Sunday, July 17, 2016

साउन महिना, साउने सोमवारको व्रत र शिवको महिमा

साउन महीना, साउने सोमवारको ब्रतर शिवको महिमा

प्रकाशमान शिल्पकार
प्रकाशमान शिल्पकार

   सनातन धर्मको पौराणिक मान्यता अनुसार साउन महिना देवताका पनि देवता महादेव भगवान शंकरको महिना मानीन्छन । यस सम्बन्धमा पौराणिक कथामा भनिएका छन कि - ब्रम्हाका मानस पुत्र सनतकुमारल देवादीदेव महादेव संग साउन महिना अत प्रीय हुनुको कारण सोढ्दा शंकर भगवानले बताउनु भयो कि - सतीदेवीले आफ्नो बाबू दक्षप्रजापतिको घरमा आफ्नो योगशक्तिले देह त्याग गर्नु पुर्व सतीले भगवान शिवलाई हरजन्ममा पतिका रुपमा पाउने संकल्प गरेका थिए र देवी सतीले दोस्रो जन्ममा हिमालय पर्वतमा रानी मेनकाको गर्भ बाट पार्वतीका रुपमा जन्म लिनु भएपछी देवी पार्वतीले बाल्य अवस्था देखि नै यसै साउन महिनामा निराहार रहेर कठोर तपस्या गरेर आशुतोष भगवान शंकरलाई खुसीपारी विवाह गर्नु भइ पुनरमिलन भएका थिए यसै कारणले शिव संकरलाई यो महिना अबिस्रमरणीय भै पृय हुन गयो । त्यसैले जसले यस साउनन महीनामा शिवजीको पूजा आराधना तथा अभिषेक गर्दछ र उसले भगवान शंकर वाट मनोवांछित फल प्राप्त गर्दछन । त्यसो त शिवजीको पूजा आराधना गर्न सोमवारको दिन पुराणहरुमा निधारण गरीएका छन । तर पौराणिक मान्यतामा शंकरको पूजा आराधनाका लागि सर्वश्रेष्ठ दिन महाशिवरात्री त्यसपछी साउन महिनामा आउने प्रत्यक सोमवार र हरेक महिनामा आउने सोमवारको महत्व छ । तर देवादिदेव महादेवलाई साउन महिना अति पृय रहीको छ । त्यसैले यस महीनामा जस्ले श्रध्दाभक्ती गरि पूजा आराधना तथा अभिषेक गर्दछ त्यस भक्तप्रति अतिसिघ्र कृपा राख्नु हुन्छन । यसै मान्यता अनुसार श्रध्दालु भक्तजनहरु यस महिना खास गरेर सोमवारको व्रत-उपवास तथा पूजा अस्राधना एवं रुद्राभिषेक , कवच पाठ, जप आदि गरि शिवजीको विशेष कृपा प्राप्त गर्दछन । त्यसैले सनातन धर्ममा यो साउन महीना अति पवित्र मानी आएका छन । त्यसै कारण श्रध्दालु भक्तजनहरु मांसाहार गर्ने भएता पनी यो महीना भरी माछा मासु परित्याग गर्ने गर्दछन ।
   
  साउनको महीनामा सवै भन्दा बढी नै वर्षा हुने गर्द्छन जसले भगवान सदाशिवको गर्भ शरीरमा शितल्ता प्रदान गर्दछन । भगवान शंकर आफैले सतन कुमारलाई साउन महीनाको महीमाका बारेमा बताउनु भए अनुसार शिवको तृनेत्रमा सूर्य दाहिने, चन्द्र बायाँ र मध्यमा रहेको नेत्र अग्नि हो । जब सूर्य कर्कत राशिमा गौचर गर्दछन तब साउनको महीना शुरु हुन्छ । सूर्य गर्म हुन्छ जस्ले बाफ( इष्मा ) दिन्छ भने चन्द्रमा शितल हुन्छ जस्ले शितलता प्रदान गर्छ त्यसैले सूर्य कर्कत राशिमा आउँनाले वर्षा हुन्छन । जसले गर्दा लोक कल्याणका लागि कालकुट बीष हलाहल गर्नुहुने भगवान संकरलाई शितलता मिल्छ । त्यसैले पनि भोला शंकरलाई साउन महीना गहीरो सम्बन्धरहेको हो ।
        शंकर भगवान आराधना बाट प्रसन्न हुनु हुन्छन तर पनि साउनमहीनामा निलकण्ठ भगवानलाई जलाभिषेक तथा रुद्राभिषेकको ठूलो महत्वरहेको पाइछन । बेद मन्त्र उच्चारणको साथमा शंकर भगवानलाई जल अर्पित गर्नु साधकको अध्यात्मिक जीवनको लागि महाऔषधिको रुपमा काम गर्दछ । पन्च तत्वहरु ………मध्यमा जल तत्व अति महत्व्पूर्ण रहेकाछन । पुराणमा शिवको अभिषेकको ठूलो अति पवित्र र मह्त्वरहेको बताएको पाईन्छन ।

        जलमा विष्णु भगवानको बास गर्नु हुन्छन । जललाई " नार " पनि भनिन्छन । जल याने नारमा बास गर्नु हुने भगवान भएकाले विष्णुलाई नारायण भनिएको हो भन्ने यहाँ कथनरहेको पाईन्छन । जलले नै धर्तीको तापलाई शान्त गर्दछन । जुन भक्तले आशुतोष निलकण्ठ भगवानलाई जल चढाउछ उसको रोग,शोक,दु:ख, कस्त , दरिद्रता सवै नष्ट हुने धार्मिक विश्वास रहेको पाईन्छन । शंकर भगवानलाई महादेव यस कारण भनिन्छ की उहाँ देव, दानव, यक्ष किन्नर, नाग तथा मनुष्य सवै बाट पुज्ने गर्दछन ।
     
शिवपुराणमा उल्लेखित भए अनुसार यसै साउन महीनामा नै पौराणिक कालमा देव दानवले समुन्द्र मंथन गरीयका थिय । समुन्द्र मंथनबाट जुन कालकुट महाबिष निस्केर संसार भष्म हुनलागी देव दानव सवै त्राही त्राही भएका थिए । सो देखेर ततकाल नै त्यस प्रलयकारी कालकुट बिषलाई आशुतोष भगवान शिव शंकरले ग्रहण गरि आफ्नो कण्ठमा समाहीत गरि समष्ट सृष्टिको रक्षा गरेका थिए । तर विषपाना बाट शंकर भगवान नीलवर्ण हुन गई उनको नाम नै नीलकण्ठ रहन गए । कालकुट विषको प्रभाबका कारण नीलकण्ठलाई डाहा भएकाले डाहा शान्त गर्न देवगणहरुले शिवजीलाई जल अर्पण गरियो । यसै कारणले शिवलिंगमा जल अभिषेक गर्नुको मूल महत्व हो । यही कारणले साउन महीनामा शिवजीलाई जल चढाउँदा मनोवांछित फल प्राप्त हुने भएकाले जल अभिषेक गरि आराधना गर्नु उत्तम हुने पुराणमा उल्लेगरीएका छन ।
       आशुतोष शिव शंकर भगवानलाई जलले अभिषेक गर्दा जलमा विभिन्न अन्य पदारथहरु पनि मिश्रीत गरि श्रेष्ठ द्रव्य जल बनाई अभिषेक गर्दा विभिन्न छुट्टा छुट्टै फल प्राप्त हुन्छन भन्ने पुराणमा बाताएका छन । जस्तै- जलले अभिषेक गर्दा वर्षा तथा शान्ती फल पाप्ती हुन्छ त्यस्तै कुशको जलले अभिषेक गर्दा शान्ती, दहि मिशृतले अभिषेक गर्दा पशु, ……..( ईखा) को रसले लक्ष्मी, महले अभिषेक गर्दा धन, दुधले पुत्र तथा मनोकामना पुर्ती, एकहजार मन्त्र उच्चारण सहीत घ्यूको धाराले अभिषेक गर्दा वंशको बृद्वी, सखर मिशृत दुधले अभिषेक गर्दा बुद्वी निर्मल, तोरी या तिलको तेलले अभिषेक गर्दा शत्रु नाश हुन्छ र शखर पर्पण गर्दा समस्त पाप कर्मको क्षय भई रोगव्यादी बाट मुक्त भक्त भई रक्षा समेत हुन्छन । उपरोक्त दृव्यहरुले अभिषेक बाट सदाशिव अत्यन्त प्रसन्न हुनु भई आफ्नो भक्तहरुको मनोकामना पूरा गरीदिन्छ । यस्तै शंकर भोलेनाथलाई कमल-पत्र, बेलपत्र तथा शंख्पुष्पले चढाई पूजा अर्चणा गर्दा धन-धान्य प्राप्ती हुन्छ भने आँकको फूल चढाउँदा मान-सम्मान प्राप्ती हुन्छ, जवा पुष्प चढाँदा शत्रु नाश हुन्छ …...कनेरको फुल चढाउँदा रोग व्यग्दी बाट मुक्ती ,...... ( हरसिंगारको फुल) पुल अर्पण गर्दा धन सम्म्पती प्राप्ती एवं भांग र धतुरोको फुल चढाउँदा ज्वर तथा बीष भय बाट मुक्ती मिल्दछन । सदाशिव्लाई चंपा र केतकीको फूल बाहेक अन्य सबै प्रकारको फूल चढाई पूजा अर्चणा गर्न मिल्छ । आशुतोष शंकर भोलेबाबालाई पूजा अर्चना तथा आराधना गर्दा शिवलिङ्गको जलधारा तर्फ बस्न नहुने र परीक्रमा गरीन्दा शिवलिङ्गको आधामात्र परीक्रमा गर्नु पर्ने भन्ने यहाँ धार्मिक मान्य रहेको समेत पाईन्छन । देवादी देव महादेवलाई सनातन धर्मालम्बीहरु सवैले श्रध्दाभक्ती गर्दै पुज्दै आएको भएता पनि साउने सोमवारको व्रत उपासना भने ब्राम्हण र कस्तरी महीलाहरुले बढी संख्यामा गर्दै आएका देखिन्छन भने जनजातीहरुले खासै व्रत उपासना गरेको पअरम्परा देखिन्दैनन तर पनि आज भोलि जनजाती महीलाहरुले पनि ब्राम्हण कस्तरी मअहीलाहरुको सिको गर्दै रातो बस्त्रलगाई व्रत उपासना गर्न थालेका छन ।
     
साउने सोमबारको यो व्रत महीला तथा पूरुषले श्रध्दाभक्तिका साथ बस्न सकीन्छ । पहीला देखि नै यो व्रत बस्दै आएका श्रध्दालु भक्तजनहरुले नियमित रुपमा बस्न साउनको पहीलो सोमवार एउटा प्रायस्चित गोदान गरि व्रत बस्दा उत्तम हुन्छन । गत वर्षहरुमा व्रत नबसेका नयाँ भक्तजनले साउनको पहीलो सोमवार आउनु भन्दा तीन दिन अघि देखि नै सुध्द र पवित्र रही मध्यमास खानेले नखाई साउने सोमवारको व्रत बस्दै छु भनेर मनले शिव पार्वती सम्जेर बस्ने र पहीलो सोमवारका दिन प्रायस्चित गोदान गरि आत्मा सुधिकरण गरि म ….. वर्ष सम्म व्रत उपासना गर्द्छु भनी संकल्प गरि अवीर, केशरी, जौ,तिल, श्रीख्ण्ड, बेलपत्र, जनै,सुपारी, फलफूल, धतुरो, भाङ, नरिवल, आकको फूल, धतुरोको फूल, पिताम्बर कपडा, रातो कपडा, शौभाग्य, पक्वान, नैबैदे, भेटी, अर्घ,दूध तथा एघारसुते बत्ती र नौसुते बत्ति लगायत पूजा सामग्रीका साथ बिघ्न हर्णकर्ता श्री गणेश, माता पर्वती र आशुतोश भगवान शिव शम्भोलाई पूजा अर्चना तथा आराधना गरि व्रत उपासना गरि चोखो र साधा भोजन गरि शिवजीको जपध्यान गरि व्रत उपासना गर्दा फलदाई हुने कुरा श्री कलङ्की माताका पुजारी श्री बिष्णु प्रशाद सुवेदीगुरु बताउनु हुन्छन । अन्तिम सोमवार ब्राम्हण बाट गोदान, पूर्ण पात्र गराई जानी नजानी जे जस्तो अवस्थामा यथासक्य श्र्ध्दा भक्तिका साथ गरिएको मेरो ब्रत अपूर्ण नै भएता पनि ब्रतले पूर्णता पावस भन्दै दयामयी आशुतोष भोलेनाथ बाबालाई मन बचनले सहस्र प्राथनाका साथ कायण बाचा गरि व्रत समाप्त गरीन्छन ।

प्रकाशमान शिल्पकार

No comments:

Post a Comment