चढ्दै गयौं । करिब आधा उकालो चढे पछि पहाडको भित्र बाट बग्दै गरेको पानीलाई पाटन बस्ने एक नेवार श्रेष्ठ थर गरेका सजनले यात्रिहरूको तिर्खा  मेटाउन एउटा सानो धाराको व्यवस्था गरि दिएका रहे छन् । मईले सोही धारामा पानी लिएर मुख कुला गरें त्यस पछि मईले आफुलाई अलिई फ्रेश भए जस्तै महसुस गरें । मोबाइलमा टावर देखिएकोले मईले घरमा फोन गरें धेरै बेरको प्रयास पछि घण्टी गयो उता बाट फोन उठाए मईले आफू उकालो चडडै गरेको भनी कुरा गर्न खोज्दा टावरको खराबिले आावाज प्रस्त नसुन्दा फोन काटें ।
       करिब ५:३० बजे हमाी केबुलकारको स्तेशन नजिक पुग्यौ त्यति बेला सम्म केबुलकार संचालन भएको थिएनन् । त्यो स्तेशनलाई दायाँ पार्दै हामी माथिको उकालो चढ्दै गयौ । यहाँको उकालोमा भिरालो तर्फ फलामे बार राखेको रहेछ । हामी विस्तारै विस्ता रै सावधानिका साथ हिउँले छोपेको खुत्किला टेक्दै उकालो चड्डै गयौं । करिब पन्द्र मिनट पछि हामीले समुन्द्र सतह भन्दा ३८४२ मिटरको उचाईमा रहेको  कालिञ्चोक भगवतीको मन्दिरको फलामे मूल ढोकामा पुग्यौं । ढोकाको बायाँ तर्फ श्री गणेश र दायाँ तर्फ कालिञ्चोक भगवती भनी अक्षेर कुदिएको प्रस्तर मूर्तिको दर्शन पायौं । मईले झोला बाट धूप र दियो अनि सलाई निकालेर सलाई कोर्दै धूप र लियो बाल्ने प्रयास गरें सिर सिर हावा चलिरहेकाले धेरै बेर पछि बल्ल बालेर गणेश र भगवतीलाई अर्पण गर्दै दण्डवत गरि ढोका प्रवेश गरेर फलाको भरेङ चढेर जब कालिञचोक भगवतीको मादिरमा प्रवेश  गर्यौं । त्यतिबेला केबुलकार संचालन भएको भन्ने हामीले थाहा पायौ ।
         भरेङ चढेर बायाँ तर्फको बाटो हुँदै मन्दिरको अगाडि पुग्दा दायाँ तर्फ पुनः गणेश र भगवतीको प्रस्तर मूर्तिको दर्शन गर्न पायौं । त्यहाँ बाट करिब दस बाह्र कदमको सिधा अगाडि दायाँ तर्फ नै कालिञचोक थुम्कोमा रहेको सानो कुवा जहाँ हजारौं वर्ष देखि दैनिकरुपमा  जति जल /पानी निकाले पनि कहिले जल/ पानी रितिएको वा सुकेको अवस्था नदेखिएको सनातनी धर्मालब्मीहरुको आस्था र विस्वासको स्थल अनि शक्तिदायनी काली कालिञ्चोक भगवती विराजमान रहेको अतल विस्वास रहेको पवित्र पूण्य स्थलको अहोभाग्य दर्शन गर्ने  अवसर पायौं । आमाले पठाएको पुजासामाग्रि झोला बाट निकालेर धुप, बत्ती, दियो निकालेर सलाई कोर्दै बाल्न प्रयास गरें , सिर सिर हावा चलेकाले मुस्किलले धुप, बत्ती र दियो बालेर काली कालिञ्चोक भगवती मातालाई अर्पण गर्दै फूल अक्षेता र दक्षिणा समेत कुवाको मुखैनेर चढाएर ॐ श्री श्री श्री काली कालिञ्चोक मातेस्वरी नमः भन्दै सिर झुक्याएर ढोके । त्यहाँका सेर्पा भाइ कुवा भित्र पर्ने गरि पुजा नगर्न र कुवाको फोटो नखिच्न भन्दै थियो । दर्शन गरिसकेका तिर्थालु भक्तजनहरूलाई त्यहाँबाट नफर्किकन नै सिधा जानू भन्दै एउटा लामो लठ्ठीमा बाँधेर राखेको दूध मापकले   कुवाबाट जल निकालेर जलप्रशादले अभिषेक गर्दै सबैलाई आशिर्वाद दिएर बिदा दिन्दै थिए । केबुलकार स्तेशन क्षेत्रबाट बाट कालिञ्भोक भगवती मन्दिरको उकालो चढेर जाने बाटो र फर्किने बाटो अलगै बाटो रहे छ।
         कालिञ्चोक भगवती दर्शन गरेर हामी दायाँ तर्फ पार्दै मन्दिर घुमेर मन्दिरको ठिक अगाडि पुगेर केही सेल्फि फोटोहरु समेत लियौं र तयाहाँबाट तल झरेर मन्दिर कै ढोकामा बेचेर राखेको छुर्पि हेर्न र किन्नमा हामी लाग्यौ । मईले रु सयमा लामो र नरम खालको एउटा छुर्पि किनेर झोलामा हाले । मन्दिरकै तल रहेको सानो टहराको पसलमा थर्मसमा राखेको एक एक कप कालो चिया हामी सातै जनाले खायौ । चिया खाँदै घरमा फोन गरे् फोन उठ्यो अहिले भने टावर ठीक भएकाले कालिञ्चोक भगवती दर्शन गरि चिया खाँदै गरेको अब तल झर्दैछौ भनेर भने ।  लक्ष्मीप्रसाद पहिला नै केबुलकार चढेर तल कुरिबजार पुगिसकेको थियो । हामी पनि अब केबुलकार बाटै जानू उपयुक्त हुन्छ किन कि हिउँका कारण उकालो बाट तल झर्न धेरै कथिनाई हुन्छ भन्दै बेबुलकार चढ्न स्तेशन तर्फ गयौ र सातजनाका लागि प्रति व्यक्तिको रु ३००/- तिरेर हामी केबुलकार चडेर करिब पाँच मिनट नपुग्दै चल पुगेर केबुलकार बाट वर्लेर होटल तर्फ लम्क्यौ ।
        होटलका पुग्नासाथ कोठामा गएर सबैले आ-आफ्ना झोला सामान लिन गए मईले आफ्नो झोला बोकेरै उकालो चेढकाले कोठामा मेरो सामान केही बाकी  नभएकाले म माथि कोठमा गएन तल नै बसें होटलको भाईले बाहिर घाममा बस्ने बरि भान्छा कोठा अगाडि टेबुल र कुर्सिको व्यवस्था गरि दिए । हामी सबैजना कुर्सिमा बसेपछि बिहानको नास्तारुपमा अालु तरकारि, अण्डा जाम पाउरोटी  र चिया अायो सबैले नास्ता खानथाल्यौ । नास्ता खाँदै उकालो चढ्दाको आ-आफ्नो अनुभवहरु सबैले सुनाए । चिया नास्ता सकाएर हाम्रो शिल्पकार कल्याण कोषको बेशाख महिनाको नियमित मासिक बैठ बस्ने तर्फ तयारि गर्दै उत्तमभाईको झोला बाट माइनत बुक निकालेर अलमल नगरी कोषका खध्यक्ष श्री बिकाश शिल्पकारजीको अध्यक्षतामा ३२०० मिटरको उचाइमा रहेको कुरिया कालिञचोकमा बैठक बसि बिबिध विषहरुमा छलफाल तथा निर्णया गरियो ।
       निर्णयको पहिलो  बुँदामा काली कालिञ्चोक भगवतीको कृपा र हाम्रो अहोभाग्यले काली माताको दर्शन पाएकोमा गदगद भई माताको कृपाबाट नेपाल र नेपालीको कलल्याण होस भन्ने प्रथना सहित  मातालाई सहस्र धन्यवाद चढायौ । दोस्रो बुँदामा कालिञ्चोक दर्शनयात्रामा लागेको पाकेज यात्रा खर्च सबै कोषले नै व्यहोर्ने निर्णय सहित बिक्रम सम्बतको नव वर्ष २०७६ उपलक्ष्यमा शुभकमना समेत आदान प्रदान गरि बैठक सम्पन्न गरि त्यहाँबाट दोलखा भिमसेनको दर्शनमा जान यात्राका लागि  सबै तयार भयौं । त्यतिबेला सम्म ड्राइभरले माथि बाट गाडी ल्याउन ढिलाइ गरेकाले एकछिन कुर्न पर्यो । एकैछिनका गाडी आईपुगेकाले सबैजना गाडीमा बसेर एकैस्वरमा सबैले कालिञ्चोक भगवती माताकी जय भनेर ठूला स्वरले गुञ्जयमान गर्यौ र हाम्रो गाडीले कुरिया बजारको उकालो चढेर दोलखा यात्राको गन्तव्य तिर गतिलिईयो ।
       उबडखाबडको कष्टदायक बाटो आधिजति पार गरे पछि बाटोमा रोकेर राखेको सिल्भररङ्गको एउटा गाडी चालकले पञ्चत भएको चक्का खोल्न सिलिप भएर खोल्न नसकेको भन्दै हाम्रो गाडी चालक संग सहयोग माग्दै थियो । हाम्रो ड्राइभरले सिलिप भएर नट खोल्न नसकेको भए बालुवा राखेर नटबोल खोल्ने प्रयास गर्नु भन्दै   आफ्नु गाडी अगाडि बदायो । हाम्रो ड्राइभरले भनेकोउपाए बाट वहाँलाई सहयोग भए नभएको हाम्रो गाडी र ड्राइभरले फर्केर हेरेन । उबडखाबडको त्यस्तो कष्टदायक बाटोमा पनि स्कूटरलिएर यात्रामा आएको देखेर हामी अचम्म मान्दै अघि बढ्दै गयौ अलि पर पुगेपछि एउटा कोटरबाईकमा पछाडि बसेर काखमा सानो बच्चा राखेर आईरहेको हामीले देख्यौं । त्यो दृष्य देखेर हामी आश्चर्य मान्दै  कस्तो मूर्ख आमा बाबू होला यस्तो बाटोमा पनि सानो बच्चा काखमा लियर मोटरबाईक बाट कालिञ्चोक यात्रा गर्ने ! कालिञचोकमा हामीलाई त अक्सिजनको कमि भएर समस्या भयो भने बच्चालाई कस्तो होल ? यदि स्थानिय बासिन्दा भएत कुरा अर्कै नत्र उनिहरुले बच्चाको जीवन संग खेलबाड गर्यो भन्दै गाडीमा कराउदै थियो । यतिकैमा हाम्रो गाडी चरिकोट जाने र दोलखा जाने दोबाटो आएकाले हाम्रो गाडी बायाँ तर्फको दोलखा जाने बाटो तर्फबाट हुईकियो ।
    लगभग आधा घण्टा पछि हामी दोलखाको पिच सडक बाट भिमेस्वर मन्दितिर जाँदै थियो । करिब मध्याह्न समयमा हामी तल्लो बाटो बाट भिमेस्वर मन्दिर तर्फ पुग्यो  गाडी बाट वर्लेर गाडीलाई माथिल्लो ्ढोका अगाङि लगेर राख्नु भन्दै हामी मन्दिर प्रवेश गर्यौं । भिमसेन मन्दिरमा भक्तजाको ज्यादै भिड नभए पनि कम भने धिएन ।  हामी जुत्ता फुकालेर हात धुन्द घरबाट पुजासामान नल्याउनेहरुले त्याहाँ किनेर खुत्किलो चडेर मन्दिर प्राङ्गणमा गयौ मन्दिर भित्र बोका बलिपुजा भईरहेकाले एकछिन  ढोकाबाहिरै उभिए बस्यौ । भित्र बोका बलि दिने काम सके पछि हामी भित्र प्रवेष गरि दोलखा भिमसेनको सभक्ति यथासके पुजा गरेर बाहिर आएर धुप,बत्ती र दियो बालेर भिमसेनलाइ अर्पण गरि धुप बत्ती राख्ने स्गानमा राखेर मईले आफ्नो पुजा सकाएँ र दायाँ हुँददै  मन्दिर परिक्रमा गर्दै मन्दिर प्राङ्गणबाट तल झरेर जुत्ता लगायर बाबाजी बसेको पाटीको तल एकछिन बसेर आराम गरें सबेै भेला भए पछि मन्दिर अगाडिको तल्लो खुत्किलामा बसेर एउटा सामुहिक फोटो खिच्यौ । हामी सबैको अनुहारले थकान भईरहेको देखाईरहेको थियो । हामी त्यहाँ बाट विस्तरै दोलखा भिमसेन स्वागत द्वाररहेको मूल सडक तर्फ खघि बढ्यौ ।
         पाकेजयात्रा भित्रको खाना खाने व्यवस्था चरिकोट बजारमा भन्ने जानकारि पाएकाले सबैले एक एक कप चिया खाने निधो  गरेर स्वागत द्वार अगादिको सानो चिया पसलमा प्रवेश गरेर चिया खायौ त्यति बेला सम्म घडीमा अपरान्हको एक बजि सकेछ ।  चिया खान सकायर गाडीमा बसेर चरिकोट तर्फ गाडी अगाडि बढ्दै गयो । च्यहाँ बाट माथि जाने मूल पिच सडकमा मर्मत भईरहेकाले बाटो छेकिएको देखेकाले ड्राइभरले गाडीलाई बायाँ तर्फको कच्ची बाटोमा कुदायो । लगभग आधा घण्टाको दूरि पार गरे पश्चात हाम्रो गाडी जिरी सडक खण्डमा गुडिरहेको थियो। अब हाम्रो गाडी जिरी  तर्फबाट चरिकोट बजार तर्फ गईरहेका थिए । चरिकोट बाजारमा रहेको द्यउरालि भोजनालय अगाडि गाडी रोकेर हामीलाई ड्राइभर भाईले द्यउराली भोजाालय भित्र तल दुई तल्ला मुनिको भूमिगत भोजाालयमा पुरायो ।
     भूमिगत भोजनालय भए पनि चितिक्क परेको देखिन्थ्यो । हामी सबैले आ-आफ्ना झोलाहरु  कुर्सिमा बिसायर हात मुख धोएर कुर्सिमा बस्यौ । मईले घरमा फोन गरेर हामी दोलखा भिमसेन दर्शन गरि सकेर चरिकोटमा खाना खान बस्दै छौ भरे ८- ९ बजे सम्म घर आाई पुग्छौ भन्दै फाोन राख्यौ टेबुलमा खाना आाईपुगेकाले सबै खाना खानमा बेस्त भए । खान खायर गाडीमा बस्दा सम्म २ बजिसकेका रहेछन् अब हाम्रो काठमाण्डौ फिर्ती यात्राको गन्तव्य थियो । गाडी आफ्नो गतिमा बढ्दै गयो मुदेमा पुग्दा कतै गाडी रोकेर केही छिन आाराम गर्दै झोलामा बाकिरहेको सोमरसको स्वाद लिने विचार न्हुक्षेदाईले भन्नू भो उत्तमभाईले हैन काका तल खाडी चीउरमा बसौ त्यहाँ भए माछा पनि पाईन्छन् भन्दै गाडीलाई अगाडि बढ्न नै दियो । उबदखाबद सडकलाई पार गर्दै सडकमा गाडीहरु आाउने जाने क्रम निकै थियो ।
         धुलो धुवाँ उदाउँदै हामी खाडी चौउरको पुल पार गर्दै अनुकुल ठाउँमा गाडी  रोक्न लगायर ड्राइभर भाई सहित हामी एउटा सानो होटलमा प्रवेश गर्यौ उत्तम भाइ र लक्ष्मीप्रसादले माछा फ्राई र मःमः अदर गर्दै दिए म लगायत कोहि सौचालय खोज्दै सौच गर्न गयौ । सौच गरि हात मुख धोयर मेचमा बस्दै झोलाबाट सोमरसको बोटल निकालेर गिलास भर्दै बिकाश, ड्राइभर, कृ्ष्णसुन्दर र उत्तमलाई बाहेक सबेले हात हातमा लिय । ऊत्तमले एउटा बियर र बृष्णसुन्दर र ड्राइभरले जुसलिए तर बिकाशले भने
केहि पनि लिएनन् । योग गुरु बनेर माछामासु अनि सोमरस कति दिन त्याग्ने हो भन्दै सबैले बिकाशलाई जिस्काउदै सितल चाख्दै सोमरस लिन्दै गयौ । बिकाश भने अरुले  सोमरस खाएकाले आफुले नखाए पनि खाय सरह नै छु भन्दै मुस्कान दिन्दै बस्यो । मःमः र माछा फ्राई नपुगेकाले लक्ष्मीप्रसादले थप अदर दिए । मईले बिस्तारै दूईपायग सोमरसलाई निलिसकेकाले मलाई पुगिसकेको थियो न्हुक्षेदाईले मेरो गिलासमा एक पायग फेरि थप्नुभयो मईले त्यसमा कोकराखेर पूरा गिलास  बनाए प्लेतमा रहेको माछा खाँदै गिलास रित्याएँ । सबैले गिलास रित्याए पछि उत्तमले पसल साहुजीलाई चाहिने पेमेन्त गरे बाकि रहेको सोमरसको बोटल लिएर हामी पुनः गाडीमा बसेर फिर्ती यात्रामा लाग्यौ ।
      सोमरसले हामीलाई  आफ्नो रङ् देखाउदै थियो त्यसैकै प्रभावमा हामी विभिन्न ख्याल ठट्टा गर्दै गयौ । हाम्रो फिर्ति यात्त्राले काठमण्डौ नजिकिन्दै गएको थियो तर पनि काभ्रेजिल्ला पारभएका भने  थिएनन् । न्हुक्षेदाईले ठट्यौली शैलिमा बोटलमा बाँकी भएको सोमरस लियर घर जानू हुन्न भन्दै फेरि एक अनुकुल स्थानमा गाडी रोक्न सोमरसको सुरमा ड्राइभरलाई नाति सम्बोधन गर्दै गाडी रोक्न लगाउनु धयो ।  गाडीबाट वर्लेर सबै अलि उचाई भएको स्थानमा बस्न गए । मलाई सोमरसको मात्रा अलि बडि नै भईसकेकाले म दाईहरु संग माथि नगईकन आफुलाई सौच लागेकाले यसो ठाउँ हेरेर सौच गरे् र अलि पर एउटा गाडामा केही बेचि राखेको देखेर नजिक गएर पानीको एक बोटल किनेर गाडीनिर आएर ढालेर राखेको सल्लाको रुखमा बसेर पानीले मुख कुल्ला गर्दै एकबोटल सबै पानी खाएर सोमरसको प्रभमवलाई कम गर्न प्रयासमा लागें । सूर्य अस्ताईसकेको स्तितिमा तियो । एकै छिन पछि सबै आएर  गाडीमा बसेर काठमाण्डौ फिर्ति यात्राको एसप्रेश गतिमा गाडीले गति लिन्दै अघिब बढ्यो ।
       गाडीले काभ्रे, भक्तुर जिल्ला सिमाना पार गर्दै  काठमाण्डौ सिमाना प्रवेश गर्दा सम्म रातिको लगभग ८ बजिसकेका थिए  ८ बजे पश्चात हतपत्ति रुत गाडी नपाउने भएकाले गाडीको रुट सिभिहस्पित  बानेश्वरमा कृष्णसुा्दरलाई, संखमुल पुलमानीर उत्तमलाई वराल्दै गाडी संखमूल बागमती खोलाको लिङ्क रोड हुँदै  कालमाटी पुल निस्केर म र दिपेन्द्रभाई पुलमा वर्लेर न्हुक्षेदाई, लक्ष्मीप्रसाद, र कृष्णराम दाईलाई नयाँबजार र बिकाशजीलाई चण्डोल सम्म पुराई दिन ड्राइभर भाईलाई अनुरोध गर्दै सकुशल यात्रा सम्प्नन गराई हामीलाई अन्तिम गन्तव्य सम्म पुर्याउनु भएकोमा  ड्राइभर भाईलाई धन्यवाद दिन्दै गाडीमा रहनु हुने न्हुक्षेदाई समेत संग बिदा लिन्दे हामी कालकाटी तर्फ पैदल नै लाग्यौ तरकारी बजार पुगे पछि दिपेन्द्र भाइ बिदालिएर क्लबगल्ली बाट घरतिर लाग्नु भयो भने म सडक पार गर्दै कलङ्की तर्फ जान लागेको सानो माईक्रोभ्यान रोकेर त्यसमा चढेर न्हेपंखा कलङ्की मन्दिरमा / कल्खु अजिमाको मन्दिरमा वर्लेर मन्दिर बाहिर बाटै अजिमाको लर्शन गरे घर प्रवेश गरेर आमा लगायत सबैलाई कालिञ्चोक भगवती र दोलखा भिमसेनको फूलप्रशाद दिएर  रमणिय रोमाञ्चकारि कालिञ्चोक यात्राको बृतान्त कथा सुनाउनमा वेस्त भएँ त्यस पछि एक छिन वर्षदिनको मेरो भान्जि नातीाी आस्ना नानी संग खेलेर यात्राको थकाईमार्दे निन्द्रा देवीको काखमा पुगें।

No comments:

Post a Comment