Wednesday, December 28, 2016

मकर संक्रान्ती, धार्मिक महत्व र असमय

मकर संक्रान्ती, धार्मिक महत्व र असमय

        प्रकाशमान शिल्पकार


      ज्यतिषिय शास्त्रगत परीभाषामा सौर्यमासको परिवर्तित या बदलिन्दो काल दिन समयलाई  संक्रान्ती भन्ने गरीन्छन् । सुर्यले पृथ्वीलाई परिक्रममा गर्ने क्रममा बाह्र राशिहरु मध्य जुन राशिको अक्षमा प्रवेशगर्छ त्यही नै संक्रान्तीको दिन हो । बैज्ञानिक र ज्योतिषिय भनाई अनुसार सूर्य पूर्व बाट पश्चिम तर्फ २७ दिनमा आफ्नो अक्षमा एक परिक्रमा पूरा गर्दछ । तर चन्द्रमासले पृथ्वीको एक चकर लगाउन २७ दिन ८ घण्टा लगाउँछन् । त्यही कारणले सौर्यमासको गत्ती र चन्द्रमासको गणितिय गणनामा भिन्न हुन्छन् । जुन दिन सूर्य देवले एउटा राशिको परिक्रमा पुर्ण समाप्त गरि अर्को राशिमा प्रवेश गर्छन् । यस समय याने दिन लाई पुण्यकाल एवं संक्रमण कालका रुपमा धर्म शास्त्रहरुले स्विकारीएका याने मान्यता दिएको पाईन्छन् ।
     सौर्यमासको गणितिय गणना अनुसार मकर संक्रान्ती देखि सूर्य धनु राशिबाट मकर संक्रान्ती प्रवेश गरीन्छन् । सामान्यतया सूर्यले सवै राशिहरुलाई प्रभावित गरीने गरेतापनी सूर्य करकट राशी (साउने संक्रान्ती) र मकर राशी( माघे संक्रान्ती) प्रवेशलाई शास्त्रीय र सनातनी धार्मिक दृष्टिले अति महत्वपूर्ण दिन मानिन्छन् । सूर्य मकर राशिमा प्रवेश गरेको दिन देखि सूर्यको पृथ्वी परिक्रमा यात्रा दक्षिण ध्रुव याने दक्षिण गोलार्ध बाट उत्तरी ध्रुव (उत्तरी गोलार्ध) मा प्रवेश गर्ने काल भएकाले सो दिन बाट क्रमश: दिन लामो र रात छोटो हुँदै जाने बिस्वास गर्दै आएका मात्र हैनन् अनुभव नै गर्दै आएका छन् ।
     मकर राशी देखि कर्कट राशी सम्मको सूर्यले पृथ्व्वीलाई गरीने परिक्रमा अवधिलाई उत्तरायण भनिन्छन् । उत्तरायण=उत्तर+अयनको संयोजनको शाब्दिक अर्थ हो। यस उत्तरायण अवधिमा सूर्य ठीक पूर्व बाट नउढाईकन अलिकती पर उत्तर बाट उढाउँछन् । यसको बिपरित कर्कट राशी ( साउने संक्रान्ती) बाट मकर संक्रान्ती ( माघे संक्रान्ती)को बिचको ६: महिने अवधिलाई दक्षिणायन भनिन्छन् ।
     अध्यात्मीक र धार्मिक क्षेत्रमा सूर्य मकर राशिमा प्रवेश गर्ने उत्तरायण अवधी कति महत्वपूर्ण छन् भन्ने बिषयमा द्वापरयुगको महासग्राम महाभारतको महायुद्दमा  अर्जुनको बाण बाट शरीर क्षेत बिक्षत हुनु भएका इच्छा मरण वर प्राप्त महायोद्दा भिष्मपितामह ५८ दिन सम्म पनि बाणको सैयामा सुतेर आफ्नो मोक्ष प्राप्ति क्षणमा प्राण त्याग गर्न सूर्य उत्तरायणमा प्रवेश गर्ने पवित्र अवसरको  प्रतीक्षा गरिरहे । र सूर्य उत्तरायणमा प्रवेश कै क्षणमा आफ्नो प्राण त्यागेर मोक्ष प्राप्त गरेर गए । यस  दिन मृत्यु वर्ण गर्नेहरु पूनरजन्मको झनझन्त बाट मुक्ती भै सिधै स्वर्ग जाने भन्ने यहाँ धार्मिक बिश्वास रहेको सनातनिहरुमा पाइन्छन् ।
      यस दिन सनातनी नेपालीहारु आ आफ्नो घर आगन लितपोत गरि चोखो नित्य तुल्याई नजिकको तिर्थस्थलमा गैइ स्नान गर्ने, ब्राम्हणलाई घ्यू चाकु, तिल सहितको सिधादान गर्ने धार्मिक परम्परा यहाँ रहेको पाईन्छन् । यस दिन हाम्रो नेपालमा विभिन्न पवित्र तिर्थ स्थलहरुमा मेला पनि लाग्ने गर्दछ । तनहुंको देवघाट, सुनसरीको बराहाक्षेत्र, नुवाकोटको देवीघाट लगाएतका स्थानमा  ठूलै मेला लाग्ने गर्दछन् ।
     यसै दिन भक्तपुरको टौमढी टोल स्थित माधव नारायण( वाकुपती नारायण) चोकमा गाईलाई उसिनेको गहुँ खुवाउने र वाकुपती नारायणलाई ग्यू चाकु र तिलले अभिषेक गर्ने परम्परा रहेका छन् । यसै दिन भक्तपुरमै पाँच वटा विहारका दीपंकर पञ्चबुध्दहरु( अजाजु)को जात्रा हुने गर्दछन् ।
     यस माघ ( मकर) संक्रान्तिका दिन घ्यू चाकु, तरुल, सखरखण्ड, तिलको लड्डु आदि पोसिलो खानेकुरा खाएर माघे संक्रान्ती मनाउने परम्परा छ । नेवार समुदायमा घ्यू चाकु, तरुल, सखरखण्ड, राखी अलि बलि सहित( समयबजी,रक्सी,माछा, छ्वयला, अण्डा सहित) नजिकै को आ आफ्नो ईलाका गणेश तथा पिठमा गै पुजा गरि, पितृलाई छुत्याई ब्राम्हणलाई सिधादान समेत गरि आफू घ्यू चाकु, तरुल, समयबजी खाने भएकाले नेवार भाषामा यो मकर संक्रान्ती लाई घ्य:चाकु सन्हु र हाम्व सन्हु पनि भनिन्छन् । आजै थारु समुदायमा माघी पर्व मनाइन्छन् ।
     सनातनी नेपालीहरुले मनाउँदै आएको समस्त चाड पर्वहरु सौर्यमास अथवा चन्द्रमासको गणितिय तिथिमितिमा मनाउँदै आईरहेको भएता पनि यो मकर संक्रान्ती पर्व तिथिमितिमा नभै गतेको आधारमा मनाउँदै आएको दोस्रो पर्व हो । भक्तपुरको स्थानिय बिस्केतजात्रा चैत मासान्त र बैशाक १ गते मनाउँदै आएका छन् भने यो मकर संक्रान्ती माघ १ गते मनाउने परम्परा रहि आएकाछन् । यसरी परम्परा देखि नै माघ १ गते मकर संक्रान्ती मनाउनुका कारण - सूर्य मकर राशिमा प्रवेश गर्दै पृथ्वीको परिक्रम्मामा लाग्ने दिन माघ मास( महिना)को पहिलो दिनमा पर्दै आएकै कारण हुन् । मास याने महिनाको पहिलो दिन याने १ गतेलाई नै संक्रान्ती भनिन्छन् । त्यसैले मकर संक्रान्तीलाई माघे संक्रान्ती पनि भन्दै आएका हुन्।
     शास्त्रीय नितिनियम अनुसार शास्त्रनिर्दिष्ट शुध्द समयमा मात्र पर्वहरु मनाउनु पर्ने मात्र हैन पितृतर्पण कार्य समेत गर्नु पर्ने अन्यथा त्यस्को कुनै फल प्राप्त नहुने भन्ने शास्त्र प्रवर्तक ऋषिमुनिहरुले शास्त्रमा स्पस्त व्याख्या गरिएको भन्ने शास्त्रप्रवर्तकहरु बताउँछन् । अशुध्द समयमा चाड पर्वहरु, जन्मदिन मनायमा र पितृतर्पण कार्य गरिएमा निश्फल हुन गै त्यस्कोप्रतिकुल प्रभाव समाज र राष्ट्रमा पर्न जान सक्छ भन्ने समेत शास्त्र प्रवर्तकहरुको भनाई रहेको पाईन्छन् ।
     सनातनी जनसाधारण नेपालीले ब्रम्ह वाक्य सरह नै मान्दै आएको प्रचलित बिक्रम सम्बतको पात्र बिगत २ हजार बर्ष देखि सुधार नगरिएको र अयन चयनको प्रभाव बाट ६४० बर्ष देखि नै पञ्चाङ्ग(पात्र)को तिथिमिती बिग्रदै आएको र हरेक ७२ बर्ष पछि १ दिन घट्ने भन्ने खगोलिय शास्त्रीय गणना  अनुसार अहिले सम्म २४ दिन पछि पर्न गै पञ्चाङ्गमा उल्लेखित पर्वहरुको तिथिमिती फरक परिरहेको छ भन्ने यथार्थता बारे खगोलिय शात्रबिद लगायत सबै ज्योतिषिहरु एवं नेपालको पञ्चाङ्ग निर्णायक समिती तथा राज्यले समेत स्विकार गरि प्रचलित पञ्चाङ्गमा पर्वका तिथिमिती सुधार गर्नु पर्ने खड्किरहेको आजको अवस्थामा छ ।
     खगोलिय शास्त्रीय गणित अनुसार पञ्चाङ्गमा पछि परिरहेको २४ दिनको ज्योतिषिय गणना अनुसार बिक्रम सम्बतको नयाँ बर्ष प्रचलित पात्रमा उल्ल्लेखित भए अनुसार बैशाकमा १ मा नभै चैत ७ गते पर्न गैसकेको अवस्थामा मकर संक्रान्ती पनि माघ १ गते नभै पुस ७ गते नै अघि सरिसकेको देखिएको अवस्थामा माघ १ गते मनाउने मकर संक्रान्ती सहि समय दिन र शास्त्र समतकै सहि र शुद समय मान्न सकिन्छ त: ?
       

No comments:

Post a Comment