Saturday, December 15, 2018

भक्तपुरका नेवा:हरुले मनाउने जात्रा पर्व

भक्तपुरका नेवा:हरुले मनाउने जात्रा पर्व
~~~०००~~~

             भक्तपुरका नेवा:हरुले मनाउने जात्रा पर्व
            सनातनी नेपालीले वर्षको ३६५ दिनका विभिन्न तिथिमितिलाई विशेष दिनका रुपमा सानो वा ठूलो  चाडपर्वका रुपमा मनाउँदै आएका छन् । वर्षको चाडपर्व मनाउने सवै जात जातिको आ-आफ्नै मौलिक विशेस्ता रहि आएको पाईन्छन् । गैह्र नेवा:हरुले मनाउने चाडपर्वहरु भन्दा नेवा: समुदायले मनाउने चाडपर्वहरु आफ्नै जातिय पहिचानको विशेस्ता रहेको पाईन्छन् ।  नेवा: समाजमा ठाउँ अनुसार आ-आफ्नै विशेष प्रमूख चाडपर्वहरु रहि आएको पाईन्छन् । काठमाण्डौका नेवा:हरुको प्रमूख चाडपर्व पाहाँ चह्रे हुन् जसलाई पासा चह्रे पनि भन्ने

न् त्यस्तै पाटनका नेवा:हरुको प्रमूख चाद पर्व हो रातो मछिन्द नाथको रथ जात्रा जसलाई स्थानिहरु बुङ्ग द्य: ख जात्रा बन्ने गर्छ्न् ।  त्यस्तौ नै भक्तपुरका नेवा:हरुले मनाउने मोहनी नख: पछिको प्रमूख चाडपर्व हो विस्का जात्रा । विस्का जात्रालाई विश्वजात्रा पनि भन्ने गरेको पाईछन् ।

विस्का पर्व
        प्राचीन नेपाल / नेपालमण्डको राजधानि भक्तपुरका नगरबासिहरुको प्रमूख चाडपर्व " बिस्का " हुन् । यश विस्का जात्रालाई बङ्याएर हाल बिस्केत जात्रा भन्दै भक्तपुरको मौलिक संस्कृतिक जात्राको मौलिक नाम नै भ्रमित पार्ने काम भईरहेका छन् यहाँ ।
        बिस्का जात्रा नाग वा सर्प मारेर अथवा तान्त्रीक राजगुरु नागको रुप धारण गरि मृत्यु वरण गरेको संम्झनामा अथवा राजालाई मृत्युवरण गराउन राजकुमारीका नाँक बाट निस्कने नागलाई मारेको खुसियालिमा अर्थात नाग वा सर्पलाई नेवार भाषा( नेपाल भाषा)मा " विइ " भनिने र मरेकोलाई " सिका " भनिने भएकाले विइ याने नाग वा सर्प  सिका याने मरे पछि हुन गएको वा विषुवत् दिनमा शुभ दिनका रुपमा मनाउने  यो जात्रा  नाग वा सर्प मरे पछि  मनाउने किम्बदन्ती संग गासिएकोले विइ र सिका  दुई शब्द समायैजन (विइ + सिका = विसिका) हुँदै आएको होस वा विषुवत् दिनमा शुभ दिनका रुपमा मनाउने  जात्रा भई विषुवत् कालमा मनाउने यो जात्रालाई समयको अन्तराल संगै  बिसिका मा रुपान्तरण भएको होस्   यो जात्रा  विस्का पर्व आठ दिन नौरात सम्म मनाउने यो विस्का जात्रा  प्रत्यक सौर्य वर्षको बशन्त ऋतुमा मनाउँदै आएको छ ।यो पर्व सूर्यमासका आधारमा मेष संक्रान्ती (मेष संक्रान्तिलाई नेवा: भाषामा खाइसन्हु वा खायुसन्हु भनिन्छन् ) आउनु भन्दा  चार दिन अर्थात सौर्य वर्ष शुभारम्भ हुनु चार दिन अघि देखि नै जात्रा स्रुरु भई संक्रान्तिको अघिलो दिन लिङ्गो ठ्ड्याइ संक्रान्तिका दिन लिङ्गो ढाल्ने जात्रा नै मूल त: विइ-सिका विस्का जात्रा हो । लिङ्गोलाई स्थानिय मौलिक भाषामा योसीं द्य: भन्छ्न् । योसीं द्यः मा झुण्डाउने एकजोडा हलिंपत नाग नागनिको जोडिका प्रतिकका रुपमा रहेको विश्वध्वजा हो। यही विश्वध्वजा फहराउने विश्व जात्रालाई विश्वकेतु जात्रा पनि भनिन्छ। विश्व केतु जात्राको अप्रभंश रुप विसक्यात वा विस्का हुँदै अहिले गैह्र नेवा:हरुले विस्केत भन्न थालेका छन् । यो जात्राको बारेमा जनमासमा चल्दै आएको किम्बदन्ति हेर्ने हो भने यो जात्राको मौलिक नाम विस्का नै हो भन्ने देखिन्छन् ।
        युवा इतिहासविद ओम धौभडेलले विस्का जात्राका सम्बन्धमा आफ्नो " ऐतिहासिक टिपोटहरूमा बिस्केट " टिपोट) मौजदुर दैनिक) मा प्रकाशित लेखमा उल्लेखित गरिए अनुसार परापूर्व कालमा बिस्केट जात्रा खायुसन्हु अघिलो दिन (चैत्र शुक्ल मसान्त) र खायुसन्हु अर्थात मेष संक्रान्ती ( वैशाख संक्रान्ति ) दुई दिनमात्र हुन्थ्यो । त्यसमा पछि भद्रकालीको जात्रा थपियो। विश्व मल्लको पालादेखि काशी विश्वनाथ भैरवनाथको समेत जात्रा गर्ने परिपाटी बसेपछि बिस्केटमा भैरवनाथ भद्रकालीको जात्रा गरी योसीं द्यः समेतको जात्रा बिस्केट जात्रा बन्न पुग्यो। वर्तमान बिस्केट जात्राको विकासमा जर्गज्योति मल्ल, भूपतिन्द्र मल्ल र रणजीत मल्लको योगदान रह्यो ।
         ओम धौभडेलले आफ्नो सो टिपोट लेखमा उल्लेखित गरिए अनुसार भक्तपुरका राजा प्राण मल्लले भद्रकाली गुठियारलाई लेखिदिएको ताम्रपत्रअनुसार नकिंगु अजिमाको जात्राको क्रममा गर्नु पर्ने पुजाहरु :-
१. नित्यपुजा,
२. गुप्तरात्री पञ्चोपचार पूजा,
३. गणेश बलि पूजा,
४.  केराइरा पूजा,
५. तुकंछा पूजा,
६.  निमन्त्रणा पूजा,
७. स्वान छा बली पुजा,
८. भदांरस भैरव पूजा,
९.  रमसान भैरव पूजा, र
१०. देव कोहां बिज्याक भण्डारस पञ्चोपचार पूजा  र
११. पिठस महिषबलि पूजाजस्ता पूजापर्वहरू बिस्केट जात्राको क्रममा गर्नुपर्ने विधानहरूबारे उल्लेख छ। काश्यव (काशी) गोत्र र मानवगोत्रका हरसिंह, धलामु माधवसिंह कृष्णसिंह, हरिदेव, नरपति, विष्णुदेव, जक्षेराम, जयनर गरी नौ जना गुठियारहरूको नाममा विभिन्न कार्यहरू गर्न थुपै्र जग्गा आयस्तासमेत राखिएको उक्त ताम्रपत्र ( धौभडेलजीले दो टिपोट्मा लेखुनु भए अनुसार ) दैवज्ञ गम्भीरसिंहले लेखेको हो। यस अर्थमा प्राचीन काल देखि चल्दै आएको विस्का जात्रामा नकिंजु ( खुसिं) अजिमा भद्रकालीको द्य:ख: ( रथ) जात्रा समेत थप गरे पछि पनि पुन: पछि फेरि काशी विस्वनाथ भैरबको जात्रा समेत समाबेस गरि विस्का जात्रा संचालन गर्दै भक्तपुरवासिले मोहनी नख:( पर्व ) पछिको प्रमूख चाडपर्वक रुपमा मनाउँदै आएको देखिन्छ ।  
       चन्द्रमासको तिथिहरुमा नै आफ्ना चाडपर्वहरु मनाउने परम्परागत संस्कृती र संस्कार भएका भक्तपुरका नेवा: समाजले सौर्यमास संक्राती अर्थात बैशाख १ गते नै किन यो विस्का नख:  जात्रा पर्व मनाउँदै आयो त: भन्ने सम्बन्धमा बैशाख संक्रान्ति ( खायुसन्हु)को महिमाका बारे खोतलेर हेर्ने नै हो भने पृथ्विले सूर्यलाई परिक्रमा गर्दा एक वर्ष भित्रमा सूर्यले  बाह्रै वटै राशिलाई क्रमश: पार गेको हुन्छ । जब पहिलाको राशिलाई त्याग गरि अर्को राशिमा प्रवेष गर्छ त्यसलाई ज्योयिसिय तथा पञ्चाङ्गिय भाषामा संक्रान्ती भन्छ । संक्रान्ती नै प्रत्यक मासको पहिलो दिन हो । प्रत्यक मासको पहिलो दिनलाई सौर्य वर्ष मासको पञ्चाङ्गले १ गते मान्छ ।सनातनी धार्मिक मान्यता र विस्वास अनुसार प्रत्येक संक्रान्तिको आफ्नै विशेष महत्व रहेको पाईनछन् । सवै संक्रान्ती मध्यमा पनि मेष संक्रान्ती र मकर संक्रान्तिको  विशेष महत्व रहेको धर्म शास्त्रीय मान्यता रहेका छन् ।
 साथै यसैदिन वर्षभरिको दिनहरु मध्ध्यमा दिन र रात बराबर भएको विषुवत् दिन समेत मानिने खगोल शास्त्रीय मान्यता रहेको छ ।
पृथ्वीको गति अनुसार पृथ्वीले सूर्य ग्रहलाई परिक्रमा गर्ने क्रममा पृथ्वीको सतहमा उत्तरी ध्रुव एवं दक्षिणी ध्रुव बाट सामान दूरी मा स्थित एउटा समान रेखाले  पृथ्वी को उत्तर दक्षिण गोलार्ध मा विभाजन गर्ने काल्पनिक रेखालाई खगोलशास्त्र तथा ज्योतिषीय शास्त्रले विषुवत् रेखा नामकरण गरेको छ । विषुवत् रेखा परेको दिन रात र दिनको समय् बरबबर हुनेछन्  त्यसैले यश दिनलाई विषुवत् दिन भनी ज्योतिषीय शास्त्रले परिभाषित गरि मान्यता दिएको छ । 
       पृथ्वीको गति अनुसार एक वर्षमा मेष संक्रान्ति र तुला संक्रान्तिमा समेत गरि दुई दिन विषुवत् दिन पर्ने गर्छ । दिनमान अनुसार  सूर्य उदाएदेखि सूर्य अस्ताउन्जेलको समय अर्थात् पूरा दिनको समय करिब करिब बरबर नैे हुने गर्छन् ।
    सौर्य वर्षको आधारको बिक्रम सम्बतको पहिलो दिन अर्थात वैशाख महिनाको खाइसन्हु(मेष संक्रान्ति) र कार्तिक महिनाको तुला विषुवत् संक्रान्तिलाई " विषुवत् संक्रानति पनि भनिन्छ । यश दिन  रात र दिन वरावर हुनछन् । 
      २०७६ सालको पात्र/ पचाङ्ग अनुसार रात र दिन वरावर देखिएको विषुवत् दिन भनेको कार्तिक १९ गते तथा चैत ४ गते  देखिन्छन । कार्तिक १९ गतेका दिन सूर्यदय ०६:१६ र सूर्यास्त १७:१७ त्यस्तै चैत ४ गतेको सूर्यदय ६:१३ र सूर्यास्त १८:१३ देखाएको दुई दिन बाहेक अन्य कुनै पनि दिन रात र दिन वरावर रहेको देखिन्दैनन । अतः यस ०७७ सालको विषवत् सहितको मेष संक्रान्ति  भने कै ०७६ साल चैत ४ गतेका दिन हुन् भन्ने पचाङ्गले प्रष्टै देखाएको छ । 
        पचाङ्ष निर्णायक समिति कै निर्णायक पचाङ्गकै ज्योतिषीय गणना अनुसार तुला संक्रान्ति पछिको  दोस्रो विषुवत् सहित दिन २०७६ चैतकै २ गते परिसकेको पचाङ्गमा देखाईसकेको अवस्थामा तुला संक्रान्ति पछिको क्रमशः अाउने संक्रान्ति मध्यको मेष संक्रान्ति( खाइसन्हु) भनेको यसै ०७६ को चै ४ गतेमा नै परेको भन्ने खगोल  तथा ज्योतिषीय शास्त्र मान्यरहेको हुनु पर्ने प्रष्ट छ । 
        यसै कारणले २०७७ सालको पहिलो शुभ दिन( विश्वकेतु- विषुवत् दिन- मेष संक्रान्ति) भनैकै २०७६ चैत २ गते नै हो भन्ने प्रष्टै देखि सकेको  अवस्थामा विषुवत् मेष संक्रान्तिको पूर्व सन्ध्यामा लिङगो( यःसिं द्यः) ठड्याएर विषुवत् मेष संक्रान्तिका दिन लिङ्गो( यःसिं द्यः) ढाल्ने भक्तपुरको विस्का (विश्वजात्रा-विश्वकेतु) जात्रा लगायतका हामी  सनातनी नेपाली जात्रा पर्वको समय पचाङ्गमा लेखिएको पर्व समय भन्दा लगभग एक महिना नै अघि सरिसके देखिन्छन् ।
 
          चन्द्रमा र सूर्यबिचको देशान्तरिय कोणको १२ डिग्रीको वृद्धी हुने समय मापलाई तिथी भनिन्छ, सामान्यतया १९ देखि २६ घण्टासम्मको एउटा तिथी हुन्छ ।पक्ष भन्नाले १५ वटा तिथीहरु हुन र कृष्ण र शुक्ल पक्ष गरि दुईवटा पक्षहरु हुन्छन् ।दुईवटा पक्षहरु मिलेर लगभग २९ दशमलव ५ तिथीको एउटा मास हुन्छ । नयाँ चन्द्र उदाएपछी कृष्ण पक्षको अध्यारो निष्पट्ट समय सम्म पक्ष एक मास हो ।
      सौर्य वर्षको प्रत्येक मासको पहिलो दिन सूर्यले  एउटा राशिलाई छादी अर्को राशिमा प्रवेश गर्छ । मिन राशिलाई छोडेर मेष राशिमा प्रवेश गर्ने दिनलाई मेष संक्रान्ती भनिछ ।
मेष  संक्रान्तिमा सूर्य भूमध्यरेखा पार गरेर उत्तरतिर लाग्छ। ग्रहमध्येको राजा सूर्य मेष राशिमा उच्च भएर बस्ने तथा उत्तरायणमा प्रवेश गर्ने भएकाले यो दिनलाई शुभ ठानिएर  नै पूर्खाहरुले यसै समयमा विस्का पर्व मनाउने परम्परा बसालेको हुनु पर्छ । विषुवत् दिनको पूर्व सन्ध्यामा ठड्याउने दुईवटा हात सहितको लिङगोले  दिन र रात बराबर छ है भन्ने सन्देश तथा सूर्य भु–मध्यरेखाको ठिक माथि बिच बिन्दुमा छ है भन्ने सन्देश समेत यश बिस्का जात्राले दुनियाँलाई सन्देश प्रदान गरिने गर्छन् भनी प्रबुद्ध वर्गहरुको भनाइ र मान्यता रहेका छन् ।
                प्रचलित पञ्चाङ्गमा बैशाख १ गते मेष संक्रान्ती परेको देखाउन्दै आएको छ तर सनातनी जनसाधारण नेपालीले ब्रम्ह वाक्य सरह नै मान्दै आएको प्रचलित बिक्रम सम्बतको पात्र बिगत २ हजार बर्ष देखि सुधार नगरिएको र अयन चयनको प्रभाव बाट ६४० बर्ष देखि नै पञ्चाङ्ग(पात्र)को तिथिमिती बिग्रदै आएको र हरेक ७२ बर्ष पछि १ दिन घट्ने भन्ने खगोलिय शास्त्रीय गणना  अनुसार अहिले सम्म २४ दिन पछि पर्न गै लगभग एक पूर्णिमा अगाडि सरिसकेको कारण पञ्चाङ्गमा उल्लेखित पर्वहरुको तिथिमिती फरक परिरहेको छ भन्ने यथार्थता बारे खगोलिय शात्रबिद लगायत सबै ज्योतिषिहरु एवं नेपालको पञ्चाङ्ग निर्णायक समिती तथा राज्यले समेत स्विकार गरि प्रचलित पञ्चाङ्गमा पर्वका तिथिमिती सुधार गर्नु पर्ने खड्किरहेको आजको अवस्थामा २४ दिनको ज्योतिषिय गणना अनुसार बिक्रम सम्बतको नयाँ बर्ष प्रचलित पात्रमा उल्ल्लेखित भए अनुसार बैशाकमा १ मा नभै चैत ७ गते पर्न गैसकेको अवस्थामा पनि बैशाख १ लाई नै मेष संक्रान्ती / विषुवत् दिन ( विषुवत् काल) / खायुसन्हु मानेर शुभ दिन र समय सम्झदै सर्वसाधारणहरुले असमयमा विस्का पर्व मानाउन बाध्य छन् ।
        नेवा:समाजले अधिकांस साना ठुला चाद पर्वहरु चन्द्रमासका आधारामा मनाउने परम्परा र संस्कार रहिआएको भएतापनी विस्का नख:( विस्का जात्रा) र घ्य:छाकु सन्हु / हाम्व संक्रान्ती / मकर संक्राम्ती ( घ्यूचाकू खाने  पर्व ) भने सुर्यमाषका आधारमा संक्रान्तिका दिन मनाउँदै आएका छन्

आठ दिन नौरात सम्म मनाउने विस्का जात्रा निम्न अनुसार मनाउने परम्परा रहि आएको छ  :-
. पहिलो दिन याने बैशाख संक्रान्तिको ( खाइसन्हुको )चार
    दिन अगादी काशिनाथभैरब तौमढि टोल स्थिता भैरब
     मन्दिर बाट र भद्रकाली
   ..........  टोल स्थित देवघर बाट  तल राज हुनु भै
    आआफ्नो रथमा  बिराजमान हुन्छन् । भद्रकाली( खुसिं
    अजिमा) बिराजमान हुने रथलाई नकिंजू ख: भनिन्छन् ।
     रथमा बिराज हुनु भए पछि माथिल्लो टोल ( थ:नय् ) र
     तल्लो टोल ( क्व:नय् ) रथ तान्ने परम्परा रहि आएको
     छ । रथ  सुरुमा माथी टोलमा तान्ने र तल्लो टोलमा तान्ने
     भन्ने विषयमा एक आपसमा होडबाजी नै चली रथ
    तान्नेहरु नियन्त्रण भन्दा बाहिर गएमा माथिल्लो टोल र
    तल्लो टोलका जात्रालुहरु बिच अक्सर संग्राम नै हुने
    गर्छन् यस
   जात्राको नराम्रो पक्षमा यो एउटा प्रमूख कारण हो ।
   त्यसदिनको रथ यात्रलाई रथ ग:हिटिमा पुर्याई रथ तान्ने
   विश्राम लिइन्छन यस लाई स्थानिय भाषामा   
    द्य:थातेलाकेगु
   भनिन्छन् । त्यसदिन बेलुकी सम्पूर्ण देवगणहरु आ-
   आफ्ना देवगृहको आसनबाट तल विराजमान हुन्छन् वा गराईन्छन्
  यसलाई स्थानिय न्हाषामा द्य:क्वहाँ बिज्याकेगु भन्ने
  गरिन्छन् ।
.  संक्रान्तिको दुईदिन अगादी अर्थात मसान्तको अघिल्लो
     दिन सबै देवगणहरु आ-आफ्नो पिथ याने
    देवालयहरुमा ( मन्दिर) मा लागि विशेष पुजा गरिन्छन्
    र पुन: आ-आफ्नो देवगृह( द्य:छें) मा लगेर राखिन्छ ।
. मसान्तको दिन देखि टोलवासिको .......
    पुजा सुरु हुन्छ । सोहिदिन साँझ भैरब र भद्रकालिको रथ
    लाई भैल खेल( लिङ्गो उठाउने स्थास्न)मा पुराइन्छ र रथ
    त्यहाँ पुगे पछि लिङ्गो उठाउने जात्रा सुरु हुन्क्छ । लिङ्गो
    उठे पछि टोल टोलमस तिप्वाजात्रा( छ्वाली बालेर गर्ने
    जात्रा  सुरु हुन्छ । तिप्वा जात्रामा देवगणलाई आआफ्नो
     खतमा राखी बाजागाजा सहित आआफ्नो पिठ लगेर
     राखछ । यसै दिन तालाक्वमा हात नभएको लिङ्गो
      उठाइन्छन् ।
.   संक्रान्ती १. गते (खाईसन्हुका) दिन बिहान य:सिंखेल(
      लिङ्गो ठडायेको
     स्थलबिहान क्षेत्रको चुपिंगालमा हनुमन्ते खोलामा
     जात्रालुहरुले स्नान गरेर भौरब, भफ्रकाली र य:सिंद्य:को
     दर्शन गर्ने मेला लाग्छ । दिउँसो पिठ पिठमा पुजा हुन्छ ।
     त्यसै दिन इन्द्रायणि ( इलमा अजिमा )को जात्रा हुन्छ ।
     इन्द्रायणिको जात्रा सकायर इन्द्रायणिको फुल प्रशाद
     लगेर........... पछि  लिङ्गो धालिन्छ । लिङ्गो धालिए
     पछि भैरब र भद्रकालीको रथ तानेर ग:हिटि लगेर रथ
    जुताउने जात्रा गरिन्छ यसलाई स्थानिय भाषामा
    ख::ल्वाकेगु भनिन्छ । र त्यसपछी अजिमाको जात्रा गरि
    टोल टोलमा घामाई स्थानिय टोलवासिको पुजालिने
    जात्रा हुन्छ यसलाईअ न्हसत्वामा घुमाउने भनिन्छन् ।
.  संक्रान्तिको भोलिपल्त याने २ गते महाकाली ( मसां
     अजोमा ) र महालक्ष्मी ( भोती अजिमा) को कतजात्रा
     गरिन्छन् ।
.  संक्रान्तिको दोस्रो दिन अर्थात ३ गते नगर भरिका
     बिभिन्न देवी देवताको जात्रा गरिन्छ ।
.  संक्रान्तिको चौथो दिनमा अर्थात ४ गते नगरका सवै देवी
     देवतालाई नगरवासिहरुले सगुन चढाउने जात्रा नै लाग्छ
     यसलाई स्थानिय भाषामा द्य:सगंबिइगु भनिन्छ्न् ।
.   मेष संक्रान्ती ( खाई सन्हु )को अघिलो दिन अर्थात चैत्र
     मसान्तमा तालाक्वमा उठाएर राखेको हात नभएको
     लिङ्गो लिङ्गो ५ गते ढालिन्छ । त्यही दिन भैरब र
     भद्रकाली( खुसिं अजिमा) को रथ माथिल्लो टोल
   ( थ:ने) र तल्लो टोल ( क्वने) परिक्रमा गरिटौमढी(तमारी)
     टोलमा विस्का जात्रा विसर्जन गरि भैरब र भद्रकाली
    आ-आफ्नो देवगृहमा माथी विराजमान हुन्छ विस्का
    जात्राको अन्तिम दिनलाई द्य: थहाँ बिज्याकेगु भन्ने
    परम्परा रहेको छ । यसरी विस्का जात्रा सम्पन्न हुन्छ

आमाको मुख हेर्ने
      बैशाख कृष्ण औसी / चौलागा: माताती औसी माँया ख्वा स्वय्) यश दिन आमा नहुने छोरा छोरीहरु मातातुर्थमा
गएर वा अन्य कुनै तिर्थमा गएर नुवाइ धुवाइ गरि मृतक आमाका नममा ब्राम्हण व गुरुजुलाई सिधा दान गरिन्छ नेवा: भाषामा यसलाई निस्ला बिइगु भनिन्छन् । आमा हुने छोरा छोरीले आमालाई श्रध्दापूर्वक आ-आफ्नो गक्ष्रे अनुसार मीठो मीठो खानेकुरा सहित उपहार दिएर सुकुन्दा बाली पुजारी ख्येँ दगँ दिई आमाको मुख हेर्ने परम्परा रहेको छ । यश दिन ब्रम्हाइणी ( वाता अजिमा ) को जात्रा हुन्छ ।

वैशाख शुल्क अक्षेतृतिया/ बछलाथ्व / दुगु पुजा / देवाली पुजा :-
       बैशाख शुल्क / बछलाथ्व तृतियालाई अक्षेतृतिया/  भनिन्छन्। अक्षेतृतिया देखि देवाली पुजा याने कुलपुजा सुरु हुन्छ । देवाली पुजामा मध्यमांस सहित अलिबली पुजा हुने भए पनि यश पुजामा कुखुरा, कुखुराको फुल र राङ्गाको मासु पूर्ण रुपमा बन्देज छ । इहि गरेका बालकण्याहरु ( नेवा: भाषामा इहि मचा )लाई देवालिमा विशेष पूजा गरि कुल देवता भएको दिगुद्य: ख्यलय याने कुलदेवतामा प्रवेष गराईन्छ यश पूजामा कुलदेवतालाई चढाएको हाँसको बलिको / बाहाँको टाउको स्यू भोज खाँदा इहि मचालाई ख्वाई स्यूकाभू / भोज खाने परम्परा र संस्कार रहेको छ । यश दिन बाहेक महिलाले स्यू लिने परम्परा छैनन् । दिगु पुजा र दु पुजा भनिने यो पुजा मूलत अक्षतृतियाका दिनलाई त: दिन याने प्रमूख दिन्  र त्यस पछिको पहिलो आईतवार वा बिहिवार जुन पर्छ त्यस दिनलाई ठूलो दिन मानि पुजा गर्ने गरिन्छ र त्यस प्रमूख दिनहरुमा नभ्याउनेले सिथिनखः भित्र वा सिथिनखःका दिन जुन दिन अनुकुल पर्छ सोही दिन दिगु वा दु पुजा गर्ने परम्परा रहि आएका छन् ।

स्वाँयापुन्हि / बुध्दजयन्ती, वछलाथ्व / चण्डिपूर्णिमा, बैशाख शुक्लपक्ष
    यसदिन भक्तपुर स्थित चासुखेल( चासु ख्य)का चासु अजिमा चण्डेस्वरीकोको जात्रा हुन्छ ।


   सिथिनख:  तछलाथ्व / जेष्ठ शुल्क षष्ठी/ .....
यस  दिन नेवा:हरुको घर घरमा मूम र मास को ओ( बारा), चतामरि समयबजी  तथाअन्य परिकारहरु बनाई आ-आफ्नो थान गणेश तथा पिठमा पुजागरी सानो भोज खाने परम्परा रहि आएको छ । यसै दिन भक्तपुरको क्वाछें टोल स्थित कुमारे घरमा स्यूला ह्वाला जात्रा  हुने गर्छ त्यस्तै ……….. भगवतिको पनि जात्रा हुने गर्छ यश दिन पानीका मूहानहरु इनार कुवा सफा गरिने परम्परा रहेको छ ।

ज्यापुन्ही, तछल्लाथ्व /जेष्ठ शुल्क पूर्णे /
यस दिन  सवै भन्दा दिन लामो हुने दिन हुने हुनाले पूरा दिन काम गर्न नहुने भन्ने परम्परागर मान्यता रहेको छ ।

भलभल अष्टमि ,तछलागा आषाढ कृष्णपक्ष अष्टमी
प्रत्येक वर्ष भलभल अष्टमीमा नवदुर्गा गणको देहावसान हुने परम्परा रहिआएको छ । यस क्रममा नवदुर्गा गणको मुकुन्डो नगरको पूर्वस्थित भक्तपुर नपा  वातां अजिमा ब्रम्हायणी पीठ परिसरमा विधिवत रुपमा जलाउन्छन् । गणको मुकुन्डो जलाउनुलाई नवदुर्गा देवगणको अन्त्येष्टी मानिन्छ । अन्त्येष्टी क्रममा भलभल अष्टमीमा नवदुर्गा गण बिहानै द्योछेंबाट बाहिर निस्केर विलाप नाच प्रदर्शन गर्ने परम्परा छ
....
...
हरिशयणी एकादशी, आषढ शुल्कपक्ष/ दिल्लाथ्व
यश दिन नेवार बाहेकका गैर नेवारले तुलसी रोर्पिन्छन्
द्वादशी आषाढ शुल्कपक्ष / दिल्लाथ्व
यश दिन नेवार समुदाय्ले तुलसी रोपिन्छन्

गुरु पुन्ही/ दिल्लापुन्ही, दिल्लाथ्व  /आषढ शुल्कपक्ष बागेस्वरी  भक्तपुर विरा घाटमा स्नान गर्नेमेला
वैदिक सनातनी धर्म संस्कार अनुसार गुरुलाई सम्मान प्रदान गर्ने पर्वकारुपमा सनातन देखि चल्दै आएको आषाद गुरु पूर्णिमा ( दिला पून्ही)का दिन चाङ्गुनारायण न पवडा नं ७ स्थित बागेस्वरी विरा घाट त्रीवेणी धाममा स्नान गरि बागेस्वरी महादेवको दर्शन  ( वाल्मीकि ऋषिले स्थापना गरिएको शिवलिङ्ग भएर बागीस्व महादेव भनेका हुन् ) गर्नाले वाणीको ऐस्वर्य बढ्ने तथा अक्षय स्वर्ग प्राप्ती हुनेछ भनेर नेपालमहात्मय् तृतिय अध्याय्   स्लोक नं ।। १९-२० ।।) लेखिएको छ।
गठांमुग: चह्रे / चतुर्दशी, दिल्लागा:/ श्रावण कृष्णपक्ष
     यस दिन नेवा:वस्तिको प्रत्येक टोलको  प्रमूख दोबाटो चौबाटोमा छ्वाली... प्रयोग गरि गथांमुग:( .....को प्रतीक ) बनाई साँझ छ्वाली बालेर निश्चित इलाकाहरुमा लगेर ईलाका  नगाउने गरि सेलाउन लहिन्छ जसलाई गथांमुग: वायेगु भनिन्छ । यसरी गथांमुग: वाये गरि भुत पन्छाईन्छन् । यस दिन बाट नेवा:समाजको चादपर्वको क्रमश: पछ्याउँदै आउन्छन्  । आजैको दिन मोहनी नख:को नवमीको राती बध गरी मनाइने परम्परागत जात्रा नै ख:म्ये जात्राका लागि नवदुर्गाको मन्दिरम प्रवेष गराई मन्दिर भित्र प्राग्गनमा राखिन्छन् ् । मोहनी नख:को अवसरमा महानवमीको राती यसै ख:म्ये ( राङ्गो ) लाई बद गरि जात्रा  हुन्छन् ।

नाग पञ्चमी, श्रावण शुल्कपक्ष/ गुंलाथ्व
श्रावण शुल्क पञ्चमिका दिन घर घरको मूल ढोकामा नाग पा: / चित्रकारहरुले हात बाट बनाएको नागको तस्विर ताँसी पुजा गरिन्छ ।

गुँपुन्ही/ क्वातिपुन्हिं गुँलाथ्व / व्याँजा नके/ जणैपूर्णे श्रावण शुल्कपक्ष
      यश दिन नौगेडा गुडि ( क्वाटी) पकाएर खाईन्छन्     

सापारु, गुँलाथ्व / गाईजात्रा, श्रावण शुल्कपक्ष
    यश दिन वर्ष दिन भित्रमा दिवंगत्ज हुनु भएका मृतकहरुका नाउँमस गाई ( साय:) बनाई  नगर परिक्रमा गरसिन्छन् ।

बौया ख्वास्वय् /गुँलागा: / बाबुको मुख हेर्ने भाद्र कृष्ण औसी

यस दिन बाबू हुनेहरुले आफ्ना बाबुलाई मेवामिस्तान दिई विशेस्ग समविशेस्गन्छ भने नहुनेहरुले गोकर्ण वा अन्य कुनै तिर्थमा अथवा घरैमा नुहाई धुवाई गरि निस्य  भै मृतक बाबुका नाममा बाम्हण वा गुरुजुलाई चामल, च्यूउरा, जेरि, घ्यू, हरियोसाग,मासको दाल, नून, बेसार दक्षिणा र दाउरा राखी सिधा दान गरिन्छन् वा श्राध्द गरि पिण्ड तर्पन्न गरिन्छ ।

चथा, भाद्र चौथी,ञलाथ्व /
भाद्र शुक्ल गणेश चौथी
यस दिनलाई मोहनी नख:को पूर्व सन्ध्या सम्झदै ( सानो मोहनी नख: सम्झदै )उखुको बोट, अदुवाको बोट, कमल फुलको पाट,गेडागुदी( गेदागुदीमाहरुमा - मकै, भतमास, केराउ,आदि तथा अनिवार्यका साथ आरुको बियाँ जसललाई नेवा: भाषामा बसपती पु राखी बेलुका कौसिमा बसि गणेश पुजा गरि चन्द्रमाको दर्शन गरि प्रशादका रुपमा सपरिवार बसि सानो भोज खाईन्छन् ।
         गैह्र नेवा:हरुका महिलाले आजको दिन ब्रतउपासना गरि शिव पारवति संग आफ्ना पतिको दिर्घायुको कामना र अविवाहित महिलाले राम्रो स्वामी पाउन हरितालिका तिज पर्व मनाईन्छन् । नेवा: महिलाहरुको सानैमा बेललाई शिवका प्रतिक साक्षी राखी  हिरण्यश्रवण कुमार संग विवाह गरि इहि संस्कार संपन्न गरि अखण्ड सौभाग्य प्राप्त गरि पसकेकाले आफ्ना पतिको दिर्घायुको कामना गरिरहन नपर्ने नेवा: संस्कार भएकाले नेवा: महिलाहरुले तिजको व्रत बस्न नपर्ने परम्परागत संस्कार भएकाले तिजको व्रत बस्नु पर्दैनन् ।

मङ्गलकुण्ड मेला - भाद्र शुक्ल सप्तमी/ ञलाथ्व ७ का दिन नासमनाको सानो पोखरि ( मङ्गलकुण्डमा विशेष मेला लागने गर्छ।

येँया पुन्ही, ञँलाथ्व / सिध्दपोखरी मेला
भाद्र शुक्ल पूर्णे
      यस दिन टोल टोलमा ईन्द्रको प्रतिककारुपमा यमचा ठड्याउने गरिन्छन् यस लाई तन्त्रबिधी अनुसार हवण गरि पुजा गरिन्छ यो यमचा येँया को अन्तिम दिन याने सातौ दिनमा धालिन्छन् । येँया भरी याँ: मत: र मु:पात्र (......) नगर परिक्रमा गदै जात्र गरिन्छन् । येँया:पुन्हिंका दिन खमा टोल स्थित ईन्द्रायणीको देबगृह ( द्य:छें) बाट देवी निकाली खतमा राखेर नगर परिक्रमा गरि  सिध्द पोखरिमा लगेर राखिन्छ । सोदिनको शाँझ सिध्द पोखरिमा विशेष जात्रा लाग्छन् । तसको भोलि पल्त अर्थात ञलाथ्व पारुका दिन पोखरिमा नुहाउने मेला लाग्छ अनि साँझ खत जात्रागर्दै देवगृहा( द्य:छें)मा प्रवेष गराईन्छन ।

सोह्रश्राध्द
  ञलागा: पारु( आश्विन कृष्ण- पित्री पक्ष) परेवा) का दिन देखि हरेक घर परिवारमा मोहनी नख: मानाउन अगृम रुपमा समस्त पितृलाई श्राध्द गरि मोहनी नख:को भागा तर्पण घर गरिन्छन् । यो सोह्रश्राध्दको पित्री कार्य  सोह्र दिन भित्र याने पारु( प्रेर्वा)का दिन देखि आमै ( औसी) सम्म कुनै पनि दिन गर्न सकिन्छन् ।

नलास्वने, मोहनी नख: / घटस्थापना
      पारु कौलाथ्व / घटस्थापना परेवा आश्विन शुक्ल- परेवा दुर्गामाँ पक्षका दिन एका बिहानै नदीमा गाई नुहाई धुवाई गरि नदि खोला बाट पँचा/ बालुवा ल्याई घर घरमा र आगंछे/ आहंघरमा समेत  माटाका भेगटमा अथवा लितपोट गरेको भुईमा पँचाको विशेष गणेश वा दुर्गाका मूर्ती आकार बनाई जौ र मकै छरी पुजा गरि नलास्वने ( घटस्थाना) गरिन्छन् । नौ दिन सम्म प्रत्येक दिन एक तिर्थहरुमा स्नान गरि एक अष्टमातृका पिठमा पुजागरी गर्ने गरिन्छन् जसलाई नवरथ जाने भन्ने गरिन्छन् । नवौ दिन सम्म नवरथ गै महाअष्टमीका दिन कुछी भभ्वय् र महानवमिमा विशेष नवदुर्गा भवानिलाई पुजा आर्धना गरि  दशौ दिन चालं गर्दै पाय: न्हाकी ( नवमिका दिन पुजा गर्न स्थापना गरिएका आफ्ना पेशागत कार्यमा प्रयोग हुने औजार हरु ( ज्याबर ) घरमा घरका सद्स्यहरुलाई र आगन घरमा आगन कुलपरिवारका सदस्यहरुलाई मूली बाट हड्तान्तरण गरि मनाउने प्रमुख चादलाई नेवा: समाजले मोहनी नख: भनिन्छन्
       घटस्थापना गरि सप्तमीका दिन पुलपाती भित्र्याई महाअष्टमी, र महानवमीमा विशेष पुजागरी दशमिका दिन जमरा टीका लगाई मनाउने गैह्र नेवारहरुले मनाउने एकै समय चादलाई  दशै भनिन्छन् ।
नवरथमा लिने तिर्थ र पिठहरु -
. पहिलोदिन हनुमन्ते खोला ब्रम्हायीणी कुना  तिर्थमा स्नान गरि ब्रमायीणी वातां अजिम पिठमा पिठ पुजा
   गरि घर आई  न:लस्वनए गरि दुर्गाबवनिको स्थापना पुजा
    गरिन्छन् हनुमन्ते खोला पसिंखेलमा स्नान गरि श्रीकुमारी
   पिठमा पुजा।
. दोस्रोदिन...... तिर्थमा स्नान गरि माहेस्वरी बातां अजिमा पिठमा पिठ पुजा गरि घरमा आई नलास्वना क्वथामा सामान्य पुजा  गरिन्छन् । यहि क्रम सातौ दिन सम्म पिठ पुजा पछि
घरमा आई नलस्वना क्वथामा सामान्य पुजा गरिन्छन् ।
. तेस्रो दिन पसिखेलमा स्नागरी पसिं अजिमा( कुमारीको पिठमा पुजा गरिन्छन् ।
. चथौ दिन हनुमन्ते खोला चुपिंगालमा स्नान गरि खुसिं (
  ( नकिंजु ) अजिमा / भद्रकाली पिठमा पुजा गरिन्छन् ।   यसै दिन मोहनिको महाअष्टमिका दिन तलेजुको लुर्गा भावानीलाई कालरात्रि पूजा गारि भोगबलि चढाउन बिक्रीमा रहेका रांगाहरुको बथान मध्य बाट एक उत्तम जातको रांगा( मे) खोजिगरि त्यसलाई नुहाउन लगाई चोखोपारी भक्तुपुरको सानो ब्यासी स्थित मेगः( स्थानिय एक बैद्यकोरमा) राख्न लगाईन्छ। यश रांगालाई “” निकूथु मे”” भनिन्छ।

. पाचौ दिन हनुमन्ते खोला, मङ्गलतिर्थमा स्नान गरि याकती
   बाराही अजिमा  पुजा गरिन्छ ।
. छैठौ दिन सिध्द पोखरी ( त:पुखु) मा स्नान गरि इलमा(
    इनमा) अजिमा इन्द्रायणी पिठमा पुजा गरिन्छन् ।
. -सातौ दिन कासाङ्ग खुसीमा तिर्थमा स्नान गरि
    मसाँ अजिमा महाकाली पिठमा पुजा गरिन्न्छन्
८. महाअष्टमी- आठौ दिन कमलबिणायकको
    पोखरीमा स्नान गरि भोटिं अजिमा महालक्ष्मिको  पिठमा
     पुजा गरि घरमा आई आफुल  प्रयोग गर्द
     आएका पेशागत औजारहरु घरमा एवं आगनघरको
      आगन कोथामा स्थापना गर्दै  थापैचा माटाका सानो
        विशेष कलश घडा  आकारको घैटामा जाँड राखी
      त्यसमाथी केराको पातम   बेरेर राङ्गाक दुईसय ग्राम
      फलमासु राखी  न:लास्वाँ क्वथामा दुर्गाभवानी संग
   ै राखी मोहनिको बत्ती
    बाली( कालो  टिकाकालागी ) महाअष्टमी पुजा गरेर सम    
    खाई बेलुका कुलछी ( सव कुलपरिवार)  एकै ठाउँमा
    बसि दुई दुईमाना च्युरा राखी कुछी भ्वये खाईन्छन् ।
निकूथु  मे जात्रा
तलेजुमा कालरात्रि पूजामा भोगबलि दिन सै दिन
तलेजुबाट जोशी, पुजारी तथा   खड्गाकार नायः ( खड्गि) हरु
चिराख   बत्ती(मसाल) बालि     ब्यासी स्थित मेगःमा गई निकूथु
मे लिन   गई स्थानियवासिहरु    पनि बाजागाजा सहित
निकूथुका साथ  जात्रा गर्दै गई    लायकूको भूपतिन्द्र मल्लको
सालिक अगादि  बसेर तलेजुका   नाइकेलाई निकूथु मे हस्तांरण
गरिन्छ ।   यसै दिन   राति कालरात्रि पूजा गरि दुर्गा भवानी
लाई निकूथु मेको भोगबलि दिइन्छन् ।
९.  महानवमी -नवौ दिनमा हनुमान( खोरे) घाट विराभद्रा
    त्रीवेणीम स्नागरि   तुपलजु अजिमा
      त्रीपुरासुन्दरी     पिठमा गै पिठ पुजा गरि घरमा आई
       घरको न:लास्वना   कोथामा एवं आगन घरमा समेत
      दुर्गाभवानिको    विशेष बलि पुजा गरि समय् खाई    
     बेलुका  कुलछी( सवपरिवार) बसि सीकाभू भ्वज   
      खाईछन् । यसै  दिन घर परिवारको नवजात शिशु र नव
     दुलहिलाई आगन देवलाई किस्ली चढाई आफ्नो
     आगनदेवको  कुलमा प्रवेष गराईन्छन् ।
कोलुकात जात्रा
      महाावमी कै दिन तलेजुको   दुइमाजुको पूजा विसर्जन
      पश्चयात तलेजुमा कालरात्रि पूजामा दुर्गा भवानीलाई     
      चढाईका भोगबली पशुहरुको रगत जम्मा गरिएको घैटोमा
     खड्कार नायःहरुले  पूजा गरि दरवारबाटबक्सिस(वय) लिए
     पछी रगतको घैटो बोकेर नायःखिं बाजा बजाउँदै आफ्नो घर  
    तर्फ प्रस्थान गार्छ यसै जात्रालाई कोलुकात जात्रा भनिन्छ ।  
ख:म्ये जात्रा ...
      मोहनी नख:को अवसरमा महानवमीको राती  ख:म्ये ( राङ्गो ) जात्रा हुन्छन् । धार्मिक एवम् साँस्कृतिक दृष्टिले अति महत्वपूर्ण मानिने यो जात्रा महिषासुर दैत्यको प्रतीकका रूपमा गठांमुग:का दिन खःमेय् ( राङ्गो )लाई ल्याएर  नवदुर्गा मन्दिर प्राङ्नमा बाधेर राख्ने र सोही राङ्गोलाई नवमीको राती बध गरी मनाइने परम्परागत जात्रा नै ख:म्ये जात्रा हुन् ।
       महानवमीको राति  त्रिपुरासुन्दरी प्रकट भई नवदुर्गा भवानी पूर्ण हुने हुँदा परम्परागतरूपमा खःमेय्को बधजात्रा मनाउने प्रचलन रहेको छ  । नवदुर्गा मन्दिरमा ल्याएर बाँधिएको खःमेय् ( राङ्गो )लाई नवमीका दिन राति तान्त्रिक विधिअनुरूप पूजाआजा गरी जाँडरक्सी खुवाएर मत्ताई शरीर भरी अबिर दलेर स्थानीय भक्तजनले नवदुर्गा द्यो छेँ (देवगृह) बाट लखेट्दै च्याम्हसिंहस्थित वातां अजिमा  (ब्रम्हायणी ) मन्दिरमा पुर्याई देवीलाई चढाएरु जात्रा मनाउने परम्पर रहि आएका छन् ।
        परम्परा अनुसार  नवमीको राती स्थानियले नवदुर्गा देवगृहबाट निकालिएको खःमेय्लाई जाँडरक्सी खुवाएर मत्ताई तान्दै र लेखेट्दै वातां अजिमाको पिठ (ब्रम्हायणी मन्दिर )पुर्‍याइन्छन्। खःम्ये लखेट्दा दायाँबायाँ सुकुन्दा बालेर खःमेय्सँगसँगै डौड्ने परम्परा रहेको छ   तान्त्रिक विधिअनुसार वातां अजिमा पिठ ( ब्रम्हायणी)मा खःमेय् अर्थात महिषासुर दैत्यको प्रतीक राङ्गोको बध गरिनेछ छ । बध गरिएको खःमेय् राङ्गोको एक टुक्रा मासु लिन हजारौँ व्यक्तिको भिड लाग्ने गर्दछन् । सो मासुको टुक्रा प्रसादका रूपमा घरमा लगेर सुकुटी बनाई धूलो पारेर घ्यूमा मुछेर धूप बनाई बाल्ने गरिन्छ । लक्ष्मीपूजाका दिन सो धूप बालेमा भूतप्रेत नलाग्ने, शत्रुनाश हुने र घरमा लक्ष्मीबास हुने  जनविश्वास रहेकोछ ।
       नवमी कै रात्री नवदुर्गा गुथिसंग सरोकार राख्ने पूं ( चित्रकारले तयार पारेको नवदुर्गा गणको नयाँ मुकुन्डोलाई कपडाले छोपेर पूंको  घरबाट वातां अजिमा ब्रम्हायणीको पिठमा पुर्‍याएर ख:म्येको बलि पुजा संगै आचाजु बाट मुकुन्डोलाई तान्त्रीक बिधिबाट प्राण प्रतिस्थित गरि सिध्द गरि सम्बन्धित देवगण बन्ने बनमालाहरुलाई क्रमश लल्हाय( हस्तातरण) गरि साँझ बाजा गाजा सहित तलेजुमा भित्र्याईन्छन् ।

१०. दशौ दिन दशमी चालंका दिन बिहान वातां अजिमा
     ( ब्रम्हायिणी पिठमा) पुजा तथा दर्शन गरि  घरमा आई
       नलास्वना कोठामा विशेष पुजा गरि स्वां, क्वकायेगु
      पुजा ( चालं ) महाअष्टमिका दिन स्थापना गरिएको
      औजारहरु र थापैचा ( कलश , घडा) लाई पुजास्थान
     बाट अलि पर सार्ने काम गरिन्छन् यसैलाईब्पाय:
      न्ह्याकेगु भन्ने गरिन्छन्  । त्यस पछि घरको मूल
      ढोकाको गजवारका रुपमा प्रयोग भै आएको " खग:" र
      ढोकाको खापा जसले घरको सुरक्षा दिने कार्य गर्दै
     आएको अनि अष्टमातृका देवगण मध्यका एक गणका
     रुपमा मान्दै आएको भैरब सम्झेर   जुन नेवा: परम्परा
     देखि मान्दै आएको छ त्यसलाई पुजा गरिन्छ ।
     आगनघरमा पनि त्यसरी नै पुजा गरिन्छन् । आगना
   देवको प्रशाद आफ्ना घर परिवार बाहेक अरुले ग्रहण गर्न
    र आगन कोथामा समेत प्रवेष गर्न र हेर्न उन्न । यसै दिन
    तलेजु बाट तलेजु भवभवानि, नवदुर्गा देवगण, तलेजुभित्र रहेका पुरातात्विक खड्गहरु समेत तथा भवाणिको बाहनका रुपमा रहेको घोडालाई नगरपरिक्रमा गरि जात्रा गरिन्छ ।
      परिक्रमा गराउने जाता हुन्छन्
     कतिंपुन्हि / य:सिं मत बिइगु / कोजाग्रत पूर्णे
            यश दिन नलास्वना कोथामा दुर्गाभवानिलाई पुन पुजा गरि यस वर्षको मोहनी नख:को सम्पूर्ण पूजा विसर्जन गरि नलास्वाँ भेगत र पँचा( बालुवा ) घरको मूल ढोका अगादिको पिखालाखी/ पिखालखु देवमा खन्यायि न्छन् । यसरी पिखालाखिमा नलस्वाँ भेगत नै विसर्जन गरेर सवै लोकजनलाई मोहनी नख: समाप्त भएको सन्देस दिने गर्छन् ।
       य:सिं मत बिइगु / आलुमत:/ आकाशदिप बाल्ने
         कतिंपुन्हिं कै दिन घर घरको कौसिमा लामो हरियोबाँसमा मत:कल:( हावाहुरिले बत्ती ननिभ्ने गरि बनाएको बत्ती बालेर राख्ने विशेष भाडो) बाँसको लिङ्गो गाडेर लिङ्गोको टोप्पोमा डोरिले बादेर झुन्द्द्याएर राखी बिहान बेलुका गौरिनारायणलाई श्रध्दा भक्तिले सकिमना पुन्हिं( हरिबोधनी एकादशि  सम्म बत्ती बालेर बत्ती दिईन्छन् ।

     स्वन्ती नख:   
१ स्वन्ती नखको पहिलो दिन् - कोपुजा - त्रीयोदशी,काउलागा/ कार्तिक कृष्णपक्ष त्रीयोदशीका दिनबाट स्वन्ती नख: सुरु हुन्छन्। यश दिन सवै सनातनिहरुले यमराजको दुतकारुपमा कागलाई बिहान पुजागरी सम्मान गर्ने गर्छब ।  साँझ दियो बत्ती बाली दिपावली गरिन्छ
२. स्वन्तिको दोस्रोदिन - खिचा पुजा - चतुर्दशीका दिन सवै सनातनिले यमरर्जाका दुतकारुपमा  कुकुर लाई सम्मान स्वरुप पुजा गर्ने छ । साँझ दियो बत्ती बाली दिपावली गरिन्छ
३. स्वन्तीको तेस्रो दिन - आमै / औसीका दिन लक्ष्मी
पूजा -  यस  दिन घर आगन सफा गरि लितपोटगरि साँझ घरको धुकुटिकोथा देखि  घरको मूल ढोका आगादिको पिखालाखी सम्म पोटि पिखालाखिमा मण्डप बनाई पुअजा गरि दियो बालीसाँझ  दियो बत्ती बाली दिपावली गरिन्छ बेलुका घरमा नेवा:हरुले चित्रकार ( पूं) ले हातले बनाएको सेतो ख्याक् र कुबेर सहितको धनलक्षिको फोटो जसलाई नेवा: भाषामा लक्ष्मिपा: भनिन्छ त्यो लक्ष्मिपा: धुकुतिमा राखेर लक्ष्मी स्वाँ चढाएर पुजागरी मोहनी नख:को ख:म्येको मासुको धुप बाली माछ, मासु, ख्यें, जाँड रक्सी सहितको भ्वयब्व चढाई पुजा गरिन्छन् ।
४. स्वन्तिको चौथो दिन - महपुजा - कछलाथ्व पारु
यस दिन नेपाल सम्बतको नव वर्ष सुभारम्भ हुने दिन हो । यसै दिन बेलुकासाँझ  दियो बत्ती बाली दिपावली गरिन्छ अनि नेवा: समाजको पहिचानको संस्कृती अनुसार आत्मा पुजागरिन्छ जसलाई म्हपुजा भनिन्छन् । म्हपुजामा मण्डप बनाई  सुकुन्दा बाली ख्यलु इतामत: / मलमल कपडाबाट बानाएको लामो बत्ती बालेर मण्डपमा र लहरै बसेका घरका परिवार सदस्यहरुलाई घरको नकिं (जेष्ठ महिला) मण्डप र परिवार सद्स्यको सरिरलाई पुजा गरि माना पाथीमा अक्ष्ता,लावा,.... फुल, दक्षिणा आदि राखी सिरबाट घिप्तायर मण्डपमा खसली पुजा गरि ख्य्रं सगँ दिएर शुख: शान्ती, दिर्घायु र नव वर्षको शुभकामना सहित शुभकामना दिने गरिन्छन्  अनि सबैले भोज खाईन्छन् ।
५. स्वन्ती नख:को अन्तिम दिन किजा पुजा:
यश दिन दिदी बाट भाइ र दाजुलाई समेत लाई मण्डप बनाई मण्डपमा ख्यलु बत्ति बाली मण्डप र भाईलाई पुजा गरि माना पाथीमा फुल अक्षता, लावा,... दक्षिणा राखी भाइ/ दाजुको सिरबाट खन्याई मण्डपमा खसाली ख्येंसगँ  सगुण दिई भाईले पनि दिदिलाई टीका लगाईअ दिई विशेष उपहार दिएर भोज खाएर किजा पुजा सम्पन्न गरिन्छ ।
तुलसिविवाह / हरिबोधनी एकादशी , कछलाथ्व /  कार्तिक शुक्ल पक्ष
यस दिन सनातन धार्मिक विधि अनुसार……

सकिमनापुन्हिं, कछलाथ्व / कार्तिक शुक्ल पक्ष
यस दिन पिँडालु ( सकि) र सख्खरखण्ड( चाकुही) उसिनेर तथा गेडागुडी भुटेर देवी देवतालाई पुजा गरि चढाई प्रशादका रुपमा सवैले खाइन्छन् भने बेलुका मन्दिरहरुमा सम्बन्धित देवी देवताको भुटेको गेडागुडीले मूर्तिका आकार बनाई प्रदर्शन गरिन्छन् यसलाई नेवा:भाषामा हलिमली व्बयेगु भनिन्छन् ।

बालावचतुर्दशी, कछलागा: / मार्ग कृष्णपक्ष
आ-आफ्ना मृतक आफन्तका नाउँमा पशुपटिमा गै सतविज ( धान, कालो तील, गहुँ, तोरी, मास, सानो केराउ, लावा र मुला, ज्यामिर, सखरखण्ड, पिडालु र हलेदोका टुक्रा छर्दै पशुपति क्षेत्रमा देवीदेवताका मन्दिर परिक्रमा गरिन्छ । यसलाई नेवा:भाषामा बालाम्हु वनेगु भनिन्छन् ।

य:ममरी पुन्ही( थिलापून्ही), थिंलाथ्व्स
मार्ग शुक्लपक्ष पूर्णे ( धान्यपूर्णिमा) यस दिन नेवा:समाजमा नयाँ चामलको य:मरी पकायर देवी देवतालाई चढाएर खाने  तथा भकारिमा य:मरि चढाएर पुजा गरि चार दिन पछि भकारी बाट निकाली छोरी चेलीलाई बोलाएर ख्वाउने परम्परा रहेको छ ।

नानिपुजा /दिशीचह्रेपूजा, थिंलागा:/ चतुर्दशी पौष कृष्णपक्ष
     

घ्यचाकु सन्हु( हाम्व संक्रान्ती) , पोहेलाथ्व / मकर संक्रान्ती, पौष शुक्लपक्ष
        
      यस दिन हामी नेवार समुदायमा घ्यू चाकु, तरुल, सखरखण्ड, राखी अलि बलिसहित( समयबजी,रक्सी,माछा, छ्वयला, अण्डा सहित) नजिकै को आ आफ्नो ईलाका गणेश तथा पिठमा गै पुजा गरि, पितृलाई छुत्याई ब्राम्हणलाई सिधादान समेत गरि आफू घ्यू चाकु, तरुल, समयबजी खाने भएकाले नेवार भाषामा यो मकर संक्रान्ती लाई घ्य:चाकु सन्हु र हाम्व सन्हु  भनिन्छन् ।
        यस दिन भक्तपुरको टौमढी टोल स्थित माधव नारायण( वाकुपती नारायण) चोकमा गाईलाई उसिनेको गहुँ खुवाउने र वाकुपती नारायणलाई ग्यू चाकु र तिलले अभिषेक गर्ने परम्परा रहेका छन् । यसै दिन भक्तपुरमै पाँच वटा विहारका दीपंकर पञ्चबुध्दहरु( अजाजु)को जात्रा हुने गर्दछन् ।

मिलापून्ही( छ्याल पुन्ही) /श्री स्वस्थानी व्रत कथा सुरु / हनुमत्तीर्थ, विराभद्रातामसा त्रीबेणी मेला
    यस दिन देखि श्री स्वस्थानिको महात्म्य एक महिना सम्म भन्ने परम्परा रहेको छ । यसै दिन हनुमान घाट ( खोरे ) हनुमन्ते ( विरा, भद्रा र तमसा नदीको  संगमस्थ्ल त्रीवेणी धाममा स्नान गर्ने मेला लग्ने गर्दछ ।

श्रीपंञ्चमी, सिल्लाथ्व/माघ शुक्लपक्ष
   यस दिन ल्हासापाक्व महामञ्जुश्री( ससु द्य:)मा मेला लाग्ने गर्दछ । यसै दिन ससाना नानिहरुलाई ॐ नम: बागीस्वराय लेख्न लगायर बिद्या ग्रहण गर्न शुभारम्भ गराइन्छन् ।

सिपून्ही, सिल्लाथ्व / श्री स्वस्थानी ब्रतकथा समाप्त , माघ शुक्लपक्ष
        
शिलाचहे, सिल्लागा: / शिवरात्री, चतुर्थी फाल्गुन कृष्णपक्ष

होलिपून्ही, चिल्लाथ्व/होलिपूर्णे फाल्गुन शुक्लपक्ष

No comments:

Post a Comment